Tag: कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल

  • निषेधाज्ञामा किसानको समस्या सम्बोधन गर्न सहजीकरण गरिरहेका छौं : मन्त्री अर्याल

    निषेधाज्ञामा किसानको समस्या सम्बोधन गर्न सहजीकरण गरिरहेका छौं : मन्त्री अर्याल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् ।

    गत वर्षको बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताएकी हुन् ।

    मंगलबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधीको ओसार–पसार, मासु, अण्डा, दुधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रुपमा संञ्चालन गर्नेे व्यवस्था मिलाइएको बताइन् ।

    अहिले देशका केही स्थानमा कृषि उपजको बजारीकरणमा समस्या देखिएको गुनासो आएको र यसलाई सम्बोधन गर्न ७ प्रदेशका कृषि मन्त्री र सचिवसँग छलफल गर्न लागिएको समेत जानकारी गराइन् ।

    यस्तै कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा बन्दाबन्दी लम्बिन सक्ने र यसले कृषि क्षेत्रलाई थप असर गर्ने कुरालाई ध्यान दिदैँ किसान तथा व्यवसायीलाई सरकारले गर्नसक्ने सहयोग बारे अध्ययन÷छलफल गर्न मन्त्रालयले कार्यदल बनाएको पनि भइसकेको उनले जानकारी दिइन् ।

    यो कार्यदलले बन्दाबन्दीले किसालाई पर्न गएको असुविधा र क्षतिको मुल्यांकन गरी क्षतिपूर्ति दिने बारे पनि सुझाव दिनेछ । कृषि मन्त्री अर्यालले कृषि उपजको अनलाइन बजार र कृषि एम्बुलेन्सको अवधारणामा छलफल भइरहेको बताइन् ।

    अघिल्लो पटकजस्तो दुःख अहिले किसानले भोग्न नपरेको मन्त्री अर्यालको भनाई छ । कृषि मन्त्रालयले सबै तहका सरकार र सरोकारवालाहरु सँग समन्वय गरेर काम भइरहेको उनी बताउँछिन् ।

  • किसानलाई नोक्सान नहुने हिसाबले कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्छ: कृषिमन्त्री अर्याल

    किसानलाई नोक्सान नहुने हिसाबले कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्छ: कृषिमन्त्री अर्याल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्ने बताएकी छन् ।

    सोमबार खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरु छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठुलो लगानी जरुरी भएकोले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताएकी हुन् ।

    कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामथ्र्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उनको भनाई छ । किसानलाई नोक्सान हुने क्षेत्रमा नदिनेगरी, किसानलाई संरक्षण गर्नेगरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्राउने उनले भनिन् ।

    उनले भनिन्,‘हाम्रा साना व्यवसायी किसानहरुलाई मार्नेगरी होइन । उहाँहरुको संरक्षण गर्नेगरी, उहाँहरुको अझै थप विकास गर्नेगरी, कृषि क्षेत्रको हाम्रो सम्भावना छ भनेर भनिरहेका बेला, आज कृषि क्षेत्रमा ठुलो लगानीको जरुरी पनि छ । ठुलो लगानीको जरुरी छ भन्दा हाम्रो क्षमताले भ्याउँदैन । कृषि क्षेत्रको विकासको निम्ति आजा ठुलो लगानी गर्नुपर्ने कुरा सरकार आफै एक्लैले गर्नसक्ने ठाउँमा छैन । कृषि क्षेत्रको विकास गर्नको निम्ति हाम्रो सामथ्र्यले भेटेन ।’

    उनले नेपालको कृषि क्षेत्रमा सरकारको लगानीले मात्रै नपुगेको बताइन् ।

    उनले थपिन्,‘हाम्रो लगानीले मात्रै भेटेन । विदेशी लगानीहरु पनि आकर्षित गरेर कृषि क्षेत्रको विकास गरौँ । उत्पादन बढाऔँ । निर्यात पनि गर्ने । हामिलाई नोक्सान हुने क्षेत्रमा होइन । हाम्रो किसानहरुलाई निरुत्साहित बनाउनेगरी होइन । हाम्रो किसानहरु, व्यवसायीहरुलाई पनि उत्साहित बनाउने अनि हामीलाई नोक्सान हुने क्षेत्रमा पनि नदिने । हामीलाई नोक्सान नहुने, हाम्रा व्यवसायी किसानहरु जो छन् तिनलाई पनि प्रोत्साहित गरिरहन पाइने, संरक्षण गर्न पनि पाइने, हामीले लगानी गर्न नसकेका यावत् क्षेत्रहरु छन् । ति क्षेत्रमा हामीले कृषि लगानी गर्ने र हाम्रो कृषि क्षेत्रको विकास गर्ने ।’

