Tag: कृष्णगोपाल श्रेष्ठ

  • एमाले काठमाडौंको अधिवेशनमा चितवनको झल्को दिन कृष्णगोपाल श्रेष्ठको निर्देशन

    एमाले काठमाडौंको अधिवेशनमा चितवनको झल्को दिन कृष्णगोपाल श्रेष्ठको निर्देशन

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वागमती सह-इन्चार्ज कृष्णगोपाल श्रेष्ठले पुस २३ गतेको छैठौं जिल्ला अधिवेशन भव्य बनाउन निर्देशन दिएका छन् ।

    काठमाडौं क्षेत्र प्रदेश-९ ख कमिटीको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले जिल्ला अधिवेशनलाई पार्टीको १० औं महाअधिवेशनको झल्को दिने गरी कार्यकर्ता उतार्नुपर्नेमा जोड दिए ।

    ‘१०औं महाअधिवेशनमा जसरी जनलहर उत्रियो सोही जनलहर काठमाडौंमा उत्रनुपर्छ’, पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले भने, ‘यो बैठकले जिल्ला अधिवेशनको तयारी सुरू गरेको छ । अब सबैजनाले आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्छ ।’

    एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्माले अधिवेशनको उद्घाटन गर्ने उनले जानकारी दिए ।

    बैठकमा केन्द्रीय सदस्य सांसद विना श्रेष्ठ र काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले समसामयिक राजनीतिमा बोलेका थिए ।

    सो अवसरमा ९ नम्बर क्षेत्रबाट महाधिवेशनबाट विजयी केन्द्रीय सदस्यत्रय कृष्णगोपाल श्रेष्ठ, डा. अजयक्रान्ति शाक्य , विना श्रेष्ठ र विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको छ ।

  • घरबेटीलाई लिफ्ट दिएको विषयमा प्रधानमन्त्रीद्वारा शिक्षामन्त्रीको ध्यानाकर्षण (भिडियो)

    घरबेटीलाई लिफ्ट दिएको विषयमा प्रधानमन्त्रीद्वारा शिक्षामन्त्रीको ध्यानाकर्षण (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिरासतमा रहेकी घरबेटीलाई छुटाउन पुगेको विषयमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । आवेशमा आएर यस्तो काम नगर्न प्रधानमन्त्रीले सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी गराए ।

    आज एक पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले शिक्षामन्त्री श्रेष्ठको कामलाई ‘दुर्भाग्यपूर्ण’ समेत बताए ।

    उनले भने, ‘गाडीमा चढाएर लैजानु दुर्भाग्यपूर्ण हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले हिजो मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है, यो ठीक भएन भन्नुभएको छ । यसमा प्रधानमन्त्री स्वयम्को पनि ध्यानाकर्षण भएको छ ।’

    एक दलित युवतीलाई कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिएका थिए । यो विषयको सर्वत्र आलोचना हुँदै आएको छ ।

  • लिम्पियाधुरा समेटिएको नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

    लिम्पियाधुरा समेटिएको नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन्।

    केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।

    पाठ्यक्रम विकास तथा मुल्याङ्‌कन परिषद्को‌ बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

    उनेल सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए ।

    प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । ‘तपाईंहरूले अनुगमन गर्नुस्, देशलाई आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस,’ मन्त्री श्रेष्ठको निर्देशन थियो ।

    मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखि नया पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । उनले भने, ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौं, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउनेछौं ।’ उनले सरकारले नया नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटि भएको बताउँदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए ।

    अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढार्यने जानकारी दिए ।

    उनले भने, ‘पुरानो नक्सा राखेर पुस्तक छापाई गरेको जानकारी पाएका छौं, ती मध्य केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएका छौं,’ उनकाे भनाइ थियो ।

    अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पुरनै नक्सा राखेर छपाइ गरेको पाइएको छ । मन्त्री श्रेष्ठले सरकारले जारी गरेको चुच्चे नक्सा नराखि प्रकाशन गर्ने पुस्तक व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

    बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सुचिकृत मा परेका प्रकाशकको पुस्तक छपाईका लागि स्वीकृत दिन समेत निर्देशन दिए । बैठकले विभिन्न विषयका कक्षा ६-८को पाठयक्रम स्वीकृत गरेको छ ।

  • नयाँ शैक्षिक सत्रको भर्ना असार १ देखि शुरु गर्नेछौं : शिक्षामन्त्री श्रेष्ठ

    नयाँ शैक्षिक सत्रको भर्ना असार १ देखि शुरु गर्नेछौं : शिक्षामन्त्री श्रेष्ठ

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।

    बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधी योजना तयार गर्न ढिला गर्न नहुने बताउँदै मन्त्री श्रेष्ठले साउन १ गतेदेखि बजेट कार्यन्वयन गर्ने विषयमा अघि बढ्न आग्रह गरे ।

    उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गरे । उनले भने,‘असार १ गतेबाट भर्ना प्रकृया शुरु गर्नेछौ , त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुस ।’

    कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताए। उनले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराए । उनले भने,‘बजेट तत्काल कार्यान्वयन गर्नुपर्छ ।’

    छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यँविधि निर्माण गर्ने बताए। आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउँदै त्यसको लागि योजना निर्माण भैरहेको जानकारी गराए ।

    उनका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने , सहुलियत दरमा २५ लाख रुपियाँ सम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपुर्ण योजना कार्यन्वयउन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताए । उनले भने,‘गत वर्षकै आधारमा एसइईईको परीक्षाफल प्रकाशित गर्नेछौ ।’

    सचिव थपलियाले बजेटमा उल्लेख भए अनुसार करिब १३ हजार विद्यालयमा स्काउट निर्माण गर्ने, विद्यार्थीलाई खेलकुद गतिविधिमा अघि बढाउने विषलाई लागू गरिने जानकारी दिए।

    बैठकमा मन्त्री श्रेष्ठले सबै शिक्षक र कर्मचारीलाई को्रोना विरुद्धको खोप उपलब्ध गराउन स्वाथ्य मन्त्रालयलाई पुनः आग्रह गर्ने बताए।मन्त्री श्रेष्ठले मन्त्रालयका अधिकारीलाई निर्देशन दिदै भने करिब एक महिना अघि तत्कालिन स्वाथ्य मन्त्री हृदयश त्रिपाठी समक्ष अग्रपंतीमा खटिने शिक्षकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह सहितको पत्र दिएका गिो । सो पत्र कार्यान्वयन गर्न पुन मन्त्रालयलाई आग्रह गर्दै पत्र पठाउन मन्त्री श्रेष्ठले निर्देशन दिए ।

    बैठकमा जनक शिक्षा सामाग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले शैक्षिक सत्र अगाबै पुस्तक ढुवानीगर्न खुला गर्न आग्रह गरे । लगत्तै मन्त्री श्रेष्ठले सो विषयमा सिसिएमसीमा पत्रचार गर्ने बताए

  • शिक्षामन्त्री श्रेष्ठका पहिलो कार्यकालका कामको विवरण सार्वजनिक (सूचीसहित)

    शिक्षामन्त्री श्रेष्ठका पहिलो कार्यकालका कामको विवरण सार्वजनिक (सूचीसहित)

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले दोस्रो पटक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा पहिलो कार्यकालमा प्रगति विवरण पनि सार्वजनिक गरेका छन् । पहिलो पटक पुस १२ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री श्रेष्ठले साढे ४ महिनाको पहिलो कार्यकालमा भएका महत्वपुर्ण २० वटा उपलब्धी सार्वजनिक गरेका हुन् ।

    मन्त्रीको पहिलो कार्यकालमा ६ अर्ब रुपैयाँ बराबरको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनलाई उनले प्रमुख उपलब्धीका रुपमा लिएका छन् । जसमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनको लागि चालू आर्थिक वर्ष २०७७÷०७८ मा ६ हजार ३६ विद्यालयमा परियोजना सञ्चालन हुने गरी ५ अर्ब ७ करोड ४१ लाख ५० हजार वित्तिय हस्तान्तरण भएको छ । छनौट भएका परियोजनाको संख्या पनि उनले उपलब्धीमा उल्लेख गरेका छन् ।

    जसमा २ हजार ९ सय ८० वटा कक्षाकोठा निर्माण, ३ सय १२ वटा शौचालय निर्माण, ५ सय ६६ वटा शैक्षिक सामग्री व्यवस्थापन, ८ सय ९६ वटा सूचना तथा प्रविधि, ३ सय ३१ वटा ल्याब तथा पुस्तकालय स्थापना तथा व्यवस्थापन, ८ सय ८० वटा नविन प्रविधि प्रयोग तथा प्रवर्द्धन र ४५ वटा विशेष विद्यालय सुविधा विस्तार रहेका छन् ।

    राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णयबाट लामो समयदेखि कायम रहेको कक्षा ११ को पाठ्यक्रमको विवाद पनि आफ्नो पहलमा नै निरुपण भएको मन्त्री श्रेष्ठको दावी छ । विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवको नियुक्ति गरी कार्यसम्पादनमा सहजीकरण र काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया आफ्नै पहिलो कार्यकालयमा पुरा भएको उनको दाव िछ ।

