Tag: केपी शर्मा ओली

  • ओलीको ‘ट्रयाक टु’- मुख्यमन्त्री बन्न र बनाउन तीन नेतालाई प्रस्ताव

    ओलीको ‘ट्रयाक टु’- मुख्यमन्त्री बन्न र बनाउन तीन नेतालाई प्रस्ताव

    काठमाडौं । नेकपा एमालेको एकताका लागि ‘ट्र्याक वान’ बाट कार्यदल हुँदै माधव नेपालसँग डिल गरिरहेका अध्यक्ष केपी शर्मा ओलीले ‘ट्र्याक टु’ को उपाय पनि खोज्न थालेका छन् । माधव नेपाल एकताप्रति कठोर बन्दै गएको निष्कर्ष वार्तामा रहेका नेताहरूले सुनाएपछि ओलीले दोस्रो बाटो लिएका हुन् ।

    पछिल्ला केही महिना लगातार माधव नेपालनिकट स्थायी कमिटी सदस्यहरूसँग एक्ला-एक्लै र संयुक्त छलफल गरिरहेका ओलीले संघीय सरकार नेपाल पक्षका कारण ढले पनि प्रदेश सरकार र पार्टी जोगाउन ‘ट्रयाक टु’ समातेका हुन् ।

    ओलीले प्रदेश १ को मुख्यमन्त्री बन्न सचिव भीम आचार्यलाई सिग्नल दिइसकेका छन् भने वागमती प्रदेशको मुख्यमन्त्री बनेर सरकार र पार्टी जोगाउन अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव राखेका छन् । त्यस्तै भीम रावललाई सुदूरपश्चिममा एमालेको सरकार बनाउने पहल थाल्न भनेका छन् ।

    दुवै प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् । शेरधन राई र डोरमणि पौडेलले पार्टी जोगाउने मूल्यमा जुनसुकै बेला मुख्यमन्त्री छाड्न तयार रहेको स्रोतको दावी छ । वागमतीका मुख्यमन्त्री पौडेलले त आफू पद छाडेर पार्टी जोगाउन तयार रहेको अष्टलक्ष्मी शाक्यसहितको बैठकमा बताइसकेका छन् ।

    एमाले स्रोतका अनुसार भीम आचार्य गत वैशाखदेखि नै केपी ओलीसँग नियमित संवादमा छन् । उनले आफूनिकट कतिपय जिल्ला अध्यक्ष र प्रदेशसभा सदस्यहरूलाई माधव नेपालले पार्टी विभाजन नगरी नछाड्ने संकेत देखिएको भन्दै त्यस्तो अवस्थामा एमालेमै बस्ने बताएका छन् ।

    प्रदेश १ र वागमतीमा एमालेको बहुमतको सरकार छ । तर, माधव नेपाल पक्ष विभाजित हुँदा दुवै सरकार ढल्छन् । त्यसैले ओलीले माधव नेपाल पक्षकै नेताहरूलाई मुख्यमन्त्री बनाएर भने पनि पार्टी र सरकार जोगाउने रणनीति अख्तियार गरेको स्रोतले जनाएको छ ।

    दुवै प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् । शेरधन राई र डोरमणि पौडेलले पार्टी जोगाउने मूल्यमा जुनसुकै बेला मुख्यमन्त्री छाड्न तयार रहेको स्रोतको दावी छ । वागमतीका मुख्यमन्त्री पौडेलले त आफू पद छाडेर पार्टी जोगाउन तयार रहेको अष्टलक्ष्मी शाक्यसहितको बैठकमा बताइसकेका छन् ।

    ओलीको कठोर आलोचक रहेकी एमाले उपाध्यक्ष शाक्य गत साता बालकोट पुगेर २ घण्टा छलफलल गरेकी छन् । ओलीले शाक्यलाई मुख्यमन्त्री बन्न प्रस्ताव गरेको तर उनले आफू अब मुख्यमन्त्री नबन्ने जवाफ दिएको बताइन्छ । शाक्यले केही दिनअघि नेपाल प्रेसमार्फत आफू मुख्यमन्त्रीको दाबेदार अब नरहने खुलासा गरेकी थिइन् ।

    ओली र ओलीनिकट नेताहरूले भने शाक्यलाई निर्णय पुनर्विचार गर्न भन्दै मुख्यमन्त्रीको अफर गरेका छन् । शाक्यले अरुण नेपाललाई मुख्यमन्त्री बनाउन सकिने अनौपचारिक प्रस्ताव राखेको तर राजेन्द्र पाण्डे पनि दाबेदार भएकाले माधव नेपाल समूहमा विवाद आउन नदिन मुख खोली सकेकी छैनन् ।

    भीम आचार्य र अष्टलक्ष्मी शाक्य दुवैजना संसदीय दलको चुनावमा पराजित भएपछि मुख्यमन्त्रीको दौडबाट बाहिरिएका थिए । तर, यदि माधव नेपालले पार्टी विभाजन गरे भने एमालेकै सरकार कायम राख्न भीम आचार्य र अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउँने ‘ट्रयाक टु’ ओलीले समातेका हुन् ।

    अष्टलक्ष्मी र भीम आचार्य दुवैले माधव नेपाललाई समेत समेटेर पार्टी एकताबद्ध बनाउन ओलीलाई सुझाव दिएका छन् । उता अर्का उपाध्यक्ष भीम रावललाई पनि ओलीले सुदूरपश्चिम प्रदेशमा एमालेको सरकार बनाउन आग्रह गरेका छन् । रावलले अघि सारेका व्यक्तिलाई मुख्यमन्त्री बनाएर एमालेको सरकार बनाउने र जसपाको महन्थ पक्षका २ सांसदको साथ भएपछि बहुमत पुग्ने ओलीको विश्लेषण छ ।

    सुदूरपश्चिममा एमाले अहिले पनि सरकारमै छ । संसदीय दलमा भीम रावलको वहुमत रहेकाले माधव नेपाल पक्ष सरकारमा छ भने केपी ओली पक्ष विपक्षमा रहेको छ ।

    नेकपा विभाजनपूर्व एमालेले ४ वटा प्रदेशमा सरकारको नेतृत्व गरेको थियो । यसबीचमा गण्डकी सरकार ढलेको छ भने लुम्बिनीमा सरकार जोगाउन असम्भव बन्दै गएको छ । बाँकी रहेका बहुमतका दुई सरकार जोगाउने र सुदूरपश्चिममा पनि आफ्नो सरकार बनाउने प्रयासमा ओली लागेको बताइन्छ ।

  • एमाले अध्यक्ष ओली वादी र प्रतिवादी रहेका दुवै मुद्दा प्रधानन्यायाधीशको इजलासमा

    एमाले अध्यक्ष ओली वादी र प्रतिवादी रहेका दुवै मुद्दा प्रधानन्यायाधीशको इजलासमा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वादी र प्रतिवादी भएका दुवै मुद्दामाथिको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर आफैंले गर्ने भएका छन् ।

    कर्णाली प्रदेशसभाका चार एमाले सांसदले दलको ह्वीप उल्लंघन गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि गरेको कारवाहीका आधारमा पदमुक्त भएकामा प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो ।

    प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अम्मर वहादुर थापामध्ये ज्वालाबाहेक तीन जना अहिले पनि कांग्रेस माओवादी गठबन्धनको सरकारमा मन्त्री छन् ।

    दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको कारवाही अवैधानिक रहेको भन्दै राउतको इजलासले चार सांसदलाई पुनर्वहाली गरेको थियो । त्यसका विरुद्ध अध्यक्ष ओली भ्याकेटको निवेदन लिएर अदालत गएका थिए ।

    यसबीचमा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटीको दशौं बैठक बोलाइसकेको छ ।

    यसअघि पटक असार ८ गते र २३ गतेको सुनुवाइले कुनै निर्णय दिएको थिएन । आज प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा पहिलो नम्बरमै सो मुद्दाको सुनुवाइको पेशी तोकिएको छ ।

    त्यस्तै अध्यक्ष ओलीसहित प्रदेशसभा सचिवालयलाई विपक्षी बनाएर नन्दस्रिंह बुढासहित एमालेका चार प्रदेश सांसदले दायर गरेको रिटमाथिको सुनुवाइ पनि सोही इजलासमा राखिएको छ ।

  • ओलीको टिप्पणी- यो निर्वाचनबाट नभइ कुबाटोबाट आएको प्रतिगमनकारी सरकार हो

    ओलीको टिप्पणी- यो निर्वाचनबाट नभइ कुबाटोबाट आएको प्रतिगमनकारी सरकार हो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको आरोप लगाएका छन् ।

    तुल्सीलाल स्मृति दिवसका अवसरमा च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन भनेर एमाले नेताकै हैसियतमा सहभागी माधव नेपाललाई बेसरमको संज्ञा दिए ।

    ओलीले भने, ‘विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको छ । अनि पाँच दलीय गठबन्धन भनेर एमालेकै नेताको रूपमा सहभागी भएको छ । यो भन्दा बेसरम के हुन्छ ?’

    अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचनबाट नभइ कुबाटोबाट आएकोले यसलाई प्रतिगमनकारी सरकार भन्नुपर्ने बताए ।

  • एमाले अध्यक्ष ओलीका सबै बैठक र भेटघाट पार्टी कार्यालयबाटै

    एमाले अध्यक्ष ओलीका सबै बैठक र भेटघाट पार्टी कार्यालयबाटै

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छलफल तथा भेटघाट थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै शुरू गरेका छन् ।

    ओलीले बिहीबार केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री रहँदा बालुवाटारबाटै अधिकांश बैठक र भेटघाट हुँदै आएकोमा अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    ओली सक्रिय रूपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था दर्शाउँदै तामाङले भने, ‘पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर उहाँहरुलाई अर्को कुनै अप्ठ्यारो नहोस्, भीडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कार्यकक्षहरुको व्यवस्था भएको छ । उहाँको भेटघाट गर्ने रुमको व्यवस्था छ । हामीले व्यवस्थित ढंगले नै भेट्ने र अरु पार्टीका कामहरु गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार भएको छ ।’

    सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रमहरू भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

  • एमाले एकताका लागि माधव नेपालले खोजे ‘पावर शेयरिङ’सहित प्याकेज प्रस्ताव

    एमाले एकताका लागि माधव नेपालले खोजे ‘पावर शेयरिङ’सहित प्याकेज प्रस्ताव

    काठमाडौं । नेकपा एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक वार्ता गराउने विघटित कार्यदलका नेताहरुको प्रयास जारी रहे पनि दुई नेताको भेट तय हुन सकेको छैन ।

    विहीवार अध्यक्ष केपी ओलीले उपाध्यक्ष भीम रावललाई माधव नेपालसँग कुरा गर्न र सहमतिको प्रस्ताव ल्याउन आग्रह गरेका थिए । सोही बमोजिम रावलले वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए ।

    उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि दुवै नेताबीच संवादको पहल गरिरहेका छन् । यसपटक माधव नेपाल ‘प्याकेज सहमति’को ठोस प्रस्तावबिना वार्तामा बस्न अनिच्छुक रहेको नेपाल निकट स्रोतले जनाएको छ ।

    दुई नेताबीच विहीवारै वार्ता प्रयास भएको थियो । तर नेपालको सचिवालयले वार्ताको समय तय नभएको भन्दै सहमतिको प्रस्ताव बिना वार्तामा बस्न नचाहेको सन्देश दियो ।

    एमाले केन्द्रीय कमिटीको विहीवार सम्पन्न बैठकले पार्टी एकताको लागि अन्तिम प्रयत्न गर्न अध्यक्ष ओलीलाई जिम्मा दिएको छ । ओलीले एकताको लागि आफू लचिलो बन्न र सबैलाई आम माफी दिन तयार रहेको बताएका छन् ।

    पछिल्लो समय आफ्नो हात माथि परेको महशुस गरेका नेपालले ओलीसँग एकताका लागि केही शर्त अघि सारेका छन् । साना मसिना कुरादेखि पावर शेयरिङसम्मको प्याकेजमै सहमति भएमात्र ओलीसँग संवाद हुने नेपाल निकट पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले बताए ।

    उनले भने, ‘१० बुँदे सहमति अपूर्ण छ,त्यसलाई संशोधन गरेर विस्तृत प्याकेज सहमति हुनुपर्छ । यो भनेको तलदेखि माथिसम्म नेता कार्यकर्ताको सुरक्षा र पार्टी एक बनाउने कुरा हो ।’

    याे पनि पढ्नुहाेस्
    माधव नेपालको ‘कोर टीम’मा वहस, दश बुँदे सम्झौता संशोधन नगरी मान्न सकिन्न

    ओलीले पार्टी जोगिन्छ भने आफू माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । नेपाल पक्षले भने छलफलमा आएको कुरालाई ओलीले बाहिर ल्याएर एकताको वातावरण बिगार्ने र माधव नेपाललाई पदलोलुप सिद्ध गर्न खोजेको टिप्पणी गरेको छ ।

    त्यसो त अहिले ओली र माधव नेपालबीच नमिलेको भनेको शक्ति बाँडफाँड (पावर शेयरिङ) नै हो । विधान संशोधन गरेर अर्को अध्यक्ष पद सिर्जना गर्न सकिने कुरा एमालेमा चलिरहेको छ । कार्यदलमा भने यो विषयमा नेताहरुले छलफल गर्न चाहेनन् र दुई नेतालाई जिम्मा दिए ।

    आफूसँगको कुराकानीमा नेपालले दोस्रो अध्यक्ष मागेको ओलीले बताएका छन् । तर नेपाल पक्षका नेताहरु भने दोस्रो अध्यक्ष भन्नु पनि माधव नेपालको अपमान हुने भन्दै दुई अध्यक्ष भन्न सकिने बताउछन् ।

    नेपाल निकट ती स्थायी कमिटी सदस्यले भने–पावर शेयरिङको विषय बाहिर हल्ला गर्ने भन्दा पनि दुई नेताबीच समझदारी हुनुपर्छ । अर्को अध्यक्ष भने पनि भयो,हरेक निर्णयमा माधव नेपालको समेत हस्ताक्षरमात्र कानूनी रुपमा आधिकारिक हुने सम्झौता भए पनि हुन्छ । मुख्य कुरा ओलीको एकलौटी रोक्न पावर शेयरिङ चाहिएको हो ।

