Tag: केपी ओली

  • प्रचण्डलाई ओलीको जवाफ- चुनाव लडेको भन्दैमा जिल्ला नै उसको हुन्छ ? (भिडिओ)

    प्रचण्डलाई ओलीको जवाफ- चुनाव लडेको भन्दैमा जिल्ला नै उसको हुन्छ ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सिध्याउने नियतले एमालेले महाधिवेशनस्थल चितवन रोजेको प्रचण्डको भनाइप्रति जवाफ फर्काएका छन् ।

    १०औं महाधिवेशनका सन्दर्भमा आयोजित सम्पादकसँगको अन्तर्क्रियामा ओलीले चुनाव लड्नासाथ जिल्लै उसको नहुने बताए । उनले भने,
    ‘कोही चुनाव कतैबाट लडेको छ भन्दैमा जिल्लै उसको हुने ? म कतैबाट हिँडे भने उनले मलाई सिध्याउन हिँड्यो भन्न बेर छैन ।’

    प्रचण्डसँग आफ्नो लिनुदिनु केही नभएको ओलीको भनाइ छ । ‘उहाँसँग मेरो लिनुदिनु कुरै होइन । उहाँलाई मेरो निर्वाचन क्षेत्रमा भन्ने लागेको छ भने दमकमा आएर गर्नुहोस् न त । दमकमा आएर गरे हुन्छ ।’

  • ओलीले भने- मैले अध्यक्षमा उठ्ने या नउठ्ने निर्णय गरेको छैन

    ओलीले भने- मैले अध्यक्षमा उठ्ने या नउठ्ने निर्णय गरेको छैन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने वा नदिनेबारे अहिले निर्णय गरिनसकेको बताएका छन् ।

    महाधिवेशनको सन्दर्भमा सम्पादकहरूसँग अन्तर्क्रियामा ओलीले समझदारी, सहमति र एकता पार्टीमा महत्वपूर्ण भएको बताए । ‘यसो गरिरहँदा लोकतान्त्रिक अभ्यासलाई अलिकति नजरअन्दाज गरिँदैन’, उनले भने ।

    अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नभइ आफूप्रति माया र सम्मान देखाएको ओलीले बताए । ओलीले प्रतिस्पर्धाको लागि सबैलाई छुट भएको भन्दै सहमतिका नाममा कसैलाई करकाप नगर्ने बताएका छन् । प्रतिस्पर्धीकै बीचमा सहमति भएर नेतृत्व छानिने उनको भनाइ छ ।

    ‘मैले मन पराएको बरिष्ठ उपाध्यक्ष त्यो हो- जो या त निर्विरोध हुन्छ, या त सबैभन्दा बढी भोट ल्याएर विजयी हुन्छ ।’

  • पदाधिकारी थप्न अध्यक्ष ओली अनिच्छुक, तीनवटै ‘मनोविज्ञान’ को सम्बोधन गर्न दबाब

    पदाधिकारी थप्न अध्यक्ष ओली अनिच्छुक, तीनवटै ‘मनोविज्ञान’ को सम्बोधन गर्न दबाब

    काठमाडौं । पदाधिकारीको संख्या बढाएर भने पनि नेकपा एकतादेखि एमालेको १० बुँदे सहमतिसँग जोडिएका सबै मनोविज्ञानलाई समेट्ने गरी सर्वसम्मत पदाधिकारीको गृहकार्य गर्न शीर्ष नेतृत्वलाई दबाब बढेको छ ।

    अध्यक्ष केपी शर्मा ओली निर्विकल्प नेताका रूपमा सर्वस्वीकार्य भइसकेको अवस्थामा पूर्वमाओवादी, १० बुँदे पक्षधर र संकटमा पार्टी र नेतृत्व जोगाउन खडा भएका नेताहरुलाई समेटेर पदाधिकारीमा सर्वसम्मत गर्ने प्रयास भइरहेको एमाले स्रोतले जनाएको छ ।

    पदाधिकारीमा विभिन्न नेताहरूले आ आफ्नो दाबेदारी पेस गरे पनि अध्यक्ष ओलीले कसैलाई आश्वासन दिइसकेका छैनन् । ओली यसपटक सबैको साझा नेता बनिसकेकाले कसैलाई काखा र पाखा नगर्ने सोचमा छन् ।

    ओलीनिकट एक नेताले भने, ‘पदाधिकारीको संख्या थपेर भने पनि सर्वसम्मत नेतृत्व चयन गर्ने र आउने सबै निर्वाचनको सामना गर्न सक्षम पार्टी निर्माण गर्न दबाब छ । विधान महाधिवेशनभन्दा ठूलो राष्ट्रिय महाधिवेशन भएकाले यसले केही पदाधिकारीको संख्या थप्न सक्छ । तर अध्यक्ष ओली आफैं चाहिँ पदाधिकारी थप्ने पक्षमा अहिलेसम्म देखिनुभएको छैन ।’

    पदाधिकारी नथपिएमा हाल पदाधिकारी रहेका केही नेता बाहिरिनुपर्नेछ भने नयाँ इन्ट्री पनि सीमित हुनेछ । नयाँ इन्ट्री सचिवबाट हुने भएकाले बढीमा तीनजनाले प्रवेश पाउँनेछन् ।

    एमाले स्रोतका अनुसार अध्यक्षमा ओली र बरिष्ठ नेतामा ईश्वर पोखरेलको नाममा विवाद छैन । एमालेमा ओलीपछि बरिष्ठतम नेता पोखरेल हुन् । अध्यक्ष ओली पदाधिकारी थप्न तयार भएको अवस्थामा उपाध्यक्षमा हाल कायम रहेको संख्या थपेर सिनियर नेताको व्यवस्थापन हुन सक्छ ।

    हाल उपाध्यक्ष रहेकामध्ये भीम रावल र अष्टलक्ष्मी शाक्य दोहोरिनेछन् । युवराज ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष बनाउने गृहकार्य छ । त्यसो हुँदा रामवहादुर थापा बादल र सुवास नेम्वाङ उपाध्यक्ष थपिनेछन् ।

    महासचिव र उपमहासचिवमा समेट्न नसकिएका नेतालाई उपाध्यक्ष बनाउनेगरी उपाध्यक्ष तथा उपमहासचिवको संख्या बढाउन ओलीमाथि दबाब छ । हाल पदाधिकारी नरहेका तर अहिलेका पदाधिकारीहरूभन्दा सिनियर शंकर पोखरेल र सुरेन्द्र पाण्डेलाई पनि सचिवभन्दा माथिको बरियतामा समेट्नुपर्ने बाध्यता ओलीमाथि छ ।

    हाल सचिव रहेका प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ त्यो भन्दा माथिल्लो पदका आकांक्षी छन् भने योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य सचिव पदमै दोहोरिन चाहन्छन् । सचिवबाट नयाँ इन्ट्री हुने नेताहरूको पंक्ति ठूलो छ ।

    पदाधिकारीमा ज-जसले उम्मेदवारी घोषणा गरे पनि क कसलाई समेट्ने भन्ने अन्तिम निर्णय ओलीले नै गर्नेछन् । तर, ओली एक्लैले नभइ सिनियर नेताहरूको टिममा छलफल गरेर टुंगो लगाउने सोचमा छन् ।

