Tag: केन्द्रीय सदस्य

  • दलित महिलातर्फको केन्द्रीय सदस्यमा देउवापक्षको क्लीन स्वीप

    दलित महिलातर्फको केन्द्रीय सदस्यमा देउवापक्षको क्लीन स्वीप

    काठमाडौं । नेपाली कांग्रेसको दलित महिला तर्फको केन्द्रीय सदस्य पदमा सभापति शेरबहादुर देउवा पक्षले क्लीन स्वीप गरेको छ । दलित महिलातर्फ निर्वाचित हुने ४ पदमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी भएका हुन् ।

    लक्ष्मी र सुजाता यसअघि पनि केन्द्रीय सदस्य थिए भने चितवनकी शान्ति र पाल्पाकी रुपाले पहिलो पटक केन्द्रीय समितिमा प्रवेश पाएका हुन् ।

  • दलित खुलातर्फको केन्द्रीय सदस्यमा को-को विजयी भए ?

    दलित खुलातर्फको केन्द्रीय सदस्यमा को-को विजयी भए ?

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा दलित खुलातर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा.शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन् ।

    दलित खुलातर्फ मानबहादुर नेपाली, प्रकाश रसाईली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका हुन् । निर्वाचितमध्ये स्नेही कोइराला प्यानलका हुन् भने अरु सबै देउवा प्यानलका हुन् ।

  • २३ वर्षीया सुष्मा बनिन् राप्रपा केन्द्रीय सदस्य, जितपछि यसो भन्छिन्

    २३ वर्षीया सुष्मा बनिन् राप्रपा केन्द्रीय सदस्य, जितपछि यसो भन्छिन्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धेरैले पुरातन सोचका पाका व्यक्तिहरुको पार्टी ठान्छन् । तर, राजतन्त्रको एजेन्डा बोकेको यस पार्टीमा युवा–युवतीको पुरै खडेरी भने छैन । आज निर्वाचित भएको नयाँ नेतृत्वमा पनि थुप्रै युवा अनुहारहरु देख्न सकिन्छ ।

    बारा जिल्लाकी २३ वर्षकी सुष्मा मिश्र राप्रपाको केन्द्रीय समितिमा निर्वाचित भएकी छन् । उनी राप्रपाकी कान्छी केन्द्रीय सदस्य बनेकी छन् । कमल थापाको प्यानलबाट उम्मेदवार भएकी सुष्माले १२८७ भोट ल्याउँदै केन्द्रीय सदस्य चुनिएकी हुन् ।

    सुष्मा हाल राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष छिन् । उनी राप्रपाको बारा क्षेत्र नम्बर ३ कि क्षेत्रीय उपाध्यक्षसमेत हुन् । आगमी दिनमा पार्टी राजनीति र विद्यार्थी राजनीतिलाई एकसाथ बढाउने उनको योजना छ ।

    जितपछि प्रतिक्रिया दिँदै सुश्माले आफ्नो व्यक्तिगत राजनीतिमा यसले ठूलो अर्थ राखने बताइन् ।

    उनले भनिन्, ‘जित्छु भन्ने आशा थियो । तर, हारका लागि पनि तयार थिएँ । चुनावी प्रक्रियामा हार-जितलाई सामान्यरुपमा लिनुपर्छ ।’

    राप्रपाले बोकेको राजसंस्था र हिन्दू राज्यको ऐजेन्डा मन गरेर राजनीति गर्न यो पार्टी रोजेको सुश्माले बताइन् । उनले कक्षा १० पढ्दै गर्दा राजनीति सुरु गरेकी थिइन् । हाल बीएएलएलबी चौथो वर्षमा अध्ययरत उनी पढाइ र राजनीतिलाई सँगसँगै अगाडि बढाइरहेकी छन् ।

    महाधिवेशनमा सुष्माले अध्यक्ष पदमा कमल थापालाई समर्थन गरेकी थिइन् । थापा पराजित भए पनि आफूलाई पार्टी नेतृत्वमा प्रतिकुलता नहुने उनले विश्वास लिएकी छन् ।

    ‘हाम्रो प्यानलका धेरैजना विजयी हुनुभएको छ, त्यसैले म आत्तिएकी छैन,’ उनले भनिन् ।

  • केन्द्रीय सदस्यमा हरि राईको दाबी, भन्छन्- सबल र सक्षम एमालेका लागि मेरो उम्मेदवारी (भिडिओ)

    केन्द्रीय सदस्यमा हरि राईको दाबी, भन्छन्- सबल र सक्षम एमालेका लागि मेरो उम्मेदवारी (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका युवा नेता हरिबहादुर राईले १०औं राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । भोजपुर टेम्केमैयुङ गाउँपालिकाका राईले आदिवासी जनजाति कोटाबाट उम्मेदवारी दिने बताएका हुन् ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई राजनीतिक, वैचारिक र सांगठानिकरूपमा सबल र सक्षम बनाउन आफ्नो उम्मेदवारी भएको बताए । केन्द्रीय सदस्यमा दाबी पेस गर्नुको आधारबारे राईले भने, ‘मेरो जिन्दगी नै पार्टी निर्माण र समाज परिवर्तनमा समर्पित गरेको छु । विद्यार्थी, युवा हुँदै अहिले पार्टी केन्द्रीय कमिटीमा पनि छु । यीनै अनुभवलाई संगाल्दै राजनीतिक परिवर्तन संस्थागत गर्न सशक्त एमालेका लागि मेरो उम्मेदवारी हो ।’