    माधव नेपालले प्याकेज सहमतिमा पावर शेयरिङभित्र अर्को अध्यक्षका साथै फागुन २८ यताका सबै निर्णय खारेज, केन्द्रीय कमिटीमा आफ्नो पनि बराबरी हिस्सा मनोनयन, स्थायी कमिटीमा बराबर संख्या खोजेका छन् ।

    तल्ला कमिटीदेखि माथिल्लो तहसम्म एकैपटक प्याकेज सहमति नगरे फरि धोखा हुन सक्ने भन्दै लिखित प्रस्तावमाथि छलफल हुने गरी ओलीसँग संवादमा बस्ने नेपालको अडान छ ।

  • आक्रामक ओली एकाएक लचक सुनिनुको अर्थ

    आक्रामक ओली एकाएक लचक सुनिनुको अर्थ

    काठमाडौं । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ सम्झिन आयोजित कार्यक्रमलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले करिब ७० मिनेट सम्बोधन गरे ।

    अदालतको २८ असारको आदेशले प्रधानमन्त्रीबाट एमाले अध्यक्षमा मात्रै खुम्चिएपछि सार्वजनिक कार्यक्रममा ओलीको यति लामो सम्बोधन पहिलो पटक हो ।

    तीन दिनदेखि केन्द्रीय कमिटी पनि जारी रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बोलीरहँदा ओली यसअघि भन्दा फरक सुनिए । सम्बोधनमा ओलीले प्रायः आफ्ना विरोधीमाथि कडा प्रहार गरिहाल्थे । तर, बिहीबार त्यस्तो देखिएन ।

    ओलीले न त पार्टी बाहिरका आफ्ना विरोधीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’, न त पार्टी भित्रकै विरोधी वरिष्ठ नेता माधव नेपाल लक्षित कडा टिप्पणी गरे ।

    बरु उनले उल्टै विगतका गल्तीमा आम माफी दिने भन्दै नेपाल पक्षलाई पार्टी भित्र मिलेर काम गर्नका लागि आह्वान गरे । ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड,’ विवाद छाडेर पार्टी एकता निम्ति आह्वान गर्दै ओलीले भने, ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ । अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

    यो उनको आम स्वभाव विपरितको प्रस्तुती हो । विगतमा ओली आफ्ना सहकर्मी माधव नेपालप्रति निकै आक्रमक टिप्पणी गर्थे । नेपालप्रति उनी कतिसम्म आक्रामक हुन्थे भन्ने ‘अडिट’ गर्न धेरै टाढा पुग्नै पर्दैन्, अघिल्लो महिनाका यी दुई टिप्पणी नै काफी छन् ।

    ३० असार : बालुवाटारबाट बर्हिगमण्नका लागि बाध्य पार्ने आदेश अदालतले दिएको दुई दिनपछि ओली आफ्नो निजी निवास बालकोट सरे । आफ्नै निवासको बार्दलीबाट कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई एमालेमा ठाउँ नभएको उद्घोष गरे । ‘आफ्नो पार्टीको सरकार ढाल्ने माधव नेपालजस्ता लाजशरम हराएका मानिसहरू,’ नेता नेपाल लक्षित उनको टिप्पणी थियो, ‘पछिपछि लाग्ने उहाँहरू (माधव नेपाल बाहेकका एमाले नेताहरु)ले कमीकमजोरी महसुस गरेर पार्टीमा आए काम गर्न मौका दिन्छौं। तर माधव नेपालको हकमा गल्ती कमीकमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन।’

    १६ असार : मदन भण्डारीको ७० औं जन्मजयन्ती मनाउन सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेता नेपाललाई ओलीले शेरबहादुर देउवाको कार्यकर्ता र प्रचण्डको पुच्छर भने । ‘उनी (माधव नेपाल) शेरबहादुर देउवाको पार्टी नै प्रवेश गर्न पनि सक्छन्, कार्यकर्ता भएर हिँडेका छन्,’ ओलीको भनाइ थियो, ‘यिनी एक ढंगले भन्ने हो भने प्रचण्डको पुच्छर हुन्। जन्तु पूर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो (पुच्छर) पूर्वतिर हुन्छ। ’

    लचकताको कारण

    यति आक्रामक ओलीले च्यासलमै तीन दिनसम्म चलेर आज सकिएको केन्द्रीय कमिटीको बैठकबाट तीनै नेता नेपाललाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गराए ।

    ‘कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष बैठकले निकालेको छ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी आउन चाहनेलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताउनुभएको छ । छलफल चलिरहेकाले यस बारेमा अरु निर्णय गरेका छैनौं ।’

    देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई आजको बैठकबाट ओलीले कारवाही गर्न सक्थे तर गरेनन् । केन्द्रीय कमिटीको शुरुकै दिन स्पष्टीकरण सोध्ने निर्णय गराएका ओलीले बैठक टुंगिनै लाग्दा यसको प्रसंग नै कोट्याएनन् । हिजो नै २४ घण्टे स्पष्टीकरण २२ सांसदलाई थमाइसकिएको थियो । केन्द्रीय सदस्य विष्णु रिजालले आज कारवाहीबारे बैठकमा प्रसंग नै नचलेको बताए ।

    यसका केही कारण छन् । ओली अब एमाले अध्यक्ष मात्रै हुन्, प्रधानमन्त्री छैनन् । पहिले गुमाउनुजति गुमाइसकिएका कारण अब माधव नेपालकै कारण उनले सत्ता गुमाउनु पर्ने छैन् । केन्द्रीय कमिटीमा अधिकांश प्रदेश कमिटीका अध्यक्षहरुले बिफिङका क्रममा नेपाल पक्ष पार्टीमा नहुँदा एमालेलाई धक्का लाग्ने आँकलन सुनाए । अर्कोतिर एमालेको दुवै पक्षको ठूलो पक्ति पार्टी विभाजनको विपक्षमा छ । यस्तोमा ओली सम्हालिन चाहे, सम्हालिए ।

    अर्को कारण भनेको राष्ट्रपति विद्या भण्डारीमाथि महाअभियोगको तयारी नेता नपालकै साथ लिएर देउवा र प्रचण्डले थाल्नु हो । यस्तो सूचना पाएका ओलीले हिजोको केन्द्रीय कमिटी बैठकमा जवाफ फर्काउने क्रममा महाअभियोगको प्रसंग झिकेका थिए । देउवा र प्रचण्डलाई उनले राष्ट्रपतिलाई महाअभियोग लगाउने असम्भव सपना नदेख्न चेतावनी दिएका थिए ।

    ‘एमालेको बिभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिबिरुद्ध महाअभियोग ल्याउने असम्भब सपना नदेख्न देउबा र प्रचण्डलाई सचेत गराउँछु,’ उनले भनेका थिए ।

    विश्वासको मत लिँदा १ सय ६५ मत पाएका देउवालाई राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाउन धेरै मत चाहिँदैन । माधव नेपाल पक्षकका ‘नो भोट’का पक्षमा उभिने १० सांसद तान्दा त्यो सजिलै पुग्छ । देउवा, प्रचण्ड र नेपालको यस्तो तयारीले ओली थप लचक हुन चाहे । किनभने आफ्नै पार्टीका सांसदहरुको साथ विरोधीहरुले लिएर राष्ट्रपतिबाट भण्डारीको बर्हिगमन भएको ओली हेर्न चाहँदैनन् ।

    त्यसैले ओली लचक भए र माधव नेपाललाई आफू दोस्रो अध्यक्ष समेत दिन तयार रहेको प्रसंग हिजोको बैठकमा उठाए । ‘माधवकुमार नेपाल पार्टीमा आउने भए दोस्रो अध्यक्ष दिन्छु, केन्द्रीय कमिटीलाई सम्झाउँलासम्म भनेको थिएँ, उहाँले बहुमत नभएको कमिटीका निर्णय कहाँ मान्छु भनेको समेत साथीहरूले सुनाउनुभयो,’ ओलीले बैठकमा भनेका थिए, ‘उहाँको त्यो मक्सद त पूरा हुँदैन। बहुमत त हामीलाई निश्कासन गरेर पार्टी कब्जा गर्न चाहिएको हो ।’

    पवार सेयरिङमा कुरा मिलाएर नेपाल सहमतिमा आउँछन् भन्ने कुरा ओलीलाई राम्रोसँग थाहा छ । विवाद मिलाउन गठित एमाले कार्यदलले यो विषयलाई नटुंग्याएपछि नेता नेपाल कार्यदले तयार गरेको १० बुँदे सहमतिको अपनत्व लिन तयार भएनन् ।

    उनी पक्षकै कार्यदल सदस्य घनश्याम भुसालले रोकेपछि यो विषयबाट कार्यदल पछाडि हटेको थियो । ‘पावर सेयरिङ कायर्दललमा हुँदैन,’ भुसालको मत थियो, ‘यहाँ विधि, विधानको कुरा हुन्छ । व्यक्तिगत कुराका विषयमा उहाँहरु (ओली र नेपाल) आफैले मिलाउनुपर्छ ।’ यद्यपि नेपाल यो विषयमा खुलेर बोल्न चाहँदैनन् । पदको लोभ गरेको आरोप लाग्ने डर उनलाई छ ।

    एकताका निम्ति के भइरहेको छ ?

    एमालेको दोस्रो तहका नेता शुक्रबारसम्म ओली र नेपालबीच भेट गराउने प्रयासमा छन् । ओली र नेपाल बसेर पावर सेयरिङको विषय आफै टुंगो लगाउन् भन्ने चाहाना उनीहरुको छ । ओली आफैं पनि अब पार्टी मिलाउने पक्षमा छन् । त्यसका लागि उनले नेता भीम रावललाई दुवै पक्षको ‘नेगोसियएटर’ बनाएका छन् ।

    बिहिबारै ओलीले रावलाई माधव नेपालका कुरा के-के छन् सोधेर ल्याउनुहोस् भन्दै गृहकार्य दिएका छन् । ओली पक्षकै नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल लगायतले पार्टी मिलाउन ओलीलाई दवाव दिइरहेका छन् । विघटित कार्यदलका सदस्यहरु त दुवै तर्फ लागिरहेकै छन् ।

    यसबीचमा दुवै पक्षका केही सांसद पार्टी मिलाउनु पर्ने भन्दै अभियान नै चलाइरहेका छन् । दुई दिनदेखि उनीहरु निकै सक्रिय भएका छन् । यस्तोमा ओली पक्षका सांसदहरु कुष्ण दाहाल, सूर्य पाठक, एनपी सावा लिम्बु, राजेन्द्र राई, शान्ति पाख्रिन र यज्ञ बोगटी लागेका छन् । त्यस्तै माधव पक्षका सांसदहरु यज्ञराज सुनुवार, झपट रावल, पवित्रा निरौला, जयकुमार राई, राजबहादुर बुढा र दीपक प्रकाश भट्ट पनि यो काममा जुटेका छन् ।

    उनीहरुले कार्यदलसँग बेसर पार्टी मिलाउने बारे अन्तरक्रिया गर्ने र संयुक्त वक्तव्य जारी गर्ने सम्मको तयारी गरेका छन् । वक्तव्य ‘ड्राफ्ट’को जिम्मा दीपक प्रशका भट्टलाई दिइएको छ ।

    यस्तोमा ओलीको बढ्दो लचकता र पार्टी विभाजन विरुद्ध उभिएको पार्टी भित्रको ठूलो मतका कारण एमालेमा नपत्याउँदो तरिकाले सहमति भए अनौठो हुने छैन् ।

  • माधव पक्षलाई ओलीको आग्रह- आममाफी भयो, आउनुस् मिलेर काम गरौँ

    माधव पक्षलाई ओलीको आग्रह- आममाफी भयो, आउनुस् मिलेर काम गरौँ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षतर्फ लक्षित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताएका छन् । ओलीले सँगै मिलेर काम गर्नेसमेत बताएका छन् ।

    पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरेका छन्।

    ओलीले भने, ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’

    ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरे । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

    तत्कालीन नेकपा रहँदा साधारण सदस्यबाटै आफूलाई निस्कासन गरिएको स्मरण गर्दै ओलीले भने, ‘अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौँ ।’

  • माधव पक्षको स्पष्टीकरण- ओलीले राजीनामा नदिएकाले देउवालाई मत दियौं

    माधव पक्षको स्पष्टीकरण- ओलीले राजीनामा नदिएकाले देउवालाई मत दियौं

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधव नेपाल पक्षका एमाले सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको जवाफमा प्रतिनिधिसभा पुन:स्थापना भएपछि र विश्वासको मत नपाएपछि ओलीले संसदीय दलको नेताबाट राजीनामा दिनुपर्नेमा नदिइ आफैं प्रधानमन्त्री बन्न खोजेकोले देउवाको पक्षमा उभिएको उल्लेख गरिएको छ ।

    ‘प्रतिनिधिसभाको पुन:स्थापनापछि पार्टी विभाजन भएको कारणले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रक्रियाको सरकार पनि बन्न सकेन,’ एक सांसदले बुझाएको स्पष्टीकरणमा भनिएको छ, ‘वास्तवमा प्रतिनिधिसभा पुन:स्थापना भएपछि प्रधानमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६ को उपधारा ३ को सरकार बनाउनु पर्दथ्यो । तर, त्यसो नगरी तत्कालीन प्रधानमन्त्री नै धारा ७६ को उपधारा ३ अन्तर्गतको प्रधानमन्त्री नियुक्त हुनुभयो ।’

    पत्रमा अगाडि भनिएको छ, ‘मिति २०७८।१।२७ गते विश्वासको मत प्राप्त गर्न नसके पछि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्दथ्यो । राजीनामा नदिई पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधानअन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकताविपरीत कुरा हो । त्यसैले त्यस्तो कार्यको विरोध स्वरुप विभिन्न क्रियाकलापहरु भएका हुन् । त्यस्ता क्रियाकलापलाई विधानविपरीत भन्न मिल्दैन ।’

    एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेपाल पक्षका २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा राखेर बुधबार स्पष्टीकरण पत्र पठाएको थियो । २४ घण्टे स्पष्टीकरणमा देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका आरोप लगाइएको छ । तर, जवाफ दिने क्रममा सांसदहरुले यो विषय पनि उल्लेख गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनः विघटन गरेकाले प्रतिनिधिसभाको पुनर्स्थापना र वैकल्पिक सरकार निर्माणका लागि देउवालाई मत दिएको तर्क उनीहरुको छ । यही आधारमा कुनै कारवाही गर्न नमिल्ने तर्क गरिएको छ ।

