Tag: खेल प्रेस

  • एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

    एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

    यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

    नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।

    नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

    चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको छ ।

    यो प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ ।

    यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।

    -रासस

  • तनहुँमा प्रदेश स्तरीय यू–१६ अन्तर विद्यालय फुटबल प्रतियोगिता हुँदै

    तनहुँमा प्रदेश स्तरीय यू–१६ अन्तर विद्यालय फुटबल प्रतियोगिता हुँदै

    तनहुँ। तनहुँमा प्रदेश स्तरीय यू–१६ अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । मङ्सिर १७ देखि २१ गतेसम्म शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरामा रहेको स्कुलको खेल मैदानमा हुने प्रतियोगिताको तीव्र तयारी भइरहेको छ ।

    नकआउट प्रणालीमा आयोजना गरिने यस प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । सुरुमा टिम दर्ता गर्ने १६ टिमलाई प्रतियोगितामा सहभागी गराइने विद्यालयका प्राचार्य रामचन्द्र शाहीले बताए । शाहीका अनुसार मनाङ र मुस्ताङबाहेकका जिल्लाबाट प्रतिस्पर्धी टोली आउने छन् ।

    प्रतियोगिताको विजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४ हजार तथा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २ हजार मेडल, ट्रफी र प्रमाणपत्र पाउने प्राचार्य शाहीले जानकारी दिए ।

    नेपाल पुलिस स्कुल बेलचौतारा, तनहुँको आयोजनामा हुन लागिरहेको प्रतियोगिताले गण्डकीमा फुटबलको क्रेज अझै बढाउने नेपाल पुलिस स्कुलका समादेश प्रहरी निरीक्षक दिनेश गौतमले बताए ।

    यस प्रतियोगितालाई प्रदेशमै उत्कृष्ट खेलकुद आयोजनाको रूपमा स्थापित गराउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

     

  • रुपन्देहीमा अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु

    रुपन्देहीमा अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु

    रुपन्देही । रुपन्देहीको भैरहवामा १२ औँ संस्करणको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

    शुक्रवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगितामा न्यू मुन एकेडेमी र एभरेष्ट स्कुल विजयी भएका छन् । न्यु मुनले न्यू लाइट सेकेन्डरी स्कुललाई ८ विकेट र एभरेष्टले मुनलाइट बोर्डिङ स्कुललाई ४ विकेटले पराजित गरेको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको न्यू लाइटले निर्धारित २० ओभरमा १४ ओभर २ बलमा अलआउट हुँदै ६५ रन बनायो । उसका लागि गगन अर्यालले १४ र शुसल खरेलले १० रन बनाए । बलिङमा न्यू मुनका आषिश यादवले ४ र इमरान शेखले ३ विकेट हात पारे ।

    जवाफमा न्यु मुनले ७ ओभर ३ बलमा २ विकेट गुमाएर ६६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा आषिश यादवले नटआउट ३३ र श्रीधर न्यौपानेले १६ रन जोडे । बलिङमा न्यु लाइटका भुवन ज्ञवाली र गगन अर्यालले १–१ विकेट लिए । खेलमा आशिष यादव प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

    यस्तै, शुक्रवार नै भएको अर्को खेलमा टस जितेर ब्याटिङ गरेको मुनलाइटले ५ विकेटको क्षतिमा १ सय ३ रन बनायो । उसका लागि भानुबहादुर पाण्डेले २८, सुमन विष्टले नटआउट २४ र हर्षित शाहीले १९ रन जोडे । बलिङमा एभरेष्टका सौगात अर्याल र आदित्य देवकोटाले समान २-२ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको एभरेष्टले १९ ओभर १ बलमा ६ विकेट गुमाएर १ सय ५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुशान्त गौतमले २० र पुरण न्यौपानेले नटआउट १४ रन बनाए । बलिङमा मुनलाइटका सुमन विष्ट र भानुबहादुर पाण्डेले २-२ विकेट लिए । खेलमा आदित्य देवकोटा प्लेयर अफ द म्याच भई पाँच सय प्राप्त गरे ।

    यसअघि प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, सल्लाहकार महेश भुर्तेल, सदस्य प्रथम पराजुलीलगायतले बोल्दै क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको जनाए ।

    उनीहरूले भोलिका राष्ट्रिय खेलाडी भनेकै विद्यालय तहबाट उत्पादन हुने भन्दै अनुशासित र लगनशील भएर खेल्न खेलाडीहरूलाई आग्रह गरे । विद्यालय तहका यस्ता प्रतियोगिताले नयाँ प्रतिभाहरू बाहिर ल्याउन सहयोग पुग्ने उनीहरूको भनाइ छ । रुपन्देही शिक्षासँगै पछिल्लो समय खेलकुदमा समेत हब बनेको उनीहरूले जनाए ।

    विद्यालय तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा रुपन्देहीका ३० वटा विद्यालयको सहभागिता रहेको खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५-५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुशासित टीमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ ।

  • एनपीएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

    एनपीएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

    काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १४ खेल समाप्त भएका छन् । चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ ।

    एनपीएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन् । जारी सिजनमा प्रहार भएका १४ अर्धशतकमध्ये पाँच अर्धशतक नेपाली खेलाडीको नाममा छ । बाँकी सबै विदेशी खेलाडी छन् ।

    सबैभन्दा बढी अर्धशतक हिर्काउने खेलाडीमा सुदूरपश्चिम रोयल्सका तीन, विराटनगर किंस, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्सका दुई/दुई खेलाडी छन् । यस्तै, चितवन राइनोज, कर्णाली याक्सका एक/एक खेलाडी रहेका छन् । व्यक्तिगत रूपमा सबैभन्दा बढी चितवनका विदेशी खेलाडी रवि बोपराले तीन अर्धशतक पूरा गरेका छन् ।