    मन्त्री अर्यालले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई हजारौँको संख्यामा रोजगारी सिजर्ना सिर्जना गर्ने पनि बताइन् ।

    उनी भन्छिन्,‘कोभिड १९ का कारणले वैदेशिक रोजगारीबाट विस्थापित भएर स्वदेश फर्केका युवाहरु हजारौँ युवाहरुलाई रोजगारीको कार्यक्रम लिएर अगाडी बढेका छौँ । फार्मको रुपमा, ठुला ठुला फार्महरु व्यवसायिक हिसाबले लैजानेगरी हजारौ जना युवाहरुलाई हामी रोजगारी दिनेगरी, उहाँहरुको पनि लगानी राज्यको पनि लगानी गर्नेगरी अगाडी बढेका छौँ ।’

    मन्त्री अर्यालले कृषि क्षेत्र उकालो लागेको दाबी पनि गरिन्। तत्कालै रासायनिक मलको विस्थापित गर्न नसकिने भएकाले प्रारंगिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने उनको भनाई छ । समयसापेक्ष कृषि नीति परिमार्जन गर्ने चरणमा मन्त्रालय रहेको पनि बताइन् ।

  • स्थानीय तहसँगै प्रदेश सरकारको विशेष भूमिका हुनुपर्नेमा कृषिमन्त्री अर्यालको जोड

    स्थानीय तहसँगै प्रदेश सरकारको विशेष भूमिका हुनुपर्नेमा कृषिमन्त्री अर्यालको जोड

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले स्थानीय स्तरमा कार्यक्रम सञ्चालन हुने भएकाले स्थानीय तहसँगै प्रदेशको विशेष भूमिका हुनुपर्नेमा जोड दिएकी छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सातै प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गरेको समन्वयात्मक छलफलमा उनले एकरुपता नभएका कार्यक्रमलाई व्यवस्थापन गर्दै जान आवश्यक रहेको बताएकी हुन् ।

    कृषिमन्त्री अर्यालले विगतका दिनमा काम गर्ने क्रममा भएका कमिकमजोरीलाई सच्याउदै अगाडी बढ्नुपर्नेमा जोड दिएकी छन् । सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न कृषि क्षेत्रका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

    ‘नीति निर्माणको कुरा गर्दा विगतमा नीति निर्माण गर्ने निश्चित समयसीमा तोकिएका कारण हतारमा काम गर्नुपर्दा केही कुरा नमिलेका होलान् । तर ती कुरा अकाट्य हुदैनन । त्यसलाई परिवर्नत गर्ने, नमिलेका केही कुरा मिलाउने काम हुन्छ’, मन्त्री अर्यालले भनिन् । ‘स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने भएकाले कृषि कार्यक्रममा विशेष ध्यान दिन आवश्यक छ । प्रदेशबाट सञ्चालन हुने कृषि परियोजना हेर्न लायकका हुनुपर्छ ।’

    छलफलमा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई थप प्रभावकारी बनाउन सके सरकार तथा समग्र कृषि क्षेत्रमा ठुलो प्रगती गर्न सकिने बताए । उनले कृषिका अनुदान कार्यक्रमलाई एकरुपता ल्याउनुपर्ने समेत बताए ।

    लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि बिमा कार्यक्रमको प्रभावकारिता नभएको भन्दै पशुतिर केही प्रभावकारी भए पनि कृषितिर भने त्यसले प्रभावकारिता पाउन नसकेको बताइन् ।

    प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले संघीयता कार्यान्वयन गर्नका लागि नीति निर्माण गर्दा ध्यान दिनुपर्ने भए पनि त्यसमा केही त्रुटी हुन गएको बताए । सबै प्रदेसका आ–आफ्ना विशेषता रहेको भन्दै उने आयात प्रतिस्थापन ऐनकै रुपमा लिनुपर्ने बताए ।