    ‘सम्मानति सर्वोच्च अदालतले मिति २०७८/०३/२८ गते प्रतिनिधिसभाको पुन:स्थापना गर्दा संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रियामा सहभागी भई मतदान गर्न पाउने प्रतिनिधिसभाका सदस्यहरुको एक विशिष्ट प्रकृतिको अधिकार भएकाले सो मतदानलाई लिएर कुनै किसिमको कारवाही गर्न नमिल्ने भनी प्रतिषेधको आदेश जारी गरको छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘अतः हाम्रो उक्त कार्य नेपालको संविधान, पार्टीको विधान, सम्मानित सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य, मान्यता अनुकुल रहेको छ।’

    पत्रमा २३ फागुनको सर्वोच्चको निर्णयको पालना नगरि नवौं महाविशेन विपरित काम अध्यक्ष ओलीले गरेको आरोप लगाइएको छ। भनिएको छ, ‘यो काम कसरी विधान सम्मत हुन सक्दछ रु के यसको जवाफदेहिता पार्टी अध्यक्षले लिनु पर्दैन ? उक्त कार्यहरुवाट नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित विधानका प्रावधानहरूको ठाडो उल्लंघन भएको छ ।’

  • आयोगको ढड्डामा एमालेको पुरानो अभिलेख, जेठ २ मा अदालतले फर्काए कसको बहुमत ? (सूचीसहित)

    आयोगको ढड्डामा एमालेको पुरानो अभिलेख, जेठ २ मा अदालतले फर्काए कसको बहुमत ? (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेको आधिकारिकता माग्दै माधव नेपाल पक्ष दुई महिनाअघि निर्वाचन आयोग पुगेको थियो । राजेन्द्र पाण्डेसहितका नेताहरू आयोगमा पुगेर एमालेको केन्द्रीय कमिटीको अद्यावधिक विवरण मागेका थिए ।

    एमालेले नेकपा विघटनपछि एमालेमा समाहित भएकासहित २६४ जना केन्द्रीय सदस्यको विवरण आयोगमा अद्यावधिक गराएको छ । माधव नेपाल पक्षले भने २०७५ जेठ ३ गते माओवादीसँग एकीकरण हुनुअघिको २०३ जनाको विवरण नै आधिकारिक हुनुपर्ने माग गरेको छ ।

    माधव नेपाल पक्षको यो जिकिर सर्वोच्च अदालतमा पनि पुगेको छ । गत वैशाखमा एमाले अध्यक्ष ओलीले माधव नेपालसहित चार नेतामाथि कारवाहीको प्रक्रिया अघि बढाएपछि त्यसलाई रोक्न माग गर्दै उनीहरू अदालत गएका थिए ।

    अदालतले अन्तरिम आदेश नदिए पनि सो मुद्दा विचाराधीन छ । माधव नेपाले सोही मुद्दामा टेकेर अदालतले एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा सर्लक्क फर्कने आदेश केपी ओलीलाई दिए हुन्थ्यो भन्ने अपेक्षा गरेको छ । निर्वाचन आयोगमा भने एमालेको २६४ सदस्यीय कमिटी अभिलेखमा चढिसकेको छ ।

    एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले २६४ सदस्यीय कमिटी आयोगमा कायम रहेको र यसबीचमा सोही कमिटीका काम कारवाहीहरूले आधिकारिकता पाइसकेको बताए । उनले एमालेको कार्यदलले समेत १० बुँदे सहमतिमा २६४ लाई स्वीकार गरिसकेकाले अब उहिलेका कमिटी खोज्दै हिड्नुको अर्थ नरहेको बताए ।

    जेठ २ सम्म एमालेको केन्द्रीय कमिटी सदस्यको संख्या २०३ निर्वाचन आयोगमा कायम छ । त्यसमा पदेन र वैकल्पिक केही उल्लेख नगरी सबै सदस्यलाई समान हैसियतमा राखिएको छ । सर्वोच्च अदालतले बाध्यकारी अवस्था नबनाएसम्म एमालेको पुरानो अभिलेख खुल्ने सम्भावना छैन, किनभने अहिले नयाँ कमिटी आयोगमा कायम छ ।

    एमालेको १० सदस्यीय कार्यदलले १० बुँदे सहमति गरेको छ । त्यसले जेठ २ अघिको २०३ सदस्यीय कमिटीलाई होइन हाल कायम रहेको २६४ सदस्यलाई नै मानेको छ । बरु त्यसमा १० प्रतिशत मनोनयन गर्ने प्रस्ताव गरिएको छ ।

    १० बुँदे सहमति एमालेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरिसकेको छ । माधव नेपाल पक्ष आएमा सोही सहमति अनुसार जेठ २ मा फर्किने कुरा अध्यक्ष केपी ओलीले बताइसकेका छन् । तर, माधव नेपालले मानेका छैनन् ।

    माधव नेपाल २०७५ जेठ २ को कमिटीमै जान चाहान्छन् । उनले प्रधानन्यायाधीशसम्म पनि यो खबर पुर्‍याएका छन् कि, जेठ २ मा फर्कने आदेश जारी भयो भने २०३ सदस्यीय कमिटीमा बहुमत जुटाउन सकिन्छ ।

    बहुमत जुटाएर के गर्ने भन्ने प्रष्ट छैन, किनकी एमालेको केन्द्रीय कमिटीको बहुमतले अध्यक्ष हटाउन सक्दैन । तर, माधव नेपालको मुख्य जोड कि त केपी ओलीसँग पावर शेयरिङ (दोस्रो अध्यक्ष) र सबै कमिटीमा हाराहारीको संख्या कि त जेठ २ मा सर्लक्कै फर्काउने ।

    नेकपा एमाले यसबीचमा धेरै अघि बढिसके पनि माधव नेपालले चाहेको जस्तै अदालती आदेश आयो भने जेठ २ को कमिटी कस्तो छ ? नेपाल प्रेसले निर्वाचन आयोगको ढड्डामा रहेको २०७५ जेठ २ सम्मको केन्द्रीय कमिटीको प्रमाणित प्रतिलिपि निकालेको छ ।

    जेठ २ सम्म एमालेको केन्द्रीय कमिटी सदस्यको संख्या २०३ निर्वाचन आयोगमा कायम छ । त्यसमा पदेन र वैकल्पिक केही उल्लेख नगरी सबै सदस्यलाई समान हैसियतमा राखिएको छ । सर्वोच्च अदालतले बाध्यकारी अवस्था नबनाएसम्म एमालेको पुरानो अभिलेख खुल्ने सम्भावना छैन, किनभने अहिले नयाँ कमिटी आयोगमा कायम छ ।

    अदालतबाट माधव नेपालले चाहेजस्तो आदेश आएको अवस्थामा २०३ सदस्यीय कमिटी ब्युँतियो भने माधव नेपाललाई कम्फरटेबल हुन्छ ? २०३ जनाको निर्वाचन आयोगमा प्रमाणित सूची हेर्दा केपी ओली पक्ष कम्तीमा १९ संख्याले बहुमतमा देखिन्छ ।

    २०३ मध्ये यसबीचमा रविन्द्र अधिकारी, पशुपति चौलागाई, योगनारायण यादव र दिनेशचन्द्र यादवको निधन भइसकेको छ । बाँकी १९९ मा राधकृष्ण मैनालीको पनि नाम निर्वाचन आयोगमा अभिलेखमा भेटिन्छ । मैनालीलाई माधव नेपालको प्रस्तावमा नेकपा एकता अघिनै एमालेले निष्कासन गरेको थिथयो ।

    नेकपा एकीकरणभन्दा पहिले देखिनै प्रदीप नेपाल कुनै बैठकमा सहभागी हुने गरेका छैनन् । उनले पछिल्लो पटक १० बुँदे सहमतिका आधारमा पार्टी एकता गर्नेलाई आफ्नो समर्थन भनेका छन् तर नेपालले ओली र माधव नेपाल दुवैको पक्षमा आफूलाई उभ्याएका छैनन् ।

    नवौं महाधिवेशनमा ओली प्यानलबाट उपाध्यक्ष उठेका नेपाल, त्यसपछि आफूलाई स्थायी कमिटीमा नलगिएपछि असन्तुष्ट थिए । बिरामीसमेत रहेका उनी पार्टीमा गुटभन्दा बाहिर छन् ।

    निर्वाचन आयोगको ढड्डामा रहेको जेठ २ सम्मको एमालेको अभिलेखमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलगायतको नाम पनि यथावत छ । यद्यपि अहिले उनीहरू पार्टीको कार्यकारी भूमिकामा छैनन् ।

    निर्वाचन आयोगमा रहेको एमालेको पुरानो अभिलेख यस्तो छ :-

  • चोलेन्द्र शमसेरबाट माधव नेपालले चाहेको अर्को एउटा आदेश

    चोलेन्द्र शमसेरबाट माधव नेपालले चाहेको अर्को एउटा आदेश

    काठमाडौं । माधव नेपाल एमालेको महासचिव भएको बेला उनलाई व्यंग्य गर्नुपर्दा एउटा भनाइ चर्चित थियो- ‘हाम्रो पार्टी नेकपा एमाले न त सरकारमा जान हतारिएको छ, न त ढिला गर्ने पक्षमै छ ।’

    माधव नेपालले कुनै सन्दर्भमा बोलेको यो भनाइ हाँसोका रूपमा बेला-बेला सम्झने गरिन्छ । अहिले पनि माधव नेपाल ठीक त्यही अवस्थामा छन् । उनी एमाले फुटाउन हतारिएका छैनन् तर ढिलाइ गर्ने अवस्थामा पनि छैनन् ।

    यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका नेता प्रचण्डले भेटेरै सरकारमा सहभागी हुन र त्यसका लागि आवश्यक परे राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन तयार रहेको बताएका छन् । संसद अन्त्य गरेर अध्यादेश ल्याउने चर्चा पनि अहिले चलिरहेको छ ।

    प्रचण्डको संकेत, माधवको सन्देश

    पछिल्ला केही महिनायता माधव नेपालको सबैभन्दा भरपर्दो मित्र कोही छ भने प्रचण्ड नै हुन् । दुई नेताबीच नियमित भेटघाट र छलफल चलिरहेका छन् । माधव नेपाललाई बुझेका प्रचण्डले बारम्बार भन्ने गरेको एउटा कुरा महत्वपूर्ण छ । उनले भन्ने गरेका छन्- ‘मलाई विश्वास छ माधवजीले सिंगै एमालेको नेतृत्व गर्नुहुन्छ र हामी फेरि पार्टी एकता गर्छौं ।’

    प्रचण्डले त्यसअघि सके माधव नेपाल पक्षले एमाले कब्जा गर्ने, नसके विद्रोह गरेर आउने बताएका थिए । तर, पछिल्लो समय चाहिँ प्रचण्डले सिंगै एमालेको नेतृत्व माधव नेपालले गर्न सक्ने बताउनु र माधव नेपालले दल विभाजनमा हतारो नदेखाउनुबीचको सम्बन्ध के हो ? यो कुरा पहिले बुझ्नुपर्छ ।

    माधव नेपाल पक्षका २२ जना सांसदको मंगलबारको बैठकमा केन्द्रीय कमिटीमै ओलीविरुद्ध बहुमत जुटाउने कुरा उठ्यो । वार्ता कार्यदलले १० बुँदे सहमतिमा समेत २०७५ जेठ ३ गते नेकपा एकीकरणअघि एमालेमा थपिएका ३८ र नेकपा विभाजनपछि एमालेमा समावेश भएका २३ जनासहितको २६४ सदस्यीय केन्द्रीय कमिटी स्वीकार गरेको छ ।

    पछिल्ला केही महिनायता माधव नेपालको सबैभन्दा भरपर्दो मित्र कोही छ भने प्रचण्ड नै हुन् । दुई नेताबीच नियमित भेटघाट र छलफल चलिरहेका छन् । माधव नेपाललाई बुझेका प्रचण्डले बारम्बार भन्ने गरेको एउटा कुरा महत्वपूर्ण छ । उनले भन्ने गरेका छन्- ‘मलाई विश्वास छ माधवजीले सिंगै एमालेको नेतृत्व गर्नुहुन्छ र हामी फेरि पार्टी एकता गर्छौं ।’

    त्यसमा १० प्रतिशतसम्म मनोनीत गरेर माधव नेपाल पक्षलाई सबै संख्या दियो भने पनि बहुमत पुग्दैन । उनले कार्यदलका नेताहरूसँग ओलीले बहुमत बनाएको कमिटीमा नजाने र निर्णय नमान्ने बताइसकेका छन् । त्यसो भए माधव नेपालले अझै एमालेमा बहुमत कहाँ देखेका छन् त ?