    यस्तै, पोखराका कप्तान तथा नेपाली क्रिकेट टोलीका ‘ओपनर ब्याटर’ समेत रहेका कुशल भुर्तेलले दुई अर्धशतक पार गरेका छन् ।

    सुदूरपश्चिम टोलीका नेपाली खेलाडी विनोद भण्डारी, विदेशी खेलाडीद्वय हर्मित सिंह, जोश ब्राउन, जनकपुरमा आबद्ध नेपाली खेलाडी आसिफ शेख, विदेशी खेलाडी वायन पार्नेल, विराटनगर किंग्सका नेपाली खेलाडी लोकेश बम, विदेशी खेलाडी मार्टिन गुप्टिल, कर्णालीका प्रियान्क पन्चालले एक÷एक अर्धशतक प्रहार गरेका छन् ।

    कर्णालीका विदेशी खेलाडी मार्क वाटमात्रै जारी प्रतियोगितामा शतक हिर्काउने एकमात्र खेलाडी हुन् । लुम्बिनीविरुद्ध ११४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक पूरा गरे । उनी एनपिएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटरसमेत हुन् । वाट एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याटरसमेत बने । यसअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले १०४ रनको शतकीय इनिङ खेलेका थिए । यस क्रममा गौसले ५४ बलमा शतक बनाएका थिए ।

    सुदूरपश्चिम शीर्षमा, अङ्कविहीन जनकपुर

    हालसम्मको अङ्कतालिका हेर्दा सुदूरपश्चिम अपराजित टोलीका रूपमा देखिएको छ । उसले लगातार चार खेल जितेर आठ अङ्कका साथ शीर्ष स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साबिक उपविजेतासमेत रहेको सुदूरपश्चिम ‘प्लेअफ’ नजिक छ ।

    गत सिजनको विजेता जनकपुर हालसम्म अङ्कविहीन छ । अनिल शाह कप्तानीको जनकपुरले तीनवटै खेल हारेको छ । अङ्कविहीन जनकपुरको ‘प्लेअफ’को बाटो साँघुरो बन्दै गएको छ ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर चार खेलबाट छ अङ्कका साथ दोस्रो स्थानमा छ । उसको ‘प्लेअफ’को बाटो फराकिलो छ ।

    कुशल मल्लले हाँकेको चितवनले तीन खेलबाट चार अङ्क जोडेको छ । तेस्रो स्थानमा रहेको चितवन पनि ‘प्लेअफ’ मा पुग्ने सुरसारमा छ ।

    अङ्कतालिकाको चौथो स्थानमा रहेको काठमाडौँले चार खेलमा दुई खेल मात्रै जितेको छ । करण केसीले सम्हालेको काठमाडौँलाई ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न बाँकी खेल जित्नुपर्ने हुन्छ ।

    समान तीन खेलबाट दुई अङ्क मात्रै जोडेका सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा क्रमशः पाचौँ र छैटौँ स्थानमा छन् । प्लेअफको दौडमै रहेका यी दुवै टोलीले पनि बाँकी खेल जित्नैपर्ने दबाब छ ।

    सातौँ स्थानमा रहेको रोहित पौडेलको कप्तानीको लुम्बिनी लायन्सले चार खेलमा एक खेल मात्रै जितेको छ । बाँकी खेलमा जीत हात पार्दै लुम्बिनी ‘प्लेअफ’ को बाटो तय गर्ने लक्ष्यमा छ, तर लयबाहिर रहेको लुम्बिनीलाई जीत निकाल्न कठिन छ ।

    जारी प्रतियोगितामा सबैभन्दा बढी रन हिर्काउनेमा चितवनमा आबद्ध विदेशी खेलाडी रवि बोपरा छन् । उनले १८३ रन बनाएका छन् । बलिङतर्फ भने विराटनगरका कप्तान सन्दीप लामिछाने नौ विकेट लिएर पहिलो स्थानमा छन् ।

    कीर्तिमानी टिमको ‘स्कोर’ बनाउने विराटनगर, कम बनाउने कर्णाली

    जारी प्रतियोगितामा उच्च ‘स्कोर’ बनाउने टोलीमा विराटनगर रहेको छ । उसले पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च बनाउनेमा सुदूरपश्चिम छ । सुदूरले पनि पोखराविरुद्ध १९३ रन जोडेको थियो ।

    जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा कर्णाली छ । सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको कर्णाली ९४ रनमा समेटिएको थियो ।

    नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा जारी प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

  • एनपिएलमा आज दुई खेलः चितवन राइनोज र काठमान्डू गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै

    एनपिएलमा आज दुई खेलः चितवन राइनोज र काठमान्डू गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै

    काठमाडौँ । काठमाडौँमा जारी दोस्रो सिरिजको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेल चितवन राइनोज र काठमान्डू गोर्खाजबीच बिहान ११ः४५ बजे हुने छ ।

    यस्तै, दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच अपराह्न ४ बजे हुनेछ । काठमाडौँको त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको छ ।

    बिहीबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ । जनकपुर बोल्ट्स बिहीबारको खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको हो ।

    यसअघि जनकपुर काठमान्डू गोर्खाजसँग पाँच विकेट तथा विराटनगर किङ्ग्ससँग नौ विकेटले पराजित भएको थियो ।

    बिहीबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको थियो ।

  • एसीसी यू-१९ प्रिमियर कप : कप्तान धामीको प्रेरणामा हङकङमाथि नेपालको फराकिलो जित

    एसीसी यू-१९ प्रिमियर कप : कप्तान धामीको प्रेरणामा हङकङमाथि नेपालको फराकिलो जित

    काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपअन्तर्गतको खेलमा नेपालले आज हङकङलाई ११९ रनको फराकिलो अन्तरले हराएको छ । नेपालका लागि कप्तान अशोक धामीले प्रेरणादायी अलराउन्ड प्रदर्शन गरे ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट क्षतिमा २७० रनको मजबुत स्कोर खडा गरेको थियो । नेपालका लागि कप्तान धामीले विष्फोटक ब्याटिङ गर्दै ५१ बलमा ७३ रन जोडे ।