    मन्त्रीले उपलब्धीमा कोभिड–१९ को कारण अवरुद्ध भई विलम्ब हुन गएको कक्षा–१२ को परीक्षाको परिणाम उच्च शिक्षाको शैक्षिक क्यालेडरसमेतलाई प्रभाव नपर्ने गरी प्रकाशन गरिनुलाई पनि राखेका छन् । योग गुरु, योग सम्बद्ध संघ संस्था तथा योगप्रेमीसमेतको सहभागितामा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेतको समुपस्थितिमा गत माघ १ गते राष्ट्रिय योग दिवस भव्यताकासाथ सम्पन्न गर्नुलाई पनि मन्त्रीले उपलब्धी ठानेका छन् ।

    यस्तै चिकित्सा शिक्षालाई थप व्यवस्थित, प्रभावकारी एवम् पहुँचयुक्त बनाउन चिकित्सा शिक्षा आयोगद्वारा चिकित्सा शिक्षा अन्तर्गत अध्ययन गर्न शुल्क निर्धारण पनि यहि साढे ४ महिने कार्यकालका भएको छ । यसैगरी आयोगद्वारा पहिलो पटक चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययन गर्न चाहने नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन भई परिणाम प्रकाशन गरिनुपनी उपलब्धीमा समेटिएको छ ।

    संघीय स्वरुप अनुसार शैक्षिक संरचनाको परिवर्तित नाम तथा कोभिड–१९ र यस्तै प्रकृतिका महामारीको अवस्थालाई समेत सम्बोधन हुने गरी शिक्षा नियमावली, २०५९ को नवौं संशोधन समेत उनको पालामा भएको छ भने यसै संशोधन वमोजिम चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म कायम गरी नयाँ शैक्षिक सत्र २०७८ असार १ गतेबाट शुरु गर्ने गरी प्रबन्ध पनि मिलाउनुलाई पनि सफलताको सूचीमा उल्लेख छ ।

    विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरी कार्य अघि बढाइएको, कोभिड–१९ का कारण स्थान्तरित भएका विद्यार्थीलाई स्थान्तरित भएकै विद्यालयबाट आगामी एसईई दिन पाउने गरी व्यवस्था मिलाइउने व्यवस्था पनि मन्त्री श्रेष्ठको पहिलो कार्यकालयमा भएको छ ।

    खुद पुलमा रहेका दरबन्दीमध्ये ४ सय ५५ शिक्षक दरबन्दीलाई एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा मिलान पनि भएको छ । शिक्षण स्वयंसेवक परिचालन कार्यविधि, २०७७ जारी भएर यसबाट शिक्षक स्वयंसेवक परिचालनको आधार पनि तयार भएको छ ।

    राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति, २०७६ मा व्यवस्था भए बमोजिम मन्त्री श्रेष्ठकै अध्यक्षतामा राष्ट्रिय विज्ञान प्रविधि विकास तथा समन्वय परिषद्को दोस्रो वैठक सकिनु पनि उलब्धी ठानिएको छ ।

    राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति, २०७६ कार्यान्वयनको रणनीतिक कार्ययोजनाको मस्यौदा तयार भई सरोकारकारवाला मन्त्रालयमा रायसुझावका लागि पठाइएको छ । विभिन्न विद्यालयमा रिक्त पदाधिकारी नियुक्ति पनि भएको छ ।

    उनको पहिलो कार्यकालयमा नै सिटिइभीटी परिषद्ले सिटिइभीटीका कलेजको सम्बन्धन, स्थानान्तरण लयायत हुने कार्यसम्पादन गर्ने अधिकार उपाध्यक्षलाई दिएको छ । यसअघि परिषदका अध्यक्ष एवं मन्त्रीले लिएको अधिकार पुनः उपाध्यक्षलाई दिएको हो ।

    यस्तै दिवा खाजाको (मेनु) सार्वजनिक, नेपाल विश्वविद्यालय पुर्वाधार विकास समिति गठन, गणतन्त्र स्मारक निर्माण गर्ने प्रयोजनका लागि लिएका त्रिभुवन विश्वविद्यालयको जग्गा पुनः त्रिविलाई नै हस्तान्तरण गर्ने निर्णय हुनु पनि उपलब्धीमा समेटिएको छ । नेपाली पाठ्यक्रमको आधारमा अध्ययन भैरहेको जापानको विद्यालयलाई १२ कक्षा सम्म अध्ययन अनुमति दिने निर्णय पनि आफ्नै पालामा भएको मन्त्री श्रेष्ठले दावी गर्दै उपलब्धीमा राखेका छन् ।

