Tag: जसपा

  • तीव्र विवादबीच जसपाको केन्द्रीय कार्यकारणी समिति बैठक बस्दै

    तीव्र विवादबीच जसपाको केन्द्रीय कार्यकारणी समिति बैठक बस्दै

    काठमाडौं । आन्तरिक विवादका कारण कारण लामो समयदेखि जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारणी समिति बैठक आजदेखि काठमाडौं सुरु हुँदैछ ।

    बालकुमारीस्थित केन्द्रीय कार्यालयमा ११ बजेदेखि सुरु हुने बैठकमा एमसीसीदेखि स्थानीय चुनावको तयारीबारे छलफल हुने बताइएको छ ।

    एमसीसीलगायतका कारण जसपाभित्र तीव्र विवाद छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईबीचको विवादले पार्टी फुटको दिशातिर गइरहेको आँकलन गरिएको छ ।

    बाबुराम पक्षधरले उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेको भन्दै हस्ताक्षरसमेत संकलन गरेका छन् ।

  • राष्ट्रियसभा निर्वाचनका लागि जसपाले टुंग्यायो उम्मेदवार

    राष्ट्रियसभा निर्वाचनका लागि जसपाले टुंग्यायो उम्मेदवार

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रियसभाका निर्वाचनका लागि दुई उम्मेदवारको नाम टुंग्याएको छ ।

    जसपाले प्रदेश २ मा खुल्ला समूहबाट मो. खालिद सिद्दिकी र प्रदेश १ मा अल्पस‌ंख्यक समूहबाट हेमराज राईलाई राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको हो । सिद्दिकी सिरहाको रमौल र राई भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका हुन् ।

    राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

    सत्ता गठबन्धनबीच भागबण्डाको क्रममा जसपालाई २ उम्मेदवार परेको छ ।

  • जसपा मधेश कमिटीको पदाधिकारी घोषणा, अध्यक्षमा रामबाबु

    जसपा मधेश कमिटीको पदाधिकारी घोषणा, अध्यक्षमा रामबाबु

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश कमिटी (प्रदेश २) को अध्यक्ष संघीय सांसद रामबाबु यादवलाई बनाएको छ ।

    आज जनकपुरस्थित पार्टी कार्यालयमा तत्कालिन मधेश प्रदेश कमिटीका अध्यक्ष एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवले पत्रकार सम्मेलन गरेर मधेश प्रदेश कमिटीका अध्यक्षसहितका पदाधिकारी घोषणा गरेका हुन् । अध्यक्ष बनेका यादव बारा क्षेत्र नम्बर ३ का निर्वाचित संघीय सांसद हुन् ।

    पार्टीको विधानअनुसार प्रदेश कमिटीको पाँच उपाध्यक्ष, एकजना मुख्यसचिव, चारजना सचिव र एकजना कोषाध्यक्ष पनि चयन गरिएको छ । उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी र रामसेवक यादव चयन भएका छन् ।

    मुख्य सचिवको जिम्मेवारी दिनेशकुमार यादव पाएका छन् भने सचिवमा असुफ अलि, निरा साह र शैलेश कुमार साहलाई बनाइएको छ । रेणु यादव कोषाध्यक्षमा दोहोरिएकी छन् ।

    केही दिनअघि अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरमा बसेको जसपाको बैठकले मधेश कमिटीको पदाधिकारी घोषणा गर्ने जिम्मैवारी तत्कालिन अध्यक्ष एवं मन्त्री विजय यादवलाई दिइएको थियो । सदस्यहरू भने पछि घोषणा गर्ने बताइएको छ ।

    नेता व्यवस्थापन गर्न जसपाले ‘एक व्यक्ति, एक पद’ को नीति अवलम्बन गरेको छ । सोहीबमोजिम पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य रहेकाले मन्त्री यादव मधेश प्रदेश कमिटीको नेतृत्व छाडेका छन् ।

  • जसपा कार्यकारिणी बैठक- सांसद यादवलाई कारबाही, मेयर सराबगी केन्द्रीय सदस्यमा मनोनित

    जसपा कार्यकारिणी बैठक- सांसद यादवलाई कारबाही, मेयर सराबगी केन्द्रीय सदस्यमा मनोनित

    जनकपुरधाम । मन्त्री बन्न नपाएको झोँकमा पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध वीरगन्जदेखि काठमाडौंसम्म विरोध प्रदर्शन गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा)को कार्यकारणी समितिको बैठकले संघीय सांसद प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट बर्खास्त गरेको छ ।

    अध्यक्ष यादवविरुद्ध लागेपछि पार्टीले स्पष्टीकरण साधेको थियो । यादवले स्पष्टीकरणको जवाफ पेश गरे पनि अनुशासन समितिले साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।

    तर, कार्यकारिणी समितिको बैठकले केन्द्रीय सदस्यबाट मात्र हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

    यसअघि युरोपेली राष्ट्र लात्भियामा भएको स्वतन्त्र तिब्बत पक्षधर कार्यक्रममा सहभागी भएको भन्दै पार्टीले सांसद यादवलाई ६ महिनाका लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको थियो ।

    सांसद यादवलाई कारबाही गरेसँगै उनका विरोधी मानिने वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । सरावगी पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेका हुन् । उनीसँगै सांसद सूर्यनारायण यादव र चन्देश्वर सदासहित पाँच जनालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको बताइएको छ ।

    बैठकमा धेरै कार्यकारिणी सदस्यले मुख्यमन्त्री लालबाबु राउतको राजीनामाको माग गरेको बताइएको छ । तर यस विषयमा कुनै निर्णय नभएको एक नेताले बताए । ती नेताका अनुसार पार्टीको निर्णय बिना प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई बर्खास्त गरेको र भ्रष्टाचारमा मुछिएका भन्दै धेरै कार्यकारिणी सदस्यले मुख्यमन्त्री राउतको राजीनामा गराउन नेतृत्वसँग माग गरेको थियो ।

  • भीमबहादुरलाई न्याय माग्दै बाबुराम भट्टराई सडकमा (तस्बिरहरू)

    भीमबहादुरलाई न्याय माग्दै बाबुराम भट्टराई सडकमा (तस्बिरहरू)

    काठमाडौं । चितवनका भीमबहादुर विश्वकर्माको हत्याविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) निकटको शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जसपा दलित मुक्ति संगठनको आव्हानमा सडकमा प्रदर्शन गरिएको हो । भीमबहादुरलाई न्याय माग्दै गरिएको प्रदर्शनमा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी छन् ।

    चितवनको भरतपुर महानगरपालिका-४ दुर्गाचोकमा महानवमीका दिन केही युवाको कुटपिटबाट स्थानीय भीमबहादुर विकको मृत्यु भएको थियो ।

