Tag: चियापान

  • कांग्रेसले याे वर्ष  चियापान नगर्ने

    कांग्रेसले याे वर्ष चियापान नगर्ने

    काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ ।

    नेपाली कांगे्रसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले खोपको व्यापक प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै चियापान कार्यक्रम नगर्ने निश्चित गरेको जनाएका छन् ।

    विज्ञप्तिमा खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवनरक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य भएको उल्लेख छ । पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि पनि अपिल गरिएको छ ।

    महामारीमाथि विजय हासिल गर्न चाँडै नै सफल हुने विश्वास व्यक्त गर्दै कांग्रेसले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।

  • चियापानमा सहभागी नेताहरुले भने- पार्टी जोगाउन अध्यक्ष ओलीको पहलकदमी ठीक छ

    चियापानमा सहभागी नेताहरुले भने- पार्टी जोगाउन अध्यक्ष ओलीको पहलकदमी ठीक छ

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित चियापान समारोहमा सहभागी नेकपा (एमाले)का केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको पहल गरेको भन्दै बचाउ गरेका छन्।

    चियापानमा सहभागि शेरबहादुर तामाङले एमाले भित्रको विवाद मिलाउन प्रधानमन्त्री ओलीले पहलकदमी लिएकोको बताए। । चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता तामाङले अदालतको फैसला अघि निषेधको तहसम्म पुगका नेता कार्यकर्तालाई मिलाउन समय लाग्ने भएपनि प्रधानमन्त्री ओलीले विवाद कम गर्न पहल गरेको बताए।

    अर्का केन्द्रीय कमिटी सदस्य पासाङ शेर्पाले विभिन्न खालका झगडियाहरुको भेलामा बस्नुभन्दा सबल नेतृत्वको पछाडि लाग्दा जनताको विकास र समृद्धिको अपेक्षा पुरा गर्न सकिने निष्कर्षका साथ आफूले केपी ओली नेतृत्वको एमाले रोजेको बताए। त्यस्तै केन्द्रीय कमिटी सदस्य देवी ज्ञवालीले पार्टी भित्रको मतमतान्तर सिद्धान्त भित्रै रहेर राख्नुपर्ने बताए।

    शेरबहादुर तामाङ
    अदालतको फैसला अगाडि हामी एकदम निषेधकै तहमा उभिएका थियौँ । तर अदालतको फैसला पछाडि पूर्ववत् अवस्थामा एमाले र माओवादी केन्द्र भइसकेपछाडि त्यो फैसला अगाडिका हाम्रा गतिविधिलाई आकार लिनलाई टाइम लाग्छ । त्यही टाइम लाग्ने भाको हुनाले पार्टी अध्यक्षको तर्फबाट उहाँले पहलकदमी शुरु गर्नुभा’छ । यो खालको विवाद नहोस्, सबै टुंगियोस् भनेर पहलकदमी जुन गर्नुभा’छ यो पहलकदमीले पार्टीलाई फेरिपनि एक ठाउँमा लिएर आउँछ ।

    पासाङ शेर्पा
    नेपाली जनताले अपेक्षा गरेको राजनीतिक स्थिरता, विकास र समृद्धिको लागि राजनीतिक स्थिरता हो । र मैले आफ्नो लामो विश्लेषणपछि राजनीतिक स्थिरतालाई कायम गर्न सक्ने नेतृत्वको साथमा बस्न पाए हुन्थ्यो भन्ने सोचेरै एमालेमा रहने निर्णय गरेँ । खासगरी पहिले पनि नेकपा(एमाले) सम्बद्ध रहेको नेपाल कम्युनिष्ट पार्टीमा रहियो । त्यसपछि पार्टी सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्कायो । तर यहाँ काम गरिरहँदाको मेरो अनुभुति वर्तमान केपी ओलीको सरकार र नेतृत्वले मुलुकमा शान्ति, स्थायित्व, विकास, समृद्धिको मुद्धा बोकेको हुँदाखेरी र नेपाली जनताको पनि सर्वाधिक अपेक्षा केपी ओलीबाटै गरेको हुनाले केपी ओलीकै नेतृत्वमा रहेको नेकपा(एमाले)मा जोडिन पुगें । विभिन्न खालको झगडियाहरुको भेला भएको भेलाभित्र बस्नुभन्दा एउटा सवल नेतृत्वको पछाडि लागेर जाँदाखेरी नै नेपाली जनताको विकास र समृद्धिको अपेक्षालाई पुरा गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेर म यहाँ पुगेको छु ।