    १० बुँदे माधवले अश्वीकार गर्नुको अर्थ

    खासमा माधव नेपालले १० बुँदे सहमति नमान्नुको कारण नै यहिँ छ । नेपाल २०७५ जेठ २ गतेसम्म कायम रहेको केन्द्रीय कमिटी चाहन्छन् । जुन कमिटीमा नेपालले आफूलाई ‘कम्फरटेबल’ ठानेका छन् र त्यसमा दुई-चार जना मान्छे तलमाथि पारे आफू बहुमतमा पुग्न सक्ने आँकलन गरेका छन् ।

    राजनीतिक रूपमा आफूले विश्वास गरेर पठाएका कार्यदलका सदस्यहरूबाट समेत जेठ २ को कमिटी जस्ताको त्यस्तै ब्युँताउने निर्णय नभएपछि नेपालले त्यसलाई नमानेका हुन् । उनी जेठ २ को २०१ सदस्यीय केन्द्रीय कमिटी र निर्वाचन आयोग लगायत ठाउँमा पठाइने निर्णयमा ओली र आफ्नो हस्ताक्षर अनिवार्य हुनुपर्ने अधिकार चाहन्छन् ।

    कार्यदलबाट समेत पार नलागेपछि अब माधव नेपालको लडाइँ राजनीतिक भन्दा पनि एकपटक पुनः अदालततिर मोडिने सम्भावना छ । ओलीले शेरबहादुर देउवालाई विश्वासको मत दिएवापत स्पष्टीकरण सोधेर कारवाही थाले भने नेपाल एकैपटक ओलीविरुद्ध अवहेलना मुद्दा र जेठ २ को कमिटी ब्युँताउने आदेश माग्दै सर्वोच्च अदालत जानेछन् ।

    पछिल्लो समय लगातार केपी ओलीलाई धक्का दिँदै आएको अदालतले माधव नेपालको माग अनुसार अर्को एउटा आदेश दिन्छ कि भन्ने अपेक्षा पनि होला । आखिर सर्वोच्च अदालत पछिल्लो समय राजनीतिक मुद्दामा ‘इन्जोय’ गरिरहेको छ । फागुन २३ कै निरन्तरतामा अर्को एउटा चमत्कारिक आदेश पाउने अपेक्षा माधव नेपालको हुन सक्छ ।

    जेठ २ को कमिटी मागेर नेपाल अदालतमा नयाँ रिट लिएर नगए पनि हुने सुझाव निकट कानूनविद्हरुले दिएका छन् । किनकी यसअघि नै माधव नेपालसहित चारजना नेताले गत वैशाखमा आफूहरूमाथिको कारवाही रोक्न माग गदै रिट दायर गरेका थिए । जुन रिटमै ओलीले बनाएको कमिटी अवैध भन्ने दावी गरिएको छ ।

    त्यसबेला सर्वोच्च अदालतले अन्तरिम आदेश नदिए पनि मुद्दा अदालतमा विचाराधीन छ । त्यही मुद्दामा सर्वोच्चले जेठ २ मा जस्ताको त्यस्तै जाऊ भनेर आदेश दिए हुन्थ्यो भन्ने माधव नेपालको चाहना छ । उनको यो चाहना प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको कानसम्म पुगिसकेको छ ।

    पछिल्लो समय लगातार केपी ओलीलाई धक्का दिँदै आएको अदालतले माधव नेपालको माग अनुसार अर्को एउटा आदेश दिन्छ कि भन्ने अपेक्षा पनि होला । आखिर सर्वोच्च अदालत पछिल्लो समय राजनीतिक मुद्दामा ‘इन्जोय’ गरिरहेको छ । फागुन २३ कै निरन्तरतामा अर्को एउटा चमत्कारिक आदेश पाउने अपेक्षा माधव नेपालको हुन सक्छ ।

    चोलेन्द्रका २ सुझाव- जुन माधवले पूरा गरेनन्

    जेठ २ मा सर्लक्कै फर्किन अदालतले आदेश दियो भने एमालेको समीकरण के हुन्छ ? यसबारेमा चर्चा गर्नु भन्दा पहिले प्रधानन्यायाधीश र माधव नेपालसँग जोडिएका दुई किस्साबारे उल्लेख गर्नु उपयुक्त हुन्छ ।

    राजनीतिक र न्याय क्षेत्रका हस्तीहरूबीच बेला-बेला चर्चा हुने गरेको प्रसंग हो- प्रधानन्यायाधीश राणाले माधव नेपाललाई तत्कालीन नेकपाको तेस्रो अध्यक्ष खान सुझाव दिएको तर नेपालले नमानेको कुरा ।

    अघिल्लो वर्ष यतिबेला नेकपा विवाद क्लाइमेक्समा पुगेका बेला प्रधानन्यायाधीशले आफूनिकट सूत्रमार्फत माधव नेपाललाई केपी ओली र प्रचण्डपछिको तेस्रो अध्यक्ष बन्न सुझाव दिएका थिए । ओलीले माधव नेपाललाई गरेको सो प्रस्ताव राणालाई उपयुक्त लागेको थियो ।

    त्यसो हुँदा मुलुकमा स्थायित्व हुने र माधव नेपालको पनि सम्मान हुने राणाको आफ्नै न्यायिक जिम्मेवारी बाहिरको तर सबैको हित हुने अतिरिक्त चासो थियो होला । तर, ओलीको अर्ली महाधिवेशन र तेस्रो अध्यक्ष अश्वीकार गरेका नेपालले राणाको सुझाव पनि बेवास्ता गरे ।

    त्यसपछिका घटनाक्रम संसद विघटन र नेकपा विभाजनसम्म पुगे । प्रतिनिधिसभा पुनःस्थापनापछि पनि प्रधानन्यायाधीश राणाले माधव नेपाललाई नेकपा संसदीय दलको नेता बनुन् भन्ने शुभेच्छा राखेका थिए । नेपालले पनि सूत्रमार्फत आफू दलको नेता बन्ने कुरा राणासम्म पुर्‍याएका थिए ।

    हुन त प्रतिनिधिसभा विघटन भएलगत्तै तत्कालीन नेकपाको प्रचण्ड-माधव समूहले दलको नेता प्रचण्डलाई चयन गरेको थियो । तर, फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाले पुस ५ गते प्रतिनिधिसभा विघटनपछिका सबै निर्णय बदर गरेपछि प्रचण्ड दलको नेता बन्ने निर्णयको वैधानिकता रहेन ।

    वैधानिकरूपमा ओली नै दलको नेता थिए । तर, पार्टी अलग-अलग अभ्यासमा थिए र प्रचण्ड-माधव समूहले ओलीलाई साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो । संसदीय दलको चुनाव भएर दलको नेता चयन गर्ने अवस्था रहेन र त्यसबेला बहुमत ओली पक्षमा थियो कि प्रचण्ड माधव पक्षमा भन्ने परीक्षण हुन पाएन ।

    अघिल्लो वर्ष यतिबेला नेकपा विवाद क्लाइमेक्समा पुगेका बेला प्रधानन्यायाधीशले आफूनिकट सूत्रमार्फत माधव नेपाललाई केपी ओली र प्रचण्डपछिको तेस्रो अध्यक्ष बन्न सुझाव दिएका थिए । ओलीले माधव नेपाललाई गरेको सो प्रस्ताव राणालाई उपयुक्त लागेको थियो ।

    तर, माधव नेपाल दलको नेता बन्दा नेकपा जोगिन सक्ने र ओली तथा प्रचण्ड अध्यक्ष कायमै हुनेसम्मको अवस्था आउन सक्थ्यो । माधव नेपालले दोस्रोपटक पनि प्रधानन्यायाधीशलाई झुक्याउने खालको घटना भयो फागुन २१ गते । नेपालले आफू दलको नेता बन्छु भनेका थिए पूरा गर्न सकेनन् ।

    प्रचण्ड-माधवपक्षीय संसदीय दलको बैठकमा माधव नेपाल नै प्रस्तावक भएर प्रचण्ड नेकपा संसदीय दलको नेता बने । तर, संसद सचिवालयले त्यसलाई मान्यता दिएको थिएन । किनकी संसदीय दलका सबै सांसद निर्वाचन प्रक्रियामा सहभागी थिएनन् र कसको बहुमत भन्ने खुलेको थिएन ।

    फागुन २३ गते प्रचण्ड-माधवसहितका नेताहरू प्रचण्डलाई दलको नेता स्वीकार गर्न र केपी ओलीमाथिको कारवाहीलाई मान्यता दिन जुलुसै लिएर संसद सचिवालयका महासचिव डा. भरतराज गौतमसमक्ष गए । त्यहाँ पत्र दर्ता गर्ने गलफत्ति केहीबेर चल्यो र अन्ततः सचिवालयले प्रचण्डको पत्र दर्ता गर्‍यो ।

    प्रचण्ड नेकपा संसदीय दलको नेता चयन भएको पत्र दर्ता गरेर काठघरबाट बाहिरिँदै गर्दा सर्वोच्चको फैसला आयो-नेकपाको वैधानिकता ऋषि कट्टेलले पाए । १५ दिनभित्र नयाँ नाम लिएर ओली र प्रचण्ड नगए एमाले र माओवादी नेकपा एकतापूर्वको अवस्थामा फर्किने ।

    त्यसपछि राजनीति अर्को दिशामा गयो । सायद माधव नेपाल नेकपा संसदीय दलको नेता बनेका भए फागुन २३ को फैसला अर्कै ढंगले पनि आउँथ्यो कि ? मान्छेका अनुमान हुन् । तर, नेपालले आफू दलको नेता बन्ने चाहना राखे पनि प्रचण्डसमक्ष त्यो भन्न सकेनन् कि ? वा आफूनिकट कसैलाई यो कुरा उठाउन लगाउन उनले अप्ठेरो माने कि ? तर आधिकारिक ठाउँमा यो विषयले चर्चा भने पाएको छ ।

    माधवको निर्णायक आशा

    के माधव नेपालले अब अन्तिमपटक चोलेन्द्रबाट आफूलाई पायक पर्ने आदेशको अपेक्षा गरेका छन् ? अवश्य पनि यो प्रश्नमा नेकपा एमालेको अहिलेको सकस जोडिएको छ । आफूले भर गरेका दोस्रो तहका नेता सिंगो एमाले मिलाउन कम्प्रमाइजमा गएको बेला नेपालले उनीहरूको कुरा पनि नसुन्नुको कारण कतै यो प्रश्नभित्र खोज्ने पो हो कि ?

    स्रोतका अनुसार नेपालले जेठ २ मा फर्काउने बाध्यकारी आदेश अदालतले दिएको खण्डमा केन्द्रीय कमिटीमा आफूले बहुमत जुटाउन सक्ने सन्देश पठाएका छन् । कुनै नयाँ रिट गयो वा यसअघि अन्तरिम आदेश नभइ विचाराधीन रहेको मुद्दालाई नै सुनुवाइमा लगियो भने कस्तो आदेश आउला ? सम्भवतः माधव नेपाल ‘हतार पनि नगर्ने र ढिलाइ गर्ने पक्षमा पनि नरहने’ कारण यहाँ अडिएको छ ।

    यो पनि पढ्नुहोस् : सर्वोच्चद्वारा माधव नेपालको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार (आदेशसहित)

    यदि माधव नेपालले चाहेको जस्तो आदेश अदालतबाट आयो भने केपी ओलीविरुद्ध उनको बहुमत पुग्छ त ? २०७५ जेठ २ गतेसम्म कायम रहेको केन्द्रीय कमिटीमा अदालतले पठाइदियो भने उनको बहुमत नपुगे पनि अहिलेको २६४ सदस्यीय कमिटीभन्दा कम्फरटेबल हुन्छ ।

    जसरी ओली पक्षका ८ जना सांसद आफूतिर आएपछि नेपाल उत्साहित भएका छन्, त्यो पुरानो कमिटीमा फर्किँदा दुई-चारजनालाई आफूतिर तानेर बहुमत पुर्‍याउन सक्ने आँकलन पनि उनको हुनसक्छ । एमालेले माओवादीसँग एकीकरण गर्नुअघि २०१ जनाको कमिटी थियो जसमा ४० जना थपेर नेकपामा पुग्दा २४१ जना एमालेका थिए ।

    जेठ २ मा पनि ओलीकै बहुमत

    २०१ को कमिटीमा रहेका पशुपति चौलागाई, रविन्द्र अधिकारी, योगनारायण यादव, दिनेशचन्द्र यादवको निधन भइसकेको छ । २०१ मध्ये चारजना पदेन सदस्य भएकाले उनीहरू बहुमत र अल्पमत हुँदा मतदान गर्न पाउँदैनन् । त्यस्तै एमालेको विधान अनुसार वैकल्पिक केन्द्रीय सदस्यलाई पनि मतदानको अधिकार हुन्न ।

    त्यो अवस्थामा पूर्णकेन्द्रीय कमिटीका १४१ मध्ये तीनजनाको निधन भएको र सीता पौडल तथा धर्मनाथ यादव प्रदेश प्रमुख भएकाले उनीहरूको संख्या घट्छ । त्यस्तै महेन्द्रबहादुर पाण्डे र डा. वंशीधर मिश्र राजदूत छन् ।

    जेठ २ को केन्द्रीय कमिटीमा सानु श्रेष्ठ पनि थिए । तर, अहिले उनी वागमती प्रदेशको सभामुख छन् । अग्नि खरेल महान्यायाधिवक्ता भएका बेला केन्द्रीय कमिटीबाट राजीनामा दिएका थिए । जेठ २ का बेला शिवमाया तुम्बाहाङफे पनि उपसभामुख थिइन् । उनको र खरेलको केन्द्रीय सदस्य पद स्थगनमात्र भएकाले पदबाट बाहिरिएसँगै स्वतः बहाल हुने तर्क पनि छ ।

    जेठ २ मा फर्किँदा उनी स्वतः पुनर्वहाली हुन्छन् वा कमिटीले निर्णय गरेर मनोनीत गर्छ भन्ने विधि एमालेले सहमतिमा तय गर्नुपर्ने हुन्छ । जे होस् १४० बाट पदेन ४ जना र थप ७ जना घट्दा जेठ २ को एमाले पूर्ण केन्द्रीय सदस्यको संख्या १२९ हुन आउँछ ।

    निर्वाचन आयोगमा जेठ २ सम्म कायम रहेको अभिलेखमा को को छन् भन्ने हेर्न बाँकी छ । तर, जेठ २ मा नेकपा एकीकरणका लागि ४० जना थप्नुअघिको केन्द्रीय कमिटीको आधिकारिक सूची हेर्दा १२८ मध्ये केपी ओली पक्षमा ६६ जना पूर्ण केन्द्रीय सदस्य देखिन्छन् । खरेल र तुम्बाहाङ्फे थपिँदा ६८ हुन्छ ।

    अदालतले माधव नेपालकै मागबमोजिम आदेश दिएछ र नेपालले जेठ २ को केन्द्रीय कमिटीमा ओली पक्षबाट केही सदस्य तानेर बहुमत नै जुटाएछन् भने पनि नेकपाको अध्यक्षबाट ओलीलाई हटाएजस्तो एमालेको विधानले केन्द्रीय कमिटीको बहुमतले अध्यक्ष हटाउने व्यवस्था गरेको छैन ।

    त्यस्तै प्रदेश प्रमुख भएका सीता पौडेल र धर्मनाथ यादवले पनि एमालेबाट राजीनामा दिएको खबर अहिलेसम्म आएको छैन र उनीहरूको नाम निर्वाचन आयोगमा यथावत छ । उनीहरूसहित ओलीको ७० संख्या थियो ।