    प्रदर्शनको क्रममा विकको हत्यारालाई कारबाही गर्न, परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन दबाब दिइएको छ ।

  • जसपा छाड्ने निष्कर्षमा वीरगञ्ज महानगरका मेयर विजय सरावगी

    जसपा छाड्ने निष्कर्षमा वीरगञ्ज महानगरका मेयर विजय सरावगी

    काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी जनता समाजवादी पार्टी परित्याग गर्ने निष्कर्षमा पुगेका छन् ।

    पार्टीको पर्सा जिल्लास्तरीय विस्तारित बैठकमा उनले आफूमाथि अध्यक्ष उपेन्द्र यादवले धोका र अपमान गरेकाले जसपा छाड्न लागेको जानकारी दिएका हुन् ।

    तत्कालीन संघीय समाजवादी पार्टीबाट मेयर जितेका सरावगीलाई केन्द्रीय सदस्य बनाउने भनिएकोमा प्रदेशको कोषाध्यक्षबाट समेत हटाइएपछि उनी जसपा छाड्ने निष्कर्षमा पुगेका हुन् ।

    सरावगीले आफूलाई पैसा चाहिँदामात्र पार्टी बैठकमा बोलाउने गरिएको भन्दै जसपा अध्यक्ष यादवको व्यक्तिवादविरुद्ध उत्रिन आह्वान समेत गरेका छन् ।

    मन्त्री चयनमा यादवले पैसा खाएको भन्दै पर्साबाट निर्वाचित सांसद प्रदीप यादवसमेत उपेन्द्रसँग असन्तुष्ट छन् । प्रदीप यादव पक्षले वीरगञ्जमा उपेन्द्रको पुत्ला समेत जलाएका थिए ।

  • जसपाले राजेन्द्रको नेतृत्वमा चार मन्त्री पठाउने, उपेन्द्रले एकलौटी गरेको भन्दै असन्तुष्टी

    जसपाले राजेन्द्रको नेतृत्वमा चार मन्त्री पठाउने, उपेन्द्रले एकलौटी गरेको भन्दै असन्तुष्टी

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा पठाउने नामको टुंगो लगाएको छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले पार्टीबाट पठाउने नाम टुंग्याएका हुन् ।

    केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहमद इस्तियाक राईले राजेन्द्र श्रेष्ठको नेतृत्वमा मन्त्रीहरू पठाउने निर्णय भएको बताए । उनका अनुसार श्रेष्ठका अलवा रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने भएका छन् ।

    जसपाले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति गठबन्धनमा भएको थियो ।

    मन्त्रालय बाँडफाँटमा उपेन्द्र यादवले एकलौटी गरेको भन्दै असन्तुष्टी बढेको छ। प्रदेश २ बाट मन्त्री बनाउँदा लुम्बिनीबाट नबनाएको र जनआधार नभएको क्षेत्रबाट श्रेष्ठलाई मन्त्री बनाएको भन्दै त्यसमा बाबुराम भट्टराई पनि सहमत नभएको बताइएको छ ।

    यादवले रेणु यादवलाई पटक-पटक अवसर दिएकोमा पनि जसपामा असन्तुष्टी बढेको छ ।

  • मुख्यमन्त्री राउतको बचाउमा जसपाको आन्दोलन- अख्तियारलाई मधेस र संघीयताविरोधीको आरोप

    मुख्यमन्त्री राउतको बचाउमा जसपाको आन्दोलन- अख्तियारलाई मधेस र संघीयताविरोधीको आरोप

    जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आज जनकपुरधाममा मोटरसाइकल जुलुस निकालेको छ ।

    जसपा मधेस प्रदेश समितिले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत विरोध प्रदर्शन गरिएको हो । रेल्वे स्टेशनबाट जसपाका नेता कार्यकर्ताले निकालेको मोटरसाइकल जुलुस बजार परिक्रमा गरेको थियो ।

    प्रदर्शनकारीले ‘मधेसविरोधी अख्तियार मुर्दावाद, संघीयताविरोधी अख्तियार मुर्दावाद, अख्तियारका प्रमुख प्रेमकुमार राई राजीनामा दे’ जस्ता नारा लगाएका छन् ।

    जसपाले प्रदेश २ को सिरहा, सप्तरी, महोत्तरीलगायतका जिल्लामा पनि अख्तियारविरुद्ध प्रदर्शन गरेको छ । पूर्वघोषित आन्दोलनका कार्यक्रमअन्तर्गत जसपा जिल्ला समितिले प्रदेशका आठै जिल्लाका सदरमुकाममा हिजो साँझ मसाल जुलुस निकालेको थियो ।

    बेटी बचाऊ, बेटी पढाऊ अभियानअन्तर्गत खरिद गरेको साइकलमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको कार्यालय बर्दिबासको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो । अख्तियारको टोलीले साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    तर, जसपाले छापामार शैलीमा संघीयता समाप्त पार्न र प्रदेश सरकारलाई बदनाम गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको भन्दै सडकमा विरोध जनाएको हो । अख्तियारले छापा मारेलगत्तै मुख्यमन्त्री राउतले संघीयताविरोधीको षड्यन्त्र भएको बताएका थिए ।

    संयुक्तरूपमा आन्दोलन गर्न सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग छलफल गरेपनि जसपाको सो प्रयास असफल भएको छ ।

    कांग्रेसका एक साँसदले भने, ‘भ्रष्टाचार भएको उजुरीको आधारमा अख्तियारले छापा मार्नु आश्चर्यको कुरा होइन् । अख्तियारले छानविन गर्छ । यदि भ्रष्टाचार भएको छैन भने किन आत्तिनुपर्ने ? छानविनमा सघाउनुको साटो आन्दोलन गर्नु गलत हो ।’

  • जसपा मधेस प्रदेश समिति बैठक जारी, राजपाबाट आएकाको समायोजन हुँदै

    जसपा मधेस प्रदेश समिति बैठक जारी, राजपाबाट आएकाको समायोजन हुँदै

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समितिको बैठक सुरू भएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित होटल बाबाको पढावामा जारी बैठकमा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

    यादवको प्रमुख आतिथ्य र प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेका तत्कालीन समाजवादी पार्टीका मधेस प्रदेश समिति अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा बैठक बसेको हो ।

    तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर जसपा बनेको थियो । तर, मधेस प्रदेश समिति समायोजन भएको थिएन । आजको बैठकको प्रमुख एजेण्डा मधेस प्रदेश समिति समायोजन, पुनर्गठन तथा विस्तार रहेको नेताहरूले बताएका छन् ।

