Tag: ग्लोबल आइएमई बैंक

  • ग्लोबल आईएमई बैंक १९ औँ वर्षमा: यस्ता छन् १८ वर्षे यात्रा र आगामी योजना

    ग्लोबल आईएमई बैंक १९ औँ वर्षमा: यस्ता छन् १८ वर्षे यात्रा र आगामी योजना

    ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंक यही पुस १८ गते १८ वर्ष पूरा हुँदैछ ।

    वि.सं २०६३ सालमा १८ औँ वाणिज्य बैंककारुपमा ग्लोबल आइएमई बैंक स्थापित भएको थियो । त्यसबेला बैंकको १ अर्ब ५० करोड चुक्ता पुँजी थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर तथा प्राप्ति गरेको यस बैंक नेपालकै नम्बर वान बैंक बन्न सफल भएको छ ।

    यो १८ वर्षे यात्रामा दिनानुदिन अब्बल बैंक बन्ने बाटोमा अघि बढिरहेको छ ।  बैंकको ग्राहक सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । मर्जर तथा व्यवसायको निरन्तर विस्तारले बैंकको ग्राहक सङ्ख्यामा वृद्धि हुँदै गएको हो । हाल यस बैंकको निक्षेप ग्राहक सङ्ख्या करिब ५० लाखभन्दा बढी पुगेको छ ।

    बैंकले ३५४ वटा शाखा, ६८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन काउन्टर, २३७ वटा शाखारहित बैंकिङ्ग सेवा दिइरहेको छ । यससँगै ३८४ वटा एटिएम, विदेशस्थित भारतको नयाँ दिल्ली, संयुक्त अधिराज्य र अष्ट्रेलियामा समेत गरी ३ स्थानमा प्रतिनिधि कार्यालय समेत सञ्चालनमा रहेको छ ।

    बैंकले (शाखा, एटिएम, एक्सटेन्सन काउण्टर, सेवा केन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालय समेत) करिब ११०० सेवा केन्द्रमार्फत ५० लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

    यो बैंक आधुनिक समाज प्रविधि उन्मुख रहेको छ । बैकको सेवालाई चुस्त, दुरुस्त एवम् पारदर्शी बनाउँदै सेवा प्रदायक र सेवाग्राही दुवैको समय र पैसा बचत गरी मानव संशाधनको लागत समेत घटाउँदै लैजाने नीति लिएको छ । सोही बमोजिम बैंकले प्रविधिमा आधारित र स्वचालित नयाँ सफ्टवेयर जडान गरि काम गरिरहेको छ ।

    कर्मचारीको प्रत्यक्ष संलग्नता बिना नै नगद कारोबार हुने ‘क्यास डिपोजिट मेसिन’ एवम् ‘आउटवार्ड चेक एसेप्ट’ गरी क्लियरिङमा पठाउने चेक डिपोजिटसहितको  डिजिटल युनिभर्स कमलादी लगायत अन्य विभिन्न शाखाहरूमा सञ्चालन गरिरहेको छ ।

    बैंकले हाल १८ घण्टा सेवा दिइरहेको छ । आगामी दिनमा यो सेवालाई २४ सै घण्टामा विस्तार गर्ने बैंकको योजना रहेको छ । जवाफदेही र उत्तरदायी बैंकिङ्ग समाधानको लागि आर्टिफिसियल इन्टलिजेन्स प्रयोगमा ल्याएको छ । बैंकको सञ्चालन दक्षता अभिवृद्धिको साथै दोहोरिने कार्य न्यूनीकरणको लागि रोबोटिक प्रक्रिया स्वचालन (आरपीए)को प्रयोग गरिएको छ ।

    मोबाइल बैंकिङ फिचर्सलाई अभिवृद्धि गरि थप सहज बनाइएको छ । कोर बैंकिङ सिस्टमलाई फाइनान्स भर्सन १० मा अपग्रेड गरिएको छ ।  नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनको लागि बैंकले ग्राहकको सूचना व्यवस्थापन, आवश्यक रिर्पोटिङका साथै शङकास्पद कारोबारको पहिचान तथा रिपोर्टिङ स्वचालित गर्दै आएको छ ।

    व्यावसायिक सेवा सञ्जालको विस्तारले छरिएर रहेको पुँजी संकलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको छ । यसको अतिरिक्त नियमित र सेवा सम्झौता मार्फत तीन हजार ८ सय जनाभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

    धेरै विप्रेषण भित्र्याउनेदेखि अन्तर्राष्ट्रिय अवार्डसम्म प्राप्त 

    यो बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, सन २०२२ मा ‘युरोमनी अवार्ड, द बेस्ट बैंक इन नेपाल’, बेष्ट इम्प्लोयर जस्ता अवार्डहरू प्राप्त गरिसकेको छ ।

