Tag: काष्ठमण्डप

  • काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा : मेयर शाक्य

    काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा : मेयर शाक्य

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

    काष्ठमण्डप परिसरमा ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले पुनर्निर्माणको नेतृत्व लिने प्रदेश सांसद राजेश शाक्यलाई धन्यवाद दिए ।

    २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको काष्ठमण्डपको अहिले छाना छाउने क्रम धमाधम छ । काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्षसमेत रहेका वागमतीसभा सदस्य शाक्यले अहिलेसम्म महानगरपालिकाबाट ११ करोड ५० लाख सहयोग प्राप्त भएको जानकारी दिए ।

  • काष्ठमण्डपको छानो छाउने काम सुरु (भिडिओ)

    काष्ठमण्डपको छानो छाउने काम सुरु (भिडिओ)

    काठमाडौ । काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ ।

    २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि छानो छाउने काम सुरु गरिएको हो ।

    सातौं शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिंगटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

    उनले सो सम्पदाको पुनर्निर्माणको काम सम्पन्न गर्न अझै केही महिना लाग्ने पनि स्पष्ट पारे । समितिले पूरानै मौलिकतालाई कायम राखेर सो सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेर विश्वलाई नै नमूना उदाहरण पेश गर्न सक्षम हुने दावी समेत गरेको छ ।

    समितिका अध्यक्ष शाक्यले भने, ‘यो सम्पदाको पुनर्निर्माणको काम नियमित भईरहेको छ । यो काम अव अन्तिमतिर आईरहेको छ । अव हामीले झिंगटी छाउने काम गरिरहेका छौं । अव यो काम सम्पन्न गर्न अझै केही महिना लाग्छ । काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर यसको पुनर्निर्माण हुन्छ । काष्ठमण्डप आफैंमा काठमाडौंको ठूलो मौलिक सम्पदा हो । सातौं शताब्दीमा बनेको काष्ठमण्डप यसको मौलिकतालाई बचाएर पुनर्निर्माण गर्नु ठूलो उपलब्धि हो । यो सम्पदा पूरानै प्रविधिबाट निर्माण गर्नु विश्वकै लागि नमूना हो ।’

    हालसम्म यो सम्पदाको पुनर्निर्माणका लागि ११ करोड ५० लाख रुपैया खर्च गरिएको छ । काठमाडौं महानगरपालिकाको अनुदान सहायतामा भईरहेको पुनर्निर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना तय गरिएको समितिका अध्यक्ष शाक्यले बताए ।

    काठैकाठको प्रयोग, झिंगटीको छाना, चारकुने इँटका गरा, लेसाइलो मोटाको लिपाई र मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना थियो–काष्ठमण्डप ।

    समितिले सोही मौलिक प्रविधिको उपयोग गरी यसको पुनर्निर्माण गरेकाले काम सम्पन्न गर्न समय लागेको पनि स्पष्ट पारेको छ । करिव १९ करोड लागत अनुमान गरिएको सो ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदाको पुनर्निर्माणको काम अव छिट्टै सक्ने समितिको योजना छ । सोही योजना अनुसार छानो छाउने कामलाई सुरु गरिएको समितिका अध्यक्ष शाक्यले बताए ।

     

  • धमाधम उठ्दैछन् ढलेका सम्पदाहरू, ४९३ वटाको पुननिर्माण पूरा

    धमाधम उठ्दैछन् ढलेका सम्पदाहरू, ४९३ वटाको पुननिर्माण पूरा

    काठमाडौं । २०७२ सालको भूकम्पले देशका सम्पदा क्षेत्रहरूलाई क्षतिविक्षत बनाएको थियो । भूकम्पले भत्काएका सम्पदाहरूमध्ये आधाभन्दा बढीको पुननिर्माण सकिएको छ भने बाँकीको जारी छ ।

    नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान जोडिएका सम्पदाहरूको पुनर्निर्माण सबैका लागि चासो र चिन्ताको विषय बन्दै आएको थियो । शुरूमा सरकारले निजी आवासलाई प्राथमिकतामा राखेकाले सम्पदाको पुनर्निमाणमा शुरू हुन ढिलाइ भयो । तर, पछिल्लो समय यसले तीव्रता पाएको छ । भूकम्प गएको ६ वर्षको अवधिमा सम्पदा पुनर्निर्माणको काममा सन्तोषजनक प्रगति देखिन्छ ।

    २०७२ सालको भूकम्पले ९ सय २० वटा पुरातात्विक सम्पदाहरूमा क्षति पुगेको थियो । विश्व सम्पदा क्षेत्रका १ सय ७० वटा सम्पदा र उपत्यकाका ३ जिल्लाका सानाठूला गरेर ४ सय ६ वटा सम्पदामा पूर्ण क्षति भयो । यस्तै उपत्यका बाहिरका जिल्लामा रहेका ३ सय ४४ वटा सम्पदामा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

    क्षति पुगेका ९ सय २० वटा सम्पदामध्ये ४ सय ९३ वटा सम्पदाको पुनर्निर्माण भइसकेको छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत १ सय ७० मध्ये १ सय १० वटा सम्पदाको पुनर्निर्माण भइसकेको छ । उपत्यकाका ३ जिल्लाका ४ सय ६ वटा सम्पदामध्ये २ सय ७ वटा सम्पदा पुनर्निर्माण भइसकेका छन् । उपत्यका बाहिरका ३ सय ४४ वटा सम्पदामध्ये १ सय ७६ वटा सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन् ।