    छलफलमा मुलुकभरमा  सञ्चालित कृषि तथा पशुपंक्षी सम्बन्धी परियोजनाको प्रभावकारिताका विषयमा समिक्षा भएको छ ।

  • श्रमको मूल्य उठ्ने गरी मूल्य निर्धारण गर्नुपर्छ : कृषिमन्त्री अर्याल

    श्रमको मूल्य उठ्ने गरी मूल्य निर्धारण गर्नुपर्छ : कृषिमन्त्री अर्याल

    काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्नेगरी उत्पादित वस्तुको मूल्य निर्धारण गर्नुपर्ने बताएकी छिन् ।

    कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७ औं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

    ‘किसानको उत्पादनले उचित मूल्य पाउन सकेन । आफूले उत्पादन गरेको वस्तुको मूल्य त किसानको सहभागितामा हुनुप¥यो नि’ मन्त्री अर्यालको भनाइ छ, ‘किसानको उन्नति, प्रगती गर्नका निम्ती श्रम, लगानी, पसिनाको मूल्य उठ्नेगरी मूल्य निर्धारण गर्ने र बजारसम्म लैजाने व्यवस्था गर्नुपर्छ ।’

    किसानबाट उपभोक्तासम्म कृषि उत्पादन आइपुग्दासम्म मूल्य धेरै बढ्ने गरेको भन्दै मन्त्री अर्यालले यो असन्तुलनको अन्त्य गर्दै किसानलाई न्याय हुने व्यवहार स्थापित गर्नुपर्ने समेत बताइन् ।

    ‘किसानलाई न्यून मूल्य दिने र उपभोक्तासम्म आइपुग्दा उच्च मूल्य हुने भएपछी बीचको पक्षले धेरै नाफा लिइदिनुभएन’, उनले भनिन्, ‘ उपभोक्ता पनि मारमा पर्नु भएन र उत्पादन गर्ने किसान पनि मर्कामा पर्नुभएन । किसान, उपभोक्ता र व्यवसायी सबैलाई ठीक हुनेगरी बजार मूल्य निर्धारण हुनुपर्‍यो ।’

    कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले हिजोभन्दा अहिले केही सुधार गरेको देखिएपनि व्यवहारतः अझ धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको औंल्याइन् ।

    फोहोर र पार्किङको उचित व्यवस्थापन गर्न सुझाव दिँदै उनले स्टलसँग जोडिएका केही कुराले बेथिती ल्याएको भन्दै सुशासन कायम गर्ने सन्दर्भमा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरिन् ।

  • कलंकीमा शुरू भयो कृषि तथा तरकारी बजार

    कलंकीमा शुरू भयो कृषि तथा तरकारी बजार

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन गरेकी छन् । आज कलंकीस्थित कृषिबजारमा आयोजित औपचारिक कार्यक्रमकाविच मन्त्री अर्यालले कृषि बजारको उद्घाटन गरेकी हुन् । शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले राणा शासनकालमा जनताको पक्षमा लड्नेक्रममा बलिदानी गर्ने शहीदको तस्विरमा माल्यार्पण गरेकी थिइन ।

    शहीदको तस्बिर माल्यार्पण गर्दै उनले तत्कालीन समयमा जनताका पक्षमा आवाज उठाउने क्रममा बलिदानी दिने शहिदको योगदानकै कारण अहिलेको अवस्था सिर्जना भएको बताइन । ‘शहीदले परिवर्तनका लागि आफ्नो जीवनको आहुती दिनुभएको छ । तात्किालिन समयमा जनताका आवाज बोल्ने जनताका अगुवालाई तत्कालिन शासकले निर्ममतापूर्वक हत्या गरेको थियो’, मन्त्री अर्यालले भनिन्, ‘उहाँहरुको बलिदानीपछी मूलुकले क्रमशः धेरै राज्यसत्ता परिवर्तन गर्दै जनताको जीवनको सुधार, मुलुकको समृद्विको दिशामा अगाडी बढिरहेको छैन ।’

    ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारासहित सरकारको दिर्घकालिन लक्ष्यलाई पुरा गर्नका लागि सरकार लागिरहेको बताउँदै उनले किसानले उत्पादन गरेको उत्पादित वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन । गरेर होइन ठगेर खाने मानसिकताबाट नेपाली समाज लामो समय प्रताडित बनेको बताउदै उनले समृद्व जीवन बनाउनका लागि अब हरेक क्षेत्रमा गरेर खाने सोचको विकास गर्नुपर्ने बताइन ।

