Tag: घनश्याम भुसाल

  • भुसालमाथिको कारबाहीले एमालेमा खैलाबैला, पार्टीलाई ‘प्रालीकरण’ गरेको आरोप

    भुसालमाथिको कारबाहीले एमालेमा खैलाबैला, पार्टीलाई ‘प्रालीकरण’ गरेको आरोप

    रुपन्देही । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अनुशासन आयोगले अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै पार्टीभित्रै खैलाबैला भएको छ।

    भुसालले निर्वाचनपछि एक टेलिभिजन अन्तरवार्तामा अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय व्यहोरेको बताउँदै कार्यशैलीको कडा आलोचना गरेका थिए। बुधबार बसेको अनुशासन आयोगको सचिवालय बैठकले स्थायी कमिटी सदस्य भुसालले पार्टी नीतिविपरीत काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै पार्टीभित्र यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

    सार्वजनिक सञ्चारमाध्यममा पार्टी नेतृत्वमाथि प्रश्न उठाउने स्थायी कमिटी सदस्यलाई स्पष्टीकरण सोध्न सिफारिस गरिएको अनुशासन आयोगका अध्यक्ष केशव बडालले पत्रकारहरुलाई बताएका छन्।

    बैठकले निर्वाचन र त्यसपछि पार्टीविरूद्ध गतिविधि गर्ने विभिन्न तहका नेताहरूसँग स्पष्टीकरण सोध्न पार्टीलाई सुझाव दिएको अनुशासन आयोगका एक सचिवालय सदस्यले बताए।

    भुसाल एमालेभित्र पार्टी अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्ने थोरै नेतामा पर्छन्।

    चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनमा अध्यक्ष ओलीको प्रस्तावविपरीत भीम रावल र घनश्याम भुसालले विरोध गरेर नेतृत्व चयनलाई निर्वाचन गराएका थिए । रावल अध्यक्ष र भुसाल उपाध्यक्षको उम्मेदवार बनेका थिए।

    अहिले यो विषयलाई लिएर भुसाल समर्थकहरुले पार्टी ‘प्रालि मोडल’मा गएकाले सामान्य आलोचनालाई पनि अस्वीकार गरेर यो प्रकृया अपनाएको प्रतिक्रया दिएका छन् भने संस्थापन लाइन नजिकका नेताहरुले पार्टी नेतृत्वलाई आन्तरिक रुपमा सुझाव सल्लाह दिनुपर्नेमा बाहिर प्रचार गर्ने काम पार्टी हितविपरीत भएको बताउँदै आएका छन् ।

  • रुपन्देहीको एमाले रुझान्- गृहजिल्लामै किन कमजोर बने घनश्याम भुसाल ?

    रुपन्देहीको एमाले रुझान्- गृहजिल्लामै किन कमजोर बने घनश्याम भुसाल ?

    रुपन्देही । एमालेको नवौं महाधिवेशनमा रुपन्देहीका कार्यकर्ताको नारा थियो- विकासको नेता विष्णु पौडेल, विचारको नेता घनश्याम भुसाल । दुवै नेता फरक टिमबाट उपमहासचिव उम्मेदवार थिए तर विचारका अर्का नेता शंकर पोखरेल पराजित भए र विष्णु–घनश्याम उपमहासचिव भए ।

    यसबीचमा पौडेल नेकपाको महासचिव हुँदै एमालेको उपाध्यक्ष बन्दा घनश्याम भने स्थायी कमिटी सदस्य छन् । वाककला, मार्क्सवाद र अर्थतन्त्रको विश्लेषण तथा अध्ययनमा विशेष रुची राख्ने नेताको पहिचान बनाएका एमाले नेता घनश्याम भुसाल केन्द्रमा मात्र होइन आफेन्र गृहजिल्लामा समेत थप कमजोर बनेका छन् ।

    पार्टीको उपमहासचिवमा निर्वाचन जितिसकेका, पार्टी अध्यक्षको प्रस्ताव विपरीत उपाध्यक्षमा निर्वाचन लडेर पनि राम्रो मत ल्याएका स्थायी कमिटी सदस्य भुसाल गृहजिल्लामा कमजोर बने वा बनाइयो भन्ने विषयमा अहिले रुपन्देहीमा बहसको विषय बनेको छ ।

    एमालेका केही नेताले पार्टीमा गुट सकिएकाले यस्तो भएको दावी गरेपनि सांगठनिक रुपमा उनले आफ्नो समुह बलियो बनाउन नसकेकै कारण धेरैले साथ छाडेका छन् र भएकाहरु पनि कतै समेटिन सकेका छैनन् ।

    उनको पक्षमा लागेका नेताहरु निर्वाचन भएपनि जितेर आउन नसक्ने अवस्थामा रहेको र सहमतिमा आउँदा पनि नसमेटिएको अवस्था प्रष्ट देखिन्छ । पार्टीको पालिका अधिवेशनका क्रममा भुसालको निर्वाचन क्षेत्रमा पर्ने सिद्धार्थनगर नगरपालिकामा उनी निकटका उम्मेदार सबै पराजित भएकाले पनि यो अवस्था आएको प्रष्ट देखिन्छ ।

    रुपन्देहीमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, नेताहरु खिमलाल भट्टराई, लिला गिरी, नेत्र पन्थी, राधा ज्ञवालीलगायतकाले आफ्ना नजिकका व्यक्तिहरुलाई अगाडि लैजानसकेपनि भुसाल निकटका नेताहरु अघि बढ्न सकेनन् । बिगतमा उनलाई काँध थापेका धेरै नेताहरुले उनको साथ छाडेका छन् भने अहिले पनि उनलाई काँध थाप्ने नेताहरु पार्टी संगठनमा आउन सकेनन् । कतिपय उनका खास निकटहरुले पार्टी नै छाडेर नेकपा एस रोजिसकेका छन् ।

    अघिल्लो जिल्ला कमिटीमा करिब ४० प्रतिशतको हाराहारीमा भुसाल निकटका नेताहरु थिए । रुपन्देहीमा अहिले १५१ सदस्यीय कमिटी बन्दा एक पदाधिकारी र एकजना सदस्य मात्र उनी निकटका समेटिएका छन् । उनले आफूलाई साथ दिनेहरुको संरक्षण गर्न नसकेकाले राजनीतिक सुरक्षा खोज्दै कार्यकर्ताले विष्णु पौडेललाई अभिभावक मानेका छन् ।

    भुसालको पक्षमा लामो समय रहेर पनि कतै सुरक्षित नबन्ने देखिएपछि साथ दिन नसकेको नेताहरुको भनाइ छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा भुसालकै एक्लो जोडबलमा तिलोत्तमा नगरपालिकाको मेयरको टिकट पाएर जितेका बासुदेव घिमिरे केही समयअघि नेता विष्णु पौडेलको पक्षमा लागे ।

    यतिसम्म कि उनको गृहनगर तिलोत्तमाको पालिका अधिवेशनमा उनलाई अतिथिको रुपमा आउने वातावरणसमेत बनेन । उनको स्वकीय सचिव बनेका युवराज न्यौपाने, एमाले प्रदेश कमिटी उपाध्यक्ष तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, प्रदेश सांसद तुल्सी चौधरी, जिल्ला सदस्य युवराज घिमिरेलगायतका धेरै नेताले उनको साथ छोडिसकेका छन् ।

    निर्वाचनका बेला उनलाई काँध थापेका युवा नेता देवराज पोखरेलले त पार्टीको कुनै जिम्मेवारीमै नरहने गरी आफ्नो धारणा सार्वजनिक गरेका छन् । सरिता श्रीस,राजु गुरुङ लगायतका उनका खास सहयोगीले एमाले नै छाडिसकेका छन् । उनी कमजोर हुनुमा आफ्ना मान्छेलाई एमालेमा राख्न नसक्नु पनि हो ।

    अहिलेको जिल्ला अधिवेशनमा भुसाल निकट मानिने जागेश्वरी चौधरी उपाध्यक्षमा आएकी छन् । उनलाई काँध थाप्ने नेताहरुमध्ये अध्यक्षमा पुरुषोतम घिमिरे, सचिवमा खेम लुइँटेल, सदस्यमा लक्ष्मी केसी लगायतले निर्वाचनका लागि उम्मेदारी दर्ता गरेपनि अन्तिम समयमा फिर्ता लिएका थिए ।

    अध्यक्षका उम्मेदार घिमिरेले पत्रकारसँग भनेका थिए–निर्वाचनमा गएपनि हामीलाई हराउने गरी प्रतिनिधि आएका छन्, निर्वाचन मण्डलले घोषणा गरेपछि प्रतिनिधिको मानसिकतै फेरिएको छ । आफ्नो दावी र असमतिका लागि उम्मेदारी दिइएको हो, म चुनावमा जाने पक्षमा त छैन अघिल्लो पटक के भनेर मलाई उपाध्यक्षमा राखिएको हो त्यसको जवाफ खोजेको हो, एकपक्षीय रुपमा नेतृत्वमा पठाएर पार्टी कसरी एक बन्नसक्छ ?’

    तर एमालेका केही नेताहरु १० बुँदे सहमति गरेर एमालेमै रहेका नेता भुसालको परिवारकै सदस्यहरुले पनि साथ नदिएकाले अरुले दिएनन् भनेर गुनासो गर्ने ठाउँ नरहेको दावी गर्दछन् । नेता भुसाल निकट अधिवक्ता तथा विश्लेषक विष्णु पौडेल नेता भुसाल गृहजिल्लामा सांगठनिक हिसाबले कमजोर बनेको स्वीकार गर्छन् ।

    भुसालले भने–यो पार्टीमा बलियो बन्न आफ्नो संगठन बलियो चाहिने रहेछ, त्यसका लागि नेताले निकटका काँध थाप्नेलाई जिम्मेवारी दिएर टिकाउन सक्नुपर्ने रहेछ, विभिन्न ठाउँमा जिम्मेवारी दिनसक्नुपर्ने रहेछ, भुसाल कमरेडमा त्यो क्षमता देखिएन, बिगतमा भन्दा धेरै कमजोर उपस्थिति देखियो जिल्ला कमिटीमै, अब सबै नेताहरु आफ्नो भनेर अगाडि बढ्दा नै राम्रो होला उहाँका लागि ।

    तर अर्का अधिवक्ता दामोदर घिमिरेले भने घनश्यामलाई जबरजस्ती कमजोर बनाइएको आफ्नो विश्लेषण सुनाए ।

    उनले भने, ‘यतिको क्षमता भएको नेतालाई अरुले साथ दिएनन् भन्ने उचित होइन, उनको पक्षमा लाग्नेलाई उठ्न नसक्नेगरी थला पारियो, सबैतिरबाट बन्देज गरियो अनि प्रतिनिधि आउँदा त्यसरी नै आए अनि कसरी आउँछन् त उनका मान्छे नेतृत्वमा ? कसरी साथ दिन्छन् त उनलाई ?’