    देवी ज्ञवाली
    हामी हाललाई हाम्रो एमाले संगठनलाई व्यवस्थित, पुर्नगठित र नयाँ गतिका साथ सामूहिक दायित्वहरुलाई, राष्ट्रिय दायित्वलाई निर्वाह गर्नेगरी एमाले अगाडी बढ्नुपर्छ भन्ने हामीले सोचिरहेका छौँ । विगतमा केही खालका एउटा गतिशिल पार्टीमा मत मतान्तर हेर्ने दृष्टिकोणहरुका विविधता पनि हुन्छन् तर ति विविधता भनेका आधारभुत मुल मर्म सँग अन्र्तनिहित हुन्छन् । आधारभुत लाइन, आधारभुत सिद्धान्तभित्र रहेर नै मत मतान्तरहरु रहनुपर्छ। त्यो मत मतान्तरका सन्दर्भमा केही साथीहरु अहिले बाहिर रहनुभयो ।

    समिना हुसेन
    म एमाले बाट निर्वाचित सांसद प्रधानमन्त्रीले बोलाएको चियापानमा जाँदा केही गुटगत मानसिकता बोकेका ले माधवको सांसद वलीको चियापानमा भनेर नाम प्रचार प्रसार गरेकोमा घोर आपत्ति छ मैले बाल्यकालमा देखेको एमाले खोई कहाँ छ? म जहाँ थिएँ त्यही छु र रहिरहन्छु। कोही भ्रममा नपरे हुन्छ ।

  • यस्तो देखियो बालुवाटार चियापानको माहोल (फोटो/भिडियो)

    यस्तो देखियो बालुवाटार चियापानको माहोल (फोटो/भिडियो)

    काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसद र केन्द्रीय सदस्यहरुमाझ आज बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरे ।

    नेकपा एमाले पुनःस्थापित भएको खुसियालीमा प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका सांसद र केन्द्रीय सदस्यहरूले नाचगानसमेत गरेका थिए ।

     
     
     
     
     
     

  • ओलीको चियापानमा जाने माधव नेपाल पक्षका चार सांसद को-को हुन् ?

    ओलीको चियापानमा जाने माधव नेपाल पक्षका चार सांसद को-को हुन् ?

    काठमाडौं । बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रम बहिष्कार गरेपनि माधव नेपाल पक्षका केही नेता उपस्थित भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गरेका थिए ।

    माधव पक्षमा खुलेका सांसदहरू गोपाल बम, नजमा खातुन, माया ज्ञवाली, समिना हुसेन, गंगा चौधरी ‘सत्गौवा’ र केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ बालुवाटार गएका हुन् ।

    यसअघि प्रधानमन्त्रीविरुद्ध प्रचण्ड-माधव पक्षले दर्ता गरेको अविश्वास प्रस्तावमा बम, हुसेन र ज्ञवालीले हस्ताक्षर गरेका थिए ।

  • बालुवाटारमा चियापान, बैकुण्ठ महतले नचाए एमाले सांसदलाई

    बालुवाटारमा चियापान, बैकुण्ठ महतले नचाए एमाले सांसदलाई

    काठमाडौं । नेकपा एमाले पुनःस्थापित भएको खुसियालीमा प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका सांसद र केन्द्रीय सदस्यहरु नाचेका छन् ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापानमा सहभागीहरूलाई गायक बैकुण्ठ महतले छमछमी नचाएका हुन् ।

