Tag: खोप

  • लुम्बिनीमा १३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

    लुम्बिनीमा १३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

    रुपन्देही । बालबालिकालाई टाइफाइडबाट जोगाउन सरकारले खोपको व्यवस्था गरेको छ । टाइफाइडका बिरामीहरु बढ्दै गएपछि लुम्बिनीका १२ जिल्लाहरुमा १५ महिनादेखि १५ वर्षसम्मका करिब १३ लाख बालबालिकालाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले चैत २२ गतेदेखि २८ गतेसम्म लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाइफाइडविरुद्धको खोप लगाइने जानकारी दिएका छन् ।

    टाइफाइडबाट उनसुकै उमेर समूहका व्यक्तिहरु प्रभावित हुनसक्ने भएपनि पहिलो चरणमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिका यो रोगबाट बढी प्रभावित देखिएकाले खोप लगाउन थालिएको शर्माले जानकारी दिए । यो उमेर समूहमा ११ प्रतिशतभन्दा बढीलाई यो रोगले प्रभावित पारेको छ ।

    उनले टाइफाइडबाट बच्नको लागि थाइपोइड खोप लगाउने जानकारी दिदै भारतमा उत्पादित यो खोपको प्रभावकारिता ९६.९५ प्रतिशत रहेकोले डर नमानी खोप लगाउन सकिने बताए ।

    चैत २२ गतेदेखि शुरु हुने खोप अभियान चैत २८ गतेसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरुको वार्षिक परीक्षा भएकोले बैशाख पहिले नै खोप अभियान सकिने स्वास्थ्य निर्देशनालयले तयारी गरेको वास्थ्य निर्देशनालय लुम्बिनीका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए ।

    दूषित पानीको कारणले लाग्ने टाइफाइड, अस्पताल भर्ना हुनेको कारणमध्ये चौथो कारण भएकोले अभियान नै शुरु गरेर कार्यक्रम गर्न लागिएको र यो अभियान पहिलो पटक चलेकाले आगामी दिनमा नियमित लगाउन मिल्नेगरी अगाडि बढिने उनले बताए ।

  • ६ महिनाभित्र सबै नागरिकलाई खोपको प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

    ६ महिनाभित्र सबै नागरिकलाई खोपको प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाभित्र सबै नेपाली नागरिकलाई कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउने प्रबन्ध गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्रको आज बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले चैत मसान्तभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने सरकारको लक्ष्य सफल हुनेगरी काम गर्न निर्देशन दिएका हुन् ।

    अघिल्लो सरकारले कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसिएमसी) केन्द्र गठन गरेको थियो । अध्यादेशबाट गठित सो केन्द्र निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेश मार्फत् कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो । आज बसेको पहिलो बैठकले केन्द्रको जनशक्ति व्यवस्था र संगठन संरचना समेत स्वीकृत गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले अनुदान वा खरिद जसरी भएपनि सबै नागरिकलाई खोप उपलब्ध गराउनेमा जोड दिएको जानकारी दिए ।

    बैठकमा स्वास्थ्य मन्त्रालयले हालसम्म कुल जनसंख्याको २२ प्रतिशतले दुवै खोप लगाएको र ३४ प्रतिशतले पहिलो खोप लगाएको तथ्याकं प्रस्तुत गरेको थियो ।  सचिव न्यौपानेका अनुसार बैठकले कोभिड संकट व्यवस्थापनका लागि यसअघि गरेको कामका लागि सिसिएमसीलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

  • तीन जिल्लामा कोरोनाको पूर्ण मात्राको खोप लगाइयो

    तीन जिल्लामा कोरोनाको पूर्ण मात्राको खोप लगाइयो

    काठमाडौं । कोरोनाभाइरसविरुद्धको खोप तीन जिल्लामा पूर्णमात्रामा लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसंख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिएका छन् ।

    यस्तै काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्णमात्राको खोप लगाएको छ । मुलुकभरि करिब १८ प्रतिशत जनसंख्याले पूर्णमात्राको खोप लगाएका छन् ।

    सरकारले यही असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ । कूल दुई करोड १३ लाख जनसंख्यालाई खोप लगाउने सरकारको तयारी रहेको छ । नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ । आज एक लाख ५६ हजार १८ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० जनाले र पूर्णमात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेको छन् ।

  • ४४ लाख डोज भेरोसेल खोप बिहीबार नेपाल आइपुग्दै, एक हप्ताभित्रै १ लाख डोज फाइजर पनि आउने

    ४४ लाख डोज भेरोसेल खोप बिहीबार नेपाल आइपुग्दै, एक हप्ताभित्रै १ लाख डोज फाइजर पनि आउने

    काठमाडौं । कोरोनाभाइरस विरुद्धको ४४ लाख डोज भेरोसेल खोप बिहिबार नेपाल आउने भएको छ । सरकारले चीनबाट पछिल्लो पटक ६० लाख डोज खोप खरिद गरेको थियो । जसमा १६ लाख एक साता अघि नै आइसकेको छ ।

    व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार खोप लिनका लागि भदौ ३० गते नेपाल वायुसेवा निगमको जहाज चीन जाने तयारी छ ।

    यसअघि २४ लाख कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख डोज अस्ट्राजेनेका खोप आइसकेको छ । साथै सरकारले यही साताभित्र १ लाख डोज फाइजर खोप ल्याउने भएको छ ।

    स्तनपान गराइरहेका महिला र १२ वर्षभन्दा माथि उमेर समूहका नागरिकहरुलाई लगाउन खोप ल्याउन लागिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

  • काठमाडौंमा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण मात्रा खोप

    काठमाडौंमा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण मात्रा खोप

    काठमाडौं । काठमाडौंमा कोभिड– १९ विरुद्धको पूर्ण खोप ४० प्रतिशत नागरिकले लगाइसकेका छन् ।

    शुक्रबारसम्म पहिलो मात्राको खोप ४८ प्रतिशतले लगाएका छन् भने ४० प्रतिशतले दुवै मात्राको खोप लगाएको स्वास्थ्य कार्यलयका प्रमुख बद्रीबहादुर खड्काले बताए ।

    शंकरापुर नगरपालिका र दक्षिणकालीमा १८ वर्ष भन्दा माथिकाले पहिलो डोज खोप शतप्रतिशतले लगाइसकेको खड्काले जानकारी दिए ।

  • खोपको म्याद गुज्रिएको भन्ने हल्लाको पछाडि नलाग्न स्वास्थ्य मन्त्रालयको आग्रह

    खोपको म्याद गुज्रिएको भन्ने हल्लाको पछाडि नलाग्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले अहिले लगाइएको कोभिड–१९ विरुद्धको खोपको म्याद गुज्रिएको भन्दै फैलाइएको हल्लाकोपछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

    सामाजिक सञ्जालमा मिति सकिएको खोप प्रयोग भएको भन्दै अफवाह फैलिएकोबारे मन्त्रालयले भ्रममा नपर्न आग्रह गरेको हो ।

    भुटानबाट आएको २ लाख ३० हजार खोपको म्याद अगस्टसम्म रहेको थियो र त्यो खोप एक हप्ता अगाडी लगाइसकेको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

    सरकारले १८ वर्षभन्दा माथिका कक्षा १२ का परीक्षार्थीहरुलाई र सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकलाई अस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको थियो । म्याद सकिनु अघि खोपको प्रयोग भइसकेको गौतमले बताए । उनले हल्लाको पछि नलागी खोप लगाउन आग्रह गरेका छन् ।

  • कक्षा १२ र उच्चशिक्षा तहका परिक्षार्थीलाई अस्ट्राजेनेका खोप दिने सरकारको निर्णय

    कक्षा १२ र उच्चशिक्षा तहका परिक्षार्थीलाई अस्ट्राजेनेका खोप दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले कक्षा १२ र उच्च शिक्षाका परिक्षार्थीहरुलाई प्रवेशपत्रका आधारमा कोभिड–१९ विरुद्धको अस्ट्राजेनेका खोप दिने भएको छ ।

    १८ वर्ष वा सो भन्दा बढी उमेर समूहका परीक्षार्थीहरुले राष्ट्रिय परिक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, विभिन्न विश्वविद्यालयहरू तथा प्रतिष्ठानबाट उपलब्ध गराइएको प्रवेश पत्रको आधारमा खोप दिईने मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयले तोकेको खोपकेन्द्रमा गएर परीक्षार्थीहरुले कोरोनाविरुद्धको खोप लगाउन सक्नेछन् । जापानबाट उपलब्ध अष्ट्राजेनेका खोप कक्षा १२ का परीक्षार्थीलाई दुवै मात्राको खोप दिईने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

    कोभिड–१९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।

  • खोप भनेर जर्मनीमा नर्सले लगाइदिइन् आठ हजार जनालाई नुन पानी !