    जवाफी ब्याटिङमा हङकङ १४९ रनमा रोकियो । नेपालका अपराजित पौडेलले ४ विकेट र धामीले ३ विकेट लिए । धामी प्लेयर अफ द म्याच चुनिएका छन् । नेपालले पहिलो म्याचमा साउदी अरबलाई हराएको थियो ।

  • एनपीएल-२ः सन्जयको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

    एनपीएल-२ः सन्जयको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

    टीयू क्रिकेट मैदानमा पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो । पोखराका लागि समिर वर्माले अविजित अर्धशतकीय इनिङ खेले । उनले २९ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।

    ओपनर दीनेश खरेल ३८, एडम रोसिङटोन २४, कप्तान कुशल भुर्तेल ०, जिम्मी निशम १, तिर्थराज दास २९ र डान डौथवेट ७ रनमा आउट भए । किरणकुमार ठगुन्ना १ रनमा अविजित रहे ।

    बलिङमा जनकपुरका सुमित कृष्णमूर्तिले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी र अनिलकुमार शाहले एकएक विकेट लिए । सुरुआती २ खेलमा हार बेहोरेका दुवै टोली पहिलो जितमा हुनेछन् ।

  • एनपीएल-२ : पोखराले जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै

    एनपीएल-२ : पोखराले जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    सुरुआती २ खेलमा हार बेहोरेका दुवै टोली पहिलो जितमा हुनेछन् ।

  • एनपीएल-२ : सुदूरपश्चिमको बलर हाबी हुँदा लुम्बिनी १४३ रनमा रोकियो

    एनपीएल-२ : सुदूरपश्चिमको बलर हाबी हुँदा लुम्बिनी १४३ रनमा रोकियो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरको लुम्बिनी १९ ओभर ४ बलमा १४३ रनमा अलआउट भयो । टपअर्डरमा मध्यम प्रदर्शन गरेको लुम्बिनीका मिडल र लोअर्डरका ब्याटर चल्न नसक्दा १४३ रनमा समेटिन पुग्यो ।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाइन् । डार्सी सर्ट १८, सुमित महर्जन १८, दीलिप नाथ ३१, गुल्वदिन नाइव ११, सन्दीप जोरा ७, शेर मल्ल ४, थोमस ड्राका ६ र अभिषेश गौतम ६ रनमा आउट भए । तिलक भण्डारी र रुवेन ट्रम्पेल्मेनले कुनै पनि रन जोड्न सकेनन् ।

    बलिङमा सुदूरपश्चिमका पेस बलर हाबी गए । अभिनास बोहराले ३, हेमन्त धामी ३ र स्कट कुगेलेइजन स्पिनर हर्मित सिंहले पनि ३ विकेट लिए ।

  • एनपीएल-२ : लुम्बिनीले सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङ गर्ने

    एनपीएल-२ : लुम्बिनीले सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङ गर्ने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयू क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    एनपीएलमा सुदूरपश्चिम अपराजित टोली हो । लुम्बिनीले एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।

  • एनपिएलः जनकपुर बोल्टस् र पोखरा एभेन्जर्सबीच स्पर्धा हुने

    एनपिएलः जनकपुर बोल्टस् र पोखरा एभेन्जर्सबीच स्पर्धा हुने

    काठमाडौँ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुने भएको छ ।

    जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाले बिहीबार हुने खेलमा सबै खेलाडीले आआफ्नो आमाको नाम लेखिएको जर्सी लगाउने जानकारी दिए । बिहीबार पनि जर्सी लगाएर खेल्ने र त्यसपछि ती जर्सीलाई बिक्रीका लागि अक्सनमा राखिने जनाइएको छ ।

    जर्सी बिक्रीबाट सङ्कलन भएको रकम आमा समूहलाई प्रदान गरिने खतिवडाले बताए । सुरुआती दुवै खेलमा पराजित भएको साविक विजेता जनकपुर बोल्ट्स बिहीबार भने पहिलो जितको खोजीमा हुनेछ ।

  • एनपीएल-२ : रविको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

    एनपीएल-२ : रविको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनायो ।

    चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए । उनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । कप्तान कुशल मल्ल २०, सैफ जैब ३२, दीपक बोहरा ५, डविड मलान १७ र देव खनाल २८ रनको योगदान दिए ।

    बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेट डि लिङ्गेले समान २-२ तथा शुभव रन्जनेले एक विकेट लिए ।

  • रुपन्देहीमा अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको तयारी

    रुपन्देहीमा अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको तयारी

    रुपन्देही । रुपन्देहीमा १२ औँ संस्करणको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता यही मंसिर १२ गतेदेखि हुने भएको छ ।

    आयोजक संस्था रुपन्देही क्रिकेट संघले बुधवार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । पुस १ गतेसम्म चल्ने प्रतियोगिताका लागि पर्वत ज्वेलर्स भैरहवाका सञ्चालक विमल सेन्चुरीले प्रायोजन गरेका छन् । आफ्ना स्वर्गीय हजुरबुवाको स्मृतिमा सेन्चुरीको प्रयोजनमा विगतदेखि यो प्रतियोगिता हुँदै आएको छ ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने प्रतियोगितामा रुपन्देहीका ३० वटा विद्यालयको सहभागिता रहने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । उनका अनुसार यसवर्ष विगतका वर्षहरुमा भन्दा ६ वटा विद्यालयको सहभागिता बढेको छ । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरू सहभागी हुन पाउने छन् ।

    प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुशासित टिमलाई पनि पुरस्कृत गरिने कार्यक्रम संयोजक मल्लिकले बताए ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । उनले हरेक वर्ष सिजनको पहिलो प्रतियोगिता विद्यालय तहको गराउँदै आएको बताउँदै यसले रुपन्देहीमा खेल प्रतिभाहरूको उजागर भइरहेको जनाए । विद्यालयस्तरमा लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउन यो प्रतियोगिताले महत्त्वपूर्ण योगदान गरेको उनको भनाई छ ।

    लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले क्रिकेटर जन्मने भनेकै विद्यालय तहबाट भएकाले यस्ता प्रतियोगिताको योगदान अतुलनीय रहने जनाए । उनले रुपन्देही क्रिकेट संघले विभिन्न प्रतियोगिताहरू गरेर खेलाडीहरूलाई अवसर सिर्जना गरेको बताए । प्रतियोगिता सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् ।

  • पोखराविरुद्धको खेलमा जनकपुरका खेलाडीले आमाको नाम लेखेको जर्सी लगाउने

    पोखराविरुद्धको खेलमा जनकपुरका खेलाडीले आमाको नाम लेखेको जर्सी लगाउने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बिहीबार हुने खेलमा जनकपुर बोल्ट्सका खेलाडीहरुले आआफ्नो आमाको नाम लेखेको जर्सी लगाउने भएको छन् ।

    जनकपुरका खेलाडीहरुले बिहीबार हुने पोखरा एभेन्जर्सविरुद्धको खेलमा आमाको सम्मानमा उक्त जर्सी लगाउन लागेका हुन् ।

    त्यसपछि ती जर्सीहरुलाई जनकपुरले विक्रिका लागि अक्सनमा राख्नेछ । जर्सी बिक्रिबाट उठेको रकम आमा समूहमा प्रदान गर्ने जनकपुरले जनाएको छ । साविक विजेता जनकपुरले सुरुआति दुवै खेलमा हार बेहोरेको छ ।

  • दक्षिण अफ्रिकासँग निरीह बन्यो भारत, दोस्रो टेस्टमा ४०८ रनको हार

    दक्षिण अफ्रिकासँग निरीह बन्यो भारत, दोस्रो टेस्टमा ४०८ रनको हार

    काठमाडौं । भारतले आफ्नै घरेलु मैदानमा कमजोर प्रदर्शन गर्दै दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला गुमाएको छ ।

    टेस्टमा ४०८ रनको विशाल जित दर्ता गर्दा दक्षिण अफ्रिकाले शृङ्खला क्लिन स्विप गर्‍यो । रनका आधारमा यो भारतको इतिहासकै ठूलो हार हो ।

    ब्याटिङ र बलिङ दुवैमा टेस्ट च्याम्पियनसीप विजेता दक्षिण अफ्रिकाका सामू भारत निरीह देखियो । पहिलो इनिङमा दक्षिण अफ्रिकाले ४८९ रन बनाएको थियो भने भारत २०१ रनमा रोकिएको थियो । दोस्रो इनिङमा पनि दक्षिण अफ्रिकाले मजबुत ब्याटिङ गर्दै ५ विकेट क्षतिमा थप २६० रन जोड्यो ।

    जितका लागि ५४९ रनको अभेद्य लक्ष्य पछ्याएको भारत आज पाचौं दिनमा १४० रनमै अलआउट भएको छ । भारतका रविन्द्र जडेजाले अर्धसतक बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका स्पिनर सिमोन हार्मर एक्लैले ६ विकेट लिए ।

  • एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने

    एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने

    काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् । त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजे खेल शुरु हुनेछ ।

    विराटनगरले लगातर तीन खेलमा जित हासिल गरेको छ । उसको अंक ६ पुगेको छ भने तालिकामा दोस्रो स्थानमा कायम छ ।

    यस्तै, चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ । तालिकाको पाँचौँ स्थानमा रहेको चितवन राइनोजले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ ।

  • दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता टोलीलाई क्यानको १० लाखसहित सम्मान

    दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता टोलीलाई क्यानको १० लाखसहित सम्मान

    काठमाडौं । दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ ९क्यान०ले नगदसहित सम्मान गरेको छ ।

    त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा एक कार्यक्रमका बीच आज क्यानले उक्त टोलीलाई रु १० लाख नगदसहित सम्मान गरेको हो । दृष्टिविहीन महिला टोलीले ऐतिहासिक उपलब्धि र नेपाली क्रिकेटको गौरव बढाएको भन्दै क्यानले सम्मान गरेको जनाएको छ ।

    सम्मान कार्यक्रममा क्यानका सचिव पारस खड्कालगायतको उपस्थिति रहेको थियो । श्रीलङ्कामा हालै सम्पन्न दृष्टिविहीन महिला टी-२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

  • एनपीएलः लुम्बिनीलाई काठमाडौँको १५८ रनको चुनौती

    एनपीएलः लुम्बिनीलाई काठमाडौँको १५८ रनको चुनौती

    काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील)अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

    त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनायो । यसमा कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रनको योगदान गरे ।

    लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडी शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई÷दुई विकेट लिए । काठमाडौँले तीन खेल खेलेको छ, जसमा दुई हार र एकमा जित निकालेको थियो ।

    काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ । लुम्बिनी पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौँथो नम्बरमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

  • यु-१९ प्रिमियर कप: नेपालले साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्दै

    यु-१९ प्रिमियर कप: नेपालले साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्दै

    काठमाडौं । एसीसी यु-१९ प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युएईमा जारी कपमा साउदी अरेबियाविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

    डिसेम्बर १ सम्म हुने कपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा नेपालसहित हङकङ र साउदी अरेबिया छन् । यस प्रतियोगितामा १४ देश सहभागी छन् । शीर्ष ३ देश यू-१९ एशिया कपमा छनोट हुनेछन् ।

  • एनपिएलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै

    एनपिएलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज मंगलबार दिउँसो ४ बजे प्रतिस्पर्धा हुँदैछ ।

    त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

    काठमाडौँले यसअघि एक खेलमा जित र अर्को दुई खेलमा हार बेहोरेको छ भने दुई अंकसहित पाँचौ स्थानमा छ ।