    पूर्वराजपाबाट आएकालाई आजै प्रदेश कमिटीमा समायोजन घोषणा गरिनेछ । जसपाको संशोधित विधानअनुसार प्रदेश कमिटीमा अब १५० जना रहने छन् । ११ जना पदाधिकारीको संख्या बढाएर १५ जना पुर्‍याइएको छ ।

    जसपा फुटेर लोसपा गठन भए पनि प्रदेश २ मा तत्कालीन राजपाबाट निर्वाचित ९ सांसद जसपामै छन् । प्रदेश २ मा अहिले जसपाका ३८ सांसद छन् ।

  • सत्तारुढ जसपाले संविधान दिवसमा भाग नलिने, देशभर विरोध कार्यक्रम गर्न आह्वान

    सत्तारुढ जसपाले संविधान दिवसमा भाग नलिने, देशभर विरोध कार्यक्रम गर्न आह्वान

    काठमाडौं । सत्ताररुढ जनता समाजवादी पार्टी (जसपा)ले संविधान विभेदकारी र त्रुटिपूर्ण भएको भन्दै सरकारले आयोजना गर्ने संविधान दिवसको कार्यक्रम बहिस्कार गर्ने भएको छ।

    अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको विरोध गर्न र संशोधनद्वारा सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा अन्तरक्रिया कार्यक्रम गर्न आह्वान गरेका छन् ।

    जसपाबाटै विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा(ले भने संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ।

  • सुदूरपश्चिम जसपाका दुई सांसद पनि बिभाजित

    सुदूरपश्चिम जसपाका दुई सांसद पनि बिभाजित

    कैलाली । सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) का दुई जना प्रदेश सभा सदस्य पनि बिभाजन भएका छन् ।

    जनता समाजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्ण बहादुर चौधरीले सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्।

    सांसद चौधरीले सोमबार धनगढीस्थित निर्वाचन कार्यालयमा गएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेको निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिए ।

    कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष निर्वाचित चौधरी राजपा पक्षमा थिए । बिगतमा राजपा पक्षकै प्रदेशसभा सदस्य मलामती कुमारी रानाले भने महन्त ठाकुरको साथ छोडेकी छन् ।

    उनले आफू जसपामै रहने बताइन् । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई मंगलबारसम्म दल रोज्ने समय दिएको छ।

  • आफ्ना सांसद जोगाउन जसपा अध्यक्ष यादव जनकपुरमा, थप तीन सांसद लोसपामा लाग्दै

    आफ्ना सांसद जोगाउन जसपा अध्यक्ष यादव जनकपुरमा, थप तीन सांसद लोसपामा लाग्दै

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा जानबाट आफ्ना सांसद रोक्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव जनकपुर आएका छन् ।

    जसपाका सांसद लोसपामा लाग्ने संभावना बढेसँगै यादव जनकपुर आएका हुन् । तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद प्रल्हाद गिरी गोस्वामीले आजै लोसपाको पक्षमा सनाखत गरेका छन् ।

    स्रोतका अनुसार यादवनिकट भनेर चिनिएका जसपाका तीन सांसद पनि लोसपामा खुल्दैछन् । अहिलेसम्म जसपाका १२ सांसदले लोसपा पक्षमा सनाखत गरेका छन् ।

    जनकपुर विमानस्थलमा अध्यक्ष यादवलाई स्वागत गर्न नेता कार्यकर्ताबीच प्रतिस्पर्धा चलेको थियो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु र नेता कार्यकर्ता स्वागतका लागि विमानस्थल पुगेका थिए ।

    जसपा अध्यक्ष यादवको स्वागतमा हजारौं सवारीसाधनको लाइन लागेपछि जनकपुरधाममा सर्वसधारणले सास्ती पाएका छन् ।

    बुधवार लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी जनकपुर आएका थिए ।

  • एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय जनप्रतिनिधिलाई भदौ २२ सम्मको सीमा

    एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय जनप्रतिनिधिलाई भदौ २२ सम्मको सीमा

    काठमाडौं । निर्वाचन आयोगले नवगठित दल रोज्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि भदौ २२ सम्मको समय दिएको छ ।

    निर्वाचन आयोगको बैठकले राजनीतिक दलसम्बन्धी दोस्रो अध्यादेशअनुसार जनप्रतिनिधिलाई एमाले र जसपा छोड्न २२ भदौसम्मको म्याद दिने निर्णय गरेको हो ।

    अब एमाले र जसपाका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोज्न पाउने भएका छन् र त्यसवापत एमाले र जसपाले कसैलाई कारवाही गर्न पाउने छैन ।

    एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यले नयाँ गठन भएको दलमा प्रवेश गर्न चाहेमा प्रदेशसभा सदस्यले सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका सदस्यले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र स्वयं उपस्थित भइ सनाखत गर्नुपर्ने उल्लेख गरिएको छ।

    आयोगले भदौ ९ मा एकीकृत समाजवादी र लोसपालाई नयाँ दलको मान्यता दिँदै दर्ता प्रमाणपत्र उपलब्ध गराएको थियो ।

  • अध्यादेशको उपयोग गरेर पार्टी फुटायौँ : राजेन्द्र महतो

    अध्यादेशको उपयोग गरेर पार्टी फुटायौँ : राजेन्द्र महतो

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ताका लागि आयोगमा निवेदन दिइएको छ । जसमा अध्यक्षमा ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको छ ।

    नयाँ दल दर्ताका लागि निवेदन बुझाएर फकिएपछि प्रस्तावित जसपा नेपाल लोकतान्त्रिकका वरिष्ठ नेता राजेन्द्र महतोले अध्यादेशको उपयोग गरेर पार्टी फुटाएको बताए ।

    ‘पार्टी फुट्यो र त नयाँ दल दर्ताको लागि निवेदन दिएका छौ । अध्यादेश आज आयो त्यसलाई उपयोग गर्यौ र दल दर्ता गर्‍यौँ’, महतोले भने ।
    उनले आफ्नो पार्टी तत्काल सत्तामा नजाने समेत स्पष्ट पारे ।

  • महन्थ पक्षका नेताहरू निर्वाचन आयोगमा

    महन्थ पक्षका नेताहरू निर्वाचन आयोगमा

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताको तयारीमा रहेका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

    महन्थ ठाकुर, राजेन्द्र महतोसहितका शीर्ष नेताहरु बबरमहलमा छलफल गरिरहँदा केही नेताहरु आयोग पुगेका हुन् । नयाँ दल दर्ता प्रक्रिया सुरु गर्न जसपाको ठाकुर पक्षका नेता चन्दा चौधरी लगायतका नेताहरु आयोग पुगेका हुन् ।