    खोप भनेर जर्मनीमा नर्सले लगाइदिइन् आठ हजार जनालाई नुन पानी !

    बर्लिन । जर्मनीमा एक नर्सले कोभिड-१९ विरुद्धको खोप भनेर आठ हजारभन्दा बढी मानिसहरुलाई स्लाइन पानी लगाईदिएको खुलासा भएको छ ।

    उक्त घटना नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको हो । गत मार्च र अप्रिलमा ६ जनालाई नुन पानी दिएको खुलासा भएपछि उक्त घटनालाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई स्लाइन दिएको स्वीकार गरेकी थिइन् । प्रहरी अनुसन्धानमा उनले फाइजरको खोप लगाउने धेरै मानिसलाई नुनपानी खोप लगाएको पुष्टि भएको छ ।

    लगाइएको खोपमध्ये ७० वर्षभन्दा माथि उमेरका समूहका मानिसहरू बढी रहेको बीबीसीले जनाएको छ । प्रहरीले उक्त घटना राजनीतिक स्वार्थबाट प्रेरित हुनसक्ने सम्भावना रहेको बताएको छ ।

    क्षेत्रीय प्रसारक एनडीआरले ८,५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ । जसमध्ये ३,६०० जनाले मात्र खोप दोहोर्‍याउनका लागि समय लिएको बीबीसीले जनाएको छ । जर्मनीमा पहिला पनि खोपविरुद्ध थुप्रै प्रदर्शन भइसकेको छ ।

  • पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

    पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

    पोखरा । पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताका आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए ।

    उनका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउण्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेण्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो । प्रत्येक खोपकेन्द्रमा ५०० खोपको व्यवस्था गरिएको शर्माले जानकारी दिए ।

    परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले निकै लामो समयको प्रयासपछि पहिलो चरण सरकारले पर्यटन क्षेत्रलाई दुई हजार ५०० खोप छुट्याएको बताए । ‘हामीले निकै लामो समयदेखि तीन तहकै सरकारलाई खोपको माग गर्दै आएका थियौँ, अहिले पहिलो चरणमा जम्मा दुई हजार ५०० खोप उपलब्ध भयो’, भट्टराईले भने ।

    उनले पहिलो चरणको खोप अग्रमोर्चामा खटिने मजदुर, कर्मचारी र व्यवसायीलाई प्रबन्ध गरिएको जानकारी दिए । उनले अहिले लगाइएको खोप पर्याप्त नभएको जनाउँदै पुनः बाँकी पर्यटनकर्मीका लागि पनि सरकारले छिटो खोप उपलब्ध गराउनेमा आशावादी रहेको बताए । उनका अनुसार पोखरामा २० हजारभन्दा बढी पर्यटन क्षेत्रमा आबद्ध छन् ।

    गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकमार थापाले खोपकेन्द्रको संयुक्त अनुगमन गरेका थिए । मन्त्री कँडेलले पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रलाई प्राथमिकता राखेको जनाउँदै छिट्टै बाँकी पर्यटनकर्मीका लागि खोपको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    परिषद्का सदस्य एवं पर्यटन क्षेत्रमा आबद्ध पश्चिमाञ्चल होटल एशोसिएशन (हान), ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल पश्चिमाञ्चल (टान), नेपाल टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा), रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान), नेपाल हवाई खेलकुद संस्था (ना), पोखरा ट्याक्सी व्यवसायी समिति, पर्यटन यातायात व्यवसाय समिति, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), पर्वतारोहण सङ्घ गण्डकी (एनएमए) इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसियशन (एगा), ट्रेकिङ इक्युपमेन्ट सप एशोसियन (टेसा), महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ०, पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) लगायत २५ भन्दा बढी सङ्घसंस्थाका सदस्यहरुले खोप लगाएको परिषद्का उपाध्यक्ष एवं कार्यक्रमका संयोजक पोमनाराण श्रेष्ठ जानकारी दिए ।

    परिषद्ले पर्यटनकर्मीलाई खोपको सुनिश्चितता नभएसम्म पर्यटन व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले ‘नो भ्याक्सिन, नो टुरिजम’ भन्दै सामाजिक सञ्जाललगायत जिल्ला प्रशासन अगाडि विभिन्न चरणमा दबाबमूलक आन्दोलनसमेत गरेको थियो । रासस

  • काभ्रेका ज्येष्ठ नागरिकलाई घरघरमै खोप

    काभ्रेका ज्येष्ठ नागरिकलाई घरघरमै खोप

    बनेपा । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उनीहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घर–घरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

    नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भने ‘आज म खुशी छु । नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।’ उनलाई नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो ।

    सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उनलाई खोप कार्ड प्रदान गर्दै ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिए ।

    नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घर–घरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन् । नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो ।

    नगरपालिकामा ६५ वर्षमाथि एक हजार ७०७ नागरिक रहेका बताइएको छ । नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ उनले भने, ‘कोही नागरिक खोपबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित अभियान चलाइरहेका छौँ ।’ नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रासलगायतका स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ ।

    आइसोलेसनमा बिरामीको चाप बढ्यो

    पछिल्लो समय कोभिड–१९ बाट संक्रमित हुनेको सङ्ख्या बढ्न थालेसँगै नमोबुद्ध–४ मा स्थापना गरिएको आइसोलेशन केन्द्रमा संक्रमितको चाप बढेको छ । पछिल्लो एक सातामा केन्द्रमा लक्षणसहितका बिरामीको चाप ह्वात्तै बढेको बताइएको छ । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्तरूपमा सञ्चालन गरिएको केन्द्रमा हाल १४ कोभिडका बिरामी रहेको केन्द्रका प्रमुख मथुरा सत्यालले जानकारीदिए । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार मात्रै ७५ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

  • जापानबाट ५ लाख ४८ हजार डोज अस्ट्राजेनेका खोप आज काठमाडौं आइपुग्यो

    जापानबाट ५ लाख ४८ हजार डोज अस्ट्राजेनेका खोप आज काठमाडौं आइपुग्यो

    काठमाडौं । जापानले कोभ्यास संयन्त्रमार्फत उपलब्ध गराउने घोषणा गरेको १६ लाख डोज अस्ट्राजेनेका खोपमध्ये ५ लाख ४८ हजार डोज आज काठमाडौं आइपुगेको छ । थप २ लाख ५२ हजार डोज खोप भोलि आइतबार आइपुग्ने भएको छ ।

    शनिबार बिहान नेपाल आइपुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि जापानी राजदूत किकुता यातुकाले हस्तान्तरण गरेका हुन्। 

    जापान सरकारले कोभ्यासमार्फत १६ लाख डोज अस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराउने घोषणा गरेको थियो।

  • असोजसम्म १ करोड ८३ लाख डोज खोप आइपुग्ने, १० प्रतिशत मुनाफा लिएर खोप खरिद गर्न अनुमति

    असोजसम्म १ करोड ८३ लाख डोज खोप आइपुग्ने, १० प्रतिशत मुनाफा लिएर खोप खरिद गर्न अनुमति

    काठमाडौं । सरकारले आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाउने घोषणा गर्दै विभिन्न खोप उत्पादक मुलुकबाट खोप प्राप्त हुने क्रम जारी रहेको जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै खोप आयात र तेस्रो लहरको चुनौतिविरुद्ध लड्न आवश्यक पूर्वाधार स्थापनाको प्रगतिबारे जानकारी गराएको छ ।

