Tag: कैद माफी मिनाहा

  • गणतन्त्र दिवसका अवसरमा ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाहा

    गणतन्त्र दिवसका अवसरमा ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाहा

    काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाह गरेको छ । बुधबार र शुक्रबार बसेका दुई वटा मन्त्रिपरिषद् बैठकले उनीहरुलाई जेठ १५ गते अर्थात आइतबारदेखि लागू हुनेगरी गणतन्त्र दिवस २०७९ को अवसरमा माफी मिनाहा गरेको हो ।

    बुधबार बसेको बैठकले तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खङ्ग श्रेष्ठ लिम्बुसमेतका २ सय ७१ जना र नरबहादुर साँवासमेतका ५ सय ४७ गरी जम्मा ८ सय १८ जना कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाहा भएको शुक्रबार राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

    नेपालको संविधानको धारा २ सय ७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशसमेतका आधारमा उनीहरुको कैद माफी मिनाह गरिएको कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    यस्तै शुक्रबार बसेको बैठकले नेपालको संविधानको धारा २ सय ७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १ सय ५९ बमोजिमत उमाकान्त पराजुलीसमेतका १६ जना कैदीबन्दीको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय माफी गरिएको हो ।

  • गणतन्त्र दिवसका अवसरमा माफी पाएका ४३० जनाको सूची सार्वजनिक (सूचीसहित)

    गणतन्त्र दिवसका अवसरमा माफी पाएका ४३० जनाको सूची सार्वजनिक (सूचीसहित)

    काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा माफी मिनाहा पाएका ४ सय ३० जनामा नाम सार्वजनिक गरेको छ । गणतन्त्र दिवसकै दिन जेठ १५ गते देखि लागू हुने गरी माफी मिनाहा पाएका ४ सय ३० जनाको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो ।

    मन्त्रिपरिषद्को जेठ १३ गते बसेको बैठकले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २ सय ७६ बमोजिम माफी मिनहा गरेकी हुन् । माफिनिाहा, कैद कट्टा गर्ने प्रयोजनका लागि तोकिएका कैदको ५० प्रतिशत कैद मुक्तान गरेका कैदीको बाँकी कैद कट्टाका लागि प्रमुख जिल्ला अधिकारी तथा काराकार प्मुखको सिफारिसमा कारागार व्यवस्थापन विभागले विवरण तयार पारेर गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पेश गरेको हो ।

    फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०७७ साउन १९ गते भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा ४ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा ४ र फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ बमोजिम माफी मिनहा गर्न पाइने कानूनी व्यवस्था रहेकाे छ ।

  • राष्ट्रपतिद्वारा ५९५ कैदीबन्दीको कैद माफी मिनाहा

    राष्ट्रपतिद्वारा ५९५ कैदीबन्दीको कैद माफी मिनाहा

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५९५ जना कैदीबन्दीको कैद माफी मिनाहा  दिएकी छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिशमा उनीहरुको कैद माफी मिनाहा गरेको जनाएका हो ।

    जसमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२ बमोजिम शुक्रबारदेखि लागू हुने गरी विर्खहाङ लिम्बुसमेतका ४०१ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकाे राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता समेत रहेका उपसचिव केशव प्रसाद घिमिरेले जानकारी गराएका हुन् ।

    उनका अनुसार सर्वोच्च अदालतको साउन १९ गतेको परमादेश समेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ लागू हुनु पूर्व गरेको कसूरमा जन्मकैदको सजाय भई आजसम्ममा कम्तीमा ५० प्रतिशत कैद भुक्तान भएको र असल चालचलन भएका सुदिप लिम्बुसमेत गरेर १७९ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।

    यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम सालिन्द्र यादवसमेतका १५ जनालाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, जरिवाना, सर्वस्वलगायतको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    राष्ट्रपतिले प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायतका अवसरमा कैदीबन्दीको कैद मिनाहा माफी गर्न पाउने कानूनी व्यवस्था छ ।