    यस्तै, लुम्बिनी लायन्स एक जित निकाल्दै दुई अंकसहित छैटौँ नम्बरमा छ ।

  • एनपीएल दोस्रो सिजनमा सन्दीपको घातक फर्म, जनकपुरविरुद्ध जादुमयी बलिङ

    एनपीएल दोस्रो सिजनमा सन्दीपको घातक फर्म, जनकपुरविरुद्ध जादुमयी बलिङ

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सबैभन्दा प्रभावशाली टिमका रुपमा उदाएको छ, विराटनगर किङ्स । लगातार तेस्रो जित दर्ता गर्दै विराटनगर अंकतालिकाको शीर्षस्थानमा उक्लियो ।

    आज भएको म्याचमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाखा लगाउँदै विराटनगरले शीर्षस्थान कब्जा गरेको हो । विराटनगरले दिएको १३६ रनको मामूली स्कोर बलियो ब्याटिङ लाइनअप भएको जनकपुरले पछ्याउन सकेन । जनकपुरलाई रोक्न सबैभन्दा निर्णायक भूमिका रह्यो विराटनगरका कप्तान सन्दीप लामिछानेको ।

    उनको घातक स्पिनमा जनकपुर बोल्ट्स टिक्न सकेन र ९ रनको हार व्यहोर्न बाध्य भयो । सन्दीपले ४ ओभरमा फगत ११ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिँदै म्यान अफ दि म्याच बने ।

    एनपीएल दोस्रो सिजनमा आफ्नो नाम अनुसारको प्रदर्शन गरिरहेका छन् सन्दीप । तीन म्याचमा ७ विकेट लिँदै उनी अहिलेसम्म सर्वाधिक विकेट लिने बलरहरुको सूचीमा शीर्षस्थानमा उक्लिएका छन् । उनले पहिलो म्याचमा पोखराविरुद्ध दुई विकेट र दोस्रोमा काठमाडौंविरुद्ध १ विकेट लिएका थिए ।

    ती दुई म्याचमा पनि विराटनगरलाई जित दिलाउन उनको प्रदर्शन निकै अहम् थियो । दोस्रो म्याचमाप नि उनले २-३ विकेट लिन सक्थे, तर फिल्डिङले धोका दियो । आज भएको तेस्रोमा भने सन्दीपले आफ्नो बेस्ट दिए । टीमलाई आवश्यकता परेको बेलामा सन्दीपको उत्कृष्ट प्रदर्शन निस्कियो ।

    जनकपुरका ब्याटरले सन्दीपको बल झेल्ने सकेनन् भन्दा पनि हुन्छ । न नेपाली न विदेशी ब्याट्सम्यानले उनीमाथि हावी भएर खेल्न सके । सन्दीपको बलमा एउटा पनि बाउन्ड्री प्रहार भएन । जनकपुरसँग ब्याटिङ पावरको कमी छैन । त्यसमाथि १३६ रनको सामान्य लक्ष्य जनकपुरले सहजै पछ्याउने अनुमान थियो । तर, सुरुबाटै विराटनगरका बलरले जनकपुरलाई खुलेर खेल्न दिएनन् । सूर्य तामाङले पनि आज दुई विकट लिँदै सन्दीपलाई बलियो साथ दिए ।

    त्यसो त सुरुवाति ६ ओभरमा जनकपुरले संयमित भएर खेल्दै १ विकेट क्षतिमा ३५ रन बनाएको थियो । सातौं ओभरमा सन्दीपले आफूलाई बलिङमा उतारेसँगै खेलको समिकरण बदलियो । आफ्नो पहिलो ओभरमा नै सन्दीपले केवल २ रन खर्चेर अनिल साहको विकेट लिए । त्यसपछिको अर्को ओभरमा उनले श्रीलंकन ओपनर लहिरु मिलान्थालाई पेभिलियन फर्काउँदै आफ्नो टिमलाई खेलमा फर्काए । मिलान्थाको विकेट जनकपुरका लागि निकै ठूलो झट्का थियो ।

    १६ ओभरको समाप्तिसम्ममा खेल फेरि विराटनगरको हातबाट फुत्किन लागेको थियो । नामिबियाका विष्फोटक ब्याट्सम्यान जान निकोल लोफ्टी इटनले विराटनगरमाथि काउन्टरअट्याक गर्दै जनकपुरलाई जिततर्फ अग्रसर गराए । अन्तिम १८ बलमा जनकपुरलाई २५ रन चाहिएको थियो भने हातमा थिए ५ विकेट । खेल जनकपुरको पकडमा पुगिसकेको थियो, तर सन्दीपले खेललाई विराटनगरको पक्षमा मोडे ।

    १८ औं ओभरमा बलिङमा आएका उनले केवल २ रन खर्चेर दुई विकेट लिएपछि जनकपुर संकटमा पर्‍यो । १८ औं ओभरको दोस्रो र तेस्रो बलमा उनले रुपेश सिंह र संगीथ कुरीलाई आउट गर्दै ह्याट्रिको नजिक पुगेका थिए । यद्यपि, ह्याट्रिक पूरा गर्न भने सकेनन् ।

    सन्दीपको यो ओभर सकिँदा जनकपुरलाई बाँकी १२ बलमा २२ रन चाहिने समिकरण बन्यो भने हातमा ३ विकेट मात्रै थिए । लोफ्टी इटन क्रिजमा नै भएकाले जनकपुरको आशा समाप्त भएको थिएन । तर विराटनगरका मर्चेन्ट डि लाङ्गे र प्रतिश जिसीले उनलाई कुनै मौका दिएनन् ।