  • महन्थको नेतृत्वमा जसपा लोकतान्त्रिक दर्ताको तयारी

    महन्थको नेतृत्वमा जसपा लोकतान्त्रिक दर्ताको तयारी

    काठमाडौं । सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशको लाभ लिदै जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि नयाँ पार्टी दर्ता गर्ने भएको छ । जसपा नेपालको आधिकारीकता उपेन्द्र यादव पक्षले पाएपछि ठाकुर पक्षले जसपा लोकतान्त्रिक नामक नयाँ पार्टी दर्ताको तयारी गरेको हो ।
    जसपाका एक नेताका अनुसार आजै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी भइरहेको छ । ‘आज दल दर्ताको निवेदन लान्छौ । केन्द्रीय कार्यकारिणी समितिको सूची पनि बुझाउछौं । अन्य समिति र संरचनाबारे पछि निर्णय लिन्छौ’, ती नेताले भने ।
    प्रस्तावित जसपा (लोकतान्त्रिक) मा महन्थ ठाकुर अध्यक्ष रहनेछन् भने चुनाव चिन्ह साइकल प्रस्ताव गरिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टीले अघिल्लो स्थानीय निर्वाचन साइकल चिन्हबाटै लडेको थियो । त्यसअघि शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीको चुनाव चिन्ह साइकल रहेको थियो ।
  • सुदूरपश्चिमका दुई जसपा सांसदले छाडे महन्थको साथ

    सुदूरपश्चिमका दुई जसपा सांसदले छाडे महन्थको साथ

    कैलाली । जनता समाजवादी पार्टी (जसपा) का दुईजना प्रदेशसभा सदस्यहरूले महन्थ ठाकुरको साथ छोडेका छन् ।

    विगतमा महन्थ-राजेन्द्र पक्षमा रहेका प्रदेशसभा सदस्य कृष्ण चौधरी र मालामती कुमारी चौधरीले उनीहरूको साथ छाडेका हुन् । उनीहरू दुवै तत्कालीन राष्ट्रिय जनता पार्टीका हुन् ।

    समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकतापछि जसपा बनेको थियो । उनीहरू दुवैजनाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने समयमा एमालेको ओली समूहसँगै विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । उपेन्द्र यादवले पार्टी आधिकारिकता पाएसँगै उनीहरूले ठाकुरको साथ छाडेका हुन् ।

    प्रदेशसभा सदस्य राना हिजोदेखि काठमाडौंमा शुरू केन्द्रीय कार्य समितिको प्रथम बैठकमा सहभागी भएकी छन् । अर्का सांसद चौधरीले स्वास्थ्य समस्या भएका कारण बैठकमा जान नसकेको बताए ।

    ‘हामीले कसैको साथ छोडेको भन्ने होइन । हामी आधिकारिक लाइनमा उभिएका हौँ’ सांसद रानाले भनिन्, ‘हाम्रो लागि व्यक्तिभन्दा पार्टी ठूलो कुरा हो । ’

    उनले अन्तिम समयसम्म पनि पार्टी एकताबद्ध रहनु पर्छ भन्दै आइरहेको दावी गर्दै भनिन्, ‘हामीले एकताको लागि दबाब दिइरहेका थियौँ तर भएन । हामी पार्टीमै छौँ ।’ संविधानसभा सदस्यसमेत रहेकी उनी प्रदेशसभामा समानुपातिक सांसद हुन् ।

    केन्द्रीय कार्य समितिको प्रथम बैठकमा नगए पनि आफू आधिकारिक पक्षमा रहेको सांसद चौधरीले बताए । उनले अझैसम्म पार्टी विधिवत रूपमा नफुटेको भन्दै आफू जसपामै रहेको दावी गरे ।

    उनी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

  • जसपा केन्द्रीय कार्य समितिको बैठक शुरु

    जसपा केन्द्रीय कार्य समितिको बैठक शुरु

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठक शुरु भएको छ । काठमाडौंको कालिकास्थानमा सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको छ ।

    पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछिको प्रथम बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी भएका छन् ।

    आजको बैठकमा देशको बर्तमान राजनीतिक परिस्थिति र जसपाको कार्यदिशा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    आजको बैठकमा पाटी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण र प्रदेश पहिचानमा आधारित राष्ट्रिय समितिहरु र विशेष प्रदेश तथा जनवर्गीय र भ्रातृ संगठनहरुको इन्चार्ज र प्रतिनिधिहरुबाट विचार व्यक्त गर्ने कार्यसूची रहेको उपेन्द्र यादवको प्रेस संयोजक महेश चौरासियाले बताए ।

    यस्तै भोलिको बैठकमा समसामयिक राजनीतिक परिस्थिति बारे प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने र समसामयिक राजनीतिक प्रस्तावहरू बारे छलफल गर्ने कार्यसूची रहेको छ ।

    साथै सरकारमा सहभागिता जनाउने विषयमा पनि छलफल गरिने जनाइएको छ । पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी पनि बैठकमा छलफल गरिनुको साथै कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्याङ्कन, निरीक्षण, अवलोकन, अभिलेखीकरण गर्ने लगायतका आवश्यक कार्य गर्न ७ सदस्यीय सचिवालय गठन गर्ने कार्यतालिका रहेको छ ।

     

  • महन्थ ठाकुर बालुवाटारमा, निर्वाचन आयोगले दलविहीन बनाइदिएको गुनासो

    महन्थ ठाकुर बालुवाटारमा, निर्वाचन आयोगले दलविहीन बनाइदिएको गुनासो

    काठमाडौं । जसपा नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफू जीवनको उत्तरार्धमा दलविहीन बन्नु परेको भन्दै अध्यादेश ल्याइदिन आग्रह गरेका छन् ।

    राजेन्द्र महतोसहितका नेताहरूलाई लिएर आज विहान बालुवाटार पुगेका ठाकुरले निर्वाचन आयोगले जसपा फुटाएर आफूलाई पार्टीविहीन बनाइदिएको भन्दै चाँडो कानूनी प्रबन्ध मिलाइदिन आग्रह गरेको स्रोतले जनाएको छ ।

    संसद अधिवेशन अन्त्य गरेर सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउने तयारी गरेको छ । ठाकुर लामो समय कांग्रेसको नेतृत्वमा रहेका नेता भएकाले उनले देउवासँग सहयोग माग्नु स्वभाविक रहेको उनीनिकट नेताले बताए ।

    ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिएकाले देउवाले सकारात्मक आश्वासन दिएका छन् । एमालेविभाजनका लागि अध्यादेश ल्याउनै पर्ने भएकाले सोही अध्यादेशबाट ठाकुरले पनि फाइदा लिन सक्नेछन् ।

