Tag: गृहमन्त्री रामबहादुर थापा

  • सुरक्षा निकायलाई कोरोना नियन्त्रणमा परिचालन हुन गृहमन्त्री थापाको आग्रह

    सुरक्षा निकायलाई कोरोना नियन्त्रणमा परिचालन हुन गृहमन्त्री थापाको आग्रह

    मकवानपुर । गृहमन्त्री रामबहादुर थापाले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन् ।

    उनले आज बिहान हेटौँडामा वाग्मती प्रदेशका सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी र सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतसँग भेटघाट गर्दै कोरोना नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गरेर जनतालाई कोरोनाबाट भयभित हुनबाट मुक्त तुल्याई उनीहरुको उपचार कार्यमा सहजीकरण तुल्याउन सम्बन्धित कार्यालय प्रमुखले आफ्नो स्रोत साधन परिचालन गरी सहयोग पुर्‍याउन आग्रह गरे ।

    मन्त्री थापाले प्रदेशका हरेक जिल्लामा जनतालाई शान्ति, सुरक्षा मानवअधिकारको प्रत्याभूति दिलाउन एवं अपराध नियन्त्रणका लागि सङ्घीय सरकारले हरप्रयासका साथ सीमित स्रोत साधन परिचालन गरी जनतालाई विश्वस्त तुल्याउन सरकार कटिबद्ध रहेको पनि उल्लेख गरे ।

    मन्त्री थापालाई मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले मकवानपुर जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रणका लागि भइरहेको प्रयास जिल्लाको शान्ति सुरक्षाको अवस्था र जिल्लामा हाल जनतालाई पुर्‍याउनैपर्ने सेवाको लागि सामान्यरूपमा भए पनि कर्मचारी राखेर सेवा सुविधा दिइएको पनि जानकारी दिएका थिए ।

    गृहमन्त्री थापाले जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनका विभिन्न कार्यकक्षको पनि अवलोकन गरेका थिए । रासस

  • बादललाई पनि कारबाही, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

    बादललाई पनि कारबाही, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कारबाही गरेको छ।

    थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाएका हुन् । ‘हामीले दल त्याग गरेको पत्र बुझाइ सक्यौं,’ शर्माले भने, ‘संसद सचिवालयका कर्मचारी साथीहरुले दर्ता गर्दै हुनुहुन्छ ।’

    त्यस्तै माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ। उनलाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी शर्माले दिए।

    यसअघि माओवादी केन्द्रले एमालेमा गएका टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई समेत कारबाही गरिसकेको छ।

    पदमुक्त भएका उनीहरुको आजै पुनर्नियुक्ति र सपथ हुने कार्यक्रम छ।

  • प्रधानमन्त्रीको प्रतिनिधि बनेर गृहमन्त्री धर्ना स्थलमा, रेशम चौधरीको रिहाइबारे सरकारले वार्ता टोली गठन गर्ने (भिडियो)

    प्रधानमन्त्रीको प्रतिनिधि बनेर गृहमन्त्री धर्ना स्थलमा, रेशम चौधरीको रिहाइबारे सरकारले वार्ता टोली गठन गर्ने (भिडियो)

    काठमाडौं । कारागारमा रहेका सांसद रेशम चौधरीको रिहाइबारे वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने भएको छ। चौधरीको रिहाइका लागि राजधानीको माइतीघर मण्डलामा पाँच दिनदेखि चलिरहेको धर्ना कार्यक्रममा सहभागि गृहमन्त्री रामबहादुर थापाले यस्तो जानकारी दिएका हुन्।

    बिहीबार धर्ना स्थल माइतीघर मण्डलामा पुगेका थापालाई थारु अगुवाले १९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए। त्यसलाई सरकारले सम्बोधन गर्ने बताउँदै उनले सरकारले वार्ता टोली बनाउने जानकारी दिएका हुन्।

    ‘यसरी तपाईंहरुले निरन्तर धर्ना दिएर मात्रै समस्याको हल हुँदैन,’ थापाको भनाइ छ, ‘हल गर्नका लागि तपाईंहरुले वार्ता टोलि गठन गर्नूहोस् । सरकारका तर्फबाट पनि आज क्याबिनेट छ, त्यहाँबाट वार्ता टोली गठन र्छौं। अब छिट्टै वार्तामा बसेर यी १९ बुँदे समस्याहरु राख्नु भएको छ, यसलाई हामी वार्ता र संवादबाट नै निष्कर्षमा लगेर हल गर्ने सोचेका छौं ।’

    नयाँ सत्ता समीकराणका लागि सत्तारुढ एमाले र जसपाबीच भएको वार्तामा चौधरी रिहाइको विषय पनि उठ्ने गरेको छ। टीकापुर घटनामा चौधरीलाई अदालतले दोषी ठहर गरेपछि उनी लामो समयदेखि डिल्लीबजार गारागारमा छन्। पछिल्लो पटक उनको रिहाइको विषय फेरि चर्चामा आएको छ।

    आफू प्रधानमन्त्रीका तर्फबाट धर्ना स्थलमा आएको बताउँदै गृहमन्त्री थापाले सरकार पनि यो समस्या समाधान गर्ने पक्षमा रहेको बताए। ‘प्रधानमन्त्रीको तर्फबाट, सरकारको तर्फबाट म अहिले उपस्थित भएको छु,’ थापाको भनाइ छ, ‘हामी पनि यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने पक्षमै छौं । यी विषयहरु उठाउनु भएको छ, यी विषयप्रति सरकारको धारणा सकारात्मक नै छ ।’

  • भागरथी हत्याका आरोपी पक्राउपछि प्रहरीलाई गृहमन्त्रीको धन्यवाद

    भागरथी हत्याका आरोपी पक्राउपछि प्रहरीलाई गृहमन्त्रीको धन्यवाद

    काठमाडौं । बैतडीकी चेली भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त पक्राउ गर्न सफल भएकोमा गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीलाई धन्यवाद दिएका छन् ।

    सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ ।

    फेसबुकमा थापाले लेखेका छन्, ‘निकै संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद । सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृह मन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन प्रतिवद्ध रहेको दोहोर्याउन चाहन्छु ।’