    प्रदीप नेपाल अहिलेसम्म दुवै पक्षका बैठकमा गएका छैनन् । त्यस्तै वामदेव गौतम पनि आफ्नै गुट थेगेर बसेका छन् तर उनीसँग केन्द्रीय सदस्य हरि पराजुलीमात्र बाँकी छन् । जेठ २ मा फर्किँदाको अवस्थामा माधव नेपाल पक्षमा ५९ जना केन्द्रीय सदस्य हुन्छन् । यही कारण उनी जेठ २ सर्लक्कै फर्काउने राजनीतिक प्रयास असफल भएपछि अदालती प्रयासमा लागेका हुन् ।

    राजनीति भनेको अदालतको फैसला र आदेशको भर परेर गर्न हुन्न भन्छन् नेताहरू । तर, माधव नेपाल केपी ओलीविरुद्ध एउटा अन्तिम लडाइँको तयारीमा छन्, पुस ५ पछि उनले ओलीविरुद्ध गरेका मुद्दा मामिला र अड्डा-अदालत धाउने प्रक्रिया अब सम्भवतः टुंगिनेछ ।

    अदालतले माधव नेपालकै मागबमोजिम आदेश दिएछ र नेपालले जेठ २ को केन्द्रीय कमिटीमा ओली पक्षबाट केही सदस्य तानेर बहुमत नै जुटाएछन् भने पनि नेकपाको अध्यक्षबाट ओलीलाई हटाएजस्तो एमालेको विधानले केन्द्रीय कमिटीको बहुमतले अध्यक्ष हटाउने व्यवस्था गरेको छैन ।

    राष्ट्रिय प्रतिनिधि परिषद्को दुई तिहाई बहुमतले केन्द्रीय कमिटीका एक तिहाई सदस्यलाई हटाउन वा कारवाही गर्न सक्ने भनेको छ तर त्यो पनि सम्भव छैन । तर पनि राजनीतिकरूपमा नेपाल अहिलेभन्दा सुरक्षित हुनेछन् र बहुमतबाट निर्णय गराउन सक्ने ठाउँमा पुगिन्छ भन्ने लागेको हुनसक्छ ।

    हेर्नुस् एमाले केन्द्रीय कार्यालयले दिएको २०७५ जेठ २ अघिको केन्द्रीय कमिटीको विवरण :-

  • गोकुल बास्कोटाको घोषणा- अब एमाले र माधव नेपाल सँगै हिड्न सक्दैनन्

    गोकुल बास्कोटाको घोषणा- अब एमाले र माधव नेपाल सँगै हिड्न सक्दैनन्

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अब एमाले र माधव नेपाल सँगै हिड्न नसक्ने घोषणा गरेका छन् । अध्यक्ष केपी ओली निकट नेता बास्कोटाले माधव नेपालले जित्दा एमाले हार्ने बताएका छन् ।

    शेरवहादुर देउवालाई विश्वासको मत दिएपछि माधव नेपालसहित २२ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधे लगत्तै बास्कोटाले देशभरका कार्यकर्तालाई एमाले वा माधव नेपालमध्ये एक रोज्न आग्रह गरेका छन् ।

    बास्कोटाले भनेका छन्, ‘अब एमाले र माधब नेपाललाई न त संगै हिडाउन सकिन्छ न त जिताउन नै।माधब जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधब मात्र हार्छन। तसर्थ देशभरका एमालेजनले बिना अलमल व्यक्ति वा पार्टी मध्ये एक रोज्न पर्छ।अर्को विकल्प छैन।’

  • एमालेको नीति- २२ जनालाई कारवाही, अरुलाई जेठ २ मै फर्केर महत्वपूर्ण जिम्मेवारी

    एमालेको नीति- २२ जनालाई कारवाही, अरुलाई जेठ २ मै फर्केर महत्वपूर्ण जिम्मेवारी

    काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यमाथि अनुशासनको कारवाही अघि बढाएको छ । केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    बैठकले अब माधव नेपाल एमालेमा नफर्किने र एमालेमा स्वीकार गर्न पनि नसकिने निष्कर्ष निकालेको छ । नेपालले आइतबार बिहान आफ्नै निवासमा पुगेका कार्यदलका नेताहरूसँग आफू अल्पमतमा रहेको कमिटी बैठकमा नजाने र त्यसका निर्णय नमान्ने बताएका थिए ।

    भीम रावल, भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताले भनेको समेत नेपालले नमानेको प्रसंग कोट्याउँदै आइतबारको बैठकमा अध्यक्ष ओलीले माधव नेपालजस्ता गद्दारलाई अब एमालेमा कुनै स्थान नरहेको बताए ।

    माधव नेपालसहित २२ जना एमाले सांसदले पार्टीको निर्णयविपरीत देउवालाई विश्वासको मत दिएका थिए । त्यसमा यसअघि केपी ओली पक्षमा रहेका ८ जना सांसद छन् भने बाँकी १४ जना माधव नेपाल समूहका हुन् ।

    माधव नेपाललाई सधैँ साथ दिँदै आएका १० जना सांसदले विश्वासको मतको बेला संसद बैठक छाडेका थिए भने भीम रावलले राजीनामा दिएको घोषणा गरे । देउवालाई विश्वासको मत दिने २२ मध्ये ११ जना समानुपातिक सांसद छन् ।

    ओली पक्षका समानुपातिक सांसद विनादेवी बुढाथोकी, पार्वती विसुंखे र समिना हुसेनले अन्तिम क्षणमा देउवालाई मत दिएका थिए । त्यस्तै माधव पक्षका समानुपातिक सांसद मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण कायस्थ, निरा जैरु, कलिला खातुन, लक्ष्मी चौधरी र कल्याणी खड्काले देउवालाई मत दिएका थिए ।

    प्रत्यक्ष निर्वाचिततर्फ तेह्रथुमका भवानी खापुङ, काठमाडौं २ का माधवकुमार नेपाल, काठमाडौं ८ का जीवनराम श्रेष्ठ र ललितपुर २ का कृष्णलाल महर्जन देउवाको पक्षमा उभिए ।

    त्यस्तै दाङ १ का मेटमणी चौधरी, मकवानपुर २ का विरोध खतिवडा, दाङ ३ का हिराचन्द्र केसी, तनहुँ १ का कृष्णकुमार श्रेष्ठ किसान,डोल्पाका धनवहादुर बुढा, मुगुका गोपाल बम र डोटीका प्रेम आलेले पनि देउवालाई विश्वासको मत दिएका थिए ।

    देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेमध्ये ७ जनाले मतदानमा भाग लिएनन् भने झलनाथ खनाल दिल्लीमा उपचाररत् छन् ।

    एमालेले २२ जनालाई कारवाही गर्ने र अन्य सबैलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएर अघि बढाउने रणनीति बनाएको छ ।

    त्यसकै लागि जेठ २ मा फर्किने गरी १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमति केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

    माधव नेपालले कार्यदलको रिपोर्ट स्वीकार नगरेकाले अब कार्यदलमा रहेका नेताहरुले पनि सोच्नुपर्ने र माधव नेपालबाहेक भएर पनि पार्टी एकता बचाउनुपर्ने केपी ओली पक्षको तर्क छ ।

    नेपाल पक्षका २२ जनाले भने २४ घण्टाभित्र स्पष्टीकरण नदिने भएका छन् । सर्वोच्च अदालतले देउवालाई विश्वासको मत दिएका आधारमा कारवाही गर्न नमिल्ने भनेकाले एमालेले कारवाही गरे त्यो अदालतको अवहेलना हुने सांसद निरा जैरुले बताइन् ।

    तर, एमालेले भने अदालतको फैसलाले सांसद पदबाट कारवाही गर्न नमिल्ने भने पनि पार्टी अनुशासन उल्लंघनमा पार्टीले कारवाही गर्ने बताएको छ ।

  • सबै नेपालीलाई पुग्ने गरी खोपको व्यवस्था गरेका छौं, कसैले खोप-खोप भनिरहनु पर्दैन : ओली (भिडियो)

    सबै नेपालीलाई पुग्ने गरी खोपको व्यवस्था गरेका छौं, कसैले खोप-खोप भनिरहनु पर्दैन : ओली (भिडियो)

    काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड खोपलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।

    हिजो सदनमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कोभिड खोप आफ्नो प्राथमिकतामा रहेको बताएका थिए । केन्द्रीय कमिटी बैठकमा ओलीले सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको बताएका छन् ।

    ‘केही पनि नभएको ठाउँबाट सबैले कोभिड खोप लगाउन पाउने अवस्थामा पुर्‍याएका छौं । दक्ष जनशक्ति, खोप लगाउने केन्द्रहरू र तदअनुसारको प्रबन्ध र सबै नेपालीलाई क्रमशः लगाउने पुग्ने गरी खोपको व्यवस्था गरेका छौं’, निवर्तमान प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘अब कसैले प्राथमिकता खोप, खोप, खोप भनेर जोड दिइरहन आवश्यक छैन ।’

    आफू नेतृत्वको अघिल्लो सरकारले बाढी, पहिरो र डुबानपीडितलाई पनि आवाससहित राहतको आवश्यक व्यवस्था मिलाएको उनको दावी छ । देश र जनताका लागि गर्व गर्न लायक काम गरेपनि अन्य दलहरुले आफ्नो अस्तित्व रक्षाका लागि त्यसको विरोध गर्नु परेको उनको तर्क छ ।

    ओलीले भने, ‘केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको विरोध गरेका हुन् । पार्टीभित्रका महत्वकांक्षीहरूलाई सुर्‍याएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ ।’

     

  • ओलीको विश्लेषण- एमालेमाथि देउवाले ठूलो दमन गर्न सक्छन्, सशक्त प्रतिवादको लागि तयार बनौं

    ओलीको विश्लेषण- एमालेमाथि देउवाले ठूलो दमन गर्न सक्छन्, सशक्त प्रतिवादको लागि तयार बनौं

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला शुरू गर्ने भन्दै सशक्त प्रतिवादका निम्ति तयार रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

    केन्द्रीय कमिटीको दशौं बैठकलाई सोमबार तुलसीलाल प्रतिष्ठान च्यासलमा सम्बोधन गर्दै ओलीले एमाले पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान आफूले गरिसकेको बताए ।

    ओलीले भने, ‘अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला शुरू गर्छन् । हाम्रो पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान गरेका छौं । कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो । माओवादी शिथिल छ तर ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो । त्यसैले हामी सचेत र सशक्त प्रतिवादको लागि बस्नुपर्छ ।’

    देउवाले २०४८ सालदेखि नै एमालेमाथि दमनकारी नीति लिएको र ७ वर्ष बालकदेखि धेरैको हत्या गरेको भन्दै ठूलो दमनचक्र चल्न सक्ने ओलीले बताए ।

    ओलीले प्रधानमन्त्री देउवाले लिएको विश्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको पुतलीजस्तै रहेको बताए । ओलीले एमालेमाथिका सम्भावित आक्रमणविरुद्ध लड्न जुझारु संगठनको विकल्प नरहेको बताए ।

    उनले भने, ‘एमाले चिचिलो काँक्रोजस्तो अरुले औंला ठडाएर देखाउँदा झरेर जाने चिज होइन, जनताको अपार समर्थन भएको पार्टी हो सबैलाई याद होस् ।’

  • रावलको राजीनामाबारे ओलीले भने- हतारिएर किन दिएको ? सकिन्छ भने फिर्ता गराउनुपर्छ

    रावलको राजीनामाबारे ओलीले भने- हतारिएर किन दिएको ? सकिन्छ भने फिर्ता गराउनुपर्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावलले हतारिएर सांसद पदबाट राजीनामा दिएको भन्दै फिर्ता लिनुपर्ने बताएका छन् ।

    केन्द्रीय कमिटीको बैठकमा रावलको राजिनामाबारे चर्चा गर्दै अध्यक्ष ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिए पनि त्यो आवश्यक नरहेको बताए ।

    ओलीले भने, ‘भीम रावलले भन्दा पनि माधव नेपालले देउवालाई एक्लै भने पनि भोट हाल्छु भनेछन् । त्यसपछि सल्लाह नगरी हतारिएर किन राजीनामा दिएको ? माधव नेपालले गद्दारी गरे पनि एमाले पार्टी त छ नि । सकिन्छ भने राजीनामा फिर्ता गर्नुपर्छ ।’

  • ओलीको आँकलन- एमालेविरुद्ध अझै षड्यन्त्र हुन्छ, अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न सक्छन्

    ओलीको आँकलन- एमालेविरुद्ध अझै षड्यन्त्र हुन्छ, अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न सक्छन्

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

    संसदीय दलको बैठकमा पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध अझ धेरै षडयन्त्र हुनसक्ने भएकाले सचेत हुनुपर्ने बताए ।

    ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भइसकेको समेत बताए । रिट निवेदक देउवा पक्ष र नेपाल बार एशोसियनको दबाबमा संवैधानिक इजलास हेरफेर र गठन भएदेखि नै षड्यन्त्रको आभास आफूले पाएको बताए ।

    ‘न्याय परिषद्को सिफारिसमा बन्नुपर्ने संवैधानिक इजलास निबेदकको र बार एसोसियसनको दबाबमा बनेसँग षडयन्र सुरु भएको थियो,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले नेता एवम् सांसद महेश बस्नेतले भने, ‘ यो फैसलामा हाम्रो सहमति छैन। तर हामी लोकतन्त्रवादी भएकोले कार्यान्वयन गरिसकेका छौं।’
    ओलीले अदालतले किर्ते कागजलाई मान्यता दिएको टिप्पणी समेत गरे। ‘अदालतले किर्ते कागजलाई मान्यता दियो, अल्पमतलाई सरकार बनाउन परमादेश दियो,’ उनले भने, ‘दलीय संरचना समाप्त गर्ने आधार तयार गर्‍यो। ह्वीप नलाग्ने, ह्वीप उल्ल्घन गरे कारबाही गर्न नपाइने। मागै नभएको महाअभियाेगमा पनि ह्वीप नलगाउने फैसला किन आयो ?’
  • एमाले बैठकमा रावलले भने- एकताको पहल गरौं, दलको बैठक पनि रोकौं

    एमाले बैठकमा रावलले भने- एकताको पहल गरौं, दलको बैठक पनि रोकौं

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला बैठकस्थलमा पुगेका माधव नेपाल पक्षका नेताहरू १५ मिनेट पनि नबसी फर्किएका छन् । बैठकमा वार्ता टोली संयोजक भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग अनुमति लिएर बोलेका थिए ।

    शुरूमा बोल्न समय माग्दा उपस्थिति र निर्णय पुस्तिकामा हस्ताक्षर गर्न भनिए पनि त्यसपछि रावलले बोलेका थिए । रावलले कार्यदलले काम गरिरहेको भन्दै पार्टी एकता जोगाउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