    चीनको साइनोफार्म कम्पनीबाट थप ६० लाख डोज भेरोसेल खोप खरिद प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । जापानबाट आउने १६ लाख डोज अस्ट्राजेनेका र भारतबाट आउने १० लाख कोभिसिल्डसहित असोज मसान्तभित्र १ करोड ८३ लाख ८२ हजार डोज डोज खोप प्राप्त हुने समेत मन्त्रालयले जनाएको छ ।

    १२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज फाइजर खोप खरिदका लागि प्रक्रिया सुरु हुने समेत जनाइएको छ । कोभ्याक्सबाट निःशुल्क प्राप्त हुने १ करोड १३ लाख डोज खोप पनि प्राप्त हुने हुँदा चैतभित्र सबै नेपालीको पहुँचमा खोप पुग्ने पनि मन्त्रालयले जनाएको छ ।

    हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    १० प्रतिशत नाफा लिएर खोप आयात गर्न निजी क्षेत्रलाई अनुमति

    यसैबीच, सरकारले १० प्रतिशत मुनाफा लिएर विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागले स्वीकृति दिएका खोप आयात गर्न निजी क्षेत्रलाई अनुमति दिएको छ ।

    खोप उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति दिइसकेको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य पूर्वाधारमा वृद्धि गरिने

    मन्त्रालयले १४ सय थान हाइ डिपेन्डेन्सी युनिट ९एचडीयू०, १८० थान भेन्टिलेटर थप गर्ने चरणमा रहेको जनाएको छ । बालबालिकाको लागि १८० भेन्टिलेटरसहितको २५० आइसीयू बेड थप्ने कार्य अघि बढेको प्रवक्ता कृष्णप्रसाद पौडेलद्वारा वक्तव्यमा उल्लेख छ ।

    अक्सिजन आपूति सुद्धढ गर्नको लागि थप ३५०० थान अक्सिजन कन्सनट्रेटर ल्याउने तयारीमा रहेको मन्त्रालयले जनाएको छ । १९वटा अक्सिजन प्लान्ट, २७ वटा अक्सिजन ट्यांक थप गर्ने योजना अन्तर्गत दुईवटाको कार्य सम्पन्न भैसकेको, ४ वटाको प्रक्रिया सुरु भएको र १० वटाको सूचना प्रकाशित भएको उल्लेख छ ।

  • ७२ प्रतिशतलाई खोप लगाउन सके कोरोना नियन्त्रण गर्न सहज हुन्छ: स्वास्थ्य मन्त्रालय

    ७२ प्रतिशतलाई खोप लगाउन सके कोरोना नियन्त्रण गर्न सहज हुन्छ: स्वास्थ्य मन्त्रालय

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्‍यो ।

    अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राखेर काम गरिहेकामा गत असार २९ गते बनेको सरकारले पनि नागरिकलाई कोरोना भाइरसबाट जोगाउनका लागि खोपलाई पहिलो प्राथमिकता राखेको छ ।

    अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राख्दै ६० लाख मात्रा खोप प्राप्त भएको थियो । सरकारले आफैं खरीद गरी, विभिन्न मुलुकले अनुदानमा र कोभ्याक्स कार्यक्रममार्फत खोप ल्याएको छ । सरकारले कूल जनसंख्या ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी कूल दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । ती सबैलाई खोप लगाउनका लागि कूल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुने गर्दछ ।

    मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कूल जनसंख्या ७२ प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने धारणा राखे । मन्त्रालयको स्वास्थ्यसेवा विभागअन्तर्गत परिवार महाशाखाका निर्देशक डा तारानाथ पोखरेलका अनुसार हालसम्म ९७ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त भइसकेको छ ।

    कोभिशिल्ड २४ लाख ४८ हजार, भेरोसेल ५८ लाख र जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा खोप प्राप्त भएको छ । तीमध्ये कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा, वैदेशिक अनुदानबाट २९ लाख मात्रा, चीनबाट १८ लाख मात्रा र भारतबाट ११ लाख मात्रा रहेका छन् । यसैगरी सरकारले खरीद गरेर ५० लाख मात्रा ल्याएको छ । भारतबाट कोभिशिल्ड १० लाख मात्रा र चीनबाट भेरोसेल ४० लाख मात्रा रहेको छ ।

    आउन बाँकी

    यसैगरी सरकारले चीनबाट अनुदानमा १६ लाख मात्रा, चीनसँग खरीद गरेर ६० लाख भेरोसेल खोप आगामी भदौ मसान्तसम्म र भारतबाट खरीद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौ पहिलो साता नेपाल आइपुग्ने तालिका छ ।

    यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनिका खोपको १६ लाख मात्रा भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ ।

    परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलका अनुसार कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करीब एक करोड ५० लाख मात्रा तथा बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ ।

    उनले बालबालिका लागि लगाउने खोप खरीदको प्रक्रिया शुरु गरिएको जानकारी दिए । सरकारको आगामी असोज मसान्तसम्म एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने र असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने कार्यतालिका छ ।

    खोप ल्याएर असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

    चालू आर्थिक वर्षमा सरकारले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि  ३७ अर्ब ५३ करोड रकम कोरोना भाइरसविरुद्धको खोपका लागि  २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अहिलेसम्म नेपालमा ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा र १५ लाख तीन हजार ३१२ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् । रासस

  • परीक्षाअघि १२ कक्षाका विद्यार्थीलाई खोपको व्यवस्था गर्न निर्देशन

    परीक्षाअघि १२ कक्षाका विद्यार्थीलाई खोपको व्यवस्था गर्न निर्देशन

    काठमाडौं । प्रतिधिसभाको शिक्षा तथा स्वाथ्य समितिले परीक्षाअघि नै १२ कक्षाका विद्यार्थीलाई खोपको व्यवस्था गर्न निर्देशन दिएको छ।

    बुधबार समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठले सम्भव भए सम्म कक्षा १२ को परीक्षामा संलग्न सम्पूर्ण विद्यार्थीहरुलाई परीक्षा संचालन हुनु भन्दा पहिले खोपको व्यवस्था गर्न निर्देशन दिएको हो।

    त्यस्तै समितिले परिक्षा दिनुभन्दा पहिले नै विद्यार्थीहरुलाई कोभिड परीक्षण गर्न, संक्रमित विद्यार्थीलाई अलगै राखेर परीक्षा दिने ब्यबस्था गर्न र कोभिडका गम्भीर बिरामी बिरामीलाई पनि परीक्षा दिने ब्यबस्था गर्न निर्देशन दिएको छ।

    परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी ,औषधि लगायत स्वास्थ्य सामग्रीहरुको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ।

  • अनलाइन दर्ता गरेकाले काठमाडौंमा कोरोनाको खोप लगाउन पाउने

    अनलाइन दर्ता गरेकाले काठमाडौंमा कोरोनाको खोप लगाउन पाउने

    काठमाडौं । अनलाइनमा नाम दर्ता गरेकाले अब काठमाडौंमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले ५० वर्ष वा त्यो भन्दा कम उमेरसमूह (१८ बर्षसम्म)का लाई अनलाइन दर्ता नम्बर लिएर खोप लगाउन पाउने जनाएको छ ।

    मन्त्रालयले खोप लगाउन छुटेकालाई आफ्नो नाम स्वास्थ्य मन्त्रालयको वेवसाइटमा गई दर्ता गराउन र सो दर्ता भएको प्रमाण लिइ खोप केन्द्रमा खोप लाउन जान आग्रह गरेको छ । चीनबाट ल्याइएको खोप केहीदिनपछि लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    पछिल्लो सात गतेसम्म सरकारले जोन्सन एन्ड जोन्सन खोप अभियान चलाएको थियो । चीनबाट भेरोसेल आइरहेकाले खोप अभियानलाई निरन्तरता दिने सरकारको तयारी छ ।

  • विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१६ डोज खोप लगाइयो

    विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१६ डोज खोप लगाइयो

    विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांक यस प्रकार रहेका छन् ।

    चीनमा एक अर्ब ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    अमेरिकामा ३३ करोड ८७ लाख ३८ हजार १२५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार ९०० डोज कोरोनाभाइरसविरुद्ध लगाइएको छ । जर्मनी ८ करोड ७८ लाख ७३ हजार ७२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    बेलायतमा ८ करोड ३७ लाख २२ हजार ५१४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    जापान ७ करोड ३९ लाख ७० हजार ८८८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ७४ लाख २ हजार ६९० डोज कोरोनाभाइरसविरुद्ध खोप लगाइएको छ ।

