Tag: गोविन्दराज जोशी

  • तनहुँमा एमाले र जोशी समूहले तालमेल गर्ने, चुनावी परिचालन समिति गठन

    तनहुँमा एमाले र जोशी समूहले तालमेल गर्ने, चुनावी परिचालन समिति गठन

    तनहुँ ।३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहबीच तालमेल हुने भएको छ ।

    एमाले र जोशी समूहबीच भएको प्रारम्भिक छलफलले तालमेल गरेर जाने सहमति भएको हो । तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन भएको छ । दुवै पक्षबाट चार(चार जना सदस्य रहने गरेर समिति गठन भएको हो ।

    शक्ति सन्तुलन गरेर स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको एमाले तनहुँका सचिव राजेश्वर ढकालले बताए । ‘प्रारम्भिक छलफलमा सहकार्य गरेर जाने सहमति भएको छ । सहकार्यका लागि दुवै पक्ष सकरात्मक छौँ,ु उनले भने ।

    कुन पालिकामा कसले भाग पाउने भनेर भने सहमति भइसकेको छैन । पार्टीको प्रभाव, शक्ति सन्तुलन र हैसियतको आधारमा भागबण्डा हुने उनको भनाइ छ । ‘स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा भागबण्डा हुनेछ,ु उनले भने ।

    कांग्रेसले सम्मानजनक व्यवहार नगरेका कारण एमालेसँग सहकार्य गरेर अगाडि बढ्न बाध्य भएको जोशीपुत्र दीपराज जोशीको प्रस्टोक्ति छ । ‘कांग्रेसले माओवादीसँग तालमेल गर्न हुने जोशी समूहसँग तालमेल गर्न नहुने भन्ने के छ र रु बुवालाई नेपाली कांग्रेसको साधारण सदस्य पनि नरहने गरेर पार्टीबाट निकाल्दा खेरी हामी चुप लागेर बस्ने कुरो त हुँदैन । पेल्नेको पनि सीमा हुन्छ नि कहाँसम्म पेल्ने भनेर,ु उनले भने ।

    जोशी पुत्र दिपकराजले व्यास नगरपालिकाको मेयरमा उम्मेदवार दिने घोषणा गरेर प्रचारप्रसारमा लागिरहेका छन् । उनले नेपाली कांग्रेसमा पनि मेयरको आकांक्षीमा नाम टिपाएका थिए । तर, पार्टीले हस्ताक्षर गर्न लगाएको प्रतिबद्धता पत्रमा उनले हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनको नाम सिफारिस भएको छैन । जोशीले दिएको जानकारी अनुसार हालसम्म व्यासमा जोशी समूहले मेयर लिने र भानुमा एमालेले मेयर लिने सहमति भएको छ । जोशी समूहको पकड व्यास र भानुमा बढी छ ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला भएकाले यहाँ स्थानीय तहको निर्वाचनमा प्राप्त हुने परिणाम निकै अर्थपूर्ण तरिकाले हेरिन्छ । गठबन्धन गरेर विगतमा भन्दा अझ धेरै स्थानमा जित हासिल गर्न चाहनेले कांग्रेसलाई कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूह भारी बन्न सक्ने आँकलन भइरहेका बेला एमालेसँग तालमेल हुने सहमतीले तनहुँको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।

    १० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्य समेत नरहने गरी पाँच वर्षका लागि जोशीलाई कारबाही गरेको थियो । कांग्रेस वरिष्ठ नेता पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा जोशीलाई कारबाही गरिएको हो ।

    जोशीले हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान० लाई सघाएको आरोप छ । जोशीले यस अगाडि जिल्लाका गाउँगाउँमा पुगेर कार्यकर्ता भेटघाटको क्रममा सम्मानजनक व्यवहार नगरे तनहुँ कांग्रेसलाई सवक सिकाउने चेतावनी दिँदै आइरहेका थिए ।

  • रामचन्द समूहप्रति जोशीको कटाक्ष–तनहुँमा यसपटक मांग्रेसलाई सबक सिकाउनुपर्छ

    रामचन्द समूहप्रति जोशीको कटाक्ष–तनहुँमा यसपटक मांग्रेसलाई सबक सिकाउनुपर्छ

    तनहुँ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले पार्टी सभापति शेरबहादुर देउवा जिल्लामा आउँदा केही छद्मभेषी कांग्रेस नेताहरुले वास्तविक समस्या नभनी बाहिर बाहिर आफूसँग मिल्ने कुरा गरेको भन्दै उनीहरुलाई सबक सिकाउने चेतावनी दिएका छन् ।

    कांग्रेसले अनुशासनको कारवाही गरेपछि जिल्लामा अलग्गै समूह बनाएर बसेका जोशीले माओवादी र नेकपा एससँग मिल्ने तर आफूलाई जसरी भए पनि पर लखेट्ने राजनीतिका मूल्य तनहुँले चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

    उनले रामचन्द्र पौडेल समूहलाई मांग्रेस (माओवादी–कांग्रेसं)को संज्ञा दिँदै यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् । पौडेल नेकपा एस र माओवादीसँग गठबन्धनको पक्षमा छन् ।

    जोशीले फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्,’ बाहिर चियापसल मा जोशीसंग मिल्नु पर्छ भन्ने तनहूँका छद्मभेषी नेताहरुको अनुहार नांगिएको छ। पार्टी को सभापती जिल्ला आउँदै गर्दा तनहूँ काङ्ग्रेसको समस्या नभन्ने तर मैले बाहिर भने भन्दै हिड्ने हरु लाई यस पटक नराम्रो सबक सिकाउन पर्ने छ। यसपालि मांग्रेस ( माओबादी कांग्रेस) लाई होइन सच्चा कांग्रेस लाइ जिताउनु पर्ने भएको छ। समाजवादी र माओबादी संग मिल्ने तर जोशी लाइ जसरी भए पनि पर लखेट्ने राजनीती को मूल्य तनहुँले चुकाउनु पर्ने छ।’

  • कांग्रेस पूर्व सह-महामन्त्री जोशीको कारवाही फिर्ता लिन केन्द्रलाई जिल्लाको सिफारिस

    कांग्रेस पूर्व सह-महामन्त्री जोशीको कारवाही फिर्ता लिन केन्द्रलाई जिल्लाको सिफारिस

    रासस । नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ ।

    भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए ।

    गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जिल्ला समितिको सिफारिसमा केन्द्रीय अनुशासन समितिले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।

    निर्वाचनमा जोशीको उम्मेदवारी पौडेलको दावी विरोधपछि निर्वाचन आयोगले रद्द गरेको थियो । उम्मेदवार बन्न नपाएका जोशीले नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सघाएको आरोप लागेको थियो ।

    ‘जोशीमाथि केन्द्रले गरेको कारवाही फिर्ता लिन जिल्ला समितिमा निवेदन आएको छ, केन्द्रले कारवाही गरेकाले उक्त निवेदन केन्द्रमा नै पठाउन लागेका हौं’, आलेले भन्नुभयो ।