    रावलले स्थायी कमिटी बैठक र आजको संसदीय दलको बैठक रोकेर एकताको पहल गर्न आग्रह गरे पनि अध्यक्ष ओलीले बैठक कार्यसूची अनुसार अघि बढ्छ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका थिए ।

    बैठकमा रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य गएका थिए ।

  • केपी ओलीले अपडेट गरेनन् ट्वीटर र फेसबुक

    केपी ओलीले अपडेट गरेनन् ट्वीटर र फेसबुक

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा आफ्नो बायो अझै अपडेट गरेका छैनन् ।

    ४१ महिना नेपाल सरकारको नेतृत्व गरेर सोमबार सर्वोच्च अदालतको परामादेशसँगै प्रधानमन्त्रीबाट हटेका ओलीको फेसबुक पेज र ट्वीटर ह्यान्डल दुवैमा ‘प्राइम मिनिस्टर अफ नेपाल’ यथावत छ ।

    भेरिफाइड ट्वीटर र फेसबुकलाई आधिकारिक मानिन्छ । तर, केपी ओलीले तीन दिनसम्म पनि बायो परिवर्तन नगर्नु आश्चर्यजनक छ ।

    यद्यपि, नव नियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले भने आफ्नो बायो परिवर्तन गरेर प्राइम मिनिस्टर अफ नेपाल राखिसकेका छन् ।

  • जाँदाजाँदै ओलीले सम्झनलायक काम के-के गरे ? (सूचीसहित)

    जाँदाजाँदै ओलीले सम्झनलायक काम के-के गरे ? (सूचीसहित)

    काठमाडौं । केपी ओलीले पहिलोपटक प्रधानमन्त्रीबाट हट्दै गर्दा संसदमा भनेका थिए, ‘देशी विदेशी मिलेर चक्रव्यूह रचिएको छ तर कलियुगको अभिमन्यूले चक्रव्यूह तोड्नेछ । ..यो नै अन्तिम होइन शुरूआत मात्र हो, हामी फेरि फर्किनेछौं जनताको आदेश लिएर ।’

    ओलीले त्यसबेला चक्रव्यूह तोडेर कलियुगका अभिमन्यूको रूपमा पुनः करिव दुई तिहाईको जनादेशसहित सिंहदरबारमा फर्किए । तर, उनको दोस्रो इनिङ भने शुरूदेखि नै भद्रगोलपूर्ण रह्यो ।

    नगर्नु एकता गरेपछि उनले नेकपा जोगाउन सक्नुपर्थ्यो । प्रचण्ड र माधव नेपालमध्ये एकजनाको साथ लिएको भए उनी बलियो हुन्थे । तर, त्यसो हुन सकेन र नेकपा हुँदै आज एमाले पनि विभाजित अवस्थामा हुँदा एमालेको माधव नेपाल समूहकै कारण उनी सत्ताच्यूत हुन पुगे ।

    केपी ओली आज सर्वोच्च अदालतको परमादेशबाट बिदाई हुँदा चौतर्फी रूपमा उनको विरोधमात्र भइरहेको छैन, उनको पालामा सम्पन्न भएका, थालिएका र तीव्रता लिएका मुलतः विकास निर्माणका कामहरू भने उनी प्रधानमन्त्रीबाट हटेको धेरै वर्षपछि पनि सम्झनयोग्य नै छन् ।

    राजनीतिक रूपमा ओलीको आलोचना गर्ने धेरै ठाउँ होलान् तर ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने उनको एजेण्डा हो, जसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि चीनका राष्ट्रपति सी जिनपिङसम्मले ‘रिकग्नाइज’गरे ।

    केपी ओलीमा ५ वर्षभित्रै केही गरौं, जुन कामले आफूलाई सधै सम्झाइरहोस् भन्ने नै थियो तर त्यस अनुसार उनले आफ्नो पार्टी व्यवस्थापन गरेनन् । एक्लै हिँड्न खोज्दा ओलीले ५ वर्ष शासन चलाउन त पाएनन् नै, सोचेजस्तो काम गर्न पनि सकेनन् ।

    तर, पनि उनले साढे तीन वर्षमा जति काम गरे, राजनीतिक विवादहरूलाई बाहिर राखेर विश्लेषण गर्दा केही सम्झनायोग्य काम गरेका छन् । राजनीतिक रूपमा पृथकतावादी र हिंसात्मक युद्धमा गएका समूहलाई राज्यका मूल प्रवाहमा ल्याउने चुनौतिपूर्ण काममा सफलता पाए ।

    उनको एक्लो प्रयास थियो,सानातिना सशस्त्र समूहलाई पनि हतियारसहित मूल प्रवाहमा ल्याए । मुलुकको नक्साबाट गायब भएको अतिक्रमित भूमि समेटेर राजनीतिक नक्सा जारीमात्र गरेनन्,त्यसकारण भारतसँग उनको सम्बन्ध समेत नराम्ररी बिग्रियो ।

    यसबीचमा ओलीले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति देखिने र सुनिने बनाएकै हुन् । सार्क सम्मेलन आयोजना हुन सकेन तर विमस्टेक आयोजना गरे । खोप कूटनीतिमा उनले राष्ट्रपतिसमेत लगाएर सफलता पाए । नयाँ सरकारले धेरै मेहनत गर्न नपर्ने गरी खोपको व्यवस्थापन गरेर गएका छन् ओली ।

    यसबीचमा संविधानको पूर्णकार्यान्वयन भएको छ । संविधान जलाएकाहरूलाई पालैपालो सरकारमा ल्याएर ओलीले संविधान सर्वस्वीकार्य बनाएकै हुन् । एसिड आक्रमणकारी र बलात्कारीलाई कडा सजाय दिने कानून ल्याएर उनले सामाजिक न्यायको पक्षमा उल्लेख्य काम गरे ।

    सामाजिक सुरक्षामा उनले प्राथमिकता दिए र ५ वर्षभित्र ५ हजार वृद्धभत्ता पुर्‍याउने घोषणा अनुरूप तेस्रो वर्षमा ४ हजार पुर्‍याए । भुकम्पपछिको पुन:निर्माण लगभग टुंग्याएर गएका छन् ओली ।

    मेलम्ची खानेपानी, माथिल्लो तामाकोशीजस्ता आयोजनाहरूको कामलाई उनले आफ्नो कार्यकालमै टुंग्याउन तदारुकता दिएर सम्भव भयो । देशभरका स्थानीय तहमा १५ शय्याका अस्पताल एकै दिन शिलान्यास भए र सम्भवतः अर्को वर्ष अधिकांश निर्माण हुनेछन् ।

    धेर्रै ठूला पूर्वाधार विकासका आयोजनाहरू ओलीले अघि बढाएका छन् । अब जुन सरकार आए पनि ती आयोजना रोकिन सक्दैनन् ।

    ओलीलाई सम्झाउने केही कामहरु यस्ता छन् ।

  • बालकोट निवास पुग्दा यसरी भयो ओलीको स्वागत (तस्बिरहरू)

    बालकोट निवास पुग्दा यसरी भयो ओलीको स्वागत (तस्बिरहरू)

    काठमाडौं । सरकारीनिवास बालुवाटार छाडेर भक्तपुर बालकोटस्थित आफ्नै निवासमा फर्किएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानीयसँगै नेकपा एमालेका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

    स्वागतमा सहभागी सयौं नेता कार्यकर्ताले निवर्तमान प्रधानमन्त्री ओलीको पक्षमा नारासमेत लगाएका छन् । निवासभित्र पसेपछि बार्दलीमा निस्किएर ओलीले हात हल्लाउँदै कार्यकतालाई अभिवादन गरेका छन् । ओलीको स्वागतमा स्थानीयबासी तथा कार्यकर्ताको बाक्लो भीड लागेको थियो ।

    प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका हुन् ।

    सर्वोच्च अदालतको आदेशबमोजिम देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले बुधबार बालुवाटार छाडेका हुन् ।

    ओली बालुवाटारबाट निस्कँदै गर्दा नेकपा एमालेनिकट युवा विद्यार्थी स्कटिङका लागि बालुवाटार पुगेका थिए ।

    
     
      
     
    
     
      
    
     
     
      
     
    
      
    
     
     

     

  • बालकोट पुगेर ओलीले भने- माधव नेपालले एमालेविरुद्ध अपराध गरेका छन्, उनलाई पार्टीमा ठाउँ छैन

    बालकोट पुगेर ओलीले भने- माधव नेपालले एमालेविरुद्ध अपराध गरेका छन्, उनलाई पार्टीमा ठाउँ छैन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका माधव नेपालहरूका कारण एमाले सरकार ढलेको भन्दै कमजोरी स्वीकार गरेर आए पनि माधव नेपाललाई भने स्वीकार गर्न नसकिने बताएका छन् ।

    बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार्टीमा स्थान नरहेको बताए । तर, उनीसँग लागेर विपक्षीलाई सत्ता बुझाउनेहरूलाई भने गल्ती स्वीकार गरेर आए यथोचित जिम्मेवारी दिइने बताए ।

    ओलीले माधव नेपालले एमालेविरुद्ध अपराध गरेकाले उनलाई क्षमा हुन नसक्ने बताएको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

    ओलीले आफ्नो सरकारले सम्पूर्ण नागरिकलाई निःशुल्क खोप दिने क्रम अघि बढाएको र सोही अन्तर्गत चाहिने जति खोप आउने प्रक्रियामा रहेको भन्दै नयाँ सरकारले निःशुल्क खोप दिने भन्दै तमाशा देखाएको आरोप लगाए ।

  • मुसलधारे वर्षाबीच ओलीको बिदाई : बालुवाटारदेखि बालकोटसम्म

    मुसलधारे वर्षाबीच ओलीको बिदाई : बालुवाटारदेखि बालकोटसम्म

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदावारी भएर निजी निवास बालकोट फर्केका छन् ।

    काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले उनलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगेका हुन् । ओलीलाई बालुवाटारबाट लैजान सयौंको संख्यामा कार्यकर्ता र सवारीसाधनहरूको लस्कर लगाइएको थियो ।

    कार्यकर्ताले ओलीको पक्षमा नारावाजी गरेका थिए ।

  • एमाले स्थायी कमिटी बैठक बस्दै, फैसलापछि माधव नेपालसँग ओली झन् रुष्ट

    एमाले स्थायी कमिटी बैठक बस्दै, फैसलापछि माधव नेपालसँग ओली झन् रुष्ट

    काठमाडौं । नेकपा (एमाले)को हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले हिजो दिउँसो १ बजे निर्धारित बैठक स्थगित भएको थियो।

    आजको बैठकको स्थान र समय भने निर्धारण भइनसकेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । तमाङले नेपाल प्रेससँग भने, ‘पहिले स्थायी कमिटीको हुन्छ अनि केन्द्रीय कमिटीको बैठक राखिन्छ।’

    फैसलापछि माधव नेपालसँग संवाद कठिन

    सर्वोच्च अदालतको आदेशपछि पार्टी अध्यक्ष ओली पक्ष वरिष्ठ नेता माधवकुमार नेपालसँग रुष्ट देखिएको छ। तामाङ फैसलापछि नेपालसँग संवादको समभवना नरहेको बताउँछन् ।

    ‘सर्वोच्चका फैसलापछि माधव कमरेडका गतिविधिले संवादकाे सकारात्मक वातावरण झन् विग्रिएकाे छ,’ उनले भने । विपक्षी गठबन्धनमा लागेर नेपाल पक्ष सर्वोच्चमा गएका कारण ओली पदमुक्त हुनु परेपछि संस्थापन पक्ष नेपाल पक्षसँग रुष्ट छ।

    सर्वोच्चको फैसला आउनु अघिल्लो दिन विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ ।

    उक्त सहमतिलाई क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने, त्यसअघि ओली र नेपाल भेटघाट गरेर त्यसलाई अन्तिमरुप दिने सहमति कार्यदलमा बनेको थियो।

  • साढे ३ वर्षमा ओलीले छाडेका पदचापहरु

    साढे ३ वर्षमा ओलीले छाडेका पदचापहरु

    पछिल्लो डेढ वर्षदेखि निरन्तर धर्मराइरहेको केपी शर्मा ओलीको सरकार अन्ततः अदालतको फैसलाबाट ढलेको छ । प्रधानमन्त्रीको कुर्सीमा साढे तीन वर्ष व्यतित गरेका ओली बालुवाटारबाट आज विदा हुँदैछन् ।

    हिजो प्रधानमन्त्रीको रुपमा अन्तिम सम्वोधन गरिरहँदा ओलीको अनुहारमा विरक्ति भाव थिएन । न त अभिव्यक्तिमा नै कुनै फरकपना । ओलीको स्वभावगत विशेषता यो हो कि उनी हम्मेसी हिम्मत हार्दैनन् । चाहे निजी जीवनमा होस या राजनीतिमा, हमेशा आत्मविश्वासी देखिन्छन् ।

    तथापि, ओलीको यो बहिर्गमन अनिच्छित नै हो । उनी आफ्नो सरकारलाई निरन्तरता दिन चाहन्थे । सत्तास्वार्थका कारण मात्रै होइन, प्रधानमन्त्रीका रुपमा सम्भवतः आफ्नो अन्तिम कार्यकाल सफलतामा टुंग्याउनका लागि उनलाई अझै केही समय आवश्यक थियो ।

    कोरोनाविरुद्धको लडाईं जितिसकेर, केही ठूला पूर्वाधारहरुलाई टुंगोमा पुर्‍याएर अनि नयाँ जनादेशमार्फत देशको विश्रृंखल राजनीतिलाई निकास दिएर विदा लिने उनको ध्येय थियो । जुन पूरा हुन सकेन । तथापि, उनले आफ्नो कार्यकालमा केही स्मरणीय उपलब्धीहरु भने हासिल गरेका छन् ।

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेका ओलीले देशलाई त्यस दिशामा डोहोर्‍याउनका निम्ति केही इमान्दार प्रयासहरु गरेकै हुन् । कतिमा सफल भए, कतिमा भएनन् त्यो अलग्गै विश्लेषणको पाटो हो ।