    टर्कीमा ६ करोड ४६ लाख २३ हजार ४६३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ३८ लाख ७९ हजार ३९१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

  • थप ८ लाख डोज भेरोसेल खोप आज काठमाण्डौं आइपुग्यो

    थप ८ लाख डोज भेरोसेल खोप आज काठमाण्डौं आइपुग्यो

    काठमाडौं । चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज काठमाण्डौं आइपुगेको छ ।

    नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जनाए ।

    निगमको सो जहाजले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप ल्याउन जहाज पुनः भोलि बेइजिङ जाने कार्यक्रम छ । खोप ल्याएर जहाज आइतबार दिउँसो फर्कनेछ ।

    चीनको साइनोफार्म कम्पनीबाट नेपालले खरिद गरेको ४० लाख डोज खोपलाई निगमको जहाजले चरणबद्ध रुपमा ढुवानी गरेको हो ।

  • विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज खोप लगाइयो

    विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज खोप लगाइयो

    काठमाडौं । विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांकहरु यस प्रकार रहेका छन् ।

    चीनमा एक अर्व ४३ करोड ७६ लाख २३ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    अमेरिकामा ३३ करोड ६० लाख ७१ हजार ६४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ६४ लाख ८१ हजार ५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

    जर्मनी ८ करोड ५६ लाख १५ हजार ४३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड २६ लाख ४९ हजार ३३१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    टर्कीमा ६ करोड २९ लाख ६४ हजार २४१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ११ लाख २ हजार ९८७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

  • विश्वभर तीन अर्ब डोज खोप लगाइयो, चीनमा मात्र एक अर्बलाई

    विश्वभर तीन अर्ब डोज खोप लगाइयो, चीनमा मात्र एक अर्बलाई

    काठमाडौं । विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांकहरु यस प्रकार रहेका छन् ।

    चीनमा एक अर्व ४२ करोड ६३ लाख ४७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८७९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    अमेरिकामा ३३ करोड ५४ लाख ७४ हजार ३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

    जर्मनी ८ करोड ४९ लाख ८९ हजार ८५० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड २३ लाख ९२ हजार १९४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    टर्कीमा ६ करोड २४ लाख १२ हजार २३४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ५ लाख ७१ हजार ३४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

  • वैदेशिक रोजगारीमा जाने श्रमिकालाई खोप लगाउन आयोगको ध्यानाकर्षण

    वैदेशिक रोजगारीमा जाने श्रमिकालाई खोप लगाउन आयोगको ध्यानाकर्षण

    काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई खोपको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ । शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै नेपाली श्रमिकहरु वैदेशिक रोजगारीमा जानु अगाडि स्वदेशमा एक पटक कोभिडविरुद्धको खोप लगाएर मात्रै गन्तव्यमा जान आग्रह गरेको छ ।

    विज्ञप्तीमा कोभिड-१९ को जोखिमबाट बच्न  खोप लगाउन तथा गन्तव्य मुलुकमा नेपाली श्रमिकहरुलाई पर्न सक्ने कठिनाइको न्युनीकरणका लागि आवश्यक सहजीकरण गरी नेपाली श्रमिकहरुको मानवअधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गरेको उल्लेख छ ।

    आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई कोभिड १९ विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र लगायत अन्य सम्बन्धित निकायहरूलाई पत्राचार समेत गरेको छ ।

  • जाँदाजाँदै ओलीकाे घोषणा- सबै नेपालीलाई पुग्ने खोप प्रबन्ध गरिसकेका छौं, डेढ करोड डोज आपूर्ति प्रक्रियामा

    जाँदाजाँदै ओलीकाे घोषणा- सबै नेपालीलाई पुग्ने खोप प्रबन्ध गरिसकेका छौं, डेढ करोड डोज आपूर्ति प्रक्रियामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली जनतालाई पुग्नेगरी खोप आपूर्तिको प्रबन्ध गरिसकिएको जानकारी दिएका छन् । पदबाट बाहिरिदै गर्दा देशबासीको नाममा सम्बोधन गर्दै ओलीले एक करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा किन्ने प्रक्रिया जारी रहेको बताए ।

    ओलीले सम्बोधनमा भने, ‘खोपको लागि सबै प्रबन्ध भइसकेको छ र दक्षिण एशियामा भारतपछि नेपाल दोस्रो हो । तर, भरेदेखि पहिले नै लगाइएका खोपको फोटो राखेर हामीले गर्‍यौं भन्न थाल्नेछन् तर म प्रचार होइन काममा विश्वास गर्छु, जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु ।

    ओलीले बालबालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको बताए । उनले भारतबाट १० लाख डोज, चीनबाट अनुदानसहित ५८ लाख डोज खोप प्राप्त भएको बताए ।

    त्यस्तै अमेरिकबाट उपहारस्वरूप १५ लाख डोज र जापानबाट १६ लाख डोज खोप प्राप्त भएको भन्दै कोभ्याक्सअन्तर्गत ३ लाख ४८ हजार डोज आइसकेको र ३ लाख ५० हजार आउने क्रममा रहेको ओलीले बताए ।

  • भोलिदेखि देशभर जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने, कस-कसले लगाउन पाउनेछन् (सूचीसहित)

    भोलिदेखि देशभर जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने, कस-कसले लगाउन पाउनेछन् (सूचीसहित)

    काठमाडौं । चीनबाट भेरोसेल र अमेरिकाबाट जोन्सन एन्ड जोन्सन खोप आइपुगे लगत्तै सरकारले असार २९ गते भोलिदेखि खोप अभियान संचालन गर्ने घोषणा गरेको छ ।

    सोमबार स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि दुबै खोप लगाइन सुरु गर्ने निर्णय गरेको छ । सरकारको निर्णयअनुसार भेरोसेललाई ५५ वर्ष माथिकाले लगाउन पाउनेछन् भने, जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले लगाउन पाउनेछन् ।

    भेरोसेल ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाइने भएको छ ।

    जोन्सन एन्ड जोन्सन चाहिँ ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशंक अपांग भएकालाई, नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई, स्वास्थ्यकर्मीलाई लगाइने भएको छ ।

    खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।

  • नेपाल एयरलाइन्सले यसरी ल्याउँदैछ चीनबाट ४० लाख डोज खोप (तालिकासहित)

    नेपाल एयरलाइन्सले यसरी ल्याउँदैछ चीनबाट ४० लाख डोज खोप (तालिकासहित)

    काठमाडौं । साउन पहिलो सातासम्म चीनबाट ४० लाख डोज भेरोसेल खोप नेपाल आउने भएको छ । प्रधानमन्त्री परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार खोप ल्याउने अन्तिम तयारी भएको छ ।

    सोहीअनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ । निगमले सार्वजनिक गरेको सूचीअनुसार २३ जुलाई तारिखसम्म उडान तालिका तय गरिएको छ ।

    चीनको सिनोफार्म कम्पनीसँग भएको सरकारको नन-डिस्क्लोजर अग्रिमेन्ट अनुसार खोप ल्याउन लागिएको जनाइएको छ । पहिलो खेप ल्याउन असार २४ गते वायुसेवा निगमको जहाज बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।

  • दुबै डोज खोप लगाउँदा कोभिडबाट ९८ प्रतिशत सुरक्षा हुने

    दुबै डोज खोप लगाउँदा कोभिडबाट ९८ प्रतिशत सुरक्षा हुने

    दिल्ली । कोेभिडको दुबै डोज खोप लगाउँदा यो संक्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ ।

    भारत सरकारले गरेको एक अध्ययनले कोरोनाभाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ ।
    सो अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोनाभाइरस संक्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशतसम्म मृत्युबाट बचाउने देखिएको हो ।

    भारतीय सरकारको निकट रहेको एक थिंक ट्यांक संस्था एन आइ टी आईले गरेको सो अध्ययनबाट उक्त तथ्य बताइएको छ । सो इन्स्टिच्युटका निर्देशक भि के पाउलले आज नयाँ दिल्लीमा अयोजना भएको पत्रकार सम्मेलनमा जानकरी दिएका हुन् ।

