Tag: कोरोना खोप

  • नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि सरकारद्धारा अनुमति प्रदान

    नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि सरकारद्धारा अनुमति प्रदान

    काठमाडौं । सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो ।

    अमेरिकी कम्पनी सानोफी पाश्चरको प्रायोजनमा इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्यूट कोरियासँग मिलेर खोपको क्लिनिकल ट्रायल गरिने कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    आवश्यक प्रमाणसहित प्राविधिक तयारी गर्दा सेप्टेम्बर दोस्रो सातादेखि खोप ट्रयाल कार्यक्रम अघि बढ्न सक्ने छ । परिषद्का अनुसार बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज र धुलिखेल अस्पतालमा यो खोपको ट्रायल गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

  • प्रदेश १ मा आएको ९६ हजार कोरोना खोप खोइ ?

    प्रदेश १ मा आएको ९६ हजार कोरोना खोप खोइ ?

    विराटनगर । सुनसरीको दुहवी ८ का लंकबहादुर तिवारीले गएको फागुनमा कोभिसिल्डको पहिलो डोज खोप लगाए । ७२ वर्षीय तिवारी दोस्रो डोज खोप लगाउन पाउने आशामा पटक-पटक दुहवीका खोप केन्द्रमा धाए । तर, उनले दोस्रो डोज खोप लाउन पाएनन् । दोस्रो मात्रा आइनपुगेको भन्दै आफू फर्किएको उनले बताए ।

    तिवारीजस्तै अहिले प्रदेशमा कोभिसिल्डको पहिलो डोज लगाएका २ लाख ५६ हजार ३ सय ९१ जना ज्येष्ठ नागरिक र फ्रन्टलाइनर दोस्रो डोजको प्रतीक्षामा छन् ।

    उनीहरूमध्ये धेरैले पहिलो डोज लगाएको १७ हप्ता हुन लाग्यो । तर, दोस्रो डोज पाउने मिति भन्ने टुंगो छैन ।

    कोरोना संक्रमण तीव्र बनिरहँदा प्रदेशमा आएको कोभिसिल्डको ९६ हजार ८ सय ९९ डोज खोप कहाँ गयो भन्ने तथ्यांकमा देखिँदैन ।

    प्रदेश १ मा २०७७ माघ २२ गते ९ हजार ६ सय भायल कोभिसिल्डको खोप आएको थियो । फागुन १४ गते ३३ हजार ३ सय भायल र वैशाख ३ गते ३ हजार भायल कोभिसिल्ड प्रदेशमा भित्रिएको देखिन्छ ।

    सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांकलाई आधार मान्दा ४५ हजार ९ सय भायल कोभिसिल्ड प्राप्त भएको छ । एक भायलमा १० डोज हुन्छ । यसरी हेर्दा प्रदेशमा १ मा ४ लाख ५९ हजार डोज कोभिसिल्ड भ्याक्सिन आएको छ ।

    सामाजिक विकास मन्त्री उषाकला राईको सचिवालयले दिएको तथ्यांक अनुसार प्रदेशमा ३ लाख ९ हजार २ सय ४६ जनाले कोभिडसिल्ड खोप लगाएका छन् । पहिलो र दोस्रो दुवै डोज भने ५२ हजार ८ सय ५५ जनाले मात्र लगाएका छन् ।

    यसरी हेर्दा प्रदेशमा कोभिड शिल्डको ३ लाख ६२ हजार १ सय १ डोज खोप खर्च भएको छ ।

    मन्त्रालयले दिएको तथ्यांक अनुसार आएको खोप ४ लाख ५९ हजारबाट ३ लाख ६२ हजार १ सय १ डोज खोप घटाउँदा ९६ हजार ८ सय ९९ डोज स्टक देखिन्छ ।

    तर, सो खोप मन्त्रालयमा नहुँदा खोप कहाँ गयो भन्ने प्रश्न उब्जिएको छ ।

    मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखाले भने शुरूमा आएको खोप प्रदेश २ तिर पनि गएकाले तथ्यांकमा नदेखिएको हुनसक्ने जवाफ दिएको छ । ‘शुरूमा आएको कोभिशिल्डको खोप सिरहा र सप्तरी पनि गएको थियो । तर, यसै भन्न सकिन्न ‘, एक अधिकारीले भने ।

    सदनमा मन्त्रीको टालटुले जवाफ

    प्रदेश १ को आठौं तथा बजेट अधिवेशनको २४ औं बैठकमा सामाजिक विकास मन्त्री राईले प्रदेशसभा सदस्यहरूले खोपको सन्दर्भमा उठाएको जिज्ञासामा टालटुले जवाफ दिएकी छन् ।

    राईले भनिन्, ‘प्रदेश १ मा पहिलोपटक कोभिसिल्डको खोप २०७७ फागुन २ गते आएको हो ।’ सो मितिमा ३९ हजार ३ सय १७ भायल खोप आएको थियो । यसमा ३ लाख ९३ हजार १ सय ७० डोज खोप भएको उनले बताइन् ।

    उनले सदनमा ३ लाख ६२ हजार एक सय एक जनाले खोप लगाएको तथ्यांक प्रस्तुत गरिन् तर थप खोप कहिले र कुन मितिमा आयो भन्ने तथ्यांक सार्वजनिक गरिनन् ।

    सामाजिक विकास मन्त्री राईका अनुसार २ लाख ५६ हजार ३ सय ९१ जना दोस्रो डोज खोप लगाउन बाँकी छन् । मन्त्री राईले कोभिडिसल्ड लगाएकाहरूलाई दोस्रो डोजका लागि एस्ट्राजेनेकाको तयारी भइरहेको जानकारी दिइन् ।

    भेरोसेलको सिंगल डोज !

    मन्त्री राईले प्रदेशसभाको वैठकमा भेरोसेलको २ खाले खोप आएको बताइन् । उनका अनुसार भेरोसेलकै सिंगल डोज र डबल डोज आएको छ ।

    प्रदेशसभामा राईले भनिन्, ‘भेरोसेल खोप २ प्रकारका छन् सिंगल र डबल डोज वाला । पहिलो चरणमा १ लाख ७८ हजार २ सय भायलल सिंगल डोजको आएको छ ।’

    तर भेरोसेलको सिंगल डोज खोप नै नभएको र नआएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता बताउँछन् ।

    उनले भने, ‘कसले के भन्यो मलाई थाहा भएन तर भेरोसेलको खोप २ पटक नै लगाउनु पर्छ ।’

    मन्त्री राईका अनुसार भेरोसेल दोस्रो चरणको भ्याक्सिन साउन ११ मा आएको थियो । दोस्रो चरणमा १ लाख ६९ हजार ९सय ६० भाईल खोप आएको मन्त्री राईले प्रदेश सभामा बताइन् ।

    आएको मध्ये ३ लाख २८ हजार ३ सय २७ जनाले भेरोसेलन लगाएको उनको भनाइ छ । ६६ हजार ३ सय ३९ जनाले भेरोसेलको दोस्रो डोज लगाउन बाँकी छ ।

    प्रदेश १ मा साउन ११ गते ४८ हजार भायल जोनसोन एण्ड जोनसोन आएको प्रदेशसभामा जानकारी गराइएको छ । उनले जसबाट २ लाख ४० हजार डोज खोप प्राप्त भएको जानकारी दिइन् ।

    यसरी आएका खोपहरू सीधै जिल्लाहरूलाई तोकेर जाने गरेकोले थियो । डीसीसीएमसीमार्फत पालिकामा जाने गरेको मन्त्री राईले बताईन् ।

    मन्त्रालयको तथ्यांकमा भेरोसेल

    सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा भेरोसेल खोप जेष्ठ २२ गतेदेखि आएको छ । सो दिन १ लाख ४५ हजार ८ सय डोज आएको देखिन्छ ।

    त्यस्तै असार १६ गते ३२ हजार ४ सय डोज खोप आएको छ । त्यस्तै साउन ८ गते १ लाख ६९ हजार ९ सय ६० भायल खोप आएको देखिन्छ ।

    आएकोमध्ये ३ लाख २८ हजार ३ सय २३ जनाले पहिलो डोज लगाएका छन् । ६६ हजार ३ सय ३९ जनाले दोस्रो डोज पनि लगाएको मन्त्रालयले जनाएको छ ।

    जोनसोन एण्ड जोनसोनको ४८ हजार भायल खोप आएकोमा ६० हजार ९ सय ३ जनाले लगाएका छन् ।

  • कोरोना खोपको तत्काल व्यवस्था गर्न सुनसरीका उद्योगीहरुको माग (भिडियाे)

    कोरोना खोपको तत्काल व्यवस्था गर्न सुनसरीका उद्योगीहरुको माग (भिडियाे)

    सुनसरी । सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

    उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका लागि पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका कर्मचारी प्रशासन प्रमुख महेश पोखरेलले सरकारसँग माग गरे ।

    उनले निर्यात व्यापारका लागि, मुलुक मित्रै रोजगार सृजना गर्न पनि उद्योगधन्दा चाहिने भएपनि सरकारले उद्योगहरुमा काम गर्ने वातावरण निर्माणका लागि कोरोना विरुद्धको खोपको व्यवस्था अझै मिलाउन नसकेको भन्दै दुःख समेत व्यक्त गरे ।