    युरोमनी म्यागेजिनले प्रत्येक वर्ष वित्तीय क्षेत्रका विशेषज्ञहरूबाट गहिरो अध्ययन तथा विश्लेषण गरी/गराई तोकिएको मापदण्ड पुरा गर्ने बैंकहरुलाई विविध विधामा अन्तर्राष्ट्रियस्तरको युरोमनी अवार्ड प्रदान गर्दै आएको छ । २०२४ मा नेपालबाट ग्लोबल आइएमई बैंकले यस्तो अवार्ड पाएको छ ।

    ग्लोबल आइएमई बैंक लिमिटेड ‘ग्लोबल फाइनान्स, बेष्ट बैंक अवार्ड २०२४’बाट समेत सम्मानित भएको छ । ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक समेत हो ।

    नेपाल राष्ट्र बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सो सम्मान प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै २१ दशमलव १ प्रतिशत विप्रेषण (रेमिट्यान्स) भित्र्याएको यस बैंक सम्मानित भएको छ ।

    राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रुपमा आन्तरिक राजश्व विभागले ग्लोबल आइएमई बैकले सम्मान पाएको छ । बैंकले सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरी ६ अर्बभन्दा बढीको योगदान गरेको छ ।

    सञ्चालन नतिजा र कारोबार समीक्षा

    आर्थिक वर्ष २०८०/८१ मा बैंकको कारोबार समीक्षा गर्ने हो भने २०८० आषाढ मसान्तको तुलनामा २०८१ आषाढ मसान्तमा बैंकको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ । तर, कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन ।

    कर दाखिला गर्नुपर्ने विवाद अदालतसम्म पुग्दा जगेडा कोषको रकममा प्रभाव परेको बैंकको दाबी छ । एफपीओ जारी गर्दा तथा हकप्रद शेयर जारी पश्चात् लिलाम गरी बिक्री गरिएका शेयरबाट संकलन गरिएको शेयर प्रिमियमको रकम र निकायहरू एक आपसमा गाभिँदा, शेयर स्वापको कारण गाभिनु पूर्वको पुँजी र गाभिए पश्चात् कायम भएको पुँजीको भिन्नताको रकम (पुँजीगत जगेडा कोष)बाट आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई वितरित लाभांश रकमलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो ।

    पुँजीगत जगेडा रकम र शेयर प्रिमियमको रकम समेतमा एकमुष्ठ एव अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ रुपैयाँ थप रकम करको रूपमा सरकारलाई बुझाउन परेकोले जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको बैंकले जनाएको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा ८८६.७३ करोड रुपैयाँ र कर पछिको मुनाफा ६१३.७४ करोड रुपैयाँ भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा बैंकको खुद व्याज आम्दानी गत वर्षभन्दा २५ करोड रुपैयाँले कमी भएको छ । फि शुल्क तथा सञ्चालन आम्दानीमा भने ११२.७७ रुपैयाँ करोडले वृद्धि भएको छ ।

    सञ्चालन खर्च तर्फ पनि १०८.४६ करोड रुपैयाँले वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५.६९ करोडले कमी आएको छ ।

    कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षा अनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्षमा पनि बैंकको खुद मुनाफामा संकुचन आएको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीका अनुसार यस आर्थिक वर्षमा बैंकको कुल कर्जा ४.३८ प्रतिशत तथा निक्षेपमा १४.९२ प्रतिशतले बढोत्तरी भएको छ । निक्षेपका दरहरूमा उल्लेखनीय रुपमा कमी आएपनि निक्षेपको आकार बढ्दा र कर्जाको न्यून बढोत्तरीले खुद ब्याज आम्दानीमा प्रत्यक्ष असर पुर्‍याएको छ ।

    गत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि कर्जा असुलीमा केही समस्या देखिएकोले थप कर्जा नोक्सानीको व्यवस्था गर्नु परेको कारण सञ्चालन मुनाफामा कमी आएको उनको दाबी छ ।

    चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा बैंकको निक्षेपमा २४.५१ अर्ब रुपैयाँले वृद्धि भई ५२९.३८ अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी तर्फ पनि २७.८६ अर्ब रुपैयाँले वृद्धि भई ४१८.६३ अर्ब रुपैयाँ पुगेको छ ।

