Tag: कैलाली

  • कैलालीमा कांग्रेसबाट को-को भिड्दैछन् ? (सूचीसहित)

    कैलालीमा कांग्रेसबाट को-को भिड्दैछन् ? (सूचीसहित)

    कैलाली । नेपाली कांग्रेस कैलालीले जिल्लामा आफ्नो भागमा परेका प्रमुख तथा उपप्रमुखको उम्मेदवारी तय गरेको छ ।

    कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार चुरे, कैलारी र मोहन्याल गाउँपालिकको उपाध्यक्ष टुंगिएको छैन तर अरु १० जना उम्मेदवार भने तय भएका छन् ।

    यस्तो छ टुंगिएका उम्मेदवारको सूची-

    धनगढी उपमहानगरपालिका

    मेयरः नृपबहादुर वड

    टीकापुर नगरपालिका

    मेयरः नवराज रावल

    लम्कीचुँहा नगरपालिका

    मेयरः भक्तबहादुर थापा

    गोदावरी नगरपालिका

    मेयरः वीरेन्द्र भट्ट

    जानकी गाउँपालिका

    अध्यक्षः पर्शु चौधरी

    जोशीपुर गाउँपालिका

    अध्यक्षः वंशराम चौधरी

    बर्दगोरिया गाउँपालिका

    अध्यक्षः रामनारायण कठरिया

    भजनी नगरपालिका

    उपमेयरः गोकेन्द्र भण्डारी

    घोडाघोडी नगरपालिका

    उपमेयरः रीता चौधरी

    गौरीगंगा नगरपालिका

    उपमेयरः भोजबहादुर वम

  • कैलालीमा बँचेको तीनदलीय गठबन्धनमा पनि खटपट

    कैलालीमा बँचेको तीनदलीय गठबन्धनमा पनि खटपट

    कैलाली । स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय एक साता पनि बाँकि छैन । कैलालीमा भने गठबन्धनकै दलहरूबीच भागबण्डाको कुरा नमिल्दा उम्मेदवार छनोटमा ढिलाइ भइरहेको छ । भागबन्डा नमिल्दा पटक–पटक भइरहेको छलफलमा पनि सहमति हुन नसकेको हो ।

    केन्द्रमा पाँच दलीय गठबन्धन भए पनि कैलालीमा मूलतः तीन दलीय हुने देखिएको छ । गठबन्धनमा कुरा नमिलेको भन्दै जनता समाजवादी पार्टीले यसअघि नै छुट्टै तालमेल गर्ने निर्णय गरिसकेको छ ।

    नेपाली कांग्रेस र माओवादी केन्द्रसँग एकीकृत समाजवादी दलले समान हैसियतका आधारमा भागबन्डा हुनुपर्ने बताएको छ । नेपाली कांग्रेसले कैलालीका १३ स्थानीय तहमध्ये १० स्थानीय तहमा दाबी गरेको छ । तर, अन्तमा आठ स्थानीय तहसम्म भए पनि सहमति गर्ने मनसायमा कांग्रेस देखिएको छ । तर, अन्य दुई दल कांग्रेसलाई आठ पालिका पनि दिन तयार छैनन् ।

    उनीहरूले कांग्रेसलाई धनगढी उपमहानगरपालिका सहित पाँच पालिकाका सीमित पार्न खोजेपछि सहमति नजुटेको हो । ‘हामीलाई उहाँहरू पाँच पालिका तपाईंहरूलाई उपयुक्त हुन्छ भन्ने ढंगबाट प्रस्तुत हुनुभएको छ’ बैठकमा सहभागी कांग्रेस नेताले भने, ‘हामीले दश दाबी गरेका छौँ । ८ सम्ममा सहमति हुन सक्छ । त्योभन्दा कमको कुरा गरे गठबन्धनमा सहमति हुँदैन ।’

    पटक–पटक भएका बैठकहरूमा भागबण्डामै कुरा नमिलेपछि गठबन्धनमा रहेका दलहरू पनि अब आफ्नै ढङ्गबाट निर्वाचन जान खोजिरहेको बताए ।

    अहिले नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका, कैलाली गाउँपालिका,चुरे गाउँपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा दाबी गरेको छ ।

    अहिले कांग्रेसले दाबी गरेको मध्ये कैलारी गाउँपालिका र भजनी नगरपालिका अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो ।

    अहिले उक्त क्षेत्रमा नेपाली कांग्रेसको नगर कमिटीले गठबन्धन गर्न नहुने भन्दै निर्णय नै गरिसकेका छन् । यसरी निर्णय गर्नेमा यस अघि माओवादी विजयी भएको कैलारी गाउँपालिका र भजनी नगरपालिका, एमाले विजयी भएको मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका र लम्की चुहा नगरपालिका रहेको छ । ती क्षेत्रमा कांग्रेस बलियो रहेको र एक्लै निर्वाचन लड्दा पनि जित सुनिश्चित भएको भन्दै गठबन्धन नगर्न दबाब आइरहेको कांग्रेस नेताहरू बताउँछन् ।

    ‘हामीले दाबी गरेका क्षेत्रहरूमा त हामी एकल निर्वाचनमा होमिए पनि जित्ने अवस्था छ’, कांग्रेस कैलालीका उपसभापति भीम बडूवालले भने , ‘केन्द्रको नीति अनुसार गठबन्धन गर्ने कुरामा हामी सहमत छौँ । तर अधिकांश नेता कार्यकर्ताहरुले कैलालीमा कांग्रेसले गठबन्धन गर्न हुँदैन भन्दै दबाब दिइरहनु भएको छ ।’

    कांग्रेसबाहेक माओवादी केन्द्र र एकीकृत साजवादीले पनि कैलालीका १३ स्थानीय तह मध्ये करिब आधा दर्जन स्थानीय तहमा दाबी गरेका छन् । एकीकृत समाजवादीको तर्फबाट घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका लम्की चुहा नगरपालिका गौरीगङ्गा नगरपालिका र चुरे गाउँपालिकामा दाबी गरेको छ ।

    कैलालीमा २०७४ सालको स्थानीय निर्वाचनमा कैलालीमा एमाले सात पालिकामा विजयी भएको थियो । ती मध्ये आफूहरुले पाँच पालिका दाबी गरेको एकीकृत समाजवादी कैलालीका सचिव खडक रावतले बताए । ‘हामीले पाँच पालिकाको दाबी गरिरहेका छौँ । सहमति भए चार पालिका सम्म हामी समझदारी गर्र्छौ’ उनले भने, ‘त्यो भन्दा कम भए हामीलाई मान्य हुने छैन ।’

    अहिले कैलालीका १३ स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहका प्रमुखहरू एकीकृत समाजवादीमा छैनन् ।

    गोदावरी र घोडाघोडीका उपप्रमुखले मात्रै एकीकृत समाजवादीमा सनाखत गरेका छन् । तर, एकीकृत समाजवादीका नेता भने अहिले कैलालीका आधाभन्दा धेरै ठाउँमा आफ्नो पार्टी बलियो रहेको दाबी गर्छन् ।

    ‘यी क्षेत्रमा साङ्गठनिक रूपमा हाम्रो उपस्थिति राम्रो छ । अर्को कुरा ती क्षेत्रमा पहिले एमालेले जितेको हो । रावतले भने, हामी एमालेबाट विद्रोह गरेको आएको हुँदा पनि हामीले ती क्षेत्र पाउनु पर्छ भन्ने मान्यता राखेका छौँ ।’

    माओवादी केन्द्रले भने कैलालीमा गठबन्धनका दलहरूबीच सहमतिको आधार बन्न कठिन रहेको जनाएको छ । कांग्रेसले ८ स्थानीय तह, एकीकृत समाजवादीले अन्तिममा ३ स्थानीय तहमा दाबी गरे पनि आफूहरूको भागमा २ स्थानीय तह मात्रै पर्ने भएको हुँदा सहमति कठिन रहेको माओवादीका कैलाली इन्चार्ज हरि ज्ञवालीले बताए ।

    ‘उहाँहरूले आफ्नै पार्टीलाई मात्रै धेरै भागबण्डा चाहिन्छ भन्ने ढङ्गबाट मात्रै कुरा राख्नुहुन्छ’ उनले भने ‘उहाँहरूको कुरा अनुसार त हामी कैलालीका २ स्थानीय तहमा मात्रै सीमित हुने भयौँ । यसरी तालमेल हुँदैन । ’

    कैलालीमा अन्तिममा दुई दलित तालमेल पनि हुन सक्ने उनले बताए । ‘पाँच दलीय गठबन्धनमध्ये जोसँग जसरी मिल्छ त्यसरी तालमेल हुन सक्छ’ उनले भने ‘कैलालीमा दुई दलीय तालमेल पनि नहोला भन्न सकिन्न ।’

    माओवादी केन्द्रले पनि आधाभन्दा धेरै क्षेत्रमा दाबी गर्दै आइरहेको छ । तर, अन्य दुई दलको दाबीले माओवादीलाई दुई पालिकामा सीमित गर्न खोजिएको उनको बुझाइ छ । माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहमा पनि कैलारी र भजनी गरी दुई पलिका विजयी भएको थियो ।

    कैलालीमा माओवादीले यस अघि निर्वाचनमा विजयी भएको क्षेत्र र दोस्रो भएको क्षेत्रमा दाबी गरेको हो । .

    घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिका, मोहन्याल गाउँपालिका, बर्दगोरीगा गाउँपालिका र जानकी गाउँपालिका माओवादी केन्द्र उपविजेता भएको थियो ।

  • स्थानीय तह निर्वाचनः घोडाघोडीमा एमालेको किल्ला भत्काउने अन्य दलको तयारी

    स्थानीय तह निर्वाचनः घोडाघोडीमा एमालेको किल्ला भत्काउने अन्य दलको तयारी

    कैलाली । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै अहिले स्थानीय तहका दलहरूको जोडघटाउ सुरु भएको छ ।

    १३ स्थानीय तह रहेको कैलालीमा यसअघि एमालेले सात स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेको थियो । अहिले तीमध्ये दुई स्थानीय तहका उपप्रमुख एकीकृत समाजवादीमा छन् । एक स्थानीय तहकी उपप्रमुख एकीकृत समाजवादीमा सनाखत गरेर माओवादीमा प्रवेश गरेकी छन् ।

    काँग्रेसले चार स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेको थियो । माओवादी केन्द्रले दुई स्थानीय तहका प्रमुख र उपप्रमुख जितेको थियो । कैलालीका केही स्थानीय तहमा अन्तिम समयसम्म पहिलो स्थानमा रहेको माओवादी उपविजेतामा सीमित रहेको थियो ।

    सबै वडामा पहिलो भएर अन्तिम एक वडाका कारण निर्वाचन जित्नबाट बन्चित भएको मध्येको एक स्थानीय तह कैलालीको घोडाघोडी नगरपालिका । १२ वडाहरू रहेको कैलालीको घोडाघोडी नगरपालिकामा ११ वडासम्मको मत गणनामा माओवादीका उम्मेदवार प्रमुख र उपप्रमुख दुवै पदमा अघि थिए ।

    प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण चौधरी करिब ८ सय बढी मतले अघि थिए । उपप्रमुखमा पनि झन्डै त्यतिकै हाराहारीमा माओवादीकै उम्मेदवार ममता चलाउने अगाडि थिइन् । तर, अन्तिममा एक नम्बर वडाको मत गणना हुँदा माओवादीका चौधरी र चलाउनेलाई पछि मार्दै प्रमुखमा एमालेका ममताप्रसाद चौधरी र उपप्रमुखमा एमालेकै प्रेम कुमारी थापा विजयी भइन् ।

    अहिले थापा एकीकृत समाजवादीमा छिन् ।

    १२ वडामध्ये वडा नम्बर १, ४, ५, ७, ९ र १० मा एमाले विजयी भयो । अहिले वडा नम्बर ४, ७ र १० का वडाध्यक्ष एकीकृत समावादीमा छन् । १२ वडामध्ये कांग्रेसले २ र ८ , माओवादीले ३, ६ र १२ तथा लोकतान्त्रिक फोरमले ११ नम्बर वडा जितेको थियो ।

    आगामी निर्वाचनमा पनि कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख र प्रमुखमा एमाले, माओवादी , कांग्रेस मात्रै होइन, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि जित्ने दाबी गरेको छ ।

    मेयरमा एमालेबाट तीनजनको दाबी

    एमालेबाट घोडाघोडी नगरपालिकामा वर्तमान नगरप्रमुख ममत प्रसाद चौधरी उम्मेदवार बन्ने सम्भावना बढी देखिएको छ । चौधरी एमाले कैलाली जिल्ला उपसचिवसमेत हुन् । त्यस्तै एमालेबाट प्रदेश कमिटी सदस्य विष्णु चौधरी र घोडाघोडी नगर अध्यक्ष बक्तबहादुर शाही पनि प्रमुखमा आकांक्षी हुन् ।

    घोडाघोडीमा एमाले पहिलेको भन्दा बलियो भएको दाबी गर्दै नगर अध्यक्ष शाहीले भने, ‘पार्टीले टिकट दिएका प्रमुख र उपप्रमुख दुवै हामी जिताउँछौँ । ’

    एमाले विभाजनको असर घोडाघोडीमा त्यति धेरै नपरेको उनी दाबी गर्छन् । ‘केही साथीहरू टुक्रिएर जानु भएको छ । त्यो भन्दा कयौँ धेरै साथीहरू नेकपाको निरन्तरता भन्दै एमालेमा रहनु भएको छ’ उनले भने ‘हामी यस अघि पराजित भएका स्थानीय तहमा पनि हामी यस पटक विजयी हुन्छौँ । ’

    यसअघि एमाले पराजित भएको घोडाघोडीका वडा नम्बर १२, ११ र २ नम्बरमा पनि पार्टीले जित्ने उनको दाबी छ । उनी भन्छन्, ‘हामीले पहिले जितेका वडाहरूमा त हामी यस पटक पनि जित्छौँ । पहिले पराजित भएका वडाहरूमा पनि निर्वाचन जित्ने गरी हामीले तयारी थालेका छौँ । ’

    नेपाली काँग्रेसमा आधा दर्जनको दाबी

    गत निर्वाचनमा घोडाघोडी नगरपालिका तेस्रो शक्तिको रूपमा देखिएको नेपाली काँग्रेस यसपटक भने पहिलो शक्ति बन्ने होडमा छ । अहिले घोडाघोडीमा नेपाली काँग्रेसबाट आधा दर्जन बढी नेताहरू प्रमुखको लबिङमा छन् ।

    यसअघि प्रमुखमा पराजित भएकी रिता चौधरी फेरि मेयरमा उठ्ने सम्भावना छ । त्यस्तै उपमेयरमा पराजित भएका हेम बम पनि मेयरका आकांक्षी हुन् । त्यसबाहेक लक्ष्मी राज जोशी, हरि मल्ल, बम बहादुर सिंह, विमल प्रकाश जोशी, जियालाल आचार्य र सम्झना खत्री पनि मेयरका आकांक्षी हुन् ।

    केही समयअघि मात्रै नेपाली काँग्रेसका जिल्ला उपसभापतिमा निर्वाचित भीम बडुवाल पनि घोडाघोडी नगरवासी हुन् । उनी अहिलेसम्म संघीय निर्वाचन लड्ने मनसायमा छन् । तर उक्त क्षेत्र पूर्वमन्त्री रामजनम चौधरी समेत रहेको हुँदा बडुवालले पनि मेयरमा दाबी गर्नसक्ने बताइएको छ । बडुवालले मेयरमा दाबी गरे काँग्रेसबाट सबै भन्दा बलिया उम्मेदवार बडुवाल हुने आँकलन गरिएको छ ।

    माओवादीका कस्ता छन् उम्मेदवार ?

    गत निर्वाचनमा दोस्रो भएको माओवादीका तर्फबाट तत्कालीन अवस्थमा पराजित भएका प्रमुखका उम्मेदवार लक्ष्मण चौधरी ‘सुयोग’,उप प्रमुखमा पराजित दुर्गा चलाउने ‘ममता’ले प्रमुखमा दाबी गर्ने चर्चा छ । ती बाहेक नैन बहादुर चौधरी, सुखी राम चौधरी, पुष्कल बम, लक्ष्मी प्रसाद भट्टराई, र खगेन्द्र हमाल पनि मेयरका आकांक्षी हुन् ।

    ‘हामी अन्तिम अवस्थामा यहाँ पराजित भएका थियौँ । अहिले घोडाघोडीमा पहिलेको भन्दा राम्रो संगठन विस्तार भएको छ’ माओवादी कैलाली इन्चार्ज हरि ज्ञवाली अखण्डले भने, ‘एक्लै लडे पनि घोडाघोडीमा हामी जित्छौँ । ’

    एकीकृत समाजवादीमा पनि दाबेदार धेरै

    एमालेबाट विभाजन भएको एकीकृत समाजवादीका तर्फबाट पनि घोडाघोडीमा मेयरमा करिब आधा दर्जन उम्मेदवार देखिएका छन् । एकीकृत समाजवादीका जिल्ला सचिव खड्का रावत एकीकृत समाजवादीको तर्फबाट टिकट पाउने बलिया उम्मेदवार हुन् । घोडाघोडी नगरपालिकाकी उपप्रमुख प्रेम कुमारी थापाको पनि मेयरमा चर्चा छ । ती बाहेक मेघ साउँद, खेम जोशी, पूर्ण राज जोशी र पनि सम्भावित उम्मेदवार हुन् ।

    घोडाघोडीमा मात्रै एक उपप्रमुख सहित ३ जना वडाध्यक्ष एकीकृत समाजवादीमा सनाखत गरेको भन्दै पार्टीले निर्वाचनमा जित्ने नेकपा एसका नेताहरूको दाबी छ ।

    कस्तो छ राप्रपाको अवस्था ?

    मुख्य राजनैतिक दल एमाले माओवादी काँग्रेस एकीकृत समाजवादी बाहेक घोडाघोडीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पछिल्लो समय आक्रामक रूपले संगठन बिस्तारलाई तीव्रता दिएको छ ।

    अहिले घोडाघोडी नगरपालिकाकाको प्रमुखमा भर्खरै एमालेबाट राप्रपा प्रवेश गरेका नीरज मल्लको नाम चर्चामा छ । उनी दरख सुखड खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष समेत हुन् । एमालेका नेता विष्णु चौधरी लगायतका उम्मेदवारलाई हराएर खानेपानीको अध्यक्ष भएका मल्ल केही समयअघि भएको एमाले जिल्ला अधिवेशनमा जिल्ला सदस्य पदमा पराजित भएका थिए । त्यसको केही समयपछि उनी राप्रपा प्रवेश गरेका हुन् । उनले टिकट पाए जित्ने राप्रपाको दाबी छ ।

    राप्रपाका क्षेत्रीय उपाध्यक्ष सुनिल केसीले पछिल्लो समय तीव्र रूपले संगठन विस्तार भइरहेको र नागरिकको समेत विश्वास जित्न थालेको भन्दै घोडाघोडीको प्रमुखमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।

    ‘पहिलेको भन्दा हामी अझै सशक्त भएका छौँ । घोडाघोडीको प्रमुखमा हामी जित्छौँ । केही वडाहरूमा पनि हाम्रो जित्ने सम्भावना बढी छ’ उनले भने ‘अहिले राष्ट्रियताको विषयमा जनताले राप्रपालाई माया गरिरहनु भएको छ ।’

    गठबन्धन भए वा नभए के हुन्छ ?