    पहुँचवाला मान्छेलाई खोप दिने सरकारले उद्योगमा काम गर्ने श्रमिकहरुलाई सो व्यवस्था गर्न नसकेकोमा कर्मचारी प्रशासन प्रमुख पोखरेलको आपत्ति छ ।

    सुनसरीको दुहवी–खनार लाईनमा मात्रै तीन दर्जनभन्दा बढि उद्योगहरु छन । तर ती उद्योगहरु संचालनको वातावरण बनाउन पनि सरकारले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने उद्योगीहरुको भनाई छ ।

    मान्छेहरुको धेरै चलखेल हुने उद्योगहरुमा खोपको आवश्यक व्यवस्था मिलाए कोरोना संक्रमणको दरसमेत कम हुुने एशीयन थाई फुड्स प्रा.लि.का महाप्रबन्धक समिर साहले बताए। उनले उद्योग, व्यवसायका श्रमिकहरुलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न ढिलाई गर्न नहुनेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

    कोरोनाको तेस्रो लहरको जोखिम बढेसँगै त्यहाँका उद्योगीहरुमा त्रास बढाएको छ । यता, स्थानीय प्रशासनले भने खोपका लागि ताकेता गरेपनि उपलब्ध गराउन नसकिएको प्रतिक्रिया दिएको छ । सरकारले समयमै कोरोनाविरुद्धको खोपको व्यवस्था नगरेपछि त्यहाँका उद्योगी, व्यवसायीहरु आफ्नो व्यवसाय संकटमा पर्ने अवस्था आएको उल्लेख गर्दै चिन्तित भएका छन ।

     

     

  • गर्भवती र स्तनपान गराइरहेका महिलालाई कोरोना खोप उपलब्ध गराउन नेसोगको माग

    गर्भवती र स्तनपान गराइरहेका महिलालाई कोरोना खोप उपलब्ध गराउन नेसोगको माग

    काठमाडौं । कोरोनाभाइरस संक्रमणले गर्भवती र स्तनपान गराइरहेका महिलालाई जोखिम बढाएको भन्दै नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग)ले तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

    कोरोना संक्रमणबाट गर्भवती महिलामात्र नभई गर्भमा भएको शिशुलाई समेत असर गर्न सक्ने कुरा पनि नेसोगले ध्यानाकर्षण गराएको छ । उसले तत्काल खोपको व्यवस्था नगरिए यो समूह जोखिममा पर्न सक्नेतर्फ सचेत पनि गराएको छ ।

    गर्भवती अवस्थामा खोप प्रयोग गर्न सकिने र त्यसले गर्भमा रहेको बच्चालाई कुनै असर नगर्ने भएकाले गर्भवतीको जीवन रक्षाका लागि खोप अपरिहार्य रहेको विज्ञप्तीमा उल्लेख छ ।

    सरकारले आगामी दिनमा खोप दिनको लागि गर्भवती र स्तनपान गराइरहेका महिलालाई समेत प्राथमिकतामा राखेर खोप व्यवस्थापन गर्न नेसोगले माग गरेको छ ।

  • सबै नेपालीलाई पुग्ने गरी खोपको व्यवस्था गरेका छौं, कसैले खोप-खोप भनिरहनु पर्दैन : ओली (भिडियो)

    सबै नेपालीलाई पुग्ने गरी खोपको व्यवस्था गरेका छौं, कसैले खोप-खोप भनिरहनु पर्दैन : ओली (भिडियो)

    काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड खोपलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।

    हिजो सदनमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कोभिड खोप आफ्नो प्राथमिकतामा रहेको बताएका थिए । केन्द्रीय कमिटी बैठकमा ओलीले सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको बताएका छन् ।

    ‘केही पनि नभएको ठाउँबाट सबैले कोभिड खोप लगाउन पाउने अवस्थामा पुर्‍याएका छौं । दक्ष जनशक्ति, खोप लगाउने केन्द्रहरू र तदअनुसारको प्रबन्ध र सबै नेपालीलाई क्रमशः लगाउने पुग्ने गरी खोपको व्यवस्था गरेका छौं’, निवर्तमान प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘अब कसैले प्राथमिकता खोप, खोप, खोप भनेर जोड दिइरहन आवश्यक छैन ।’

    आफू नेतृत्वको अघिल्लो सरकारले बाढी, पहिरो र डुबानपीडितलाई पनि आवाससहित राहतको आवश्यक व्यवस्था मिलाएको उनको दावी छ । देश र जनताका लागि गर्व गर्न लायक काम गरेपनि अन्य दलहरुले आफ्नो अस्तित्व रक्षाका लागि त्यसको विरोध गर्नु परेको उनको तर्क छ ।

    ओलीले भने, ‘केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको विरोध गरेका हुन् । पार्टीभित्रका महत्वकांक्षीहरूलाई सुर्‍याएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ ।’

     

  • कोरोना खोप खरिद गर्न सरकारको ५ अर्ब सहमति (भिडियो)

    कोरोना खोप खरिद गर्न सरकारको ५ अर्ब सहमति (भिडियो)

    काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्बको सहमति प्रदान गरेको छ ।

    नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सो रकम दिनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।

    देउवा नेतृत्वको सरकारको हिजोको पहिलो क्याविनेटले आगामी चैतसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको थियो ।

    अर्थमन्त्री शर्माले कोभिड-१९ नियन्त्रण तथा रोकथामअन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको सुनश्चिततासम्बन्धी निर्णय गरेका छन् । जसअन्तर्गत संघीय अस्पतालका लागि ५६ करोड ४१ लाख ५७ हजार र प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका अस्पतालका लागि प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत ३७ करोड ३४ लाख ९० हजार वित्तीय हस्तान्तरण हुनेछ ।

    सरकारी तथा निजी अस्पतालमा एचडीयू, भेन्टिलेटर, आईसीयूलगायत कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरिदका लागि संघीय तथा निजी अस्पताललाई ९६ करोड १२ लाख ११ हजार निकासा र प्रदेश तथा स्थानीय तहमा सञ्चालित अस्पताललाई प्रदेशमार्फत ५२ करोड ४४ लाख ४० हजार वित्तीय हस्तान्तरणसम्बन्धी निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए ।

    अर्थमन्त्री शर्माले कोरोनाले थिलथिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले सरकार निजी क्षेत्रसँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

     

    रासस

  • जाँदाजाँदै ओलीकाे घोषणा- सबै नेपालीलाई पुग्ने खोप प्रबन्ध गरिसकेका छौं, डेढ करोड डोज आपूर्ति प्रक्रियामा

    जाँदाजाँदै ओलीकाे घोषणा- सबै नेपालीलाई पुग्ने खोप प्रबन्ध गरिसकेका छौं, डेढ करोड डोज आपूर्ति प्रक्रियामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली जनतालाई पुग्नेगरी खोप आपूर्तिको प्रबन्ध गरिसकिएको जानकारी दिएका छन् । पदबाट बाहिरिदै गर्दा देशबासीको नाममा सम्बोधन गर्दै ओलीले एक करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा किन्ने प्रक्रिया जारी रहेको बताए ।

    ओलीले सम्बोधनमा भने, ‘खोपको लागि सबै प्रबन्ध भइसकेको छ र दक्षिण एशियामा भारतपछि नेपाल दोस्रो हो । तर, भरेदेखि पहिले नै लगाइएका खोपको फोटो राखेर हामीले गर्‍यौं भन्न थाल्नेछन् तर म प्रचार होइन काममा विश्वास गर्छु, जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु ।

    ओलीले बालबालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको बताए । उनले भारतबाट १० लाख डोज, चीनबाट अनुदानसहित ५८ लाख डोज खोप प्राप्त भएको बताए ।

    त्यस्तै अमेरिकबाट उपहारस्वरूप १५ लाख डोज र जापानबाट १६ लाख डोज खोप प्राप्त भएको भन्दै कोभ्याक्सअन्तर्गत ३ लाख ४८ हजार डोज आइसकेको र ३ लाख ५० हजार आउने क्रममा रहेको ओलीले बताए ।

  • कोरोना खोपको भण्डारण : एकैचोटि धेरै आए समस्या पर्ने

    कोरोना खोपको भण्डारण : एकैचोटि धेरै आए समस्या पर्ने

    काठमाडौं । कोरोनाविरुद्धको खोप पर्याप्त नभएको र त्यसका लागि सरकारले यथेष्ट प्रयत्न नगरेको आवाज उठिरहेको छ । तर, नेपालले पहल गरे जति सबै खोप एकैचोटि नेपाल आए भण्डारणको समस्या हुने देखिएको छ ।

    नेपाल सरकारले अहिले रुस, बेलायत, चीन र भारतबाट खोप ल्याउन पहल गरिरहेको छ । चीनबाट  केहीदिनमा १० लाख डोज खोप नेपाल आइपुग्दैछ ।

    त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेन, चीनका राष्ट्रपति सी जिङपीङ, बेलायती महारानी एलिजाबेथ द्वितिया, रुसी समकक्षी भ्लादिमिर पुटिन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाएकी छिन् ।

    यदि सबैले खोप दिए र नेपालले खरिदका लागि प्रक्रिया अघि बढाएका ठाउँबाट खोप आयो भने कहाँ राख्ने भन्ने चिन्ता भएको बताउँछन्, खोप शाखाका प्रमुख डा. झलक गौतम ।

    कोरोनाविरुद्धको खोपलाई अत्यन्त चिसोमा राख्नुपर्ने हुन्छ । कुनै खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ भने कुनै माइनस २ देखि ८ डिग्री सेल्सियस चिसोमा भण्डारण गर्नुपर्ने हुन्छ ।

    कुन खोप कति तापक्रममा राख्नु पर्छ ?