    अबको कार्यकालमा ओली सबैको साझा नेता बन्न चाहेकाले उनले कसैलाई पनि आफ्नो उम्मेदवारका रुपमा अघि नसार्ने र प्यानल बन्न नदिने प्रष्टै देखिएको छ । तर, नेताको व्यवस्थापनका नाममा पदाधिकारी थपेको थप्यै गर्ने कुराले समस्याको हल नहुने ओली निकट नेता गोकुल बास्कोटा बताउँछन् ।

    बास्कोटाले भने, ‘राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी थप्ने कुराले विधान महाधिवेशन असफल भयो भन्ने हुन्छ । उतिबेलै धेरै सोच बिचार गरेर,बहस छलफलपछि टुंगो लगाइएको कुरालाई फेरि चलाउनु हुन्न । एउटा नेता सधैँभरि पार्टीको पदाधिकारी भइरहनुपर्छ भन्ने छैन ।’

    पदाधिकारीमा विभिन्न नेताहरूले आ आफ्नो दाबेदारी पेस गरे पनि अध्यक्ष ओलीले कसैलाई आश्वासन दिइसकेका छैनन् । ओली यसपटक सबैको साझा नेता बनिसकेकाले कसैलाई काखा र पाखा नगर्ने सोचमा छन् ।

    पदाधिकारी नथपिएमा हाल पदाधिकारी रहेका केही नेता बाहिरिनुपर्नेछ भने नयाँ इन्ट्री पनि सीमित हुनेछ । नयाँ इन्ट्री सचिवबाट हुने भएकाले बढीमा तीनजनाले प्रवेश पाउँनेछन् ।

    अध्यक्ष ओलीले तत्कालीन नेकपा विभाजनको बेला जनयुद्धको लिगेसी छाडेर आफूलाई संकटमा साथ दिएका पूर्वमाओवादी पंक्तिको मनोविज्ञानलाई अझ बलियो बनाउन चाहान्छन् । त्यसैले पदाधिकारीमा कम्तीमा दुईजना सो समूहबाट अटाउन दबाब छ ।

    त्यस्तै १० बुँदे सहमतिमार्फत माधव नेपाललाई छाडेर पार्टी एकताको पक्षमा उभिएको पंक्तिलाई पनि उनले आफ्नो नेतृत्वमो समेटेर अघि बढ्न चाहेका छन् । यसका साथै पार्टी जोगाउन आफूलाई साथ दिएका नेताहरुको व्यवस्थापन पनि ओलीका लागि उत्तिकै महत्वपूर्ण छ ।

    एमाले महाधिवेशन प्रतिनिधिहरुको मनोविज्ञान पनि यी तीनवटै धाराको सम्माजनक व्यवस्थापन रहेकाले केन्द्रीय सदस्यको चुनाव हुँदा पनि सबै पक्षका नेताहरू जितेर आउने सम्भावना देखिन्छ । पदाधिकारीमा सर्वसम्मत गरेर केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गराउने तयारी एमाले नेतृत्वको छ ।

  • धनकुटामा माओवादीबाट निर्वाचित दुई वडाध्यक्षसहित नेता कार्यकर्ता एमाले प्रवेश

    धनकुटामा माओवादीबाट निर्वाचित दुई वडाध्यक्षसहित नेता कार्यकर्ता एमाले प्रवेश

    धनकुटा । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका- ९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका-३ मा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेता/कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

    नेपाली कांग्रेस, माओवादीलगायतका दलबाट एमाले रोजेका नेता-कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, शंकर पोखरेल, रामबहादुर थापालगायतका नेताहरूले स्वागत गरे ।

  • पञ्चायत सरकारले हत्या गरेका शहीद सम्झँदै छिन्ताङमा ओलीसहितको एमाले सभा (तस्बिरहरु)

    पञ्चायत सरकारले हत्या गरेका शहीद सम्झँदै छिन्ताङमा ओलीसहितको एमाले सभा (तस्बिरहरु)

    धनकुटा । छिन्ताङ हत्याकाण्डको ४३ वर्ष पूरा भएको दिन आज नेकपा एमालेले स्मृति दिवस मनाएको छ ।

    शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजना गरिएको स्मृतिसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू सुवास नेम्वाङ, शंकर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायतका नेता/कार्यकर्ता सहभागी छन् ।

    अध्यक्ष ओलीले शहीद परिवारसँग अन्तरक्रिया गर्नेसमेत कार्यक्रम रहेको एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए सभामा कांग्रेस, माओवादीलगायतका दलबाट स्थानीय नेता-कार्यकर्ता एमाले प्रवेश गर्ने उनले बताए ।

    २०३६ साल कात्तिक २९ गते पञ्चायत सरकारविरोधी आन्दोलनको क्रममा कम्युनिष्टमा आस्था राखेको आरोपमा तत्कालीन सरकारले छिन्ताङमा १६ जनाको गोली हानेर हत्या गरेको थियो ।

    छिन्ताङमा हत्या गरिएका १६ जनालाई केही वर्षअघि मात्र राष्ट्रिय शहीद घोषणा गरेर हरेक वर्ष आजकै दिन छिन्ताङ स्मृति दिवस मनाउने गरिएको छ ।

  • एमालेले आज देशभर १९९९ महाधिवेशन प्रतिनिधि चुन्दै, उच्च समझदारी अपनाउन ओलीको आह्वान

    एमालेले आज देशभर १९९९ महाधिवेशन प्रतिनिधि चुन्दै, उच्च समझदारी अपनाउन ओलीको आह्वान

    ‘काठमाडौं । नेकपा (एमाले)ले चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि शनिबार देशभर प्रतिनिधि चुन्दै छ । एमालले संगठित सदस्य संख्याका आधारमा देशभर एकै दिन १ हजार ९ सय ९९ प्रतिनिधिहरू चयन गर्न लागेको हो । उनीहरुले नै महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्ने छन् ।

    एमाले अध्यक्ष केपी शर्माले प्रतिनिधि छनोट उच्च समझदारीमा गर्न आह्वन गरेका छन् । शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारीसमेत भएको बताएका छन्।

    ‘चितवनमा आयोजना हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनका लागि भोलि कात्तिक २७ गते देशैभर एकै दिन १९९९ भन्दा बढी प्रतिनिधिहरुको चयन हुँदैछ,’ ओलीले भनेका छन्, ‘हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रलाई प्रणालीकोरूपमा मात्रै होइन प्रक्रिया र पद्धतिकारूपमा पनि बुझ्दछौं।’

    उन्नतस्तरको समझदारी र सहमति पनि लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो भन्दै ओलीले भनेका छन्, ‘ दलहरूका बीचमा प्रतिस्पर्धा हुन्छ र त्यो स्वस्थ हुनुपर्छ । दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हो । तसर्थ म सम्पूर्ण पार्टी सदस्यहरुलाई उच्च समझदारीका साथ आसन्न दशौं राष्ट्रिय महाधिवेशनका लागि आ–आफ्ना प्रतिनिधि छनौट गर्न हार्दिक आव्हान गर्दछु।’

    एमालेले आज महाधिवेशन प्रतिनिधि चयन गर्ने मिति तोकेको भए पनि अधिकांश ठाउँमा हिजोदेखि नै प्रतिनिधि छनोट शुरु भएको छ । धेरै ठाउँमा सहमतिमै प्रतिनिधि घनोट भएका विवरणहरु आएका छन् ।

    आज चयन भएका प्रतिनिधिको विवरण ३० गतेसम्म केन्द्रीय कार्यलयमा पठाइसक्नुपर्ने छ।

  • सूर्यमा ग्रहण लागिसक्यो, चुनावमा गठबन्धनले केपी गुटको पत्तासाफ गर्छ: माधव नेपाल