    चालु आवको पहिलो त्रैमाससम्ममा बैंकले १५१ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको निष्क्रिय कर्जा ४.६७ प्रतिशत कायम भएकोले कर्जा असुलीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडी बढ्नु पर्ने अवस्था रहेको सीईओ रेग्मीको भनाई छ ।

    लाभांश इतिहास

    यस बैंकले आर्थिक वर्ष २०६८/६९ देखि लाभांश वितरण गर्दै आएको छ । यस आवमा १३ प्रतिशत लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०६९/७० मा लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    त्यस्तै, आर्थिक वर्ष २०७०/७१ मा २५ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई २३ प्रतिशत, आव २०७२/७३ मा १६ प्रतिशत, आव २०७३/७४ मा २० प्रतिशत र आव २०७४/७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको छ ।

    बैंकले सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो । यस आवमा  बैंकले लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । जसमा १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

    बैंकले आर्थिक वर्ष २०७६/७७ मा लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरण गरेको थियो भने आव २०७७/७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७८/७९ मा १३.६० प्रतिशत लाभांश वितरण गरेको यस बैंकले आव २०७९/८० मा ९ प्रतिशत दिएको थियो ।

    बैंकले आर्थिक वर्ष २०८०/८१ मा बैंकले ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/०८१ समग्र बैंकिङ तथा वित्तीय क्षेत्रका लागि उत्साहप्रद नरहेका कारण कम लाभांश वितरण गर्नु परेको बैंकको दाबी छ ।

    आगामी योजना 

    ग्राहकहरूलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, शेयरधनीहरुलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रणी बैंकको रुपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरू सञ्चालन गरिने सीईओ रेग्मीले जानकारी दिएका छन् ।

    उनका अनुसार यस बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्द्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरू समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्‍याउने लक्ष्य लिएको छ । डिजिटल सेवामा बैंक केन्द्रित हुनेछ । बैंकले आगामी दिनमा यी रणनीति/कार्ययोजनाहरु अवलम्बन गर्दै जानेछ:

    1.  “सबैको लागि बैंक” भन्ने नारालाई व्यवहारमा नै रूपान्तरण गर्नका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयहरू मार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडी बढ्ने लक्ष्य सफलता उन्मुख रहेको छ । हाल यस बैंकले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा कार्यालयहरू, शाखा रहित बैंकिङ्ग सेवा, एटिएम, एक्सटेन्सन र अन्य काउन्टरहरु समेत जम्मा १,१०० सेवा केन्द्र मार्फत करिब ५० लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । मुलुकभर अझैपनि ठुलो सङ्ख्यामा बैंकिङ पहुँच बाहिर रहेका जनतालाई बैंकिङ सेवा प्रदान गर्दै लैजाने नीति प्राथमिकतामा रहेको छ ।
    2.  आगामी समयमा बैंकले दिगो व्यावसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यावसायिक कार्य योजना अनुरूपका रणनीतिहरू कार्यान्वयन गर्दै जानेछ । यसका लागि बैकले निक्षेप तर्फ क्यास डिपोजिट र कर्जा प्रवाह तर्फ एमएमई/रिटेल/एकएसएमई/प्रायोरिटी सेक्टर ल्याण्डिङलाई प्राथमिकता प्रदान गर्ने तथा शुल्कमा आधारित आम्दानीमा समेत जोड दिई कार्यहरू सञ्चालन गर्दै जानेछ । जसबाट शेयरधनीहरुलाई उचित प्रतिफल प्राप्त हुने विश्वास लिएका छौँ ।
    3.  हरित तथा दिगो विकासका लागि कायम गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  लक्ष्यहरूलाई आत्मसाथ गर्दै दिगो, न्यून कार्बन, वृत्ताकार अर्थतन्त्रको दिशामा सहयोगसिद्ध हुने गरी व्यवसाय सञ्चालन र कर्जा प्रवाह गर्ने गतिविधीहरुलाई थप प्रवर्धन गरिनेछ । लैङ्गिक एवं सामाजिक समावेशिता र वातावरणीय सुरक्षा कायम हुने गरी दिगो विकासको लक्ष्यलाई थप टेवा पुर्याउने हेतुले केन्द्रीय स्तरमा बैंकले हरित तथा दिगो बैंकिङ्ग इकाई स्थापना गरी कार्यक्रम अगाडी बढाइरहेकोमा सो कार्यलाई निरन्तरता दिई नेपालको अग्रणी बैंकको रुपमा स्थापित गर्ने गराउने नीति लिइनेछ ।
    4. ड्ड बैंकले थप भ्यालु एडेड सर्भिस/प्रोडक्ट बजारमा पुर्‍याउने कार्य योजना बनाएको छ । निक्षेप तथा कर्जाका विभिन्न प्रोडक्टहरुको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी आवश्यकता अनुरूप थप परिमार्जन गर्ने तथा नयाँ प्रोडक्टको विकास गरी कार्यान्वयन गर्दै जाने योजना बनाएको छ । हालै बैकले प्रविधिमा आधारित ग्लोबल जुनियर एम र फास्ट लोन एजेन्ट शेयर कार्यान्वयनमा ल्याएको छ । बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई प्राथमिकता राखेको छ ।
    5.  बैंकले विगत वर्षहरूमा अन्तर्राष्ट्रिय वित्त निकायहरूबाट वित्तीय संस्थाहरूबाट बाह्य कर्जा लिई लगानीको श्रोतको व्यवस्थापन गर्दै आएको छ । चालु आवमा समेत बैंकको ओपीईसी फण्ड फर इन्टरनेशनल डेभलपमेन्ट बैंक, एसियन डेभलपमेन्ट बैंक, डेभलपमेन्ट फाइनान्स कर्पोरेसन, एशियन इन्फाइन्ट्रक्चर इन्भेष्टमेन्ट बैंक जस्ता निकायहरूबाट आवश्यकता र औचित्यताको आधारमा श्रोतको व्यवस्थापन तथा परिचालन गर्ने योजना रहेको छ । बैंकको व्यावसायिक हितलाई पहिलो प्राथमिकतामा राखी आगामी दिनहरूमा यस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको कारोबार अगाडी बढाइने नीति रहेको छ ।
    6.  घरेलु कच्चा पदार्थमा आधारित साना र मझौला उद्योगको विकासबाट मात्र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने मान्यताबाट यस क्षेत्रको कर्जा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ । त्यस्तै, निक्षेप सङ्कलनको हकमा पनि जनसाधारणकै बचतलाई लक्षित गर्दै आएको र यसलाई नै बैंकको आधारभूत श्रोतको रूपमा महत्त्व दिई आएका छौ । बैंकको यो नीतिलाई आगामी आर्थिक वर्षहरू मा समेत निरन्तरता दिइने छ ।
    7.  मुलुकभर विकासको पूर्वाधार निर्माण सम्बन्धी कार्यहरू निरन्तर रुपमा वृद्धि भइरहेको र पूर्वाधार विकास मुलुकको तीन वटै तहका सरकारहरूको प्राथमिकतामा भएको परिप्रेक्ष्यमा सो अवसरलाई सदुपयोग गर्ने गरी निर्माण व्यवसायीहरूको आवश्यकता र सुविधालाई ध्यानमा राखी आपसी सहकार्यलाई प्राथमिकता दिइने छ ।
    8.  विप्रेषण (रेमिट्यान्स) नेपालको अर्थतन्त्रको मेरुदण्ड हुनुका साथै यस बैंकको व्यवसायको एउटा प्रमुख र भरपर्दो आधार समेत हो । संसारभर विभिन्न राष्ट्रहरूमा रहेका बैंकका आधिकारिक प्रतिनिधिहरूको साथै स्वदेशी र विदेशी व्यावसायिक साझेदारहरूसँगको सहकार्यबाट हालसम्म विश्वका विभिन्न मुलुकबाट उल्लेख्य मात्रामा रेमिट्यान्स भित्र्याउँदै आएका छौँ । आगामी वर्ष यस बैंक मार्फत भित्रिने रेमिट्यान्सलाई थप वृद्धि गर्नका लागि रेमिट्यान्स बजार विस्तार तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने छ ।