    फरक देशबाट ल्याइएको खोपलाई फरक-फरक ठाउँमा राख्नुपर्ने हुन्छ । किनकि, सबै खोपलाई एकै तापक्रममा भण्डारण गर्न मिल्दैन । त्यसका लागि आवश्यक कोल्ड चेन नेपालमा छैन ।

    अमेरिकाबाट ल्याइने खोप फाइजरको भण्डारण सबैभन्दा चुनौतीपूर्ण छ । उक्त खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । उक्त कम्पनीको खोप पग्लियो भने पुनःभण्डारण गर्नसमेत नसकिने कम्पनीले जनाएको छ । यसको लागि विशेष रेफ्रिजेटरको आवश्यकता पर्छ ।

    त्यस्तै अमेरिकामै बनेको जोन्सन एण्ड जोन्सनको खोप भण्डारणका लागि २ देखि ८ डिग्री सेल्सियस बीचको तापक्रम चाहिन्छ । खोपको सुरक्षामा ध्यान दिन नसके खोपले काम नगर्ने कम्पनीले जनाएको छ ।

    भण्डारण गर्न सजिलो हुने भएकाले सरकारले अमेरिकामा उत्पादित अन्य खोप भन्दा जोन्सन एण्ड जोन्सन खोप खरिद गर्न बढी जोड दिएको छ । त्यस्तै उक्त खोप एक डोज मात्रै लगाए पुग्छ ।

    अमेरिकामा नै उत्पादन भएको मोडेर्ना खोप पनि २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । तर, खोप ढुवानी गर्नको लागि भने माइनस ५० देखि माइनस १५ डिग्री (५८ डिग्री फरेनहाइट देखि ५ डिग्री फरेनहाइट) को बीचमा राखेर ल्याउनुपर्ने हुन्छ ।

    भारतको कोभिसिल्ड खोपलाई २ देखि ८ डिग्री ताक्रममा सुरक्षित राख्न सकिन्छ । यो तापक्रम सामान्य फ्रिजमा हुने तापक्रम हो ।

    त्यस्तै रुसले उत्पादन गरेको स्पूतनिक-५ खोपलाई २ देखि ८ डिग्रीको तापक्रममा सुरक्षित राख्न सकिन्छ । यसैगरी सिनोर्फाम कम्पनीले उत्पादन गरेको चीनको भेराेसेल खोपका लागि ६ महिनासम्म २ देखि ८ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । जुन खोप भण्डारण गर्न र सुरक्षित राख्न सजिलो हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    २० लाख डोजभन्दा बढी राख्न समस्या छः खोप शाखा

    विभिन्न देशबाट एकैपटक ठूलो परिमाणमा खोप आइपुगे भण्डारण गर्न समस्या हुने खोप शाखाले जनाएको छ । शाखाका प्रमुख गौतम भन्छन्, ‘हामीसँग अहिले २० लाख डोज खोपसम्म भण्डारण गर्ने क्षमता छ । त्यो भन्दा धेरै आएमा राख्न गाह्रो छ ।’

    खोपको प्रभावकारिता कायम गर्न खोप उत्पादनको समयदेखि लगाउने बेलासम्म तोकिएको तापक्रममा राख्नुपर्छ । नत्र खोपले काम नगर्ने विज्ञहरू बताउँछन् ।

    खोपलाई परिवहन, भण्डारण, वितरण र लगाउने बेलासम्म एउटा खास तापक्रम कायम राख्ने प्रणाली ‘कोल्ड चेन’ हो । कोल्ड चेनमा खोपलाई चाहिने तापक्रम अनुसारको रेफ्रिजेरेटरमा राखिएको हुनुपर्दछ ।

    नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै क्षमताको भण्डारण छ, तर त्यहाँ कोल्ड चेन छैन । डा. गौतम भन्छन्, ‘अहिले भण्डारणको समस्या छ, तर यही कारण खोप नल्याउने भन्ने हुँदैन ।

    अहिल एयरपोर्टबाहेक ७ वटै प्रदेश अस्पतालमा खोप भण्डारण केन्द्र छन् । उनले थपे, ‘अहिलेकै अवस्थामा त भण्डारणको समस्या छैन । एकैचोटि धेरै खोप आयो भने मात्रै समस्या हो । एकैचोटि धेरै मात्रामा खोप आए निजी कम्पनीलाई भण्डारणको जिम्मा दिने तयारी भइरहेको डा. गौतमले बताए ।

    नेपालमा आउन सक्ने सम्भावना भएको फाइजर खोपको भण्डारणका लागि भने रेफ्रिजेरेटरको अभाव भएको उनको भनाइ छ । फाइजर खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । ‘हामीसँग ७० युनिट स्पेस छ, जहाँ २ देखि ८ डिग्री सेल्सियस तापक्रमको ‘कोल्ड चेन’ छ’, डाक्टर गौतमले भने ।

    भण्डारण विस्तारको तयारी गर्दैछौंः मन्त्रालय

    नेपालमा कोरोनाविरुद्धको खोप भण्डारणका लागि पर्याप्त ठाउँ नभएको स्वीकार्छन्, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी । ‘हाम्रा स्वास्थ्य संस्थामा खोप राख्नका लागि पर्याप्त ठाउँ छैन’ उनी भन्छन्, ‘हामी कहाँ रेफ्रिजेरेटर नै कम छन्, भएकामा पनि लामो समयसम्म राख्न सकिने अवस्था छैन ।’

    यसअघि यस्ता रेफ्रिजेरेटरको कम आवश्यकता भएकाले विस्तारमा धेरै जोड नदिएको उनले बताए । ‘अब भने माइनस ७० डिग्री सेल्सियससम्मकै खोप भण्डारण बनाउने तयारी भइरहेको छ’ उनले भने, ‘त्यसका लागि हामी छलफल गरिरहेका छौं ।’

    कहाँबाट कति आउँदैछ खोप ?

    सरकारले कोरोना भाइरसविरुद्धको खोप ल्याउन मित्रराष्ट्रहरूसँग पहल गरिराखेको छ । यसअघि चीन र भारतले कोभिड १९ विरुद्धको ३० लाख डोज खोप अनुदानमा नेपाललाई उपलब्ध गराइसकेको छ । बेलायत, रुस, अमेरिकाले पनि अनुदानमा खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सरकार पनि चीन र अमेरिकाबाट कोभिड १९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार खोप निर्माता कम्पनी र ती देशका सरकारसँग खोप खरिद प्रक्रिया अघि बढेको छ ।

    नेपाल सरकारले चीनसँग भेरोसिल, भारतसँग कोभिशिल्ड, रुससँग स्पुतनिक ५, अमेरिकासँग जोन्सन एण्ड जोन्सन, मोर्डर्ना, नोभाभ्याक्स, फाइजरलगायतका कम्पनीको खोप खरिद गर्न लागेको हो ।

    अमेरिकाले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरे पनि अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरिद गर्ने सरकारको तयारी छ ।

    यता, नन-डिस्क्लोजर सहमतिअनुसार चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरिदको प्रक्रिया सुरु भइसकेको छ ।    एक साताभित्र सरकारले खरिद गरेको १० लाख डोज खोप नेपाल आउँदैछ । चीनसँग खोप खरिद सम्झौता अघि बढेको छ । सोही अनुसार पहिलो पटक खरिद गरेको खोप लिनको लागि नेपाल वायुसेवा निगम चीनतर्फ जादैछ भने आगामी साउनसम्म बाँकी ३० लाख खोप पनि आउने मन्त्रालयले जनाएको छ ।

    थप खोप खरिदका लागि सरकारले भारतलाई अग्रिम भुक्तानी गरिसकेको छ । १७ लाख डोजका लागि भुक्तानी भए पनि भारतबाट खोप आउने टुंगो भने छैन ।

  • कोरोनाको खोप ल्याउने अनुमति पाएका तीन निजी कम्पनी के गर्दैछन् ?

    कोरोनाको खोप ल्याउने अनुमति पाएका तीन निजी कम्पनी के गर्दैछन् ?