  • एसइई परीक्षाबारे चाँडै निर्णय गरिने

    एसइई परीक्षाबारे चाँडै निर्णय गरिने

    काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड-१९ को महामारीका कारण स्थगन भएको २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने जनाएका छन् ।

    गत वर्ष सम्बन्धित विद्यालयलाई आन्तरिक मूल्याङ्कन गराई प्रमाणीकरण गरिएको थियो । मन्त्री श्रेष्ठले आज सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा पनि चाँडै छलफल गरिने बताए।

    मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा वयावसायीक तालिम परिषद् (सिटिइभिटीको) सन् २०२१-२०२५ को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरी बहाली गरेका हुन् ।

    मन्त्री श्रेष्ठलाई मन्त्रालयका सचिवहरु रामप्रसाद थपलिया र डा. सञ्जय शर्मालगायतले स्वागत गरेका थिए ।

  • शिक्षा मन्त्रीले गरे कोरिया सरकारको प्रशंसा, निरन्तर सहयोग गर्ने राजदूतको प्रतिवद्धता

    शिक्षा मन्त्रीले गरे कोरिया सरकारको प्रशंसा, निरन्तर सहयोग गर्ने राजदूतको प्रतिवद्धता

    काठमाडौ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले दक्षिण कोरियाली राजदुतमार्फत कोरिया सरकारको प्रशंसा गरेका छन् । राजदुत पार्क छोङ सुकसंग मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री श्रेष्ठले दक्षिण कोरिया सरकारको सहयोगमा शिक्षा क्षेत्रमा केही महत्वपुर्ण परियोजना सम्पन्न भएकोमा प्रशंसा गरेका हुन् ।

    उनले कोरियाली सहयोग नियोग कोइकाको सहयोगमा ३ वटा परियोजना कार्यान्वयनमा रहेको बताउदै यस किसिमको सहयोगबाट २ देशबीचको मित्रता अझै प्रगाढ हुदै जाने बताएका हुन् । दक्षिण कोरीया नेपालमा लगानी गर्ने पाँच ठुला देशमा परेकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘दक्षिण कोरियाली सरकारले नेपालको शिक्षा र विज्ञान तथा प्रविधिका क्षेत्रमा द्विपक्षिय सम्बन्ध र सहकार्यलाई थप सबल बनाउने विश्वास लिएको छु ।’

    उनले कोइकाको सहयोगमा निर्मित सिटिइभीटी अन्तर्गतको टिआइटिआइमा सम्पन्न भएको आइटी भवन उदाहरणीय रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही बैशाख १७ गते उद्घाटन गरिने उक्त भवन सुचना र प्रविधिको लागि महत्वपुर्ण रहेको मन्त्री श्रेष्ठले भनाइ छ । दक्षिण कोरियाली सरकारले बुटवलमा निर्माण भएको प्राविधिक शिक्षालय र बर्दिवासमा निर्माणको क्रममा रहेको पोलिटेक्निक स्कुलले थप महत्व दिने बताए ।

    शिष्टाचार भेटका क्रमम राजदुत छोङसुकले दक्षिण कोरियाली सरकारले नेपालको शिक्षा क्षेत्रमा थप सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । मन्त्रीसंग भेट्न पाउदा आफुलाई खुसी लागेको भन्दै राजदुत छोङसुकले दक्षिण कोरीयाली सहयोग नियोग (कोइका) र राजदुतावासले नेपालको अर्थतन्त्र विकासमा निरन्तर सहयोग गर्ने बताउदैँ उनले भने, ‘नेपालमा शिक्षा क्षेत्रको विकास र कार्यक्रम निरन्तरताको लागि कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सल्लाह लिन तयार छ ।’

    उनले विश्वभाषा क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गरेपछि कोरियाली भाषाप्रति मोह बढेको चर्चा गर्दै अब निकट भविश्यमा सोही क्याम्पसमा कोरिया भाषाको स्नातक तह सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको पनि जानकारी गराए ।

    उनले दक्षिण कोरियाली सरकारले गरेको परियोजनाको विषयमा नेपाल सरकारले गरेको प्रशंंसाप्रति खुलैरै स्वागत गरेका छन् । उनले थप्दै भने, ‘हामी नेपालको शैक्षिक र अन्य क्षेत्रको विकासमा सहयोग गर्न तयार छौ ।’

