Tag: जनकपुर विमानस्थल

  • जनकपुर विमानस्थलको पार्किङ डुबानमा, जुत्ताचप्पल हातमा बोकेर विमान चढ्दै यात्रु

    जनकपुर विमानस्थलको पार्किङ डुबानमा, जुत्ताचप्पल हातमा बोकेर विमान चढ्दै यात्रु

    जनकपुरधाम । अविरल वर्षाका कारण जनकपुर विमानस्थल डुबानमा परेको छ । विमानस्थलको पार्किङ क्षेत्रमा एक फिटसम्म पानी जमेको छ ।

    पार्किङ क्षेत्रमा पानी जमेपछि विमान रनवेमै राख्नुपर्दा यात्रुलाई खाली खुट्टा आवत–जावत गर्नुपरेको छ । जुत्ता चप्पल हातमा बोकेर विमान चढ्न जानु परेको यात्रुहरुले गुनासो गरेका छन् ।

    विमानस्थलका वरिष्ट अधिकृत मोहन ठाकुरले दुई दिनदेखि निरन्तर भारी वर्षा हुँदा पार्किङ क्षेत्रमा पानी जमेको बताए । पार्किङमा पानी जमे पनि उडान रद्द नभएको उनले बताए ।

  • हुस्सुले जनकपुर विमानस्थल ठप्प, जनजीवन प्रभावित

    हुस्सुले जनकपुर विमानस्थल ठप्प, जनजीवन प्रभावित

    जनकपुरधाम । बाक्लो हुस्सुका कारण जनकपुर विमानस्थल शुक्रबार विहानदेखि ठप्प भएको छ । यहाँबाट काठमाडौं दैनिक ५ फ्लाइट हुन्छ । तर आज एउटै फ्लाइट हुन सकेका छैन ।

    विमानस्थल प्रमुख किरण गौतमले बाक्लो हुस्सु लागेकाले आज तीन वटा फ्लाइट रद्द भइसकेको जानकारी दिए ।

    उनले नेपाल प्रेससँग भने, ‘दुई वटा फ्लाइट पर्ख र हेरको अवस्थामा छ । तर भिजिवलिटी कम रहेकाले यो दुई फ्लाइट पनि रद्द नै हुन्छ ।’ भिजिबलिटी १७ सय मिटर चाहिएकोमा मात्र ७ सय मिटर रहेको उनको भनाई छ ।

    आज विहानैदेखि अत्यधिक कुहिरो लागेको र चिसो हावा चलेका कारण प्रदेश २ मा जनजीवन प्रभावित बनेको छ । बजारमा चहलपहल ह्वात्तै घटेको देखिन्छ ।