Tag: चाँदीका गहना

  • ६ केजी चाँदीका गहनासहित १ जना पक्राउ

    ६ केजी चाँदीका गहनासहित १ जना पक्राउ

    पर्सा । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट ६ केजी १ सय ६८ ग्राम चाँदीको गहनासहित एक जना पक्राउ परेका छन् ।

    प्रहरीले चाँदीको गहनासहित प्रसौनी गाउँपालिका-६ ठेगाना भएका ६० वर्षीय नागेन्द्र साह सोनारलाई बिहीबार बिहान पक्राउ गरेको हो ।

    भारतबाट अवैध रुपमा चाँदीका गहना ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातुको गहना सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।