    घोडाघोडीमा अहिलेसम्म एमाले एक्लै निर्वाचनमा होमिने योजनामा छ । काँग्रेसबाहेकका दुई दल भने गठबन्धनको भरमा छन् ।

    ‘हामी एक्लै निर्वाचनमा होमिन्छौँ र जित्छौैँ एमाले कैलालीका उपसचिव समेत रहेका घोडाघोडीका नगरप्रमुख ममता प्रसाद चौधरीले भने, ‘हामी पहिलेभन्दा अझै बलियो भएका छौँ ।’

    सत्तारुढ गठबन्धन भित्र रहेको नेपाली काँग्रेस घोडाघोडीमा गठबन्धन गर्न नहुने अडानमा छ ।

    ‘हामी एक्लै पनि जित्ने अवस्थामा छौँ’ नेपाली काँग्रेसका उपसभापति समेत रहेका घोडाघोडीका नेता भीम बडुवालले आइतबार पत्रकार भेटघाटमा भनेका थिए ‘हामीलाई गठबन्धनको आवश्यकता छैन । ’

    बडुवालले भनेको जस्तै सत्तारुढ गठबन्धन भित्रै स्थानीय तहमा गठबन्धन नगर्ने सहमति भएका घोडाघोडीमा काँग्रेसलाई जित्न सहज भने छैन । बलियो अवस्थामा रहेको एमाले विभाजन भएको फाइदा उठाउँदै काँग्रेसले जित्ने दाबी गरे पनि काँग्रेसको उक्त दाबीमा माओवादी केन्द्र भने बाधक बन्ने देखिन्छ ।

    यसअघिको निर्वाचनमा दोस्रो अवस्थामा रहेको माओवादी तेस्रो अवस्थामा रहेको काँग्रेस र एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीबीच गठबन्धन भए घोडाघोडीमा गठबन्धनका उम्मेदवार बलियो बन्ने सम्भावना छ ।

    तर, तीनै दलले प्रमुखमा दाबी गरेका छन् । एक्लाएक्लै जित्ने दाबी गरिरहेको बेला तीनवटै दलका आकांक्षी उम्मेदवारलाई व्यवस्थापन गर्न भने गठबन्धनमा सकस छ । यता त्यही सकस र असन्तुष्टि समेत लिएर नेकपाको निरन्तरता स्वरूप ठूलो संख्यमा रहेका पूर्वमाओवादीहरूको मतबाट पनि निर्वाचन जित्ने एमालेको रणनीति छ ।

  • एमाले महाधिवेशनका लागि कैलालीबाट ४४ जना प्रतिनिधि छनोट (सूचीसहित)

    एमाले महाधिवेशनका लागि कैलालीबाट ४४ जना प्रतिनिधि छनोट (सूचीसहित)

    कैलाली । चितवनमा हुने नेकपा एमालेका १०औं महाधिवेशनका लागि कैलालीबाट ४४ जना प्रतिनिधि छानिएका छन् ।

    पाँच प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कैलालीमा ४४ जना प्रतिनिधि छनोट गरिएको एमाले कैलालीका अध्यक्ष रतन थापाले बताएका छन् ।

    निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचजना, २ बाट नौजना, ३ बाट पाँचजना , ४ बाट सातजना र ५ बाट दशजना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै दलिततर्फ आठजना प्रतिनिधि छनोट भएको थापाले जानकारी दिए ।

    यी हुन् कैलालीमा छनोट भएका प्रतिनिधि

  • कैलालीमा कांग्रेसकाे पालिका अधिवेशन आज, अधिकांश क्षेत्रमा देउवा भर्सेस देउवा

    कैलालीमा कांग्रेसकाे पालिका अधिवेशन आज, अधिकांश क्षेत्रमा देउवा भर्सेस देउवा

    कैलाली । नेपाली का‌ग्रेसले कैलालीमा आज पालिका अधिवेशन गर्ने तयारी गरेको छ । १३ स्थानीय तह रहेको कैलालीमा केही स्थानीय तहमा सहमतिको आधारमा नेतृत्व चयन हुने भए पनि अधिकांशमा भने निर्वाचन हुने सम्भावना छ ।

    पालिका सभापतिको लागि अधिकांश क्षेत्रमा दुई जना र केहीमा त्यो भन्दा बढीको दाबी परेको छ ।

    अहिले सम्म धनगढी, गोदावरी र गौरीगंगामा उम्मेदवारी घोषणा भइसकेको छ भने अन्य केही स्थानीय तहमा आकांक्षी देखिएका छन् । केहीमा भने अझै सहमतिको प्रयास जारी छ ।

    अहिले सम्म कैलालीमा देउवा पक्षकै बढी नेतृत्वको दौडमा छन् । केन्द्रमा देउवा पक्ष भए पनि जिल्लमा भने फरक फरक व्यक्तिले त्यसको नेतृत्व गरेका छन् ।

    कैलालीमा देउवा पक्षमै नारायण दत्त भट्ट, फकिर सिंह कठायत, दीर्घ राज भाट , भुवन अधिकारी एक समूहमा देखिएका छन् । त्यस्तै मनु शाह, प्रकाश बम, राम जनम चौधरी , नारायणदत्त मिश्र , मोहसिंह राठौर र रणबहादुर रावल अर्को समूहमा बाँडिएका छन् ।

    दूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरिसकेका छन्।

    नेपाल विद्यार्थी संघबाट नेपाल कांग्रेसको राजनीतिमा सक्रिय भएका उपाध्याय अहिले नगर सचिव छन्। यस्तै उद्योग वाणिज्य संघका पूर्व महासचिव रुपेश स्वाँरले पनि नगर सभापतिमा चुनाव लड्ने बताएका छन्।

    गोदावरीमा वीर बहादुर चोखाल र विष्णु बडेलाले उम्मेदवारी घोषणा नै गरिसकेका छन् । घोडाघोडीमा कालिराम चौधरी, बम बहादुर सिंह र चन्द्रु चौधरीले आकांक्षा व्यक्त गरेका छन् । गौरीगंगामा पहलविक्रम चन्द र मोहन साउदले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    लम्की चुहा नगरपालिकामा इन्द्र कुँवर र भक्त चलाउने सभापतिमा लड्ने बताएका छन् । भजनीमा टेकराज न्यौपाने र नवराज मिश्र चुनावी दौडमा छन् ।

    कैलारीमा कृष्ण चौधरीलाई सर्वसम्म सभापति बनाउने अन्तिम तयारी भइरहेको जनाइएको छ । उनीहरू सबै देउवा निकट नेताहरू बताउँछन् ।

    जोशीपुर, टिकापुर, चुरे, मोहन्यालमा भने अझै सम्म अन्तिम आकाक्षं पहिचान हुन सकेका छैनन् । १० बजेबाट उद्घाटन सत्र सुरु हुने प्रचारप्रसार संयोजक नृप सुनारले बताए । उनले भने ‘सर्वसम्मत हुने अवस्थामा अझै सकिन्छ । नत्र भोलिसम्म अधिवेशन जारी हुन्छ ।’

  • कैलालीमा युवक हत्या प्रकरण- आठ जना सार्वजनिक, फरारकाे खोजी हुँदै

    कैलालीमा युवक हत्या प्रकरण- आठ जना सार्वजनिक, फरारकाे खोजी हुँदै

    कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा आठ जनालाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ तथा १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीण रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

    उनीहरुले योजना बनाएर युवकको हत्या गरेको मृतकका आफन्तहरुले दाबी गर्दै आएका छन् । यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

    हत्या आराेपी ।

    दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले हिजो दिनभर पूर्वपश्चिम राजमार्गको लम्कीमा चक्काजाम गरेका थिए । अभियुक्तलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने भनेपछि दिनभरसम्म शव टीकापुर अस्पतालमै रहेको थियो ।

    दोषीलाई कारबाही गर्ने सहमतिअनुसार हिजो साँझ आफन्तले शव बुझेर अम्तिम संसकार गरेको प्रहरीले जनाएको छ । उनले अझै पनि घटनामा संलग्न केही फरार रहेको जनाउँदै उनीहरुको खोजीकार्य भइरहेको बताएका छन् ।

    पक्राउ परेकाहरुको साथबाट प्रहरीले सुप प्र ०१००८ प ५५६५ नम्बरको स्कुटर र सुप प्र ०१००८ प १०७२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

    भूपेन्द्र बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या भएको थियाे ।

     

  • कैलालीका सात स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व, दुईमा महिला नेतृत्व

    कैलालीका सात स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व, दुईमा महिला नेतृत्व

    कैलाली । कैलालीका १३ स्थानीय तह मध्ये सात पालिकामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, जानकी, कैलारी, जोशीपुर, चुरे, बर्दगोरिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कैलालीका इन्चार्ज नारदमूनि रानाले जानकारी दिए।

    उनका अनुसार अझै ६ पालिका कमिटीको नेतृत्व चयन गर्न बाँकी छ । लम्की चुहा र घोडाघोडी नगरपालिका तथा मोहन्याल, गाउँपालिका सहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको छ । गोदावरी र टीकापुर नगरपालिकामा २२ गते, भजनीमा २३ गते मात्रै बन्दसत्र गरेर नेतृत्व चयन गरिने रानाले जानकारी दिए।

    एमालेले मंगलवारसम्म चयन गरेका सातमध्ये दुई स्थानीय तहमा महिलाले नेतृत्व पाएका छन् । गौरीगंगा नगरपालिकामा शान्ति सिंह र कैलारी गाउँपालिकामा झुमा चौधरी अध्यक्ष चयन भएको रानाले जानकारी दिए ।

    धनगढीमा रामचन्द्र जोशीको अध्यक्षतामामा ८५ सदस्यीय कमिटी गठन भएको छ । जानकी गाउँपालिकामा खकेन्द्र भण्डारीको अध्यक्षतामा ७१ सदस्यीय जोशीपुर गाउँपालिकामा केशर चौधरीको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी चयन भएको छ ।

    चुरे गाउँपालिकामा चक्र बोगटीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको छ । बर्दगोरियामा मधुकर सिजापतिको अध्यक्षतामा ६० सदस्यीय कमिटी गठन भएको छ ।

  • कैलालीमा आज एमालेको वडा अधिवेशन हुँदै

    कैलालीमा आज एमालेको वडा अधिवेशन हुँदै

    कैलाली । नेकपा एमाले कैलालीको आज वडा अधिवेशन भइरहेको छ । मुलुकका अन्य स्थानहरूमा कात्तिक ६ गते वडा अधिवेशन भए पनि कैलाली लगायत सुदूरपश्चिम प्रदेशका केही जिल्लामा आज वडा अधिवेशन भइरहेको हो ।

    बाढी र पहिरोले ठूलो क्षति गरेपछि सुदूरपश्चिम प्रदेशमा १२ गते वडा अधिवेशन गर्ने र १५ गते नगर अधिवेशन गर्ने निर्णय गरिएको थियो । केही पहाडी जिल्लाका केही क्षेत्रमा यसअघि नै वडा अधिवेशन भइरहेको छ ।