  • शिक्षण पेशाप्रति अरुचिकै कारण नेपालको शिक्षा खस्कियो : शिक्षामन्त्री श्रेष्ठ

    शिक्षण पेशाप्रति अरुचिकै कारण नेपालको शिक्षा खस्कियो : शिक्षामन्त्री श्रेष्ठ

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षण पेशाप्रति मानिसहरूको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित सिकाइ आदान-प्रदान तथा आगामी कार्यदिशा सम्बन्धी राष्ट्रिय परामर्शशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कतै रोजगारी नपाए मात्रै शिक्षक पेशा रोज्ने प्रवृत्तिका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताए ।

    उनले शिक्षक पेशामा आउनेहरू पनि अन्यत्र जागिर पाउने वित्तिकै जाने प्रवृत्तिले बालबालिकाको भविष्यमाथि चिन्ता लिने शिक्षक पाउनै नसकिएको बताए ।

    उनले भने, ‘हामी राम्रो पढेर पास भएपछि राम्रो जागिर खोज्ने, कहीँ कतै जागिर नपाइसकेपछि शिक्षण पेशामा आउने । शिक्षण पेशामा आएर पनि एउटा खुट्टा स्कुलमा र अर्को खुट्टाले जागिरको खोजीमा, जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छोडेर हिँडिदिने, त्यो स्कुलको बच्चाको भविष्यबार चिन्ता नलिइदिने, त्यो स्कुलको बच्चाहरू मुलुकका भविष्यका कर्णधार जसको भविष्यसँग मुलुकको भविष्य गासिँएको छ त्यस बारेमा हामी कति गम्भीर र चिन्तित बन्छौैं ?’

    विकसित मुलुकका नागरिकको आकर्षण सरकारी विद्यालयमा हुने तर नेपालमा सरकारी विद्यालयमा आर्थिक रुपमा विपन्न, निम्न आयस्रोत भएका, असहाय, अनाथ, आर्थिक रुपमा विपन्न, दलित वर्गले मात्रै पढ्न आउने गरेको बताए ।

    सरकार बेरोजगार उत्पादन गर्ने शिक्षा नहोस भन्ने तर्फ पनि सचेत रहेको मन्त्री श्रेष्ठले बताए ।

  • तागत भए प्रधानमन्त्री ओलीलाई हटाएर देखाउँन शिक्षामन्त्री श्रेष्ठको चुनौती

    तागत भए प्रधानमन्त्री ओलीलाई हटाएर देखाउँन शिक्षामन्त्री श्रेष्ठको चुनौती

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तागत भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई अबिश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौती दिएका छन् । नेकपा एमालेका उपत्यका इन्चार्ज समेत रहेका मन्त्री श्रेष्ठले ललिततपुरमा आयोजित क्षेत्र नम्बर नौ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सबैभन्दा ठुलो पार्टी एमाले भएकोले सबै दल मिलेर पनि प्रधानमन्त्रीबाट ओलीलाई हटाउन नसक्ने बताए ।

    ‘म यो चेतावनी दिन चाहन्छु कि एमाले बाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताब ल्याएर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सक्छ तर अहिलेको अवस्थामा त्यो सम्भव छैन । सबै भन्दा शक्तिशाली सरकार यही हो यसलाई कसैले हटाउन सक्दैन,’ उनले भने । सक्ने भए प्रधानमन्त्री ओली बिरुद्ध अविश्वासको प्रस्ताब ल्याएर देखाउन पनि उनले चेतावनी दिए । ‘यो सरकार नेपालको इतिहासमा अहिलेसम्मको शक्तिसाली सरकार हो, यो सरकारलाई कसैले हटाउन सक्दैन ।’

    उनले चुनावपछि एमाले सबैभन्दा ठुलो पार्टी हुने दाबी गर्दै त्यसको लागि सबै नेता र कार्यकर्ता चुनाव लक्षित कार्यक्रममा सहभागि हुन पनि आग्रह गरे । उनले भने । ‘यही सरकारले चुनाव गर्छ, फेरी बहुमत ल्याएर केपी शर्मा ओली नेतृत्वको सरकार बन्छ ।’ पार्टीको विधान विपरित गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुषललाई स्पष्टीकरण सोधेको स्पष्ट पार्दै उनले राजनीतिलाई अस्थिर पार्न खोज्नेमाथि कारबाहीको थालनी गरेको पनि बताए ।

    ‘एमाले भएर पार्टी अध्यक्ष माथि नै कारबाही गर्ने चलखेल गर्छ भने उनीहरुमाथि स्पष्टीकरण नसोधे के गर्ने ? अब कारबाही प्रकृया अघि बढ्यो, चित्त बुझ्दो जवाफ नदिए विधानमा व्यवस्था भए अनुसार अघि बढाइनेछ,’ उनको भनाइ थियो । उनले थप्दै भने, ‘स्पष्टीकरण सोधेका नेताको जवाफ पर्खेका छौ, उचित समयमा विधान अनुसार कारबाही प्रकृया अघि बढाइने छ।’