    उनले भने, ‘कोरोना विरुद्धको खोपले कोरोना लाग्न नदिन भन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारी रुपमा काम गर्ने देखिएको छ ।’ उनले सो अध्ययन पञ्जावका प्रहरीमा गरिएको जानकारी दिएका थिए । पञ्जावमा कोभिडको खोप लगाएका र नलगाएका प्रहरीहरुमा सो अनुसन्धान गरिएको थियो ।

    त्यस्तै त्यहाँका प्रहरी जसले एक डोज मात्र खोप लगाएका र दुबै डोज खोप लगाएकाहरुमा पनि अनुसन्धान गरिएको थियो । तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्यु दर निकै कम थियो । त्यसैगरी दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो । रासस

  • न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने

    न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने

    क्राइस्टचर्च । न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाइने भएको छ । न्यूजील्याण्डको औषधी नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने निश्कर्ष निकालेको हो ।

    यस सम्बन्धमा औषधी नियामक निकायले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले आगामी हप्ता पारित गर्ने अपेक्षा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री जसिन्डा अर्डेर्नले मन्त्रिपरिषदबाट यो प्रस्ताव पारित गरेपछि १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई खोप लगाउन थालिने भएको छ । यस वर्षको अन्त्यसम्ममा उनीहरुलाई खोप लगाएर सकिने अनुमान गरिएको छ ।

    अहिलेसम्म कोरोनाभाइरसका कारण बालबालिकाहरुमा परेको असर तुलनात्मक रुपमा कम देखिएका छन् । विशेष गरेर उनीहरुलाई गम्भीर बनाएका घटना पनि कम भएको अधिकारीहरुले जनाएका छन् ।

    तर पनि उनीहरुलाई खोप लगाउनु पर्ने आवश्यकता देखिएको छ । उनीहरुलाई खोप लगाउने पर्ने मुख्य दुई कारण ठानिएको छ । पहिलो कारण उनीहरु आफैंलाई धेरैले असर नपरे पनि उनीहरुले अरुलाई सार्न सक्ने संभावना रहने भएकाले उनीहरुलाई खोप लगाउनु पर्ने सुझाव आएको छ ।

    अर्को, बालबालिकालाई अहिले मृत्युकै घटना नभएपनि त्यसले दिर्घकालीन असर भने पर्ने देखिएको छ ।

    किशोर किशोरीहरुलाई पनि खोप लगाउने निर्णय अन्य केही देशहरुले पनि गरिसकेकाले न्यूजील्याण्डले समेत उनीहरुलाई खोप लगाउने निर्णय गर्न लागेको हो ।

  • खोप लगाएपछि पुरानै लयमा फर्कदैं अमेरिका

    खोप लगाएपछि पुरानै लयमा फर्कदैं अमेरिका

    वासिङटन । विगत डेढ वर्षदेखि कोरोनाभाइरसका कारणले अस्तब्यस्त भएको अमेरिकी जनजीवन विस्तारै पुरानै लयमा फर्कन थालेको देखिएको छ । महामारीका कारण घर बसिरहँदा वाक्क भएका मानिसहरु खोप लगाएपछि घरबाट बाहिर निस्केर विस्तारै बजार व्यापार तथा जमघटहरुमा सहभागी हुन थालेका छन् । पछिल्ला हप्ताहरुमा अमेरिकाका विभिन्न शहर तथा बजारहरुमा पनि चहलपहल बढ्न थालेको देखिएको छ भने व्यापारिक प्रतिष्ठानहरुले आफना कारोवारमा वृद्धि भएको बताउन थालेका छन् ।

    अमेरिकाका मुख्य पर्यटकीय गन्तव्य न्यूयोर्क, फ्लोरिडा, क्यालिफोर्निया जस्ता राज्यका ठूला रेष्टुरेन्टहरुमा पनि ‘लाइभ कन्सर्ट’ हरु सुरु भएका छन् भने पार्क तथा समुद्रका किनारमा समेत मानिसहरुको चहलपहल बढ्न थालेको छ । मनोरञ्जनका लागि समुद्री किनारमा जाने मानिसहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

    यतिखेर यहाँका कतिपय पसल, होटल एवं व्यापारिक प्रतिष्ठानहरुले ‘यदि तपाई पूर्ण रुपमा खोप प्राप्त व्यक्ति हुनुहुन्छ भने मास्क लगाइरहन पर्दैन’ भनेर सूचना टाँसेका देखिन्छन् । यी सूचनाहरुले अमेरिकीहरुलाई खुशी तुल्याएको अनूभूति पनि उनीहरु व्यक्त गरिरहेका छन् । सन् २०१९ को अन्त्यतिरबाट चीनको वुहानबाट युरोप हुँदै अमेरिका भित्रिएको ठानिएको कोरोनाभाइरस ‘कोभिड १९’ का कारण अमेरिकाले अकल्पनीय परिस्थितिको सामना गर्नुपरेको थियो ।

    भाइरसको संक्रमणले १६ महिनाको अवधिसम्ममा विश्वभरिमै सबैभन्दा बढी त अमेरिका प्रभावित भयो । अहिलेसम्म पनि अमेरिका नै सबैभन्दा धेरै प्रभावित देशको पहिलो सूचीमा नै रहेको छ । यो भाइरसले विश्वमा सबैभन्दा धेरै नागरिकको ज्यान लिने देशको सूचीमा अमेरिका परेको छ ।

    कोरोनाभाइरस विरुद्धको खोप निर्माणमा अमेरिकी कम्पनीहरुले सफलता पाएसँगै अहिले खोप वितरण तीव्र गतिमा भइरहेको छ । अहिले अमेरिकामा फाइजर कम्पनी र मोडर्ना कम्पनीका गरी दुईओटा खोप प्रदान गरिन्छ भने जोन्सन एण्ड जोन्सनको एक डोज खोप प्रदान गरिन्छ । यी तिनवटै खोपलाई आपतकालीन उपयोगको लागि भन्दै अमेरिकाको फुड एण्ड ड्रग एडमिनिष्ट्रेशनले अनुमति दिएको हो । कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालेपछि अमेरिकाका पचासैवटा राज्यमा पहिला जारी गरिएका कतिपय प्रतिबन्धहरुलाई पनि लचिलो बनाइएको छ भने कति राज्यहरुले त यस्ता प्रतिबन्धहरुलाई पूर्ण रुपमा हटाइसकेका छन् ।

    जुन महिनाको दोश्रो सातासम्ममा स्थानीय राज्यका गभर्नरहरुले खोप पर्याप्त उपलब्ध भएकाले खोप लगाउन प्रेरित गर्दै मानिसहरु जम्मा हुन पाउने व्यवस्थालाई खुकुलो बनाएका छन् । सबैभन्दा बढी प्रभावित भएको राज्यमध्येको एक न्यूयोर्कले कोरोनाभाइरस विरुद्धको प्रतिबन्ध हटाएको घोषणा गर्न विशेष कार्यक्रम नै गरेको थियो । राज्यका ७० प्रतिशतभन्दा बढी नागरिकले खोप लगाएपछि राज्य सरकारले लगाएको विभिन्न प्रतिबन्धहरु हटाइएको बताएको थियो ।

    कोरोनाभाइरस विरुद्धको खोप लगाएकाहरुलाई कोरोनाभाइरस लागेको खण्डमा उनीहरुमा सामान्य लक्षण देखापर्ने र कम फैलन सक्ने नयाँ तथ्य समेत प्रकाशित गरिएको छ । सेन्टर्स् फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन् सेन्टरले डिसेमबर १३ देखि अप्रिल १० सम्म गरेको अध्ययनमा यो तथ्य फेला परेको हो । यी खोपहरुले ९१ प्रतिशत सम्म कोरोनाभाइरस विरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्ने अनुसन्धानबाट पाइएको छ ।

