Tag: कोमल शाह

  • झलनाथलाई अक्सिजन दिएर उपचार हुँदै, पूर्वरानीको स्वास्थ्यमा सुधार

    झलनाथलाई अक्सिजन दिएर उपचार हुँदै, पूर्वरानीको स्वास्थ्यमा सुधार

    काठमाडौं । कोरोनाभाइरस संक्रमण भइ नर्भिक अस्पतालमा उपचार गराइरहेका एमाले नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।

    नर्भिकले मंगलबार विज्ञप्ती जारी गर्दै खनाललाई अक्सिजनमा राखेर उपचार गराइराखेको उल्लेख गरेको छ । खनालको अवस्था सुधारोन्मुख रहेको समेत जनाइएको छ ।

    पूर्वरानीको स्वास्थ्यमा पनि लगातार सुधार आइरहेको अस्पतालले जनाएको छ । ११ दिनअघि नर्भिकमा भर्ना भएकी शाहलाई विहिबारदेखि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।

    पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमार प्रेरणा शाहको स्वास्थ्य अवस्था भने सामान्य र स्थिर रहेको जनाइएको छ ।

  • पूर्वरानीको स्वास्थ्यमा सुधार : नर्भिक अस्पताल

    पूर्वरानीको स्वास्थ्यमा सुधार : नर्भिक अस्पताल

    काठमाडौं । कोरोनाबाट संक्रमित भइ उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ । नर्भिक अस्पतालले आइतबार विज्ञप्ती जारी गर्दै प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकी शाहको स्वास्थ्यमा सुधार देखिएको जनाएको हो ।

    कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको उल्लेख छ ।

    नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य छ ।