    कैलालीमा रहेको १३ स्थानीय तहका १२६ वडाहरूमा आज एकै दिन वडा अधिवेशन सुरु भएको एमाले कैलालीका जिल्ला सदस्य भुवन रिजालले बताए ।

  • चुरेमा पहिरो, १२ घण्टादेखि यात्रु अलपत्र

    चुरेमा पहिरो, १२ घण्टादेखि यात्रु अलपत्र

    कैलाली । कैलालीको चुरे गाउँपालिका ३ सल्लेरीमा गएको पहिरो अझै हटेको छैन । हिजो साँझ पहिरो गएपछि यहाँ एक हजार बढी यात्रु अलपत्र परेका छन् ।

    डप्रेनीमा पनि हिजो साँझ रुख खसेर सडक अवरुद्ध भएको थियो । प्रहरीले सडक सुचारु गरेपछि फेरी पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    अहिले डिभिजन सडक कार्यालयको जेसीभीको मद्दतबाट सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

  • कैलालीमा विङ्गर र अटो ठोक्किँदा ३ जनाको मृत्यु, चार जना घाइते

    कैलालीमा विङ्गर र अटो ठोक्किँदा ३ जनाको मृत्यु, चार जना घाइते

    कैलाली । कैलालीमा विङ्गर र अटो आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका ४ राजीपुरमा म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किएका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका ९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी छन् ।

    दुर्घटनामा थप चार जना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी ९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दीपेन्द्र चौधरी, २० वर्षीय अशान्त चौधरी र ३० वर्षीय हरि चौधरी रहेका छन् ।

    विङ्गर सहचालक कञ्चनपुरको वेदकोट नगरपालिका १० का २५ वर्षीय धनु रावल सामान्य उपचारपश्चात् प्रहरीले नियन्त्रणमा लिएको छ। विङ्गर चालक फरार रहेको र खोजी कार्य तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

  • कैलालीमा नेकपा एस र लोसपामा सनाखत गर्न स्थानीय तहलाई पत्राचार

    कैलालीमा नेकपा एस र लोसपामा सनाखत गर्न स्थानीय तहलाई पत्राचार

    कैलाली । प्रादेशिक निर्वाचन कार्यालय कैलालीले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको छ ।

    कैलालीको १३ वटै स्थानीय तहलाई पत्र पठाउँदै निर्वाचन कार्यालयले सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको हो।

    निर्वाचन आयोगले भदौ २२ गते गते सम्म नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पाटी रोज्न पाउने व्यवस्था लागू गरेको छ ।

    सोही अनुसार जिल्लामा स्थानीय तहमा पत्राचार गरिएको प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिए ।

    अहिले सम्म कैलालीमा १३ जनाको मात्रै सनाखत भएको छ । बुधबार सम्म १० जना प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । भने ३ जना स्थानीय तहका जन प्रतिनिधिले पनि नेकपा (एकीकृत समाजवादी) सनाखत गरेका छन् ।

    बुधबारसम्म लोकतान्त्रिक समाजवादी पार्टीमा कसैले पनि सनाखत गरेका छैनन् ।

  • कैलालीमा स्यानिटाइजर पिएका युवकको मृत्यु

    कैलालीमा स्यानिटाइजर पिएका युवकको मृत्यु

    कैलाली । कैलालीमा स्यानिटाइजर पिएका एक जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-१२ का ३८ वर्षीय टीकाराम बराइलीको उपचारको क्रममा मृत्यु भएको हो ।

    उनले बुधबार स्यानिटाइजर पिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    ‘स्यानिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार जुगेडामै स्थानीय मेडिकलमा पुगेका थिए’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले भने, ‘सामान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।’

    उनले स्यानिटाइजर किन पिए भन्ने कुरा नखुलेको प्रहरीले बताइएको छ । प्रहरीले घटनाबारे छानबिन भइरहेकोसमेत जनाएको छ ।

  • कैलालीमा २ दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते

    कैलालीमा २ दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते

    कैलाली । कैलालीमा बुधबार दुई दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिका–३, स्थित भाँसु भीरमा जीप खस्दा दुई जनाले ज्यान गुमाए । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।

    चुरे–६, का ३६ वर्षीया दुर्गा साउद र डोटीको जोरायल गाउँपालिका–१, की पाँच वर्षीया एलिसा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

    जीप चालक जोरायल गाउँपालिका–१, का ३१ वर्षीय रमेश खड्का, सोही ठाउँका २८ वर्षीया निर्मला खड्का र चुरे–६, का आठ वर्षीय सुशील साउद घाइते भएका छन् ।

    घाइतेहरूको पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये साउदको अवस्था गम्भीर रहेको उनले बताए ।

    धनगढीबाट डोटीको गैरा जाँदै गरेको प्रदेश नं. ३–०१–०२३ च ९०५९ नम्बरको जीप साँझ दुर्घटना भएको हो । जीप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    सेनाको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

    कैलालीमा नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–८ स्याउमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा धनगढी उपमहानगरपालिका ११ कि १५ बर्सिया बिद्या रानाको मृत्यु भएको प्रहरी प्रवक्ता बिष्टले बताए ।

    दुर्घटनामा थप दुई जना घाइते छन् । धनगढी ५ का १७ वर्षीय क्रिस बम र धनगढी ३ का उमेश कार्कीको अवस्था गम्भीर रहेको उनले बताए । पूर्वबाट पश्चिम तर्फ आइरहेको प्रदेश ३ –०१ –००१ ग ३७३२ नम्बरको सेनाको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थियो ।

  • ठेक्का भएको १० वर्षसम्म बनेन पुल, भजनीवासीलाई डुंगाकै भर

    ठेक्का भएको १० वर्षसम्म बनेन पुल, भजनीवासीलाई डुंगाकै भर

    कैलाली । राष्ट्रिय गौरवको आयोजना हुलाकी सडकअन्तर्गत कैलालीको कान्द्रा नदीमा ठेक्का भएको १० वर्ष सम्म पनि पुल निर्माण हुन सकेको छैन । पुल निर्माण नहुनाले कैलालीको दक्षिणी क्षेत्रका नागरिकको कष्टकर दैनिकीमा सुधार आउन सकेको छैन ।

    कान्द्रा नदीमा ३० महिनामा पुल बनाउने भन्दै लामा, साल्पा-शेर्पा र बिरुवा जेभीले २०६८ जेठ ३१ गते ठेक्का पाएको थियो । डिजाइन नमिलेको भन्दै सुरुआती ३० महिना त काम नै भएन ।

    पहिलो पटकको सम्झौता अनुसार २०७० मंसिर ३० गते सम्म पुल तयार हुनुपर्ने थियो । तर त्यसपछि पनि पटक पटक समय थप गर्दा पनि पुल निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

    २०७२ मा डिजाइन परिवर्तन गरेर पुसबाट पुनः ३० महिनाको समय पाएको कम्पनीले त्यो समय सीमा भित्र पनि काम सम्पन्न गर्न सकेन ।

    दोस्रो पटक थप गरिएको समय २०७५ असार २५ गते सकिएको हुलाकी सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर पदमबहादुर मडैले जानकारी दिए । उनले सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनमा टेकेर थप एक वर्ष समयसीमा दिइएको जानकारी दिए ।

    ‘त्यो बेलासम्म सम्पन्न नगरे कारबाही हुने थियो,’ उनले भने ‘नवौं संशोधनमा थप एक वर्ष समय दिने उल्लेख भएपछि थपिएको हो ।’

    त्यो बेलासम्म ३० प्रतिशत मात्रै काम सम्पन्न भएको थियो । सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनमा अनुसार समय पाएको कम्पनीले २०७७ फागुन १ गते सम्म पुल तयार गर्नुपर्ने थियो । तर, ठेकेदारको लापरबाहीले यो अवधीमा पनि निर्माण सम्पन्न हुन सकेन ।

    ठेकेदारले कोरोना महामारीका कारण पुल निर्माण गर्न नसकिएको बताएपछि पुनः ६ महिना थप गरिएको छ । अन्तिम पल्ट थप दिइएको समयसीमा यहि साउन मसान्तमा सकिँदैछ ।

    हुलाकी सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर मडैका अनुसार हाल पुल निर्माणको काम ७१ प्रतिशत मात्रै सम्पन्न भएको छ । काम अझै २९ प्रतिशत बाँकी छ । निर्माण कम्पनीले फेरि ६ महिना समय माग गरेको उनले बताए ।

    ‘दोस्रो लहरको कोरोनाका कारण काम प्रभावित भएको भन्दै पुनः ६ महिना समय माग गरिएको छ,’ उनले भने ‘यो अन्तिम समय हो । यो समयमा काम सम्पन्न नभए जरीवाना तिरेर पनि काम पूरा गर्नुपर्छ । नत्र कालोसूचीमा राखिन्छ ।’

    गाउँलेलाई डुंगाको भर

    कुल चार करोड ४३ रुपैयाँमा ठेक्का पाएको निर्माण कम्पनीले म्याद थप गर्दै जाने र निर्माणमा चासो नदेखाउँदा भजनी नगरपालिका–३, ४, ५ र ८ का वासिन्दाले आवतजावतमा सास्ती भोगिरहनुपरेको छ ।

    पक्की पुलमा सुरक्षित ढंगले यात्रा गर्ने यहाँका नागरिकको रहर एक दशकसम्म पनि पूरा भएको छैन । नदीमा पक्की पुल नहुँदा डुंगामा असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय आरती चौधरीले बताइन् ।

    ‘पुल नहुँदा सबैभन्दा बढी वर्षामा दुःख झेल्नुपरेको छ,’ उनले भनिन्, ‘ यो बेला हामी ज्यानको बाजी लगाएर डुंगामा वारपार गर्छौं ।’

    हिउँदमा काठे पुलहरू प्रयोग हुँदै आएका यी स्थानमा वर्षामा ती पुल पनि बगाइदिने गरेको छ ।

