Tag: गोली प्रहार

  • अमेरिकाको टेक्सासस्थित एक विद्यालयमा गोली चल्याे, बालबालिकासहित २१ को मृत्यु

    अमेरिकाको टेक्सासस्थित एक विद्यालयमा गोली चल्याे, बालबालिकासहित २१ को मृत्यु

    काठमाडौं । अमेरिकाको टेक्सास प्रान्तस्थित एक प्राथामिक विद्यालयमा अन्धाधुन्द गोली चल्दा २१ जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार उक्त घटनामा १९ बालबालिकासहित २१ को मृत्यु भएको हो ।

    समाचारहरुमा जनाइए अनुसार माध्यमिक विद्यालयमा अध्ययनरत स्थानीय युवकले अन्धाधुन्द गोली चलाउँदा उक्त घटना भएको हो । घटनामा संलग्न उनको प्रहरी कारबाहीमा घटनास्थलमै मृत्यु भएको समाचारमा उल्लेख छ ।

    एबिसी टेलिभिजनका अनुसार अभियुक्तले प्राथमिक विद्यालयमा प्रवेश गरे र तुरुन्तै गोली चलाउन थालेका थिए ।

    यसअघि सन् २०१२ मा पूर्वी कनेक्टिकटको एउटा प्राथमिक विद्यालयमा एक व्यक्तिले बन्दुक चलाउँदा २० बालबालिकासहित २६ जनाको मृत्यु भएको थियो ।

    अमेरिकी राष्ट्रपति बाइडेनले घटनाप्रति दुःख व्यक्त गर्दै सरकारी निकायहरुमा २८ तारिखसम्म आधा झण्डा झुकाउन निर्देशन दिएका छन् ।

  • जनकपुरमा एक युवकमाथि गोली प्रहार: पेस्तोल बरामद, प्रहार गर्ने फरार

    जनकपुरमा एक युवकमाथि गोली प्रहार: पेस्तोल बरामद, प्रहार गर्ने फरार

    जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १९ बेंगाशिवपुरमा एक यूवकमाथि गोली प्रहार भएको छ ।

    धनुषाका एसपी वसन्त रजौरेका अनुसार गोली प्रहारबाट १८ वर्षीय मुकेश मुखिया घाइते भएका छन् । कमला नगरपालिका– ७ का मुखियामाथि शनिबार राति गोली प्रहार भएको हो । उपचारका लागि उनलाई काठमाडौं लगिएको छ ।

    मुखिया बेंगाशिवपुरस्थित मामा भोगी मुखियाको घरमा बस्दै आएका छन् । मामाको किराना पसलमा बसेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

    एसपी रजौरले गोली प्रहार गर्ने व्यक्ति फरार भएको र घटनास्थलबाटै पेस्तोल बरामद भएको जानकारी दिए । उनले गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको र खोजी गरिरहेको बताए ।

  • अमेरिकामा गोली प्रहारबाट थप ८ जनाको मृत्यु

    अमेरिकामा गोली प्रहारबाट थप ८ जनाको मृत्यु

    क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा रेल यातायातमा काम गर्ने एक कामदारले गोली प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ । उनले हत्या गरेर आफ्नो पनि ज्यान लिएको प्रहरीले जनाएको छ ।

    सान होजेको भ्याली ट्रान्सपोर्टेशन अथोरिटीमा काम गर्ने ५७ बर्षका साम क्यासिडीले गाली चलाएका थिए । उक्त घटनामा गम्भिर घाइते भएका एक स्थानियलाई अस्पतालमा उपचार भइरहेको छ । के कारणले घटना भएको भन्ने बारे प्रहरीले सार्वजनिक गरेको छैन ।

    अमेरिकामा नरसंहारका घटना महामारीका रुपमा वृद्धि भइरहेको यो पछिल्लो घटना हो । स्थानियका अनुसार बिहान साढे ७ बजे गोली चलेको थियो । मृतकमध्ये एकजना भारतीय भएको प्रहरीले जनाएको छ ।

    उत्त बन्दुकधारीले यातायात सेवामा सन् २०१२ देखि नै काम गर्दै आएको जनाइएको छ ।

  • अमेरिकामा गोली प्रहारबाट नेपाली विद्यार्थीको मृत्यु

    अमेरिकामा गोली प्रहारबाट नेपाली विद्यार्थीको मृत्यु

    मेरिल्यान्ड । अमेरिकाको मेरिल्यान्ड राज्यमा भएको अन्धाधुन्द गोली हानाहानको घटनामा एक नेपालीले ज्यान गुमाएका छन् ।

    ज्यान गुमाउने चारमध्ये एकजना नेपाली रहेको अधिकारीहरुले जनाएका छन् ।

    मृत्यु हुने नेपालीमा संखुवासभा घर भएका २४ वर्षका सागर घिमिरे रहेको जनाइएको छ । उनी गत अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जवर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट ग्राजुएट भएका थिए ।

    उनी झन्डै एकसाता अगाडिमात्र वुडल्यान कम्प्लेक्समा बसाई सरेका थिए । बाल्टिमोर काउन्टी पुलिस डिपार्टमेन्टले प्रेस वक्तब्य जारी गर्दै मृतकहरुको पहिचान सार्वजनिक गरेको थियो ।

    उक्त घटनामा अर्का एक नेपालीको घर पूर्णरुपमा जलाइएको छ भने त्यहाँ कम्तीमा दुई घर पुरै र दुई घर आंशिक रुपमा जलेको बताइएको छ ।