    कोरोनाभाइरस विरुद्ध लडने उद्घोषका साथ राष्ट्रपतिको निर्वाचनमा होमिएका जो वाइडेनले निर्वाचनमा विजय भएर जनवरी २० मा शपथ लिएसँगै लिएको रणनीतिले अमेरिकामा सफलता हासिल गर्न सम्भव भएको हो । वाइडेन प्रशासनले एक सय दिनको लक्ष्यसहित दश करोड जनालाई खोप र मास्कको वाध्यकारी व्यवस्था गरेकाले छ महिनामा नै अमेरिकाको जनजीवन सामान्यतर्फ उन्मुख हुन सकेको वा सम्भव भएको हो ।

    वास्तविकता के हो भने वाइडेन प्रशासनको नीतिकै कारण १५० दिनमा ३० करोड अमेरिकीले कोरोना विरुद्धको पहिलो खोप लगाउन सफल भएका छन् । अहिले अमेरिकाको आर्थिक अवस्था थप मजबुत भएको भन्दै वाइडेन प्रशासनको प्रशंसा गरिएको छ । वाइडेन प्रशासनले आपतकालीन युद्धसँग जुधे जसरी राज्य संयन्त्रका हरेक समूहलाई विश्वासमा लिएर यथेष्ट बजेट समेत निकासा दिन सफल भएको थियो ।

    अहिले अमेरिकी राज्य सरकारहरुले कोरोना विरुद्धको खोप लगाउने आफनो लक्ष्य हासिल गर्नको लागि पुरस्कारको समेत घोषणा गरेका छन् । यसरी घोषणा गरिएका राज्यहरुमा न्यूयोर्क, क्यालिफोर्निया, मेरील्याण्ड, मेनलगायतका रहेका छन् । अमेरिकाको सबैभन्दा ठूलो राज्य र जनसंख्यामा समेत पहिलो राज्यको रुपमा रहेको क्यालिफोर्नियाले १५ लाख डलरको पुरस्कारको घोषणा गरेको छ । उक्त राज्यमा ३ करोड ९५ लाख ३८ हजार २२३ जनसंख्या रहेको छ । त्यसमध्ये ५६.९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

    अमेरिकामा कार्यरत चिकित्सक तथा एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा.सञ्जीव सापकोटाले तत्कालको लागि खोपले काम गरेको स्पष्टसँग देखिएको बताउछन् । सापकोटाले संक्रमितको दर घट्दै गएको र खोप लगाउनेको संख्या पनि प्रतिदिन बढ्दो रहेकाले आगामी दुई तीन महिनाभित्रै निकै सहज अवस्था हुने विश्वास व्यक्त गरे ।

    ‘अहिले लिएको खोपले तीन महिना देखि छ महिनासम्म काम गर्छ, त्यसपछिको लागि आधिकारिक निकायहरुले थप अनुसन्धान पश्चात रणनीति सार्वजनिक गर्ने नै छन्’ उनी भन्छन् । महामारीबाट पूर्ण रुपमा मुक्त भएको घोषणा गर्न थप समय चाहिने भएकाले कहिले सम्ममा खोपको उपलब्धता र नागरिकसम्म खोपको पहुँच हुन्छ त्यसमा निर्भर रहने सापकोटा बताउछन् । अमेरिकामा १२ वर्ष माथि उमेर समूहकालाई समेत खोप दिइएकोले विद्यालयहरुमा पठनपाठन समेत सुरु गरिएको छ । सिडिसीले फाइजरको खोपलाई १२ देखि १५ वर्ष उमेर समूहलाई लगाउन अनुमति दिएपछि कोरोनाभाइरस विरुद्धको खोप अभियानमा अर्को सफलता हात लागेको थियो ।

    अमेरिकामा होटलको ‘अकुपेन्सी’ दर ५९.३ प्रतिशत रहेको थियो र यो दर जुन महिनाको दोश्रो सातामा ६६ प्रतिशत पुगेको छ । यसबाट मानिसहरु खोप लगाएपछि छुट्टीमा निस्किएका छन् भन्ने मजवुत आधार मान्न सकिन्छ । अमेरिकामा रियल स्टेट तथा सेवाका क्षेत्रमा लगानी गर्दै आएका रयाड पण्डित विस्तारै होटलहरुको कोठा भरिन थालेको बताउछन् । पण्डितले भने, “खोप पश्चात अमेरिकीहरुमा यात्रा गर्ने प्रवृत्ति वढेको छ, यसले होटल क्षेत्र बढी चलायमान भएको छ ।”

    अझै पनि कर्पोरेट रुपमा वार्षिक सभा, सम्मेलन हुन भने सकेको छैन । अमेरिकामा हुने सभा सम्मेलनले होटल, एयरलाइन्स् र यातायात क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । टेक्सासमा होटल ला क्वान्टा एण्ड स्वीट्मा लगानी गरेका विकासराज न्यौपाने पनि अमेरिका पुरानै लयमा फर्किन कोसिस गरेकोमा खुशी भएका छन् । न्यौपानेले भने, “पछिल्लो दुई महिनाको आँकडा हेर्दा व्यवसायले विस्तारै आफ्नो लय समात्न थालेको अनुभूति भएको छ । होटलका कोठाहरु लिने दर बढदै गएको छ ।”

    न्यौपानेका अनुसार टेक्सासमा खोपको उपलब्धता बढेसँगै रिटेल व्यवसाय, रेष्टुरेन्ट लगायत होटल व्यवसायमा वृद्धि भएको छ । अमेरिकाले आफनो स्वतन्त्रता दिवस आगामी दुईसातामा मनाउँदै छ । उक्त दिन अमेरिकामा मानिसहरु ग्रीष्मकालीन रुपमा छुट्टी मनाउनका लागि हिड्ने गर्छन् । यो समयलाई ग्रीष्मकालीन समयको एउटा चाडकै रुपमा समेत मनाएर मानिसहरुले खानपिन, जमघट र यात्रामा आफूलाई अत्याधिक व्यस्त राख्ने गर्छन् । जुलाई ४ अमेरिका स्वतन्त्र भएको दिन हो । यसलाई यहाँको सरकार र नागरिकले पनि उच्च प्राथमिकताका साथ मनाउने गरेका छन् ।

    अमेरिका पुरानै लयमा फर्कने कोसिश गरिरहेको भएपनि पछिल्ला दिनहरुमा मानव संशाधनमा निकै चुनौती थपिएको छ । सङ्घीय सरकारले वेरोजगार भत्ता बापतको रकममा दिँदै आएको अनुदान, ‘ईविटी’ कार्ड बापतको रकमको वृद्धि तथा बालबालिकाका सुविधाअन्तर्गत मासिक रुपमा दिने रकमका कारणले पनि होला नागरिकहरु काममा फर्कन त्यति उत्साहित भएको भने देखिएको छैन । यसले गर्दा व्यवसायको वृद्धि हुने मौसममा जनशक्तिको अभावले साना तथा मझौला व्यवसायमा भने चुनौती थपिएको छ ।

    सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्ले दिएको तथ्याङ्कअनुसार यो आइतबारसम्म अमेरिकामा १४ करोड ९६ लाख ६७ हजार ६४६ अमेरिकीले खोपको पूर्ण मात्रा प्राप्त गरेका छन् । अमेरिकामा ६५ प्रतिशत वयस्क नागरिकले एक मात्रा ९डोज० खोप लिएका छन् भने ८७ प्रतिशत ज्येष्ठ नागरिकले कम्तिमा पहिलो खोपको डोज लिइसकेका छन् ।

    विश्वमा धेरै नागरिकहरुले खोप प्राप्त गर्नेहरुको सूचीमा जिब्राल्टर, माल्टा देशका ७० प्रतिशत नागरिकले खोप प्राप्त गरेका छन् । यसैगरी कुवेत ६७ दशमलव ३ प्रतिशत, क्यानाडा ६५ दशमलव ४, इजरायल ६३ दशमलव ४, बेलायतका ६१ दशमलव ७ प्रतिशत नागरिकले खोप पाएका छन् । अमेरिकामा कोरोनाभाइरसको संक्रमण ३ करोड ३५ लाख ४१ हजार ९८६ जना नागरिकमा देखा परेकोमा हालसम्म यस सङ्क्रमणका कारणले मृत्युवरण गर्नेको संख्या ६ लाख १ हजार जना रहेका छन् ।

