Tag: कोरोना परीक्षण

  • सैनामैनाका नागरिकको घरमै कोरोना परीक्षण सुरु, कहिले–कुन वडामा ?

    सैनामैनाका नागरिकको घरमै कोरोना परीक्षण सुरु, कहिले–कुन वडामा ?

    रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोनाका सम्भावित बिरामीको पहिचान गर्न घरघरमै पुगेर परीक्षण सुरु गरेको छ । अहिले कोरोना भाइरस र तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहेकोले समुदायस्तरमा संक्रमणको अवस्था कस्तो छ भनेर पत्ता लगाउन र संक्रमित व्यक्तिलाई छुट्टाएर आइसोलेसनमा राखी उपचार गर्ने प्रयोजनका लागि एन्टिजेन परीक्षण गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आजदेखि समुदायस्तरमा एन्टिजेन परीक्षण सुरु भएको हो ।

    कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिहरुलाई तोकिएका स्थानमा आइ परीक्षण गर्न प्रमुख कार्कीले आग्रह गरे । आज बुधबार वडा नं. १ को कार्यालयमा बिहान १० बजेदेखि १२ बजेसम्म, वडा नं. २ को कार्यालयमा दिउँसो २ देखि ४ बजेसम्म परीक्षण गरिने भएको छ ।

    त्यस्तै माघ ६ गते पर्रोहा स्वास्थ्य चौकी वडा नं. ३ का लागि बिहान १० देखि १२ बजेसम्म समय तोकिएको छ, भने वडा नं. ४ का लागि दिउँसो २ देखि ४ बजेसम्म सोही स्थानमा समय तोकिएको हो ।

    माघ ७ गते वडा नं.५ को बुद्ध स्टार क्लब भवनमा बिहान १० देखि १२ बजेसम्म र वडा नं. ६ को दुधराक्ष स्वास्थ्य चौकीमा २ देखि ४ बजेसम्म एन्टिजेन परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

    त्यस्तै पालिकाका अनुसार माघ ९ गते वडा नं. ७ को वडा कार्यालय देउवापार र वडा नं. ८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र बाँसगढीमा परीक्षण गरिने छ । माघ १० गते वडा नं.९ को वडा कार्यालयमा बिहान १० देखि १२ सम्म र वडा नं. १० को वडा कार्यालयमा दिउँसो २ देखि ४ बजेसम्म परीक्षण हुने भएको छ । त्यस्तै माघ ११ गते वडा नं. ११ को कोटियादेवी मावि तालिमा बिहान १० देखि १२ बजेसम्म एन्टिजेन परीक्षण हुनेछ ।

    नगरपालिकामा हालसम्म ५७ हजार बढीले कोरोना भाइरस (कोभिड —१९) विरुद्धको खोप लगाएका छन् । नगरका ११ वटै वडाका गरी कुल ५७ हजार ६ सय ३९ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

    नगरप्रमुख कार्कीका अनुसार पहिलो खोप लगाउनेमा ४७ हजार ६ सय ४० जना रहेका छन् । जसमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका पनि छन् । त्यस्तै पहिलो खोप लगाउनेको विद्यार्थीको संख्या ९ हजार ९ सय ९९ रहेको छ ।

    नगरमा पूर्णखोप अर्थात् दुवै खोप लगाउनेको संख्या ४२ हजार ३ सय १२ जना रहेको पालिकाले जनाएको छ ।

  • २० जना पोजेटिभ भएपछि गाउँ नै ‘सील’

    २० जना पोजेटिभ भएपछि गाउँ नै ‘सील’

    रुपन्देही । पूर्वी पाल्पाको रामपुर ३ बोटेगाउँमा समुदायमा कोरोना परीक्षण गर्दा संक्रमणको धेरै संक्रमित भेटिएपछि गाउँ क्षेत्र नै शील गरिएको छ । गाउँमा ज्वरो आउने र रुघा लाग्ने लक्षण भएका तथा केही बिरामीको निधन भएका घरपरिवारका सदस्यको कोरोना परीक्षण गरिएको थियो ।