    उता जसपाको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

  • लुम्बिनीमा अस्थिर राजनीतिको फाइदा उठाउँदै जसपा, छ सांसदलाई पालैपालो मन्त्रालय

    लुम्बिनीमा अस्थिर राजनीतिको फाइदा उठाउँदै जसपा, छ सांसदलाई पालैपालो मन्त्रालय

    रुपन्देही । लुम्बिनीमा अस्थिर राजनीतिको फाइदा लिँदै जसपाका सबै सांसद पालैपालो मन्त्री भएका छन् । प्रदेशसभामा दुईतिहाईभन्दा बढी भएको नेकपालाई सर्वोच्चले गराएको विभाजन र त्यसपछि पनि बहुमतमा रहेको एमालेभित्रको आन्तरिक विवादमा खेल्दै जसपाका ६ सांसद पालैपालो मन्त्री बन्नसफल भएका हुन् ।

    ६ सांसदमध्ये ४ जना यसअघि शंकर पोखरेलको सरकारमा सहभागी थिए भने अहिले पनि ३ सांसद कुलप्रसाद केसीको सरकारमा सहभागी छन् ।

    दुवै सरकारमा सहभागी हुन पाउने सांसद हुन् सुमन शर्मा रायमाझी । अघिल्लो सरकारमा नाटकीय ढंगले राज्यमन्त्री बनेकी उनी एक महिनाअघि राजीनामा दिएर पुनः गठबन्धनमा आएकी थिइन् । अहिले उनी विनाविभागीय भएपनि मन्त्री बनेकी छन् ।

    उनीसँगै जसपाबाट हराएको सूचना प्रहरीमा परेकी पुर्मती ढेंगा मगर पनि मन्त्री बनेकी छन् । उनलाई पनि विनाविभागीय मै राखिएको छ । उनीहरु सँगै पहिलेदेखि नै उपेन्द्र यादव समूहमा रहेका सहश्रराम यादव असह पनि मन्त्री बनेका छन् ।

    वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेललाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएपछि संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसद सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी तथा हस्ताक्षर नगरेकी सांसद कल्पना पाण्डेले एमाले सरकारलाई समर्थन गर्दै आकर्षक मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

    पार्टी निर्णयविपरीत एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरुलाई कारवाही गर्दै संसदबाट पदमुक्त गरेपछि सर्वोच्चबाट थमौती भए पनि पुनः पदमुक्त भएका छन् । यद्यपि अहिले पनि यो विषय अदालतबाट सल्टिएको छैन ।

    जसपाका लुम्बिनी प्रदेश महासचिव यज्ञ पोखरेल आफूले नचाहँदा पनि संसदीय राजनीतिको खेलमा परेको स्वीकार गर्दछन् । ‘यो व्यवस्थाप्रति नै असहमति राख्दै जिन्दगीभर राजनीति गरियो, अहिले आफ्नै नेतृत्वमा सरकार अदलबदल, मन्त्री अदलबदलमा जानुपर्ने अवस्था छ’, उनी भन्छन्, ‘यो अस्थिर राजनीतिको संकेत हो, म आफू सन्तुष्ट छैनँ तर नेतृत्वमा रहेपछि जिम्मेवारी त लिनैपर्यो ।’

    ८७ सांसद रहेको प्रदेशसभामा सत्ता खिचातानीका कारण ७ सांसद घटेर ८० संख्यामा सीमित छ । सरकार टिकाइराख्न र नयाँ बनाउन निर्णायक शक्तिमा रहेको जसपाले दुवै सरकारलाई पूर्णरुपमा प्रयोग गरेको छ ।

    अधिवक्ता पदम कार्की अस्थिर राजनीतिको फाइदा दिने समूहले व्यवस्थालाई नै विकृत बनाएको तर्क गर्छन् । ‘यसको शुरुवात गर्ने ठूला भनिएका पार्टीहरु नै हु्न्, केन्द्रको प्रभाव प्रदेशमा परेको हो, यसले राम्रो सन्देश दिएको छैन’, उनले भने ।

  • महन्थ ठाकुरको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

    महन्थ ठाकुरको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्षको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदैछ ।

    न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    निर्वाचन आयोगले ११ साउनमा कार्यकारिणी समिति सदस्यको बहुमत संख्याको आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।

    ठाकुर निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत सम्पूर्ण सरोकारवालालाई अपूरणीय क्षति हुने भन्दै सर्वोच्च पुगेका थिए ।

  • लुम्बिनी सरकारलाई धक्का, जसपाका ३ मन्त्रीले पाएनन् अन्तरिम आदेश

    लुम्बिनी सरकारलाई धक्का, जसपाका ३ मन्त्रीले पाएनन् अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जसपाबाट कारवाहीमा परी पदमुक्त भएका तीनजना सांसदको रिटमा तत्काल अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा भएको सुनुवाइपछि अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने बारेमा लुम्बिनी प्रदेशसभालाई कारण देखाउ आदेश जारी गरेको छ ।

    प्रदेशसभाबाट जसपाको कारवाहीका आधारमा पदमुक्त भएका महन्थ ठाकुर पक्षका विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेले पुनर्वहालीको माग गर्दै रिट दर्ता गराएका थिए ।

    अदालतले १५ दि नभित्र लिखित जवाफ पेस गर्न प्रदेशसभा सचिवालयलाई आदेश दिएको छ । अदालतले अन्तरिम आदेश दिने वा नदिनेबारे भदौ ८ गते दुवै पक्षलाई झिकाएको छ ।

    उनीहरू तीनैजना अहिले शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री छन् । तत्काल उनीहरुले अन्तरिम आदेश नपाउँदा अविश्वास प्रस्ताव दर्ता गरेर सरकार ढाल्न अघि बढेका विपक्षी गठबन्धनलाई फाइदा भएको छ ।

    अब लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनको ४१ र एमालेको ३८ संख्या रहेको छ ।

  • देउवाले उपप्रधानमन्त्री नबनाउने भनेपछि जसपामा देखियो ‘साइड इफेक्ट’

    देउवाले उपप्रधानमन्त्री नबनाउने भनेपछि जसपामा देखियो ‘साइड इफेक्ट’

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो क्याबिनेटमा उपप्रधानमन्त्री नराख्ने भनेसँगै सत्तारुढ जनता समाजवादी पार्टीमा त्यसका ‘साइड इफेक्ट’ देखिन थालेका छन् ।

