Tag: ग्राण्डस्लाम टेनिस

  • युएस ओपनको पहिलो चरणबाटै बाहिरिए एण्डी मुर्रे

    युएस ओपनको पहिलो चरणबाटै बाहिरिए एण्डी मुर्रे

    एजेन्सी । बेलायती खेलाडी एण्डी मुर्रे युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । वर्षको चौथो ग्राण्डस्लामको पहिलो खेलमै मुर्रेले ग्रिसका स्टेफानोस सितसिपाससँग ३-२ को सेटमा पराजय ब्यहोरेका हुन् ।

    आज विहान भएको खेलमा पहिलो सेट ६-२ ले जितेर अग्रता बनाए पनि मुर्रेले त्यसलाई निरन्तरता दिन सकेनन् । दोस्रो सेट टाइब्रेकरमा सितसिपासले ६-७ (७-९)ले जिते । तेस्रो सेट मुर्रेले ६-३ ले आफ्नो पक्षमा पारे ।

    ४ घण्टा ४८ मिनेटसम्म चलेको खेलमा त्यसपछिका दुई सेट मुर्रे उनी कमजोर देखिए । पहिलो ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेका सितसिपासले ३-६ र ४-६ ले सेट जितेर खेल आफ्नो पक्षमा पारे ।

    तेस्रो वरियताका २३ वर्षीय सितसिपासले अहिलेसम्म ग्राण्डस्लाम जित्न सकेका छैनन् । यही वर्ष उनी अष्ट्रेलियन ओपनको सेमिफाइनल र फ्रेन्च ओपनको फाइनलसम्म पुगेका थिए । उनी अघिल्लो वर्ष युएस ओपनको तेस्रो चरणमा पराजित भएका थिए ।

  • विम्बल्डन महिलातर्फको उपाधिका लागि बार्टी र प्लिस्कोभा भिड्ने

    विम्बल्डन महिलातर्फको उपाधिका लागि बार्टी र प्लिस्कोभा भिड्ने

    एजेन्सी । वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डनमा महिलातर्फको उपाधिका लागि शीर्ष वरियताकी एसलिघ बार्टी र आठौं वरियताकी क्यारोलिना प्लिस्कोभाबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल शनिबार हुनेछ ।

    अष्ट्रिेलियाकी बार्टीले पूर्व च्याम्पियन एन्जेलिक कर्वरलाई ६–३ र ७–६ को सेटमा हराउनुअघि चेक रिपब्लिककी प्लिस्कोभाले आर्याना साबालेन्कामाथि ५–७, ६–४ र ६–४ को सेटमा जित निकालेकी थिइन् ।

    २५ वर्षीया बार्टी र २९ वर्षीया प्लिस्कोभा दुवैका लागि यो पहिलो विम्बल्डन फाइनल हो ।

  • रोजर फेडेरर विम्बल्डनको क्वाटरफाइनलबाटै बाहिरिए

    रोजर फेडेरर विम्बल्डनको क्वाटरफाइनलबाटै बाहिरिए

    एजेन्सी । ग्रास कोर्टका बादशाहका रुपमा चिनिने रोजर फेडेररको नवौंपल्ट विम्बल्डन जित्ने योजनामा यो वर्षका लागि पूर्ण विराम लागेको छ । उनी पोलिस खेलाडी हुवर्ट हुर्काजसँग सोझो सेटमा स्तब्ध भए ।

    यी स्वीस स्टारले ६–३, ७–६ र ६–० को सेटमा पराजित ब्यहोरेका हुन् । हुवर्टका लागि यो पहिलो ग्राण्डस्लाम सेमिफाइनल हो । २० पल्टका ग्राण्डस्लाम च्याम्पियनले अल इंग्ल्याण्ड क्लबमा कुनै पनि सेटमा एक अंक पनि जोड्न नसकेको यो पहिलोपल्ट थियो ।

    १४ औं वरियताका हुवर्टले फाइनल प्रवेशका लागि सातौं वरियताका माट्टेओ बेरेटिनीसँग खेल्नेछन् । इटलीका बेरेट्टीनीले क्यानडाका फेलिक्स अगरलाई ३–१ को सेटमा पराजित गरी पहिलोपल्ट विम्बल्डनको सेमिफाइनलमा पुगेका हुन् ।

  • जोकोभिच र नाडाल फ्रेन्च ओपनको क्वाटरफाइनलमा

    जोकोभिच र नाडाल फ्रेन्च ओपनको क्वाटरफाइनलमा

    एजेन्सी । सुरुआती दुई सेट हारेर शानदार पुनरागमन गर्दै नोभाक जोकोभिचले वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनको चौथो चरणबाटै अप्रत्यासित बाहिर्गमनको खतरा टारेका छन् ।

    विश्व नम्बर एक सर्बियाली खेलाडीको प्रदर्शन सुरुआती दुई सेटमा कमजोर थियो । उनले दुवै सेट टाइब्रेकमा गुमाएका थिए ।

    तर त्यसपछि १९ वर्षीय इटालियन किशोर खेलाडी लोरेन्जो मुसेट्टीले पूरा खेल खेल्न सकेनन् । तेस्रो र चौथो सेट क्रमसः ६–१ र ६–० जे जितेका जोकोभिचले पाँचौं सेटमा ४–० को अगता लिँदा मुसेटुटी चोटग्रस्त हुन पुगे ।

    कोर्टबाट बाहिरिँदै गर्दा मुसेट्टीलाई उपस्थित सबै दर्शकले उभिएर सम्मान गरेका थिए ।

    ग्राण्डस्लाम टेनिसमा जोकोभिचले दुई सेटमा हारेर पुनरागमन जित निकालेको यो पाँचौंपल्ट हो ।

    रफायल नाडाल भने जान्निक सिन्नरलाई ७–५, ६–३ र ६–० को सेटमा सहजै पराजित गरी क्वाटरफाइनलमा पुगेका छन् ।

    सुरुआती सेटमा दुईपल्ट सर्भ फल्ट गरे पनि नाडालले पुनरागमन गरी १८ औं वरियताका इटलीयन खेलाडीलाई पराजित गरेका हुन् ।