    ‘यो जमाना श्रमलाई सम्मान गर्ने जमाना हो । श्रमसँग जोडिदै श्रमसँग जोडिएका उत्पादक किसानलाई सम्मान गर्ने जमाना हो । चौतारीमा बस्ने, टालटुल गर्ने, ठगठाग गर्ने जमाना गए’, मन्त्री अर्यालले भनिन्, ‘गरेर खाने प्रवृत्तिको विकास गर्नका लागि सबै युवा लाग्न आवश्यक छ । तपाईहरुले सिधै उत्पादक किसानसँग सम्बन्ध राख्नुस ।’

    अहिले उत्पादनको समस्या नभएको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुले बजार पाउदैँन की भन्ने समस्या रहेको उल्लेख गरिन् । बजारको समस्याको अन्त्य गर्नका लागि जमिनको चक्लाबन्दी गरी ठूलो परिमाणमा उत्पादन बढाउनुपर्ने उनको भनाइ थियो ।

    ‘एकजनाले मात्रै उत्पादन गर्दा बजार खोज्दै हुनुपर्ने अवस्था हुन्छ । हामीले सामुहिकतामा चक्लाबन्दी मोडेलमा ठुला मोडेलमा तरकारी, फलफूल उत्पादन गर्‍यौं भने यस्ता बजार तपाईको गाउँमा आफै खोज्दै आउछ’, उनले भनिन्, ‘तपाईले उत्पादन गर्नुस्, कृषि मन्त्रालयले तपाईको गाउँमा संकलन केन्द्र दिन्छ । त्यो गाउँमा संकलन गर्ने, त्यहाँ यस्तै बजार पुग्छन् र बजारतिर पठाउने ।’ कम्तिमा पनि यस्ता १ सय वटा बजारलाई पुग्नेगरी ठूला परिणाममा उत्पादन गर्नुपर्ने उनको भनाइ थियो ।

    राजनीतिक दलले पनि पार्टीले विचारसँगै जनतालाई गरिखान सिकाउनुपर्ने भन्दै उनले यही बाटोबाट नै सरकारले लिएको लक्ष्य पुरा हुने बताइन । त्यसका लागि यान्त्रिकीकरणलाई जोड दिदै अगाडी बढ्न समेत मन्त्री अर्यालले आग्रह गरिन् । उनले भनिन्, ‘ठूला परिमाणमा उत्पादन गर्न अब मानवश्रमले मात्रै सकिदैन । त्यसैले यान्त्रिकीकरणमा जानुपर्छ । औजारको प्रयोग गरेर ठुला स्केलमा उत्पादन गरी बजारको ग्यारेन्टी गर्नेगरी सरकार अगाडी बढेको छ ।’

    कलंकी कृषि बजारमा हाल १ सय १५ वटा स्टल रहेका छन् । आगामी दिनमा त्यसलाई अझ बिस्तार गर्दै जाने मन्त्री अर्यालको भनाइ थियो ।

  • पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्नुस् : मन्त्री अर्याल

    पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्नुस् : मन्त्री अर्याल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले पशु स्वास्थ्य सम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न परिषद्को नेतृत्वलाई निर्देशन दिइन् ।

    नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रीले शुभकामना  दिदै उनले भनिन्, ‘पशु स्वास्थ्य सम्बन्धी जागरणमुखी अभियान कसरी सञ्चालन गर्न सकिएला ? त्यससम्बन्धी कार्यक्रम बनाउनुस ।’

    पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्व नदिने प्रवृत्ति रहेको प्रसंग जोड्दै उनले तर अब पशु स्वास्थ्यको विषयलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता रहेको औल्याइन् ।
    ‘मानव स्वास्थ्य पशुस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । तर पशु स्वास्थ्यका सन्दर्भमा त्यति सचेत नहुने प्रवृत्ति हामीकहाँ हिजोदेखी नै रहिआएको छ’, मन्त्री अर्यालले भनिन्, ‘अहिले विस्तारै पशु स्वास्थ्यप्रति सचेत हुने वातावरण बन्दैछ । तर गाउँमा अझैपनि त्यो वातारण बन्न बाँकी छ ।’