    मन्त्री श्रेष्ठले पार्टीभित्र अराजक प्रकृति बढेकोले कारबाही प्रकृया अघि बढाइएको बताए । ‘उहाहरुलाई पार्टीले रहर गरेर स्पष्टीकरण सोधेका होइन, विधि, प्रकृया र नियम मिचेको कारण पार्टीको पुर्ण बैठकको निणर्य अनुसार स्पष्टीकरण सोधेका हौ,’ उनले भने । प्रधानमन्त्री ओलीको कार्यकालमा माओवादीका महासचिव नेत्रबहादुर चन्द (विप्लब) र तराई आन्दोलनका नेता सिके राउतलाई राजनीतिको मुल धारमा ल्याउन सफल भएको पनि उनले चर्चा गरे ।

    उनले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि मात्रै मेलम्चीको पानी खुवाउने योजना असफल भएको बताउदैँ तत्कालिन खानेपानी मन्त्री प्रचण्डको बुहारी बिना मगरका कारण मेलम्चीको पानी आउन नसकेको टिप्पणी गरे । ‘ओली सरकारले एक वर्ष अघि नै पानी ल्याउने तयारी गरिसकेको थियो, त्यसबेला खानेपानी मन्त्रीकै कारण रोकिएको थियो । अब ढुक्क हुनुस मेलम्चीको पानी उपत्यका छिरिसकेको छ, केही दिनमै घरघरमा पानी आउछ । अब चैत १५ गते घरघरमा मेलम्चीको पानी आउनेछ, यो सरकारको यो अति महत्वपुर्ण सफलता हो । यसले प्रचण्डको अर्को योजना असफल भएको छ,’ उनको भनाइ थियो ।

    उनले अब निर्वाचनको लागि तयारी रहन सबै कार्यकर्तालाई आग्रह गर्दै त्यसको लागि पार्टीले सहयोग गर्ने बताए । एमालेको सूर्य चिन्हमा मतदान गर्न सबै कार्यकर्तालाई अघि बढ्न निर्देशन दिदै उनले त्यसको लागि आफुले सबै प्रकारको सहयोग गर्ने बताए ।

  • समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन शिक्षामन्त्रीको निर्देशन

    समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएका छन् ।

    मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफुले सुन्न नचाहेको बताए ।

    कुनैपनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिनेगरी पुस्तकको प्रकाशन गर्न उनले निर्देशन दिए । समयमै पुस्तक छापेर पहिले दुर्गम ठाउँहरुमा पुर्‍याउन पनि उनले निर्देशन दिए ।पुस्तक नै विद्यालयमा विद्यार्थीलाई समयमा दिन सकेन भन्ने ढंगको आलोचना धेरै आउने गरेको बताउँदै उनले अब आलोचना सुन्न नचाहेको बताए ।

    उनले भने,‘अब यो आलोचना विगतमा जे जस्तो आयो । बिगतको मैले पास्ट इज पास्ट भनिसकेको छु । वर्तमानमा म यो कमेन्ट सुन्न चाहान्न । त्यसको लागि तपाइहरुलाई के अप्ठ्यारो छ ? पाठ्यक्रमबाट तपाइहरुलाई सामाग्री नआएको हो भने किन ढिला भएको छ तत्काल तपाइहरु आफै पनि पहल गर्नुस् ।’मन्त्री श्रेष्ठले पुस्तक छपाइ समयमै छाप्ने र काठमाडौंमा बसेर विकट गाउँको स्कुल सम्झन निर्देशन दिए ।

    उनले भने,‘कुनैपनि पुस्तक छपाइ टाइममा छाप्ने र काठमाडौंमा बसेर त्यो जुम्लाको बिकट गाउँको स्कुल सम्झनु । यहाँ त सजिलै पाउनुहोला । सबभन्दा पहिला दुर्गम ठाउँमा किताबहरु सप्लाइ हुनुपर्‍यो । अब नयाँ शैक्षिक सत्र असार देखि शुरु हुँदैछ । १ कक्षादेखि १२ कक्षासम्मको पुस्तक प्रकाशन तपाइहरुले गर्नैपर्छ । प्रकाशित पुस्तकहरु समयमै त्यो ठाउँमा पुग्नैपर्छ । कहिँकतै कुनैपनि बाहानामा विद्यालयका विद्यार्थीहरुले नयाँ शैक्षिक सत्र शुरु हुँदा उनीहरुको हातमा किताब नहुने स्थिति नआउने गरी किताब प्रकाशनको जिम्मा लिइरहेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले समयमै विद्यार्थीको हातहातमा उनीहरुको पुस्तक पुगोस् भन्ने आग्रह गर्न चाहान्छु ।’

    अब नयाँ शैक्षिक सत्र असार देखि शुरु हुने भन्दै मन्त्री श्रेष्ठले कक्षा १ देखि १२ कक्षासम्मको पुस्तक प्रकाशन गर्नको लागि निर्देशन दिएका हुन् । त्यसैगरी जनक शिक्षा सामाग्री केन्द्र निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहनुपर्ने बताए । कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उनले त्यसको लागि तयारी रहन आग्रह गरे ।

    उनले भने,‘सबै हामीले अहिले हेरेका मेशिनहरु मध्ये निर्वाचन आयोगबाट प्राप्त गरेको मतपत्र छाप्नलाई राखिएको मेशिन त्यसलाई रेडी पोजिशनमा राख्नुस् । निर्वाचन आयोगले आदेश दिन बित्तिकै खररररर मत पत्र छापिने गरेर तयारीमा रहनुस् । कुनैपनि बेला तपाइहरुलाई यो आदेश आउनेछ ।’

    मन्त्री श्रेष्ठले सरकारले चुनाव चाहेकोले निर्वाचन आयोगले मतपत्र छाप्ने ठाउँ समयमै छापेर दिनसक्ने स्थितिमा रहनुपर्ने बताए ।

  • सरकारले थाल्यो संघीय शिक्षा ऐनको गृहकार्य

    सरकारले थाल्यो संघीय शिक्षा ऐनको गृहकार्य

    काठमाडौं । शिक्षा,विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् । २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भैरहेको बताए।

    उनले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको जानकारी दिए ।

    चन्द्रागिरी नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको मन्त्री श्रेष्ठ र भारतीय दुतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्माले संयुक्त रुपमा गरेको थियो। सो क्रममा मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पारे।

    २०७२ सालको भुकम्बाट ध्वस्त र क्षतिग्रस्त विद्यालय पुन निर्माणमा भारत सरकारको सहयोग महत्वपुर्ण रहेको चर्चा गर्दै भने,‘यसले गर्दा दुई देशबीचको सम्बन्ध मजबुत भएको छ ।’

    मन्त्री श्रेष्ठले,‘भारतले करिब ७० विद्यालय पुनर्निर्माण गरिरहेका छन् २८ आंगिक क्याम्पस बनाउने तयारी गरेको छ यस्को लागि नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्दछु ।’सो अवसरमा उनले शिक्षकको पद र पेशालाई सम्मान गर्ने दायित्व सरकारको भएको बताए ।

    उनले अभिभावकले विदेशमा सरकारी व्द्यिालयलाई पहिलो प्राथमिकता दिने गरेको उल्लेख गर्दै अब नेपालमा पनि सरकारी विद्यालयलाई व्यवस्थित बनाउनुपर्ने उल्लेख गरे।

    कार्यक्रममा बोल्दै काउन्सिलर शर्माले नेपालको व्द्यिालय पुननिर्माणमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रमा निरन्तर सहयोग रहने बचनबद्धता व्यक्त गरे ।

    भारतको करिब ६ करोड ४८ लाख रुपिया लागतमा निर्माण शुरु हुने सो विद्यालय भवन ३२ कोठे हुनेछ । ठेकेदार कम्पनीले १५ महिनामा सम्पन्न गर्नुपर्नेछ । मन्त्री श्रेष्ठले १५ नभै १३ महिनामा सम्पन्न गरी हस्तान्तरण गर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका छन् ।

  • पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता छ: शिक्षामन्त्री

    पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता छ: शिक्षामन्त्री

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता औँल्याएका छन् ।

    सोमबार पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेश्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

    नेपालमा राजनीतिक परिवर्तनहरु भएपनि पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता रहेकाले पुरानो शिक्षा ऐनलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।

    अहिलेपनि शिक्षा ऐन २०२८ अनुसार नै काम गर्नुपर्ने अवस्था रहेकाले पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तनको महसुस गर्न नसकिने उनको तर्क थियो ।

    उनले भने,‘नेपालको शिक्षा नीतिको सन्दर्भमा अहिले म जुन ठाउँमा उभिएको छु, म सन्तुष्ट छैन । शिक्षामा एउटा आमुल परिवर्तन अहिलेको आवश्यकता हो । नयाँ परिवर्तनमा जानुपर्छ । अहिलेपनि २०२८ सालको ऐनमा चलिरहेको छ शिक्षा मन्त्रालय । पञ्चायती कालको शिक्षाको ऐन अनुसार । अहिले पनि मैले शिक्षा मन्त्रालयमा तोक सदर गर्नुप¥यो भने शिक्षा ऐन २०२८ अनुसार लेखेको हुन्छ । यसमा चेन्जको आवश्यकता छ ।’

