Tag: क्रिसमस डे

  • ‘क्रिसमस डे’मा राष्ट्रपतिको शुभकामना, चाडपर्वले राष्ट्रिय एकता सुदृढ हुने विश्वास

    ‘क्रिसमस डे’मा राष्ट्रपतिको शुभकामना, चाडपर्वले राष्ट्रिय एकता सुदृढ हुने विश्वास

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वको माध्यमबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको जनाएकी छन् ।

    इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुने बताएकी हुन् ।

    क्रिसमस डेजस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वाकस, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गर्ने उनले कामना गरेकी छन् ।

    इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ । नेपाल सरकारले आज सार्वजनिक बिदाको घोषणा गरेको छ ।

    यद्यपि शनिबार नेपालमा सार्वजनिक बिदा हुन्छ ।

  • इसाई धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदै

    इसाई धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदै

    काठमाडौं । इसाई धर्मावलम्बीले आज विश्वभर क्रिसमस डे मनाउँदै छन् । धर्मका प्रवद्र्धक जिजस क्राइस्ट (येशू क्रिस्ट)को जन्मदिन अवसरमा मनाइने क्रिसमस डे उक्त धर्मको सबैभन्दा ठूलो पर्व हो ।

    येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा उक्त समुदायले आजको दिनलाई भव्य रुपमा मनाउने गर्छन्।

    आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।

    हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको बताइन्छ।