Tag: केके

  • कन्सर्टमा गीत गाउँदागाउँदै भारतीय गायक केकेको निधन

    कन्सर्टमा गीत गाउँदागाउँदै भारतीय गायक केकेको निधन

    काठमाडौं । कोलकताको एक कन्सर्टमा गीत गाउँदागाउँदै भारतका चर्चित गायक केकेको निधन भएको छ । गीत गाउँदागाउँदै हृदयघात भएका कारण उनको निधन भएको थियो ।

    मञ्चमै ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरे ।

    उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन् ।

    केके दुई दिनको कन्सर्टका लागि कोलकाता पुगेका थिए । उनले हिन्दीमा दुई सयभन्दा धेरै गीत गाएका छन् ।