    मन्त्री श्रेष्ठले शिक्षा नीतिको सम्बन्धमा उच्चस्तरिय अधिकारसम्पन्न कार्यदल बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘शिक्षामा आमुल परिवर्तनका लागि हामीले उच्चस्तरको अधिकार सम्पन्न शिक्षा नीतिको सन्दर्भमा एउटा व्यवस्थित कार्यदल बनाएर अगाडी बढ्नुपर्छ भन्ने मलाई लागेको छ ।’

    मन्त्री श्रेष्ठले अहिलेको राजनीतिक निकासको अन्तिम उपाय जनताको जनादेश भएको जिकिर गरे । संसदबाट समस्याको समाधान ननिस्किने उनको भनाई छ ।

    उनले आगामी मंसिर सम्ममा चुनाव हुने र चुनावको नेतृत्व पनि यही सरकारले गर्ने दाबी गरे ।

    उनले भने,‘यहि सरकारले केही ठेगान छैन आगामी बैशाखमा भनेकोमा जेठमा हुनसक्छ चुनाव, जेठ कट्यो भने मंसिर भन्दा पर जादैन र यो चुनावको अगुवाइ पनि यहि सरकारले गर्छ ढुक्क हुनुस् । के भन्या होला भन्ठान्नु हुन्छ ? पछि छलफल गरौँला ।’

    दिक्षान्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिबिए बिषय सँग सम्बन्धित ६४ जना विद्यार्थीहरुलाई मन्त्री श्रेष्ठको हातबाट स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र प्रदान गरिएको थियो ।

  • मन्त्री कृष्णगोपाल भन्छन्- खेल भर्खर शुरू भएको छ, प्रधानमन्त्रीको राजीनामा आउँदैन

    मन्त्री कृष्णगोपाल भन्छन्- खेल भर्खर शुरू भएको छ, प्रधानमन्त्रीको राजीनामा आउँदैन

    काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने र अविश्वास प्रस्ताव आएपनि यही सरकारले निरन्तरता पाउने दाबी गरेका छन् । सीटीईभीटीको ३३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले अविश्वास प्रस्ताव सामना गरेर अघि बढिने बताए ।

    ओलीपक्षीय नेकपाका नेता श्रेष्ठले भने, ‘काठको ज्यानमा मयुरको प्वाँख हालेकाहरूले केही गर्न सक्दैनन् । खेल त अब भर्खर शुरू भएको छ । हामीसँग पेले, मेस्सी र रोनाल्डोहरू छन् । यही सरकार निरन्तर हुन्छ र अबको सरकार चुनावी सरकार हुन्छ ।’

    श्रेष्ठले प्रधानमन्त्री बनिदेऊ भन्दै केही नेताहरू घर-घर चहारे पनि फोहोरी खेलबाट देशलाई मुक्त गर्न चुनावी बाटोमै जाने बताए ।

  • निर्वाचनलाई कसैले रोक्न सक्दैन : मन्त्री श्रेष्‍ठ

    निर्वाचनलाई कसैले रोक्न सक्दैन : मन्त्री श्रेष्‍ठ

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कुनै ‘माइकलाल’ ले पनि रोक्न नसक्ने बताएका छन् ।

    काठमाडौं महानगरपालिका-१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भने, ‘सबै दल आन्दोलनको नाममा घरदैलो अभियान भन्दै गाउँ-गाउँमा चुनाव प्रचारमा लागिसके । अब मुलुक चुनावमय भइसक्यो ।’

    सरकारले दर्जनौं गौरवका योजना सम्पन्न गर्दापनि काम गर्न नसकेको आरोप लगाउनु मूर्खता भएको उनको भनाइ छ ।

    ‘तपाईंहरू हेर्नुस रानीपोखरी बन्यो, धरहरा बन्दैछ, देशका दुई ठूला अन्तर्राष्ट्रिय विमानस्थल तयार भए ,पाइपलाइनबाट तेल आउन थालिसक्यो , रेल सञ्चालन अन्तिम तयारीमा पुगेको छ , ठाउँ-ठाउमा सुरुङमार्ग निर्माण भइरहेका छन् । भन्नुस् त यो काम कस्ले गर्‍यो ? सबै यही सरकारको प्रगति हो’, मन्त्री श्रेष्ठको भनाइ थियो ।

    मुलुकलाई विकासको गतिमा लैजाने निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको उनले दोहोर्‍याए ।