    सूर्यमा ग्रहण लागिसक्यो, चुनावमा गठबन्धनले केपी गुटको पत्तासाफ गर्छ: माधव नेपाल

    डडेलधुरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको टिप्पणी गरेका छन् ।

    बुधबार आयोजित पार्टीको कार्यक्रममा नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको दाबी गरे।

    ‘सूर्य चिन्ह ल्याउने मान्छे मै हुँ,’ नेपालले भने, ‘तर के गर्ने त्यही अहिले सूर्य चिन्हमा ग्रहण लागेको छ । अहिले हामी कलम लिएर अघि बढेका छौं । अब जनताले चिन्ने छन् न्यायको पक्षमा उभिने कलम नै हो ।’

    पाँच पार्टीको गठबन्धन बनेको भन्दै नेपालले आउने चुनावमा ‘केपी ओली गुट’ पत्तासाफ हुने दाबीसमेत गरे । ‘आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं, केपी गुटको पत्तासाफ हुने छ ।’

    ‘आउने चुनावमा केपी गुटको कति सिट आउँछ त्यो टर्च बालेर खोज्नुपर्छ भनेर मैले भनिसकेको छु,’ उनले थपे ।

  • ओलीको टिप्पणी-परमादेश सेटिङमा थियो भन्ने कुरा आफैं पोल खोलाखोल गर्दैछन्

    ओलीको टिप्पणी-परमादेश सेटिङमा थियो भन्ने कुरा आफैं पोल खोलाखोल गर्दैछन्

    विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ को सर्वोच्च अदालतको परमादेश पाँच दलीय गठबन्धन र न्यायाधीशहरूको सेटिङमा आएको थियो भन्ने पुष्टी भएको दाबी गरेका छन् ।

    सोमबार विराटनगरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सेटिङमा परमादेश आएको थियो भन्ने कुरा अहिले आफू-आफूमै पोल खोलाखोल गरेर पुष्टी गरिरहेको बताए ।

    ओलीले भने, ‘न्यायाधीशज्यूहरू अहिले आफैं भन्दै हुनुहुनुहुन्छ । सेटिङ रहेछ उहाँहरूबीच । कसका कसलाई मन्त्री बनाइदिने, कसका कसलाई राजदूत बनाइदिने, कसलाई पदक र तक्मा दिने । यो त देखिएको कुरा भयो । नदेखिएको के-के लेनदेन भयो अझै खुल्न बाँकी छ ।’

    ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्ने नयाँ नजिर स्थापित भएको भन्दै यसको फल भोलि सबैले भोग्नुपर्ने चेतावनी समेत दिए । ओलीले अदालत आफ्नै परमादेशका कारण विवादमा परेको र जनताको नजरमा गिरेको आरोपसमेत लगाए ।

  • कर्णालीका देउसेलाई केपी ओलीको २५ हजार दक्षिणा

    कर्णालीका देउसेलाई केपी ओलीको २५ हजार दक्षिणा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई निम्त्याएर देउसी खेल्ने कर्णालीका कार्यकर्ताको टिमलाई २५ हजार रूपैयाँ दक्षिणा दिएका छन् ।

    कर्णाली-काठमाडौं सम्पर्क कमिटीले आयोजना गरेको देउसी र सांस्कृति कार्यक्रमले नेपाली संस्कृति बोकेको भन्दै ओलीले यसलाई जोगाउने दायित्व नेकपा एमालेको काँधमा रहेको बताए ।

    ओलीले कर्णालीका देउसेलाई आफ्नो तर्फबाट २५ हजार रूपैयाँ पठाउने घोषणा समेत गरे । उनले कर्णालीबाट एमाले कमजोर पार्न खोजिए पनि सबैभन्दा सशक्त भएर उभिने दाबी गरे ।

  • प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्छन् – केपी ओली (लाइभ)

    प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्छन् – केपी ओली (लाइभ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने भन्दै सचेत रहन कार्यकर्ता पंक्तिलाई आह्वान गरेका छन् ।

    एमाले कर्णाली-काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले नभएको भए २०१७ सालको जस्ता घटना केही परमादेशकै क्रममा हुन सक्ने बताए ।

    ओलीले एमाले सरकार छाड्न तयार रहेको तर देशलाई तलमाथि हुन र संविधान तथा लोकतन्त्र कमजोर हुन नदिने बताए ।

  • थिमीका ऐतिहासिक सम्पदा अब पुस्तकमा, ओलीले गरे विमोचन (तस्बिरहरू)

    थिमीका ऐतिहासिक सम्पदा अब पुस्तकमा, ओलीले गरे विमोचन (तस्बिरहरू)

    भक्तपुर । भक्तपुरको थिमीका पुरातात्विक तथा पर्यटकीय स्थलहरूको तस्बिरपुस्तक प्रकाशन गरिएको छ ।

    मध्यपुर थिमी नगरपालिकाले प्रकाशन गरेको ‘गन्तव्य मध्यपुर थिमी’ नाम दिइएको सो तस्बिरपुस्तकको विहीबार एक समारोहका बीच पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरेका छन् । कार्यक्रममा ओलीपत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।

    पुस्तकमा मध्यपुर थिमीका कला, संस्कृति, पुरातत्व र पर्यटन झल्कने ऐतिहासिक स्थलहरूको तस्बिर समेटिएको छ । कला र सम्पदाका हिसाबले धनी मानिएको थिमीका सम्पदाको जर्गेनामा स्थानीय सरकारले गरेका कामको कार्यक्रममा चर्चा गरिएको छ ।

  • प्रचण्डलाई ओलीको जवाफ- चितवन कुरुक्षेत्र होइन, अब धार्मिक क्षेत्र हुन्छ

    प्रचण्डलाई ओलीको जवाफ- चितवन कुरुक्षेत्र होइन, अब धार्मिक क्षेत्र हुन्छ

    चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई कुरुक्षेत्र नभइ धार्मिक क्षेत्र बनाउने बताएका छन् । मंगलबार चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा ओलीले चितवनलाई किन कुरुक्षेत्र बनाउनु पर्‍यो ? भन्दै प्रश्न गरे ।

    केही दिनअघि चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन आगामी चुनावमा कुरुक्षेत्र बन्ने बताएका थिए । ‘कुरुक्षेत्र किन बनाउने ?,’ ओलीले भने, ‘प्रचण्डले पहिलेकै बैस सम्झेर कुरुक्षेत्र बनाउने भनेका होलान् । अब कुरुक्षेत्र होइन, यहाँ धर्मक्षेत्र हुन्छ । विकास, शान्ति र एकताको क्षेत्र हुन्छ ।’

    ओलीले जसले युद्ध चाहन्छ त्यसले हार्ने बताए । ‘कुरुक्षेत्रै बनाउन खोजेको हो भने म भन्न चाहन्छु, कौरवहरूले जितेका थिएनन्, पाण्डवहरूले जितेका थिए। जसले युद्ध खोज्छ उसले हार्छ,’ उनले भने।

    ओलीले आफूलाई विकाससँग चासो भएको बताए । ‘कसैले भन्लान् राजनीति गर्ने मान्छे, भौतिकवादी, मार्क्सवाद मान्ने मान्छे,’ उनले भने, ‘इतिहासको कुरा छ । इतिहास पहिल्याउने कुरा छ । हामीले यथार्थ इतिहास उत्खनन् गरेका छौं । यो कसैको विरुद्ध होइन, सत्य पहिल्याउने मात्रै हो ।’

