Tag: खोटाङ

  • यी हुन् खोटाङका दशैं पालिकाका एमाले उम्मेदवार, दुई पालिका प्रमुखमा महिला

    यी हुन् खोटाङका दशैं पालिकाका एमाले उम्मेदवार, दुई पालिका प्रमुखमा महिला

    काठमाडौं । खोटाङका सबै स्थानीय तहमा नेकपा एमालेले प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । एमाले जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले दुई नगरपालिका र आठ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार टुंगो लगाएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा कुमार आचार्य, उपमेयरमा बिणादेबी राई र राजकुमारी राईलाई उम्मेद्वार बनाउने निर्णय गरिएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकीलाई अघि सारिएको एमालेले जनाएको छ ।

    यस्तै, साकेला गाउँपालिका अध्यक्षमा गोपीकृष्ण खड्का र उपाध्यक्षमा दिलकुमारी राई, बराहपोखरी गाउँपालिका अध्यक्षमा गोमा मगर र उपाध्यक्षमा जीवनकुमार राई, रावाबेँसी गाउँपालिका अध्यक्षमा हरि पोखरेल र उपाध्यक्षमा कौशिला गुरुङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्षमा अरुण थापा मगर, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा शंखरबहादुर राई, उपाध्यक्षमा बिमला राई, खोटेहाङ गाउँपालिका अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजन बञ्जरा, केपिलासगढी गाउँपालिका अध्यक्षमा कृष्णकुमार राई र उपाध्यक्षमा उमा गुरुङ, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गृहेन्द्रबहादुर राई र उपाध्यक्षमा पुष्पकला भुजेललाई उम्मेदवार बनाउने टुंगो लगाइएको एमालेले जनाएको छ ।

    एमालेले दुई स्थानीय तहमा महिलालाई प्रमुखमा अघि सारेको देखिएको छ । २०७४ सालको स्थानीय तहको चुनावमा खोटेहाङ गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी कविता राई र बराहपोखरी गाउँपालिका उपाध्यक्ष निर्वाचित गोमा मगर यसपल्ट अध्यक्षका उम्मेदवार बनाइएका हुन् ।

  • बेमौसमी वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध

    बेमौसमी वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध

    खोटाङ । बेमौसममा परेको वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध बनेका छन् । ३१ असोजदेखि २ कात्तिकसम्म परेको अविरल वर्षाका कारण जिल्लाको महुरे–रसुवाघाट, दिक्तेल हाटडाँडा–खानीडाँडा–पञ्चमी, दिक्तेल अस्पतालचोक–मात्तिम लगायतका कच्ची सडक ठप्प बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

    वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा सवारी साधन भासिने समस्याका कारण यातायात सेवा प्रभावित भएको हो । कतिपय ठाउँमा पहिरो खसेका कारण कच्ची सडक अवरुद्ध बनेको हो । दिक्तेल–पाथेका र दिक्तेल–खार्मी सडकमा गत वर्षादेखि नै सवारी साधन चलेका छैनन् ।

    बेमौसममा परेको वर्षाका कारण जिल्लाका १० स्थानीय तहका कच्ची सडकको अवस्था पनि उस्तै नाजुक छ । सवारी साधन सञ्चालन नहुँदा आकस्मिक काम तथा चाडवाडका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् । कच्ची सडक सञ्चालन नहुँदा गाउँबाट बिरामी ओसार–पसार गर्ने एम्बुलेन्स सेवा सबैभन्दा बढी प्रभावित भएको छ । एम्बुलेन्स हिँड्न नसक्ने अवस्थामा कतिपय बिरामीलाई अस्पताल लैजान हेलीकोप्टर चार्टर गर्ने गरिएको छ ।

    पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम र दिक्तेल–निर्मलीडाँडा सडक खण्डमा भने नियमित सवारी साधन सञ्चालन भइरहेको छ । कालोपत्रे भइसकेका दिक्तेल–जयराम सडकले नै हालसम्म जिल्लालाई हिउँद वर्षा राष्ट्रिय सडक सञ्जालमा जोडिरहेको छ ।

    साविकको सदरमुकाकै सडकमा हिलो

    वर्षाका कारण साविकको सदरमुकाम दिक्तेलबजारकै सडक हिलाम्मे बन्ने गरेको छ । दिक्तेलबजारको हाटडाँडादेखि सिँचाईगेटसम्मको सडक खण्ड ढलानमा ढिलाइ हुँदा र वर्षाको पानीले हिलाम्मे हुँदा पैदल यात्रा गर्न समेत असहज भइरहेको छ । वर्षामा दिक्तेलबजारका कतिपय ठाउँमा आहालजस्तै धमिलो पानी जम्ने गरेको छ । हिलो जमेको सडकको किनाराबाट हिँडडुल गर्दा समेत यात्रुको जुत्ता चप्पल हिलोमा भासिने गरेको छ । सडकमा जमेको हिलो सवारी साधनले उछिट्याउँदा पैदल यात्रीलाई भिजाउने गरेको गुनासो छ ।

    हालसम्म दिक्तेलबजारको रत्नपार्कदेखि पुरानो बेस क्याम्पसम्म, त्रिबेणीचोकदेखि मालपोत कार्यालय र भवनगैरादेखि कृषि ज्ञानकेन्द्रसम्म ढलान भइसकेको छ । हाटडाँडादेखि त्रिबेणीचोक हुँदै पुरानो बेस क्याम्पसम्मको खण्ड ढलान गर्न बाँकी छ । त्यसमध्ये टेलिकमको कार्यालयदेखि हाटडाँडा क्षेत्रमा दिक्तेल–खानीडाँडा आहाले सडक कालोपत्रे गर्ने क्रममा स्वःत ढलान हुने छन् ।

    टेलीकमदेखि सिँचाईगेटसम्मको खण्डको ढलानका लागि ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी सुर्य विकास जेभी लाहानको ढिलासुस्ती देखिएको छ । भएका काममा पनि गुणस्तर कायम नभएको नेपाल तरुण दल खोटाङका उपाध्यक्ष सञ्जयकुमार राईले बताए ।

    सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाखमा आगामी २० मंसिर सम्ममा सम्पन्न गर्नेगरी सूर्य विकास जेभीले गत १० असारमा ठेक्का सम्झौता गरेको हो ।