    विश्लेषक तथा अग्रज पत्रकार डीआर घिमिरेले भने रुपन्देहीमा घनश्याम कमजोर भनेर विश्लेषण गर्दा उचित नहुने भन्दै गुट सकिएको भनेर बुझेर अगाडि बढे राम्रो हुने बताउँछन् ।

  • स्थायी कमिटी र पोलिटब्यूरो गठनमा मापदण्ड बनाइनुपर्छ : घनश्याम भुसाल

    स्थायी कमिटी र पोलिटब्यूरो गठनमा मापदण्ड बनाइनुपर्छ : घनश्याम भुसाल

    रुपन्देही । नेकपा एमालेका नेता घनश्याम भुसालले स्थायी कमिटी र पोलिब्यूरो गठनका लागि मापदण्डमा जोड दिएका छन् । महाधिवेशनपछि पहिलोपटक लुम्बिनी आएका उनले विधिमा टेकेर नेतृत्व अगाडि बढ्दा सबैको हित हुने बताए ।

    एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक भोलिदेखि बस्दैछ । सो बैठकमा स्थायी कमीटी, पोलिटब्यूरो गठनलगायतका एजेण्डा छन् ।

    भुसालसँगको भेटघाट गरेका बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले नेकपा एमालेको भलो नचाहनेहरूले उनको विषयमा गलत प्रचार गरेको र पार्टीप्रतिको निष्ठा र इमान्दारितामा भुसाललाई अझ बलियो पाएको बताएका छन् ।

    स्थानीय नेताहरुले पार्टीभित्र र अध्यक्षसँग रहेका असहमति अध्यक्ष ओलीसँग वान टु वान बसेर अगाडि बढ्न गरेको आग्रहलाई भुसालले टाउको हल्लाएर मुस्कुराउँदै प्रतिबद्धता व्यक्त गरेको ज्ञवालीले बताए ।

  • घनश्याम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराए

    घनश्याम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराए

    काठमाडौं । नेता घनश्यम भुसालले एमालेको उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । जारी महाधिवेशन अन्तरगत अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

    ओलीले घोषणा गरेर केन्द्रीय कमिटी बनाउने निर्णयप्रति आपत्ति जनाउँदै आएका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

    यसअघि ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

    महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तरगत अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।

    उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल र युवराज ज्ञवालीले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु तीनैजना ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा परेका छन् ।

  • घनश्याम भुसाल भन्छन्- मलाई पदसँग मतलव छैन,  योग्यताकाे मापदण्ड बनाउँ (भिडियो संवाद)

    घनश्याम भुसाल भन्छन्- मलाई पदसँग मतलव छैन, योग्यताकाे मापदण्ड बनाउँ (भिडियो संवाद)

    काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुसालले पद पाउनु र नपाउनुसँग आफ्नो खासै सरोकार नभएको बताएका छन् । एमालेको १० औं महाधिवेशन केन्द्रित भएर आइतबार गरिएको भिडियो संवादमा भुसालले आन्दोलनप्रतिको आफ्नो प्रतिवद्धता नैतिक भएको बताए।

    ‘आन्दोलनप्रतिको मेरो प्रतिवद्धता नितान्त नैतिक हो, म त्यो दावी गर्छु,’ भुसालको भनाइ छ, ‘पद लिनु, नलिनु, केही हुनु, नहुनुसँग मलाई मतलव छैन् । प्रतिवद्धताका साथ म निरन्तर सक्रिय रहन्छु ।’

    यद्यपि एमालेको नेता हुनका लागि के कस्तो योग्यता चाहिन्छ भन्ने मापदण्ड बनाउनुपर्नेमा भने उनको जोड छ। ‘नेकपा एमालेको नेता हुनका लागि के-के योग्यता चाहिन्छ भन्ने एउटा मापदण्ड बनाम। सबै मिलेर पास गरौं । त्यो योग्यता कसको छ भनेर ल दावी गरौं भनेर भनम। दुनियाँले प्रष्टै देखिहाल्छ नि कसमा त्यो योग्यता छ भनेर।’

    हेर्नुहोस् भुसालसँगको भिडियो संवादः

     

  • ओलीसँग घनश्यामको आग्रह-१० बुँदे जे भनेर गरिएको थियो त्यसैगरी लागू गरियोस्

    ओलीसँग घनश्यामको आग्रह-१० बुँदे जे भनेर गरिएको थियो त्यसैगरी लागू गरियोस्

    काठमाडौं। नेकपा (एमाले) का नेता घनश्याम भुसालले १० बुँदे कार्यान्वन नभएको भन्दै त्यसको कार्यान्वयनमा जोड दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै भुसालले जे भनेर १० बुँदे गरिएको थियो, त्यसै गरी लागू गर्न पनि आग्रह गरेका छन् ।

    ‘हाम्रोजस्तो जिम्मेवार इतिहास भएको पार्टीको सांस्कृतिक आनुवंशिकीमा विकृति उत्पन्न भयो भने त्यसले पिँढी दरपिँढीसम्म आन्दोलनलाई प्रभाव पार्छ,’ कोरानाका कारण आइसोलेसनमा बसेका भुसालले लेखेका छन्, ‘तसर्थ कमरेड अध्यक्षसँग मेरो अनुरोध के छ भने दशबुँदे जे भनेर गरिएको थियो त्यसैगरी लागू गरियोस् ।’

    भुसालले हालै सम्पन्न विधान महाधिवेशन जसरी हुनुपथ्र्यो त्यसरी नभएको पनि टिप्पणी गरेका छन् । ‘मुख्यतः पार्टीका नीति तथा सिद्धान्त र विधानमाथि पार्टीव्यापी र प्रतिनिधिहरुका बीचमा जुन गहिराइमा छलफल हुनुपर्थ्यो, त्यो हुन सकेन,’ उनको उनको भनाइ छ, ‘दोस्रो, महाधिवेशनको आयोजना जे जसरी भयो त्यस सम्पूर्ण प्रक्रियामा पार्टीको संस्थागत प्रक्रियाको घोर अवमूल्यन भयो ।’

    संस्थागत निर्णयबिनै विधान महाविधेशनका प्रक्रिया संचालन गरेको उनको अरोप छ। ‘प्रतिनिधिको निर्णय, दस्तावेजहरूको अन्तिम तयारी, टोलीहरू र टोली नेताहरूको निर्णय, महाधिवेशन सञ्चालनको प्रक्रियालगायत क्रियाकलापहरू कुनै संस्थागत निर्णयबिना हुनुले नेकपा एमालेको पारदर्शी र संस्थागत चरित्रत्रलाई प्रतिनिधित्व गर्दैनन्,’ भुसालको भनाइ छ, ‘आगामी दिनमा यी कमजोरीहरू हटाउनै पर्छ ।’

    पार्टीसँग आफ्नो ठोस कार्यक्रम नहुनु भनेको अकल्पनीय भन्दै भुसालले त्यो तय गरेर जानुपर्नेमा जोड दिएका छन्। ‘हाम्रोजस्तो इतिहास भएको पार्टीसँग आफ्नो ठोस कार्यक्रम नहुनु भनेको अकल्पनीय कुरा हो,’ उनले लेखेका छन्, ‘पार्टीको स्पष्ट कार्यक्रमले पार्टीको सम्पूर्ण पंतिलार्ई दलाल पुँजीवादको वर्चश्वलाई अन्त्य गर्दै र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादका आधार तयार गर्ने दिशामा निर्देशित गर्छ ।’

    उनले थपेका छन्, ‘नवौँ महाधिवेशनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा पनि पार्टीको भावी कार्यक्रमको एउटा नाराका रूपमा अगाडि ल्याएको थियो । पार्टीको ठोस कार्यक्रम नहुँदा हाम्रो उक्त नारा पनि अपरिभाषित नै रहेको छ । ‘

  • जबज र समाजवादमा जाने बाटोबारे एमाले बैठकमा अध्यक्ष ओलीलाई घनश्यामको प्रश्न-(भिडिओ)

    जबज र समाजवादमा जाने बाटोबारे एमाले बैठकमा अध्यक्ष ओलीलाई घनश्यामको प्रश्न-(भिडिओ)

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले समाजवादमा जाने आधार र जनताको बहुदलीय जनवादको आधिकारिक परिभाषा हुनुपर्ने बताएका छन् ।

    केन्द्रीय कमिटी बैठकमा आफूले राखेका फरक विचारबारे जानकारी दिँदै भुसालले समाजवादमा जाने आधार के हुन् भन्ने बारेमा अध्यक्ष केपी शर्मा ओलीको दस्तावेजमा प्रष्ट नआएकाले यसबारेमा आफूले ध्यानाकर्षण गराएको बताए ।

    पत्रकारसँग कुरा गर्दै भुसालले भने, ‘दस्तावेजमा धेरै राम्रा र आवश्यक कुराहरू आएका छन् तर केही आधारभूत कुराहरू नपुगेका छन् भन्ने मेरो भनाइ हो । कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको छ,यसमा हाम्रा के कति कमजोरी रहे त्यसबारेमा दुनियाका सामु नलुकाइ भन्नुपर्छ । त्यस्तै समाजवादको बाटो के हो भन्ने पनि प्रष्ट हुनुपर्छ ।’

    भुसालले एमालेले अवलम्बन गरिरहेको जनताको बहुदलीय जनवाद दृष्टिविहीनले हात्ती छामेजस्तो भएको भन्दै यसको ठोस र आधिकारिक परिभाषा पार्टीले गर्नुपर्ने आफ्नो धारणा रहेको बताए ।

  • प्रचण्डलाई घनश्याम भुसालको सुझाव– एमालेको चिन्ता नलिनुस्, आफ्नै पार्टी राम्रो बनाउनुस्

    प्रचण्डलाई घनश्याम भुसालको सुझाव– एमालेको चिन्ता नलिनुस्, आफ्नै पार्टी राम्रो बनाउनुस्

    काठमाडौं । नेकपा एमाले उपमहासचिव घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेको चिन्ता नलिन र आफ्नै पार्टीलाई राम्रो बनाउन सुझाव दिएका छन् ।

    एमालेप्रति प्रचण्डको चिन्ता बढेको भन्दै उनले एमालेको चिन्ता नलिइ आफ्नै पार्टी राम्रो बनाउन सुझाव दिएका हुन् ।

    उनले भनेका छन्– कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउछौ। तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं । उनले ट्वीटमार्फत् प्रचण्डलाई उक्त सुझाव दिएका हुन् ।

  • ओलीको प्रतिवेदनमा घनश्यामको टिप्पणी- जबजलाई मार्गदर्शक सिद्धान्त भन्नु अतिशयोक्ति (दस्तावेजसहित)

    ओलीको प्रतिवेदनमा घनश्यामको टिप्पणी- जबजलाई मार्गदर्शक सिद्धान्त भन्नु अतिशयोक्ति (दस्तावेजसहित)

    काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुसालले पार्टी विभाजनलाई ‘वैरी हँसाउने घटना’को संज्ञा दिएका छन्। आइतबारदेखि जारी एमाले स्थायी कमिटी बैठकमा पेस भएका प्रतिवेदनमाथि टिप्पणी गर्दै भुसालले यस्तो धारणा राखेका हुन्।