    ओलीले अब माडी क्षेत्रमा पर्यटक बढ्ने समेत बताए ।

  • ओलीलाई प्रचण्डपुत्रीको सुझाव- माओवादीकै सहयोगमा प्रधानमन्त्री हुनेले ठूला कुरा नगरेकै बेस

    ओलीलाई प्रचण्डपुत्रीको सुझाव- माओवादीकै सहयोगमा प्रधानमन्त्री हुनेले ठूला कुरा नगरेकै बेस

    काठमाडौं । भरतपुर महानगरकी मेयर एवम् प्रचण्डपुत्री रेणु दाहालले एमाले अध्यक्ष ओली माओवादीको सहयोगमा दुई-दुई पटक प्रधानमन्त्री बनेको भन्दै ठूला कुरा नगर्न सुझाव दिएकी छिन् ।

    सोमबार एमाले भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै ओलीले दुई-दुई पटक प्रचण्डका लागि भोट मागेर जिताएको र अब त्यस्तो गल्ती नगर्ने बताएका थिए ।

    दाहालले त्यसको जवाफ फेसबुकमार्फत दिँदै पार्किन्सनको बिरामी श्रीमतीलाई छाडेर प्रचण्ड पनि ओलीका लागि भोट माग्न गएको र त्यही बेला आफ्ना भाइ प्रकाश दाहालको मृत्यु भएको उल्लेख गरेकी छिन् । ‘ओलीलाई भोट माग्न ओलीको क्षेत्रमा ओलीसहित अध्यक्ष क. प्रचण्ड झापा जाँदा घरमा आमा मात्र, त्यही पनि पार्किन्सनको बिरामी, भाइको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दु:खद घटना घट्यो ।’

    यदि प्रचण्ड ओलीका लागि भोट माग्न झापा नगइ घरमै भएको भए प्रकाश दाहालले समयमै उपचार पाउने र ज्यान जोगिन्थ्यो कि भन्ने उनको भनाइ छ । उनले भनेकी छिन्, ‘के थाहा समयमै अस्पताल लैजान पाएको भए भाइको ज्यान जोगिन पनि सक्थ्यो ।’

    यस्तो परिस्थितिमा माओवादीसँगको सहकार्यकै कारण ओली प्रधानमन्त्री बनेको र ओली एक्लैले दुईतिहाइ नल्याएको उनको भनाइ छ। ‘झण्डै दुईतिहाईको सरकार के ओली एक्लैले ल्याएको हो ?,’ उनको प्रश्न छ, ‘हो भने हामीले साथ छोड्दा त सबै गर्ल्यामगुर्लुम ढल्यो त । धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त ।’

    उनले थपेकी छिन, ‘इतिहासमा दुईपटक प्रधानमन्त्री माओवादीकै सहयोगमा भएकाले ठूला कुरा नगरेकै बेस होला ।’

  • ओलीको टिप्पणी- यो सरकार दिनदिनै लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छ

    ओलीको टिप्पणी- यो सरकार दिनदिनै लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छ

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार दिनदिनै खुइलिँदै जाने टिप्पणी गरेका छन् । सोमबार एमाले भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकार चल्दै जान्छ, लुतो लागेको कुकुरजस्तो खुइँलिदै जान्छ । यिनीहरू आफैं ढले अचम्म नमाने हुन्छ ।’

    तर, सरकार फेरबदल गर्न पनि आफूहरूको रुची नभएको ओलीले बताए । ‘हामी सरकार फेरबदलतिर छैनौं, हामी चुनावको तयारीमा छौं ।’

    अहिलेको सत्ता गठबन्धन दुई-दुई पटक चुनावबाट भागेको भन्दै ओलीले अब भने भाग्न नसक्ने बताए । उनले भने, ‘चुनावबाट कहिलेसम्म भाग्लान यिनीहरू ? दुई पटक भागे तर अब आफैं चुनाव घोषणा गर्नुपर्छ ।’

  • न्यायाधीशबारे ओलीको टिप्पणी- अमेरिकाबाट आएको इमेल पढ्दापढ्दै रोक्नुपर्ने भएछ

    न्यायाधीशबारे ओलीको टिप्पणी- अमेरिकाबाट आएको इमेल पढ्दापढ्दै रोक्नुपर्ने भएछ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक तरिकाले सर्वोच्चको परमादेशबाट आफ्नो पार्टीलाई सत्ताबाट हटाइएको बताएका छन् । एमालेलाई अगाडिबाट प्रहार गर्न नसकेर पछाडिबाट प्रहार गरिएको र यसमा सर्वोच्चका न्यायाधीशहरू प्रयोग भएको उनले दाबी गरे ।

    अमेरिकामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गरेको इमेल न्यायाधीसहरूको बैठकमा पढ्दापढ्दै रोकिएको प्रसंग ओलीले निकालेका थिए । नेपाल प्रेसमा प्रकाशित समाचारबारे टिप्पणी गर्दै ओलीले संवैधानिक ढंगले अगाडि जान नसकिएकाले असंवैधानिक ढंगले नै अगाडि बढेको स्वीकारोक्ति न्यायाधीशबाट आएको बताए ।

    ‘अमेरिकाबाट पठाएको इमेल पढ्दापढ्दै पढिनसक्नु भएपछि बन्द गर बन्द गर, भनेर रोके छन् । यो सबै बाहिर जाने हो भने त के-के पो निस्किने हो भनेर आधैमा, चौथाइमै रोकिएछ । यस्तो हालत छ । प्रतिक्रियावादीले यस्ता खालका क्रियाकलाप गर्छन्,’ ओलीले भने ।

    यो पनि पढ्नुहोस् :

  • चितवनमा ओलीले भने- झुक्किएर प्रचण्डका लागि दुई-दुई पटक भोट माग्न आएँ, अब गल्ती गरिन्नँ

    चितवनमा ओलीले भने- झुक्किएर प्रचण्डका लागि दुई-दुई पटक भोट माग्न आएँ, अब गल्ती गरिन्नँ

    चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा महाधिवेशन गर्ने कुरा ठूलो नभएको बताएका छन् । सोमबार एमालेको भतरपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यहाँ महाधिवेशन गरे पनि, नगरे पनि जित्ने दाबी गरे।

    ‘चितवनमा महाधिवेशन गर्ने कुन्‌सा ठूलो कुरा भयो,’ प्रचण्डतिर संकेत गर्दै ओलीले भने, ‘किन छटपटी ? महाधिवेशन गरेरमात्रै हामीले यो जिल्ला जित्ने होइन । महाधिवेशन गरे पनि, नगरे पनि हामी जित्छौं ।’

    ओलीले रेणु दाहाललाई कांग्रेसले बोकेको, आफूहरूले पनि गल्तीबस् बाउ (प्रचण्ड) लाई बोकेको भन्दै अब त्यस्तो गल्ती नहुने बताए । ‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको,’ ओलीले भने, ‘ अब त्यस्तो गल्ती गर्नु हुँदैन । जनताले एकपटक धोका पाए । म त झुक्किएर दुई-दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’

    रेणु दाहाललाई लक्षित गर्दै उनले भने, ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’

