Tag: खाेप

  • जापानबाट आइपुग्यो तीन लाख मात्रा खोप

    जापानबाट आइपुग्यो तीन लाख मात्रा खोप

    काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ ।

    कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।

    जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै शनिबार पाँच लाखमात्रा खोप आएको थियो । बाँकी खोप एक सातापछि आउने मन्त्रालयले जनाएको छ ।

    यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ ।

    हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप स्वदेश आइपुगेको छ । नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन ।

    यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ । चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

    खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको छ । खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै संक्रमण फैलनसक्ने देखिएपछि सरकारले एक हजार ४३३ खोप केन्द्र थप गरेको हो ।

    पहिले दुई हजार ९८९ खोप केन्द्र भएकामा अहिले त्यो  स‌ंख्या चार हजार ४२२ पुर्‍याइएको छ । काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पुर्‍याइएको छ ।

  • चेम्बरले निजी क्षत्रका लागि प्रधानमन्त्रीसँग माग्यो आयात भएको १० प्रतिशत खोप

    चेम्बरले निजी क्षत्रका लागि प्रधानमन्त्रीसँग माग्यो आयात भएको १० प्रतिशत खोप

    काठमााडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरेको छ ।

    चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नयाँ प्रधानमन्त्री शेरबहादु देउवालाई बधाई दिदै कूल आयातको न्युनतम १० प्रतिशत कोरोनाविरुद्धको खोप चेम्बरका व्यवसायी, यातायात व्यवसायी र देशको अर्थतन्त्र माथि उठाउन योगदान गरेका व्यक्तिहरुलाई दिन माग गरेका छन् ।

    नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरु तथा सदस्यद्धारा आज प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष भेटवार्ता गरि बधाइ दिदै खोप माग गरेको हो ।

    मल्लले अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताउदै खोपको माग गरेका हुन् ।
    निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि मल्लले बताए । प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताएका छन् ।

    कोभिडको खोप सम्वन्धी नेपाल चेम्वर अफ कमर्सको माग वारे सरकार सम्वेदनशील रहेको छ । निकट भबिष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने प्रधानमन्त्री देउवाले बताए ।

    उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक कुमार मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा तथा चेम्वरका सूचना तथा संचार समितिका सभापति सन्तोष पाण्डेको उपस्थिति रहेको थियो ।

  • उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन चेम्बरको आग्रह

    उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन चेम्बरको आग्रह

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्यागी व्यवसायीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ । चेम्बरले आज एक विज्ञप्ति निकालेर उद्योगी र व्यवसायीलाई कोरोना विरुद्धको खोप व्यवस्थापन गाराउन माग गरेको हो ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको नयाँ भेरियण्टको कोरोना भाइरस (कोभिड १९) बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको छ । नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा समेत परेको छ ।

    मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने चेम्बरले बताएको छ ।

    चेम्बरले भनेको छ, ‘कोरोना विरुद्धको खोप नपाएर अग्रपंक्तीमा कार्यरत व्यवसायिक क्षेत्रको आत्मवलमा हस आएको छ । अहिले मुलुकमा लकडाउन भइ अधिकांश व्यवसायहरु बन्द अवस्थामा रहेका छन भने अर्को तर्फ कोरोना विरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले यसबाट उत्पन्न बिषम परिस्थितिका कारण उद्योग व्यवसाय संचालन गर्न समेत चुनौतिपूर्ण अवस्था सृजना हुन गएको छ ।’

    चेम्बर अन्तरर्गतका समस्त किराना व्यवसायीहरु उद्योगीहरु एवम उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदूरलाई दुवै चरणको खोपको व्यवस्थाको लागि नेपाल चेम्बर अफ कमर्स सम्वधित निकाय समक्ष आग्रह गरेको छ ।

  • निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री

    निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने दावी गरेका  छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए।

    उनका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिएको छ ।

    नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् ।