    ‘पुल नभएका हामीलाई नदी तर्न निकै समस्या छ । सबैलाई अप्ठ्यारो छ । नदी तर्न डुंगा तर्नुपर्ने समस्या छ,’ स्थानीय सीताराम चौधरीले भने, ‘बालबालिकालाई विद्यालय आउजाउ गर्न अझ समस्या छ । कहिलेकाहीँ राति पनि हिँड्नुपर्ने हुन्छ । राति कसरी डुंगा चढ्नु रु निकै दुःख छ ।’

    ठेकेदार र हुलाकी कार्यालयको लापरबाहीले पुल निर्माण हुन नसकेको भजनी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीको आरोप छ । वडा कार्यालयबाट आफूहरूले पुल निर्माणका लागी समन्वय गर्दा पनि हालसम्म निर्माणको काम अधुरै रहेको उनले बताए ।

    निर्माण कम्पनी नै कालोसूचीमा

    एक दशक पहिले लामा, साल्पा-शेर्पा र बिरुवा जेभीले कन्द्रा पुलको ठेक्का पाएका थिए । उनीहरुले ठेक्का पाएपछि पुल निर्माणको काम भने विकास झाले गर्दै आएका थिए ।

    उनले २०६७ साल सम्म उक्त पुल निर्माणको काम गरिरहेका गरे । निर्माणमा प्रगति नभएपछि ठेक्का पाएका मध्ये बिरुवा जेभीले त्यसयता काम गर्दै आइरहेको छ । अन्य दुई निर्माण कम्पनीमध्ये लामा कालोसूचीमा परिसकेको छ भने साल्पा–शेर्पा खरिद बिक्री भइसकेको छ ।

    डोल्पा-१ बाट प्रतिनिधिसभामा निर्वाचित एमालेका सांसद धनबहादुर बुढाले साल्पा-शेर्पालाई हिमाली निर्माण सेवा बनाएका हुन् । उनी केपी ओली नेतृत्वको सरकारमा पर्यटन राज्यमन्त्रीसमेत बनेका थिए ।

    दुबै साझेदार निर्माण कम्पनीले हात झिकेपछि बिरुवा जेभीले आफै काम थालेको हो ।

    ‘हामीले निकै ताकेता गरेपछि निर्माणको ठेक्का पाएकाबाटै निर्माण कार्य भइरहेको छ,’ हुलाकी सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर मडैले भने, ‘अहिले पनि हामीले चासो दिइरहेका छौं ।’

  • कैलालीका एक युवकको भारतमा मृत्यु, धनगढीमा आफन्तले गरे प्रदर्शन

    कैलालीका एक युवकको भारतमा मृत्यु, धनगढीमा आफन्तले गरे प्रदर्शन

    कैलाली । कैलालीका एक युवकको भारतका मृत्यु भएको छ । १५ साउनमा पशुपतिनाथ टुर्स एन्ड ट्राभल प्रालिको बसबाट भारत गएका जानकी गाउँपालिका दुर्गौलीका २२ वर्षीय पशुपति आचार्यको बैङ्लोरमा मृत्यु भएको हो ।

    आचार्यको १९ साउनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ‘हामीले घटनाबारे बुझ्दै छौँ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने ‘१९ गते मृत्यु भएको भन्ने जानकारी पाएका छौँ ।’

    आचार्यको हत्या गरेको भन्दै आफन्तले शुक्रबार धनगढी बसपार्कस्थित पशुपतिनाथ टुर एन्ड ट्राभल्स अगाडि प्रदर्शन गरेका छन् । घटना सम्बन्धी सोधपुछका लागि टुर एन्ड ट्राभल्सका सञ्चालकसहित २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • कौवा खोलाको बाढीले पोल ढालेपछि मैतहुवा र बिचफाँटामा विद्युत अवरुद्ध

    कौवा खोलाको बाढीले पोल ढालेपछि मैतहुवा र बिचफाँटामा विद्युत अवरुद्ध

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-४ को मैतहुवा र बिचफाँटामा बिद्युत् अवरुद्ध भएको छ । मैतहुवा रहेको विजुलीको पोल कौवा खोलामा आएको बाढीले ढालेपछि बिद्युत् सेवा अवरुद्ध भएको स्थानीय सीताराम चौधरीले बताए ।

    केहि दिन पहिले पनि यहाँ लगातार तीन दिन बिद्युत् अवरुद्ध भएको थियो । नजिकै रहेको रुख ढल्न सक्ने भन्दै मर्मतको लागि लगातार तीन दिन बिद्युत् आपूर्ति बन्द गरिएको थियो । बिद्युत् मर्मत गरे लगत्तै बाढीले पोल ढालेपछि गाउँमा अन्धकार भएको हो ।

    यहाँ पोल ढलेपछि मैतहुवा र बिचफाटाका करिब १५० घरमा बिद्युत् अवरुद्ध भएको उनले जानकारी दिएका छन् । खोलामा आएको बाढीले सडकमा समेत क्षति पु¥याएको छ ।

  • जमेको पानी निकास गराउने क्रममा स्थानीय र प्रहरीबीच झडप, १० प्रहरी घाइते

    जमेको पानी निकास गराउने क्रममा स्थानीय र प्रहरीबीच झडप, १० प्रहरी घाइते

    कैलाली । धनगढी उपमहानगरपालिकामा जमेको पानी निकास गर्ने क्रममा प्रहरी र स्थानीयबिच झडप भएको छ ।

    झडपमा ४ जना प्रहरी जवान र ६ जना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    उपमहानगरपालिका-३ को हाटबजार, विद्युत् कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयसँग प्रहरीको झडप भएको थियो ।

    झडपका क्रममा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि ५० सेल भन्दा बढि अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले बताए ।

    वडा नम्बर २ का बासिन्दाले डुबानमा पार्ने भन्दै कल्भर्टमा पानी बन्द गरेका थिए । पानी निकास नहुँदा ३ नम्बर वडा डुबानमा पर्ने गरेको थियो । पानी धेरै जमेर बिद्युत् गृहमा नै क्षति हुन थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ।
    यस अघि सोमबार पनि प्रहरले कल्भर्ट खोलेका थिए । स्थानीयले पुन बन्द गरेपछि मंगलबार झडप भएको हो ।

  • बादल मडारिनासाथ रातभर जाग्राम बस्छन् घोडाघोडीबासी

    बादल मडारिनासाथ रातभर जाग्राम बस्छन् घोडाघोडीबासी

    कैलाली । कैलाली घोडाघोडी नगरपालिका १० घुम्निभाकलकी कौशिला धमलालाई आकाशमा कालो बादल मडारिएपछि राति निद्रा पर्दैन । घरमा सानो नाति र उनी मात्र छन् ।

    १३ वर्षअघि (२०६५) असोज ४ र ५ गते आएको बाढीले पुर्‍याएको क्षति उनले अझै भुल्न सकेकी छैनन् । आकाशमा कालो बादल देखिदा र पानी पर्न थाल्दा त्यही नियति दोहोरिने हो कि भन्ने त्रास हुन्छ उनलाई ।

    ‘२०६५ सालमा आएको बाढीले सबै सरसामान बगायो । धन्न जेनतेन ज्यान जोगायौँ’ उनले भनिन्, ‘आकाशमा कालो बादल देख्दा फेरि त्यस्तै बाढी आउँछ जस्तो लाग्छ ।’

    पहाडी क्षेत्रमा बढी पानी परेपछि उनको घरनजिकै भएर बग्ने कन्द्रा नदीमा पानीको सतह बढ्छ अनि नदिनै गाउँ पस्छ भन्ने त्रास उनीहरूमा छ ।

    ‘हामी धेरै डर मान्छौँ । कहिले काहीँ त रातभरि सुत्दैनौँ । आकाशमा बादल आयो भने मानमा त्रास मात्रै आउँछ’ उनले सुनाइन् ।

    पश्चिममा मनसुन सक्रिय भएपछि धमलालाई जस्तै त्रास र डर कमला सेठीलाई पनि छ । उनी पनि पानी लगातार झरी पर्न थालेपछि रातभर जाग्राम बस्नु पर्ने बाध्यता रहेको बताइन् ।

    ‘घर नै लग्छ कि झैं लाग्न । पहिले देखिनै हामी त्रासमा छौँ’ उनले भनिन,‘ राति १ बजे २ बजे सबैभन्दा धेरै डर हुन्छ। पानी परेको बेला राति सुत्दैनौँ ।’

    त्यो बेलाको बाढीले घोडाघोडीमा धेरै क्षति गर्‍यो । गत वर्ष पनि मध्यरातमा गाउँमा नदी पस्यो । कयौँ चौपाया मरे । लाखौँको धनमालको क्षति भयो । महिना दिनसम्म स्थानीय विस्थापित भए । त्यही पीडाले यो बस्ती त्रासमा छ । घुम्नीभाकलमा करिब एक सय घर परिवार छन् ।

    सरकारले बाढी आउँदा पूर्वसूचनाको लागि भन्दै कन्द्रा नदीमा गेज मिटर राखेको छ । त्यहाँ एक जना कर्मचारीको समेत व्यवस्था गरिएको छ । तर, यो बस्तीनजिकै भएकोले बाढी आइहाले पनि जोखिम टार्न निकै समस्या हुन्छ ।

    यो गेजमिटरले भजनी र लालभोजी क्षेत्र भने सुरक्षित हुने अपेक्षा गरिएको छ । गेज मिटर राखिएको स्थानबाट भजनीसम्म बाढी पुग्न करिब ५ घण्टा लाग्ने गरेको छ ।

    ‘यो मिटरमा ५ मिटरभन्दा बढी बाढी आएपछि खतरा हुन्छ’ गेजरिडर राम लौटन चौधरीले भने ‘खतराको चिन्ह देखिएपछि मैले जनप्रतिनिधिहरूलाई खबर गर्छु ।’

    यो बर्ष ४ मिटर १० सेन्टिमिटरभन्दा बाढी नआएको उनले बताए ।

     
  • भजनी नगरपालिकामा लगाइएको ताला खुल्यो, आजै नगरसभा गरिने

    भजनी नगरपालिकामा लगाइएको ताला खुल्यो, आजै नगरसभा गरिने

    कैलाली । कैलालीको भजनी नगरपालिकामा उप प्रमुख छाया देवकोटाको नेतृत्वमा जनप्रतिनिधिले लगाएको ताला खोलिएको छ ।

