Tag: कोरोनाबाट मृत्यु

  • कोरोनाबाट मृत्यु भएका जनप्रतिनिधिको कर्मचारीकाे विवरण पठाउन स्थानीय तहलाई परिपत्र

    कोरोनाबाट मृत्यु भएका जनप्रतिनिधिको कर्मचारीकाे विवरण पठाउन स्थानीय तहलाई परिपत्र

    काठमाडौं । सरकारले कोरोनाबाट मृत्यु भएका जनप्रतिनिधि र कर्मचारीको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गर्दै विवरण माग गरेको हो ।

    स्थानीय तहमा कोभिड–१९ का कारण मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीको विवरण कतिपय स्थानीय तहले अझै पनि यथार्थ रुपमा अध्यावधिक नगरेको वा नभरेको भन्दै यस अघि मृत्यु भएका जनप्रनिधि तथा कर्मचारीको विवरण अध्यावधिक गरेर पठाउन आग्रह गरेको हो । मन्त्रालयले यसका लागि बैशाख २८ गते नै पत्र पठाइसकेको जानकारी गराउदैँ पत्रबाट माग भएका विवरण नपठाएकाले पुनः परिपत्र गरेको पनि जनाएको छ ।

  • कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिव खनालको मृत्यु

    काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केहि महिना अघि मात्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालको शुक्रबार बिहान मृत्यु भएको संसद सचिवालयले जनाएको हो ।

    उपसचिव खनाल सचिवालयको कानून शाखामा कार्यरत रहेका थिए । सचिवालयका अनुसार खनालको पत्थरीको उपचारका लागि भर्खरै शल्यक्रिया भएको र मुटु सम्बन्धी पनि स्वास्थ्य समस्या रहेको थियो । त्यहि समस्याका कारण उनी अस्पताल भर्ना भएका संसद सचिवालयका सहायक प्रवक्ता समेत रहेका उपसचिव दशरथ धमालले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार संसद सचिवालयले सांसद पदाधिकारी र कर्मचारीको पीसिआर परीक्षण अनिवार्य गरेपछि उनले २ दिन अघि २२ गते संघीय संसद भवन नयाँ बानेश्वरमा स्वाव दिएर गएका थिए । २३ गते बिहिबार मात्र उनमा कोरोना पुष्टि भएको थियो । कोरोना देखिएको दोस्रो दिनमा नै उनको मृत्यु भएको छ ।

  • सुदूरपश्चिममा मंगलबार एकैदिन कोरोनाबाट ८ जनाको मृत्यु, ४४६ संक्रमित थपिए

    सुदूरपश्चिममा मंगलबार एकैदिन कोरोनाबाट ८ जनाको मृत्यु, ४४६ संक्रमित थपिए

    कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ८ संक्रमितको मृत्यु भएको छ । जसमा कञ्चनपुरमा २ जना, कैलालीमा ४ जना, बझाङमा १ जना र बर्दियामा १ जनाको मृत्यु भएको हो ।

    ८ जना मध्ये ५ जनाको एन्टिजेन पोजेटिभ आएको र ३ जनाको पिसिआर पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हाल सम्म प्रदेशमा १ सय ३४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

    स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये सबै भन्दा धेरै कैलालीका रहेका छन् । कैलालीका मात्रै १ सय ३९जनामा संक्रमण पुष्टि भएको छ ।

    कञ्चनपुरका १ सय ३१, बैतडीका ५२, डडेल्धुराका ४५, अछामका २८, डोटीका २६, बझाङका २३, दार्चुला र अन्य जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा २७ जना निको भएका छन् ।

  • बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ पुग्यो,  आजै मात्र ६ जनाको गयो ज्यान

    बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ पुग्यो, आजै मात्र ६ जनाको गयो ज्यान

    रूपन्देही । बाँकेमा थप ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। याे सँगै बाँकेमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १८ र बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेकाे संख्या १ सय १७ पुगेको छ।

    पछिल्लो समय संक्रमणबाट मृत्यु हुनेमा बाँकेका ३ जना र बाहिरी जिल्लाका ३ जना रहेका छन् ।

    नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर १७ का ४५ बर्षीय पुरुषको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएपनि उनको सोही दिन साँझ ७ बजे पिसीआर पोजेटिभ आएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

    त्यस्तै सोही दिन राती साढे ९ बजे नेपालगन्ज ६ की ४७ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ।

    यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कृष्णनगर ५ कपिलवस्तुका ५१ वर्षीय पुरुषको उपचारका क्रममा गएराति १० बजे र सोही अस्पतालमै कोहलपुर ११ का ३५ वर्षीय पुरुषको गएराति साढे १२ बजे मृत्यु भएको ओलीले बताए ।

    यता नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० की ५५ वर्षीया महिलाको शनिबार बिहान ४ बजे मृत्यु भएको छ भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दंगीशरण गाउँपालिका १ दाङका ६० बर्षीय पुरुषको मृत्यु भएको हो ।

    उनको शनिबार बिहानै ४ बजे मृत्यु भएको थियो।

  • बाँकेमा कोरोनाबाट मृत्यु हुने ११० पुग्यो

    बाँकेमा कोरोनाबाट मृत्यु हुने ११० पुग्यो

    रूपन्देही । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११० पुगेको छ । बाँकेका अस्पतालमा उपचार गराउन बाहिरका जिल्लाबाट आएका संक्रमित हालसम्म १११ जनाको मृत्यु भएको छ ।

    बिहीबार बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको थियो ।

    बिहीबार मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् ।

    वलीले दिएको जानकारी उनका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका-२ निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको हो ।

    यसैगरी बाँकेमा उपचारका लागि आएका बढैयाताल गाउँपालिका-८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए ।

  • बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

    बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

    रूपन्देही । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित रुपन्देहीको बुटवलमा आज बिहानमात्रै तीनजना संक्रमितको मृत्यु भएको छ ।

    अस्थायी कोरोना विषेष अस्पतालमा अर्घाखाँची मालारानी-५ की ७९ वर्षीय महिलाको बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

    आज बिहान ५ बजे प्युठान स्वर्गद्वारी-९ का ४३ वर्षीय पुरुष र ७ बजेर २३ मिनेटमा रुपन्देही तिलोत्तमाकी ७१ वर्षीया महिलाको मृत्यु भएको थियो ।