Tag: च्याङ्ग्रा

  • च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !

    च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !

    बागलुङ । हो, दसैँमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन। यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ। बजारमा रोज्जा च्याङ्ग्रालाई ४० हजार पर्छ। पसलबाट मासु किनेर खाँदा प्रतिकिलो दुई हजार।

    अब आफैं भन्नुहोस्, आम मान्छेले कसरी खान सक्छन्, च्याङ्ग्राको मासु । यो त केबल हुनेखानेको भान्सामा मात्र पो पाक्ने भयो । के गरिब र श्रमजीवीले दसैँमा मिठोमसिनो खान नपाउनु १ यो प्रश्नले हर कोहीलाई बिझाएको हुनुपर्छ ।

    हिमालपारिबाट भित्रने च्याङ्ग्राको भाउ बर्सेनि बढेकै हुन्छ। पछिल्ला चार वर्षमा च्याङ्ग्राको मूल्य दोब्बरले महँगिएको व्यापारी बताउँछन्। कोभिड–१९ का कारण तिब्बतबाट च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले मूल्य आकासिँदै गएको हो।

    व्यापारी महेन्द्र केसीले मुस्ताङको जोमसोम पुगेर दसैँलाई च्याङ्ग्रा ल्याएको बताए। भाउ महँगिएका कारण पहिले झैँ धेरै च्याङ्ग्रा नल्याएको उनले सुनाए। सदरमुकाममा मासु पसलसमेत चलाउँदै आएका केसीले एककिलो च्याङ्ग्रोको मासुलाई १८०० मा बेच्दै आएका छन्।

    उनका अनुसार कतिपय पसलेले दुई हजारसम्ममा बेच्ने गरेका छन् । यसरी च्याङ्ग्राको भाउ छोइनसक्नुभएका बेला यहाँका कुखुरापालक किसानले दसैँमा स्वादिष्ट लोकल कुखुरा उपलब्ध गराएका छन्। भाउ पनि च्याङ्ग्राभन्दा सस्तो छ ।

    गलकोट नगरपालिका–६ मजुवाफाँटस्थित दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्मका सञ्चालक छुमबहादुर थापाले ३०० लोकल कुखुरा बेच्नका लागि ठिक्क भएको बताए। साकिने, घाँटीखुइले, उल्टेलगायत लोकल जातका कुखुरा फार्ममा छन् ।

    ‘एक किलोको ७५० मूल्य छ, चाडबाडमा कुखुराको बिक्री बढी हुन्छ’, उनले भने, ‘दसैँमा बोका, च्याङ्ग्रा किन्न नसक्नेलाई लोकल कुखरा नै ठिक छ।’ स्वादिष्ट र स्वस्थकर हुने हुँदा लोकल कुखुराप्रति उपभोक्ताको रुचि छ।

    लोकल जातका कुखुराको व्यावसायिकपालन पनि बढ्दो छ। बागलुङ नगरपालिका–४ रातमाटाका अगुवा किसान वैकुण्ठ सापकोटाका अनुसार जिल्लाभर ५० भन्दाबढी किसान लोकल जातका कुखुरापालनमा संलग्न छन् । पहिले ब्रोइलर, कोइलर जस्ता उन्नत प्रजातिका कुखुराको बजार अत्यधिक थियो ।

    ‘दसैँमा च्याङ्ग्राको मासु महँगो भएर के भो ररु लोकल कुखुरा, खसीबोका छँदै छन् नि१’, उनले भने, ‘ग्राहकलाई चाहिने जति कुखुरा दिन व्यवसायी तयार छन्।’ स्थानीय उत्पादनको प्रयोगले किसानलाई प्रोत्साहन मिल्नुका साथै आन्तरिक बजार चलायमान हुने उनको भनाइ छ। उनले सञ्चालन गरेको सापकोटा कृषि फार्ममा अहिले ५०० लोकल कुखुरा छन्। फार्ममा साकिनी, गुजुमुजे, उल्टे र घाँटीखुइले जातका कुखुराको व्यावसायिकपालन हुँदै आएको छ।

    कडकनाथ, बेन्टम, सिल्की र पोलिस जातको आयातित कुखुरा पनि पालिएको छ । यस्तै चरा प्रजातिका बट्टाइ र टर्की छन् । उपभोक्ताले इच्छाएको कुखुरा फार्मबाट किनेर लैजान सक्छन्। लोकल साकिने जातको भाले प्रतिकिलो ८०० मा बिक्री भइरहेको उनले बताए। आयातित कुखुराको भाउ भने चर्को छ।

    लोकल जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँचरछ महिनापछि मात्र बेच्न योग्य हुन्छ । खुला ठाउँमा चर्ने र गाउँकै दानापानी खाने भएकाले लोकल कुखुरा पौष्टिक र स्वादिष्ट हुन्छन्। ‘ब्रोइलर कुखुरालाई जस्तो नियमित भ्याक्सिन, औषधि दिनु पर्दैन’, उनले भने, ‘बारी र पाखामा छोडेर हुर्काउने गरिन्छ।’

    रातमाटामा सापकोटासँगै भविन्द्र विक, विजय शर्मालगायत लोकल जातका कुखुरापालनमा लागेका छन्। चौध वर्षसम्म मलेसियामा श्रम–पसिना बगाएर फर्किएका विक र विदेश जाने चक्करमा पटकपटक हण्डर खाएका उनले लोकल कुखुरामा आफ्नो भविष्य देखेका छन्। रासस