    उपलब्धीहरुको कुरा गर्दा भूकम्पपछिको पुनर्निमाणलाई ओलीले लगभग पूर्णतामा पुर्‍याएका छन् । जनताको आवास मात्र होइन, सम्पदाहरुको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको छ । धरहरा, रानीपोखरी, दरबार हाइस्कुलजस्ता सम्पदाहरु पुरानोभन्दा पनि अब्बल स्वरुपमा फर्केका छन् र यसले देशमा सकारात्मक भाइब्रेसन पैदा गरेको छ ।

    ओलीले राष्ट्रिय महत्वका ठूला आयोजनाहरुमा निरन्तर नजर राखे । अनेक व्यवधान खेपेर लामो समयदेखि अल्झिरहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भयो । यसले काकाकुल काठमाडौंलाई त्राण मिलेको छ । अर्को महत्वपूर्ण आयोजना तामाकोशी जलविद्युत पनि सम्पन्नताको चरणमा छ । नेपाल अब विजुली किन्नेबाट बेच्ने स्थितिमा पुग्नु महत्वपूर्ण उपलब्धी हो ।

    विकासको सन्देश दिनका लागि ओलीले विभिन्न उपायहरु लगाए । उनको कार्यकालमा शिलान्यास–उद्घाटनको लहर नै आयो । एकैपटक सात प्रदेशमा तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गराउनेदेखि लिएर देशभर पाँचवटा औद्योगिक क्षेत्र निर्माणको पहल उनले अघि बढाए । विगतका प्रधानमन्त्रीहरुभन्दा फरक, उनी आफ्ना प्रत्येक भाषणमा विकास–निर्माण कुरा गर्थे । जनतालाई ठूला सपना देखाउँथे ।

    ओलीको कार्यकालमा कोरोनाको विश्वव्यापी संकट उत्पन्न भयो, जसले सरकारको गतिमा ठूलो रोकावट पैदा गर्‍याे । कोरोनाविरुद्धको लडाईंमा अन्य राष्ट्रहरुको दाँजोमा नेपाल अपेक्षित सफल छ । अहिलेसम्म पचासौं हजार नेपालीले कोरोनाको निशुल्क उपचार पाएका छन् । यसैगरि, १ करोड ३१ लाख खोपको आपूर्ति सुनिश्चत भएको छ, जुन आफैंमा उत्साहजनक परिमाण हो । सरकारले जनताबाट एक पैसा पनि नलिइकन कोरोनाविरुद्धको खोप लगाएर समाजवादी राज्यको आभास गराएको छ ।

    ओलीको कार्यकालमा नेपालको नक्शा नै बदलियो । भारतको अधिनमा रहेको लिम्पियाधुरा-कालापानी-लिपुलेकलाई नेपालको नक्शामा समावेश गरेर ओलीले अन्तर्राष्ट्रिय जगतमै भारतले नेपालको भूमि हडपेको सन्देश प्रवाह गर्न सफल भए । नेपालको सो साहसिक कदमले भारतलाई निकै सकसमा पारेको थियो । यद्यपि, नक्शामा समावेश गरिएका भूमिलाई भारतको कब्जाबाट खोस्ने कार्य निकै जटिल र दुरुह छ । यसमा ओली सरकारले ठोस पहल गर्न सकेन ।

    अन्तर्राष्ट्रिय सम्वन्धहरुलाई पुनःव्यवस्थित गर्ने तथा विश्व मानचित्रमा नेपालको उपस्थितिलाई दरिलो बनाउने प्रयास ओलीले गरे । चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणमा निम्त्याउने सफलता पाएका ओली भारतसित पनि सम्वन्ध सुधार्न सफल भए । दुई छिमेकी देशहरुसँगको सम्वन्धलाई उनले धेरै हदसम्म सन्तुलनमा ल्याएका छन् ।

    देश र जनताका लागि टाउकोदुखाइ बन्दै गएको सिके राउतको विखण्डनकारी अभियानलाई ठेगान लगाउनु पनि ओलीको एउटा महत्वपूर्ण सफलता हो । साथसाथै, विप्लव समूहलाई पनि उनले हिंसात्मक बाटाबाट मूलधारमा तानेका छन् ।

    प्रधानमन्त्री पदमा रहिरहँदा कमजोर स्वास्थ्यका बाबजुद ओलीले आराम गरेनन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्दा उनी ६ महिना वा एक वर्षसम्म बेड रेस्टमा रहन सक्ने चर्चा थियो । तर, आश्चर्यजनकरुपमा ओली प्रत्यारोपण गरेको एक महिनाभित्रै आफ्नो काममा फर्किसकेका थिए । उनको उच्च मनोबल धेरै बिरामीका निम्ति प्रेरणादायी छ ।

    लोकप्रियताको अस्थिर ग्राफ

    लोकप्रियताको हिसाबले ओलीको ग्राफ साढे तीन वर्षसम्म नेप्से परिसूचकजस्तै उकालो-ओरालो भइरह्यो । कहिले उनी चौतर्फी प्रसंशित बने त कहिले तीव्र आलोचित । उनका कैयन भाषणहरु देशभित्र मात्रै होइन, देशबाहिर समेत चर्चित बने । सम्भवतः नेपालका प्रधानमन्त्रीहरुमध्ये अन्तर्राष्ट्रिय समुदायले सबैभन्दा बढी चिन्ने र सम्झिने नाम ओली नै हुन् ।

    साढे तीन वर्षमा ओली अनेकन विवादमा घेरिए । देशको मुलधारे मिडिया र बौद्धिक जमातको एउटा ठूलो हिस्सा उनीप्रति सदैव अत्यधिक नकारात्मक रहिरह्याे । प्रतिपक्षी दलभन्दा मुलधारे मिडिया ओलीप्रति बढी आलोचक देखियो । ओलीको कसले बढी निन्दा र भत्र्सना गर्ने भन्ने अघोषित प्रतिस्पर्धा नै सञ्चारमाध्यममा चल्यो । ओलीले पनि पटक-पटक आफ्ना भाषणहरुमा मिडियाप्रति आक्रोश पोखे । ‘सत्य देख्ने र लेख्ने मुटु भएका सम्पादक देशमा नभएको’ उनको टिप्पणी निकै चर्चित बन्यो ।

    सामाजिक सञ्जालको जनमत भने उतारचढावयूक्त रह्यो । खासगरी, राजनीतिप्रति धेरै चासो नभएको तटस्थ जनमतले ओलीको विस्थापनको पक्षमा आफूलाई कहिल्यै उभ्याएका थिएनन् । अनेकन विवादमा ओली घेरिँदा पनि ‘अरु भन्दा ओली नै ठिक’ भन्ने भाष्य यो तप्कामा स्थापित छ । ओलीको स्थानमा देउवा आउँदा आमजनतामा खुशी छाउनुपर्ने/हुनुपर्ने कुनै कारण पनि छैन ।

    प्रधानमन्त्रीका रुपमा ओलीको यो दोस्रो कार्यकाल थियो । भारतले नेपालमा नाकाबन्दी लगाएको संकटपूर्ण समयमा उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसबेला ओलीको लोकप्रियता ग्राफ निकै उचाइमा थियो । भारतले नेपालमाथि अवाञ्छित हस्तक्षेप गर्न खोज्दा ओलीले हुत्याइदिएका थिए । त्यसबेला राष्ट्रियताको पक्षमा देखाएको अडानलाई लिएर कतिपयले ओलीलाई महेन्द्रपछिको महान राष्ट्रवादी नेताको संज्ञासमेत दिए ।

    दोस्रो कार्यकालमा भने ओलीले राष्ट्रियतासँग जोडिएका केही विवादस्पद कामहरु गरेका छन् । कुटनीतिक प्रोटोकल तोडेर भारतीय जासुसी संस्थाका रअका प्रमूखलाई बालुवाटारमा प्रवेश दिँदादेखि नागरिकताको विषयमा अनुचित सम्झौता गर्दै जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याउँदा उनको चर्को आलोचना भयो । यी दुई प्रकरणले ओलीको राष्ट्रवादी छवि केही धुमिल बन्न पुग्यो ।

    भारतसँगको नाकाबन्दीको डटेर सामना गरेका ओलीले नाकाबन्दीका बेला भारतीय सीमामा बसेर नेपालतिर ढुंगा हान्नेहरुलाई रातो कार्पेट विछ्याएर सरकारमा भित्र्याएको जनताले रुचाएनन् । यसले ओलीको लोकप्रियतालाई निकै क्षति पुर्‍यायो ।

    जहाँ चुके ओली

    दुई तिहाई सांसदको समर्थनसहित ओली पछिल्लो कालखण्डकै शक्तिशाली प्रधानमन्त्रीका रुपमा उदाएका थिए । देशले सजिलै नहल्लिने बलियो सरकार पाएको थियो र जनताले पाँच वर्ष राजनीतिक स्थिरता एवं विकासको आशा राखेका थिए ।

    तर, बहुमतको सरकारबाट मात्रै राजनीतिक स्थायित्वको ग्यारेन्टी हुँदोरहेनछ भन्ने प्रमाणित भएको छ । सरकारले दुई वर्ष काट्दा_नकाट्दै पार्टीभित्रैबाट अवरोधहरु सुरु भए । जनतालाई विरक्त पाने गरी सत्तारुढ नेकपाभित्र सत्तासंघर्ष चर्कियो । र, अन्ततः ओलीले उत्तेजनामा आएर प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको घोषणा गरिदिए ।

    ओलीले पहिलोपटक गरेको संसद विघटनको कुनै संवैधानिक धरातल थिएन । अदालतबाट त्यो बदर हुनु नै थियो र भयो । त्यसले ओलीको अहममा ठेस लाग्योे । सर्वोच्चबाट संसद पुनर्स्थापनापछि ओलीको राजनीति गम्भीर संकटमा फसेको थियो । तर, त्यही सर्वोच्चले एमाले र माओवादी पार्टी ब्यूँताइदिएर ओलीलाई ‘रेस्क्यू’ गर्‍याे ।

    नेकपाको आधिकारिकताका लागि लडिरहेका ओलीले एमाले पार्टी फिर्ता पाए, वोनसका रुपमा केही पूर्वमाओवादी नेताहरुसहित । तर, यो अनुकुलतालाई सदुपयोग गर्नका लागि सही रणनीतिहरु उनले अबलम्बन गर्न सकेनन् । प्रचण्डको शिविरबाट निस्केर विरही गीत गाउँदै एमाले फर्केका नेताहरुप्रति ओली असहिष्णु बने । उनीहरुलाई तत्काल पार्टीभित्र न्यानो स्वागत गरेर एमालेलाई एकतावद्ध बनाउनेभन्दा एकपछि अर्को एकपक्षीय कदमहरु चाल्नतिर लागे, जुन अन्ततः ओलीका निम्ति प्रत्यूत्पादक बन्यो । नेकपामा जस्तै एमालेमा पनि भाँडभैलो सुरु भयो । जतिबेला ओली लचक बने, त्यसबेलासम्म एमालेलाई धेरै क्षति पुगिसकेको थियो ।

    देशमा राजनीतिक स्थायित्वको लागि नेकपाको विभाजन कम्तिमा पाँच वर्ष रोक्न सक्नुपर्थ्याे ओलीले, व्यक्तिगतरुपमा केही त्याग गरेर भए पनि । उनले समयमै बुद्धिमत्तापूर्वक निर्णय लिएको भए न पार्टी फुट्थ्यो न सरकार ढल्थ्यो । सरकार अल्पायूमा ढल्नुको सबैभन्दा ठूलो दोष उनले आफैंलाई दिनुपर्छ । हो, माधव नेपाल समूहले आफ्नै पार्टीको सरकार गिराइ जितको उत्सव मनाउनु अत्यन्तै लज्जास्पद छ । तर, ओली मुलतः आफ्नै खुट्टामा अल्झेर लडेका हुन् ।

  • बालुवाटारबाट बाहिरिँदै ओली, युवासंघका कार्यकर्ताले बालकोटसम्म स्कटिङ गर्ने

    बालुवाटारबाट बाहिरिँदै ओली, युवासंघका कार्यकर्ताले बालकोटसम्म स्कटिङ गर्ने

    काठमाडौं। सर्वोच्च अदालको आदेशले पदमुक्त भएका निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्दैछन्।

    बिहान ११ बजे निजी निवास बालकोट सर्न लागेका ओलीलाई उनको पार्टी नेकपा एमालेको भातृ संगठन युवासंघका कार्यकर्ताले स्कटिङ गर्ने भएका छन्।

    एमाले नेता महेश बस्नेतका अनुसार ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कटिङ र स्वागत गर्दै बालकोटसम्म लानेछन् ।

    यसका लागि बस्नेतले बालुवाटारमा ११ बजे भेला हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

  • सिंहदरबारबाट ओलीको अन्तिम सम्बोधन : सर्वोच्चमाथि आक्रोश, पार्टी पंक्तिलाई हौसला

    सिंहदरबारबाट ओलीको अन्तिम सम्बोधन : सर्वोच्चमाथि आक्रोश, पार्टी पंक्तिलाई हौसला

    काठमाडौं । सर्वोच्चको फैसलामार्फत पदबाट हटाइएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरवारबाट आफ्नो अन्तिम सम्बोधन गरेका छन् । उनको सम्बोधन मूलरूपमा सर्वोच्च अदालतको फैसलामाथि केन्द्रित थियो ।

    ओलीले सर्वोच्चको फैसलाको खुलेरै आलोचना गरे, तर फैसलाको पालनामा भने आफू प्रतिबद्ध रहेको बताए । विश्व इतिहासमै पहिलोपटक अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै व्यंग्य कसेका ओलीले सर्वोच्चलाई झेली रेफ्रीको संज्ञा दिए । रेफ्रीले नै गोल गर्न खोजेको उनको आरोप थियो ।

    सम्वोधनको शुरूआतमै उनले अदालतको फैसलाबाट गरेका थिए । ओलीले भने, ‘म जनादेशबाट होइन, परमादेशबाट हटाइएको हुँ । जनादेश त अहिले पनि मेरो पक्षमा थियो । तर, परमादेश शेरबहादुरजीको पक्षमा आयो ।’

    सर्वोच्चको फैसलाले पछाडि फर्किने गरी संविधान संशोधन गरेको टिप्पणी उनले गरे । यो फैसलालाई इतिहासले अग्‍निपरीक्षा लिने चेतावनी पनि उनले दिए । शक्ति पृथकीकरणको सिद्धान्तलाई फैसलाले नकारेको तथा राज्यका अंगहरूको सन्तुलन खल्बल्याएको टिप्पणी उनको थियो ।