    9.  बैंकको व्यावसायिक पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्दै कारोबारको प्रवर्द्धन गर्न अष्ट्रेलिया, भारत तथा संयुक्त अधिराज्यमा प्रतिनिधि कार्यालयहरू सञ्चालनमा रहेको छ । आर्थिक रूपले सम्पन्न एशियाको महत्त्वपूर्ण राष्ट्र दक्षिण कोरियामा पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने प्रयास  जारी रहेको छ । व्यावसायिक अवसरको विश्लेषण गरी नेपाल राष्ट्र बैंक तथा आवश्यक अन्य निकायहरूबाट स्वीकृति प्राप्त भएको अवस्थामा बेलायत, अमेरिका जस्ता विभिन्न सम्भाव्य राष्ट्रहरूमा शाखा कार्यालय खोली कारोबार गर्ने योजना रहेको छ । त्यसैगरि डिजिटल मनि कारोबार इजाजतको लागि समेत प्रयत्न गरिने छ ।
    10.  बैंकले सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आधुनिक प्रविधिमैत्री गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै अगाडी बढ्ने नीति अवलम्बन गरेको छ । सोका लागि बैंकले छुट्टै डिजिटल बैंकिंङ ईकाइ गठन गरी आवश्यक पूर्वाधार समेत खडा गरी कार्यारम्भ गरिसकेको परिप्रेक्ष्यमा प्रविधिको प्रयोगबाट हुने लाभको सूक्ष्म विश्लेषण गर्दै सम्पूर्ण बैंकिङ सेवाहरू डिजिटल बैंकिंङको प्रविधि मार्फत प्रदान गर्दै कारोबारलाई अघि बढाउने नीतिलाई निरन्तरता दिइने छ ।
    11.  बैंकको आन्तरिक काम कारबाही बढी मात्रामा स्वचालित गरी मितव्ययी बनाउँदै लैजाने नीति रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा ग्राहकले खाता खोल्न, डलर कार्ड, क्रेडिट कार्ड, एटिएम कार्ड प्राप्त गर्ने, भुक्तानी गर्ने लगायत कार्डसम्बद्ध सेवाहरू, एलसी/ग्यारेन्टी सुविधा, शेयर कर्जा लगायतको कारोबार अनलाइनबाटै गर्न मिल्ने कस्टुमर सेन्ट्रिक बीपीएम कार्यान्वयनमा ल्याइएको छ । कर्मचारीको प्रत्यक्ष संलग्नता विना नगद तथा चेकको कारोबार गर्न सकिने डिजिटल युनिभर्स सञ्चालनमा आएको छ । प्रविधिमा आधारित यस किसिमको सेवाहरूबाट व्यावसायिक प्रभावकारिता बढाएको विश्वास सहित आगामी दिनहरूमा समेत नयाँ नयाँ प्रविधिमैत्री सेवाहरू थप गर्दै लैजाने नीति लिएका छौँ ।
    12.  कर्मचारीहरू बैंकका मुख्य सम्पत्ति हुन र उनीहरूको ज्ञान र अनुभवलाई बैंकको व्यावसायिक उद्देश्य प्राप्तिसँग जोड्दै कर्मचारीहरूको वृत्ति विकासका लागि वार्षिक तालिम कार्य तालिका तर्जुमा गरी कार्यान्वयन गर्दै आएकोमा यसलाई अझ प्रभावकारी तथा डिजिटल प्रविधिको सहयोगमा सम्पूर्ण कर्मचारी वर्गमा निरन्तर ज्ञान आदान प्रदान गर्ने व्यवस्था मिलाउने छाैँ ।
    13.  बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालनमा कटिबद्ध छ । सङ्घीय सरकार तथा नेपाल राष्ट्र बैंकले अङ्गीकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरूप हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाहरू यस बैंकमा समाहित भएका छन् । यसरी विभिन्न पृष्ठभूमिबाट आएका कर्मचारीहरूको उचित व्यवस्थापन एवम् व्यावसायिक दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिमा टेवा हुने गरी कार्यक्रमलाई निरन्तरता दिइने छ ।
    14.  मुलुकले अवलम्बन गरेको संघीय संरचना बमोजिम ७ वटै प्रदेश कार्यालयहरूको काम, कर्तव्य अधिकार थप गर्दै अधिकार सम्पन्न बनाउँदै लैजाने नीति लिइएको छ ।
    15.  समाजको जिम्मेवार कर्पोरेट सदस्यको हैसियतमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सदैव प्राथमिकतामा राख्दै आएको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण लगायत एवम् विपन्न वर्गको जीवनस्तर उठाउनका लागि सक्दो सहयोगको नीति अवलम्बन गर्नेछ ।
    16.  बैंकले जोखिम व्यवस्थापन तथा अनुपालनालाई अत्यन्तै महत्वको साथ अवलम्बन गर्दै आइरहेको छ । सञ्चालक स्तरीय जोखिम व्यवस्थापन समिति एवं व्यवस्थापन तहको जोखिम व्यवस्थापन समिति गठन गरी बैंकका विभिन्न किसिमका जोखिमहरूको पहिचान तथा न्यूनीकरणका विधिहरू अवलम्बन गर्दै आइरहेको छ । हाल कार्यान्वयनमा रहेका विभिन्न विधि र प्रक्रियाहरूमा थप पुनरावलोकन गरी आवश्यकता अनुसार जोखिम व्यवस्थापन तथा अनुपालनालाई प्रभावकारी बनाइनेछ ।
    17.  बैंकले जोखिम व्यवस्थापन कार्यलाई अझ बढी प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय असल अभ्यासहरूलाई अनुसरण गरी कार्यान्वयन गर्ने गराउने कार्यलाई जोड दिने छ । यसका लागि समीक्षा वर्ष देखिनै  इन्टरनेशनल फाइनान्स कर्पोरेसनको सल्लाहकार सेवाहरू लिई कार्य प्रारम्भ गरिएको छ । यसबाट बैंकको जोखिम व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास लिएका छाैँ ।
    18.  कर्जाको गुणस्तरमा सुधार गर्ने गराउने, नियमित रुपमा ऋणीको व्यवसायको अनुगमन तथा निरीक्षण कार्यको कार्यान्वयन गर्ने र पूर्व चेतावनीका लक्षण देखिएका कर्जाहरूको समयमानै पहिचान तथा व्यवस्थापन गर्न समीक्षा वर्ष देखिनै केन्द्रीय स्तरमा क्रेडिट मोनिटरिङ युनिट गठन गरी कार्यारम्भ गरिएको छ र यसलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।
  • ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

    ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं । ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच बीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौता अनुसार कामना सेवा विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र ९लेटर अफ क्रेडिट०, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदी सुविधा कामना सेवा विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन ।

    उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

    ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैंकका २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

    यसैगरी ‘प्रगतिको आधार कामना सेवा संग कारोबार’,भन्ने नाराका साथ सन् २०१७ मा स्थापित कामना सेवा विकास बैंकले नेपालमा अग्रणी विकास बैंकको रूपमा आफ्नो परिचय बनाएको छ । बैंकले देशभर रहेका आफ्ना १२९ वटा शाखा कार्यलय, १ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

  • ग्लोबल आइएमई बैंकले किसानलाई सहुलियतपूर्ण कर्जा दिने

    ग्लोबल आइएमई बैंकले किसानलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले किसानलाई सहुलियतपूर्ण कृषि कर्जा दिने भएको छ ।

    ग्लोबल आइएमई बैंक लिमिटेड, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा।लि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

    उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एण्ड डि। इनोभेटिभ सोलुसन प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट नगरपालिकाका उपमेयर विणादेवी राई र इन्फीकेयर प्रा.लि का निर्देशक सविन मानन्धरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा।लि तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यवसायिक कृषहरुलाई आवश्यक मलखाद, बीउ–बिजन तथा बीषादी खरिद गर्न ग्लोबल किसान कार्ड मार्फत सहुलियतपूर्ण व्याजदरमा कृषि कर्जा उपलब्ध गराउनेछ ।

    नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कजाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ संशोधन समेत० अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अनुसार व्याज अनुदान प्रदान गरिनेछ । कृषि सामग्री बिक्रेता दर्ता गर्ने ९डेटाबेस व्यबस्थापन० तथा कार्ड मार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फीकेयर प्रा।लि।ले गर्नेछ ।

  • ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर

    ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुलियतपुर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौता अनुसार नेपाल विकास अध्ययन संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका आश्रित परिवार, मानव बेचविखनमा परी उद्धार गरिएका लगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई ग्लोबल आइएमई बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

    नेपाल विकास अध्ययन संस्थानले सम्बन्धित स्थानीय सरकारसँंग समन्वय गरी कार्यक्रममा छनौटका लागि आवेदन माग गरी लक्षित व्यक्तिहरूको सूची बनाउनेछ । संस्थानले छनौट गरेका व्यक्तिहरूलाई उचित अभिमुखीकरणको व्यवस्था गरी सहुलियतपूर्ण कर्जाका लागि बैंकलाई सिफारिस गर्नेछ ।

    उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल विकास अध्ययन संस्थानका कार्यकारी निर्देशक चिरञ्जीवी बरालले हस्ताक्षर गरेका छन् ।

    ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकका २८० शाखा, २५० एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

  • ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

    ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

    काठमाडौं । ग्लोबल आइएमई बैंकले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

    मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एवम्ं डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

    यस क्यासब्याक योजनाअन्तर्गत भाद्र २१ र कुशे औँशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा ‘गीफ्ट टू फादर’ लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत अर्थात ३०० सम्म क्यासब्याक पाइने बैंकले जनाएको छ ।

    यसैगरी भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट÷क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत अर्थात ५०० सम्म क्यासब्याक फिर्ता पाइने छ ।

    क्यासब्याक योजना अन्तर्गत तीज विशेष बनाउन बैकले महिलाहरुलाई ग्राह्यता दिने बताइएको छ । ग्लोबल आइएमई बैंकमा  नारी बचत तथा नारी शक्ति बचत खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पिएसओ मसिन र इकोम मार्फत ३ हजार वा सो भन्दा बढिको भुक्तानीमा ३०० क्यासब्याक फिर्ता पाइने बैंकले जनाएको छ ।