    एनपीएलमा यसपटक उपाधि दाबेदारकै रुपमा देखापरेको छ विराटनगर । सन्दीपले लिडिङ फ्रम दी फ्रन्टको उदाहरण प्रस्तुत गर्दै टिमलाई अगाडि बढाइरहेका छन् । विराटनगरले दक्षिण अफ्रिकाका विश्वविख्यात ब्याटर फाफ डु प्लेसिसलाई अनुवन्ध गरेको छ । उनले विराटनगरका पछिल्ला म्याचहरू खेल्ने छन् । फाफ नआउँदै बलियो देखिएको विराटनगर उनी आएपछि झन् के होला त ? विराटनगरका समर्थहरुको आँखा उपाधिमा पर्न थालिसकेको छ ।

    सन्दीप पहिलो सिजनमा उनी अपेक्षाकृत सफल हुन सकेका थिएनन् । तीन म्याचसम्म विकेटविहिन रहेका थिए उनी । पछिल्ला चार म्याचमा कमब्याक गर्दै ६ विकेट लिए । यसपटक भने उनले पहिलो तीन म्याचमै ७ विकेट चट्काइसकेका छन् । यस्तै प्रदर्शन जारी राखेको खण्डमा उनी कार पुरस्कारको हकदार बन्न सक्ने देखिन्छ । यद्यपि, प्रतियोगितामा अझै लामो यात्रा बाँकी छ ।

    सन्दीपको फर्म विराटनगरका लागि मात्र नभएर नेपाली राष्ट्रिय टिमका लागि पनि ठूलो सन्तोषको विषय हो । नेपालले आगामी फेब्रुअरीमा हुने टि २० विश्वकपमा नेपालले सन्दीपबाट ठूलो आशा राखेको छ । विश्वभरका टी २० लिगको अनुभव बटुलिसकेका उनले विश्वकपमा आफ्नो उत्कृष्टता देखाउन सकेको खण्डमा नेपालले बलिया टीमहरूलाई स्तब्ध तुल्याउन सक्छ ।

  • एनपीएल-२: विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

    एनपीएल-२: विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो ।

    विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन बनाए ।बसिर अहमद ३६, ओपनर लोकेश बम २८, जर्ज मुन्से १०, गप्टिल मार्टिन १३ र नारायण जोशी २ रनमा आउट भए ।

    बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २-२ र आदित्य मेहताले एक विकेट लिए ।

  • एनपीएलः जनकपुरविरुद्ध विराटनगर पहिले ब्याटिङमा

    एनपीएलः जनकपुरविरुद्ध विराटनगर पहिले ब्याटिङमा

    काठमाडौं । नेपाल प्रिमियर लिग २ अन्तरगत आज दुईवटा म्याचहरू कीर्तिपुर रंगशालामा हुँदैछन् । पहिलो म्याचमा जनकपुर बोल्ट्सविरुद्ध बिराटनगर किङ्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

    विराटनगरले टस जितेर ब्याटिङ रोजेको हो । यसअघिका दुई म्याचमा विराटनगरले लगातार जित दर्ता गरिसकेको छ । साविक विजेता जनकपुर भने दोस्रो म्याच खेल्दा पहिलो जितको खोजिमा छ ।

    आफ्नो पहिलो म्याचमा जनकपुरले हारको सामना गरेको थियो ।

  • एनपिएलमा आज दुई खेल हुने

    एनपिएलमा आज दुई खेल हुने

    काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आज आठौँ दिन सोमबार दुई खेल हुने भएको छ ।

    सोमबार त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी, दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

    हालसम्मको अङ्कतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज भने दुई अङ्क जोड्दै तेस्रो स्थानमा छ । दुईवटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ ।

    मङ्सिर १ गतेदेखि शुरु एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । मङ्सिर २७ गते फाइनल हुनेछ ।

  • ‘एनपीएल’का खेल डिजिटल प्लेटफर्म प्रसारण गर्नु गैरकानुनी, लाग्न सक्छ साइबर अपराधको मुद्दा

    ‘एनपीएल’का खेल डिजिटल प्लेटफर्म प्रसारण गर्नु गैरकानुनी, लाग्न सक्छ साइबर अपराधको मुद्दा

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित ‘नेपाल प्रिमियर लिग’ डिजिटल प्लेटफर्म तथा समाजिक सञ्जालमा प्रसारण नगर्न सूचना जारी गरिएको छ ।

    डिजिटल अधिकार प्राप्त संस्थाबाहेक अन्य प्लेटफर्ममा प्रसारण गरिनु अनधिकृत र गैरकानुनी रहेको बताइएको छ ।  डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जाल (युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर, टेलिग्राम) वा अन्य वेबसाइट र एपबाट लिगकका खेल बिक्री वितरण, पुन: प्रसारण, रेकर्डिङ, सम्पादन तथा अन्य कुनै पनि किसिमले प्रयोग गर्ने-गराउने कार्य गैरकानूनी भएकाले दण्डनीय रहेको बताइएको छ ।

    नेपाल प्रिमियर लिगको ओभर द टप (ओटीटी) प्रसारणसम्बन्धी सम्पूर्ण अधिकार पाएको डिश मिडिया नेटवर्कले सार्वजनिक सूचना जारी गर्दै सचेत गराएको हो ।

    सूचनाअनुसार अनधिकृत लिंक, साइट तथा माध्यमहरुबाट क्रिकेट खेल हेर्न खोज्दा आफ्नो व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साइबर अपराधमा पर्न सक्ने हुँदा त्यस्ता अनधिकृत कार्य गर्न तथा प्रचार-प्रसार नगर्न-नगराउनु डिश होमले अनुरोध गरेको छ ।

    डिश होमले सूचनामा भनेको छ- ‘नेपाल प्रिमियर लिगका कुनै पनि खेलहरु अनधिकृत रुपमा प्रसारण भएको सूचना प्राप्त भएमा CAN वा डिशहोमलाई यथाशीघ्र जानकारी गराउनुहुन हामी नेपाल क्रिकेट संघ (CAN) तथा डिश मिडिया नेटवर्क लिमिटेडको तर्फबाट संयुक्त निवेदन गर्दछौं | साथै त्यस्ता अनधिकृत कार्यहरु गैरकानूनी भएकोले प्रचलित कानून बमोजिम कारबाही हुने अवगत गराउँदछौं |’