    महतले ‘अधिकार खोज्नेको कर्तब्य चाहिँ खोइ ?’ भन्ने गीत गाएपछि यसअघि प्रचण्ड-माधव पक्षमा हस्ताक्षर गरेकी सांसद माया ज्ञवालीसमेत नाचेकी थिइन् । महत र प्रिया भण्डारीले यो गीत पुस ७ गते नेकपा फुटेपछि गाएका थिए ।

    चियापानमा माधव नेपाल पक्षका नेताहरू भने सहभागी भएका छैनन् । ओलीले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई आज चियापानका लागि बालुवाटारमा बोलाएका हुन् ।

    माधव नेपाल पक्षले फागुन २८ गतेको निर्णय बदर हुनुपर्ने माग गरेको छ । तर, अध्यक्ष ओलीले ती सबै विषय केन्द्रीय कमिटी बैठकमा छलफल गरिने भन्दै नेपाल पक्षको शर्त अस्वीकार गरेका छन् ।

  • बालुवाटारमा एमाले नेताहरुको चियापान, माधव पक्ष नजाने

    बालुवाटारमा एमाले नेताहरुको चियापान, माधव पक्ष नजाने

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुलाई आज चियापानका लागि बालुवाटारमा बोलाएका छन् ।

    पार्टी पहिलेकै अवस्थामा फर्किएको सन्दर्भमा केन्द्रीय कमिटीको ७ गतेको बैठकअघि सदस्यहरुलाई चियापानका लागि बोलाइएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा चियापानको तयारी भइसकेको छ । तर माधव नेपाल पक्षले चियापान बहिस्कार गर्ने भएको छ । सोही समयमा वामदेव गौतम पक्षले पनि आफ्नो एकता अभियानको बैठक बोलाएको छ ।

    माधव नेपाल पक्षले फागुन २८ गतेको निर्णय बदर हुनुपर्ने माग गरेको छ । तर अध्यक्ष ओलीले ती सबै विषय केन्द्रीय कमिटी बैठकमा छलफल गरिने भन्दै नेपाल पक्षको शर्त अस्वीकार गरेका छन् ।

  • माधव नेपाल पक्षका केन्द्रीय सदस्यको मोबाइलमा जब बालुवाटारको एसएमएस पुग्यो…

    माधव नेपाल पक्षका केन्द्रीय सदस्यको मोबाइलमा जब बालुवाटारको एसएमएस पुग्यो…

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षसहित सबै केन्द्रीय सदस्यहरुलाई चैत ३ गते चियापानका लागि बालुवाटारमा बोलाएका छन् ।

    चैत ७ गतको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा ओलीले केन्द्रीय सदस्यहरूलाई चियापानका लागि प्रधानमन्त्री निवास बोलाएका हुन् ।

    आइतवार अपरान्ह माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको मोबाइलमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीको एसएमएस एकैपटक गएको थियो ।

    अध्यक्ष ओलीले एकलौटी ढंगले जिम्मेवारी हेरफेर गरेपछि माधव नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । सो भेलाको अघिल्लो दिन पारेर ओलीले चियापान आयोजना गरेका हुन् ।

    माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई बालुवाटारको एसएमएस आएपछि उनीहरु आफूलाई मात्र आएको हो कि भनेर एक अर्कामा बुझ्न थाले । यसअघि झुक्किएर सुरेन्द्र पाण्डे र राजेन्द्र राईलाई शुक्रबारको बैठकको एसएमएस पुगेको थियो ।

    त्यस्तै हो कि भनेर सोधपुछ गर्दा चियापानको निम्तो अरुलाई पनि गएको रहेछ । चियापानमा जाने वा नजाने भन्नेबारे भने नेताहरुसँग छलफल गरेपछि टुंगो लाग्ने एक केन्द्रीय सदस्यले बताए ।