    महिला ग्राहकलाई लक्षित योजना भाद्र १६ देखि ३१ गते सम्म सञ्चालन हुने बताइएको छ ।

  • ग्लोबल आइएमई बैंकको ड्राईभ उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतिय सवारी कर्जा

    ग्लोबल आइएमई बैंकको ड्राईभ उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतिय सवारी कर्जा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले विद्युतिय सवारी साधान खरिदका लागि प्रिमियम सहित ७.२९ प्रतिशत ब्याजदरमा कर्जा उपलव्ध गराउने भएको छ ।

    दशै ,तिहार, छट लगायतका चाडपर्वलाई लक्षित गरी उक्त योजना ल्याएको बैंकले जनाएको छ । यसैगरी सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८।१९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुने बताइएको छ । कर्जा आवेदन प्रकृया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध बताइएको छ ।

  • ग्लोबल आइएमई बैंकको मेरी उनीलाई स्वस्थ नारी सेवा

    ग्लोबल आइएमई बैंकको मेरी उनीलाई स्वस्थ नारी सेवा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ ।

    यस योजना अन्तगर्त बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।यस अघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्धती बचत खाता संचालनमा ल्याएको छ ।

    स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ ।

    सेवाग्राहीको सुविधालाई मध्यनजर गरी यस बैंकले विभिन्न संघ–संस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाहरुको स्वास्थ तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

  • ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्केका नेपालीलाई सहुलियतमा ऋण दिने

    ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्केका नेपालीलाई सहुलियतमा ऋण दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

    समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् ।

    कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय–आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीलाई सहयोग गरी पूर्णरोजगारीको दिशातर्फ अघि बढ्ने एक अभियानका रुपमा संचालन गर्न बैंक र अंकुर नेपालबीच सहुलियत कर्जासम्बन्धी सहकार्यका लागि सहमति भएको हो ।

    यस समझदारीबाट वैदेशिक रोजगारीबाट सीप र अनुभवसहित स्वदेश फर्किएका युवालाई पुनः विदेशिनु पर्ने बाध्यतालाई रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पुँजीको स्वदेशमै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुुग्नेछ । यसका लागि बैंकले विभिन्न बैंकिङ्ग सेवा सुविधाहरु सहज तथा सहुलियत रुपमा प्रदान गर्नेछ ।

    यसका साथै, सरल तथा सहज तरिकाले कर्जा प्राप्त गर्नका लागि क्षमता विकास गरी सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट व्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने तथा स्वरोजगारी र उद्यमशीलताको लागि नेपालमै संभावना छ भन्ने सकारात्मक सोचको प्रवद्र्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

    ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

  • ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच समझदारी पत्रमा हस्ताक्षर

    ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्लाबीच सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्ला अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन ।

    उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका – २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकलाई सहुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।

    यसका साथै ग्लोबल आइएमई बैंक क्लासिक भिल्ला प्रा।लि।ले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा रहने बैंकले जनाएको छ ।
    यस बैंकले घर कर्जाको लागि ७.९९ प्रतिशत (प्रिमियम सहित)को आकर्षक ब्याजदरमा बिशेष घर कर्जा योजना सिमित अबधिको लागि संचालन गरिरहेको छ ।

    यस बैंकले ७६ जिल्लामा २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

  • ग्लोबल आइएमई बैंकले सुरु गर्‍याे ल्यापटप खरिदमा किस्तावन्दीको योजना

    ग्लोबल आइएमई बैंकले सुरु गर्‍याे ल्यापटप खरिदमा किस्तावन्दीको योजना

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

    सम्झौता पत्रमा बैंकको तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्धन प्रमुख शान्ता शिवाकोटी र लियो क्लब अफ काठमाडौं टेम्पल पिसकोतर्फबाट स सुदिप न्यौपानेले हस्ताक्षर गरेका छन् ।

    यसका लागि शिक्षकले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिई ‘इजी बाई इजी पे योजना’ मार्फत सरल किस्ताबन्दीमा सहज तरिकाले ल्यापटप लिन लागिएको बैंकले जनाएको छ ।

    यसका साथै बैंकले काभ्रेका शिक्षकहरुका लागि बैंकिङ साक्षारतासम्बन्धी कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

  • ग्लोवल आईएमई बैंकका कर्मचारीलाई वार्षिक १ साताको भ्रमण बिदा

    ग्लोवल आईएमई बैंकका कर्मचारीलाई वार्षिक १ साताको भ्रमण बिदा

    काठमाडौं । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीले वार्षिक ७ दिन आन्तरिक भ्रमणका लागि विदा लिनैपर्ने व्यवस्था गरिएको छ ।

