Tag: घरबेटी रिहा

  • दलितलाई कोठा भाडामा नदिएको आरोपमा थुनिएकी घरबेटी रिहा

    दलितलाई कोठा भाडामा नदिएको आरोपमा थुनिएकी घरबेटी रिहा

    काठमाडौं। एक दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा छोडिएको बताए ।

    ‘थप अनुसन्धानका लागि मिसिल सिंहदरबार वृत्तमा पठाइएको छ,’ उनले नेपाल प्रेससँग भने । प्रधान तीन दिनअघि पक्राउ परेकी थिइन् ।

    तस्बिर : आशिष नेपाली।