    काठमाडौं । सरकारले तीनवटा निजी कम्पनीलाई कोरोनाविरुद्धको खोप ल्याउन अनुमति दिएको छ । तर, ती कम्पनीहरू कहाँबाट कसरी खोप ल्याउने भन्नेमा अलमलमै छन् ।

    औषधी व्यवस्था विभागले ३ महिनाअघिदेखि कोरोनाविरुद्धको खोप ल्याउन आवेदन दिएका ३ वटा कम्पनीलाई अनुमति दिएको हो । अनुमति पाएका कम्पनीले छिमेकी देशका उत्पादकसँग खोप ल्याउनका लागि कुरा गरिरहेका छन्, तर सफलता मिलेको छैन ।

    हुकुम डिष्ट्रव्युसन, इम्रोल्ड फर्मा र लोमस फर्माले विदेशबाट कोरोनाविरुद्धको खोप ल्याउन अनुमति लिएका हुन् । ती कम्पनीले कोरोनाविरुद्धको खोप ल्याउने भनेर केहीअघि नै अनुमति लिएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । विभागका अनुसार तीमध्ये हुकुम र लोमसले कोभिसिल्ड खोप ल्याउन अनुमति लिएका हुन् ।

    नेपाल औषधी व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले भने, ‘अनुमति लिएका निजी कम्पनीले खोप आयातका लागि के-के गरे भन्ने विभागलाई जानकारी भएको आएको छैन । खोप आयात भएपछि जानकारी आउला ।’

    इम्रोल्ड फर्माले भारतबाट कोभिसिल्ड ५ लाख डोज ल्याउनका लागि पहल थालेको जानकारी दिएको छ । फर्माका सञ्चालन सुरेन्द्र नायकले नेपाल सरकारले कोरोनाविरुद्धको खोप ल्याउन अनुमति दिएदेखि नै पहल गरेको बताए ।

    उनले भने, ‘औषधी व्यवस्था विभागले कोरोनाविरुद्धको खोप ल्याउन अनुमति दिएपछि हामीले खोप उत्पादक कम्पनीसँग कुरा गरिरहेका छौं । भारतीय दूतावसलाई सरकारले पनि निजी कम्पनीलाई खोप ल्याउन अनुमति दिएको भनेर जानकारी दिइसकेको छ । हामीले भारतीय कम्पनीसँग खोप अर्डर गरेको पनि ३ महिनाभन्दा धेरै भइसकेको छ । तर, भारतले आफ्नै देशमा खोपको अभाव भएको भनेर नेपालको निजी आयातकर्तालाई खोप दिन आनाकानी गरिरहेको छ । हामीले उत्पादनक कम्पनीसँग निरन्तर कुरा गरिरहेका छौं ।’

  • खोप केन्द्र अव्यवस्थित भएको ज्येष्ठ नागरिकको गुनासो (भिडियो)

    खोप केन्द्र अव्यवस्थित भएको ज्येष्ठ नागरिकको गुनासो (भिडियो)

    काठमाडौं । ललितपुर महानगरपालिकामा ७७ वर्षमाथिका नागरिकहरूलाई आज कोभिशिल्ड दोस्रो मात्रा लगाइएको छ ।

    महानगरपालिकाले यसअघि पहिलो मात्रा लगाइसकेका ७७ वर्षमाथिका महानगरका स्थायी वासिन्दा ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाएको हो । आज एकदिन मात्र खोप संचालन गरिनेछ । त्यसका लागि विभिन्न ८ वटा केन्द्र तोकिएका छन् ।

    खोप लगाउन आउने वृद्धवृद्धाले भने महानगरपालिकाको व्यवस्थापन प्रति असन्तुष्टि जनाएका छन् । कोरोना जोखिम न्यूनिकरणका लागि सामाजिक दूरी कायम राख्ने भनिए पनि खोप केन्द्रमा भीडभाड बढेको र व्यवस्थित नभएको पाटन हाइस्कूल खोपकेन्द्रमा आएका जोगरत्न बज्राचार्यले गुनासो गरे ।

    देवेन्द्रराज शर्माले आफूहरूलाई व्यवस्थित रूपले नराखिएको भन्दै प्रत्येक वडाले आ-आफ्नो वडामा अथवा वडाले व्यवस्था गरको स्थानमा खोप लगाएको भए दुःख कम हुने बताए ।

    करिब २४ सय ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउने महानगरको लक्ष्य छ ।

  • कोरोनाको खोप ल्याउन निजी क्षेत्र तयार, नाफामा कुरा अड्कियो

    कोरोनाको खोप ल्याउन निजी क्षेत्र तयार, नाफामा कुरा अड्कियो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १४ गते कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गर्दै भनेका थिए, ‘तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क कोरोनाविरुद्धको खोप लगाइन्छ ।’

    तर, उनले भनेको ६ महिना बित्नै लाग्दा पनि धेरै नेपालीले खोप लगाउन पाएका छैनन् । निःशुल्क त के, पैसा तिरेर पनि खोप लगाउन नपाएपछि आमनागरिक पीडामा छन् । र, खोपको प्रतीक्षा गरिरहेका छन् ।

    कोरोनाविरुद्ध खोपको अभाव भइरहेका बेला निजी क्षेत्रले अनुमति पाए सहजै खोप ल्याएर बिक्री गर्ने बताइरहेको छ । तर, सरकारबाट अनुमति नपाएका कारण खोप ल्याउन नपाएको निजी क्षेत्रको भनाइ छ ।

    ‘सरकारले प्रष्ट नीति बनाएर निजी क्षेत्रलाई अनुमति दिने हो भने सामान्य मेडिकलमा समेत खोप पाउने स्थिति बनाउन सकिन्छ’, कोरोनाको दोस्रो लहर सुरु भएपछि चीनबाट अक्सिजन सिलिण्डर र ब्याग ल्याएर बिक्री गरेका व्यवसायी शिवप्रसाद घिमिरे भन्छन्’, ‘सरकारले पहिले नै अनुमति दिएको भए ३ देखि ६ महिना अगाडि नै खोप ल्याइसकेका हुन्थ्यौं ।’

    सरकारले कति प्रतिशत नाफा राखेर खोप बेच्न पाउने प्रष्ट पारिदिए आयातको बाटो खुल्ने उनको भनाइ छ ।

    उत्पादक कम्पनीले पनि व्यापारका लागि नै खोप उत्पादन गरेको भएकाले खोप किन्नैपर्ने भन्दै उनले भने, ‘नाफा प्रतिशत प्रष्ट भए उत्पादक कम्पनी र हाम्रो व्यापार राम्रो हुन्थ्यो, सर्वसाधारणले पनि सहजै खोप पाउँथे ।’

    नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई सरकारले कोरोनाविरुद्धको खोप ल्याउन अनुमति दिने हो भने नेपालको आवश्यताअनुसार खोप ल्याउन कुनै समस्या नभएको बताए ।

    ‘देशमा अक्सिजनको चरम अभाव भएका बेला पनि निजी क्षेत्रले सरकारलाई सहयोग गरेकै हो’, उनले भने, ‘अहिले पनि अनुमति पाए खोप ल्याउन तयारै छौं ।’

    नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कम्लेश्वार अग्रवालले भारतमा जसरी नै नेपालमा पनि निजी क्षेत्रलाई खोप खरिद र बिक्रीका लागि खुला गरिदिनुपर्ने बताए । अग्रवालले भने, ‘भारतमा ७५ प्रतिशत खोप सरकारले भनेको मूल्यमा उपलब्ध गराउने र बाँकी २५ प्रतिशत उत्पादकले निजी क्षेत्रलाई बिक्री गर्ने व्यवस्था छ, अब नेपालमा पनि त्यसै गर्नुपर्छ ।’

    निजी क्षेत्रले खोप ल्याउने हो भने आफ्ना उद्योग र व्यवसायमा काम गर्ने कर्मचारीलाई उद्योगी व्यवसायीले नै खोप लगाइदिने उनले बताए ।

    सरकारले भने वैशाख २२ गतेदेखि नै विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त कोरोनाविरुद्धको खोप ल्याउन निजी क्षेत्रलाई अनुमति दिइसकेको बताएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले ढुवानी खर्च कटाएर १० प्रतिशत नाफामा खोप ल्याएर बिक्री गर्न कुनै समस्या नरहेको बताए ।

    औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले पनि निजी क्षेत्रलाई खोप ल्याएर बिक्री गर्न कुनै कानुनी समस्या नभएको बताए ।

    निजी क्षेत्रले चाहेको नाफामा कुरा नमिल्दा खोप आयात तथा बिक्री प्रभावित भएको हो ।

  • काठमाडौंमा रोकिएको खोप अभियान शुरू, यी ठाउँमा छन् केन्द्र

    काठमाडौंमा रोकिएको खोप अभियान शुरू, यी ठाउँमा छन् केन्द्र

    काठमाडौं । काठमाडौं महानगरपालिकामा कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउन पुनः शुरू गरिएको छ ।

    जेठ २५ गतेबाट शुरू खोप अभियान २८ र २९ गते भ्याक्सिन अभाव भएको भन्दै रोकिएको थियो । काठमाडौं महानगरले वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अस्पताल छाउनी, निजामति कर्मचारी अस्पताल नयाँ बानेश्वरलाई खोप केन्द्र तोकेको छ ।

    ती खोप केन्द्रमा काठमाडौं महानगरपालिकाभित्रका ६०-६१ वर्ष उमेर समूहका व्यक्ति, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोरोना संक्रमितका प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सा, नर्सिङ र पारामेडिक विद्यार्थीहरुलाई खोप लगाइने व्यवस्था मिलाइएको छ ।

  • कोभिड १९ खोपका लागि पौने १३ लाखको आवेदन, कहिले पाउलान् ?

    कोभिड १९ खोपका लागि पौने १३ लाखको आवेदन, कहिले पाउलान् ?