    आन्तरिक पर्यटन प्रर्वद्धन गर्नका लागि बैंकका कर्मचारीले आफ्नो वार्षिक विदामध्ये १ हप्ता आन्तरिक भ्रमणका लागि छुट्याउनुपर्ने बैंकले जनाएको छ ।

    कर्मचारीले आफ्नो वार्षिक विदामध्ये ७ दिनका लागि अनिवार्यरुपमा आन्तरिक भ्रमण विदा लिनुपर्ने बैंकले जनाएको छ । ३ हजारभन्दा बढी कर्मचारी रहेका यस बैंकले कोभिड १९ बाट प्रभावित पर्यटन व्यवसायलाई टेवा पुर्याउन उक्त निर्णय लिएको बैंकको दावी छ ।

    महामारीका कारण बिदेशी पर्यटकको आवागमनमा कमीलाई आफ्नो उक्त निर्णयले सहयोग पुर्याउने बैंकले अपेक्षा लिएको छ ।

    यस बैंकको ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्र मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

  • ग्लोबल आईएमई बैंक र अर्ग्यानिक सहकारीबीच कृषि अनुदान कर्जासम्बन्धी सम्झौता

    ग्लोबल आईएमई बैंक र अर्ग्यानिक सहकारीबीच कृषि अनुदान कर्जासम्बन्धी सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक र अर्ग्यानिक नेपाल सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सहकारीबाट अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधिअन्तर्गत अर्ग्यानिक नेपाल सहकारीको सिफारिसमा सेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने साथै कर्जा लिने साना किसानलाई सहकारीले तालिम पनि गराउनेछ ।

    ग्लोबल आईएमई बैंकका ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

  • ग्लोबल आइएमई बैंकद्वारा एक करोड सहयोग

    ग्लोबल आइएमई बैंकद्वारा एक करोड सहयोग

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ लाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इन्स्टिच्युटको बाल अस्पताल भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो ।

    शुक्रबार बैंकमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा. डा. भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले स्थापनादेखि नै सामाजिक हितमा विशेष जोड दिएर अगाडि बढेको बताउँदै समाजोपयोगी कार्यमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

    उनले कोभिड-१९ को अहिलेको महामारीले पनि अस्पतालजस्ता स्वास्थ्य पूर्वाधारमा ठूलो लगानीको आवश्यकता महसुस भएको बताउँदै अस्पताल भवन निर्माणमा गरिएको यस किसिमको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    प्रा डा कोइरालाले इन्स्टिच्युटले बालबालिकामा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठमा बहुविशिष्टीकृत अस्पतालको निर्माण शुरु गरेको जानकारी दिनुभयो । उहाँले इन्स्टिच्युटले अन्य प्रदेशमा सोही प्रकृतिको सेटेलाइट अस्पताल सञ्चालनको तयारी गरेको बताए ।

  • ग्लोबल आईएमई बैंककाे तीन शाखा विस्तार

    ग्लोबल आईएमई बैंककाे तीन शाखा विस्तार

    काठमाडौं । ग्लोबल आईएमई बैंकले नवलपरासीको रामग्राम नगरपालिका परासी, मोरङको विराटनगर महानगरपालिका, झापाको भद्रपुर नगरपालिकामा नयाँ तीन वटा शाखा सञ्चालनमा ल्याएको छ ।

    नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७३ पुगेको छ ।

    ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा २७३ शाखा सहित २४२ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहक बैंकिङ्ग दिदै आएको छ ।

  • ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल ईकम डलर कार्ड’

    ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल ईकम डलर कार्ड’

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ संचालनमा ल्याएको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्र अनुसार ग्लोबलले सो कार्ड संचालनमा ल्याएको हो ।

    राष्ट्र बैंकले ल्याएको विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप बैंकले डलर कार्ड जारी गरेको बैंकले जानकारी दिएको छ ।

    बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी ,युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवद्धन गर्न सकिने बैकले जनाएको छ ।

    यो सुचार गर्नका लागि बैंकका ग्राहकले नागरिकता र प्यान कार्ड पेश सहित ५०० रुपैयाँ सेवा शुल्क बुझाउनुपर्ने बैंकले जनाएको छ ।

    यस कार्डमार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आँफैले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाहरु लिन सकिनेछ ।

    ग्लोबल आइएमई बैंकले नेपालका ७६ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्सको सुविधा समेत प्रदान गर्दै आएको छ ।