  • एमालेले गुमायो सबै सरकार, केन्द्रदेखि प्रदेशसम्म पूर्ण प्रतिपक्ष

    एमालेले गुमायो सबै सरकार, केन्द्रदेखि प्रदेशसम्म पूर्ण प्रतिपक्ष

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य ६८ दिनमै राजीनामा दिएर सरकारबाट बाहिरिएसँगै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सबै प्रदेश सरकार गुमाएको छ ।

    तत्कालीन वाम गठबन्धनमा चारवटा प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको एमालेले तत्कालीन नेकपा र पछिल्लो समय एमालेमै विभाजन आएपछि सबै सरकार छोड्नु परेको हो ।

    प्रदेश १ मा एमाले एकल बहुमतमा रहे पनि पार्टी विभाजित हुँदा १० भदौमा नियुक्त आचार्यले छोटो समयमै सरकार छाड्नु परेको हो ।

    आचार्यअघि गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र वागमतीमा अष्टलक्ष्मी शाक्य हटिसकेका छन् ।

    संघीय सरकारको समेत नेतृत्व गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीले गत २८ असारमा सर्वोच्चको परमादेशका कारण सरकार छाड्नु परेको थियो ।

    संघ र प्रदेशका सबै सरकार गुमाउनु परेपछि अब एमाले ‘पूर्ण प्रतिपक्ष’ बनेको छ ।

  • सडकमार्गबाट चितवन जाँदै ओली, बीच बाटोमा रोकेर स्थानीयले गरे स्वागत (तस्बिरहरू)

    सडकमार्गबाट चितवन जाँदै ओली, बीच बाटोमा रोकेर स्थानीयले गरे स्वागत (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चिवनतर्फ लागेका छन् । दुईदिने चितवन बसाइँका क्रममा आज उनी केही नेताहरूसहित काठमाडौंदेखि सडकमार्ग हुँदै चितवन गएका हुन् । दासढुंगादेखि प्रस्तावित अयोध्याधामसम्म पुग्ने ओलीको कार्यक्रम छ ।

    गाडी यात्राको क्रममा बीच बाटोमा स्थानीयबासीले ओलीलाई रोकेर स्वागत गरेका छन् । ओलीको स्वागतमा वृद्धवृद्धादेखि, महिला, युवा र कार्यकर्ताको भीड लागेको छ । ओलीसँगै स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य प्रभु साहलगायतका केन्द्रीय नेताहरू छन् ।

    ओलीले नारायणगढ-मुग्लिन सडकखण्डस्थित दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नेछन् । २०५० जेठ ३ गते जीप दुर्घटनामा परी तत्कालीन एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको रहस्यमय मृत्यु भएको थियो ।

    त्यसपछि ओलीले केन्द्रीय महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन गर्नेछन् । भरतपुरको हाकिम चोकमा रहेको चितवन मिडटाउन (सिएमटी) रिसोर्टमा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर सम्बोधन गरेपछि उनले केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्द्घाटन गर्ने कार्यक्रम छ ।

    चितवनमा मंसिर १० देखि १२ गतेसम्म एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ । भरतपुर–१० मदननगरमा एमाले चितवन पार्टी कार्यालयमा सम्पर्क कार्यालय स्थापना गर्न लागिएको हो ।

    एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार ओलीले महाधिवेशनको बन्दसत्र हुने सौराहा क्षेत्रको दिउँसो ४ बजे निरिक्षण गर्नेछन् ।

    एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार अध्यक्ष ओलीले १६ गते बिहान भरतपुर– १६ ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा निर्माणाधीन मिनि पानीजहाजको अवलोकन गर्नेछन् ।

    ओली १६ गते नै माडी अयोध्याधाम पुग्नेछन् ।

     

  • ओलीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो, बालुवाटारमै हेलिप्याड राखेछन् : माधव नेपाल (भिडिओ)

    ओलीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो, बालुवाटारमै हेलिप्याड राखेछन् : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टाचारले बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भ्रष्टाचारले सीमा नै नाघेको उनले दावी गरे ।

    पार्टीनिकट नेपाल समाजवादी इन्जिनियरिङ एशोसिएसनको भेलामा बोल्दै नेपालले देशमा अहिले सर्वत्र भ्रष्टाचार व्याप्त रहेको बताए ।

    नेपालले भने, ‘म प्रधानमन्त्री बन्दा यस्तो भ्रष्टाचार थिएन । अहिले त अहो, कति भ्रष्ट भइसकेछ हाम्रो देश । केपी ओलीको पालमा त भ्रष्टाचारले सीमा नै नाघेछ ।’

    उनले थपे, ‘म भ्रष्टाचार पनि गर्दिन र गरेको पनि सहँदिन भन्ने तर भ्रष्टाचारीलाई नै संरक्षण गर्ने । यस्ता गफाडीको हातमा यो देश गयो ।’

    पछिल्लोपटक बालुवाटारमा समेत हेलिप्याड बनाइएको भन्दै उनले विरोध जनाए ।

    ‘हुँदाहुँदा बालुवाटारमा पनि हेलिप्याड बनाएछन् । के हो त्यो अग्लो भनेको त, अस्ति पो प्रधानमन्त्रीले मन्त्रीहरूलाई बाढीपहिरो हेर्न जानुपर्‍यो बालुवाटारमा पठाइदिनुस् भने । किन भनेको त त्यहीँ पो हेलिप्याड रहेछ । किन चाहियो बालुवाटारमा हेलिप्याड ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुपर्‍यो । जम्मा १० मिनेटमा पुगिन्छ । अझ शीतलनिवासमा पनि बनाउने भन्ने सुन्दैछु । म हेलिप्याडको विरोधी हुँ’, नेपालले भने ।

    अरु देशले एउटा विमानस्थल एकाध वर्षमा बनाइसक्ने तर नेपालमा एउटा बाटो बनाउन पनि १० वर्ष लाग्ने गरेको नेपालको गुनासो छ ।

     

  • एमाले अध्यक्ष ओली चितवन आउँदै, अयोध्याधामको अवलोकन गर्ने

    एमाले अध्यक्ष ओली चितवन आउँदै, अयोध्याधामको अवलोकन गर्ने

    चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित माडीको अयोध्याधाम अवलोकन गर्ने भएका छन् । उनी पर्सि मंगलबार पहिलोपटक अयोध्याधाम आउने भएका हुन् ।

    २०७७ असार २९ भानुजयन्तीका दिन बालुवाटारमै आयोजित कार्यक्रममा ओलीले राम भारतीय हुँदै नभएको भन्दै नेपालमै जन्मेको र अयोध्या पनि नेपालमै रहेको अभिव्यक्ति दिएपछि माडीको अयोध्यापुरी चर्चामा आएको थियो । अयोध्याधाममा वागमती प्रदेश सरकारको करिब ३० लाख लगानीमा मन्दिर, सत्तल, सुरक्षा गार्ड बस्ने भवन र शौचालय बनेको छ । ओली नेतृत्वको सरकारले अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षण गर्न १ करोड बजेट विनियोजन गरेको थियो । पुरातत्व विभागमार्फत देशभरका पुरात्विक स्थलको संरक्षण गर्न ४८ करोड बजेट विनियोजन भएको थियो ।

    माडी नगरपालिकाले अयोध्याधामका लागि १०० बिघा जमिन प्रस्ताव गरेको थियो । ओलीकै निर्देशनमा बालुवाटारमै राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदको मूर्ति बनाएर गत वैशाखमा काठमाडौंदेखि रथयात्रा गरेर मूर्ति राखिएको थियो । ओलीले माडीमा अयोध्याधाम निर्माण गर्ने कार्यलाई सफल पार्ने अडान लिँदै आइरहेका छन् । प्रमाण र अनुसन्धानबिना अयोध्याधाम बनाउन लागेको भनेर उनको आलोचना पनि हुँदै आएको छ ।

