Tag: गैँडाको खाग

  • गैँडाको खागसहित बौद्धबाट ६ जना पक्राउ

    गैँडाको खागसहित बौद्धबाट ६ जना पक्राउ

    काठमाडौं । बौद्धबाट गैँडाको खागसहित ६ जना पक्राउ परेका छन् । अवैधरूपमा बिक्री गर्ने उनीहरूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाको टोलीले जनाएको छ ।

    पक्राउ पर्नेमा काभ्रे बेदान गाउँपालिका- ४ का ४१ वर्षीय वीरमान तामाङ, काभ्रे पाँचखाल नगरपालिका- ६ का ४२ वर्षीय वदबहादुर दनुवार, काठमाडौं बौद्धका ४१ वर्षीय भीमबहादुर थिङ, काभ्रे पाँचखालका २० वर्षीय नवराज गिरी, काभ्रे खानिखोला गाउँपालिका- ५ का ३२ वर्षीय भीम तामाङ र काभ्रे पाँचखाल नगरपालिका- ३ कै ३१ वर्षीय सोहन कार्की छन् ।

    उनीहरूबाट एक किलो १० ग्राम खाग बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका डिभिजन वन कार्यालय काठमाडौं पठाइएको छ ।