    ‘पार्टी विभाजन अनपेक्षित, वैरी हँसाउने घटना थियो,’ भुसालले राखेको लिखित धारणामा भनिएको छ, ‘त्यसमा रहेका
    कमिकमजोरीबाट सिकेर, पार्टीका वैचारिक, सैद्धान्तिक तथा सांगठानिक प्रस्तावहरूमा समेत आधारित भएर भविष्यमा कम्युनिष्ट एकताको पहलकदमी हामी आफैंले लिनु पर्नेछ ।’

    बहुदलीय जनवादले मार्गदर्शक सिद्दान्तका रुपमा काम नगर्ने पनि भुसालको भनाइ छ । ‘जनताको बहुदलीय जनवादबारे हामीले क. मदन भण्डारीको देहान्तपछि छलफल गर्न छोडेका छौँ, ’ भनिएको छ, ‘उहाँले जनताको बहुदलीय जनवादलाई कार्यक्रमको रूपमा अगाडि सार्नुभएको थियो । छैठौँ महाधिवेशनमा त्यसलाई सिद्धान्त निर्माणको कुनै आधार नै नदिइकन सिद्धान्त भनियो ।’

    भण्डारीले कार्यक्रमका रूपमा थपेका सबै विशेषता अभ्यास गरिसकिएको भन्दै उनले यो मार्गदर्शक सिद्दान्त नबन्ने दावी गरेका छन् । ‘क. मदनले नयाँ जनवादी कार्यक्रममा १४ वटा विशेषता थपेको हुँदा त्यसलाई जनताको बहुदलीय जनवादी कार्यक्रम भन्नुपर्छ भन्नु भयो,’ भुसालको भनाइ छ, ‘ती १४ विशेषता हामीले अभ्यास नै गरिसकेका छौँ । यसर्थ अब पनि कार्यक्रमका रूपमा त्यसले हामीलाई मार्गदर्शन गर्छ भन्नु अतिशयोक्ति हुन्छ ।’

  • बज्जिकाको कथा सुनाउँदै घनश्यामको दावी- एमाले हराउने शक्ति छैन, २०७४ कै वर्चश्व फर्काउँछौं (भिडिओ)

    बज्जिकाको कथा सुनाउँदै घनश्यामको दावी- एमाले हराउने शक्ति छैन, २०७४ कै वर्चश्व फर्काउँछौं (भिडिओ)

    बुटवल । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले जिम्मेवार भूमिकामा रहनु पर्ने भन्दै मात्तिने छुट नभएको बताएका छन् । अध्यक्ष केपी ओली उपस्थित रुपन्देहीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले एमालेको भूमिका जिम्मेवार हुनुपर्ने बताए ।

    डेढ वर्षअघिको नेकपालाई सम्झिँदै भुसालले आज नेकपामात्र होइन एमालेसमेत विभाजित भएकोले लोकतान्त्रिक स्थिरता हुन्छ भन्ने जनताको विश्वासमा खेलवाड भएको बताए ।

    भुसालले भने, ‘हामी आज हामी कहाँ छौं ? एमालेसमेत विभाजित भएको छ । डेढ वर्ष अगाडि हामी त्यहाँ थियौं आज यहाँ छौं । आज पनि एमाले सबै भन्दा ठूलो पार्टी भएकाले कमजोरी गर्ने र उत्ताउलो हुने छुट हामीलाई छैन ।’

    एमालेले आफैंभित्र पनि हरबखत न्याय र समानता कायम गर्न सक्नु पर्ने भन्दै भुसालले आन्तरिकरूपमा लोकतान्त्रिक हुन नसके मुलुकको नेतृत्व गर्न नसक्ने बताए । जति बढी कार्यकर्तालाई न्याय र समानता दिन सक्छौं त्यति नै मुलुक र जनतालाई न्याय गर्न सकिने भन्दै भुसालले एमालेभित्र कुनै व्यक्तिको पदभन्दा पनि अधिकार मागिएको बताए ।

    भुसालले गौतम बुद्धको पालाका लुम्बिनी क्षेत्रकै राजा अजात शत्रुले बज्जिकामाथि आक्रमण गर्नुभन्दा पहिले बुद्धसँग सल्लाह लिएको उदाहरण दिँदै बज्जिकाहरू एकजुट भएर शत्रुमाथि आक्रमण गर्ने र कसैले परास्त नगर्ने जानकारी पाएपछि आक्रमणबाट पछि हटेको कथा सुनाए ।

    उनले भने, ‘बुद्धकै पालादेखि गणराज्यको कुरा थियो । बज्जिकाहरुमा आन्तरिक लोकतन्त्र भएकाले जस्तासुकै ठूला शक्तिलाई पनि झुकाए । हामी पनि आन्तरिक लोकतन्त्र बलियो बनाउँदै गयौं भने यो धर्तिमा, यो मुलुकमा एमालेलाई हराउने शक्ति छैन, हामी फेरि पनि २०७४ सालकै वर्चश्वमा फेरि पनि फर्काउँछौं । हामीले जान खोजेको त्यसरी नै हो ।’

  • विचारहीनताबाट पार्टीमा समस्या शुरू भएको हो, फेरि पनि हस्तक्षेपको खाँचो छ: भुसाल

    विचारहीनताबाट पार्टीमा समस्या शुरू भएको हो, फेरि पनि हस्तक्षेपको खाँचो छ: भुसाल

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले विचारहीनताबाट पार्टीभित्र समस्या शुरू भएको भन्दै फेरि पनि हस्तक्षेपको खाँचो भएको बताएका छन्।

    ‘हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता र सिद्धान्तहीनताबाट शुरू भएको हो,’ एमाले विभाजनमा कतै नखुलेका भुसालको भनाइ छ, ‘कम्तीमा संगठनात्मक विधि स्थापित गर्दा ती समस्या समाधान गर्ने ढोका खुल्थ्यो ।’

    ‘त्यसमा पनि इमान्दार नहुँदा हामी तीव्ररूपमा विसर्जनतर्फ जाँदैछौं। जति धेरै बेइमानी त्यति धेरै सत्यानाश । फेरि पनि हस्तक्षेपको खाँचो छ,’ भुसालको जोड छ ।

    विघटित एमाले विवाद समाधन कार्यादल सदस्यसमेत रहेका भुसालले अझै पनि केही समय तटस्थ रहेर पार्टी एकताको पहल गर्ने बताएका छन् । तर, हिजै माधव नेपाल नेतृत्वमा एमाले-समाजवादी दर्ता भएसँगै नेकपा एमालेमा विभाजन आइसकेको छ।

  • घनश्याम भुसालको टिप्पणी- हाम्राविरुद्ध फेरि अनर्गल प्रचार शुरू भयो

    घनश्याम भुसालको टिप्पणी- हाम्राविरुद्ध फेरि अनर्गल प्रचार शुरू भयो

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरू माधव नेपाललाई छाडेर पार्टी एकतामा जान लागेको भन्ने हल्ला गलत रहेको प्रष्ट पारेका छन् । भुसालले आज स्पष्टीकरण दिँदै एकताको कुरा गर्दा आत्मसमर्पणको रूपमा व्याख्या गर्ने समूह नै तयार भएको बताएका छन् ।

    भुसालले नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन पञ्चायत व्यवस्थाका ‘सुकुलगुण्डा’ जस्तै समूह खडा भएको त होइन भन्ने प्रश्न गरेका छन् ।

    भुसालले भनेका छन्, ‘फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरू भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।’

    अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने भन्दै एकताको आह्वान गरेपछि माधव नेपाल समूहमा दुई धार देखिएको छ ।

    यसबीचमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताहरू जेठ २ मा पार्टीलाई फर्काउन ओलीको प्रतिवद्धतापछि आन्तरिक छलफलमा छन् ।

  • यसकारण हामीले संसदीय मर्यादा नाघेर देउवाको पक्षमा दस्तखत गर्‍यौं

    यसकारण हामीले संसदीय मर्यादा नाघेर देउवाको पक्षमा दस्तखत गर्‍यौं

    नेपालको राजनीतिमा भारत जहिले जोडिएर आएको छ, अभिन्न अंगका रूपमा रहेको छ । हाम्रा पूर्खाहरूले जहिले जहिले यो राष्ट्रको निर्माण गर्दै गए, अगाडि बढ्दै गए हिजोको भारत र आजको भारतसँग हाम्रो राष्ट्र निर्माणको प्रक्रिया जोडिएको छ ।

    हामीले जहिले भारतको दबाबलाई झेल्न सक्यौं, तेहिले राष्ट्रलाई बलियो र सुरक्षित बनायौं । जहिले हामीले चाहिँ दबाब झेल्न सकेनौं, हाम्रा इतिहासका शासकहरूले घुँडा टेके हाम्रो राष्ट्रले शीर निहुर्‍याउनु पर्‍यो ।

    सधैँभरी यस्तो हुँदै-हुँदै आइरहेको छ । भारत र नेपालका अन्तरविरोध अनि भारत र पश्चिमका अन्तरविरोध बुझ्नुपर्छ । अनि भारतका र चीनका फेरि अन्तरविरोध छन् । इतिहासका करिब ५ वर्षदेखि पछिल्लो ७० वर्षको द्वन्द्वको इतिहास पनि हामीले बुझ्नुपर्छ ।

    यसले गर्दा पश्चिम र चाइनाको अन्तरविरोध, त्यसमा हामी चाइनका छिमेकी, त्यसमा हामी कम्युनिष्ट पार्टी, नेपाल र भारतको अन्तरविरोध, त्यसमा हामी कम्युनिष्ट पार्टी भएको हुनाले र भारतीय शासकसँग हाम्रा कतिपय अन्तरविरोधहरू भएकाले नेपालमा कम्युनिष्ट पार्टीका लागि सधैँभरी एउटा चुनौती छ ।

    अहिले एउटा खास परिस्थिति बन्यो अस्ति एकीकृत भइसकेपछि नेकपा माओवादी अहिले छुट्टिएको छ । र, नेकपा माओवादी आफ्नो एलाइन्सका लागि पनि नेकपा (एमाले) भित्र विभाजन चाहन्छ ।

    खासगरी एउटा बेलामा २००७ सालपछि अथवा चीनमा कम्युनिष्ट पार्टी गठन भएपछिको कुरामात्र होइन त्यो भन्दा अघिदेखि नेपालले चीनसँग पनि लडेको छ र भारतका रजौटाहरूसँग पनि लडेको छ । त्यो दौरानमा पनि नेपालमा यी प्रोसेसहरू उत्तर र दक्षिण जहिल्यै प्रतिस्पर्धी रहँदै आएका छन् ।

    यो कुरा बुझिएन भने हामी अघि बढ्न सक्दैनौं । नेपालमा यति ठूलो कम्युनिष्ट पार्टी यत्रो जनमत भनेको ती शक्तिका लागि चुनौती थियो । र आज पनि यो उनीहरूका लागि चुनौती हो । नेपालमा साँच्चिकै लोकतान्त्रिक स्थिरता भनेको आफैंले आफ्नो निर्णय गर्ने क्षमता हो । त्यसलाई कमजोर पार्ने विभिन्न घटनाक्रमहरू हुन्छन्, भइराखेका छन् ।