    २०३९ सालबाट विद्यार्थी राजनीति सुरू गरेका राईले २०४० सालमा अनेरास्ववियु एकता पाँचौंको सदस्यता लिएका थिए । उनी २०४२ मा अनेरास्ववियु प्रारम्भिक कमिटी, २०४७ माघमा नेकपा एमाले गाउँ कमिटीको उपसचिव भए ।

    २०४९ सालमा एमाले जिल्ला कमिटी सदस्य बनेका राई २०५४ मा जिविस भोजपुरको सदस्य निर्वाचित भए । २०६५-२०६८ मा एमाले भोजपुरको उपसचिव भएका उनी १४ वर्षसम्म युवा संघको केन्द्रीय नेतृत्वमा रहे ।

    २०६६ सालमा युवा संघको लहान महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष बनेका राई युवा संघको सातौं महाधिवेशनबाट केन्द्रीय सल्लाहकार सभापति बनेका थिए ।

    राई एमालेको नवौं महाधिवेशनबाट वैकल्पिक सदस्यमा निर्वाचत भए । हाल उनी एमाले केन्द्रीय सदस्य छन् ।

  • आमन्त्रित केन्द्रीय सदस्यको मागमा रामचन्द्र असहमत, देउवाले भनेः अन्याय हुन दिइन्न

    आमन्त्रित केन्द्रीय सदस्यको मागमा रामचन्द्र असहमत, देउवाले भनेः अन्याय हुन दिइन्न

    काठमाडौं । कांग्रेसमा सामूहिक राजीनामा घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्यको मागप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले सिधा असहमति व्यक्त गरेका छन् । सभापति देउवाले नरम प्रतिक्रिया दिए ।

    आजको  केन्द्रीय  समिति बैठकमा २२ जना आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा पछि बोलेका पौडेलले उनीहरुको माग पूरा हुन नसक्ने भन्दै राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

    उनले बैठकमा भने, ‘म पनि वडाबाटै चुनिएर आउने हो, विधानमा भएको व्यवस्थालाई परिवर्तन गर्न मिल्दैन । कि सभापतिले विधान संसोधन प्रस्ताव ल्याउनुपर्यो । होइन भने विधानमा नभएको व्यवस्था तपाईंहरुका लागि मात्रै कसरी गर्ने ?’

    अन्तिममा बोलेका सभापति देउवाले भने राजीनामा दिनेहरुको माग सुन्ने बताए ।

    उनले भने, ‘राजीनामा दिनेको माग सुन्छौं र बुझ्छौं । महाधिवेसनमा पनि यसबारे छलफल हुन्छ । कसैलाई पनि अन्याय हुन दिइन्न ।’

    संक्षिप्त प्रतिक्रियापछि देउवाले आजको बैठक सकिएको घोषणा गरेका थिए ।

    कांग्रेसमा केन्द्रीय सदस्यहरु स्वतः महाधिवेसन प्रतिनिधि हुने व्यवस्था छ । तर आमन्त्रित केन्द्रीय सदस्यहरुलाई त्यो सुविधा छैन । पार्टीको विधानमा १० जना मात्रै आमन्त्रित केन्द्रीय सदस्यको व्यवस्था भए पनि अन्य पार्टीबाट समायोजन गर्दा २२ जना बनाइएको थियो ।

    कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरु सबै देउवाले मनोनित गरेका हुन् । त्यसैले वरिष्ठ नेता पौडेल उनीहरुको मागप्रति उदार छैनन् । कांग्रेसको अर्को बैठक भोली २ बजे बस्ने छ ।

  • नेपाल प्रेसकर्मी दाहाल पत्रकार महासंघ केन्द्रीय सदस्यको उम्मेदवार

    नेपाल प्रेसकर्मी दाहाल पत्रकार महासंघ केन्द्रीय सदस्यको उम्मेदवार

    काठमाडौं । नेपाल प्रेसका न्यूज डेस्क कोअर्डिनेटर श्यामकृष्ण दाहाल नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनको लागि केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन् ।

    दाहालले प्रदेश १ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी हाल पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्षसमेत छन् ।

    दाहाल प्रेस युनियन-प्रेस संगठन-प्रेस चौतारीलगायतको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

    २०५६ मंसिरबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका दाहालसँग १९ वर्षको मोफसल पत्रकारिताको अनुभव छ । स्पेसटाइम दैनिकबाट पत्रकारिता थालेका उनले नेपाल टेलिभिजन, सप्तकोशी एफएम (इटहरी), उज्यालो नेटवर्क, राजधानी दैनिक, अन्नपूर्ण पोष्टलगायतका छापा तथा विद्युतीय माध्यममा काम गरिसकेका छन् ।

    अनलाइनखबर डटकमको भोजपुर संवाददाताबाट अनलाइन पत्रकारितामा शुरू गरेका दाहाल पछिल्लो समय संघीय राजधानी काठमाडौं छिरेर देखापढी हुँदै हाल नेपाल प्रेसमा न्यूज डेस्कको जिम्मेवारी सम्हाल्दै आएका छन् ।