    अमेरिकामा रहेका स्वतन्त्र विश्लेषकहरु र अनुसन्धानकर्ताहरुले कोरोनाभाइरसको नयाँ प्रजाति (भेरियन्ट्) ले कस्तो असर गर्छ भन्ने कुरामा चनाखोपूर्वक विश्लेषण गर्न सुझाव दिइरहेका छन् । उनीहरु कोरोनाभाइरस पूर्ण नियन्त्रणमा आयो भनेर भनिहाल्ने अवस्था छैन भनिरहेका छन् । यसलाई सुझबुझका साथ स्वास्थ्य मापदण्डहरुको ख्याल गर्दै नागरिकहरुलाई आफ्ना काम गर्न घुमफिर गर्न र जमघटहरुमा सामेल हुन पनि उनीहरुले अनुरोध गरिरहेका छन् ।
    -रासस

  • भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाको खोप

    भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाको खोप

    दिल्ली । भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले दाबी गरेका छन् ।

    खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो । एकैदिनमा सबैभन्दा धेरै खोप लगाएको कृतिमान अहिले भारतले बनाएको छ, कोरोनाभाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,’ प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा उनले अगाडि लेखेका छन्, ‘खोप अभियानमा सक्रिय योगदान गर्नुभएका सवैप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्दछु भने खोप लगाउनु भएका सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’

    देशका प्रदेश तथा राज्यहरुमा एकैचोटी अहिले कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । त्यसैलेपनि एकैदिन यति धेरै मानिसले खोप लगाउन पाएका हुन् ।

    हरेक १८ बर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति भारतले लिएको छ । १८ बर्षमा सबैलाई खोप लगाउने अभियान आजबाट सुरु भएको हो । यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो ।

  • अमेरिकाले थप ५५ मिलियनबाट पनि नेपाललाई खोप दिने, यसैमहिना खोप प्राप्त हुने

    अमेरिकाले थप ५५ मिलियनबाट पनि नेपाललाई खोप दिने, यसैमहिना खोप प्राप्त हुने

    काठमाडौं । अमेरिकाले थप खोप वितरणको घोषणा गरेको छ । गतसाता सकिएको जी-सेभेनको बैठकमा जनाएको प्रतिबद्धताअनुसार अमेरिकाले विपन्न मुलुकहरुलाई थप ५५ मिलियन डोज खोप वितरण गर्ने घोषणा गरेको हो ।

    घोषणा गरिएको यो परिमाणको खोपबाट नेपालले पनि केही हिस्सा प्राप्त गर्ने भएको छ । यसअगाडि जुन ३ मा २५ मिलियन डोजबाट नेपाललाई समेत भ्याक्सिन दिने घोषणा गरेको अमेरिकाले सोमबार बाँकी ५५ मिलियन डोजमा पनि नेपाललाई समावेश गरेको हो ।

    अमेरिकाले तत्कालका लागि ८० मिलियन डोज खोप विपन्न मुलुकहरुलाई उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकाले नेपाल लगायतका देशहरुलाई जुनभित्र भ्याक्सिन पठाउने प्रतिबद्धता समेत जनाएको छ ।

    बाइडेन प्रशासनले सोमबार गरेको घोषणा अनुसार उसले दिने भनेको भ्याक्सिनमध्ये ४१ मिलियन डोज कोभ्यास संयन्त्रमार्फत वितरण गरिनेछ । जसमा १४ मिलियन ल्याटिन अमेरिका र क्यारेबीयन देशहरुलाई उपलब्ध गराइनेछ । १६ मिलियन नेपालसहित एसियाका १८ देशलाई प्रदान गरिनेछ । १० मिलियन डोज अफ्रिकाका देशहरुलाई दिइनेछ ।

    ५५ मिलियनमध्ये १४ मिलियन डोज अर्थात् २५ प्रतिशत भ्याक्सिन अमेरिकाले विभिन्न देशहरुलाई सिधै उपलब्ध गराउने भएको छ । त्यसमा पाकिस्तान, बंगालादेश, अफगानिस्तान लगायतका मुलुकहरु समावेश गरिएपनि नेपाललाई समावेश गरिएको छैन ।

    अमेरिकाले ५ सय मिलियन फाइजर भ्याक्सिन किनेर विभिन्न ९२ वटा देशहरुलाई प्रदान गर्ने समेत घोषणा यसअघि गरेको थियो । गतसाता सम्पन्न जी–सेभेन बैठकमा बेलायत र अमेरिका लगायतका विकसित मुलुकले १ अर्ब डोज खोप प्रदान गर्ने घोषणा गरेका थिए ।

  • पेट्रोलियम ढुवानीको अवरोध हट्यो, ट्याङ्कर चालकलाई भोलिदेखि खोप

    पेट्रोलियम ढुवानीको अवरोध हट्यो, ट्याङ्कर चालकलाई भोलिदेखि खोप

    काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । नेपाल आयल निगमले ट्यांकर चालकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने निर्णय गरेपछि अवरोध हटेको हो ।

    कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित भएका ट्यांकर चालकले आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएका थिए । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ट्यांकर चालक संघले माग गरेको कोरोनाविरुद्धको खाेप व्यवस्था गरेर अवरोध हटाएको बताए ।

    उनले भने, ‘ट्यांकर चालक संघले राखेको माग पुरा भएको छ । अब पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । नेपाल आयल निगम र ट्यांकर चालक संघले बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । खोप भने भोलिबाट लगाउन शुरु हुने भएको छ । ’

    नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले कोरोनाविरुद्धको खोप उपलब्ध हुने भएको बताए। ‘अब पेट्रोलियम पदार्थको ढुवानी सेवा आजबाट नै शुरु हुन्छ । चालक र सहचालकले भोलिबाट कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन् ।’

    हालसम्म ५० चालक र १३ सह चालक कोरोना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । थानकोट र अमलेखगन्ज गरेर झण्डै २२ सय चालक तथा सहचालकले खोप लगाउन बाँकी रहेको लामाले बताए ।

    खोप लगाउन पाउने भएपछि अब ती चालक र सहचालक ढुवानी सेवामा फर्किने लामाले बताए । निगमका अनुसार भैरहवामा ६ सय, विराटनगरमा ६ सय, नेपालगञ्जमा २ सय ५० र चारआलीमा ६० जना चालक र सहचालकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

    चालकले आन्दोलन गरेको कारण काठमाडौं उपत्यकको केही अब पेट्रोल पम्पले पेट्रोल छैन भनेर बोर्ड नै राखेका थिए । भने केही पम्पले निरन्तर तेल दिइरहेका थिए ।

  • सोमबार र मंगलबार काठमाडौंमा ६० र ६१ वर्षकालाई भेरोसल खोप लगाइने

    सोमबार र मंगलबार काठमाडौंमा ६० र ६१ वर्षकालाई भेरोसल खोप लगाइने

    काठमाडौं । आगामी सोमबार र मंगलबार उपत्यकामा ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

    जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार खोप लगाइने जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि ६२,६३ र ६४ वर्ष उमेरकालाई खोप लगाइएपछि खोप अभियान स्थगित भएको थियो ।

    स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाइने जानकारी दिए ।

  • अस्ट्राजेनेका खोप माग्दै नेपालले बेलायत सरकारलाई पत्र लेख्ने

    अस्ट्राजेनेका खोप माग्दै नेपालले बेलायत सरकारलाई पत्र लेख्ने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोभिड -१९ विरुद्धको ‘अस्ट्राजेनेका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन् । सञ्चारकर्मीसँग  कुराकानी गर्दै उनले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले दोस्रो मात्राको खोप लगाउन नपाएको कुरा उल्लेख गदै पत्र पठाइने बताए ।

    ‘पहिलो मात्रा लगाएर यहाँका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप अभावको कारणले दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् भनेर पत्रमा उल्लेख गर्ने छौ’ उनले भने, ‘ज्येष्ठ नागरिकको जीवनरक्षा गर्नका लागि समयमा नै दोस्रो मात्रा खोप लगाउन पर्ने भएकोले खोप उपलब्ध गराउन आग्रह गर्ने छौ ।’ सरकारको आग्रहमा बेलायतले खोप चाँडै उपलब्ध गराउने विश्वास व्यक्त उनले गरे ।