    आफ्नो कार्यकाललाई नमूना बनाउनेतर्फ लाग्न आग्रह गर्दै उनले पशु चिकिस्ता क्षेत्रलाई अझ राम्रो र उत्कृष्ट बनाउनेतर्फ भूमिका निर्वाह गर्न आग्रह गरिन् । व्यवसायिक रुपमा पशु चिकित्सा क्षेत्रमा लागेकाहरुको उन्नती, पूगतीका निम्ती काम गर्न आग्रह गर्दै उनले व्यवसायिक क्षेत्रका चुनौती हटाउन नीतिगत सुधार गर्नका निम्ती के–के गर्ने भन्ने कुरामा ध्यान दिन आग्रह गरिन् ।
    यसै आज (शुक्रबार) परिषद्को नेतृत्वको उपस्थितीमा मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्री अर्यालले बधाई ज्ञापन गरेकी हुन् ।

     

  • चारैतिरबाट घेराबन्दी गरेपछि जनतामाझ जाने निर्णय गरियोः मन्त्री अर्याल

    चारैतिरबाट घेराबन्दी गरेपछि जनतामाझ जाने निर्णय गरियोः मन्त्री अर्याल

    स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले आफ्नै पार्टीका नेताहरुबाटै चारैतिर घेराबन्दी गरेपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय गरेको बताइन् ।

    गृहजिल्ला स्याङ्जाका विभिन्न स्थानहरुमा आयोजना गरिएको नेकपाको सभालाई सम्बोधन गर्नेक्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

    पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टीअध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका पदलोलपन नेताहरुले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको बताइन् ।
    उनले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत बताइन् ।

    ‘पार्टी एकता भएपछि विचारको बहस, छलफल शून्य भयो । पद, सेवासुविधाको छलफल चल्न थाल्यो । विचारबाट निर्देशित भएको पार्टी पद, पावरमागएर अल्झियो’, मन्त्री अर्यालले भनिन्,‘पद लोलुपहरुले चारैतिरबाट घेराबन्दी गरेर बस्नखानै नदिएपछि प्रधानमन्त्री ज्यूले जनताको अदालतमा जाने निर्णय गर्नुपर्‍यो । जनताको अदालतमा जाने उक्त निर्णय लोकतान्त्रिक विधि हो ।’

    आम जनताले आशा भरोसा र विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपाभित्रैका ठूला नेताहरुले राष्ट्रपतीलाई महाअधियोग लगाउनेसम्मको तयारी गरी हस्ताक्षर गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको समेत नेकपाका केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इञ्चार्ज समेत रहनुभएकी मन्त्री अर्यालले बताइन् ।

    ‘राष्ट्रपतिलाई महाअभियोग लगाउनेगरी सांसदहरुको हस्ताक्षर संकलन गरियो । यस्तो बिचित्रको दृश्य आफ्नै पार्टीभित्र देख्नुपर्‍यो । त्यसैले बाध्य भएर प्रधानमन्त्रीले यस्तो कदम चाल्नुभएको हो’, मन्त्री अर्यालले भनिन्, ‘चारैतिर घेरेर ढोका थुनेर सास थुन्न थालेपछि मुसा पनि बाहिर आउन खोज्छ । जनताले ५ वर्षका निम्ती जनताले मत दिएका थिए । तर प्रधानमन्त्री ज्यूलाई बस्नखानै नदिएपछी । सरकारलाई काम गर्नै नदिएपछी यस्तो कदम चाल्नुपर्‍यो ।’

    सरकारले राष्ट्रिय एकता कायम गर्दै विगतमा विभिन्न कारणले गुमेको नेपालको जमिन फिर्ता लिने कार्य अगाडी बढाएपछी आफ्नै पार्टी नेतृृत्वको सरकार असफल बनाउन आफ्नै पार्टीबाट योजना बनेको समेत मन्त्री अर्यालले बताइन् ।

    विश्व जनसमुदायमै चर्चाको विषय बन्नेगरी नेपालले पहिलोपटक आफ्नै लगानी, स्रोतसाधन र जनशक्तिमा सगरमाथाको उचाई मापन गरेपनी त्यसलाई आफ्नै देशमा गलत रुपमा ब्याख्या गर्ने गरिएको समेत उनले भनिन् ।