    योजना तर्जुमा गरेर नगर सभा गर्ने सहमति भएपछि ताला खोलिएको जनाएको छ । योजना तर्जुमा बिना रकम बिनियोजन गरेर नगर सभा आयोजना गरेपछि सोमबार उपप्रमुख देवकोटा सहित वडा-१ का अध्यक्ष रबिन थापा, ५ का अध्यक्ष केशव बहादुर बुढा र ३ का अध्यक्ष विक्रम चौधरीले तालाबन्दी गरेका थिए ।

    नगरपालिकाको कार्यालयमा लगाइएको तालाले सोमबार आयोजना गर्ने भनिएको नगरसभा हुन सकेको थिएन ।

    अब योजना तर्जुमा सकेर सहमतिको आधारमा नगर सभा आयोजना गरिने उपप्रमुख देवकोटाले बताइन् । बुधबार बिहान ७ बजे योजना तर्जुमा र २ बजे नगरसभा आयोजना गरिएको छ ।

  • उपमेयरकाे नेतृत्वमा भजनी नगरपालिकामा तालाबन्दी, नगर सभा प्रभावित

    उपमेयरकाे नेतृत्वमा भजनी नगरपालिकामा तालाबन्दी, नगर सभा प्रभावित

    कैलाली । कैलालीको भजनी नगरपालिकामा उप-प्रमुख छाया देवकोटा सहित वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् । योजना नै नबनाई बजेट पारित गरेर नगर सभा आयोजना भएपछि तालाबन्दी गरिएको उपप्रमुख देवकोटाले बताइन् ।

    नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतको आधारमा योजना तर्जुमा नै नगरी बजेट पारित गरेर नगरसभा आयोजना गरेको भन्दै उप-प्रमुख देवकोटा ३ वडाका वडाध्यक्ष र ९ जना वडासदस्यहरुले विरोध गरेका हुन् ।

    उप-प्रमुख देवकोटासहितका वडा नम्बर १ का अध्यक्ष रबिन थापा, ५ का अध्यक्ष केशव बहादुर बुढा र ३ का अध्यक्ष विक्रम चौधरीले सोमबार बिहान तालाबन्दी गरेका हुन् । उनीहरुले आइतबारको कार्यपालिका बैठक पनि बहिस्कार गरे । नगर प्रमुखले राखेको प्रस्तावमा बहुमतले जर्वजस्ती निर्णय गर्न खोजिएको भन्दै उनीहरुले माइन्युट समेत कब्जा गरका थिए।

    थापा र बुढा एमालेका हुन भने चौधरी जसपाका हुन्।

    १० बजे नगरसभा आयोजना गरिएको भए पनि तालाबन्दी पछि नगरसभा प्रभावित भएको छ । माओवादीबाट उपप्रमुखमा निर्वाचित देवकोटा एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेर पदमुक्त बनाएको थियो । तर, १८ असारमा सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो ।
    पुनर्बहाली पछि पनि नगरप्रमुखले अधिकार दिन आनाकानी गरेर सर्वोच्च अदालतको मानहानी गरेको उनले बताइन् ।

  • एक सय २० ग्राम सुनसहित कैलालीमा तीनजना पक्राउ

    एक सय २० ग्राम सुनसहित कैलालीमा तीनजना पक्राउ

    कैलाली । कैलालीमा १२० ग्राम सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का ३० वर्षीय सुरज घताने, १८ वर्षीय विशाल जाग्री र २० वर्षीय महेश सार्की रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए ।

    सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरिया बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    धनगढीबाट जाँदै गरेका उनीहरूको साथबाट बिलबिनाको सुन भेटिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

  • कैलालीमा निजी सवारीमा जोरबिजोर लगाउने गरी निषेधाज्ञा थप्ने तयारी

    कैलालीमा निजी सवारीमा जोरबिजोर लगाउने गरी निषेधाज्ञा थप्ने तयारी

    कैलाली । कैलालीमा एक साता निषेधाज्ञा थप गर्ने तयारी भइरहेको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदै छ ।

    सोमबार दिउँसो जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकबाट एक साता निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

    थप हुने निषेधाज्ञा केहि खुकुलो हुने जनाइएको छ । पसलहरू खोल्ने समय थप गर्ने, अति आवश्यक कार्यालय खोल्न दिने र अन्य कार्यालयको हकमा पनि स्वास्थ्य मापदण्ड अनुसार सुरु गर्ने दिने बिषयमा बैठकमा छलफल हुने बताइएको छ ।

    निजी सवारी साधनलाई जोरबिजोर प्रणाली लगाएर सुरु गर्न दिने विषयमा पनि बैठकमा छलफल हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

    कैलालीमा निषेधाज्ञा थप गर्ने र स्वरूप परिवर्तन हुने उनले बताए । ‘निजी सवारीमा जोरबिजोर लगाउनले वा नलगाउने भन्ने बिषयमा बैठकले नै निर्णय गर्ने छ’ उनले भने ‘यो बिषयमा पनि बैठकमा छलफल भने हुनेछ ।’

    पछिल्लो समय कोरोनाको संक्रमण केहि कम भइरहेको हुँदा निषेधाज्ञाको स्वरूप परिवर्तन गर्न खोजिएको उनले बताए । यो अवस्थामा पुन: संक्रमण बढ्ने देखिएमा तत्काल कडा निषेधाज्ञा हुने समेत जानकारी दिए ।

  • मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु, दुईजना गम्भीर घाइते

    मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु, दुईजना गम्भीर घाइते

    कैलाली । धनगढीमा मोटरसाइकलले दुईवटा साइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

    आइतबार साँझ से ५ प २७७१ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट साइकल यात्री कैलाली भजनी नगरपालिका–१ का साधुराम डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

    मोटरसाइकलमा दुई जना सवार थिए । दुबै जनाको अवस्था गम्भीर रहेको उनले बताए । कैलाली धनगढी उपमहानगरपालिकाका ६ बस्ने मोहनप्रसाद जोशी र सोही ठाउँका माधव प्रसाद भट्टको अवस्था गम्भीर रहेको उनले बताए ।

    उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । अर्का साइकल चालकलाई भने सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

  • केहि खुकुलो गर्दै कैलालीमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याइयो

    केहि खुकुलो गर्दै कैलालीमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याइयो

    कैलाली । कैलालीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बाइएको छ । वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको हो।

    जिल्लामा कोभिड संक्रमणदर धेरै नघटेको भन्दै वैशाख ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

    उनले यस पटक जिल्लामा केहि खुकुलो पारिएको जानकारी दिए । सबै बैंक तथा वित्तीय संस्थाहरू बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म बढीमा ५० प्रतिशत मात्र कर्मचारी राखेर सञ्चालन गर्न सकिने छ। त्यसका लागि जनस्वास्थ्यका मापदण्डहरूको कडाइका साथ पालना गर्नुपर्ने निर्देशन जारी गरिएको छ ।

    यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरू, किराना पसल र डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र) प्रत्येक आइतबार, मंगलबार र बिहीबार र शनिबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म मात्र खुला गर्न पाउने निर्णय भएको छ।

  • आइतबारदेखि गेटामा कोरोना संक्रमितको उपचार हुने

    आइतबारदेखि गेटामा कोरोना संक्रमितको उपचार हुने

    कैलाली । कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा आइतबारदेखि कोरोना संक्रमितहरुको उपचार सुरु हुने भएको छ ।

    तत्काल ५० शय्याको व्यवस्थापन गरेर आइतबारबाटै संक्रमितहरुको उपचार सुरु गर्ने अन्तिम तयारी भइरहेको निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।

    निवर्तमान उद्योग मन्त्री भट्टको पहलमा गेटामा कोरोना संक्रमितको उपचर केन्द्र स्थापना गरिएको हो । अहिले मेडिकल कलेजमा ५० शय्या तयार भइसकेको छ । अक्सिजनको अभावमा उपचार सुरु हुन सकेको थिएन ।

    काठमाडौंबाट अक्सिजन ढुवानी भइसकेको ओझाले जानकारी दिए । शनिवार सम्म १०० सिलिन्डर अक्सिजन गेटा कोरोना उपचार केन्द्रमा पुग्ने उनले बताए ।

    ‘२०० सिलिन्डर अक्सिजन आइरहेको छ । १०० सिलिन्डर अक्सिजन गेटामा कोरोना उपचार केन्द्रमा राखिने छ,’ उनले भने ‘५० सिलिन्डर सेती प्रादेशिक अस्पतालमा र ५० सिलिन्डर आवश्यक अन्य अस्पतालमा पठाइने छ ।’

    निवर्तमान उद्योग मन्त्री भट्ट र प्रतिनिधि सभा सदस्य नरदमुनी रानाको पहलमा २०० सिलिन्डर अक्सिजन कैलाली आइरहेको उनले जानकारी दिए ।

    अक्सिजन पुगेलगत्तै कोरोना संक्रमितहरुको उपचार सुरु हुने ओझाले बताए । गेटामा अक्सिजन दिनुपर्ने संक्रमितहरुको उपचार हुने जनाइएको छ । आईसीयू र भेन्टिलेटरमा राख्नु पर्ने जटिल प्रकारका संक्रमितलाई सेती प्रादेशिक अस्पताल रेफर गरिने बताइएको छ ।

    धनगढीको सेती अस्पतालमा संक्रमितहरुले बेड पाइरहेका छैनन् । ५० शय्याको अस्थायी कोरोना अस्पताललाई ५५ शय्या बनाइएको छ । संक्रमितहरु बढ्न थालेपछि आकस्मिक कक्ष, सर्जिकल वार्ड र आँगनमा पनि टेन्ट लगाएर संक्रमितको उपचार भइरहेको छ

    १५ शय्याको आकस्मिक कक्षलाई ३५ शय्या बनाइएको छ । ४० शय्याको सर्जिकल वार्ड र आँगनमा टेन्ट टाँगेर ८ शय्या तयार गरिएको छ । यति हुँदा पनि संक्रमितहरूको व्यवस्थापन गर्न नसकिएको सेती अस्पतालले जनाएको छ । गेटामा संक्रमितहरुको उपचार सुरु हुने भएपछि केही सहज हुने अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    उनले भने, ‘दैनिकसंक्रमित बढिरहेका छन् । अस्पतालले थेग्नै नसक्ने भइरहेको छ । यस्तो अवस्थामा गेटामा कोरोना उपचार केन्द्र निर्माण भए धेरै सहज हुन्छ ।’