  • माघमा हुने टाइगर कपमा माल्दिभ्सको राष्ट्रिय टोलीले सहभागिता जनाउने

    माघमा हुने टाइगर कपमा माल्दिभ्सको राष्ट्रिय टोलीले सहभागिता जनाउने

    पोखरा । आउँदो माघमा हुने छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा माल्दिभ्सको राष्ट्रिय टोलीले सहभागिता जनाउने भएको छ ।

    पोखरामा शनिबार भएको टाइगर ग्रुप अफ पोखरा नेपालको चौथो वार्षिक साधारण सभामा अध्यक्ष नारायणप्रसाद शर्माले च्याम्पियनसिपमा माल्दिभ्सको पुरुष राष्ट्रिय टोलीले सहभागिता जनाउने जानकारी गराएका हुन् । छैटौं टाइगर कप भलिबल आउँदो माघ ९ देखि १७ गतेसम्म हुँदैछ ।

    अध्यक्ष शर्माले टाइगर कपमा माल्दिभ्सको राष्ट्रिय टोलीको खेल्न आउँदा च्याम्पियनसिपको गरिमा र साख माथि उठेको उल्लेख गरे । यसपटक टाइगर कपको विजेताको पुरस्कार रकम पनि वृद्धि गरिएको शर्माले जानकारी दिए ।

    महिला तथा पुरुषतर्फ विजेता हुने टोलीलाई जनही ६ लाख ६६ हजार ६ सय ६६ रुपैया पाउनेछन् । यसअघि ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउँदै आएका थिए । उपविजेतालाई भने ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो हुने टोलीलाई १ लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६ सय ६६ र विधागततर्फ उत्कृष्ट हुनेलाई ११ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ । टाइगर ग्रुप अफ पोखराले खेलकुदसँगै सामाजिक क्षेत्रमा पनि निरन्तर योगदान दिँदै आएको अध्यक्ष शर्माले जानकारी दिए ।

  • एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित

    एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित

    काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।

    विराटनगरले शनिबार भएको दोस्रो खेलमा विराटनगरले काठमाण्डु गोर्खाजलाई ५ विकेटले पराजित ग¥यो । विराटनगर किंग्सले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

    विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए । लोकेश बलमे १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ र नरेन भट्टले २४ रनको योगदान दिए । शुभम रञ्जाने ६ र कप्तान सन्दीप लामिछाने ९ रनमा अविजित रहे । बलिङमा काठमाण्डुका शाहव आलमले २, करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एकएक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । काठमाण्डुका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाए ।

    उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित रहे । वेन चाल्र्सवर्थले ३२, रिकार्डो वेस्कोन्सेलोसले ३, प्रतिक श्रेष्ठले २, गेह्राड एरामसले १०, सन्तोष यादवले २६ रन बनाएर आउट भए । जोन सिम्पसन ७ रनमा अविजित रहे । बलिङमा विराटनगरका मार्चेन्ट डि लिङगेले २, शुभम रञ्जाने, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेले एकएक विकेट लिए ।

    पहिलो खेलमा विराटनगरल पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । काठमाण्डुले भने दोस्रो हार बेहोरेको छ । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।

  • पाकिस्तानलाई हराउँदै नेपाल ब्लाइन्ड महिला विश्वकपको फाइनलमा प्रवेश

    पाकिस्तानलाई हराउँदै नेपाल ब्लाइन्ड महिला विश्वकपको फाइनलमा प्रवेश

    काठमाडौं । नेपाल प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भारत र श्रीलंकामा जारी विश्वकपको सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गर्‍यो ।

    पाकिस्तानले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि विनिता पुनले सर्वाधिक ४६ रन बनाइन् ।

    अब नेपालले उपाधिका लागि भारतसँग खेल्नेछ । भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

  • लुम्बिनीविरुद्ध शतक प्रहार गर्दा मार्क वाटले बनाए कीर्तिमान

    लुम्बिनीविरुद्ध शतक प्रहार गर्दा मार्क वाटले बनाए कीर्तिमान

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा कर्णाली याक्सका ओपनर मार्क वाटले उत्कृष्ट शतक प्रहार गर्दै लुम्बिनी लायन्समाथि शानदार जित दर्ता गर्‍यो । मार्कले ४४ बलमा ११४ रनमा अविजित रहे । त्यसक्रममा मार्कले १२ छक्का र ६ चौका प्रहार गरे ।

    मार्कले एनपीएलमा एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन् । यसअघि सर्वाधिक छक्का प्रहार गर्नेमा विवेक यादव, कुशल मल्ल र लोकेश बम थिए । विवेक र कुशल पहिलो सिजन र लोकेशले यही सिजनमा एकै खेलमा ७ छक्का प्रहार गरेका थिए ।

    यस्तै एकै खेलमा सर्वाधिक रन बनाउने किर्तिमान पनि मार्कले बनाएका छन् । यसअघि उक्त किर्तिमान आन्द्रेस गौसको नाममा थिए । उनले पहिलो सिजनमा लुम्बिनीविरुद्ध अविजित १०४ रन बनाएका थिए । उनी एनपीएलमा शतक प्रहार गर्ने दोस्रो र एनपीएल–२ मा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने ।

  • धारा नेपालगन्ज म्याराथनको उपाधी खडकबहादुर र पूर्णलक्ष्मीलाई

    धारा नेपालगन्ज म्याराथनको उपाधी खडकबहादुर र पूर्णलक्ष्मीलाई

    दाङ । ११औँ धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खेलाडीले हात पारेका छन् । पुरूषतर्फ त्रिभुवन आर्मी क्लवका खडकबहादुर खड्काले खड्काले २ घण्टा १५ मिनेट ८ सेकेन्डमा ४२ किलोमिटर दुरी पार गर्दै उपाधि जितेका हुन् । खड्का गत १० औं संस्करणका पनि च्याम्पियन हुन् ।