    अर्को कुरा, हाम्रोभित्रको कुरा छ । नेपालमा लामो समयदेखि कांग्रेस र हामीहरू प्रतिस्पर्धी शक्ति हौं । त्यसले गर्दा कांग्रेसले हामीलाई कमजोर पार्ने र हामीले कांग्रेसलाई कमजोर पार्ने एकदमै राजनीतिक कुरा हो ।

    कांग्रेसको उदार पुँजिवादी दिशा हो भने कम्युनिष्टको दिशा समाजवाद हो । त्यसले गर्दा हाम्रा वैचारिक भिन्नता छन् । कांग्रेस र हाम्रो सम्बन्ध सधैँभरि प्रतिस्पर्धापूर्ण छ । त्यसकारण हामीलाई विभाजित गर्नु कांग्रेसले पनि सधैँ चाहिराख्ने कुरा भयो ।

    हामीकहाँ अर्को एउटा फ्याक्टर पनि छ । विभिन्न कारणले गर्दा राजावादी शक्तिहरू, त्यो राजनीतिक रूपमा संगठित छैन । तर, एकखालको राजावादी सोच विचारहरू हाम्रो राजनीति र हाम्रो समाजमा छन् । ती शक्तिहरू पनि हामीलाई कमजोर पारेर त्यो खरानीमा आफ्नो रोटी सेक्न सकिन्छ भनेर दरबारीयाहरूले पनि सोच्ने कुरा हो ।

    अहिले एउटा खास परिस्थिति बन्यो अस्ति एकीकृत भइसकेपछि नेकपा माओवादी अहिले छुट्टिएको छ । र, नेकपा माओवादी आफ्नो एलाइन्सका लागि पनि नेकपा (एमाले) भित्र विभाजन चाहन्छ ।

    यी राजनीतिक कुरा हुन् । हामीले देखेरै चल्नुपर्छ । कोसँग कस्तो सम्बन्ध राख्ने भन्दा पनि हामीले देखेरै, जानेर अघि बढ्ने कुराहरू हुन् । यी शक्तिहरू हामीलाई फुटाउन चाहन्छन् ।

    पछिल्लो बेला त हामीले देउवालाई प्रधानमन्त्री बनाउन पनि गयौं । यसमा धेरैको टिप्पणी छ, धेरैले सोधिराख्नुभएको छ यसको औचित्य के हो भनेर । यो हामीले हामीभित्रका सीमाहरूलाई उल्लंघन गरेर मुलुकको संविधान बचाउन खोजेका हौं । सबै कुरा त्याग गरेर, सबै कुरा बलिदान, दाउमा राखेर संविधान र संसद बचाउन खोजेका हौं ।

    माओवादीको आफ्नो इन्ट्रेष्ट छ, माओवादीको र भारतको हाम्राप्रति हेर्ने कुरामा एउटै दृष्टि छ भन्न हुँदैन हामीले । विभिन्न कारणले, आ-आफ्ना इन्ट्रेष्टका कारणले कांग्रेस, राजावादी, माओवादी, भारतजस्ता शक्तिहरू नेकपा एमालेको विभाजन देख्न चाहन्छन् ।

    अब अहिले के भयो भने, कम्युनिष्ट पार्टीमा नेकपा एमालेमा कमरेड ओली आउनुभयो । ओलीको त्यो अहंकार र दम्भमा सत्ता मिसियो । शक्ति र अहंकार मिलेपछि, त्यो अहंकारको रक्षाका लागि उहाँले जोसुकै माथि आक्रमण गर्नु हुने भयो । जस्तोसुकै अपराध गर्न उहाँ तयार हुनुभयो ।

    उहाँले हिजो त्यो कारणले एकीकृत पार्टी फुटाउनुभयो र अहिले उहाँले फेरि नेकपा एमाले पनि फुटाउन चाहनुभएको छ । मैले कमरेडहरूलाई एउटा खतरातर्फ के इंगित गर्दैछु भने, हामीलाई विभाजित गर्न चाहने शक्तिहरू बाहिर त छँदैथिए । अहिले हामीभित्रै पनि, कम्युनिष्ट पार्टीभित्रै पनि, एमालेभित्रै पनि कमरेड ओलीजी थपिएपछि समस्या आज नेकपा एमालेको समस्या हो । यसलाई चानचुने समस्याका रूपमा नबुझौं ।

    यसलाई ओलीजीसँगको हाम्रो अन्तरविरोध वा उहाँसँग नमिलेको कुरामात्र भनेर बुझ्नु हुँदैन । यो राष्ट्रले लोकतान्त्रिक स्थिरताका साथ विकास गर्न चाहने यो पक्रियामा आएको अवरोध हो भनेर बुझ्नुपर्छ ।

    हामीकहाँ सामाजिक, सांस्कृतिक रूपमा जरा गाडेका पार्टी भनेको फेरि पनि कांग्रेस हो र फेरि पनि नेकपा एमाले हो । यी दुईटा पार्टी कमजोर भए भने राष्ट्रिय मामिलामा खतरा आउँछ ।

    कांग्रेस कमजोर भयो भने र एमाले बलियो भयो भने पनि राष्ट्र कमजोर हुँदैन । एमाले कमजोर भएर कांग्रेस बलियो भयो भने पनि त्यो खतरा रहन्न । तर दुवै शक्ति कमजोर भयो भने लोकतान्त्रिक स्थिरता कमजोर हुन्छ र राष्ट्र कमजोर हुन्छ ।

    कम्युनिष्ट पार्टीको नेतृत्वमा राष्ट्र बनाउने हाम्रो उद्देश्य हो । त्यसो गर्दा आज नेकपा एमाले कमजोर हुनु भनेको नेपालको समाजवादको र समृद्धिको भविष्य कमजोर हुने हो । यसका जराजुरी उखेलिने, नेकपा एमाले कमजोर हुने भनेको यसका जराहरू कमजोर हुने हो ।

    हामी एमालेको एकता बचाउन चाहन्छौं भन्नुको अर्थ राष्ट्रको एकता बलियो बनाउन चाहन्छौं भनेको हो । तर, यो एकताको बारेमा चुनौती छन् ।

    हामीले गएको चैत ४ र ५ गते जुन निर्णय गर्‍यौं हामी, आत्मसमर्पण गर्दैनौं र विभाजन पनि चाहदैनौं भन्नुको मर्म यहाँनेर छ । हामीले यसलाई बुझेनौं भने मान्छेले उही नेकपा एमाले न भाले न पोथी भनेर वैद्यजीहरूले टिप्पणी गरेको पनि देखेको छु ।

    तर, यो मर्ममा आधारित कुरा के हो भने चैत ४ र ५ गते हामीले निर्णय गरेको भनेको हामी समर्पण पनि गर्दैनौं र विभाजन पनि गर्दैनौं । किनभने समर्पण गर्ने भनेको ओलीजीको अहंकारको अगाडि समर्पण हो । कुनै लोकतान्त्रिक विचारका अगाडि समर्पण गर्ने होइन ।

    यो पार्टीलाई कब्जा गर्ने, सत्ताका लागि जे पनि गर्दिने, जहाँसुकै जाने । पछिल्ला दिनमा असोज ५ गते जुन दिन उहाँले गोयललाई भेट्नुभएको थियो, त्यसपछि एकपछि अर्का उहाँका कदमलाई एउटा श्रृंखलामा हेर्नुहुन्छ भनेदेखि उहाँले के को सेवा गरिरहनुभएको छ भन्दाखेरि हिजो संविधान जारी हुन नदिने शक्तिहरूले पाँच-पाँच महिनासम्म हामीलाई नाकाबन्दी गरे । पछि तीनै शक्तिको उक्साहटमा लागेर ओलीजीले अस्तिनै पुस ५ गते संसद विघटन गराउनुभयो ।

    अहिले फेरि अस्ति उहाँले विघटन गराउनुभएको छ र यसलाई हामीले त्यो असोज ५ गतेदेखिकै प्रक्रियामा र त्यो सिलसिलामा हेर्नुपर्छ । यो पार्टी एकतालाई उहाँले विभाजन गर्न जाँदै हुनुहुन्छ, यो कारण हामीले उहाँको विरोध गरेको हो । कमरेड ओलीको विरोध गरेको अरु कारणले होइन ।

    चारजना आफ्ना चाकरलाई राजनीतिक नियुक्ति खुवाउनुभयो, संवैधानिक नियुक्ति खुवाउनुभयो होला । यसप्रति हाम्रो विरोध उहाँले विधि मिचेर यो सब गर्नुभयो भनेर त्यसका प्रतिमात्र असन्तुष्टि होइन । उहाँले खतरनाक दिशातर्फ मुलुकलाई धकेल्दै हुनुहुन्छ ।

    उहाँले मुलुकलाई खतरनाक मोडतर्फ किन धकेल्दै हुनुहुन्छ भने, एउटा सानो गुटको हितका लागि, त्यसलाई पालनपोषण गर्नका लागि र आफ्नो अहंकार र सत्ताको अभ्यास गर्नका लागि उहाँले यो सबै काम गर्दै हुनुहुन्छ ।

    आज हामी कहाँ छौं भन्दा नेकपा एमालेमा छौं । ओलीजीको विरोध गर्दैछौं । उहाँलाई सीमित गर्न सकेनौं भने, उहाँलाई प्रक्रिया र विधिभित्र हाल्न सकेनौं भने यो पार्टी एक रहदैन । विधि मान्ने कुराले सबैलाई एक ठाउँमा जोड्छ । विधिलाई कमजोर पारियो भने एमाले कमजोर हुन्छ ।

    विधिमा सहमति भएन भने एमाले विभाजित हुन्छ । हामी विभाजित भयौं भने राष्ट्र कमजोर हुन्छ, हामीलाई फुटाउने शक्तिहरू बलिया भएर जान्छन् । त्यसले गर्दा हामी एमाले एकताको पक्षमा छौं । हामी आत्मसमर्पण गर्दैनौं भन्नुको अर्थ विधिको रक्षाको पक्षमा छौं ।

    विधिको रक्षा गर्दै हामी नेकपा एमालेको रक्षा चाहन्छौं । यसको एकताको रक्षा गर्न चाहन्छौं । विभाजन त्यसकारण हामीले नचाहेको हो । त्यसले गर्दा हामीले अन्तरसंघर्ष भनेका हौं ।

    बाहिरबाट हेर्दा न विभाजन न आत्मसमर्पण भन्ने कुरा अलि गहिराइमा हेर्दा नबुझिए पनि यसको मर्म एकता नै हो । यो प्रक्रियामा के भएको छ भन्दा म कमरेडहरूसँग प्राइभेट्ली भन्छु, हामीभित्रकै कुरा हो । हामीले संसदीय मर्यादा उल्लंघन गर्‍यौं ।

