Tag: गण्डकी प्रदेश प्रमुख

  • नवनियुक्त गण्डकी प्रदेश प्रमुखले भने- कांग्रेस महाधिवेशनमा निष्क्रिय हुन्छु

    नवनियुक्त गण्डकी प्रदेश प्रमुखले भने- कांग्रेस महाधिवेशनमा निष्क्रिय हुन्छु

    चितवन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान सरकारले आफ्नो निष्ठाको राजनीतिको आधारमा जिम्मेवारी दिएको बताएका छन् ।

    भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले अब सक्रिय राजनीतिमा नलाग्ने समेत बताए । राज्यको अंग बनेकाले अब दलीय राजनीतिमा नलाग्ने उनको भनाइ थियो । ‘अब म कुनै एक दलको मान्छे होइन, सबैको भावना समेट्नुपर्छ, उनले भने, ‘कांग्रेसको आसन्न महाधिवेशनमा म निष्क्रिय बन्नेछु ।’ सरकारले दिएको जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने बताए ।

    ‘वर्तमान सरकार आएपछि झक्झकाएको थिएँ, तर ठूलो दबाब दिएको थिइन’, उनले भने, ‘मेरो राजनीतिक पृष्ठभूमिलाई दृष्टिगत गरेर पाएको जिम्मेवारी पूरा गर्नेछु ।’

    मुलुकको ऐन, कानून र लोकतन्त्र मजबुत पार्न आफू प्रतिबद्ध रहेको भन्दै गुरुङले आफ्नो वुद्धि र विवेक अनुसार प्रदेश विकासमा लाग्ने बताए । भरतपुर महानगरको दिव्यनगर घरमा आएका उनलाई चितवन कांग्रेसका नेता कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए । सोक्रममा भरतपुर क्यान्सर अस्पतालमा रहेको वीपीको शालिकमा गुरुङले माल्यार्पण गरे ।

  • गण्डकी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनका लागि आव्हान

    गण्डकी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनका लागि आव्हान

    काठमाडौं । गण्डकी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका प्रदेश प्रमुखले ३ दिनको समय दिएकी छिन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

    मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गरेसँगै गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया शुरू भएको हो । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।