    देउवाले उपप्रधानमन्त्री नराख्ने भन्दा माओवादी अध्यक्ष प्रचण्डलाई मात्र होइन जसपाभित्र पनि कतिपय नेतालाई राहत मिलेको छ । यद्यपि जसपा अध्यक्ष उपेन्द्र यादव यसअघि केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीबिना नै मन्त्री भएका थिए ।

    जसपाको आज बस्ने केन्द्रीय कार्यकारिणी समिति बैठक सरकारमा जाने विषयमै छलफलमा केन्द्रित हुनेछ । तर, आफू सरकारको नेतृत्व गरेर जाने अवस्था नहुँदा कुनै कारण देखाएर सरकारमा तत्काल सहभागी नहुने निर्णय उपेन्द्रले गराउन खोजेको आशंका समेत कतिपय नेताहरूले गर्न थालेका छन् ।

    मन्त्री बन्न कै लागि संसद पुनःस्थापनापछि महन्थ ठाकुर पक्षका १० जना सांसद उपेन्द्रतिर लागेका छन् । उनीहरू मन्त्री बन्न नपाए यादवको साथमा रहन गाह्रो छ । संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलगायत शीर्ष नेताबाहिरबाट सरकारमा मन्त्री पठाउने र त्यसमा बहुमत जुटाउने पक्षमा छन् ।

    खेमा बदलेर उपेन्द्रलाई साथ दिएका महिन्द्रराय यादव र मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री बन्नबाट रोक्न अरु सांसद लागेका छन् । मृगेन्द्र प्रतिनिधिसभा चुनाव हारेर राष्ट्रियसभामा आएकाले उनलाई नारायणकाजी रोक्ने संवैधानिक अस्त्र प्रयोग भएको छ ।

    महिन्द्र यादव आर्थिक मामिलामा बदनाम भएको भन्दै पार्टीभित्रबाट उनलाई सरकारमा जान नदिन वहुसंख्यक नेताहरु एकमत छन् । बाबुराम र अशोक राईले समेत उनको नाममा आपत्ति जनाएको जसपा स्रोतले जनाएको छ ।

    अशोक राई खेमाबाट राजेन्द्र श्रेष्ठ मन्त्री बन्न र सरकारको नेतृत्व गरेर जान लबिङमा छन् । तर, जसपाको जनाधार नै मधेस भएको र काठमाडौं जिल्लाभरिबाट ५ हजार मत समेत ल्याउन नसक्ने श्रेष्ठलाई मन्त्री बनाउँन नहुने भन्दै मधेशी सांसदहरू विरोधमा छन् ।

    एकातिर महन्थ छाडेर आएका १० जना सांसदको व्यवस्थापन र अर्कोतिर आफू सरकारमा जाने परिस्थिति प्रतिकूल बन्दै जाँदा उपेन्द्र यादव नयाँ रणनीतिमा जुटेका छन् ।

    सरकारमा बढीमा ६ मन्त्री पाइने र त्यसको भोलिपल्टै सांसदहरू महन्थतिर लाग्ने खतरा जसपामा छ । संसद पुनःस्थापनाअघि यादवसँग १२ जना सांसद थिए भने महन्थ पक्षमा २० जना थिए ।

    मन्त्री बन्न नपाएका र मन्त्री बनेकाहरू समेत यादवको पल्ला भारी भएपछि महन्थलाई छाडेर उनीतिर लागेका थिए । तर सरकारमा सहभागितापछि एकपटक फेरि सांसदहरूको ओहोरदोहोर चल्ने र महन्थ पक्ष बलियो बन्ने अवस्था आउने भएकाले नेताहरू परिपक्व अवस्था बनाएर मात्र निर्णय गर्न चाहन्छन् ।

  • जसपाले डाक्यो पहिलो केन्द्रीय कमिटी बैठक, महन्थ ठाकुर पक्ष अनविज्ञ

    जसपाले डाक्यो पहिलो केन्द्रीय कमिटी बैठक, महन्थ ठाकुर पक्ष अनविज्ञ

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले पहिलोपटक केन्द्रीय कमिटी बैठक डाकेको छ । भदौ १ र २ गते केन्द्रीय पार्टी कार्यालय बालकुमारीमा डाकिएको बैठकले महन्थ ठाकुर पक्षका केन्द्रीय सदस्यलाई हटाउने तयारी गरेको बताइएको छ । यद्यपि, पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले भने अझैसम्म बैठकको कुनै एजेण्डा तय नभएको बताए ।

    पछिल्लो समय निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको छ । आधिकारिकता दाबी गर्दै महन्थ ठाकुर पक्ष अदालत गएको छ । सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

    राजपा र जमाजवादी पार्टी मिलेर जसपा नेपाल बनेपछि दुवै पार्टीबाट ४–४ सय जनालाई केन्द्रीय सदस्य बनाउने सहमति भएको थियो ।
    महन्थ पक्षका जसपा केन्द्रीय सदस्य उमाशंकर अरगरियाले केन्द्रीय कमिटी बैठकबारे आफूहरुलाई जानकारी नभएको बताए ।

  • जसपा ठाकुर पक्षको सक्रियता बढ्यो, आज ४ जिल्लामा भेला

    जसपा ठाकुर पक्षको सक्रियता बढ्यो, आज ४ जिल्लामा भेला

    काठमाडौं । पार्टीमा वैधानिकता नपाए पनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले तराईका जिल्लाहरुमा राजनीतिक गतिविधिलाई तीव्रता दिएको छ ।

    ठाकुरसहितका प्रभावशाली नेताहरु दिनहुँ जसो जिल्लास्तरीय भेला, अन्तरक्रिया र प्रशिक्षणमा व्यस्त छन् । यसैबीच ठाकुर पक्षले आज ४ जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ ।

    सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा भेला गर्न लागिएको जसपा ठाकूर समूहका नेता केशव झाले जानकारी दिए । वरिष्ठ नेता राजेन्द्र महतोसहित नेताहरु जितेन्द्र सोनल र अभिराम शर्माले आज सर्लाहीको भेलालाई सम्बोधन गर्नेछन् ।

    सुनसरीमा नेताहरु डा.सुरेन्द्र झा, सन्तोष मेहता, जयप्रकाश ठाकुर र अरविन्द साहले सम्बोधन गर्नेछन् ।

    त्यस्तै रुपन्देहीको अगुवा कार्यकर्ता भेलालाई नेताहरु सर्वेन्द्रनाथ शुक्ल, उमाशंकर अरगरिया र कृष्णा सिंहले सम्बोधन गर्नेछन् ।

    कञ्चनपुरमा चन्द्रकान्त चौधरी, राजकुमार लेखाी र दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने जनाइएको छ ।