    संसदमा उपस्थित नहुने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दस्तखत गर्ने, मुद्दा मामिलामा सँगै जाने अवस्था समेत आयो । यस हिसाबले आज एमाले एक ठाउँमा छैन, भर्चुअल्ली पार्टी फुटिसकेको छ । पार्टीलाई कमरेड ओलीले त्यो ठाउँमा पुर्‍याइदिनु भएको छ ।

    जहाँ हामीले संसदीय मर्यादाहरू समेत उल्लंघन गर्नुपर्ने ठाउँमा किन पुग्यौं भन्दा उहाँले मुलुकलाई निरन्तर अरुले चाहे जस्तो, वैदेशिक शक्तिले चाहेजस्तो, अर्को कुनै पार्टीले चाहे जस्तो विभाजनको दिशामा निरन्तर लगि राख्नुभयो भयो ।

    पछिल्लो बेला त हामीले देउवालाई प्रधानमन्त्री बनाउन पनि गयौं । यसमा धेरैको टिप्पणी छ, धेरैले सोधिराख्नुभएको छ यसको औचित्य के हो भनेर । यो हामीले हामीभित्रका सीमाहरूलाई उल्लंघन गरेर मुलुकको संविधान बचाउन खोजेका हौं । सबै कुरा त्याग गरेर, सबै कुरा बलिदान, दाउमा राखेर संविधान र संसद बचाउन खोजेका हौं ।

    किन यस्तो भयो भने, यदि यो संविधान हिड्यो भने हाम्रो शान्ति, स्थिरता हिड्छ । लोकतान्त्रिक स्थिरताका साथ मुलुकले विकास गर्ने चाहनामाथि आक्रमण हुँदैछ । हिजो पनि भयो, अहिले पनि हुँदैछ । संविधान र संसद जोडिएका छन्, यसको बारेमा म धेरै लामो कुरा गर्दिन ।

    हाम्रा यी प्रयत्नले यदि संसद जोगिन्छ र संविधान ट्र्याकमा आउछ भने हाम्रो एकताको हिसाब-किताब गर्दै गरौंला । हामीले आत्मालोचना गरौंला, मूल्यांकन गरौंला, माफी मागौंला, कारवाही भोगेर भने पनि जाउँला । हामी त्यो तत्परताका साथ संविधान र संसद जोगाउनका लागि अगाडि गएका छौं । मुद्दाको हिसाबले बलियो मुद्दा छ, हामीले जित्ने मुद्दा छ ।

    सेटिङले मात्र हराउन सक्छ भनेर हामीले अस्ति नै पनि भनेका थियौं । आज पनि पनि त्यो साँचो हो । पहिलो मुद्दामा सेटिङले हार्‍यो । बीचमा दुईटा पार्टीलाई छुट्याउने कुरामा नांगो तरिकाले न्यायाधीशहरू समेत संलग्न भएर हामीलाई विभाजित गरिदिए । यो त्यही षडयन्त्र हो, बाहिरको समेत षडयन्त्रमा कम्युनिष्ट पार्टीलाई फुटाइएको थियो भन्ने कुरामा हामीले राखेर जानुपर्छ ।

    र, अहिले फेरि यसलाई फुटाउन खोजिएको छ । हामी संसदलाई ट्र्याकमा राख्न, संसदलाई बचाउन केही समय लिन खोजेका छौं । त्यो समय पार्टी एकताका लागि पनि समय रहनेछ ।

    नेकपा एमालेको सारा परिवारलाई ओलीजीले के गरिरहनुभएको छ भन्ने कुरा बताउनका लागि पनि हामीलाई समय चाहिएको छ । रणनीतिक हिसाबले हाम्रो संविधानको रक्षा गर्ने, रणनीतिक हिसाबले संसदको रक्षा गर्न र राजनीतिक हिसाबले जनतालाई, पार्टी पंक्तिलाई बताउनका लागि पनि केही समय चाहिएकाले हामी यो ठाउँमा पुगेका छौं ।

    बीचमा दुईटा पार्टीलाई छुट्याउने कुरामा नांगो तरिकाले न्यायाधीशहरू समेत संलग्न भएर हामीलाई विभाजित गरिदिए । यो त्यही षडयन्त्र हो, बाहिरको समेत षडयन्त्रमा कम्युनिष्ट पार्टीलाई फुटाइएको थियो भन्ने कुरामा हामीले राखेर जानुपर्छ ।

    यो संसद ब्युँतिन्छ । यदि ब्युँतिदै ब्युँतिएन भने यसका विरुद्ध कसरी लड्ने हो यो मुद्दा फैसला हुँदा हामीलाई हराइयो भने यो डरलाग्दो अवस्था हुनेछ । त्यसलाई हामी त्यही बिन्दुमा हाम्रो लडाइँ जारी राख्ने छौं । पार्टी एकताको कुरा हामी त्यस अर्थमा गरिरहेका छौं ।

    कमिटीका हिसाबले त ओलीजीले पार्टी फोडिसक्नुभयो । प्रक्रियाका हिसाबले फोडि नै सक्नुभएको छ । एउटा भावनात्मक हिसाबले एमाले परिवार, एमाले पंक्ति भन्ने चिज बाँकी छ । हो त्यो पंक्तिलाई हामीले बताउनुपर्नेछ । हामीले मात्र ओलीजी खराब भन्ने बुझेर पुग्दैन, त्यो पंक्तिले पनि बुझ्नुपर्छ । त्यसका लागि नि हामीलाई समय चाहिएको छ ।

    अर्को कमिटी बनायौं, अर्को पार्टी दर्तै गर्‍यौं भने पनि हामी एकताको पक्षमा अगाडि जानेछौं । हामी घाइते भएका छौं, हाम्रो मुभमेन्टले दुःख पायो, हामीलाई धेरै चोट लागेको छ । तर, हामी अन्तिमसम्म पनि यसको उपचार गर्ने र फेरि कम्युनिष्ट पार्टीलाई एकताबद्ध पार्ने अभियानमा जान्छौं ।

    (माधव नेपाल पक्षीय जनसांस्कृतिक महासंघको भर्चुअल बैठकमा भुसालले गरेको सम्बोधनको सम्पादित अंश)

    अडियो सुन्नुस् :

     

  • राजीनामाको संकेत गर्दै भुसालले भने- आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो

    राजीनामाको संकेत गर्दै भुसालले भने- आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीसँग आत्मसमर्पण नगर्ने संकेत गर्दै झलनाथ र माधव नेपाललाई गाली गरेर नेकपा एमालेलाई विभाजित गर्न लागिएको टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै भुसालले नेपालमा संविधान जारी हुँदा असफल भएका र प्रतिनिधिसभा पुनःस्थापना हुँदा दोस्रो पटक असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा बिघटन गराएर आफूहरूसँग बदला लिन खोजेको आरोप लगाएका छन् ।

    भुसालले नाम नलिई विदेशी शक्तिले प्रतिनिधिसभा विघटनको बाटोमा लैजान खोजेको संकेत गरेका छन् ।

    भुसालले भनेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ-माधवलाई गाली गरेर बाँकी रहको एमालेलाई विभाजित गरिँदैछ ।..विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर, आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’

    भुसालले यसो भनेर यदि जसपाको महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनको पक्षमा नउभिए केपी ओलीलाई सत्ताबाट हटाउन माधव नेपाल पक्षले सांसदबाट राजीनामा दिने संकेत गरेका छन् ।

    यसअघि गत सोमवार भुसाल लगायतका नेताहरुकै असहमतिले राजीनामाको निर्णय रोकिएर माधव पक्षका सांसद अनुपस्थित भएका थिए ।

  • माधव नेपाल पक्षमा मतभेद, घनश्याम-योगेश लगायतका नेता बेग्लै छलफलमा

    माधव नेपाल पक्षमा मतभेद, घनश्याम-योगेश लगायतका नेता बेग्लै छलफलमा

    काठमाडौं । सांसद पदबाट राजीनामा दिने विषयमा स्थायी कमिटीका नेताहरू नै विभाजित भएपछि नेकपा एमालेको माधव नेपाल पक्ष संकटमा परेको छ ।

    घनश्याम भुसाल,योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता राजीनामाको विपक्षमा उभिएपछि वरिष्ठ नेता नेपाल अप्ठ्यारोमा परेका हुन् ।

    नेपाल पक्षका सांसदहरूको बैठकमा पनि घनश्याम योगेश पक्षले राजीनामा दिन नहुने बताएको थियो । केही सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिएपछि संसद बैठकमा अनुपस्थित हुने भनेर नेताहरु उठेका थिए ।

    त्यस लगत्तै माधव नेपाल पक्षकै घनश्याम योगेश लगायतका नेताहरु अलग्गै बैठकमा छन् । विश्वासको मत लिने बैठकमा पार्टीको ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु कानुनी कारवाहीको विषय भएकाले बैठकमा गएर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने दबाब यी नेताहरुमाथि छ ।

    आइतबार रातिदेखिनै ठाकुर गैरे लगायतका नेताहरुले घनश्याम र योगशहरूलाई राजीनामा नगर्न दबाब दिएका थिए ।

    जुम बैठकमा बाझाबाझ

    स्रोतका अनुसार सांसदहरूको बैठकअघि आज बिहान माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको जुम बैठक भएको थियो । त्यस बैठकमा नेताहरूबीच राजीनामा दिने कि ओलीलाई विश्वासको मत दिएर पार्टी एकता जोगाउन अन्ति प्रयास गर्ने भन्ने बारे मतभेद भएको थियो ।

    माधव नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेता कुनै पनि हालतमा केपी ओलीसँग रहन नसकिने भन्दै राजीनामा दिएर नयाँ पार्टी गठनको प्रक्रियामा जानुपर्ने पक्षमा उभिए । तर, घनश्याम, योगेश, गोकर्णलगायतका नेता विपक्षमा उभिएपछि केही नेताबीच बाझाबाझ भएको स्रोतले जनाएको छ । जुम बैठकमा सुरेन्द्र पाण्डे भने एक शब्द पनि बोलेनन् । उनी पनि राजीनामाको विपक्षमा थिए ।

  • घनश्याम भुसालको दाबी- ओलीले गल्ती स्वीकार गरे अझै पनि वाम गठबन्धनकै सरकार

    घनश्याम भुसालको दाबी- ओलीले गल्ती स्वीकार गरे अझै पनि वाम गठबन्धनकै सरकार

    रुपन्देही । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती स्वीकार गरेर अगाडि बढे अहिले पनि वामगठबन्धनको सरकार रहनसक्ने बताएका छन् ।

    माधव नेपालपक्षीय प्रेस चौतारीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेबाट निलम्वनमा परेका नेता भुसालले ओलीको अहंकारले पार्टीलाई गम्भीर क्षति पुगेपनि अहिलेसम्म त्यसलाई महशुस नगरेको आरोप लगाए ।