    काठमाडौं । कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज लगाउनको लागि सरकारले १८ वर्षभन्दा माथिका नागरिकलाई फारम भर्न आग्रह गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमार्फत उक्त फारम भर्न आग्रह गरेको थियो ।

    एक महिनाको अवधिमा उक्त डिजिटल फारम भर्नेको संख्या झन्डै पौने १३ लाख पुगेको छ । मन्त्रालयका अनुसार सोमबारसम्म १२ लाख ७३ हजार जनाले फारम भरेका छन् ।

    मन्त्रालयमा सूचना व्यवस्थापन हेर्ने डा. अनिल थापाका अनुसार फर्म भरेकाहरुलाई प्राथमिकताको आधारमा खोप लगाइने भएको छ ।

    ‘सबैलाई खोप कहिले लगाउने भन्ने चासो छ । फर्म भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने छैन’ उनले भने, ‘खोप अभियान सञ्चालन गर्दा फर्म भरेको व्यक्तिलाई प्राथमिकताको आधारमा खोप लगाउने निर्णय सरकारले गरेको छ ।’

    थापाका अनुसार, ‘कोरोना विरुद्धको खोप लगाउनको लागि दैनिक ४२ हजारभन्दा बढीले फर्म भर्ने गरेका छन् । अनलाइन फर्म भर्नेबारे मानिसहरुलाई पर्याप्त मात्रामा सुचना नभएका कारण फर्म भर्नेको संख्या कम भएको हुन सक्छ ।’

    आफैंले फारम भर्न नसक्ने र इन्टरनेट सुविधा नभएका नागरिकलाई नजिकको पालिकामा फारम भर्ने व्यवस्था मिलाइएको छ । परिचय खुल्ने कागजपत्र लिएर आफ्नो पालिका, वडा वा स्वास्थ्य कार्यालयमा गएर हार्डकपीमा विवरण टिपाउन सकिने भएको छ ।

    उनले भने, ‘हालै फारम भर्ने बित्तिकै खोप लगाउन पाइन्छ भन्ने छैन । सरकारले खोप अभियान सञ्चालन गर्दा फर्म भरेकाहरुलाई प्राथमितामा राखेर सरकारले खोप लगाउन आउनु भनेर म्यासेज गरिनेछ । फर्म नभरेकालाई भने म्यासेज जादैन ।’

    खोप लगाउन जाँदा अनलाइन फर्म भर्दा प्राप्त हुने दर्ता कार्ड, दर्ता नम्बर वा आफ्नो परिचय खुल्ने परिचयपत्रसहित खोप केन्द्रमा जानुपर्ने थापाले बताए ।

    मंगलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन अभियान सुरु भएको छ । मंगलबार ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइएको छ ।

    सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई पनि खोप लगाउँदा अनलाइन फारम भरेकालाई पनि म्यासेज गरेको छ । नजिकको खोप केन्द्रमा खोप लगाउन जान आग्रह गर्दै मन्त्रालयले उक्त उमेर समूहका नागरिकलाई म्यासेज पनि गरेको छ ।

    सरकारले यसैसाता विज्ञप्ति जारी गर्दै धैर्यता अपनाउन आग्रह गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले पनि सबै नेपालीलाई खोप लगाउनु आफ्नो कार्यकालको मुख्य प्राथमिकता हुने बताएका छन् ।

  • कोभिड १९ खोप सबैलाई पुग्ने गरी छिट्टै ल्याउँछौं – स्वास्थ्यमन्त्री तामाङ

    कोभिड १९ खोप सबैलाई पुग्ने गरी छिट्टै ल्याउँछौं – स्वास्थ्यमन्त्री तामाङ

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताएका छन् ।

    वागमती प्रदेश स्काउटअन्तर्गत गोकर्णेश्वर नगरपालिकाको स्थानीय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री तामाङले सबै उमेर समूहकालाई क्रमशः खोप दिँदै जाने बताए ।

    ‘हामी खोप छिट्टै ल्याउँदैछौ । खोपहरू आउनेछ । हामी धेरै पहलकदमी गरिरहेका छौँ । क्रमैसँग सबैलाई खोप लगाइनेछ । खोप सुनिश्चित गर्नेछौँ । नेपाली जनताको रक्षाको लागि मैले गर्नुपर्ने हरतरहको प्रयत्न गर्नेछु, मन्त्री तामाङले भने, ‘खोप जति आउँछ त्यसलाई क्रमैसँग उमेर समूहलाई ध्यानमा राखेर गरिरहेका छौँ । बाँकी रहेकाहरुका लागि पनि छिट्टै खोप ल्याएर दोस्रो डोज लगाउने कुरामा पनि हामी प्रतिवद्ध छौँ । आम नागरिकलाई खोप लगाउनको लागि आवश्यक पर्ने खोपको व्यवस्थापनका लागि हामी प्रयत्न गरिरहेका छौँ ।’

    वागमती प्रदेशभित्रका जिल्लाहरूमा स्थानीय स्काउट कार्यक्रम अन्तर्गत कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम आजदेखि थालिएको स्काउट नगर संयोजक सुदर्शन बजगाईँले बताए ।

  • १८ वर्षमाथिका नागरिकलाई निशुल्क कोरोनाको खोप लगाउने मोदीको घोषणा

    १८ वर्षमाथिका नागरिकलाई निशुल्क कोरोनाको खोप लगाउने मोदीको घोषणा

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ वर्षदेखि ४४ वर्षका युवाहरुलाई निशुल्क कोरोनाको भ्याक्सिन लगाउने घोषणा गरेका छन् । आज राष्ट्रका नाममा संवोधन गर्दै उनले सो घोषणा गरेका हुन् ।

    मोदीले गरेको घोषणा अनुसार २१ जुनबाट निशुल्क खोप लगाउने कार्य सुरु गरिने छ । अब विभिन्न राज्यहरुले बढाएको खोप अभियान स्थगित गरी केन्द्र सरकारले नै सञ्चालन गर्ने उनले जानकारी दिए ।

    मोदीले भने, ‘अब राज्य सरकारहरुले खोपका लागि एक रुपैयाँ पनि खर्च गर्नु पर्दैन । सबै केन्द्र सरकारले व्यहोर्छ ।’

    हाल भारमा खोपका ५० प्रतिशत काम केन्द्र सरकार, २५ प्रतिशत राज्य सरकार र २५ प्रतिशत निजी क्षेत्रले गर्दै आएको छ । अब ७५ प्रतिशत हिस्सा केन्द्र सरकार र बाँकी निजी क्षेत्रले लिने नीति सरकारले लिएको हो । -एजेन्सी

  • अक्स्फोर्ड भ्याक्सिन ग्रुपका निर्देशक भन्छन्- नेपालमा खोप ढिलो भएकोमा दु:खी छु

    अक्स्फोर्ड भ्याक्सिन ग्रुपका निर्देशक भन्छन्- नेपालमा खोप ढिलो भएकोमा दु:खी छु

    काठमाडौं । अक्स्फोर्ड प्रोफेसर एन्ड्री जे. पोलार्डले नेपालमा कोरोनाविरुद्धको खोप ढिलो भएको देख्दा आफू दु:खी भएको बताएका छन् ।

    नेपाली टाइम्समा आलेख लेख्दै प्रोफेसर पोलार्डले गुनासो गरेका हुन् । उनी अक्स्फोर्ड भ्याक्सिन ग्रुपका निर्देशक हुन् । सन् २०२० को अप्रिल २३ बाट शुरू भएको अस्ट्राजेनेका खोपको क्लिनिकल ट्रायलको नेतृत्व उनैले गरेका थिए । पोलार्डले बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा २४ हजार स्वयंसेवकसमेत परिचालन गरेका थिए ।

    ‘यो वर्ष म पर्वतारोहीको रूपमा नेपाल गएको ३० वर्ष पुग्छ’, उनी लेख्छन्, ‘मैले जब अस्ट्राजेनेका भ्याक्सिनको पहिलो डोज काठमाडौमा लाएको देख्दा मलाई अत्यन्तै गौरव लागेको थियो । तर, थप आपूर्ति नभएको सुन्दा म दु:खित भएको छु ।’

    पाटन अस्पतालको रिसर्चरहरूसँग १६ वर्षनजिक रहेर काम गरेको उनले बताएका छन् ।

    अस्ट्राजेनेकाले हाल १६० देशमा ४५ करोड डोज खोप बनाएको बताएका प्रोफेसर पोलार्डले लेखेका छन्, ‘भारतको सेरम इन्ष्टिच्युट बनाएको कोभिसिल्ड पनि अक्सफोर्ड एक भर्सन हो जुन नेपाल लाउनुपर्ने थियो । तर, भारतमा अत्यावश्यक भएकोले विलम्ब भएको छ ।’

  • सबै नागरिकले कोभिड खोप पाउनुपर्छ : देउवा

    सबै नागरिकले कोभिड खोप पाउनुपर्छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप पाउनुपर्ने माग गरेका छन् ।

    कांग्रेसको कोभिड-१९ अनुगमन समितिले गरेको प्रदेश २ स्तरीय अन्तरक्रियालाई भर्चुअल सम्बोधन गर्दै सभापति देउवाले हरेक नागरिकले खोप नपाउँदासम्म कांग्रेसले खबरदारी गर्ने बताए ।

    महामारी नियन्त्रणमा सरकार असफल भइसकेको भन्दै सभापति देउवाले अझै पनि सरकार गम्भीर भए अवस्था सुध्रन सक्ने बताए । ‘यो सरकार गम्भीर छैन । सबै जनतालाई खोप लगाउनुपर्छ । सबैले खोप नपाउँदासम्म ओली सरकारलाई खबरदारी गर्नुपर्छ’, देउवाले भने ।