    ओलीले संसदीय दलको ह्वीप उल्लंघन गर्दा कारवाही नहुने अदालतको फैसलाप्रति आपत्ति जनाए । राजनीतिक दलबाट टिकट लिएर जितेको जनप्रतिनिधिले आफूखुशी भोट हाल्न पाउने व्यवस्था दलीय प्रणालीको मूल्य र मान्यताविपरीत रहेको उनको टिप्पणी थियो ।

    एउटै पार्टीका सांसद सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्ने गरी विचित्र अवस्थाको सिर्जना गरिदिएको ओलीले बताए । अदालतले रेफ्रीको भूमिकामा सही न्याय दिन नसकेको उनको भनाइ छ ।

    ओलीले भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरूको हो । तर, रेफ्री स्वयम्मा गोल गर्ने वा खास पक्षलाई जिताउने इच्छा जागृत भयो भने त्यसले जोखिम निम्त्याउँछ । अझ सन्दर्भमै नउठेका वा माग नै नभएका विषयमा समेत फैसला दिँदै जटिलता मात्रै बढाउँछ ।’

    अदालतले आफ्नो अधिकारक्षेत्र बाहिर गएर राजनीतिक विषयमा हात हालेको आरोप ओलीले लगाए । यसबाट भविष्यमा उत्पन्न हुन सक्ने दुष्परिणामप्रति चिन्ता व्यक्त गरे ।

    ‘खोपको तमासा शुरू हुन्छ’

    अपेक्षितभन्दा छोटो सम्बोधन गरेका ओलीले सरकारका उपलब्धीहरूको संक्षिप्त चर्चा गरेका थिए । सरकारले कोरोनाविरुद्धको खोप ल्याउनेतर्फ गरेका कामहरूको विवरण सुनाएका ओलीले अब आउने सरकारले खोप लगाएको फोटो हालेर त्यसलाई आफ्नो उपलब्धीका रूपमा देखाउने भविष्यवाणी गरे ।

    सरकारले १ करोड ३१ लाख मात्र खोप आपूर्ति सुनिश्चित गरेको उल्लेख गर्दै ओलीले भने ‘अब भरे वा भोलि बिहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो राखेर हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरू हुनेछ । मानौं चट गरेर आजै ल्याएका हुन् कि जस्तो । तर, मलाई यस्तो प्रचारमा प्रतिस्पर्धा गर्नु छैन ।’

    संसद र सरकारको भविष्यमा आशंका

    शेरबहादुर देउवाको नेतृत्वमा बन्ने नयाँ सरकार र संसदको भविष्यलाई लिएर ओलीले सन्देह व्यक्त गरे । सरकार र संसद सही सलामत रहनेमा आफूलाई शंका रहेको उनले बताए ।

    ओलीले भने, ‘बाँकी अवधि संसद चलोस् मेरो शुभकामना छ । समयमा निर्वाचन होस् शुभकामना छ । तर, मलाई यसमा शंका छ । जे जस्ता घटनाक्रम विकास हुँदैछन्, त्यसले संसद पनि सही सलामत अगाडि जाला र अब बन्ने सरकार सही सलामत ढंगले अगाडि बढ्ला भन्नेमा शंका छ ।’

    पार्टी पंक्तिलाई सन्देश

    ओलीले जाँदाजाँदै आफ्नो पार्टी पंतिको हौसला बढाउन खोजे । साथै, हालै पार्टी एकताको सहमति गरेका असन्तुष्ट समुहलाई आरोपित गर्न चुकेनन् ।

    कार्यकर्तालाई संयम रहन आग्रह गर्दै ओलीले भने, ‘फेरि बादल हटेर सूर्य उदाउनेछ । हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि त जनतामा जानैपर्ला । जनताबाट रोक्न कसले सक्छ ?’

    विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका आफ्नो पार्टीका नेताहरूप्रति ओलीले फेरि एकपटक आक्रोश व्यक्त गरे । यस्तो गतिविधिलाई अनुशासनहीनता र अपराधको संज्ञा उनले दिए ।

    ओलीले भने, ‘हाम्रा पार्टीका साथीहरूबाट विपक्षी खेलाडीलाई बल पास दिने काम भयो । आफ्नो पोष्ट खाली राख्ने र गोलकिपर बस्नै नदिने प्रयाससमेत भयो । यो अत्यन्तै चिन्ताजनक छ ।’

  • ओलीले भने- संसद पूरा अवधि चलोस् शुभकामना छ, तर मलाई शंका छ

    ओलीले भने- संसद पूरा अवधि चलोस् शुभकामना छ, तर मलाई शंका छ

    काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको भविष्यप्रति संशय व्यक्त गरेका छन् । राजनीतिलाई विपरीत दिशामा लैजान खोजिएको भन्दै उनले समयमा निर्वाचन हुनेमा पनि शंका व्यक्त गरे ।

    प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले भने, ‘बाँकी अवधि संसद चलोस् मेरो शुभकामना छ । समयमा निर्वाचन होस् । तर मलाई शंका छ । जस्तो घटना विकास हुँदैछ, त्यसले यो संसद र सरकार सही सलामत अगाडि बढ्ला भन्नेमा शंका छ ।’

  • ओलीले भने- जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा आयो

    ओलीले भने- जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा आयो

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदा हुँदै सर्वोच्चको परामादेशबाट आफू हट्नु परेको बताएका छन् । उनले सत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता भने नरहेको बताए ।

    प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले भने, ‘मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ । जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो । परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।’

  • देउवाको सपथग्रहण बेलुका ६ बजे, ओलीले भोलि बालुवाटार छोड्ने

    देउवाको सपथग्रहण बेलुका ६ बजे, ओलीले भोलि बालुवाटार छोड्ने

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण आज बेलुकी ६ बजेका लागि तय भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा उनको सपथ ग्रहण हुने छ ।

    सर्वोच्च अदालतको परामादेश कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् । आज सपथग्रहणपछि सानो आकारको मन्त्रिमण्डल बनाउने देउवाले तयारी गरेका छन् ।

    यसैबीच निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली सरकारी निवास बालुवाटार त्याग्ने भएका छन् । बुधबार बिहान ११ बजे उनी बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सर्न लागेको स्रोतले बतायो ।

  • प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने

    प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने तयारी भएको छ । सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लागेका हुन् ।

    सर्वोच्चको फैसला कानूनी र संवैधानिक नभई राजनीतिक ढंगले आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । उनले केपी ओलीलाई संसदीय र जनमतको प्रक्रियाबाट हटाउन नसकिएपछि अदालतको फैसला प्रयोग गरिएको बताए ।

    प्रधानमन्त्रीले आज फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमा समेत आफ्नो धारणा देशवासीका नाममा राख्ने तयारी भइरहेको छ । सम्बोधनको तयारी भए पनि कति बजे भन्ने तय नभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले बताए ।
    आज बस्ने स्थायी कमिटी बैठक पनि सर्न सक्ने एमाले स्रोतले जनाएको छ ।

  • शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

    सर्वोच्च अदालतले आज गरेको फैसलाबाट बहिगर्मन निश्चित भएपछि छलफलका लागि उनी शीतलनिवास गएका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको शीतलनिवास स्रोतले बतायो ।

    प्रधानमन्त्रीले आज राष्ट्रपतिसमक्ष राजीनामा दिन सक्ने अनुमान गरिएको भए पनि सर्वोच्चको आदेशबाट स्वतः कामचलाउ भइसकेकाले राजीनामा दिइरहनु नपर्नेबारे कुराकानी भएको स्रोतेको भनाइ छ ।

    सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री बनाउन आज परमादेश जारी गरेको छ ।

  • संवैधानिक इजलासको ठहर- प्रधानमन्त्रीमा ओलीको दावी संविधानसम्मत भएन

    संवैधानिक इजलासको ठहर- प्रधानमन्त्रीमा ओलीको दावी संविधानसम्मत भएन

    काठमाडौं । संवैधानिक इजलासले आफ्नो फैसला सुनाउँदै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दावी गर्नु संविधानसम्मत नदेखिएको ठहर गरेको छ ।

    फैसलामा शेरबहादुर देउवाले गरेका दावी नै सही भएकाले प्रतिनिधिसभाका १४६ जना सांसदले दिएको समर्थन नै विश्वासको मत प्राप्त गर्ने आधार रहेको प्रष्ट पारेको छ । सोही बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश जारी गरेको छ ।

    यसअघि राष्ट्रपतिबाट दुवैको दावी नपुगेको भनी गरेको प्रतिनिधिसभा विघटनलाई उत्प्रेषणको आदेशबाट बदर गरिएको छ ।

  • स्थायी कमिटी बैठक तत्कालै बोलाउन अध्यक्ष ओली र महासचिव पोखरेल परामर्शमा

    स्थायी कमिटी बैठक तत्कालै बोलाउन अध्यक्ष ओली र महासचिव पोखरेल परामर्शमा

    काठमाडौं । पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अनुमोदन गर्न नेकपा एमाले स्थायी कमिटी बैठक आज तत्कालै बस्ने भएको छ । बैठक बोलाउनका लागि अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच परामर्श भइरहेको छ ।

    कार्यदलले सम्झौता अनुमोदनका लागि स्थायी कमिटी बैठक राख्न अध्यक्ष र महासचिवलाई आग्रह गर्ने लिखित सहमति गरेको थियो । कार्यदलका सदस्यहरुले ओलीलाई भेटेर बैठक आज विहानै राख्न आग्रह गरेका थिए ।

    एमाले स्रोतका अनुसार वैठक विहान ११ बजेभित्रै बस्नेगरी अध्यक्ष र महासचिवबीच छलफल भइरहेको छ । माधव नेपालसँग समेत अध्यक्ष ओलीले बैठकका सन्दर्भमा कुराकानी गर्ने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

    यसअघि आइतवार डाकिएको बैठक सहमतिमा हस्ताक्षर हुन ढिला भएकाले आज साँझ ५ बजेसम्मलाई स्थगित भएको थियो । पार्टी एकताको सहमति भएपछि बैठक तत्कालै बोलाएर सम्झौता अनुमोदन गर्ने तयारी भइरहेको छ ।

    माधव नेपालले भने सम्झौताप्रति अशन्तुष्टि जनाएका छन् । उनी सर्वोच्चको फैसलाअघि बैठकमा सहभागी हुने सम्भावना नरहेको उनी निकट स्रोतले जनाएको छ ।

  • ओलीले बोलाए स्थायी कमिटी बैठक

    ओलीले बोलाए स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेभित्र एकताका लागि सहमति बन्न ढिलाइ भइरहँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

    एकताका लागि कार्यदलस्तरमा सहमति गरेर स्थायी कमिटीबाट पारित गर्ने भनिए पनि सहमति नजुट्दै अध्यक्ष ओलीले बैठक बोलाएका हुन् । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले ४ बजे बस्नेगरी स्थायी कमिटी बोलाइएको बताए ।

    बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको छ । ‘हिजो नै कार्यदलमा सहमति बनेको कुरा आएको थियो । रातभरीमा के भएर रोकिएको हो थाहा भएन । महासचिवले अध्यक्षसँगको परामर्शमा स्थायी कमिटी बोलाउनुभएको हो’, तामाङले नेपाल प्रेससँग भने ।

    एकताका लागि गठन गरिएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले आज बिहान ८ बजेसम्म ‘सुखद खबर’ आउने जानकारी पत्रकारलाई दिएका थिए । यद्यपि अहिलेसम्म कार्यदलले सहमतिको मस्यौदालाई पूर्णता दिन सकेको छैन ।

    वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राखेका केही मागबारे अझै सहमति जुट्न सकेको छैन । सहमति नजुट्दै ओलीले स्थायी कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

  • प्रधानमन्त्रीको आह्वान- नेपालको वंशज जनावर पाटे बाघलाई बंगाल टाइगर नभनौं

    प्रधानमन्त्रीको आह्वान- नेपालको वंशज जनावर पाटे बाघलाई बंगाल टाइगर नभनौं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाटे बाघलाई बंगाल टाइगर नभन्न र बंगाल टाइगरको स्थानमा पाटे बाघ चलाउन बाघ सम्बन्ध निकायहरुलाई निर्देशन दिएका छन् ।

    राष्ट्रिय बाघ संरक्षण समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–पाटे बाघसँग हामीले जीवन यापन गरेका छौं । शताब्दियौं देखि हामीले जोगाएका छौं । हाम्रै पाल्तु जनावर खाएको छ । बंगाल टाइगर कसरी हुन्छ रु पाटे बाघ भनौं । यो नेपालको वंशज जनावर हो ।

    पाटेबाघ लोप हुनु पुर्व नै विश्वको चासो बाघ संरक्षणमा गएको उल्लेख गर्दै प्रधानमभत्रीले सेन्ट पिटर्सवर्ग सम्मेलनले तय गरे जस्तै दुई गुना गर्ने निर्णय पनि नेपालले पुरा गरेको बताए ।

    सन् २०२२ मा हुने बाघ सम्मेलनमा मुक दर्शक वा अनुयायी मात्रै नभएर आफनो दृष्टिकोण दिनुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो ।

    बैठकले बाघ संरक्षणमा नेपालले गरेका प्रयास र उपलव्धिको वारेमा छलफल गर्दे आगामी दिन बाघ संरक्षणको लागि बाघ संरक्षण विशेष कार्यक्रमलाई पुनः निरन्तरता दिई थप स्रोत जुटाउने, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तु अस्पताल तथा उद्धार केन्द्र स्थापना तथा सञ्चालन गर्न, बाघको दीर्घकालीन संरक्षण गर्न वासस्थानको विस्तार गर्न आवश्यक तयारी गर्ने, वन्यजन्तु मैत्री भौतिक पूर्वाधार निर्माणसम्बन्धी निर्देशिका, वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ लाई संशोधन गरी सवै डिभिजन वन कार्यालय मार्फत ७७ वटै जिल्लाहरुबाट राहत वितरण गर्र्ने लगायतका निर्णयहरु गरेको छ ।

    आगामी साउन १४ गते बाघ संरक्षणलाई विशेष जोड दिन प्रधानमन्त्री बाघसम्मेलन कार्यक्रमको समेत आयोजना गर्ने निर्णय गरेको छ ।