    अगुवा कार्यकर्ता भेलाका दौरान पछिल्लो राजनीतिक घटनाक्रममा आफ्नो समूहले राखेको अडान र यादव समूहबाट ‘धोका’ भएकोबारे प्रशिक्षणसमेत हुने नेता झाले जानकारी दिए ।

  • महन्थ ठाकुर पक्षले आज पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

    महन्थ ठाकुर पक्षले आज पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आज एकैदिन पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ ।

    पार्टीको आधिकारिकता नपाएपछि आफ्नो पक्षमा कार्यकर्ता तान्न ठाकुर पक्ष अगुवा कार्यकर्ता भेला गर्न लागेका हुन् । आज सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा अगुवा कार्यकर्ता भेला गर्न लागिएको जसपाका केन्द्रीय सदस्य सञ्जय चौधरीले जानकारी दिए । जसपाकै ब्यानरमा कार्यक्रम गर्ने उनको भनाई छ ।

    अहिले जसपामै बसेर समानान्तर गतिविधि सञ्चालन गर्ने र निर्वाचन नजिक आएपछि मात्र नयाँ पार्टी दर्ता गराउने रणनीतिका साथ ठाकुर पक्षले अगुवा कार्यकर्ता भेला गर्न लागेका छन् ।

    ठाकुर पक्षका एक नेता भन्छन्, ‘महन्थ ठाकुर पक्षले मधेसको मुद्दा सम्बोधन गराउन अडान लिएकै हो । तर प्रतिगमनलाई साथ दिएको भनेर भ्रम फैलाइएको छ । यो भ्रम चिर्न अगुवा कार्यकर्ता भेला गर्न लागेका छौं ।’

    महोत्तरीको अगुवा कार्यकर्ता भेलाको सम्वोधन गर्न बिहीवार जनकपुर आइपुगेका अध्यक्ष ठाकुरले सांसद पद गुम्ने डरले नयाँ पार्टी दर्ता नगराएको केहिलाई भ्रम रहेको बताएका थिए । ‘सत्य उजागर भएपछि भ्रम टुट्छ,’ उनको भनाई थियो ।

    आज कहाँ कुन नेता पुग्दैछन् ?

    सप्तरी- राजेन्द्र महतो, बृशेषचन्द्र लाल र राजिव झा

    सिरहा- उमाशंकर अरगरिया र जैलुन राइन

    महोत्तरी- महन्थ ठाकुर, निर्जला राउत र शरतसिंह भण्डारी

    बारा- लक्ष्मणलाल कर्ण, रमेश पटेल, बाबुलाल साह

    दाङ- दान बहादुर विश्वकर्मा र बिजय गुप्ता

  • जनकपुर पुगेका महन्थले भने- जसपा टुटेको छैन, मधेस मुद्दालाई झट्का लाग्यो

    जनकपुर पुगेका महन्थले भने- जसपा टुटेको छैन, मधेस मुद्दालाई झट्का लाग्यो

    जनकपुरधाम । निर्वाचन आयोगबाट आधिकारिकता नपाएका महन्थ ठाकुरपक्षले जनता समाजवादी पार्टी (जसपा) कै ब्यानरमा विभिन्न जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।

    ठाकुर पक्षले सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा शुक्रबार कार्यकर्ता भेला तय गरेको हो । कार्यक्रममा सहभागी हुन अध्यक्ष ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरिया आज जनकपुरधाम आएका छन् ।

    जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ठाकुरले पार्टीको आधिकारिकता विषयमा सर्वोच्चमा मुद्दा चलिरहेकाले तत्काल नयाँ पार्टी नखोल्ने प्रष्ट्याए । उनले भने, ‘अहिले पार्टी टुटेको छैन । मधेसको मुद्दालाई झट्का लागेको छ ।’

    निर्वाचन आयोगबाट जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएलगत्तै यादवले उनीसहितका नेतालाई कारवाही गरेका थिए । तर, ठाकुरले आफू अहिले पनि अध्यक्ष रहेको दावी गरेका छन् । घुमाउरो भाषामा उनले भने, ‘निर्वाचन आयोगले नै दुई पोष्ट स्वीकारेको छ ।’

    अध्यक्ष ठाकुर र पूर्वमन्त्री अरगरियालाई स्वागत गर्न एयरपोर्टमा नेता/कार्यकर्तामा भीड लागेको थियो । उनीहरूले ठाकुर र अरगरियाको समर्थनमा नाराबाजीसमेत गरेका छन् ।

  • महन्थको दावी- उपेन्द्रले ओली सरकारमा बसेर १८ महिनामा गर्न नसकेका काम हामीले १८ दिनमा गर्‍याैं

    महन्थको दावी- उपेन्द्रले ओली सरकारमा बसेर १८ महिनामा गर्न नसकेका काम हामीले १८ दिनमा गर्‍याैं

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उपेन्द्र यादवले गर्न नसकेका काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको बताएका छन् ।

    जसपाको आधिकारिकता नपाएपछि सर्वोच्च अदालतमा मुद्दा लडिरहेका अध्यक्ष ठाकुरले मधेशको माग सम्बोधन गराउनु आफ्नो गल्ति थियो भने यस्तो गल्ति र त्रुटी सधैं गरिरहने समेत बताएका छन् ।

    ठाकुरले बुधवार राति लामो र भाबुक वक्तव्य जारी गर्दै भनेका छन्, ‘के नागरिकताको लागि अध्यादेश ल्याउ लगाउनु त्रुटी हो रु के संविधान संशोधनको निम्ति कार्यदल बनाउन लगाउनु त्रुटी हो रु के उत्पीडित जनजाति र समुदायहरुको पहिचान र अधिकारको निम्ति माग मुद्दा सम्बोधन गराउन सरकारसँग सहकार्य गरि दबाब दिनु अपराध हो रु यदि हो भने जनताको हितका लागि यस्ता गल्ति, त्रुटी र अपराध हामी बारम्बार गर्न तयार छौं ।’

    ठाकुरले उपेन्द्र यादवमाथि प्रश्न उठाउँदै ‘आफू १८ महिना केपी ओलीको सरकारमा बस्दा माग मुद्दाको सबालमा एउटा सिन्को भाँच्न नसक्नेले हामी १८ दिनमै माग मुद्दाहरु पूरा गराउँदा हामीतिर औंला देखाइरहेका छन्’ भन्दै जनतालाई जवाफदिन तयार हुनुपर्ने बताएका छन् ।

    निर्वाचन आयोगले जसपा फुटाएकोमा आपत्ति जनाउँदै ठाकुरले उपेन्द्र यादवले आत्मालोचना गरेर गल्ती स्वीकार गरे जसपामा स्थान दिने भनेकोमा समेत तीव्र आक्रोश व्यक्त गरेका छन् । उनले मधेशका माग मुद्दा सम्बोधन गराउनु आफ्नो गल्ती नभएको भन्दै यादव समक्ष आत्मसमर्पण नगर्ने समेत प्रष्ट पारेका छन् ।