    खोप खरिद गर्न र बिरामीको उपचार गर्नसक्ने सरकारले नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै देउवाले जनताको ज्यानभन्दा सरकार जोगाउने काममा बढी सक्रिय भएको आरोप लगाए । कोरोनाविरुद्धको लडाइँमा सरकारलाई प्रतिपक्षको सहयोग भएपनि सरकार आफैं उदासीन भएको देउवाको भनाइ छ ।

  • संसद सचिवालयमा कोरोना खोपको दुरुपयोग, सांसद र कर्मचारीका आफन्त आउँदा लगाउनुपर्नेले नै पाएनन् (भिडियो)

    संसद सचिवालयमा कोरोना खोपको दुरुपयोग, सांसद र कर्मचारीका आफन्त आउँदा लगाउनुपर्नेले नै पाएनन् (भिडियो)

    काठमाडौं । संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ । संसदसंग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै आइतबार सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो ।

    संसद सचिवालयले माग गरेको भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको हो । संसदसंग सरोकार राख्ने भन्दा बाहिरकाले खोप लगाएपछि संसद सचिवालयकै कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार, सुरक्षाकर्मीहरु दोश्रो खोप लगाउनबाट बञ्चित भएका छन् ।

    संसद सचिवालयले सिभिल अस्पतालमा कोभिडसिल्डको पहिलो खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखेको थियो । सोही कार्यक्रम अनुसार संसद सचिवालयसंग सम्बन्धीत हरुले पहिलो डोज लगाएको संख्याको आधारमा स्वास्थ्य मन्त्रालयसंग खोप माग गरेको थियो ।

    सचिवालयले अघिल्लो डोज १४ सय ६५ खोप मागेर भीड नहुने गरी खोप लगाउनका लागि ३ दिनको कार्यतालिका सार्वजनिक गरेको थियो । कोभिडसिल खोपको दोश्रो डोजको सुनिश्चितता हुन नसक्दा सांसदका परिवार, आफन्त, नजिकका, कर्मचारीका परिवार, आफन्त लगायत पनि खोप कार्यक्रममा सहभागी भए ।

    इन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेक, केयुकेएल लगायत संस्थाका कर्मचारीले पनि खोप लगाएका थिए। संचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले दोश्रो डोजको सुनिश्चितता नहुँदा सांसदका परिवार, आफन्त, नजिकका मान्छे अनि संसद सचिवालय भन्दा बाहिरका सहभागी हुँदा समस्या भएको बताए। ‘यो खोप कार्यक्रम सिभिल अस्पतालमा खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखिएको हो,’ पाण्डेले भने, ‘पहिलो डोज लगाएको तर दोश्रो डोज लगाउन बाँकी रहेका धेरै मानुभावहरु, संघीय संसदका कर्मचारी भन्दा पनि सिंहदरबारका अन्य कर्मचारी साथीहरु र उहाँहरुका परिवार लगायत विविध क्षेत्रका माननीय सदस्यहरुको परिवार र उहाँहरुसंग जोडिएकाहरुले पनि दोश्रो डोजको सुनिश्चितता नभएका कारण पहिलो दिन खोप लगाउदा पुग्ने स्थिति रहेन ।’

    खोप अभाव भएपछि पालो कुरेर बसेका पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक लगायत कर्मचारी खोप लगाउन बाँकी छन्। संसद सचिवलायले १४ सय ६५ खोप माग गरेकोमा दुई दिनमा १७ सय २९ खोप लगाईएको छ ।

    जेठ १ गते ९ सय ५० जनाले र बैशाख ३१ गते ७ सय ७९ जनाले खोप लगाएका छन्। अझै पनि संसद सचिवालयका मर्यादापालक, सुरक्षाकर्मी र पत्रकारहरु नै दोश्रो डोज लगाउन पाएका छैनन् । पाण्डेले बाँकी रहेकाहरुलाई छिट्टै नै खोप लगाउने व्यवस्था मिलाने बताए।

  • चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइँदै

    चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइँदै

    काठमाडौं । आजदेखि कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाउन थालिएको छ ।

    काठमाडौं महानगरपालिका तथा उपत्यकाका विभिन्न स्थानीय तहका वडाहरूमा यो अभियान सञ्चालन गरिँदैछ । गत चैत २५ देखि वैशाख १५ सम्म पहिलो डोज लगाएका नागरिकका लागि दोस्रो डोज लगाउन लागिएको हो ।

    भेरोसेलनको पहिलो डोज लगाउन केही अस्पताल तोकिएकोमा दोस्रो डोजका लागि भने महानगरको प्रत्येक वडामा खोप केन्द्र तोकिएको हो ।

    दोस्रो डोजका लागि पहिलो डोज लगाएको खोप कार्य देखाएपछि तोकिएको केन्द्रमा गई खोप लगाउन सकिने महानगरले जनाएको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • जुलाई ४ सम्म ७० प्रतिशत बयस्कलाई कोरोना खोप लगाउने वाइडेनको लक्ष्य

    जुलाई ४ सम्म ७० प्रतिशत बयस्कलाई कोरोना खोप लगाउने वाइडेनको लक्ष्य

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा देशका ७० प्रतिशत बयस्कलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइसक्ने लक्ष्य तय गरेका छन् ।जुलाई ४ मा अमेरिकाको स्वतन्त्रता दिवस मनाउने दिनसम्म अमेरिकालाई कोरोनाभाइरसबाट पनि खतरामुक्त बनाउने उनको भनाइ छ ।

    कोरोनाभाइरस विरुद्धको लडाइ जित्नका लागि खोप अभियान नै सबैभन्दा प्रभावकारी र भरपर्दो उपाय हुने उनले विश्वास व्यक्त गरेका छन् ।कतिपय मानिसले खोप लगाउन रुची नराखेकाले यो अभियान अपेक्षितरुपमा अगाडि बढ्न नसकेपनि आपूmले तय गरिएको लक्ष्य भने पूरा हुने विश्वास उनको छ ।

    उनका अनुसार अमेरिकामा अहिलेसम्म झण्डै ५६ प्रतिशत बयस्कले खोप लगाइसकेका छन् भने बाँकी झण्डै दुई महिनामा कूल ७० प्रतिशत बयस्कलाई खोप लगाउने लक्ष्य पूरा हुने उनले दावी गरेका घन् ।

    राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भन्नुभयो, ‘सबैले खोप लगाउन अति नै आवश्यक छ, खोप नलगाएकालाई संक्रमणको खतरा बढी हुने भएकाले संक्रमणबाट जोगिन सबैलाई खोप लगाउन म आग्रह गर्दछु ।’

    राष्ट्रपति वाइडेनको प्रशासनले शुरुदेखि नै खोप लगाउने र मास्क लगाउने कार्यलाई उच्च प्राथमिकताका साथ अभियानकैरुपमा जोड दिँदै आएको छ ।

    अमेरिकामा अहिलेसम्म १० करोड ५० लाख मानिसले खोप लगाइसकेका छन् भने दैनिक झन्डै १० लाख मानिसलाई खोप दिने गरिएको अधिकारीरुले जनाएका छन् ।

    खोप लगाउन सहजिकरणका लागि अमेरिकामा खोपसम्बन्धी छुट्टै वेबसाइट सञ्चालन गरिएको छ । सो वेबसाइटमा खोप लगाउन चाहनेले आफूलाई पायक पर्ने खोप केन्द्रमा नाम टिपाउन मिल्ने व्यवस्थासमेत गरिएको जनाइएको छ ।

  • हुकमले भन्यो- खोप आयातमा कमिसनको आरोप गलत

    हुकमले भन्यो- खोप आयातमा कमिसनको आरोप गलत

    काठमाडौं । व्यवसायी सुरज वैद्यले कोरोनाविरुद्धको खोप भारतबाट ल्याउन कमिसन मागेको आरोप अस्वीकार गरेका छन् ।

    भारतको पूणेस्थित सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशील्ड भ्याक्सिन आयात गर्न कमिसन माग गरेको भन्ने आरोपमा उनले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएका हुन् । वैद्य सिरमका लागि नेपालस्थित आधिकारिक बिक्रेता हुन् ।

    भारतमा पछिल्लो समय कोरोना निकै फैलिएको र सिरम इन्स्टिच्युटमा आगो लागेकाले खोप ल्याउन नसकिएको उनले लेखेका छन् ।

    हुकम डिस्ट्रिब्युसन एण्ड लजिस्टिक प्रा.लि. विज्ञप्तिमा भनिएको छ ‘२० लाख डोज भ्याक्सिन आयातको सहमति नेपाल र भारतका दुई सरकार बीचको सीधा संवादबाट भएको हो, आधिकारिक बिक्रेता हुनुको नाताले भ्याक्सिन ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता छैन ।’

  • ८ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप (भिडियाे)

    ८ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप (भिडियाे)

    काठमाडौँ । काठमाडाैं  उपत्यकाका ८ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई कारोना खोप लगाएका छन् । ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म ८ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) प्रदान गरिएको हो ।

    परिषद्का उपाध्यक्ष एवं कोभिड-१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले स्वास्थ्य सेवा विभागको सहकार्यमा ठमेल क्षेत्रमा कार्यरत पर्यटन व्यवसायीलाई उक्त खोप प्रदान गरिएको जानकारी दिए ।

