Tag: केवल टेलिभिजन व्यवसायी महासंघ

  • भाष्करराजले भने- केवल व्यवसायीको हितका लागि टेलिभिजनको सिग्नल बन्द गर्न तयार छौं (भिडिओ)

    भाष्करराजले भने- केवल व्यवसायीको हितका लागि टेलिभिजनको सिग्नल बन्द गर्न तयार छौं (भिडिओ)

    काठमाडौं । मिडिया एलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले केवल व्यवसायीको सबै मागहरुलाई निसर्त समर्थन गरेका छन् ।

    केवल टेलिभिजन व्यवसायीको राष्ट्रिय भेलामा बोल्दै उनले मिडिया एलाइन्समा ९० प्रतिशत मुलधारका संचारमाध्यमहरूको सहभागिता रहेको भन्दै केवल व्यवसायीको हितका लागि आफूहरू टेलिभिजनको ‘सिग्नल’ बन्द गर्न तयार रहेको बताएका छन् ।

    कार्यक्रम उत्पादक, वितरण र प्रसारकका रूपमा ९० प्रतिशत लगानी निजी क्षेत्रको रहेको बताउँदै उनले विद्युत प्राधिकरण आफैंले केवल व्यवसायीका लागि पूर्वाधार बनाउनुपर्नेमा विच्छ्याइएका अप्टिकल फाइबर उल्टै काट्दै हिँडेको टिप्पणी गरे । पोल भाडा वृद्धिको निर्णय तत्काल फिर्ता गर्न कर्णिकारले चेतावनी दिएका छन् ।

    सरकारले आफैं पूर्वाधार कम्पनी खोलेर राष्ट्रियरूपमा फाइबर बिछ्याउनुपर्नेमा उनको जोड छ ।

  • विदेशीलाई काखी च्यापेर सरकारले केवल व्यवसायीको घाँटी निमोठेको डिस होमका अध्यक्ष आचार्यको भनाइ (भिडिओ)

    विदेशीलाई काखी च्यापेर सरकारले केवल व्यवसायीको घाँटी निमोठेको डिस होमका अध्यक्ष आचार्यको भनाइ (भिडिओ)

    काठमाडौं । डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सरकारले केवल व्यवसायीहरूलाई यसरी नै हस्तक्षेप गर्दै गए घर-घरमा टेलिभिजन च्यानल पुर्‍याउन नसकिने बताएका छन् ।

    केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलामा पछिल्लो समयमा विद्युत प्राधिकरणले केवल टिभी व्यसायीलाई ३५० प्रतिशत पोल भाडा वृद्धि गरेकोतर्फ लक्षित गर्दै आचार्यले भने, ‘पछिल्ला समयमा सरकारबाट जुन प्रकारले हस्तक्षेपकारी गतिविधि भइरहेको छ । यसले नेपालको टेलिभिजन व्यवसाय नै धरापमा पर्छ लेखेर राख्नुहोस् ।’

    सरकारले विदेशीलाई काखी च्याप्ने र नेपाली व्यवसायीलाई घाँटी निमोठ्ने काम गरिरहेको उनको आरोप छ । आचार्यले भने, ‘नेपाली व्यवसायहरूलाई हैरानी दिएर सरकारले विभिन्न माध्यमबाट विदेशी च्यानल खुलम खुल्लारूपमा प्रसारण गर्ने छुट दिइरहेको छ । सरकारले डिजिटाइजेसनको नेतृत्व गर्न सकेन ।’

    अर्बौंको जोखिम मोलेर आफूहरूले व्यवसाय संचालन गरे पनि राज्यबाट पटक-पटक उपेक्षा गर्ने काम भएको भन्दै आचार्यले दु:ख जनाए । डिस होमले मात्रै १० वर्षमा ८ अर्ब राजस्व बुझाएको उनको भनाइ थियो ।

  • केवल टिभी व्यवसायीको राष्ट्रिय भेला सुरू, घर-घरमा टेलिभिजन बन्द हुने अध्यक्ष शर्माको चेतावनी (भिडिओ)

    केवल टिभी व्यवसायीको राष्ट्रिय भेला सुरू, घर-घरमा टेलिभिजन बन्द हुने अध्यक्ष शर्माको चेतावनी (भिडिओ)

    काठमाडौं । देशभरका केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरू भएको छ । केवल टेलिभिजन व्यवसायी महासंघको आयोजनामा भएको भेलामा ४ सय भन्दा बढी व्यवसायी सहभागी छन् ।

    ऊर्जामन्त्री पम्फा भुसालले उद्घाटन गरेको भेलालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ध्रुव शर्माले सरकारको नीति र निर्णयले गर्दा केवल व्यवसाय समाप्त हुन लागेकाले गुहार माग्न भेला गरिएको बताए ।

    शर्माले विद्युत प्राधिकरणको पोल प्रयोग नगरी घर-घरमा टेलिभिजन नपुग्ने भन्दै प्राधिकरणले ३५० प्रतिशत पोल भाडा वृद्धि गरेर सूचनाको हक खोस्न लागेको बताए । शर्माले प्राधिकरणले तोकेको शुल्क व्यवसायीले तिर्न नसक्ने र तार काटिएमा घर-घरमा टेलिभिजन प्रसारण नहुने चेतावनी दिए ।

    अध्यक्ष शर्माले भने, ‘यो गम्भीर विषय हो । हामी २५/३० वर्षदेखि यो व्यवसायमा छौं र तीनदेखि ४ सय रूपैयाँमा घर-घरमा टिभी प्रसारण गरिरहेका छौं । अब बढाएको पोल भाडा हामी तिर्न सक्दैनौं र प्राधिकरणले तार काट्यो भने जनताको सूचनाको हक खोसिनेछ ।’

    शर्माले आईपीटीहरूबाट अवैधरूपमा डाउनलिंकहरूमार्फत प्रसारण गर्ने, ओटीटी एपहरूबाट निर्वाधरूपमा टेलिभिजन कन्टेन्टहरू प्रसारण हुँदा राज्यलाई राजस्वमा क्षति भएको बताए ।