Tag: गोली

  • सिंहदरबारभित्र राष्ट्रियसभा उपाध्यक्षको कार्यकक्षमै बन्दूक पड्कियो

    सिंहदरबारभित्र राष्ट्रियसभा उपाध्यक्षको कार्यकक्षमै बन्दूक पड्कियो

    काठमाडौं । सिंहदरबारमा बन्दुक पड्किएको छ । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली पड्केको बताइएको छ । के कसरी गोली पड्क्यो भन्ने बिषयमा खुलिसकेको छैन । तर, भारतीले पेस्तोल चलाइरहेका बेला एक्कासी गोली चलेको उपाध्यक्ष दाहाललको सचिवालयले जनाएको छ ।

    ‘दिउँसो उपाध्यक्षको कार्यकक्षमा बसेको बेला गोली चलेको हो’, सचिवालयले भन्यो, ‘चलाउदै गर्दा पड्किएको हो । गोली कोही कसैलाई पनि लागेको छैन ।’

    भारतीको भनाइलाई उदृत गर्दै सचिवालय स्रोतले भन्यो ‘नयाँ पेस्तोल बोकेको थिएँ । रजिष्ट्रेशन नम्बर टिपाउन खोज्दा पड्किएको हो ।’ पेस्तोल पड्किएलगत्तै सुरक्षा निर्देशनालयले पीएसओ भारतीलाई फिर्ता बोलाइसकेको छ ।’

    नेपाल प्रहरीको सिंहदरबार सुरक्षा इकाइले के कसरी गोली चलेको भन्ने विषयमा सोधपुछ तथा अनुसन्धान गरिरहेको जनाइएको छ । यसैबीच थप सोधपुछका लागि पीएसओ भारतीलाई फिर्ता बोलाइएको सुरक्षा स्रोतले जनाएको छ ।

    भारती करिव तीन महिनाअघि दाहालको पीएसओ नियुक्त भएकी थिइन ।

  • दाङमा गोली चल्यो, दुई पक्राउ

    दाङमा गोली चल्यो, दुई पक्राउ

    रुपन्देही । दाङमा गोली चलाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर–८ टिकरी बस्ने २४ वर्षीय पुर्ण वली र २१ वर्षीय आकास चौधरी रहेको प्रहरीले बताएको छ । प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ ।

    उनीहरुलाई शुक्रबार दिउँसो टिकरी नजिकै अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनीहरुले जग्गा विवादमा गोली चलेको बताइएको प्रहरीले जनाएको छ ।

    तर कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • रोल्पामा आधुनिक हतियारको गोली र म्याग्जिन भेटियो

    रोल्पामा आधुनिक हतियारको गोली र म्याग्जिन भेटियो

    दाङ । रोल्पामा प्रहरीले आधुनिक हतियारको गोली फेला भेटेको छ । त्रिवेणी गाउँपालिका-२ रामपुरमा सैन्य हतियारका म्याग्जिन तथा गोली बरामद भएको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।

    बाँसघारीमा लुकाएर राखेको अवस्थामा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान, एके ४७ को ७ सय ५२ थान गोली, ७।६२ मीमीको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली फेला परेको छ ।

    स्थानीयको सूचनाका आधारमा प्रहरीले ती सामग्री फेला पारेको हो । ती सामान कसले किन राख्यो भन्ने विषयभा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • लहानमा गोली हानेर सुनचाँदी व्यवसाय गर्ने युवकको हत्या, श्रीमती घाइते

    लहानमा गोली हानेर सुनचाँदी व्यवसाय गर्ने युवकको हत्या, श्रीमती घाइते

    जनकपुरधाम । सिरहाको लहान नगरपालिका-२२ मा सुनचाँदीका पसल गरेका एक युवकलाई लुटेरा समूहले गोली हानेर हत्या गरेका छन् ।

    मृतकको नाम खुल्न सकेका छैन ।

    लुटेराले ती युवकका श्रीमतीमाथि समेत गोली हानेको र उनलाई उपचारका लागि स्थानीय सप्तऋषि अस्पताल लगिएको  सिरहाका एसपी सुदीपराज भण्डारीले बताए । एसपी भण्डारी अहिले घटनास्थलमा रहेको र थप अनुसन्धान भइरहेको बताए ।

    प्रहरीका अनुसार गोली हानी हत्या गरिएका युवक वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल गर्दै आएका थिए ।

    श्रीमतीसँग त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएको बुझिएको छ ।

  • खेतमा गाडेको अवस्थामा भेटियो १८५ राउण्ड गोली

    खेतमा गाडेको अवस्थामा भेटियो १८५ राउण्ड गोली

    काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका १ लक्ष्मीझारमा १ सय ८५ राउण्ड गोली भेटिएको छ ।

    लक्ष्मीझार बस्ने दल बहादुर लिम्बुको खेतबारीबाट ७.६२ एमएम को १ सय ८५ राउण्ड गोली बुधबार दिउँसो प्रहरीले फेला पारेको हो ।

    लिम्बुले खेतबारी खन्ने क्रममा प्लाष्टिकभित्र पोका पारी माटो मुनी गाडेको बेवारिसे अवस्थामा उक्त गोली फेला पारेका थिए ।

    ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले गोली बरामद गरेको प्रहरीले जनाएकोे छ ।