    भुसालले पार्टी अध्यक्ष ओलीले आफ्ना पार्टीका व्यक्तिलाई धमाधम कारवाही गर्ने र फरक विचार राख्नेहरूसँग सहकार्य गर्न खोज्ने गरेबाट नै पार्टी एकता नखोजेको प्रष्ट हुने बताए ।
    उनले भने, ‘महन्थ ठाकुरसँग ओलीजीको कहिले पनि सहकार्य थिएन, अहिले हामीभन्दा उहाँहरु नजिक रहेर मोर्चाबन्दी गरेको, बसउठ गरेको सुनिएको छ, देखिएको छ । यसले एमालेको एकता, वाम एकता बचाउन नसक्ने प्रष्ट पारेको छ ।’

    भुसालले आफूहरूले समानान्तर कमिटी गठन गरेको नभई पूरानो कमिटी ब्युँताएको दावी गर्दै अहिलेसम्म ७० जिल्लामा कमिटी गठन भइसकेको बताए ।

    पूर्वमन्त्रीसमेत रहेका नेता भुसालले केपी ओलीले भंग गरेको नेकपालाई अदालतले सदर मात्रै गरेको आरोप लगाए ।

    नेता भुसालले भने, ‘फागुन २३ मा अदालतको फैसलाले एमाले बचाउने अवस्था थियो, ओलीलाई हटाएर सोही समूहको नेतृत्व दिएर सरकार अगाडि बढाउने सोच थियो तर एकाएक आफ्नै गुट बसेर निर्णय भएपछि त्यो विषय पनि बन्द भएको छ ।’

    अहिलेको अवस्थामा माओवादी केन्द्रसँग पार्टी एकता हुन नसक्ने बताउँदै उनले भने, ‘पहिलो एमालेभित्रेको एकता, दोस्रो माओवादीसँगको सहकार्य अनि मात्र वामगठबन्धनलाई प्राथमिकतामा राखेका छौं ।’

  • कारबाहीपछि घनश्यामको टिप्पणी–केपी ओलीले गरेका बर्बादीका लागि दुनियाँसँग माफी माग्छु

    कारबाहीपछि घनश्यामको टिप्पणी–केपी ओलीले गरेका बर्बादीका लागि दुनियाँसँग माफी माग्छु

    काठमाडौं । नेकपा एमालेबाट ६ महिनाका लागि निलम्वित भएका नेता घनश्याम भुसालले एमालेको अध्यक्ष भएर केपी ओलीले बर्बादी गरेको भन्दै त्यसका लागि दुनियासँग माफी माग्ने सार्वजनिक टिप्पणी गरेका छन् ।

    आफूमाथिको कारबाहीपछि प्रतिक्रिया दिदै भुसालले ओलीले लोकतन्त्रको हुर्मत लिएको र त्यो अपूरणीय रहेको भन्दै ओलीको व्यक्तिवादी,अवसरवादी,दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गर्ने बताएका छन् ।

    भुसालले भनेका छन्–हामी उनका ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौं । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।

    भुसालले ओलीमा असिमित सत्ताभोगको अतृप्त तृष्णले म र मेरो बाहेक केही नदेख्ने बनाएको र आफू बस्न नपाउने कुर्सी भाँचिदिने जीवन दर्शन रहेको आरोप समेत लगाएका छन् ।

  • घनश्याम भुसालप्रति सूर्य थापाको टिप्पणी- चुनाव जित्यो कि पार्टी फुटाउन सक्रिय

    घनश्याम भुसालप्रति सूर्य थापाको टिप्पणी- चुनाव जित्यो कि पार्टी फुटाउन सक्रिय

    काठमाडौं । केपी ओलीमाथि केही गम्भीर प्रश्न र आरोप तथा आग्रहसहित स्पष्टीकरण दिएर बसेका एमाले नेता घनश्याम भुसालबारे प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका अर्का एमाले नेता सूर्य थापाले कटाक्ष गरेका छन् ।

    बिगतका दृष्टान्त पेश गर्दै थापाले संसदीय चुनाव दुईपटकमात्र जितेका भुसाल चुनाव जितेपछि पार्टी फुटाउन सक्रिय हुने गरेको आरोप लगाएका छन् । थापाले यसलाई संयोग कि नियति भन्दै विगतको प्रसंग उठाएका हुन् ।

    भुसालले २०५१ को उप चुनाव जितेपछि २०५५ मा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गरेको स्मरण गरेका छन् । भुसाल धनपति उपाध्यायको निधनपछि रुपन्देही २ बाट सांसद निर्वाचित भएका थिए ।

    यसपटक पनि भुसाल पुस ५ पछि फेरि विभाजनमा जुटेको भन्दै थापा लेख्छन्, ‘घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो  पहिलाे २०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुभयो । दाेस्राे २०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो। चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति ?’

  • ओलीलाई घनश्यामको स्पष्टीकरण- क्रान्ति अघि बढ्छ, तपाईं दण्डित हुनुहुनेछ (पूर्णपाठसहित)

    ओलीलाई घनश्यामको स्पष्टीकरण- क्रान्ति अघि बढ्छ, तपाईं दण्डित हुनुहुनेछ (पूर्णपाठसहित)

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले दोस्रो पटकको ताकेतापछि पार्टीमा स्पष्टीकरण बुझाएका छन् ।

    भुसालले आफूमाथि लगाइएका सबै आरोपहरु अश्वीकार गर्दै पार्टी एकता जोगाउन अन्तिमपटक अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

    लामो स्पष्टीकरणमा उनले माधव नेपाल र भीम रावलको भन्दा फरक ढंगले आफ्ना कुरा राखेका छन् । भुसालले ओलीमा गम्भीर विचलन आएको र एमालेलाई विभाजन गर्न उद्धत रहेको आरोप लगाएका छन् ।

    भुसालले एमालेलाई अगाडि बढ्न नदिन ओली अग्रसर भएको भन्दै पार्टीलाई बन्धक बनाएर ओलीले सत्ता र शक्तिको भोग गरेको आरोप लगाएका छन् ।

    भुसालले भनेका छन्, ‘मेरो लाख-लाख अनुरोध छ, कमरेड यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज, भोलि वा पर्सी तपाईं दण्डित हुनु हुनेछ । आगे तपाईंकै इच्छा ।’

    यस्तो छ घनश्याम भुसालको स्पष्टीकरण :-

  • जवाफ नदिएपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुनः स्पष्टीकरण

    जवाफ नदिएपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुनः स्पष्टीकरण

    काठमाडौं । नेकपा एमालेले स्पष्टीकरण पेश नगरेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई पुनः स्पष्टीकरण सोध्ने भएको छ ।

    दुवैजनाले यसअघि सोधिएको स्पष्टीकरणको जवाफ दिएका छैनन् । यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित अविलम्ब पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

    पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले नेताहरू माधव नेपाल, भीम रावल, पाण्डे र भुसालाई स्पष्टीकरण सोधेको थियो ।

    नेपाल र रावलले पार्टी अध्यक्ष केपी ओलीप्रति प्रतिप्रश्न सोध्दै स्पष्टीकरण पत्र बुझाएका थिए । स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै एमालेले नेपाल र रावललाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरेको छ ।

  • घनश्याम भुसाललाई प्रश्न- अराजनीतिक आरोप तयार पार्न अग्रसर किन भएको ?

    घनश्याम भुसाललाई प्रश्न- अराजनीतिक आरोप तयार पार्न अग्रसर किन भएको ?

    काठमाडौं । नेकपा (एमाले)ले पार्टी हित विपरित काम गरेको भन्दै नेता घनश्याम भुसाललाई तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएको छ । महासचिव ईश्वर पोखरेलद्वारा सोधिएको स्पष्टीकरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध तयार पारेको १९ पृष्ठ लामो आरोप पत्र तयार पार्न अग्रसर रहेको आरोप लगाइएको छ ।

    यसमा संलग्न हुनुको कारण सोध्दै स्पष्टीकरण पत्रमा भनिएको छ–तपाईंले साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरूद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रूतापूर्ण आरोप तयार गर्न, पार्टी विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हितविपरीत कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?’

    उनलाई तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मतियार भएको आरोप लगाइएको छ ।

    हेर्नुहोस् भुसाललाई सोधिएको स्पष्टीकरण :

  • औद्योगिक क्षेत्र शिलान्यास : स्थानीयमाथि दमन गरिएको भन्दै घनश्याम भुसालको प्रतिवाद

    औद्योगिक क्षेत्र शिलान्यास : स्थानीयमाथि दमन गरिएको भन्दै घनश्याम भुसालको प्रतिवाद

    रुपन्देही । अर्थमन्त्री विष्णु पौडेलले रुपन्देही मोतिपुरस्थित औद्योगिक क्षेत्र शिलान्यास गरेपछि नेकपा नेता घनश्याम भुसाल प्रतिवादमा उत्रेका छन् ।

    शिलान्यास कार्यक्रमको विरोध गर्न गएका स्थानीय बासिन्दामाथि ‘काम चलाउ सरकारका दुई मन्त्रीले दमनपूर्ण व्यवहार’ गरेको भन्दै प्रतिवादमा उत्रिएका भुसालले यसको हिसाबकिताब हुने बताए ।

    भुसालले शिलान्यासअघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशार बस्नेतलाई कार्यक्रम रोक्न दबाब समेत दिएका थिए ।

    शुक्रबार दिउँसो बुटवल उपमहानगरपालिका–१७ मा मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलगायतका नेताको विरोधमा स्थानीयले बिरोध प्रदर्शन गरेका थिए ।

    कार्यक्रमस्थलबाट बाहिरिएपछि आयोजित पत्रकार सम्मेलनमा ‘अदृश्य रुपमा विकास विरोधी अभियान नचलाउन’ उनीहरूले चेतावनी दिएपछि नेता घनश्याम भुसालले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो हक अधिकारको रक्षाका लागि उभिएका स्थानीय निहत्था नागरिक, खासगरी युवा र महिलाहरूमाथि आज जुन दमन गरेका छन्, अपमानित गरेका छन् र घाइते बनाएका छन् ती अपराधीहरूलाई जनताको परीक्षणमा खडा गरिनेछ ।’

    नेता भुसालले उद्योग मन्त्री र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अधिकारीहरूसँग भएको सहमति विपरीत शिलान्यास गरिएको आरोप लगाए ।

    ‘पहिलेको निर्वाचनमा त्यसै क्षेत्रबाट उम्मेदवार हुँदा मन्त्री विष्णु पौडेलले स्थानीय बासिन्दाको समस्या समाधान नभई करिडोरबारे कुनै काम शुरु भए राजनीतिबाटै सन्यास लिनेछु भनेर पटक–पटक बाचा गरेका थिए । आज तिनै पौडेल नागरिकमाथि लाठी बर्साउन पुगेका छन्,’ विज्ञप्तिमा लेखेका छन् ।

    उनले नागरिकका तर्फबाट भएको विरोध–प्रतिरोधलाई समर्थन गरेको समेत बताएका छन् ।

    रुपन्देही जिल्ला कमिटीले पनि विज्ञप्तीमार्फत शिलान्यासको विरोध गरेको छ । जिल्ला अध्यक्ष राजु गुरुङ्ग तथा सचिव निर्मल जिसीले विज्ञप्तिमार्फत् स्थानीयको विवाद समाधान नगर्दै गरिएको शिलान्यासको कुनै अर्थ नरहेको बताए ।