    जिल्ला प्रशासन कार्यालय कैलालीले पनि तत्काल आइसोलेसन निर्माण गरेर सेवा दिने विषयमा छलफल भइरहेको जनाएको छ । ‘गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाले त्यसको रेखदेख गरिरहनु भएको छ,’ सूचना अधिकारी शिवराज जोशीले भने, ‘हामी तत्काल नै त्यसलाई सञ्चालनमा ल्याउँछौँ । ’

    उनले कोरोना उपचार केन्द्र स्थापना भएपछि धेरै ठूलो सहजता आउने दावी गरे । ‘अहिले संक्रमित बढिरहेका छन् । उनीहरूलाई राख्ने ठाउँ छैन,’ उनले भने, ‘गेटामा कोरोना अस्पताल स्थापना भएपछि धेरै सहज हुन्छ ।’

    दुई साता अघिदेखि नै संघीय सरकारले गेटामा २ हजार शय्याको कोरोना उपचार केन्द्रको स्थापना गर्ने तयारी थालेको थियो । तर, सुदूरपश्चिम प्रदेश सरकारले उचित सहयोग नगर्दा उपचार केन्द्र निर्माण गर्न ढिलाइ भइरहेको आरोप छ ।

  • कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कैलाली । कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    मंगलबार राति घोडाघोडी नगरपालिका–२ साडेपानीमा ना ४ ख ८९४० नम्बरको ट्रकले से ५ प २२९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक मीन ठकुल्लाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

    गोदावरी नगरपालिका–९ बल्मीका ३५ वर्षीय ठकुल्लाको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी दिए ।

  • सुदूरपश्चिमकी उप-सभामुखलाई कोरोना संक्रमण

    सुदूरपश्चिमकी उप-सभामुखलाई कोरोना संक्रमण

    धनगढी । सुदूरपश्चिम प्रदेश सभा उपसभामुख निर्मला बडाल जोशीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    मंगलबार उनलाई संक्रमण पुष्टि भएको उपसभामुखको स्वकीय सचिब हरिश भट्टले जानकारी दिए । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि पीसीआर परिक्षण गर्दा संक्रमण पुष्टि भएको भट्टले बताए ।

    अहिले उनी होम आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको उनले जानकारी दिए ।

  • ४ घण्टाको बीचमा ६ जना कोरोना संक्रमितको मृत्यु

    ४ घण्टाको बीचमा ६ जना कोरोना संक्रमितको मृत्यु

    कैलाली । कैलालीका विभिन्न अस्पतालमा शनिबार राती ४ घण्टाको बीचमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    संक्रमित र मृत्युदर उल्लेख्य रहेको कैलालीमा शनिबार साँझ पौने ८ बजेदेखि साढे ११ बजेको बीचमा ६ जनाले ज्यान गुमाएका हुन् ।

    साँझ पौने ८ मा मा कन्चनपुरकी ७० वर्षीया महिलाको मृत्यु भएको थियो । उनलाई १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही समयमा टिकापुरमा ५० बर्षका पुरुषको मृत्यु भयो । उनलाई शनिबारै संक्रमण पुष्टि भएको थियो ।

    ८ बजेर ५६ मिनेटमा धनगढीमा धनगढीकै ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भयो । उनलाई पनि शनिबारनै संक्रमण पुष्टि भएको थियो ।

    १७ गते संक्रमण पुष्टि भएका कैलाली लम्कि चुहाका २३ वर्षका युवकको राती पौने १० मा मृत्यु भयो । उनको निजी अस्पतालमा उपचार भइरहेको थियो ।

    २५ गते संक्रमण पुष्टि भएका टिकापुरका ५० वर्षका पुरुषको राती सवा १ण् बनजे मा मृत्यु भएको हो । राती साढे ११ मा धनगढीकी ५० वर्षीया महिलाको मृत्यु भएको थियो । उनलाई पनि शनिबार नै संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

  • सुदूरपश्चिममा भयावह बन्दै कोरोना: एकैदिन १७ जनाको मृत्यु, सातामा २ हजार बढी संक्रमित थपिए

    सुदूरपश्चिममा भयावह बन्दै कोरोना: एकैदिन १७ जनाको मृत्यु, सातामा २ हजार बढी संक्रमित थपिए

    कैलाली । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । बिहीबार एकै दिन १७ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै उच्च हो ।

    बिहीबार कञ्चनपुरमा मात्रै ८ जनाले ज्यान गुमाएका छन् । कैलालीमा ६ जनाको मृत्यु भएको छ । बझाङ, अछाम र दार्चुलामा १–१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    पछिल्लो एक सातामा सुदूरपश्चिम प्रदेशमा ७९ को मृत्यु भएको । मृत्यु हुनेमा कन्चनपुर र कैलाली जिल्लाका धेरै छन् ।

    बिहीबार १७ जनाको मृत्यु भएको प्रदेशमा बुधवार ११ जनाको मृत्यु भएको थियो । मंगलवार ८ जना, सोमबार १४ जना, आइतबार १२ जना, शनिवार १० जना र शुक्रवार ७ जनाको मृत्यु भएको हो ।

    कञ्चनपुरमा मात्रै एक सातामा २९ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । कैलालीमा २५ जनाको ज्यान गएको छ ।

    एक सातामा बाजुरामा १ जना, अछाम ४ ,डोटीमा १ जना, डडेल्धुरा २ बैतडी २ बझाङ ४ र दार्चुलाका २ जनाको मृत्यु भएको छ ।

    २ हजार बढी संक्रमित थपिए

    पछिल्लो एक सातामा सुदूरपश्चिम प्रदेशमा २ हजार बढी संक्रमित थपिएका छन् । प्रदेशमा ९ जिल्लामा २ हजार २ सय ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    सबै भन्दा धेरै संक्रमित बिहीबार फेला परेका थिए । बिहीबार परीक्षण गरिएका ५० प्रतिशत भन्दा बढीमा संक्रमण देखिएको हो । १ हजार २ सय ४५ जनाको परीक्षण गर्दा ६ सय २३ जनाम संक्रमण पुष्टि भएको थियो ।

    बुधवार २ सय ५२ जना, मंगलबार ४ सय ४६ जना, सोमबार २ सय १ जना, आइतबार २ सय ६० जना, शनिवार ३ सय १७ जना र शुक्रवार १ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।

    पछिल्लो एक सातामा प्रदेशमा २ सय ५५ जना निको भएका छन् ।

  • चाप बढेपछि अस्पताल प्राङ्गणमै राखेर बिरामीको उपचार

    चाप बढेपछि अस्पताल प्राङ्गणमै राखेर बिरामीको उपचार

    कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र ग्यालरी समेत भरिएपछि शंकास्पद र संक्रमितको अस्पताल बाहिरै उपचार थालिएको छ ।

    ५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको छ । १५ शय्याका आकस्मिक कक्षमा पनि उत्तिकै छ । आकस्मिक कक्षमा कोरोनाका लक्षण भएका र अन्य बिरामीहरू पनि छन् । आकस्मिक कक्षकै ग्यालरीमा पनि बिरामीको चाप छ ।

    भित्र बेड र भुइँसमेत भरिएपछि केही बिरामीलाई अस्पताल बाहिरै उपचार गराउन थालिएको हो ।

    कोभिडका लक्षण भएका तर, पुष्टि नभएका बिरामीहरूको प्राङ्गणमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

    ‘बेड छैन भनेर बिरामी फर्काउनु भन्दा जहाँ मिल्छ त्यही उपचार गर्नु ठिक हो ’उनले भने ‘अहिले हामीले यसै गरी व्यवस्थापन गरिरहेका छौँ ।’

    पीसीआरको रिपोर्ट आएपछि भने उनीहरूलाई त्यहाँबाट सारिने गरिएको छ ।

    ‘संक्रमित पुष्टि भएपछि कोरोना अस्पताल पठाउँछौँ नभए सम्बन्धित वार्डमा लैजान्छौँ’ सूचना अधिकारीले भने ‘अहिले अवस्था जटिल बन्दै गइरहेको छ।’

    केही दिनयता रिपोर्ट आउनु भन्दा अघि नै आकस्मिक कक्ष र ग्यालरीमै संक्रमितहरूको मृत्यु हुन थालेको । अहिलेसम्म ६ जनाको कोरोना संक्रमणबाट आकस्मिक कक्ष र ग्यालरीमै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

    ‘कोरोनाको लक्षण हुँदा पनि पुष्टि नहुँदा सम्म कोरोना अस्पताल लगिने गरिएको छैन’ एक स्वास्थ्यकर्मीले भने, ‘संक्रमण यकिन नभएसम्म त्यही अनुसारको उपचार शुरू नगरिने भएकोले ६ संक्रमितकको ज्यान गइसकेको छ ।’

    प्रदेशको एक मात्र रेफरल अस्पतालको रूपमा रहेको सेती अस्पतालमा शय्या अभावमा गम्भीर प्रकृतिका बिरामी भर्ना गर्न नसकिएको वरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्माले बताए ।

    ‘हामीसँग ठाउँ र जनशक्ति दुवैको अभाव छ । त्यसैले जसलाई जहाँ सकिन्छ त्यहीँ उपचार गरिरहेका छौँ’ उनले भने ‘बिरामी अस्पतालमा आइसकेपछि फर्काउनुभन्दा जहाँ मिल्छ त्यही उपचार गर्नु उपयुक्त हो ।’

    विगतदेखि नै जनशक्ति अभाव रहेको अस्पतालमा उपचारमा संलग्न चिकित्सक र नर्सहरू पनि संक्रमित भएपछि झन् समस्या भएको बताइएको छ ।

    प्रजिअलाई उपप्रधानमन्त्रीको फोन

    संक्रमित र मृत्युदर पनि बढेपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई फोन गरेर रोकथाम र उपचारमा प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् ।