    माडी नगरपालिका-९ मा पर्ने अयोध्याधाम भरतपुरदेखि करिब ५० किलोमिटर दूरिमा छ । यहाँ रामायणसँग जोडिएका अयोध्यापुरी, वाल्मीकि आश्रम, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्डलगायतका धार्मिक क्षेत्रहरू छन् । एमाले माडीका नेता श्रीप्रसाद दवाडीले अयोध्याधाम अवलोकनपछि ओलीले सम्बोधन गर्ने बताए ।

    त्यसपछि उनले एमाले भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गर्नेछन् । ‘कात्तिक १५ गते ११ बजे चितवन आउँनुहुनेछ, अधिवेशन उद्घाटन र सम्बोधन गर्नुहुनेछ’, एमाले भरतपुर महानगर अध्यक्ष रामप्रसाद न्यौपानेले भने, ‘केन्द्रीय महाधिवेशनको तयारीबारे जानकारी र महाधिवेशनस्थल निरीक्षण गर्नुहुनेछ ।’

    ओलीको चितवन भ्रमणबारे एमाले भरतपुर महानगर कमिटीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दैछ ।

  • ओलीसँग घनश्यामको आग्रह-१० बुँदे जे भनेर गरिएको थियो त्यसैगरी लागू गरियोस्

    ओलीसँग घनश्यामको आग्रह-१० बुँदे जे भनेर गरिएको थियो त्यसैगरी लागू गरियोस्

    काठमाडौं। नेकपा (एमाले) का नेता घनश्याम भुसालले १० बुँदे कार्यान्वन नभएको भन्दै त्यसको कार्यान्वयनमा जोड दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै भुसालले जे भनेर १० बुँदे गरिएको थियो, त्यसै गरी लागू गर्न पनि आग्रह गरेका छन् ।

    ‘हाम्रोजस्तो जिम्मेवार इतिहास भएको पार्टीको सांस्कृतिक आनुवंशिकीमा विकृति उत्पन्न भयो भने त्यसले पिँढी दरपिँढीसम्म आन्दोलनलाई प्रभाव पार्छ,’ कोरानाका कारण आइसोलेसनमा बसेका भुसालले लेखेका छन्, ‘तसर्थ कमरेड अध्यक्षसँग मेरो अनुरोध के छ भने दशबुँदे जे भनेर गरिएको थियो त्यसैगरी लागू गरियोस् ।’

    भुसालले हालै सम्पन्न विधान महाधिवेशन जसरी हुनुपथ्र्यो त्यसरी नभएको पनि टिप्पणी गरेका छन् । ‘मुख्यतः पार्टीका नीति तथा सिद्धान्त र विधानमाथि पार्टीव्यापी र प्रतिनिधिहरुका बीचमा जुन गहिराइमा छलफल हुनुपर्थ्यो, त्यो हुन सकेन,’ उनको उनको भनाइ छ, ‘दोस्रो, महाधिवेशनको आयोजना जे जसरी भयो त्यस सम्पूर्ण प्रक्रियामा पार्टीको संस्थागत प्रक्रियाको घोर अवमूल्यन भयो ।’

    संस्थागत निर्णयबिनै विधान महाविधेशनका प्रक्रिया संचालन गरेको उनको अरोप छ। ‘प्रतिनिधिको निर्णय, दस्तावेजहरूको अन्तिम तयारी, टोलीहरू र टोली नेताहरूको निर्णय, महाधिवेशन सञ्चालनको प्रक्रियालगायत क्रियाकलापहरू कुनै संस्थागत निर्णयबिना हुनुले नेकपा एमालेको पारदर्शी र संस्थागत चरित्रत्रलाई प्रतिनिधित्व गर्दैनन्,’ भुसालको भनाइ छ, ‘आगामी दिनमा यी कमजोरीहरू हटाउनै पर्छ ।’

    पार्टीसँग आफ्नो ठोस कार्यक्रम नहुनु भनेको अकल्पनीय भन्दै भुसालले त्यो तय गरेर जानुपर्नेमा जोड दिएका छन्। ‘हाम्रोजस्तो इतिहास भएको पार्टीसँग आफ्नो ठोस कार्यक्रम नहुनु भनेको अकल्पनीय कुरा हो,’ उनले लेखेका छन्, ‘पार्टीको स्पष्ट कार्यक्रमले पार्टीको सम्पूर्ण पंतिलार्ई दलाल पुँजीवादको वर्चश्वलाई अन्त्य गर्दै र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादका आधार तयार गर्ने दिशामा निर्देशित गर्छ ।’

    उनले थपेका छन्, ‘नवौँ महाधिवेशनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा पनि पार्टीको भावी कार्यक्रमको एउटा नाराका रूपमा अगाडि ल्याएको थियो । पार्टीको ठोस कार्यक्रम नहुँदा हाम्रो उक्त नारा पनि अपरिभाषित नै रहेको छ । ‘

  • एमाले कमजोर भयो कि भन्ने भ्रम पर्न दिनु हुँदैन : ओली

    एमाले कमजोर भयो कि भन्ने भ्रम पर्न दिनु हुँदैन : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पार्टी कमजोर छ भन्ने भ्रम पर्न दिन नहुने बताएका छन् । शुक्रबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले जनताको भरोसा एमालेप्रति नै रहेको दावी गरे ।

    ‘आम जनताको हामीप्रति माया, विश्वास र भरोसा छ,’ ओलीको जोड छ, ‘नेकपा एमालेले केही गर्छ र अरुले केही गर्दैनन् भन्ने विश्वास आम जनतामा छ । जनतामा एमाले कमजोर भयो कि भन्ने भ्रम पर्न दिनु हुँदैन ।’

    विपक्षीले भ्रम पार्न खोजेको भए पनि त्यसलाई चिर्ने गरी अगाडि बढ्न ओलीले निर्देशन दिए । उनले भने, ‘विपक्षीहरूमा पनि कुनै भ्रम छ भने, भ्रममा पार्न खोजेको छ भने ती प्रयासहरुलाई पनि पराजित गर्ने गरी बढ्न जरुरी छ ।

  • एमालेका नवनियुक्त दुई केन्द्रीय सदस्यले लिए सपथ

    एमालेका नवनियुक्त दुई केन्द्रीय सदस्यले लिए सपथ

    काठमाडौं । नेकपा (एमाले) का नवनियुक्त दुई केन्द्रीय सदस्यले सपथ लिएका छन् ।

    कुन्दन कुशवाह र मोहम्मद समीरले पद तथा गोपनीयताको सपथ लिएका हुन् । दुवैजना प्रभु साहनिकट हुन् । उनीहरूलाई एमाले स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य नियुक्त गरेको थियो ।

    शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकअघि अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

  • च्यासलमा महाधिवेशन केन्द्रित एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

    च्यासलमा महाधिवेशन केन्द्रित एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकले हिजोको स्थायी समिति बैठकका निर्णय अनुमोदन गर्नेछ ।

    त्यसबाहेक बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षा साथै आसन्न दशौं राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्नेछ ।

    हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । त्यसलाई अनुमोदन गर्ने कार्यतालिका रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    त्यस्तै १० बुँदे सहमतिअन्तर्गत कार्यान्वयन हुन बाँकी रहेका बुँदामा आवश्यकताअनुसार निर्णय हुने भएको छ । भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयनमा जोड दिइरहेका छन् ।

    मंसिर १० देखि १२ सम्म चितवनमा हुने निर्णय भएको दशौं राष्ट्रिय महाधिवेशनस्थलबाट फर्केका मूल व्यवस्थापन समहितिका सहसंयोजक सुरेन्द्र पाण्डेले त्यहाँ भइरहेका तयारीबारे आजको बैठकमा ‘ब्रिफिङ’ गर्नेछन् ।

    एमालेको राष्ट्रिय महाधिवेशन चिवतनको नारायणगढस्थित नारायणी किनारमा उद्घाटन र पर्यटकीय क्षेत्र सौराहामा बन्द सत्र सन्चालन गर्ने तयारी छ ।

  • एमाले अध्यक्ष ओलीसँग स्पेनी सभामुखको भेटघाट

    एमाले अध्यक्ष ओलीसँग स्पेनी सभामुखको भेटघाट

    काठमाडौं । नेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

    वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा हिजो काठमाडौं आएकी उनले आज ओलीसँग भेटघाट गरेकी हुन् ।

    यसअघि बिहीबार देल्गाडोको टोलीले पाटन दरबार स्क्वायरको भ्रमण गरेको थियो ।

  • च्यासलमा एमाले स्थायी कमिटी बैठक (तस्बिरहरू)

    च्यासलमा एमाले स्थायी कमिटी बैठक (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी छ।

    अपराह्न ४ बजेदेखि सुरू भएको बैठकका मुख्य एजेण्डा एमालेको स्थानीय अधिवेशनको समीक्षा, आसन्न महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड निर्माण गर्नेलगायतका छन् ।

    बैठकले भोलि बस्ने केन्द्रीय कमिटीका लागि एजेण्डा पनि तय गर्नेछ ।

    तस्बिरहरू : उमेश कार्की/राजन काफ्ले

  • सभामुख एमालेविरुद्ध नांगो ढंगले षडयन्त्रमा उत्रिएः ओली (भिडिओ)

    सभामुख एमालेविरुद्ध नांगो ढंगले षडयन्त्रमा उत्रिएः ओली (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका संसदको नेतृत्व ठीक नभएको टिप्पणी गरेका छन् । सभामुख नै एमालेविरुद्ध नांगो ढंगले षडयन्त्रमा उत्रिएकाे उनले आराेप लगाए ।

    सभामुख अग्निप्रसाद सापकोटाप्रति पहिलेदेखि नै आक्रोस पोख्दै आएका ओलीले एमालेको पत्र विचाराधीन राखेर निर्वाचन आयोगलाई आफ्नो पार्टीविरुद्ध काम गर्न सहयोग पुर्‍याएको आरोप लगाए ।

    ‘नेकपा एमालेको पत्र विचाराधीन राखेर निर्वाचन आयोगलाई एमालेविरुद्धका गतिविधि गर्नका लागि सजिलो बनाइदिने,’ ओलीले भने, ‘व्यवस्थापिका प्रभावकारी ढंगले अघि बढ्न सकेन । निस्प्रभावी भयो र पक्षपातपूर्ण भयो । त्यसको नेतृत्व नै ठीक भएन ।’

    ओलीले आफ्नो सरकारले ल्याएका अध्यादेश खारेज गर्ने र संसदमा विचाराधीन विधेयक पनि अगाडि नढाइएको बताए । ओलीले चार वर्षअघि जनताले दिएको जनादेशको व्यवस्थापिकामा दुरुपयोग भएको पनि आरोप लगाए ।

  • ओलीको सुझाव- परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा गर्नुस् न ! (भिडिओ)

    ओलीको सुझाव- परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा गर्नुस् न ! (भिडिओ)

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । उनले न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा सर्वोच्च अदालतको मानमर्दन भएको टिप्पणी गरे ।

    एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले भने, ‘न्यायाधीशहरू आफैं कसले के-के गरेको थियो भनेर उधिन्न थाल्नुभएको छ । आफैं उधिन्दै जाँदा विभिन्न कुरा निस्किन थालेका छन् । यदि परमादेश पाँचै जनाले गर्नुभएको थियो भने एकजनाले मात्र किन राजीनामा दिने ? पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ?’

    अदालतलाई मर्यादित र निर्विवाद बनाउन ओलीले सुझाव दिए । अदालतलाई विवाद र तमासाको थलो बन्न नदिन उनको आग्रह छ ।

    ओलीले थपे, ‘यो न्यायाधीश राख्नुहुन्छ यो राख्नुहुन्न भन्ने । यो राखे आफू नबस्ने भन्ने । बारले इजलास गठन गर्ने । अधिवक्ताले इजलास गर्ने । पोल खोलाखोल गर्दै गर्ने । यो ठीक भएन ।’

  • प्रचण्ड-माधवलाई ओलीको चुनौती : हामीले टाँसिदिएको जुँगामा ताउ नलगाऊ, अर्को चुनाव जितेर देखाऊ (भिडिओ)

    प्रचण्ड-माधवलाई ओलीको चुनौती : हामीले टाँसिदिएको जुँगामा ताउ नलगाऊ, अर्को चुनाव जितेर देखाऊ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अर्को चुनाव जित्न नसक्ने दावी गरेका छन् । नेपाललाई अपराधिक तत्व संज्ञा दिँदै उनले अब एमालेमा उनको स्थान नभएको बताए ।

    झापामा वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड-माधवलाई आफूहरूले टाँसिदिएको जुँगामा ताउ नलगाउन आग्रह गरे ।

    ‘संसदमा एक-दुईजना मान्छेहरू उफ्रिपाफ्री गरिरहेका छन्,’ ओलीले भने, ‘हामीले टाँसिदिएका जुँगामा ताउ नलगाऊ, पहिले आफू जुँगा उमार ।’

    उनले अगाडि थपे, ‘हामीले चुनाव जिताइदिएर संसदमा ल्याएको हो । प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो । अब जितेर देखाउन् । उनीहरूलाई कसले भोट दिन्छ ? विनाशकारी, विध्वंसकारी तत्वलाई कसले भोट दिन्छ ? जनताले भन्नेछन्- जाऊ अदालत गएर परमादेश लिएर आऊ, हामीकहाँ किन आउँछौं ?’

