Tag: केन्द्रिय कार्यकारिणी समिति

  • जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित

    जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।

    जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको हो ।

    यसअघि जेठ ४ गते जानकारी गराएअनुसारको शनिबार र आइतबार बैठक बस्ने तय गरिएको थियो ।

    कोभिड- १९ को बढ्दो महामारीकाे अवस्थाको कारणले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जसपाका अध्यक्ष महन्थ ठाकुरले बताए ।

    बैठकमा केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई बोलाइएको थियो ।