    ‘कामचलाउ सरकारका म्याद सकिएका मन्त्रीले शिलान्यास गर्नुको अर्थ छैन, दशकौंबाट खनजोत गर्दै आएकालाई सडकमा पुर्‍याएर गरिने विकासको अर्थ छैन,’ विज्ञप्तिमा भनिएको छ ।

    यसैगरी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अर्थमन्त्री पौडेलले स्थानीयको समस्या समाधान नहुँदै सत्ताको आडमा बल प्रयोग गरेर शिलान्यासको नाममा स्थानीयमाथि दमन गरेको बताए ।

    सबैको समन्वयमा विकासका कार्यक्रम अगाडि बढाउनुको साटो बल प्रयोग गरेर रवाफ देखाउन खोज्जु निन्दनीय भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • जब घनश्याम भुसालले फोनबाटै मोतिपुर करिडोर शिलान्यास राेक्न चेतावनी दिए

    जब घनश्याम भुसालले फोनबाटै मोतिपुर करिडोर शिलान्यास राेक्न चेतावनी दिए

    रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव पक्षका नेता तथा सांसद घनश्याम भुसालले मोतिपुर औद्योगिक करिडोरको शिलान्यास नगर्न चेतावनी दिएको खुलेको छ ।

    भुसालले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतलाई फोन गरेर शिलान्यास कार्यक्रम नगर्न चेतावनी दिएको बस्नेतले जानकारी दिएका छन् ।

    ‘मलाई माननीय ज्युले फोन गरेर मोतिपुर करिडोरको शिलान्यास कार्यक्रम रोक्न दवाव दिनुभयो,’ बस्नेतले भने, ‘यो राजनितीक विषय हो तपाईंले शिलान्यास रोक्नुस् अन्यथा अवरोध गर्न म आफैं आउनु पर्ला भन्नुभएको थियो ।’

    करिडोरको शुक्रवार अर्थमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।

    बिहीवार बिहान करिडोर शिलान्यासको बिरोध गर्दै स्थानीयका नाममा भएको पत्रकार सम्मेलनमा पनि भुसाल र उनका स्वकीय सचिवको हात रहेको बताइन्छ ।

    शिलान्यास गर्ने तयारी गरिएको मोतिपुर औद्योगिक करिडोर क्षेत्र भने भुसालको निर्वाचन क्षेत्रमा पर्दैन ।

  • नेकपामा एकताको चहलपहल : शंकर पोखरेल र घनश्याम भुसालबीच घनीभूत छलफल

    नेकपामा एकताको चहलपहल : शंकर पोखरेल र घनश्याम भुसालबीच घनीभूत छलफल

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी फेरि एक हुनुपर्ने आवाज बाक्लिएसँगै दुवैतर्फबाट एकताको कसरत हुन थालेको छ । दोस्रो तहका नेताहरू अनौपचारिक छलफल र संवादमा जुटेका छन् ।

    प्रतिनिधिसभाको बैठक शुरू हुने दिन नजिकिएसँगै एकता प्रयासमा दोस्रो तहका नेताहरूको चहलपहल बढेको हो । यसै सिलसिलामा बिहीबार ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड-माधव पक्षका नेता घनश्याम भुसालबीच छलफल भएको छ ।

    सिंहदरबारमा भएको छलफल पार्टी एकतामै केन्द्रित थियो । भुसालले पार्टी एकता जोगाउने सिलसिलामा पहिलेदेखि आफूहरूबीच छलफल चलिरहेको र आज पनि त्यसकै निरन्तरता भएको बताए ।

    एकताको पक्षमा पोखरेल र भुसालबाहेक वामदेव गौतम, विष्णु पौडेल, वर्षमान पुन, योगेश भट्टराईलगायतका नेताहरूसमेत निरन्तर रूपमा लागिरहेका छन् । गौतमले दुवै पक्षका दोस्रो तहका नेतालाई साथमा लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बाध्य पार्ने बताएका छन् ।

    ओलीपक्षीय नेता महेश बस्नेत पार्टी एकता टुट्न हुँदैन भन्ने भावना दुवै पक्षको ठूलो पङ्क्तिमा भएको बताउँछन् । पहिले गुप्त ढंगले भइरहेका छलफल अहिले खुलारूपमा शुरू भएको उनको भनाइ छ ।

    ‘त्यही कुरामा हामी तीन/चार दिनदेखि गोप्य ढंगले बसिरहेका थियौं’ उनले भने, ‘अब आज-भोलिदेखि चाहिं एक्सपोज भएर बस्ने खालको वातावरण बनिरहेको छ ।’ बस्नेतले अहिले नै पार्टी एक भइहाल्ने अवस्था नआए पनि प्रधानमन्त्री कम्युनिष्टभन्दा बाहिर जान दिन नहुने कोणबाट भने कुरा मिलाउने प्रयत्न भइरहेको बताए ।

    बिहीबार कोरोनाभाइरसविरुद्धको खोप लगाउन बानेश्वरस्थित निजामती अस्पताल पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै दुवै पक्षलाई एकताको निम्ति दबाब दिने बताए ।

    ‘एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा’छैन’ गौतमले भने, ‘मेरो प्रयत्न चाहिं दुवैतिर रहेका दोस्रो पुस्ताका कमरेडहरूलाई एकताबद्ध गर्ने हो । एकताका पक्षमा नरहेका नेतालाई चारैतिरबाट घेराबन्दी गरेर बाध्य पार्नुपर्छ ।’

  • घनश्याम भुसाललाई धक्का : तिलोत्तमाका मेयर, उपमेयरसहितका जनप्रतिनिधि ओली पक्षमा लागे

    घनश्याम भुसाललाई धक्का : तिलोत्तमाका मेयर, उपमेयरसहितका जनप्रतिनिधि ओली पक्षमा लागे

    बुटवल । प्रचण्ड-माधव पक्षीय नेकपाका प्रभावशाली नेता घनश्याम भुसालका मुख्य सहयोगी मानिने रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे केपी ओली पक्षमा लागेका छन् ।

    अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलसँगको पटक-पटकको छलफलपछि उनले आइतवारबाट घनश्याम भुसालको साथ छाडेका हुन् । भुसालको गृहनगर तिलोत्तमाका मेयर घिमिरे र उपमेयर जागेश्वरी चौधरी दुवैजना पार्टी विभाजनपछि प्रचण्ड-माधव पक्षमा थिए ।

    शनिवारको बुटवलको जनसभामा भाग लिन पुगेका महासचिव पौडेलले आइतवार अपरान्ह मेयर घिमिरे र उपमेयर चौधरीको बीचमा बसेर ‘हामी सँगै थियौं र सँगै हुनेछौं’ भन्ने स्टाटससहितको फोटो फेसबुकमार्फत सार्वजनिक गरेपछि दुवै नेकपा पंक्तिमा खैलाबैला मच्चिएको थियो ।

    घिमिरेनिकट स्रोतका अनुसार उनी र उपमेयरसहित नगरपालिकाका अधिकांश वडाध्यक्ष र सदस्यहरूले सल्लाह गरेर प्रचण्ड-माधव पक्ष परित्याग गर्ने निर्णय भएको हो । सो नगरपालिकामा तत्कालीन एमालेले जितेको थियो ।

    पार्टी विभाजनपछि रुपन्देहीमा प्रचण्ड-माधव पक्षको अधिकांश बैठक र छलफलहरू घिमिरे नेतृत्व र उनकै होटलमा हुने गरेका थिए । त्यस्तै उपमेयर चौधरीलाई अ‍ोली पक्षले केन्द्रीय सदस्य मनोनीत गरे पनि अश्वीकार गरेकी थिइन् ।

    आइतवार महासचिव बिष्णु पौडेललाई विदाइ गर्न मेयर उपमेयरसहित भैरहवा विमानस्थलमा पुगेका थिए ।

  • घनश्याम भुसालको पछुतो– कस्तो मान्छेलाई प्रधानमन्त्री र अध्यक्ष बनाइएछ

    घनश्याम भुसालको पछुतो– कस्तो मान्छेलाई प्रधानमन्त्री र अध्यक्ष बनाइएछ

    रुपन्देही । प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाका नेता घनश्याम भुसालले गलत मान्छेलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाएको भन्दै पछुतो प्रकट गरेका छन् ।

    ‘आफैंले चुनेको पार्टीका अध्यक्ष र प्रधानमन्त्रीले यस्तो गद्दारी गर्लान् भन्ने सोचेकै थिएन’ उनले भने, ‘यस्तो डरलाग्दो प्रवृत्ति जन्मने परिस्थिति कसरी निर्माण भयो ? अचम्म लाग्छ ।’

    उक्त पक्षले आज बुटवलमा आयोजना गरेको विरोधसभामा नेता भुसालले भने– निरंकुशताको प्रेत बेलाबेला जाग्छ, अहिले फेरि जागेको छ । त्यसलाई तह लगाउनुपर्छ ।

    ओलीले संविधानको हत्या गरी मुलुकमा अस्थिरता, अशान्ति निम्त्याउन खोजेको भन्दै भुसालले प्रतिगमनविरुद्ध सशक्त आन्दोलन गर्नुको विकल्प नभएको बताए ।

  • रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाल को हावी ?

    रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाल को हावी ?

