Tag: गोली चल्यो

  • अमेरिकाको अस्पतालमा गोली चल्यो, कम्तिमा चारजनाको मृत्यु

    अमेरिकाको अस्पतालमा गोली चल्यो, कम्तिमा चारजनाको मृत्यु

    काठमाडौं । ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोलाबारी चलेको हो ।

    आक्रमणमा बन्दुकधारी पनि मारिएका छन् । उनी आफूलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा मारिए भन्ने बारेमा भने प्रष्ट भइसकेको छैन। ‘हामी सेन्ट फ्रान्सिस अस्पताल क्याम्पसमा गोलाबारी गर्ने व्यक्तिसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्न सक्छौं । अधिकारीहरूले अझै भवन खाली गरिरहेका छन् । थप जानकारी आउन बाँकी छ’, तुल्सा प्रहरीले आफ्नो आधिकारिक अकाउन्टबाट खाताबाट ट्वीट गरेको छ ।

    आक्रमणबारे प्रहरीले राष्ट्रपति जो बाइडेनलाई जानकारी गराएको छ ।

  • मेक्सिकोको लास टिनाजस सहरमा गोली चल्यो, १९ जनाको मृत्यु

    मेक्सिकोको लास टिनाजस सहरमा गोली चल्यो, १९ जनाको मृत्यु

    काठमाडौं । मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको छ ।

    ‘तीनजना महिलासहित १६ जनाको शव फेला परेको छ । उनीहरुलाई बन्दुकको गोली लागेको थियो’, एफजीईले भनेको छ ।

    आक्रमणमा अरू दर्जनौँ घाइते भएका छन् । संघीय अधिकारीहरूले हिंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्ने उद्देश्यका साथ काम गरिरहेका मिचोआकानको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले एउटा ट्वीटमा भनेको छ ।

    अधिकारीहरुले आक्रमणको कारणबारे केही जानाकारी दिएका छैनन् । मिचोआकान र छिमेकी गुआनाजुआटो मेक्सिकोका दुई हिंसाग्रस्त राज्यहरू हुन् । लागू औषध र अन्य गैरकानूनी गतिविधिका कारण यी राज्यमा बारम्बार आपराधिक घटना हुने गर्छन् ।

  • प्यूठानमा कांग्रेसकाे मतगणना स्थलमा गाेली चल्याे, ७ जना घाइते, मतगणना स्थगित

    प्यूठानमा कांग्रेसकाे मतगणना स्थलमा गाेली चल्याे, ७ जना घाइते, मतगणना स्थगित

    रूपन्देही । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा आक्रमण भएपछि गोली चलेको छ । साे घटनामा ७ जना घाइते भएका छन् ।

    मतगणनाको क्रममा पौडेल – सिटौला पक्षका बिष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आक्रमण गरेको थियो । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ ।

    मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भएको हो। प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा ९ जना घाइते भएका छन । जसमा दुई जना सुरक्षाकर्मी तथा सात जना कांग्रेस कार्यकर्ता रहेका छन् । दुई जना गम्भिर घाइतेलाई थप उपचारका लागि बाहिर पठाइएको  छ ।

    घाइते हुने सुरक्षाकर्मीमा प्रहरी जवान गोपाल जिसी र एक अर्का प्रहरी जवान पनि रहेका छन्  त्यस्तै, प्रदर्शनकारीतर्फ घाइते हुनेमा २३ बर्षिया चन्द्र बहादुर गाह, कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका -२ का २० बर्षिया कमल घर्ती,नौबहिनी -६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका -७ का खेमराज पण्डित रहेका छन । घाईतेलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याईएको छ।

    देउवा र पौडेल – सिटौला पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा आक्रमण भएको थियो । आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ। निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल र पौडेल सिटौला पक्षबाट बिष्णु कुमार गिरी मैदानमा छन ।

    यो समाचार तयार पार्दा सम्म जिल्ला सभापती पदका लागि खसेकोकुल १०६५ मत मध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन। अब जम्मा ६५ मत गणना हुन बाँकी छ । गिरि पक्षका कार्यकर्ता विजयी घोषणा गरि खुशी मनाईरहेका छन भने रिजाल पक्षले असन्तुष्टि जनाउदै नाराबाजी गरिरहेका छन् ।

    प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मतगणनास्थलमाआक्रमण गरिएपछि केही समय तनाब भएपनि अहिले स्थिति नियन्त्रणमा आएको नेपाल प्रेसलाई बताए । उनले प्रहरीतर्फ दुई जना र प्रदर्शनकारी तर्फबाट पनि ५ जना घाइते भएकाे तथा मतपेटिका सबै सुरक्षित रहेकाे बताए ।

    घटनामा घाइते ९ जनामध्ये ७ जनाकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ भने दुई जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको एक प्रहरीले बताए ।