  • जसपासम्बन्धी निर्वाचन आयोगको फैसलामा सर्वोच्चको कारण देखाउ आदेश

    जसपासम्बन्धी निर्वाचन आयोगको फैसलामा सर्वोच्चको कारण देखाउ आदेश

    काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको फैसलामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।

    जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश दिएको हो ।

    ठाकुरले जसपा विवाद निरुपण गर्न आयोगले गरेको ‘हेड काउन्ट’ र आधिकारिकता दिने निर्णय खारेज गर्न मागसहित सर्वोच्चमा दुईटा रिट दायर गरेका थिए।

    यसविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्चले दुवै रिट लगाउमा राखेर सँगै सुनुवाइ गर्नसमेत आदेश गरेको छ । हेड काउन्ट गर्दा उपेन्द्र यादव पक्षमा बहुमत देखिएपछि निर्वाचन आयोगले ११ साउनमा पार्टीको आधिकारिकता यादव पक्षलाई दिएको थियो ।

  • महन्थ ठाकुरको दुवै रिटको एकैपटक सुनुवाइ गर्न सर्वोच्चको आदेश

    महन्थ ठाकुरको दुवै रिटको एकैपटक सुनुवाइ गर्न सर्वोच्चको आदेश

    काठमाडौं । निर्वाचन आयोगले जसपाको आधिकारिता निरुपण गरेको विषयमा परेका महन्थले दिएको दुवै रिटको एकैपटक सुनुवाइ गर्न सर्वोच्चले आदेश गरेको छ ।

    न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले महन्थ ठाकुर पक्षले दायर गरेका दुवै रिटको एकैपटक सुनुवाइ गर्ने गरी लगाउमा राख्न आदेश दिएको हो । ठाकुर पक्षले आधिकारिकतासम्बन्धी निर्वाचन अयोगको फैसलासम्बन्धी दुई रिट सर्वोच्चमा विचाराधाीन छन् ।

    ८ साउनमा पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै ठाकुरले पक्षले सर्वोच्चमा रिट हालेका थिए ।

    न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगमा यसबारे खुल्ला बहस पैरवी गराई निर्णय भएकाले दुवै पक्षसँगको छलफलपछि मात्रै अन्तरिम आदेश दिने, नदिनेबारे निर्णयमा पुग्ने उचित हुने ठहर गरेको थियो । त्यसका लागि आज मिति तोकिएको थियो । आजको आधिकारिकतासम्बन्धी सबै रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश भएको हो ।

    ठाकुर पक्षले दोस्रो रिट भने उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिने आयोगको फैसलाविरुद्ध छ । ११ साउनको निर्णय कार्यान्वयन नगर्न/नगराउन मागसहित हिजो दायर भएको दोस्रो रिटमा निर्णय कार्यान्वयन हुँदा आफूहरुलाई अपूरणीय क्षति हुने उल्लेख छ ।

  • निर्वाचन आयोगको निर्णयले आफूलाई अपुरणीय क्षति भएकाे भन्दै महन्थ ठाकुर सर्वोच्चमा

    निर्वाचन आयोगको निर्णयले आफूलाई अपुरणीय क्षति भएकाे भन्दै महन्थ ठाकुर सर्वोच्चमा

    काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आयोगको गत ११ साउनको निर्णय कार्यान्वयन नगर्न-नगराउन उनको माग छ ।

    रिटमा ठाकुरले निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत सम्पूर्ण सरोकारवालालाई अपूरिणीय क्षति हुने उल्लेख गरेका छन् ।

    ‘सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन नगर्नू नागाउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरी पाउँ,’ रिट निवेदनमा भनिएको छ ।

  • महन्थ ठाकुरको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

    महन्थ ठाकुरको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

    काठमाडौं । जनता समाजवादी पार्टीका पूर्वअध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुँदैछ ।

    पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै ठाकुरले पक्षले ८ साउनमा सर्वोच्चमा रिट हालेका थिए ।

    आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ । सर्वोच्च अदालतले १० साउनमा सुनुवाइको क्रममा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

    न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगमा यसबारे खुल्ला बहस पैरवी गराई निर्णय भएकाले दुवै पक्षसँगको छलफल पछि मात्रै अन्तरिम आदेश दिने, नदिनेबारे निर्णयमा पुग्ने उचित हुने ठहर गरेको थियो । त्यसका लागि आज मिति तोकिएको थियो ।

    निर्वाचन आयोगले ११ साउनमा कार्यकारिणी समिति सदस्यको बहुमत संख्याको आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।

  • जसपा केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा शर्मा

    जसपा केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा शर्मा

    रूपन्देही । अर्घाखाँचीका विष्णुहरि शर्मा जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन भएका छन् ।

    बिहीबार जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठकले शर्मालाई समितिको अध्यक्षमा चयन गरेको हो ।

    शर्मा २०६४ सालको दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा माओवादीको तर्फबाट उम्मेदवार बनेका थिए ।

    लामो समयसम्म कम्युनिष्ट आन्दोलनमा लागेका शर्मा पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईका सहपाठी हुन् ।

  • जसपाले चार महिने संगठन सुदृढीकरण तथा जागरण अभियान चलाउने

    जसपाले चार महिने संगठन सुदृढीकरण तथा जागरण अभियान चलाउने

    कामाडौं। सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले चार महिने संगठन सुदृढीकरण तथा जागरण अभियान चलाउने भएको छ। बिहीबार सकिएको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो।

    बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म चल्ने जानकारी दिए। उनले यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धी कामहरु गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने बताए।

    बैठकले अनुशासन सम्बन्धी घटनाहरुको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरुमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशिला श्रेष्ठलाई रहेका छन्।

    त्यस्तै बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरेको छ।

  • जसपा बैठक जारी, मन्त्री चयन र सांगठानिक विषयमा निर्णय हुने

    जसपा बैठक जारी, मन्त्री चयन र सांगठानिक विषयमा निर्णय हुने

    काठमाडौं । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरू भएको छ ।

    बिहान ११ बजे बैठक बस्ने भनिए पनि गठबन्धनको बैठकमा सहभागी भएर शीर्ष नेताहरू आउन ढिला भएपछि अबेर शुरू भएको हो । तुलसीलाल अमात्य स्मृति भवनमा बैठक जारी छ ।

    आजको बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिलाई पूर्णता दिने र संगठन विस्तार तथा समायोजन गर्ने विषयमा छलफल गरिने बताइएको छ ।