    नेपाल आर्मीकै सुशीलकुमार शाही दोस्रो र सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की तेस्रो भए । उनीहरूले क्रमशः २ घण्टा १६ मिनेट ४८ सेकेन्डमा र २ घण्टा १९ मिनेट १८ सेकेन्डमा ४२ किलोमिटर दूरी पार गरे ।

    खड्काले उपाधिसँगै नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। दोस्रो भएका शाहीले १ लाख तथा तेस्रो भएका पार्कीले ५० हजार रुपैयाँ पाए ।

    यस्तै, हाफ म्याराथन महिलातर्फको उपाधि आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले जितीन । सशस्त्र प्रहरीकी फुलमती राना दोस्रो र आश्मा विश्वकर्मा तेस्रो भइन ।

    न्यौपानेले उपाधिसँगै नगद ७५ हजार पुरस्कार प्राप्त गरिन् । रानाले ५० हजार तथा विश्वकर्माले २५ हजार रुपैयाँ पाएकी छन् ।

  • एनपिएलः आज दुई खेल हुँदै

    एनपिएलः आज दुई खेल हुँदै

    काठमाडौँ । काठमाडौँका टीयु मैदान कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज शनिबार दुई खेल हुने भएका छन् ।

    बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ ।

    लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ ।

    यस्तै, दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् । करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ ।

    विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।

  • विश्वकप जिते लगत्तै स्मृति मन्धनाले गरिन् इन्गेजमेन्ट, क्रिकेट पिचमा प्रेमीले लगाइदिए औँठी

    विश्वकप जिते लगत्तै स्मृति मन्धनाले गरिन् इन्गेजमेन्ट, क्रिकेट पिचमा प्रेमीले लगाइदिए औँठी

    काठमाडौं । भारतीय स्टार क्रिकेटर स्मृति मन्धना विवाहबन्धनमा बाँधिने भएकी छन् । उनले केही दिनअघि आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरिन् ।

    हालै भएको महिला विश्वकपमा भारतलाई विजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी स्मृतिले त्यस लगत्तै जोडी बाँध्ने सुर कसेकी हुन् । मुम्बईको डीवाई पाटिल स्टेडियम (जुन मैदानमा भारतले ऐतिहासिक विश्वकप जितेको थियो) मा गायक तथा संगीतकार पलाश मुच्छालले घुँडा टेकेर स्मृतिलाई विवाहको प्रस्ताव राखेका थिए ।

    पलाशले इन्स्टाग्राममा राखेको भिडियो भाइरल बनिरहेको छ । भिडियोमा आँखामा पट्टी बाँधिएकी स्मृतिलाई मैदानको बीचतिर लगिन्छ । पट्टी खोल्नेबित्तिकै अगाडि घुँडा टेकेका पलाश र हातमा औँठी देखेर उनी भावुक बन्छिन् । स्मृतिले खुसीका साथ ‘एस’ भनिन् । त्यसपछि पलाशकी बहिनी पलक मुच्छालसहित परिवार र साथीहरू मैदानमा दौडिएर बधाई दिन पुगे ।

    यो जोडी आउँदो आइतबार (नोभेम्बर २३, २०२५) मा विवाह बन्धनमा बाँधिँदै छ । वर्षौँदेखि प्रेममा रहे पनि उनीहरूले सम्बन्धलाई सार्वजनिक गरेका थिएनन् । बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले दुवैलाई बधाई पत्र पठाएपछि यो जोडीको चर्चा झन् चुलिएको छ । स्मृतिले पनि इन्स्टाग्राममा साथीहरू जेमिमाह रोड्रिगेज र राधा यादवसँग रमाइलो रिल हालेर औँठी देखाउँदै खुसी साटेकी छिन् ।

    कप्तान हरमनप्रीत कौरकी उपकप्तान रहेकी स्मृतिले विश्वकपमा ९ इनिङ्समा ४३४ रन बनाउँदै दोस्रो सर्वाधिक रनकर्ता बनेकी थिइन् । न्युजिल्यान्डविरुद्ध उनले हानेको शतकले भारतको आशा जोगाएको थियो । क्रिकेट मैदानदेखि वैवाहिक मण्डपसम्म, स्मृति मन्धनाको सन् २०२५ साँच्चिकै अविस्मरणीय बन्दैछ ।

  • एनपीएल २ : आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

    एनपीएल २ : आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

    अपराह्न ४:०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने छन् ।

    पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपीन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् ।

    सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन् ।

  • एनपीएल–२ः लुम्बिनीले चितवनलाई ६ विकेटले हरायो

    एनपीएल–२ः लुम्बिनीले चितवनलाई ६ विकेटले हरायो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । चितवनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

    लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए । उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८, डार्सी सर्ट ११, दीलिप नाथ १० रनमा आउट भए । जेजे स्मित ४ रनमा अविजित रहे । बलिङमा चितवनका रिजन ढकालले २ र सोहिल तन्विरले एक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए ।

    उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कप्तान कुशल मल्ल २१, सैफ जैब १५, दीपक बोहरा १०, डविड मलान ०, देव खनाल १४ र सोहिल तन्विर ५ रनमा आउट भए । अर्जुन साउद ८ रनमा अविजित रहे ।

    बलिङमा लुम्बिनीका रुवेन ट्रम्पेल्मेनले सर्वाधिक ३ विकेट लिए । अभिषेश गौतम र गुल्बादिन नइबले दुईदुई विकेट लिए ।

  • चितवनविरुद्ध लुम्बिनीले टस जितेर पहिला फिल्डिङ गर्दै

    चितवनविरुद्ध लुम्बिनीले टस जितेर पहिला फिल्डिङ गर्दै

    काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ मा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा चितवनविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    एनपीएलमा लुम्बिनीले पहिलो खेल खेल्न लागेको हो । चितवन भने दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो ।