Tag: कैलाली

  • कैलालीमा थप एक संक्रमितको मृत्यु

    कैलालीमा थप एक संक्रमितको मृत्यु

    कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-३ की ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

    बैशाख १४ गते सेती अस्पताल भर्ना भएकी महिलाको बुधवार राति मृत्यु भएका अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    दोस्रो लहरको कोरोनापछि सेती अस्पतालमा उपचाररत ९ संक्रमितको मृत्यु भइसकेको छ भने हाल सम्म ४१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

  • संक्रमित बढेसँगै कैलालीमा पनि आजदेखि निषेधाज्ञा

    संक्रमित बढेसँगै कैलालीमा पनि आजदेखि निषेधाज्ञा

    कैलाली । कैलालीमा आज देखि एक साता सम्म निषेधाज्ञा जारी गरिएको छ ।

    कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमितहरु उल्लेख्य बढेपछि जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञा जारी गरेको हो ।

    प्रशासनले अत्यावश्यक कामबाहेकका सबैलाई घरमै बस्न भनेको छ । बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधनहरू बसपार्कमै छन् ।

    बिहान १० बजे सम्म खाद्य सामाग्री बोकेका सवारी, खाद्य पसलहरू, दूध, पानीका सवारी, तरकारी र फलफूलका पसलहरू खुल्ने छन् । १० बजे पछि भने अस्पताल क्लिनिक तथा फार्मेसी बाहेकका सबै पसल बन्द हुने कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालला चौधरीले जानकारी दिए ।

    बैंकहरूले भने निषेधाज्ञा अवधिभर १० बजे देखि १ बजे सम्म तीन घण्टा सेवा दिने छन् । कैलालीमा अहिले सक्रिय सङ्क्रमित ५ सय कटिसकेका छन् ।

  • कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु

    कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु

    कैलाली । कैलालीका थप एक जना कोरोना सङ्क्रमितको पुरुषको मृत्यु भएको छ ।

    टीकापुर नगरपालिकाका १० एक ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    वैशाख ७ गते कडा निमोनिया सहित भर्ना भएका पुरुषको आईसीयूमा उपचार भइरहेको थियो । उनको आइतबार साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

    आज एकै दिन कोरोना अस्पतालमा २ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको कोरोना सुरु भएपछि सेतिमा उपचार गराइरहेका ५ जनाको मृत्यु भइसकेको छ ।

  • पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    कैलाली । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

    मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिकाअन्तर्गतको सो राजमार्ग अवरुद्ध गरिएको हो । बिहीबार गौरीगङ्गा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-४ का २७ वर्षीय लालितजंग रावतको मृत्यु भएको थियो ।

    दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म८प नम्बरको ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रावत घाइते भएका थिए ।

    ठक्करबाट घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।

  • कोरोना संक्रमित चलिरहेको एम्बुलेन्सबाटै हाम्फालेर भागेपछि…

    कोरोना संक्रमित चलिरहेको एम्बुलेन्सबाटै हाम्फालेर भागेपछि…

    कैलाली । कैलालीमा ३ जना कोरोना संक्रमित चलिरहेको एम्बुलेन्सबाटै हाम फालेर भागेका छन् ।

    त्रिनगर नाका हुँदै आएका ३ भारतीय नागरिकलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि धनगढी–१५ मा रहेको आइसोलेसन लैजान लाग्दा चल्दै गरेको एम्बुलेन्सबाट हाम्फालेर भागेको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।

    नेपालमा कामदारको रूपमा ९ जना भारतको पलियाबाट आएका थिए । सीमामा गरीएको एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना नभएको पुष्टि भएको थियो । ३ जनामा संक्रमण देखिएपछि उनीहरूलाई आइसोलेसनमा लैजान लागिएको थियो ।

    आइसोलेसन जान आनाकानी गरिरहेका उनीहरू बाटोबाटै भागेका हुन् ।

    ‘स्पिडमै चलाइरहेको थिएँ, एक्कासी हाम्फाले,’ एम्बुलेन्स चालक दिनेश लामाले भने,  ‘रोक्न/समाउन खोज्दा भागेर जंगल पसे ।’ एम्बुलेन्समा ७ जना संक्रमित थिए । ती मध्ये ४ जना नेपालीलाई भने आइसोलन राखिएको छ ।

  • बसकाे ठक्करबाट बिहीबार एककाे मृत्यु, आफन्तद्वारा बिहानैदेखि सडक अवरुद्ध

    बसकाे ठक्करबाट बिहीबार एककाे मृत्यु, आफन्तद्वारा बिहानैदेखि सडक अवरुद्ध

    कैलाली । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा बसको ठक्करबाट लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय ललितजंग रावतको मृत्यु भएको हो ।

    विहीबार दिउँसो ना ४ ख ३७२९ नम्बरको बसले म ८ प ३९८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

    बसको ठक्करबाट माेटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले क्षतिपूर्तिकाे मागसहित आज विहानैदेखि पूर्वपश्चिम राजमार्गको दुई स्थानमा सडक अवरुद्ध गरेका छन् ।

    लम्कीचुहा नगरपालिका–४ भल्का र बलिया बजारमा स्थानीयले सडक अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक नेत्र बोहराले जानकारी दिए ।

  • कैलालीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

    कैलालीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

    कैलाली । कैलालीमा आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कैलाली टिकापुर नगरपालिका १ बस्ने ६० वर्षीय राजु चन्दको मृत्यु भएको हो । सत्तीबाट टीकापुर आउँदै गर्दा से ७ प १३४८ नम्बरको मोटरसाइकल टिकापुर ५ मौरानियामा दुर्घटनामा परेको थियो ।

    मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार सोही ठाउँका ४५ वर्षीय अनिल जोशी घाइते भएका छन् ।

    जोशिको टाउकोमा चोट लागेको छ । उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रेतीले जानकारी दिए

  • कैलालीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

    कैलाली । कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कन्चनपुर बेदकोट–१० का ८१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    स्वास प्रस्वाससम्बन्धी समस्या लिएर शुक्रबार अस्पताल आएका वृद्धमा शुक्रबारनै कोरोना संक्रमण पुष्टि भएको थियो । उनी भेन्टिलेटरमा थिए । उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

    उनको ट्रभल हिस्ट्री देखिएको छैन । जसले गर्दा स्थानीय संक्रमण हुन सक्ने श्रेष्ठले बताए । अहिले कैलाली कन्चनपुरमा कोनोना संक्रमण बढिरहेका छन् ।

    कोरोना अस्पतालमा १६ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये २ जना भेन्टिलेटरमा छन् ।

  • कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

    कैलाली । कैलालीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    फागुनको पहिलो साता भारत बाट आएका उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कडा प्रकारको निमोनोयासहित अस्पताल भर्ना भएका ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

    उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

  • पत्रकार चुनावः सुदूरपश्चिम प्रदेशमा ओलीलाई हराउँदै रावल विजयी, कैलालीमा जोशीको जित

    पत्रकार चुनावः सुदूरपश्चिम प्रदेशमा ओलीलाई हराउँदै रावल विजयी, कैलालीमा जोशीको जित

    कैलाली । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा योगेश रावल प्यानलसहित विजयी भएका छन्। प्रेस युनियनसहितका विभिन्न ११ सङ्गठनबाट संयुक्त उम्मेदवार बनेका रावलले प्रेस चौतारीका प्रदेश संयोजक कृष्णबहादुर ओलीलाई पराजित गरे ।

    रावल यस अघि पत्रकार महासंघ प्रदेशको महा-सचिव थिए। यस्तै प्रदेश समितिको उपाध्यक्षमा योगेन्द्रबहादुर बलायर, महासचिवमा रामसिंह ठगुन्ना विजयी भएका छन्।

    सचिवमा हरि जोशी, समावेशी सचिवमा प्रेम चुनारा, कोषाध्यक्षमा राम बहादुर धामी विजयी भएका छन् । सदस्यहरूमा पनि प्यानलै विजयी भएका छन् ।

    कैलालीको अध्यक्षमा जोशी

    कैलालीको अध्यक्षमा हिमाल जोशी विजयी भएका छन्। उनी प्रेस युनियनका हुन् । प्रेस युनियनकै कैलाली अध्यक्ष श्रवण देउवा र प्रेस चौतारीका सुशील ढुङ्गानालाई पराजित गर्दै जोशी अध्यक्षमा निर्वाचित भएका हुन् ।

    उपाध्यक्षमा हरिस विक, महिला उपाध्यक्षमा दुर्गा देवकोटा, सचिवमा प्रेम चौधरी ,सह सचिवमा घनश्याम पौडेल, कोषाध्यक्षमा लक्ष्मी प्रसाद जैसी निर्वाचित भएका छन्।

    कैलाश जोशी, दीपकप्रसाद उपाध्याय, रतनलाल चौधरी, नेत्रप्रसाद जैसी, सुनिल आउजी, नवराज पनेरु, अंकुशबहादुर कुँवर शङ्कर बोहरा र कृष्णप्रसाद ओझा सदस्य पदमा निर्वाचित भएका हुन् ।

    यस अघि नै समावेशी सहसचिवमा दिनेश दहित, महिला सदस्यमा भावना जोशी र अन्य समावेशी सदस्यमा गगन कठायत निर्विरोध भइसकेका थिए ।

  • प्रहरीको गोलीबाट घाइते दुईजनालाई काठमाडौं पठाइयो

    प्रहरीको गोलीबाट घाइते दुईजनालाई काठमाडौं पठाइयो

    कैलाली । बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि तनावग्रस्त बनेको लम्कीमा प्रहरीको गोली लागेर घाइते भएका दुई युवालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

    २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सन्जेललाई हेलिकप्टरबाट काठमाडौं लगिएको कैलाली प्रहरीले बताएको छ । आक्रोशित प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरेको थियो ।

    मंगलबार बिहानै पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना. ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

  • कञ्चनपुरकी किशोरीको अपहरणपछि ‘सामुहिक बलात्कार’

    कञ्चनपुरकी किशोरीको अपहरणपछि ‘सामुहिक बलात्कार’

    कैलाली । कञ्चनपुरमा एक किशोरीमाथि अपहरणपछि ‘सामुहिक बलात्कार’ भएको छ । प्रहरीका अनुसार जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर २ मोतिबस्ती बस्ने १४ वर्षीया किशोरीको शुक्रवार अपहरणपछि सामुहिक बलात्कार भएको हो ।

    शुक्रवार साँझ साढे ७ बजेतिर कलम किन्न नजिकैको पसलमा जाने क्रममा किशोरी बेपत्ता भएकी थिइन् । आफन्तले प्रहरीलाई खबर गरेपछि राति ११ बजे किशोरी फेला परेकी छिन् ।

    मोटरसाइकलमा आएका ३ जना युवकहरूले आफूलाई अपहरण गरी अज्ञात स्थलमा लगेर बलात्कारपछि मध्यरातमा सोही ठाउँमा छोडेर गएको किशोरीले प्रहरीलाई बयान दिएकी छिन् ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने, ‘उहाँले आफूमाथि सामुहिक बलात्कार भएको भन्नुभएको छ । घटनाबारे हामी थप अनुसन्धान गरिरहेका छौं ।’

  • शिवचरण हत्यामा संलग्न अझै पक्राउ परेनन्, आफन्तद्वारा शव बुझ्न अस्वीकार

    शिवचरण हत्यामा संलग्न अझै पक्राउ परेनन्, आफन्तद्वारा शव बुझ्न अस्वीकार

    कैलाली । कैलालीको गोदावरी नगरपालिका-५ का शिवचरण रानाको हत्या भएको ३ दिन सम्म पनि प्रहरीले घटनामा संलग्नहरू पक्राउ गर्न सकेको छैन ।

    शनिवार बिहान गेटा मेडिकल नजिकै उनको शव फेला परेको थियो । प्रहरीले धारिलो हतियारको आक्रमणबाट उनको हत्या भएको बताए पनि घटनामा संलग्नहरू भने अझै पक्राउ पर्न सकेका छैनन् ।

    प्रहरीले घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको बताएको छ । ‘हामी अनुसन्धानमै छौं,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक विष्टले भने, ‘थुप्रै व्यक्ति माथि सोधपुछ गरिरहेका छौँ ।’

    घटना भएकै दिन प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरी अनुसन्धान सुरु गरेको थियो । आफन्तले दोषी पक्राउ नपरेको भन्दै शव बुझ्न मानेका छैनन् । हत्यामा संलग्नहरूको पहिचान गरेर कारबाहीको दायरामा नल्याउँदा सम्म शव नबुझ्ने आफन्तको अडान छ ।

    ‘उहाँहरूले शव उठाउन पनि मान्नु भएको छैन । आन्दोलन गर्ने भन्नुहुन्छ । हामीले प्रहरीलाई अनुसन्धान गर्न दिनु पर्छ भनेका छौँ’ गोदावरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष कर्ण सिंह बोहराले भने ।

    वडाध्यक्ष बोहराले पनि कसैसँग रिसिइवी नरहेका रानाको हत्या हुनुले अचम्मित भएको बताए । ‘उहाँ सरल व्यक्ति हुनुहुन्थ्यो कसैसँग झगडा थिएन,’ वडाध्यक्ष बोहराले भने, ‘यसरी सामान्य व्यक्तिको हत्या भएपछि शान्ति सुरक्षामा पनि चुनौती थपिएको छ । ’

    राना गेटामा व्यापार गर्दै आइरहेका थिए । घर भन्दा केही पर पसलमै सुत्ने उनी शनिवार पनि पसलबाट घर आइरहेको बेला हत्या गरिएको आशंका गरिएको छ ।

  • कैलालीमा एक व्यक्तिको शव फेला, हत्या गरिएको आशंका

    कैलालीमा एक व्यक्तिको शव फेला, हत्या गरिएको आशंका

    कैलाली । कैलालीको गोदावरी नगरपालिका-५ गेटामा एक व्यक्तिको शव फेला परेको छ । गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका ३५ वर्षीय शिव चरण राना मृत फेला परेका हुन् ।

    शनिबार बिहानै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् । ‘शनिबार बिहान नै हामीले शव फेला पारेका हौं,’ उनले भने, ‘शंकास्पद देखिएकाले घटनाबारे अनुसन्धान भइरहेको छ ।’

    मृतक रानाको टाउकोमा चोट देखिएको छ भने स्थानीयले उनको हत्या भएको दाबी गरेका छन् । गोदावरी नगरपालिका-५ का अध्यक्ष कर्ण सिंह बोहराले उनको खुकुरी प्रहार पछि हत्या गरिएको हुनसक्ने बताए ।

    टाउकोमा देखिएको चोट खुकुरी प्रहार गरी हत्या गरेको जस्तो भएकाले सहजै अनुमान गर्न सकिने वडाध्यक्ष बोहराले बताए ।