    मंगलबार उपप्रधानमन्त्री पोखरेलले प्रजिअ रिजाललाई फोन गर्दै जिल्लामा बिरामीले उपचार नपाएको, शव व्यवस्थापन नभएका जस्ता गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

    उपप्रधानमन्त्री पोखरेलले सीमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सीडीओसँग जानकारी लिएको प्रशासन स्रोतले बताएको छ ।

  • कैलालीमा थप ४ संक्रमितको मृत्यु

    कैलालीमा थप ४ संक्रमितको मृत्यु

    कैलाली । कोरोना भाइरस संक्रमणबाट कैलालीमा थप ४ जनाको मृत्यु भएको छ। कैलालीका ३ र कञ्चनपुरका १ जनाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

    उनका अनुसार धनगढी उपमहानगरपालिका-२ का ७२ वर्षीय पुरुष र ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरुकाे उपचारका क्रममा हिजाे साँझ मृत्यु भएकाे हाे ।

    कैलालीको गौरीगङ्गा नगरपालिका-१ का ३५ वर्षीय पुरुषको पनि हिजाे राति सवा आठ बजे मृत्यु भएको उनले बताए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुषको भने आज बिहान सवा ४ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

  • धनगढीमा आज विहान चार संक्रमितको मृत्यु

    धनगढीमा आज विहान चार संक्रमितको मृत्यु

    कैलाली । मंगलवार बिहानै धनगढीमा चार जना संक्रमितको मृत्यु भएको छ ।

    बर्दिया, कञ्चनपुर, बझाङ र कैलालीका चार जनाको कोरोना संक्रमितकाे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

    उनका अनुसार धनगढी ७ कि ७७ वर्षीया महिला, बझाङका २६ वर्षीय पुरुष, कञ्चनपुरका ७१ वर्षीय पुरुष र बर्दियाका ३० वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

  • रिपोर्ट कुर्दाकुर्दै जान थाल्यो संक्रमितको ज्यान

    रिपोर्ट कुर्दाकुर्दै जान थाल्यो संक्रमितको ज्यान

    कैलाली । कैलाली लम्की चुहा नगरपालिका १० की ३५ वर्षीया महिला स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगिन् । उनको आकस्मिक कक्षमा राखेर उपचार थालियो । कोरोना संक्रमण पुष्टि भयो ।

    १८ गते सेती अस्पतालमा भर्ना भएका लम्की चुहाकै ३८ वर्षीय पुरुषको पनि सोमबार बिहान मृत्यु भएको छ । कोरोना संक्रमणबाट ग्रस्त उनी कोरोना अस्पतालसम्म पुग्नै पाएनन् ।

    यसरी कैलालीमा प्रत्येक दिनजसो कोरोना संक्रमितको मृत्यु भइरहेको छ । सोमबार दिउँसोसम्मँ ६ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

    जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढी २ का ४३ वर्षीय पुरुष, धनगढी ५ की ६० वर्षीया महिलाको पनि कोरोना संक्रमबाट मृत्यु भएको छ ।

    त्यस्तै सोमबार नै कञ्चनपुर भिमदत्त नगरपालिका ७ का ६३ वर्षीय पुरुष, गोदावरी नगरपालिका १ का ३० वर्षीय पुरुषको मृत्यु भएको हो । ४ जनाको सेती प्रादेशिक अस्पतालमा र २ जनाको निजी अस्पतालमा मृत्यु भएको हो ।

    यसअघि धनगढी ४ का ४० वर्षीय पुरुष र धनगढी ३ कि ४५ वर्षीया महिलको पनि उपचारकै क्रममा ज्यान गएको थियो ।

    पुरुष सोही दिन कोरोनाको लक्षणसहित अस्पताल आएका थिए भने महिला दुई दिनअघि अस्पताल पुगेकी थिइन् ।

    पिसिआर रिपोर्ट आउन ढिला हुँदा २ दिनसम्म उनी अस्पतालको आकस्मिक कक्षमै बस्नुपर्यो । रिपोर्ट आएर कोरोना अस्पताल पुग्न नपाउँदै १६ गते उनको ज्यान गयो ।

    अस्पतालमा जनशक्ति, उपकरण र अक्सिजनको अभाव

    गत वर्ष कोरोना संक्रमण बढिरहेको बेला प्रदेश सरकारले ५० शय्याको अस्थायी कोरोना अस्पताल तयार गरेको थियो । यस वर्ष सोही अस्पतालमा ५ शय्या थप्नेबाहेक प्रदेश सरकारले अर्को तयारी गरेको छैन ।

    ५५ शय्याको अस्थायी कोरोना अस्पतालमा अहिले सबै शय्या भरिएका छन् । थपलाई राख्ने ठाउँ नहुँदा संक्रमितहरु आकास्मिक कक्षमै ज्यान गुमाउन वाध्य छन् ।

    सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठ पनि ठाउँ अभाव र कोरोना पुष्टि नहुँदासम्म आकास्मिक कक्षमै राख्नु पर्न बाध्यता रहेको बताउँछन् ।

    ‘रिपोर्ट नआउँदा सम्म यहाँ राखेर उपचार हुन्छ । संक्रमण पुष्टि भइसकेपछि मात्रै कोरोना अस्पतालमा पठाउने हा’, उनले भने ।

    अहिले पनि आकस्मिक कक्षमा कोरोनाका लक्षण देखिएका तर रिपोर्ट नआएका धेरै विरामीको उचार भइरहेको छ ।

    सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका खटिएका वरिष्ठ फिजिसियन डा. नीराजन दत्त शर्मा कैलालीमा संक्रमणको अवस्था भयावह हुँदै गइरहेको बताउँछन् । संक्रमण र मृत्यु दर बढिरहेकाले स्थिति नियन्त्रण बाहिर जाने खतरा बढेको उनको बुझाइ छ ।

    ‘हामीसँग ठाउँ र जनशक्ति दुवैको अभाव छ । त्यसैले जसलाई जहाँ सकिन्छ त्यहीं उपचार गरिरहेका छौँ’ उनले भने ‘बिरामी अस्पतालमा आइसकेपछि फर्काउनुभन्दा जहाँ मिल्छ त्यही उपचार गर्नु उपयुक्त हो ।’

    आकस्मिक कक्षमा पनि रिपोर्ट नआउँदासम्म उपचार हुने गरेको उनी बताउँछन् ।

    विगतदेखि नै जनशक्ति अभाव रहेको अस्पतालमा कोरोनाको उपचार थालिएपछि थप समस्या भएको छ । त्यसै माथि कोरोना संक्रमितको उपचारमा खटिएका केही नर्सहरूमा पनि संक्रमण देखिएपछि समस्या भएको अस्पतालले जनाएको छ ।

    त्यस्तै अस्पतालमा अक्सिजनको पनि अभाव छ । आफ्नै अक्सिजन प्लान्ट रहेको सेती प्रादेशिक अस्पतालले दैनिक ३ हजार ६७५ किलोग्राम अक्सिजन उत्पादन गर्दै आएको थियो । प्रतिसिलिन्डर ४७ किलोग्राम गरेर दैनिक ७५ वटा सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको अस्पतालले अहिले त्यो परिणाम घटेको जनाएको छ ।

    ‘अहिले ५५ देखि ६० सिलिन्डर मात्र उत्पादन भइरहेको छ । दैनिक १४० देखि १५० सिलिन्डर को आवश्यकता पर्छ’ सूचना अधिकारी श्रेष्ठले भन्छन् ।

    कोरोना संक्रमित बढ्दै गएका बेला अक्सिजनको माग ह्वात्तै बढेको उनको भनाइ छ । ‘हामीले मागका आधारमा उत्पादन गर्न नसके पनि जसोतसो व्यवस्थापन गरिरहेका छौँ’ श्रेष्ठले भने ‘संक्रमित थपिँदै गएमा अक्सिजन आपूर्तिमा असहज हुनसक्छ ।’

    गर्मीका कारण लोड धान्न नसक्दा र बिद्युतका कारण अक्सिजन प्लान्ट बेलाबेलामा बन्द हुने गरेको छ ।

    अहिले कोरोना अस्पतालमा सिलिन्डर मार्फत अक्सिजनको आपूर्ति भइरहेको छ । सिलिन्डरको पनि अभाव हुन थालेकोसूचना अधिकारी श्रेष्ठले बताए ।

    ९७ वटा सिलिन्डरले मात्र काम चलाइरहेको अस्पतालले थप ५० वटा खरिदका लागि प्रक्रिया अघि बढाएको छ ।

  • कैलालीमा वैशाख ३० सम्म लम्ब्याइयो निषेधाज्ञा, एउटा बैंकको एउटा शाखामात्र खोल्न पाइने

    कैलालीमा वैशाख ३० सम्म लम्ब्याइयो निषेधाज्ञा, एउटा बैंकको एउटा शाखामात्र खोल्न पाइने

    कैलाली । कैलालीमा आगामी वैशाख ३० गतेसम्म निषेधाज्ञा हुने भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले शनिवार आगामी वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

    यसअघि कैलालीमा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा गरिएका थियो ।

    जिल्लामा संक्रमणदर बढ्दै गएपछि वैशाख ३० गते सम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।

    उनका अनुसार संक्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिका भने यो निर्णय लागू हुने छैन ।

    वैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९ बजेदेखि साढे ११ बजेसम्म एउटा बैंकको एउटा शाखामात्र खुला गर्ने निर्णय भएको प्रजिअ रिजालले बताए ।

  • कैलालीमा थप एक संक्रमितको मृत्यु, विहीबार एकै दिन ७ जनाले ज्यान गुमाए

    कैलालीमा थप एक संक्रमितको मृत्यु, विहीबार एकै दिन ७ जनाले ज्यान गुमाए

    कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीय पुरुषको विहीबार राति ९ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो ।

    उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो ।कडा निमोनिया र श्वासप्रश्वासको समस्यासहित अस्पताल आएका उनको आइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

    योसँगै बिहीबार कैलालीका मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । यो अहिले सम्मकै उच्च मृत्युदर हो । विहीबार नै कञ्चनपुरका ३ जना बझाङ र अछामका एक एक गरी सुदूरपश्चिम प्रदेशमा १२ जनाको मृत्यु भएको छ।