    रुपन्देही । केन्द्रीय राजनीतिमा प्रभाव जमाएका अर्थमन्त्रीसमेत रहेका नेकपा ओलीपक्षका महासचिव विष्णु पौडेल र प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालका कारण रुपन्देहीको वडा तहसम्मै नेकपा विभाजनको असर पर्न थालेको छ ।

    स्थानीय सरकारका जनप्रतिनिधि, जिल्ला समन्वय प्रमुख, प्रदेश सांसद तथा विघटित प्रतिनिधि सभाका सांसदहरू, राष्ट्रिय सभाका सांसद, प्रदेश तथा जिल्ला कमिटीको बहुमत सदस्य ओली पक्षमा लागेका कारण पनि प्रचण्ड-माधव पक्ष आफ्‍नो पकड बलियो देखाउन सक्रिय भई गतिविधि गरिरहेका छन् ।

    रुपन्देहीबाट तीन पटक निर्वाचन जितिसकेका विष्णु पौडेल एकीकृत पार्टीको महासचिव पदमा पुगिसकेका छन् । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादी नेता भक्ति पाण्डे र कांग्रेस नेता सूर्यप्रसाद प्रधानलाई हराएका पौडेलले २०७० को दोस्रो संविधानसभामा चुनावमा पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराई र कांग्रेस नेता सूर्यप्रसाद प्रधानलाई धेरै मतान्तरले पराजित गरे । पौडेलले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता युवराज गिरीलाई हराउँदै देशभरमै सबैभन्दा धेरै मतान्तरमा विजयी बनेर थप चर्चा कमाएका थिए ।

    पहिलेदेखि नै माधव नेपाल खेमामा खुलेका घनश्याम भुसाल पनि आफ्नो वर्चश्व जोगाइराख्‍न सक्रिय भएर लागेका छन् । अघिल्लो संविधानसभाको चुनावमा थोरै मतले पराजित भुसालले पछिल्लो संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसको समर्थनमा राप्रपाका नेता दीपक बोहरालाई पराजित गरेका थिए । पहिलो निर्वाचनमा पौडेलको साथ नपाएका उनले पछिल्लो पटक भने साथ पाएका थिए । ओली नेतृत्वको सरकारमा कृषिमन्त्री रहेका भुसाल नेकपा विभाजनसँगै राजीनामा दिएर प्रचण्ड(माव पक्षको कित्तामा क्लियर गरेका छन् ।

    रुपन्देहीबाट विघटित प्रतिनिधिसभामा निर्वाचित ३ सांसद र समानुपातिकका १ गरी ४ सांसदमध्ये विष्णु पौडेल, छविलाल विश्वकर्मा, राधा ज्ञवाली ओली पक्षमा खुलेका छन् भने प्रचण्ड-माधव पक्षमा पक्षमा नेता घनश्याम भुसालमात्र छन् ।

    पार्टी र सरकारमा पौडेलको प्रभाव बलियो भएकाले ओली पक्ष सशक्त देखिएको छ । पार्टी विभाजनको संकेतसँगै पहिलेदेखि नेपाल पक्षमा देखिएका पूर्व जिल्लाअध्यक्ष तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, सांसद तुलसी चौधरी, एमाओवादी खेमाबाट प्रदेश सांसद बनेका दधिराम न्यौपाने, नेपाल पक्षमा रहेका पार्टी केन्द्रीय सल्लाहकार नेत्र पन्थी, सोही पक्षमै रहेकी नेतृ सावित्रा अर्याल, नेता नन्दिकेशर ढकाल ओली पक्षमा ओली पक्षमा उभिएका छन् ।

    ओली पक्षका नेता तेजेन्द्र केसी २०७२ सालमा पहिलोपटक अर्थमन्त्री बनेका पौडेलले आफ्नो क्षेत्रको विकासलाई उच्च प्राथमिकताका साथ बजेट ल्याएकोले विकासप्रेमी नेताको छवि बनाएको बताउँछन् । ‘पौडेल आफ्नो पार्टीमा मात्र नभएर सबै क्षेत्रमा लोकप्रिय भएको र सबैका कुरा सुन्नसक्ने नेता हो । त्यसैले उहाँको प्रभाव धेरै छु,’ केसीले भने ।

    जिल्ला र प्रदेश कमिटीमा ओली पक्ष हाबी

    पार्टी एकतापछि रुपन्देहीमा १ सय ७४ सदस्य जिल्ला कमिटी बनाइएको थियो । २०७६ जेठ १३ गते पूर्वएमालेको तर्फबाट शिवराज सुवेदी अध्यक्ष तथा पूर्वमाओवादीको तर्फबाट दधिराम न्यौपानेलाई सचिवमा जिम्मेवारी दिइएपनि न्यौपानेले आफू पहिले नै केन्द्रीय सदस्य बनेको भन्दै राजीनामा दिएपछि निर्मल जिसीलाई सचिव बनाइयो ।

    जिल्ला कमिटीमा ६० प्रतिशत र प्रदेश कमिटीमा रुपन्देहीका २५ जनामध्ये २० जना आफ्नो पक्षमा रहेको ओली पक्षको दाबी छ । प्रचण्ड-माधव पक्षका नेता सिद्धिचरण भट्टराई पनि आफ्नोपट्टि बहुमत रहेको बताउँछन् । तर, उनले संख्याबारे भने खुलाएनन् ।

    स्थानीय तहमा पनि प्रचण्ड-माधव पक्ष कमजोर

    रुपन्देहीका १६ स्थानीय तहमध्ये ८ वटामा प्रमुख उपप्रमुख दुवै तथा एक स्थानीय तहमा नेकपाले उपप्रमुख जितेको थियो । तीमध्ये १५ पदमा पूर्वएमाले र २ पदमा पूर्वमाओवादीले विजयी भएका थिए । ओली पक्षको दाबी अनुसार ७ वटा पालिकाका जनप्रतिनिधि आफ्नो पक्षमा खुलेका छन् ।

    प्रचण्ड-माधव पक्षले ३ प्रमुख र ३ उपप्रमुख गरी ६ जना आफूतिर रहेको बताएको छ । जिल्ला समन्वय समितिका प्रमुख एकराज विकले पनि ओली पक्षमा कित्ता क्लियर गरेका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमादेवी आचार्य ओली पक्षमा छन् । सुवेदी दुई पार्टी एकिकरणपछि बनेको जिल्ला समितिका अध्यक्षसमेत हुन् ।

    त्यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली ओली पक्षमा छन् । यी दुवै तत्कालीन एमाले पार्टीबाट विजयी भएका थिए ।

    सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु ओली पक्षमा छन् भने उपाध्यक्ष अमृता गुरुङ प्रचण्डमाधव पक्षमा रहेको सो समूहले बताए पनि उनी आफू तटस्थ रहेको बताएकी छन् । उनीहरू पनि दुवै पूर्वएमालेका हुन् । सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्की र उपाध्यक्ष विना राना ओली पक्षमा छन् । पूर्वएमालेबाटै निर्वाचित कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण क्षेत्री र उपाध्यक्ष गोमा तरामुले पनि ओलीलाई साथ दिएका छन् । त्यसैगरी देवदहकी उपाध्यक्ष विद्या गुरुङ ओली पक्षमा छन् ।

    तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे र जागेश्वरीदेवी चौधरी प्रचण्ड-माधव पक्षमा छन् । उनीहरू दुवैजना तत्कालीन एमालेमा माधव नेपाल पक्षधरका थिए । संसद विघटनपछि केपी ओलीले विस्तार गरेको केन्द्रीय समितिमा उपप्रमुख जागेश्वरीदेवीको नाम आएपछि उनले विज्ञप्ति जारी गरेर आफू ओली पक्षमा नरहेको प्रष्ट्याएकी थिइन् । तिलोत्तमा नेता घनश्याम भुसालको गृहनगर हो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी, उपाध्यक्ष उमा काफ्ले प्रचण्ड-माधव पक्षमा खुलेका छन् । यी दुवै तत्कालीन एमालेको माधव नेपाल पक्षका मानिन्छन् । त्यसैगरी पूर्वमाओवादीबाट निर्वाचित ओमसतिया गाउँपालिकाका हिरा केवट र उपाध्यक्ष सुदरमती कुमारीले कित्ता परिवर्तन गरेर ओली समूहमा लागेका छन् ।

    रुपन्देही जिल्लामा केन्द्रीय सदस्य तथा इन्चार्ज लिला गिरी, सहइन्चार्जद्वय खिमलाल भट्टरार्ई र एकराज विश्वकर्मा ओली समूहमा लागेका छन् ।

    ११ मध्ये १० प्रदेश सांसद ओलीतिर

    लुम्बिनी प्रदेशमा रुपन्देहीबाट प्रत्यक्ष र समानुपातिक गरी ११ जना सांसदले प्रतिनिधित्व गर्छन् । जसमध्ये १० जना अहिले केपी ओलीको साथमा छन् । निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट २ जना निर्वाचित भएका थिए । रुपन्देही क्षेत्र नम्बर १ को ख बाट दधिराम न्यौपाने र समानुपातिक तर्फबाट दीपा वि।क। प्रदेश सांसद बनेका थिए । तर, न्यौपाने ओली पक्षमा आएपछि जिल्लाबाट प्रचण्ड-माधव पक्षमा लाग्ने प्रदेश सांसद दीपा मात्र बाँकी छिन् ।

    रुपन्देहीबाट लुम्बिनी प्रदेशमा भोजप्रसाद श्रेष्ठ, लिला गिरी, भूमिश्वर ढकाल, कृष्ण न्यौपाने, तुल्सी चौधरी, विमला पन्थी, सुनिता कुमारी ठटेर, थानकुमारी चापागाई, र कमला वि।क। ओली पक्षमा खुलेर लागेका छन् ।

    राष्ट्रियसभाका दुईजना सांसद ओलीतिर

    राष्ट्रिय सभामा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने दुईजनै सांसद ओली पक्षमा लागेका छन् । यहाँबाट नेता खिमलाल भट्टराई तथा गोपाल भट्टराई राष्ट्रियसभामा रहेका छन् । खिमलाल राष्ट्रिय सभामा पार्टीको प्रमुख सचेतक छन् ।

  • ओलीले गल्ती गरे, संसद पुनःस्थापना नै कारबाही हुनेछः घनश्याम भुसाल

    ओलीले गल्ती गरे, संसद पुनःस्थापना नै कारबाही हुनेछः घनश्याम भुसाल

    रुपन्देही । नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले संसद पुनःस्थापना गरेर मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजाय दिन सकिने बताएका छन् । प्रधानमन्त्री ओलीले जनता, पार्टी, लोकतन्त्रसँग गरेको सम्झौताविपरीत संसद विघटन गरेकाले सजायका भागिदार रहेको नेता भुसालको तर्क छ ।

    रुपन्देहीको तिलोत्तमामा आफू निकट प्रेस संगठनका पत्रकारले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता भुसालले संसद पुनःथापना गरेर मात्र ओलीलाई सजाय दिन सकिने बताए ।

    ‘नाकाबन्दीमा ओलीले विरोध गरे त्यसैले संसद विघटन ठिक, गुमेको भूभाग समेटेर नक्सा बनाइयो, त्यसैले संसद विघटन ठिक भनियो, तर संसद विघटनकै विषयमा ओली पक्षसँग ठिक भन्ने आधार छैन’ भुसालले भने ।

    उनले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक छ भन्ने कुरा पत्रकारिता जगतले जनतामा लैजान आवश्यक रहेको बताए ।

    पत्रकारले जति छिटो जनतालाई असंवैधानिक कदमको विषयमा सुसूचित गर्न सक्यो त्यति छिटो संविधान ट्रयाकमा आउने भुसालको भनाइ छ । नेता भुसालले ओली पक्षकै नेताहरुले प्रतिनिधिसभा विघटन ठीक हो भन्न नसकेको बताउँदै अर्कै प्रसंग जोडेर संसद विघटनको पक्षमा बोल्ने गरेको बताए ।

    प्रधानमन्त्री ओलीका कदम लोकतन्त्रको विरोधमा, समाजवादको विरोधमा र वामपन्थको विरोधमा रहेको दाबी गर्दै नेता भुसालले संसद विघटनको कदमलाई कुनै पनि कोणबाट सही हो भन्न नसकिने बताए ।

    भुसालले संसद विघटन न्यायका विरुद्ध, समानताका विरुद्ध र समाजका विरुद्ध रहेको भन्दै उनले यसको उजागर गर्न सकिएन भने पत्रकारिताको कर्तव्य पूरा नहुने स्पष्ट पारे ।