    ‘स्वास्थ्य सेवा विभागले पर्यटन व्यवसायीका लागि १० हजार डोज खोप उपलब्ध गराए पनि हालसम्म ८ हजार ३०० को हाराहारीमा खोप प्रदान गरिसकेका छौँ’, उनले भने । खोप अभियानलाई प्रभावकारी र सफल बनाउनका लागि परिषद्ले ३० जना स्वयंसेवकसमेत परिचालन गरेको छ ।

    नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले ठमेल क्षेत्रका व्यवसायीलाई सुरक्षित बनाउनका लागि कोरोना खोप अभियानलाई तीव्रता दिएको उनको भनाइ छ । परिषद्ले चार हप्तापछि दोस्रो चरणको भ्याक्सिन सोही ठाउँमा उपलब्ध गराउने जनाएको छ ।

  • प्रदेश १ : मन्त्री र प्रदेशसभा सदस्यले लगाए कोरोनाविरुद्धको खोप

    प्रदेश १ : मन्त्री र प्रदेशसभा सदस्यले लगाए कोरोनाविरुद्धको खोप

    विराटनगर । प्रदेश १ का मन्त्रीसहित प्रदेशसभा सदस्यलाई कोरानाविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।

    आइतबार प्रदेशसभा सचिवालयका ९३ जना प्रदेशसभा सदस्यसहित सचिवालयमा कार्यरत कर्मचारीलाई खोप लगाइएको हो ।

    अभियानअन्तर्गत मुख्यमन्त्री शेरधन राई, मन्त्री, प्रदेशसभा सदस्यहरूले खोप लगाएका छन् ।

  • ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

    ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

    काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ भएकाे छ।

    महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाई प्रधानमन्त्री केपी शर्मा ओली अभियानको शुरूआत गरेका छन् । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि सँगै खोप लगाएकी छिन् ।

    दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिदैँ छ । वृद्धवृद्धा कोरोना संक्रमणको जोखिम वर्गमा पर्छन् ।

    यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने उनले जनाए ।

    खोप अभियान ६ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ । यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा ४ लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

  • प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप (भिडियो)

    प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    प्रधानमन्त्रीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर आइतबार बिहान ११ बजेतिर खोप लगाएका हुन् । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि कोरोनाविरुद्धको खोप लगाएकी छिन् ।

    प्रधानमन्त्रीले खोप लगाएसागै दोस्रो चरणको खोप अभियान औपचारिक शुरूआत भएको छ । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।

    अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी, प्रधानमन्त्रीका सचिवालयका सदस्यहरू प्रधानमन्त्रीसागै खोप लगाउन अस्पताल पुगेका थिए ।

    खोप लगाएर फर्कने क्रममा प्रधानमन्त्री ओलीले छोटो प्रतिक्रिया दिँदै आफूलाई कुनै समस्या नदेखिएको बताएका छन् । उनले खोप अभियानलाई सफल पार्न सबैलाई खोप लगाउन पनि आग्रह गरेका छन् । उनले खोप सुरक्षित भएकाले ढुक्कसँग खोप लगाउन समेत सबैलाई आग्रह गरे ।

    ‘मैले कोभिडको भ्याक्सिन लगाएँ, अहिले कुनै कम्प्लिकेसन छैन, सबैले खोप लगाएर खोप अभियानलाई सफल पारौं,’ प्रधानमन्त्री ओलीले भने ।

  • दोस्रो चरणको खोप आजदेखि, प्रधानमन्त्री पुगे शिक्षण अस्पताल

    दोस्रो चरणको खोप आजदेखि, प्रधानमन्त्री पुगे शिक्षण अस्पताल

    कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली खाेप अभियान सुरु गर्न शिक्षण अस्पताल पुगेका छन् ।

    प्रधानमन्त्रीले खाेप लगाएसँगै आजदेखि दाेस्राे चरणकाे खाेप अभियान सुरु हुनेछ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार प्रधानमन्त्री ओलीले भारतबाट ल्याइएको कोभिशिल्ड खाेप लगाउन लागेका छन् ।

    दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।

    यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने उनले जनाए ।

    खोप अभियान ६ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ । यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा ४ लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

  • विद्यार्थीलाई कोरोना खोपको माग गर्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)

    विद्यार्थीलाई कोरोना खोपको माग गर्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कोरोना खोपको पहिलो अधिकार विद्यार्थीलाई दिनुपर्ने मागसहित माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

    विद्यालय र क्याम्पसहरू खुलेसँगै विद्यार्थीहरूमा कोरोनाको जोखिम बढेको भन्दै नेविसंघले विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिनुपर्ने माग अघि सारेको हो ।

    नेविसंघका महामन्त्री दीपक भट्टराईले सरकारले विद्यार्थीहरूलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने चेतावनी दिए ।

    प्रदर्शनको क्रममा ‘नेपाल विद्यार्थी संघको सरोकार, विद्यार्थीलाई कोभिड-१९ भ्याक्सिनको पहिलो अधिकार’,‘अबको खोप हाम्रो हो’, ‘विद्यार्थीले लाउने खोप कहिले आउने’, ‘नेविसंघको सरोकार हाम्रो खोप हाम्रो अधिकार’, ‘अबको खोप विद्यार्थीको अधिकार’ लगायतका नाराबाजी गरेका थिए ।

  • कोरोना खोप निजी कम्पनीले पनि ल्याउन पाउने, सरकारी खोप भने निःशुल्क

    कोरोना खोप निजी कम्पनीले पनि ल्याउन पाउने, सरकारी खोप भने निःशुल्क

    काठमाडौं । कोरोनाविरुद्धको खोप निजी कम्पनीले पनि ल्याउन पाउने गरी सरकारले प्रक्रिया अघि बढाएको छ । यद्यपि निजी कम्पनीले ल्याउने खोप भने सरकारले किन्ने छैन ।

    स्वास्थ्य मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले निजी कम्पनीलाई पनि खोप ल्याउन दिने गरी मापदण्ड बनाउने बताए ।

    उनका अनुसार निजी कम्पनीको खोप निजी प्रयोजनमा दिन सकिनेछ । तर, सरकार आफैंले खोप किने निःशुल्क लगाउने उनले बताए । सरकारले ल्याएको खोप निःशुल्क हुने र मापदण्डभित्रका मान्छेलाई लगाइनेछ ।

    निजी कम्पनीले निजी प्रयोजनका लागि ल्याउन सक्ने गरी व्यवस्था गरिने मन्त्री त्रिपाठीले बताए । सरकारले हालैमात्र २० लाख डोज खोप किन्न भारतसँग प्रक्रिया अघि बढाइसकेको छ ।

    २ साताभित्र सो खोप नेपाल आउने बताइएको छ । खोपका लागि सरकारले १ अर्ब रूपैयाँ अर्थमन्त्रालयमार्फत निकास गर्दैछ । चीनको खोपलाई पनि आकस्मिक प्रयोगका अनुमति दिइएको छ । चीनले पनि ५ लाख डोज खोप अनुदानमा दिएको छ ।

  • स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई कोरोना खोप लगाउन थालियो

    स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई कोरोना खोप लगाउन थालियो

    काठमाडौं । निजामती सेवाका कर्मचारीलाई आजदेखि कोभिड-१९ खोप दिन थालिएको छ ।

    आइतबारदेखि निजामती निजामती सेवाका कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलगायतलाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको हो ।

    काठमाडौंमा निजामती सेवाअन्तर्गतका जिल्ला प्रशासन, मालपोत, नापी, हुलाक, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतीले बताइन् । त्यसैगरी प्रहरीहरूलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उनले जानकारी दिइन् ।

    सरकारले माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान शुरू गरेको थियो । पहिलो चरणमा कोरोना महामारीविरुद्ध खटिएका फ्रन्टलाइनरलाई खोप दिइएको थियो ।

    दोस्रो प्राथमिकतामा सरकारी तथा निजी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिन लागिएको हो । यसका लागि देशभर २ सयभन्दा बढी खोपकेन्द्र तोकिएको छ ।

    त्यसैगरी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीले काउन्सिलले लेखेको पत्र अनुसार र नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीलाई पनि खोप दिइने भएको छ ।

    न्यायाधीश र वकिलहरुलाई पनि परिचय पत्रअनुसार खोप दिइने प्रजापतीले बताइन् ।

  • शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न  शिक्षा मन्त्रालयका‍े आग्रह

    शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षा मन्त्रालयका‍े आग्रह

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीति बमोजिम प्राथमिकताको आधारमा खोप लगाउने व्यवस्थाका लागि आग्रह गरेको हो ।

    मन्त्रालयले आज मंगलबार सचिव स्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको छ ।

    मन्त्रालयले प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौ–मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख छ ।

    यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायतक सरोकारवाला निकायले लाखौ विद्यार्थीसंग जोडिने र फ्रन्ट लाईनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने बताउदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।

    शिक्षक महासंघका अध्यक्ष बावुरामा थापाले सबै शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न मन्त्री समक्ष आग्रह गरेका छन् ।
    प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेका थिए ।