    बोटेगाउँमा बिहीबार गरिएको ५० जनाको परीक्षणमा २० जनामा पोजेटिभ देखिएको छ भने ३० जनाको रिपोर्ट नेगेटिभ आएको थियो । रामपुर नगरपालिका-३ का वडाअध्यक्ष दिनेशकुमार खनालको अध्यक्षतामा बसेको भेलाले साउन ७ गते राती १२ बजेदेखी साउन १४ गते राती १२ बजेसम्मका लागि गाउँ पूर्णरुपमा सील गर्ने निर्णय गरेको हो ।

    गत साउन ४ गते कोरोना पोजेटिभ भएका एकै गाउँका २ जनाको मृत्यु भएपछि स्थानीयको आग्रहमा स्वास्थ्यकर्मी गएर गाउँमा एन्टिजेन परीक्षण गरिएको थियो ।

    ‘गाउँघरमा कोरोना संक्रमणको लक्षण देखिएका धेरै छन् । कतिपय परीक्षण गर्नै मान्दैनन्,’ वडाध्यक्ष खनालले भने ।

    कोरोना पोजेटिभ देखिएका २ जनाको ज्यान गएपछि स्वास्थ्यकर्मीको व्यबस्था गरेर खटाएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले बताए । नगरपालिकाले परिक्षण गर्ने वडा र गाउँमा शंका लागेका बिरामीले अनिवार्य एन्टिजेन गरी सघाउन उनले अनुरोध गरे ।

    कोरोना पोजेटिभ देखिएकाहरु अहिले होम आइसोलेसनमा छन् । एक हप्ता शिल गरिएको क्षेत्रमा वडाअध्यक्ष, स्वास्थ्यकर्मीको रोहबरमा समिति निर्माण गरेर शिललाई पूर्ण कार्यान्वयन गराउने स्थानीय खगेश्वर बोटेले जानकारी दिए ।

  • भारतमा १८ हात्तीको कोरोना परीक्षण

    भारतमा १८ हात्तीको कोरोना परीक्षण

    दिल्ली । भारतमा २८ ओटा हात्तीको कोरोनाभाइरसको परीक्षण गरिएको छ ।

    जनावरहरुलाई पनि कोरोनाभाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो ।

    दक्षिण भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

    परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ ।

    परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

    यसअघि सोही रिसोर्टमा कोरोनाका कारण एउटा सिंह मरेको र अन्य केही सिंहहरु बिरामी भएका थिए ।

    त्यसपछि प्रदेशका वनमन्त्री रामचन्द्रले रिसोर्टमा रहेका सबै हात्तीको कोरोना परीक्षण गर्न निर्देशन दिएका थिए ।

  • कोरोना परीक्षणको दायरा बढाउँछौं, गाउँ-गाउँमा परीक्षण गर्छौं : स्वास्थ्यमन्त्री तामाङ

    कोरोना परीक्षणको दायरा बढाउँछौं, गाउँ-गाउँमा परीक्षण गर्छौं : स्वास्थ्यमन्त्री तामाङ

    काठमाडौं । सरकारले कोरोनाभाइरस परीक्षणको दायरा बढाउने बताएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री तामाङले गाउँ-गाउँमा समेत परीक्षणको दायरा बढाउने बताए ।

    अहिलेपनि एन्टीजेन किट्हरु प्रयोगमा नआएको बताउँदै उनले ती किट् प्रयोग गरेर दायरा विस्तार गर्ने उनको भनाई छ । ‘सबैलाई परीक्षण गरेर संक्रमितलाई आइसोलेसनमा ल्याउने हाम्रो तयारी छ’ उनले भने ।

    पछिल्लो समय पीसीआर परीक्षण घटाइएको भन्दै सरकारको आलोचना हुने गरेको छ । यसबारे सोधिएको प्रश्नमा मन्त्री तामाङले परीक्षणको दायरामा विस्तार गर्ने सरकारको तयारी रहेको बताए

  • कोरियाले निर्माण गर्‍यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

    कोरियाले निर्माण गर्‍यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

    सीयोेल । दक्षिण कोरियाले आफूलाई कोरोना संक्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।

    उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ । घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ ।

    यतिमात्र नभई यो किट अब हरेक २४ घण्टा पसलमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस-२५, सेभेन इलाभेन, इ-मार्टलगायतका २४ घण्टा पसलबाट सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात् झण्डै एक हजार नेपाली रुपैयाँ पर्छ ।

    यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई पोजिटिभ आए सेल्फ आइसोलेशन बस्ने तथा थप पीसीआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन् । कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अवलम्बन गरेको बताइएको छ ।

  • कोरोना परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह

    कोरोना परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह

    सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको बताउँदै  काेराेना परीक्षणको दायरा फराकिलो पार्न सरकारलाई आग्रह गरेका छन् ।

    प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग भेटवार्ता गर्दै प्रदेश प्रमुख कलौनीले कोरोना संक्रमितको ज्यान जोगाउन कुनैपनि कसर बाँकी नराख्न सरकारलाई सुझाव दिए ।

    कोभिड १९ रोकथाम तथा प्रतिकार्यमा प्रदेश सरकारले गरिरहेको काम सन्तोषजनक रहेको बताउँदै प्रदेश प्रमुखले सरकारको कामको प्रशंसा समेत गरे ।

    मुख्यमन्त्री शाहीले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, विभिन्न अस्पतालहरु तथा स्थानीय सरकारसँग सहकार्य गरी कोभिडको महामारी फैलिन नदिनेगरी प्रयासहरु गरिरहेको बताए ।

    कोभिड-१९ रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्य तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश सरकारले प्रर्याप्त वजेट विनियोजन गरेको जानकारीसमेत माननीय मुख्यमन्त्रीले गराएका थिए ।

    प्रदेश सरकारले कोभिड रोकथामका लागि विनियोजन गरेको कुल बजेटमध्ये आधा अर्थात् ५० करोड विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाएको मुख्यमन्त्री शाहीको भनाई थियो ।

  • प्रधानमन्त्री ओलीले गराए कोरोना परीक्षण

    प्रधानमन्त्री ओलीले गराए कोरोना परीक्षण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको लागि थ्रोट स्वाब नमूना संकलन गरिएको छ ।

    बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए ।

    प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसद बैठक डाकिएकाले यसअघि नै प्रतिनिधिसभा सांसदहरूको समेत कोरोना परीक्षण गरिसकिएको छ ।

  • आज सांसदहरुको कोरोना परीक्षण हुँदै (भिडियो)

    आज सांसदहरुको कोरोना परीक्षण हुँदै (भिडियो)

    काठमाडौं । संघीय संसद सचिवालयले आज दुवै सदनका सांसदहरुको कोभिड १९ को पिसिआर परीक्षण गराउँदैछ ।

    बैशाख २७ गते बस्ने प्रतिनिधिसभा विशेष अधिवेशनको बैठकको तयारीमा रहेको सचिवालयले दुवै सदनका सभामुख, अध्यक्ष,उपाध्यक्ष र सांसदहरुको कोभिड परीक्षण गर्न लागेको हो ।

    अहिले १० बजेबाट संसद भवनको ल्होत्से हलमा कोभिड परीक्षण सुरु गरिएको छ ।

    आज प्रतिनिधिसभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्य, महासचिव, सचिवसहित संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको कोभिड परीक्षण हुने सचिवालयले जनाएको छ ।

    त्यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मीसहित अन्य सम्बन्धित व्यक्तिको परीक्षण भने बिहीबार हुनेछ ।

    प्रतिनिधिसभाको बैठक बैशाख २७ गते बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव उपर छलफल र निर्णय हुनेछ ।

  • कोरोना परीक्षण गराउन चर्को घाममा घण्टौं लाइन, भीडका कारण जोखिम बढ्दो

    कोरोना परीक्षण गराउन चर्को घाममा घण्टौं लाइन, भीडका कारण जोखिम बढ्दो

    जनकपुरधाम । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा कोरोना परीक्षण गराउनेहरुको भीड लागेको छ । भारतबाट फर्केका र कोरोनाको लक्षण देखिएका व्यक्तिहरु कोरोना परीक्षण गराइरहेका छन् । स्वास्थ्य मापदण्ड पूरा नगरी परीक्षण गराउनेको भीडका कारण जोखिम झन् बढेको भन्दै केहीले चिन्ता व्यक्त गरेका छन् ।

