Tag: कुटपिट

  • मध्यरातमा ट्रक रोकेर चालकलाई कुटपिट गर्ने पक्राउ

    मध्यरातमा ट्रक रोकेर चालकलाई कुटपिट गर्ने पक्राउ

    दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्।

    व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    उनीहरूलाई दमौली बजारबाट सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ।

    आइतबार राति डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १ क २६६३ नम्बरको मिनीट्रकलाई सोही दिशाबाट मोटरसाइकल र स्कुटरमा आउँदै गरेका युवाहरूले रोकी चालक रेखबहादुर थापा कुटपिट गरेका थिए।

    उनीहरुले उक्त ट्रकमा ढुङ्गासमेत प्रहार गरी सिसा, हेडलाइड फुटाएका थिए। घटनालगत्तै फरार उनीहरूलाई प्रहरीले खोजतलास गर्दै जाँदा लु ७२ प १३०६ नम्बरको स्कुटर र प्र०२–००–०००३प १८९१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ। रासस

  • आमा र बहिनीको कुटपिटबाट राजेन्द्र उरावको मृत्यु

    आमा र बहिनीको कुटपिटबाट राजेन्द्र उरावको मृत्यु

    मोरङ । कटहरी गाउँपालिका-५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ ।
    कुटपिटमा सम्लग्न रहेका ५५ बर्षीय बातियो उराव र ३० बर्षीय रिता उरावलाई पक्राउ गरिएको छ ।

    गत मंसिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी बादबिबाद हुँदा आमा र बहिनीले बाँसको लाठीले टाउकोमा प्रहार गर्दा घाइते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगर उपचारको क्रममा आज राती सवा १० बजे मृत्यु भएको थियो ।

    थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

  • छोराको कुटपिटबाट बाबुको मृत्यु

    रोल्पा । रोल्पामा छोराको कुटाइबाट बाबुको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका-४ बागखुरका ६० वर्षीय लक्षिमन दमाईलाई उनकै २५ वर्षीय छोरा टेक बहादुर नेपालीले कुटपिट गरेका थिए ।

    छोराको कुटाइबाट गम्भिर घाइते भएका लक्षिमनको उपचारको क्रममा मृत्यु भएको हो । घरायसी झै झगडामा नेपालीले बुबालाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अस्थायी पोष्ट बुढागउ र ईलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले छोरा टेक बहादुरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • सीमामा भारतीयको ज्यादती, नेपाली महिलामाथि कुटपिट

    सीमामा भारतीयको ज्यादती, नेपाली महिलामाथि कुटपिट

    कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिका-१ बैसाखीमा एक महिला माथि भारतीय नागरिकले कुटपिट गरेका छन् ।

    दशगजा नजिकै घाँस काटिरहेको बेला शनिवार बेलौरी नगरपालिका-१ बैसाखीकी ३८ बर्षीया पुनम शाहीमाथि भारतीय नागरिकले कुटपिट गरेका हुन् । ‘बाख्राको लागि घाँस काटिरहेको बेला अन्टीलाई लट्ठीले हिर्काएको थियो हामी पुग्दा सम्म त्यो भागिहाल्यो’ परिवारका सदस्य रतन शाहीले बताए ।

    नेपाली महिलामाथि कुटपिट भएको थाहा पाएपछि स्थानीयले त्यसको विरोध गरेका थिए । कुटपिटमा संलग्नलाई कारबाही गर्न समेत स्थानीयले माग गरे । स्थानीयको विरोध पछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत घटना बारे चासो दिएका थिए ।

    उनीहरूले नेपाली महिलामाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको वडा नम्बर-१ का वडाध्यक्ष रतन शाहीले बताए ।
    ‘दुवै देशमा सुरक्षा निकायले यस घटनालाई गम्भीर रूपमा लिएका छन् । 

    उनले भने ‘महिलामाथि कुटपिट गर्नेलाई कारबाही गर्ने जनाइएको छ ।’ कुटपिट गर्ने व्यक्ति अहिले सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको भारतीय सीमा सुरक्षा बलले जानकारी दिएको उनले बताए ।

    कञ्चनपुरको दक्षिणी क्षेत्रमा यस अघि पनि पटक-पटक भारतीयबाट ज्याजति हुँदै आइरहेको छ । २०७३ फागुन २६ गते सीमा सुरक्षा गर्ने क्रममा कञ्चनपुर पुनर्वास नगरपालिका ८, आनन्दनगरका ३६ वर्षीय गोविन्द गौतमको हत्या भएको थियो।

  • पानी तान्ने मोटर चोरी गरेको भन्दै हत्या गरेको आरोपमा ५ जना पक्राउ

    पानी तान्ने मोटर चोरी गरेको भन्दै हत्या गरेको आरोपमा ५ जना पक्राउ

    भक्तपुर । कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

    काभ्रे कुशादेवी घर बताउने ३० वर्षीय कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका- २ बस्ने ५० वर्षीय टेक बहादुर केसी, सोही ठाउँ बस्ने ३२ वर्षीय नविन कोजु, ३७ वर्षीय बिनोद लाखा, चाँगुनारायण नगरपालिका-२ बस्ने दोलखा भिमेश्‍वर नगरपालिका -९ घर भएका ३८ वर्षीय कमल खत्री (फुँयाल) र  ३४ वर्षीय सनिस कुमार राय रहेका छन् ।

    चाँगुनारायण नगरपालिका- २ बर्खेपाटीमा पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिए कुटपिट गरेका थिए ।

    महानगरीय प्रहरी प्रभाग व्यासी भक्तपुरबाट खटिएको प्रहरीले कृष्ण गुरुङ लाई कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला पारेको थियो ।

    कुटपिटमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिई गम्भीर घाइते भएका कृष्ण गुरुङ भनिने व्यक्तिलाई तत्कालै उपचारका लागि भक्तपुर अस्पतालमा पठाईएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

    थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।