    मन्त्री श्रेष्ठले कोभिड–१९ खोप लगाउने अग्रपंतिको सुचीमा शिक्षकलाई राख्न आग्रह गरे। मन्त्रालयले स्वाथ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेपछि स्वाथ्य मन्त्रालयले थप प्रकृया अघि बढाउने विषयमा आफु विश्वस्त रहेको मन्त्री श्रेष्ठको भनाई थियो ।

    यस अघि शिक्षा तथा मानव स्रोत केन्द्रले कोभिड १९ को खोप लगाउने विषयमा तथ्याङक संकलन गरिसकेको थियो ।
    सरकारले दोस्रो चरणमा पत्रकार र विदेशी दूतावास, कुटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन शुरु गरसकेको छ ।

    यही माघ १४ गतेबाट शुरु भएको अभियानको दोस्रो चरण सोमबारबाट शुरु भैसकेको छ  । कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरेको थियो ।

    स्वास्थ्य सेवा विभागले मन्त्रालयसँग सामुदायिक र संस्थागत शिक्षण संस्थामा कार्यरत सम्पूर्ण शिक्षकको नामावली पठाउन गरेको पत्राचार अनुसार केन्द्रले विवरण संकलन गरिसकेको छ ।

    शिक्षा सचिव गोपीनाथ मैनाली सोमबारबाट शुरु हुने खोप अभियान पहिलो प्राथमिकताकै दोश्रो चरण भएको तर्क गर्छन् । खोपको प्राथमिकता निर्धारण गर्दा शिक्षकलाई पहिलो प्राथमिकतामै राखिएको र त्यो यथावत रहेको उनको तर्क छ ।

  • लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले लगाए कोभिड-१९ खोप

    लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले लगाए कोभिड-१९ खोप

    रुपन्देही । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत निर्धारित संख्यामध्ये लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले खोप लगाएका छन् । यस प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक सुरक्षाकर्मी गरी २८ हजार ९ सय ४१ ले कोभिड-१९ खोप लगाएका हुन् ।

    प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीका अनुसार खोप लगाउन संकलन गरिएका नामावलीमा गर्भवती र सानो वच्चाको आमाले नलगाउने सूचना आएका कारण लक्ष्य पूरा नभएको बताए ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड १९ फोकल पर्सन कौशल भण्डारीका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ६ हजार ७ सय ९१ जनाले खोप लगाएका छन् । कपिलवस्तुमा २ हजार २ सय २६, दाङमा ३ हजार ५ सय ४६, बाँकेमा ४ हजार ९ सय ५७, बर्दियामा १ हजार ९ सय ३१, नवलपरासीमा १ हजार १ सय ५२ ले खोप लगाएका छन् ।

    त्यस्तै अर्घाखाँचीमा १ हजार ३ सय ७८, पाल्पामा २ हजार ७ सय १२, गुल्मीमा १ हजार ७ सय ४५, रुकुम पूर्वमा ३ सय ८२, रोल्पामा ९ सय ८७ र प्युठानमा १ हजार १ सय ३४ जनाले खोप लगाएका छन् ।

    लुम्बिनी प्रदेशमा २५ खोप केन्द्रमार्फत पहिलो चरणमा ३४ हजार ९ सय ९५ जनालाई खोप लगाउन डोज छुट्टयाइएकोमा २८ हजार ९ सय ७० जनाले मात्र खोप लगाएका छन् । अझै ६ हजार २५ डोज खोप बाँकी छ ।

  • पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई आजदेखि खोप

    पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई आजदेखि खोप

    काठमाडौं । सोमबारदेखि सरकारले दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप अभियान शुरू गर्ने भएको छ । दोस्रो चरणमा पत्रकार, दुतावास, युएन एजेन्सीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप लगाइने भएको छ ।

    संचारमन्त्री पार्वत गुरुङले बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा पत्रकारलाई खोप लगाउने व्यवस्था गरिएको जनाएका छन् । सरकारले १३ हजारभन्दा बढी पत्रकारलाई खोप लगाउने तयारी गरेको छ ।

    सूचना विभागको प्रेसपासको आधारमा सरकारले खोप लगाउने पत्रकारको विवरण तयार पारेको हो । राजधानीमा आइतबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले पत्रकारलाई लगाउने खोपको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरिने बताए ।

    मन्त्री गुरुङले कोरोना प्रभावित पत्रकारका लागि राहतको व्यवस्था गर्न सरकारले तयारी गरिरहेको समेत बताए । शनिबार सकिएको खोप अभियानको पहिलो चरणमा स्वास्थ्यकर्मीले खोप लगाएका थिए । पहिलो चरणमा १ लाख ८१ हजार ८५७ जनाले खोप लगाए ।

    सिभिल अस्पतालमा पत्रकार र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने भएको छ । शिक्षण अस्पताल र शहीद गंगालाल अस्पतालमा कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइने भएको छ । शुक्रबारसम्म दोस्रो चरणको खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • प्रदेश २ का कानूनमन्त्री यादवले लगाए कोरोना खोप

    प्रदेश २ का कानूनमन्त्री यादवले लगाए कोरोना खोप

    जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    जनकपुरस्थित प्रादेशिक अस्पतालमा आयोजित एक समारोहबीच मन्त्री यादवले खोप लगाएर प्रदेशमा अभियानको शुरूआत गरे । आजदेखि शुरू भएको देशव्यापी अभियानअन्तर्गत पहिलो चरणमा कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालकलगायतलाई खोप दिन थालिएको छ ।

    यादव पहिलो चरणको खोप अभियानको लक्षित समूहभन्दा बाहिरका खोप लगाउने पहिलो व्यक्ति हुन ।

    मन्त्री यादवले खोप लगाउँदा कुनै साइड इफेक्ट नगर्ने सन्देश दिन पनि आफैबाट खोप अभियान शुरूआत गरेको बताए । उनका अनुसार आजदेखि प्रदेश २ को वीरगञ्ज र राजविराजबाट पनि खोप लगाउन सुरु गरिएको छ ।

    वीरगञ्‍जमा मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोप अभियानको शुभारम्भ गर्ने छन् । उनीहरूले भने खोप नलगाउने बताइएको छ ।

  • गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    पोखरा । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ ।

    भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो ।

    सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

    पोखरा ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालमा खोप लगाइने निर्देशनालयले जनाएको छ ।

    गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइने छ । खोपका लागि जिल्लामा १० जना प्रशिक्षकलाई तालीम दिइएको निर्देशक शर्माले बताए ।

    उनले भने, ‘कोभिड–भ्याक्सिन आएसँगै हामीले पहिलो चरणमा ‘फ्रन्टलाइनर्स’लाई खोप दिने तयारी गरेका छौँ, आजै जिल्लामा खोप पुर्याउन शुरु गर्दछौँ, खोप दिने जनशक्तिलाई तालीम दिएर तयारी अवस्थामा राखेका छौँ ।’

    सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिएपछि दोस्रो चरणमा सर्वसाधारणलाई दिने योजना बनाएको छ । अहिले गण्डकी प्रदेशमा ४० हजार डोज खोप आएको बताइन्छ ।

    कोरोना खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ । एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिइने निर्देशनालयले जनाएको छ । १० प्रतिशत हाराहारीमा खोप खेर जाने अनुमान गरी हाललाई सो १७ हजार हाराहारीमा खोप लगाउने व्यक्ति छानिएको हो ।

    सरकारले कोरोना खोप आए पनि जोखिम कम नभएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरको छ ।

    निर्देशक शर्माले भने, ‘अहिले गण्डकी प्रदेशमा सङ्क्रमणको दर कम भएको छ तर जोखिम कम भएको छैन, जोखिमका हिसाबले सबै नागरिकले दूरी कायम गर्ने र सरसफाइमा ध्यान दिनुर्दछ । खोप आयो भनेर जोखिम कम भयो भनेर सोच्नु हुँदैन अझै चनाखो हुनुपर्दछ ।’

  • प्रदेश १ मा ३५ हजार फ्रन्टलाइनरलाई कोरोनाविरुद्धको खोप दिइने

    प्रदेश १ मा ३५ हजार फ्रन्टलाइनरलाई कोरोनाविरुद्धको खोप दिइने

    विराटनगर । प्रदेश १ सरकारले पहिलो चरणमा ३५ हजारलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । प्रदेशमा झण्डै ३७ हजार खोप आज आउँदैछ ।

    १४ माघबाट प्रदेशका १४ वटै जिल्लाका ३५ हजार फ्रन्टलाइनरलाई खोप लगाउने गृहकार्य थालिएको प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईंले बताए ।

    १० दिनभित्र स्वास्थ्यकर्मीलाई खोप लगाइसक्ने तयारीका साथ स्थानीय तहहरूबाट खोप लगाइनेहरूको विवरण संकलन भइरहेको उनले जानकारी दिए । त्यस्तै कोरोना भाइरस संक्रमण नियन्त्रण कार्यमा खटिएका सफाइकर्मी र सुरक्षाकर्मीलाई पनि खोप दिइनेछ । पहिलो चरणमा खोप लगाएकाहरूले एक महिनापछि दोस्रो डोज लगाइनेछ ।

    विराटनगरस्थित क्षेत्रीय स्टोरमा भ्याक्सिन भण्डारण गरिनेछ । त्यहाँ करिब ७० हजार भ्याक्सिन राख्न सक्ने क्षमता छ ।