    माधव नेपाललाई अपराधिक तत्वको संज्ञा दिँदै ओलीले उनलाई एमालेमा अब कुनै स्थान नरहने बताए ।

    ‘बिग्रिएका तत्व पार्टीमा थुपारेर काम छैन । माधव नेपालबाहेक अरु फर्किए हुन्छ, तर माधव नेपालजस्ता आपराधिक तत्वलाई एमालेमा स्थान दिइँदैन । यो देश बनाउनेहरुको पार्टी हो । माधव नेपालजस्ता देशी-विदेशी प्रतिक्रियावादीको सेवा गर्ने र कम्युनिष्ट सरकार ढाल्नेलाई यहाँ कुनै स्थान छैन,’ ओलीले भने ।

    माधव नेपालको पछि लागेका दुई-चार जना अझै अलमलमा परिरहेको देख्दा आफूलाई अचम्म लागेको उनले बताए ।

  • मोहनप्रसादको ‘कन्फिडेन्स’- फागुनपछि मेरै छोरो प्रधानमन्त्री, ५ वर्षलाई एमालेको एकल बहुमत (तस्बिरहरू)

    मोहनप्रसादको ‘कन्फिडेन्स’- फागुनपछि मेरै छोरो प्रधानमन्त्री, ५ वर्षलाई एमालेको एकल बहुमत (तस्बिरहरू)

    झापा । काठमाडौंबाट विशेष कार्यक्रम लिएर गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चन्द्रगढी विमानस्थलबाट सीधै पृथ्वीनगर पुगे ।

    भद्रपुर नगरपालिका-१ पृथ्वीनगरमा ९० वर्षीया बुबा मोहनप्रसाद ओली बस्छन् । बुबालाई भेट्न ओली पुग्दा कार्यकर्ता र समर्थकले पृथ्वीनगरस्थित मोहनप्रसादको घर घेरिसकेका थिए ।

    केहीबेर बुबा र छोराबीच भलाकुसारी चल्यो । घरबाहिरै कुर्सीमा बाबु छोरा बसेर सन्चो बिसन्चोका कुरा गरेपछि ओली कार्यक्रमका लागि विर्तामोडतिर लागे । छोरासँग कुरा गरेपछि मोहनप्रसादले अब चुनावपछि एमालेले एक्लै बहुमत ल्याउने दावी गरे ।

    छोरालाई आफूले आशीर्वाद दिएको भन्दै ओलीले भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’

    केपी ओलीलाई षड्यन्त्र गरेर हटाए पनि जनताले फेरि सत्तामा पुर्‍याउने भन्दै उनले आफ्नो आशीर्वाद सधैँ रहेको बताए । दुईपटक मिर्गौला फेरेका छोरोलाई अझै २० वर्ष केही नहुने समेत उनले दावी गरे ।

  • गृहजिल्ला झापामा ओलीको भव्य स्वागत (तस्बिरहरू)

    गृहजिल्ला झापामा ओलीको भव्य स्वागत (तस्बिरहरू)

    झापा । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् । काठमाडौंबाट यती एयरलाइन्सको जहाजमा भद्रपुर पुगेका उनलाई विमानस्थलमा नेता-कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

    ओलीलाई एमाले नेता सुवास नेम्वाङसहित प्रदेश १ का नेता र स्थानीय कार्यकर्ताले स्वागत गरे । उनीसँगै लेखराज भट्ट, अनेरास्ववियू अध्यक्ष सुनिता बराललगायतका नेता कार्यकर्ता पनि झापा आएका छन् ।

    यसअघि टीकाको अघिल्लो दिन शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन ओली झापा आएका थिए ।

    यसपाली गृहनगर झापासहित उनी तीन दिन प्रदेश १ मा रहने भएका छन् । आजै १२ बजे बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्नेछन् ।

    भोलि गौरादह नगरपालिका-५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम छ । भोलि नै गौरीगञ्ज बजारमा दसैँतिहार, छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई उनले सम्बोधन गर्ने बताइएको छ ।

    भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी पार्टी नेताहरूसँग छलफल गरेर ओली मंगलबार काठमाडौं फर्कने कार्यतालिका छ ।

     
     
    
      
     
     
    
    
    
     
    
  • एमालेको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरू

    एमालेको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरू

    काठमाडौं । हिजोदेखि जारी नेकपा (एमाले) को स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरू भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी छ ।

    हिजोको बैठकले एमालेको १० औं महाधिवेशन स्थल तोक्दै रामबहादुर थापाको नेतृत्वमा मुल व्यवस्थापन कमिटी गठन गरेको थियो ।

    आजको बैठकमा १० बुँदेलाई लिएर अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीपछि सिर्जना भएको विवादमाथि छलफल हुने बताइएको छ ।

    अध्यक्षको टिप्पणीमा ‘१० भाइ नेता’ हरू असन्तुष्ट बनेपछि यसबारे त्यसको कार्यन्वयन सहजीकरण गर्न बनाइएको कार्यदलमा छलफल भएको थियो ।

    उक्त कार्यदलले आजको बैठकमा सुझाव पेस गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका थिए ।

  • एमालेको निर्वाचन आयोगका पदाधिकारीले लिए सपथ

    एमालेको निर्वाचन आयोगका पदाधिकारीले लिए सपथ

    काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन आयोगका पदाधिकारीले सपथ लिएका छन् । विहीबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी समिति बैठकमा आयोगका अध्यक्ष र सदस्यहरूले सपथ लिएका हुन् ।

    असोज १५ देखि १७ गतेसम्म चलेको विधान महाधिवेशनले विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग गठन गरेको थियो । आयोग सदस्यहरूमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे छन् ।

    सुब्बा नेतृत्वको आयोगले एमालेको १० औं महाधिवेशनमा निर्वाचन संचालन गर्नेछ ।

  • १० बुँदेको बाजा नबजाऊ : ओली, सहमति एकतारे नभइ ११ तारे बिगुल : रावल

    १० बुँदेको बाजा नबजाऊ : ओली, सहमति एकतारे नभइ ११ तारे बिगुल : रावल

    काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद समाधनका लागि गरिएको १० बुँदे सहमतिबारे नेताहरूबीच विवाद सुरू भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमै राख्ने सन्दर्भमा १० बुँदे गरिएको भए पनि अहिले त्यो असान्दर्भिक भइसकेको भन्दै त्यसको एकतर्फी बाजा नबजाउन आग्रह गरेका छन् ।

    बुधबार एमाले वागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अब १० बुँदेको ट्यान्ड्याङ धैरै नबजाउन भनेका थिए । ओलीकै शैलीमा उपाध्यक्ष भीम रावलले पनि जवाफ फर्काएका छन् ।

    उनले १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाउन बजाइएको ११ तारे विगुल भएको बताएका छन् । ट्वीटरमार्फत ओलीलाई जवाफ फर्काएका रावलले स्वास्थ्यका लागि ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक भनेका छन् ।

    ओलीले के भनेका थिए ?

    हिजो कताको के-को यो १० बुँदे केजाति केजाति यो एकतारे बजाएर .. गोविन्द दश बुँदे, दश बुँदे, दश बुँदे यो पनि धेरै गरिरहनु आवश्यक छैन ।

    एकठाउँ मिलेर एकताबद्ध भएर अगाडि बढौं न खुरूक्क। अब कति बजाउने १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ, ट्यान्ड्याङ, माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो।

    रावलको जवाफ

    १० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे बिगुल हो । यसको धुन संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।

  • ओलीको दावी- एमालेले चाह्यो भने यो सरकार एक सातामा ढल्छ

    ओलीको दावी- एमालेले चाह्यो भने यो सरकार एक सातामा ढल्छ

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहेको अहिलेको सरकार सात दिनभित्र ढल्ने दावी गरेका छन् । सरकारमा लोभीपापीमात्रै रहेको भन्दै ओलीले उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने बताए ।

    ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ,’ एमालेको वागमती प्रदेश कमिटी बैठकमा उनले भने,‘यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ ।’

    आफ्नो अभिष्ट भने सरकार बनाउने नभइ देश बनाउने भएको ओलीको भनाइ छ । ‘तर हाम्रो अभिष्ट सरकार बनाउने होइन । देश बनाउने र सरकार बनाउने कुरा फरक छ । हामी जित्ने, सरकार बनाउने कुरा किन गरिराखेका छौं भने जित्नका लागि । देश बन्ने निश्चित गरेरमात्रै हामी सरकार बनाउँछौं ।’