    मन्त्रालयले भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुबिधाले दुबैले तत्काल ‘कोभिशिल्ड’ खोप उपलब्ध नगराएपछि ‘कोभिशिल्ड’ बिकल्पमा जस्तै प्रकृतिको खोप ‘अस्ट्राजेनेका’ लगाउने निर्णय गरेको छ । खोपको पहिलो मात्रा लगाएका कम्तिमा १२ देखि १६ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । सरकारले कोभिशिल्ड र अस्ट्राजेनेका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकोले लगाउन केही फरक नपर्ने जनाएको छ ।

    गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ बर्ष माथिका उमेर समूहका करिव साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि अहिले त्यस्ता व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

  • नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर : डब्लुएचओ (भिडिओसहित)

    नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर : डब्लुएचओ (भिडिओसहित)

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर रहने बताएको छ ।

    डब्लुएचओको नेपाल कार्यालयले विहिबार भिडियो वक्तव्य जारी गर्दै तत्काल नेपाललाई खोप आपूर्ति गर्न ठूला राष्ट्रलाई आग्रह गरेको छ ।

    संगठनका नेपाल प्रमुख डा. राजेश शम्भाजिराव पाण्डवले नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर रहने बताए ।

    नेपालको कूल जनसंख्याको ७ प्रतिशत अर्थात २१ लाखले मात्र खोप प्राप्त गरेको जनाउँदै डा. पाण्डवले सातलाख भन्दा केही बढीले मात्र खोप प्राप्त गरेको बताए ।

    ‘अहिलेको आवश्यकता भनेको बाँकी १४ लाख जनाालई अस्टाजेनेको खोपको दोस्रो डोज उपलब्ध गराउनु हो र जसमा ६५ वर्षमाथिको उच्च जोखिम समूहका मानिस छन्’ उनले भने ।

    डब्लुएचओका विश्व निर्देशक डा. ट्रेडोस र दक्षिण एसिया निर्देशक डा. पुनमले कठिन घडीमा नेपाललाई सहयोग गर्न अपिल विकसित राष्ट्रलाई आग्रह गरेको जानकारी पनि उनले दिए ।

    ‘खोपको मौज्दात भएका सबै मुलुकलाई नेपलालाई यथाशक्य चाँडो खोप उपलब्ध गराउन म अपिल गर्न चाहन्छु’ उनले भने, ‘यो अहिले देखिएको अभावलाई पूर्ति गर्ने तात्कालिन उपाय हुनेछ ।’

    कोभ्याक्सबाट प्राप्त हुने खोपलाई सुनिश्चित गर्न निरन्तर प्रयासहरु जारी रहेको समेत डा. पाण्डवले बताएका छन् ।

  • जतासुकै पत्र पठाएर खोप आउँछ भन्नु सरकारको कमजोरी : कांग्रेस (भिडियो)

    जतासुकै पत्र पठाएर खोप आउँछ भन्नु सरकारको कमजोरी : कांग्रेस (भिडियो)

    काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले खोप प्राप्तिका लागि विभिन्न राष्ट्रहरुसँग गरेको पहललाई लिएर सरकारको आलोचना गरेको छ । ‘जतासुकै पत्र पठाएर खोप आउँछ भन्ने सरकारको कमजोरी’ रहेको उसको टिप्पणी छ ।

    कांग्रेसले बजेट वक्तव्यमाथि आफ्नो औपचारिक प्रतिक्रिया सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा छाया अर्थमन्त्री मिनेन्द्र रिजालले सो टिप्पणी गरेका हुन् । कोरोना नियन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओलीको हल्का प्रस्तुत र कदमले अप्ठेरो पारेको उनले बताए ।

    राष्ट्रपति भण्डारीले केही दिनदेखि विभिन्न राष्ट्रप्रमुखहरुलाई पत्र पठाएर नेपाललाई खोप उपलब्ध गराउन आग्रह गर्दै आएकी छन् । जसअनुसार चीनबाट भोली ८ लाख खोप आउँदैछ ।

  • खोपसहित पर्यटनमैत्री नीति समेटेर कार्यक्रम ल्याउन पर्यटन व्यवसायीको माग

    खोपसहित पर्यटनमैत्री नीति समेटेर कार्यक्रम ल्याउन पर्यटन व्यवसायीको माग

    पोखरा । पर्यटन परिषद्ले आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रममा कोभिड-१९ विरुद्धको खोप सम्पूर्णलाई उपलब्ध गराउन र पर्यटन मैत्री नीतिलाई विशेष प्राथमिकता दिएर कार्यक्रम ल्याउन प्रदेश सरकारसमक्ष माग गरेको छ ।

    परिषद्का अध्यक्ष गोपी भट्टराईले एक विज्ञप्ति जारी गदै ‘नो भ्याक्सिन नो टुरिज्म’ भएकाले नेपाललाई अन्तरर्राष्ट्रिय जगतमा सुरक्षित गन्तव्यका रुपमा सकारात्मक सन्देश दिन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर खोप व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।

    कोरोना महारमारीले लामो समयदेखि मानिसको स्वास्थ्य र दिनचर्या निकै प्रभावित भएको जनाउँदै सम्पूर्णलाई खोप लगाउने व्यवस्थाका साथै पर्यटन क्षेत्रका सम्पूर्ण व्यवसायी, कर्मचारी र आबद्ध मजदूरलाई तत्काल सम्बोधन हुने गरी राहत प्याकेज कार्यक्रमलाई समेट्न आग्रह गरिएको छ ।

    विज्ञप्तिमा पहिलो र दोस्रो चरणको कोरोना महामारीले पर्यटन क्षेत्रलाई तत्काल र दीर्घकालीन रुपमा असर गरेकाले तत्काल यस क्षेत्रका समस्यालाई सम्बोधन नगरे व्यवसायी पलायन हुँदै जाने बताइएको छ । हाल ३० प्रतिशतभन्दा बढी व्यवसायी यस क्षेत्रबाट पलायन भइरहेका स्मरण गराउँदै देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्रलाई जोगाउन सरकारले विशेष नीति ल्याएर लगानी संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

    पर्यटन क्षेत्र ठप्प हुँदा यस क्षेत्रसँग सम्बद्ध मजदूरको अवस्था समेत कष्टकर बन्दै गइरहेकाले सरकारको राहत प्याकेजमा मजदूरलाई पनि समेट्ने गरी कार्यक्रम ल्याउन आग्रह गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘पर्यटन व्यवसाय ठप्प भएको र यसको प्रभाव पर्यटनमा अझ बढी लामो समयसम्म रहने हुनाले सम्पूर्ण पर्यटन व्यवसायीलगायत विभिन्न क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा ब्याज आगामी दुई वर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नरहेकाले तसर्थ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई कर्जाको भुक्तानी तालिकालाई पुनर्तालिकीकरण गर्नुपर्छ ।’

    मौद्रिक नीतिमा आगामी आवमा पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा सम्बोधन गरी हरेक बैंकले बढीमा पाँच प्रतिशत ऋण सहुलियत ब्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउनका लागिसमेत अनुरोध गरिएको छ ।
    -रासस

  • टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

    टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

    टोकियो । ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ ।

    जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियो हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरुलाई आगामी जुन १ तारिखबाट खोप लगाउन शुरु गरिने भएको जानकारी दिएको छ ।

    समाचारअनुसार जापानको ओलम्पिक कमिटीले आगामी मंगलबारबाट ती प्रतिनिधिहरुलाई खोप लगाइने भएको हो । सो ओलम्पिकमा जापानका एक हजार ६०० एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरु र प्रशिक्षकहरु हुने बताइएको छ ।

    उनीहरुलाई आगामी मंगबालरबाट टोकियोमा रहेको नेशनस ट्रेनिङ सेन्टरमा खोप दिइने बताइएको छ । ती प्रतिनिधिहरुलाई अमेरिकाको खोप निर्माता कम्पनी फाइजर आइएनसीले खोप दिने जनाएको छ ।

    जापान सरकारले यहाँका नागरिकलाई खोप लगाइरहेको छ । तर पनि जापानमा अहिलेसम्म जम्मा दुई प्रतिशत नागरिकलाई मात्र खोप दिइएको छ । जापानको राजधानी टोकियोमा आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म खोलम्पिक खेलको आयोजना गरिएको छ ।