Tag: क्लियरिङ्ग हाउस

  • क्लियरिङ्ग हाउस मार्फत कुल ग्राह्यस्थ उत्पादनको तीन गुणा बढी भुक्तानी

    क्लियरिङ्ग हाउस मार्फत कुल ग्राह्यस्थ उत्पादनको तीन गुणा बढी भुक्तानी

    काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)का विभिन्न प्रणालीहरु मार्फत आर्थिक वर्ष २०७७/७८ मा फर्छ्यौट गरिएको नगदरहित भुक्तानी कारोबार नेपालको कुल ग्राह्यस्थ उत्पादन भन्दा तीन गुणाले बढी देखिएको छ।

    एनसीएचएल लगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तिय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने च्यानलहरु संचालन गर्दै आएको छ ।

    गत आर्थिक वर्षमा एनसीएचएलले कुल ४ करोड ४७ लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११७५ ले बढी रहेको छ । त्यसैगरी रकमको आधारमा र १३ खर्ब, यएसडीबाट २०.९ करोड, इयुआरबाट २४.९ करोड र जीबीपीबाट २७.२ करोड बराबरको रकम आफ्ना विभिन्न भुक्तानी प्रणालीहरु मार्फत फर्छ्यौट गरेको हो ।

    नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको विद्युतिय भुक्तानी बृद्धी गरी डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीतिगत प्रयास तथा कोभिड–१९ समेतको कारणले सृजना भएको परिस्थितीले डिजिटल भुक्तानीको स्वीकार्यता तथा प्रयोगमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

    साथै आगामी वर्षमा एनसीएचएलद्वारा कार्यान्वयन गरिने नेशनल पेमेन्ट स्विच मार्फत पनि यसरी बढ्दो डिजिटल भुक्तानीको प्रयोगलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

    नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुबाट प्रवद्र्धित यस नेपाल क्लियरिङ्ग हाउसले देशको डिजिटल भुक्तानी पूर्वाधार विकासका निम्ती राष्ट्रिय स्तरका भुक्तानी तथा फर्छ्यौटका प्रणालीहरु निर्माण तथा सञ्चालन गर्दै आएको छ ।

    यसमा ५९ बैंक वित्तिय संस्था, २३ भुक्तानी सेवा प्रदायक, १२ रेमिट्यान्स कम्पनी, ७ इन्सुरेन्स कम्पनी, १२ सरकारी तथा अर्ध सरकारी निकाय र अन्य ७ विभिन्न संघ संस्थाहरु आबद्ध रहेका छन् ।