    कोरोना परीक्षणका लागि चर्को घाममा घण्टौ लाइनमा बसेर स्याब दिनुपर्ने बाध्यता छ । कोठामा स्वाब संकलन गर्दा संक्रमण फैलिने जोखिमका कारण बाहिरै राखेर स्वाब संकलन गर्नुपरेको प्रयोगशालाका स्वास्थ्यकर्मी बताउँछन् ।

    चर्को घाममा बाहिरै लाइन लाग्नुपर्दा वृद्धबवद्धालाई बढी सास्ती भएको छ । एक घण्टा लाइन बस्दा बल्ल स्वाब दिन पाएको जनकपुरका एक युवकले बताए ।

    स्वाब संकलनका लागि लाइन लाग्ने ठाउँमा कम्तिमा छाना राख्न उनले माग गरे । उनले भने, ‘यहाँ प्रायः वृद्धवृद्धा र विरामी आउँछन् । सरकारको ध्यानाकर्षण होस् ।’

    कोरोनाको दोस्रो लहर सुरु भएपछि पीसीआर परीक्षण गराउनेको संख्या बढेको छ । हिजो मात्रै यहाँ १८३ जनाको पिसिआर परीक्षण भयो । जसमध्ये २२ जनामा संक्रमण पुष्टि भएको छ ।

  • भोलिको कांग्रेस बैठक स्थगित, सबै नेताले कोरोना परीक्षण गरेपछि बस्ने

    भोलिको कांग्रेस बैठक स्थगित, सबै नेताले कोरोना परीक्षण गरेपछि बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

    आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले सबै सदस्यहरूले कोरोना परीक्षण गरेपछि वैशाख १५ मा केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय गरेको हो ।

    बैठकमा पार्टीको महाधिवेशनसँग केन्द्रित आन्तरिक विषय तथा सदस्यहरूको सन्दर्भमा छलफल भएको नेता अर्जुन नरसिंह केसीले बताए । सरकार गठन र अविश्वास प्रस्तावका सन्दर्भमा यसअघिकै निर्णय निरन्तर रहेको र विकल्प खोज्ने प्रयास जारी रहेको केसीले बताए ।

  • ट्रान्जिटमा आउने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    ट्रान्जिटमा आउने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षणमा कडाइ गरेको छ ।

    पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाउँदै कोरोनाविरुद्धको खोप लगाउने र परीक्षण गर्ने विदेशी नागरिक बढेपछि स्वास्थ तथा जनसंख्या मन्त्रालयले त्यसमा रोक लाएको छ । आइतबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ट्रान्जिटका लागिमात्र नेपाल आएर कोभिड-१९ को परीक्षण गर्ने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न प्रयोगशालालाई निर्देशन दिइएको छ ।

    सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार यसरी ट्रान्जिटमा आउने विदेशी नागरिकका कारण जनमानसमा कोभिड झन् फैलनसक्ने जोखिमलाई ध्यान दिँदै मन्त्रालयय सो निर्देश गरेको हो ।

    मन्त्रालयले नेपाली नागरिक, कुटनैतिक निकाय, नेपालस्थित विभिन्न मिसनका कर्मचारी तथा उनीहरूका परिवार र नेपालमा बसोबास गरेका विदेशीलाई परिचय खुल्ने प्रमाणका आधारमा परीक्षण गरिदिन पनि अनुरोध गरेको छ ।

    मन्त्रालयको निर्देशनलाई अटेर गरेको पाइए कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

  • कोरोना परीक्षणको शुल्क घट्यो

    कोरोना परीक्षणको शुल्क घट्यो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

    सरकारी प्रयोगशालाहरुमा कोभिड -१९ पीसिआर परीक्षणको शुल्क समायोजन गरि एक हजार निर्धारण गरेको हो ।

    बुधबार बसेको आइसिएका पदाधिकारी सहित कोभिड- १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले अब उपरान्त सरकारी प्रयोगशालाहरुमा कोभिड १९ पीसिआर परीक्षणको शुल्क समायोजन गरि प्रति परीक्षण १ हजार निर्धारण गरिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए ।

    यसअघि कोरोना परीक्षण गर्दा २ हजार रुपैँया शुल्क लाग्ने गरेको थियो ।