Tag: कोभिशिल्ड

  • आजदेखि कोभिशिल्डको दोस्रो डोज खाेप दिइँदै, यी हुन खोपकेन्द्र (सूचीसहित)

    आजदेखि कोभिशिल्डको दोस्रो डोज खाेप दिइँदै, यी हुन खोपकेन्द्र (सूचीसहित)

    काठमाडौं । सरकारले सोमबारदेखि कोरोना भाइरस विरुद्धको पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ।

    यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई भोलि २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका अनुसार दोस्रो डोजको रुपमा अस्ट्राजेनेका खोप दिइन लागिएको हो ।

    भुटानबाट आएको २ लाख ३० हजार डोज र जापानबाट शनिबार र आइतबार आउने अस्ट्राजेनेका खोप लगाउन लागिएको हो । यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका १३ लाखभन्दा बढी ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् ।

    खोप शाखा प्रमुख झलक शर्मा गौतमले साउन २५ गतेदेखि कोभिसिल्डको पहिलो डोज लगाएकालाई अस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउने तयारी भइरहेको जानकारी दिए।

    अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड जेष्ठ नागरिकलाई गत चैतमा लगाइसकिएको छ। भारतबाट खोप आउने कार्य रोकिएपछि सरकारले अस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको थियो।

    स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंको १२ वटै स्थानीय तहमा खोप स्थानमा खोप केन्द तोकेको छ । काठमाडौं महानगरमा मात्रै ६ वटा अस्पतालहरुबाट खोप लगाइँदैछ ।

  • सुर्खेतमा सात हजारलाई ‘कोभिसिल्ड’ लगाइयो

    सुर्खेतमा सात हजारलाई ‘कोभिसिल्ड’ लगाइयो

    सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले माघ १४ गतेदेखि हालसम्म कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ ७ हजार ४७५ जनालाई लगाएको जनाएको छ ।

    वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननीधि वाग्लेका अनुसार पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म २३४० र फागुन २ देखि १० गतेसम्म ५ हजार १३५ जनालाई खोपको पहिलो डोज लगाइसकिएको छ । दोश्रो डोज बैसाख पहिलाे सातादेखि १५ गतेसम्म लगाईने उनको भनाई थियो ।

    यसैबीच फागुन २३ गते देखि सुर्खेतमा ६५ वर्ष भन्दा माथिका सर्वसाधारणलाई खोप लगाइने भएको छ ।

    ‘पहिले छुटेका र ६५ वर्ष भन्दा माथिका नागरिकलाई फागुन २३ गतेबाट खोप लगाउन सुरु गर्दैछौं ।’ उनले भने, ‘सुर्खेतमा सो उमेर समूहका २४ हजार ९७६ जना रहेका छन् । यो खोप लगाउन २५६ जना स्वास्थ्यकर्मी, ६०० जना भन्दा बढी स्वंयसेवक र चार वटा चिकित्सक टोली खटाउने योजना बनाएका छौं ।’

    उनले खोपका लागि जिल्लामा २०५७ भायल आएको बताउँदै प्रति भायल १० जनालाई खोप लगाउन सकिने बताए ।
    सुर्खेत जिल्लामा कोरोनाका कारण हालसम्म २२ जनाको मृत्यृ भएको छ । तीन जना नेपालगन्ज तथा काठमाडौंका अस्पतालमा मृत्यृ भएको जनस्वस्थ्य सेवा कार्यालयले जनाएको छ ।

  • भारतबाट ल्याइयो थप १० लाख डोज ‘कोभिशिल्ड’

    भारतबाट ल्याइयो थप १० लाख डोज ‘कोभिशिल्ड’

    काठमाडौं । कोभिड १९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज काठमाडौं आइपुगेको छ ।

    भारतको नयाँ दिल्लीबाट दिउँसो साढे २ बजे एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।

    फागुन ५ गते खोप उत्पादक कम्पनी सेरम इन्सिच्युट अफ इन्डियासँग २० लाख डोज खोप लिने सहमतिअनुसार आइतबार पहिलो चरणमा १० लाख डोज खोप त्रिभुवन विमानस्थल आइपुगेको छ ।

    यसअघि गत माघ ८ गते भारत सरकारले सोही कम्पनीको खोप अनुदानमा उपलब्ध गराएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने जनाए ।

    उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए ।

    उनले सम्झौताअनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने जानकारी दिए ।

  • आइतबार भारतबाट १० लाख डोज खोप नेपाल आउँदै

    आइतबार भारतबाट १० लाख डोज खोप नेपाल आउँदै

    कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिए ।

    उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन थालेको हो ।

    यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने जनाए ।

    उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए ।

    उनले सम्झौताअनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने जानकारी दिए ।

