Tag: घुस अस्वीकार

  • घुस अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी पृरस्कृत

    घुस अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी पृरस्कृत

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक कारवाहीका क्रममा घुस दिन खोज्ने चालकको प्रलोभनमा नपरी जिम्मेवारीपूवर्क काम गरेर घुस दिन खोज्ने चालकलाई कारवाहीको दायरामा ल्याउने कार्यमा संलग्न ३६ ट्राफिक प्रहरीलाई पृरस्कृत गरको छ । महाशाखाले शुक्रबार महाशाखाको कार्यालयका सम्मान कार्यक्रम आयोजना गर्दै नौ जनालाई भने वृत्ति विकासमा सहयोग पुग्ने गरी अभिलेख रहने गरी पुरस्कृत गरेको जनाएको छ ।

    प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्नका लागि अन्य प्रहरीलाई प्रेरणा मिलोस् भनेर महाशाखाले यस्तो अभियान सञ्चालन गरिरहेको महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले नेपाल प्रेससँग बताए ।

    उनका अनुसार यसै क्रममा ४९ जना चालकलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको छ। ट्राफिक प्रहरीले नियम उल्लङ्घनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको एसएसपी भट्टराइको भनाइ छ ।

    उनले भने, ‘खराब मानसिकता भएका घुष दिन खोज्ने चालकलाई हरेक दिन नियन्त्रणमा लिने गरिएको छ । त्यस्ता चालकलाई कुनै पनि बहानामा कानूनी कारवाहीको दायराबाट बाहिर जान दिइएको छैन । महाशाखा अझै यो भन्दा कडा कारवाहीमा जाने तयारीमा छ ।’

    महाशखाले सवारी चालकलाई ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्न र ट्राफिक नियमको उल्लघन पछि कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने प्रयास नगर्न आग्रह गरिएको महाशाखाका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) सञ्जिव शर्मा दासले नेपाल प्रेससँग बताए ।

    एसपी) दासका अनुसार गत आआर्थिक वर्षमा घुस बापत ९० हजार एक सय ५५ रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक सय ६५ जना सवारी चालकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पृरस्कृत गरिसकेको छ ।

  • १८ ट्राफिक प्रहरी सम्मानित

    १८ ट्राफिक प्रहरी सम्मानित

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित १८ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । उनीहरुलाई महाशाखाले आइतबार एक कार्यक्रम आयोजना गर्दै सम्मान गरेको हो ।

    सम्मानित हुनेमध्ये ६ जनालाई नगदसहित वृत्ति विकासमा समेत सहयोग पुग्ने गरी अभिलेखमा राखिने गरी पुरस्कृत गरेको महाशाखाले जनाएको छ । यसरी पुरस्कृत हुनेमा प्रहरी हवल्दार शम्भु विश्वकर्मा, प्रहरी जवान अनिल महर, महेशराज पनेरु, रमेश सिंह बडाल, बिन्दा थापा र राम आवतार राम रहेका छन् ।

    नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लंघन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्न हामीले नियमित निर्देशन दिंदै आएका छौं, फलस्वरुप घुस दिन खोज्ने ९४ जना चालकलाई पक्राउ गरी कारबाही गरेको महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।

    ट्राफिक नियम उल्लंघन गर्ने चालकले कारबाहीबाट बच्न र कारबाही पछि हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन्, प्रलोभनमा नपरी त्यस्ता चालकलाई कारबाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी संगठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको उनको भनाइ छ ।

    चालु आर्थिक वर्षमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    यस कार्यले अन्य प्रहरी कर्मचारीमा समेत आर्थिक पारदर्शिता एवं शून्य सहनशीलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकलाई कारबाहीको दायरामा ल्याउन थप सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले गरेको महाशाखाका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) श्याम कृष्ण अधिकारीले जानकारी दिए ।