  • च्याङ्ग्रा लिन व्यापारी मुस्ताङतर्फ

    च्याङ्ग्रा लिन व्यापारी मुस्ताङतर्फ

    बागलुङ । दशैँ आयोकी च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ । एक÷दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाएझैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन ।

    दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि यहाँका व्यापारी दुःखजिलो गरेर हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् । हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । व्यापारी अम्मरबहादुर क्षत्री, महेन्द्र केसीलगायत सोमबार जोमसोम पुगेका छन् । कोही बाटोमा जाँदैछन् । भाउ महँगिएका कारण धेरै च्याङ्ग्रा ल्याउने सोचमा व्यापारी छैनन् । ‘यस वर्ष सय÷डेढ सय च्याङ्ग्रा मात्र बागलुङमा भित्रने देखिन्छ, केसीले भने, ‘जोमसोममै च्याङ्ग्राको मूल्य रु दश हजारसम्म बढेको छ ।’

    मुस्ताङमा रोज्जा च्याङ्ग्राको मूल्य ४० हजारसम्म पुगेकाले यहाँ ल्याएर बेच्दा त्यसको भाउ ४५ हजारमाथि पुग्छ । मूल्यमा कुरा मिले बढी किन्ने नत्र पसलबाट बेच्नका लागि थोरै मात्र च्याङ्ग्रा ल्याएर फर्कने केसीले बताए । दशैँमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन्छ । केही वर्षअघिसम्म दुई हजारसम्म च्याङ्ग्रा यहाँ ल्याइने गरेकामा अहिले त्यो संख्या एकदमै कममा झरेको छ । कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले सहजरुपमा च्याङ्ग्रा मुस्ताङ ल्याउन पाउँदैनन् ।

    स्थानीय च्याङ्ग्रा मात्र बजारमा आउने गर्छ । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यापारी बताउँछन् । गत वर्ष यहाँका व्यापारीले रोज्जा च्याङ्ग्रालाई २७ हजार ५०० तिरेर ल्याएका थिए । अहिले त्यो बढेर ४० हजारसम्म पुगेको छ । मूल्य चर्को परेपछि कतिपय व्यापारी यसपालि च्याङ्ग्रा किन्नै गएनन् । यहाँका २० भन्दा बढी व्यापारीले दशैँमा च्याङ्ग्राको कारोबार गर्छन् । लामो बाटामा कठिन यात्रा तय गरेर उनीहरुले च्याङ्ग्रा भित्राउँछन् ।

    अर्का व्यापारी क्षत्रीले गत वर्ष जोमसोमदेखि दुई दिनको बाटामा पर्ने चमर भन्ने ठाउँ पुगेर च्याङ्ग्रा ल्याएका थिए। कोभिड–१९ का कारण च्याङ्ग्राको व्यापार पनि खस्किएको क्षत्रीको भनाइ छ । ‘मूल्य बढेको थाहा पाएपछि धेरै व्यापारी च्याङ्ग्रा लिनै गएनन्’, उनले भने । च्याङ्ग्रा कम आउनु र बढ्दो करजस्ता कारणले पनि मूल्य महगिँदै गएको हो । व्यापारीको आउजाउमा पनि बढी खर्च हुन्छ । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ ।

    पछिल्ला चार वर्षमा २० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको छ । छ वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आएका केसीले महँगो परे पनि दशैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको अनुभव सुनाए । उनको सदरमुकामका मासु पसलसमेत छ । गत वर्ष च्याङ्ग्राको मासु प्रतिकिलो १४ सय पुगेको थियो ।

    यस वर्ष मूल्य झन् बढ्ने भएको छ । च्याङ्ग्राको व्यापारबाट पहिलेपहिले जस्तो कमाइ हुन छाडेको व्यापारी बताउँछन् । व्यापारीले एउटा च्याङ्ग्रामा रु एक÷दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । रासस

  • दसैंका लागि यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने

    दसैंका लागि यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ । दसैंका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो।

    बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दसैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएतापनि यसवर्ष खसीरबोका मात्र बिक्री हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

    उनका अनुसार बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउने निर्णय भएको हो । ‘एक हजार च्याङ्ग्रा ल्याउने निर्णय अनुसार हामीले तयारी थालेका थियौँ, कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बत्बाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा धेरै महँगो भएर ल्याइएन’, उनले भनिन्। कम्पनीले गत वर्षको दसैँमा पनि च्याङ्ग्राको मूल्य बढेको भन्दै बिक्री वितरण गरेको थिएन ।

    मुस्ताङबाट च्याङ्ग्रा नआए पनि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याउने तयारी पूरा भएको जनाएको छ । सूचना अधिकारी न्यौपानेले दाङबाट एक हजार र मकवानपुरको ७०० खसी तथा बोका ल्याउने तयारी भएको जनाउँदै आवश्यकता अनुसार थप खरिद गर्ने जानकारी दिइन्।

    दुई जिल्लाबाट ल्याइएको खसी तथा बोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट फूलपातीको दिनबाट बिक्री सुरु गर्ने जनाएको छ ।

    कम्पनीले दसैंका लागि प्रति किलो खसी तथा बोकामा दश छुट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा पाँच तथा भटमासको तेल र कर्णीको सिमिमा १० छुट दिएको छ ।