  • ‘नयाँ प्रकृतिको भाइरस विरुद्ध पनि कोभिशिल्डको प्रभावकारिता देखियो’

    ‘नयाँ प्रकृतिको भाइरस विरुद्ध पनि कोभिशिल्डको प्रभावकारिता देखियो’

    काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिईएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पुर्‍याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

    सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड १९ को महामारी र कोभिड विरुद्ध खोपको प्रभावकारिता विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिशिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोपलिन आग्रह गरे । सरकारले प्रतिबद्धता गरेभन्दा एकमहिना अगाडी नै खोप अभियान शुरु गर्नु सरकारको सफलता भएको उनको भनाई छ ।

    खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी भएको बताए । कोभिशिल्ड खोप लगाईसकेपछि कोरोना लागेपनि मृत्यु कम हुने, अस्पताल जानुपर्ने अवस्था नआउने तथा सिकिस्त बिरामी नपर्ने उनी बताउँछन्  ।

    भ्याक्सिन लगाएमा कोरोनाको संक्रमण भएपनि रोग लाग्न नसक्ने उनले स्पष्ट पारे । खोपले व्यक्तिलाई कोरोना संक्रमणबाट बचाएपनि अर्को व्यक्तिलाई सार्नसक्ने क्षमता भने रहने भएकाले खोप लगाएपनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनले बताए ।

    खोप विज्ञ उप्रेतीले १८ वर्ष मुनिका बालबालिकामा परिक्षण हुँदै गरेकाले अहिले खोप नदिईने बताए । गर्भवती महिला र खोपको पहिलो चरण लगाउँदा सिकिस्त बिरामी परेकाहरुलाई पनि खोप नदिने जानकारी दिए ।

    त्यसैगरी, उच्च ज्वरो हुँदा, रगत पातलो हुने औषधिको प्रयोग भइरहेको छ भने पनि कोभिशिल्डको प्रयोग गर्नुनुहुने विज्ञ उप्रेतिले बताउँछन् । पहिले दुध खुवाईरहेकी आमालाई खोप प्रयोग नगर्ने भनिएको भएपनि अब दुध खुवाईरहेकी आमालाई खोप दिन सकिने उनले बताए ।

    विश्व स्वास्थ्य संगठनले नै पहिलो मात्रा लगाएको चार हप्ताको अन्तरमा दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी हुने भनेको भएपनि अहिले भने ८ हप्तादेखि १२ हप्ताको अन्तरमा खोप दिएमा बढी प्रभावकारी हुने अध्ययनले देखाएको बताए । नेपाल सरकारले पनि दोस्रो मात्रा ८ हप्तापछि मात्रै दिने व्यवस्था गरेको उनले बताए ।

    खोप लगाइसकेपछि कति समयसम्म प्रभावकारी हुन्छ भन्ने अध्ययन भइरहेको उनको भनाई छ । बेलायत र दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकृतिको भाइरस विरुद्धमा पनि कोभिशिल्डले केही प्रभावकारीता देखाएको उनले बताए ।

    खोपको गम्भिर प्रकारको साइड इफेक्ट नदेखिएको भन्दै उनले सामान्य इफेक्ट देखिएको र त्यसको २४ देखि ७२ घण्टा सम्ममा निको हुने बताए । कार्यक्रममा बोल्दै

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले कोभिशिल्ड खोपले रोग प्रतिरोधात्मक क्षमता र रोग प्रतिरोधात्मक एन्टीबडी बढाउने बताए ।

    खोप लगाएपछि साधारण असर देखापर्ने भन्दै उनले असर देखिएको अवस्थामा पारा सिटामोल तथा झोलिलो पदार्थहरु खान सुझाव समेत दिए । ५/७ दिनसम्म असर देखा परेमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नपर्ने चिकित्सकको सुझाव छ ।

    सरकारले भारत सरकारसँग माघ ८ गते कोभिड १९ कोरोना भाइरसविरुद्धको दश लाख मात्रा कोभिशिल्ड खोप ल्याएको थियो । पहिलो र दोस्रो चरण गरी प्राथमिकताका आधारमा लाखौँ जनतालाई खोप लगाइसकिएको छ ।

  • आजदेखि खोप प्रदेशमा पठाइँदै

    आजदेखि खोप प्रदेशमा पठाइँदै

    कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उहाँका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ । आइतबारसम्म सबै प्रदेशमा खोप पुग्ने मन्त्रालयले जनाएको छ ।

    पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । उहाँले सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने बताउनुभयो । काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।

    उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

    दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

    भारत सरकारले बिहीबार (यही माघ ८ गते) अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

    सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

    कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ ।

    अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भी’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।