    चालु आर्थिक वर्षमा २ सय ८८ वटा सम्पदाहरू पुनर्निर्मााण भइरहेका छन् । त्यस्तै १ सय ३९ वटा सम्पदाहरूको पुनर्निर्माण सम्पन्न हुन बाँकी रहेका छन् । विश्व सम्पदा क्षेत्रका ४९ वटा सम्पदा पुनर्निर्माण भइरहेका छन् । यस्तै विश्वसम्पदा सूचीमा रहेकामध्ये ११ वटा सम्पदाको पुनर्निर्माण हुन सकेको छैन ।

    उपत्यकाभित्र यो वर्ष सबैभन्दा बढी १ सय ११ वटा सम्पदाको पुनर्निर्माण भइरहेको र ४० सम्पदाको पुनर्निर्माण हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ । उपत्यका बाहिर १ सय २८ वटा सम्पदाहरू पुनर्निर्माणका क्रममा रहेका छन् भने अझै पनि ४० वटा सम्पदा पुनर्निर्माण हुन बाँकी छन् ।

    प्राधिकरणका अुनसार यसै आर्थिक वर्षमा २ सय ८८ वटा सम्पदाको पुनर्निर्माण भइरहेका छन् । भूकम्पको ६ वर्ष बितिसक्दा पनि नबनेका १ सय ३९ सम्पदाहरूको पुननिर्माणलाई पनि प्राथमिकतामा राखेर छिट्टै काम थाल्ने प्राधिकरणको भनाइ छ ।

    गुम्बा पुनर्निर्माण सुस्त

    सम्पदा पुनर्निर्माणमा प्रगति भइरहेपनि भूकम्पबाट क्षतिग्रस्त बनेका गुम्बाहरूको पुनर्निर्माण भने छायाँमा परेको छ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा १ हजार ३ सय २० सम्पदाहरूमा क्षति पुगेको थियो । जसमध्ये पुनर्निर्माण गर्नुपर्ने गुम्बाहरू ९५ वटा छन् । तर भूकम्पले पूर्ण क्षति पुगेका कुनैपनि गुम्बाहरूको पुनर्निर्माण शुरू भएको छैन ।

    ४ सय २ वटा गुम्बाहरू मर्मत सभार गर्नुपर्ने अवस्थामा थियो । हाल २ सय ९४ वटा गुम्बाको मर्मत सम्भार भइसकेको छन् । १ सय ८ वटा गुम्बा अझैपनि मर्मत सम्भार गर्नुपर्ने अवस्थामा छन् । तर यो वर्ष आशिंक क्षति पुगेका सम्पदाहरूको मर्मत सम्भार भएको छैन ।

    भूकम्पले एक सय वर्ष पुराना २ सय ५० वटा गुम्बामा क्षति पुगेको थियो । यस्ता ५ वटा गुम्बाको मात्रै पुनर्निर्माण शुरू गरिएको छ । यसैगरी दुई हजार वर्गफिटभन्दा बढी क्षेत्रफल भएका १४ वटा गुम्बामा क्षति पुगेको थियो । हाल ८ वटा गुम्बाका मात्रै पुनर्निर्माण सूरु भएको छ । स्थानीय तह र गुम्बा व्यवस्थापन समितिबाट पुनर्निर्माण गर्नुपर्ने गुम्बाहरू ६ सय ३१ वटा रहेका छन् । तर, हालसम्म १ सय १ वटा गुम्बाको मात्रै पुनर्निर्माण शुरू भएको छ ।

    बजेट अभावका कारण गुम्बाहरूको पुनर्निर्माण लक्ष्य अनुसार हुन नसकेको प्राधिकरणले जनाएको छ ।

    अब सम्पदा पुनर्निर्माणले गति लिन्छ

    निजी आवास पुनर्निर्माण पहिलो प्राथमिकतामा परेकाले सम्पदा पुनर्निर्माणमा केही ढिला भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले नेपाल प्रेसलाई बताए । उनले भने,‘बजेट अभावले पनि कतिपय सम्पदाहरूले पुर्णता पाएको सकिएको छैन ।

    अब सम्पदाहरूले गति लिन्छ ।’

    गुम्बा पुनर्निर्माणको काम सुस्त भएको भन्न नमिल्ने अर्यालको भनाइ छ ।

    सम्पदा र गुम्बाहरू पनि पुनर्निर्माण कमै मात्रमा पुनर्निर्माण भइरहेको उनले बताए । सबै सम्पदा र गुम्बाहरू क्रमशः पुनर्निर्माण हुँदै गएको उनको दावी छ । सम्पदा पुनर्निर्माणका लागि प्राधिकरणको लगानी मात्र नभई विदेशी लगानी पनि परिचालन गरिएको छ । कतिपय स्थानमा स्थानीय आफै जुटेर पनि पुनर्निर्माण सम्पन्न गरेका छन् ।

    पुनर्निमाण सकिएका चर्चित सम्पदा

    भूकम्प गएका केही समयपछि निजी आवासको पुनर्निर्माण थालियो । तर, एक वर्षसम्म पनि सम्पदा पुनर्निर्माण गर्ने वा नगर्ने अन्योल कायमै रहेको थियो ।

    सरकारको प्राथमिकतामै सम्पदा पुनर्निर्माणभन्दा निजी आवास प्राथमिकतामा रहेको थियो । निजी आवास पुनर्निर्माण गर्न जस्तो सजिलो नभएकाले २ वर्षपछि मात्रै विश्व सम्पदामा सूचीकृत सम्पदादेखि पुरातात्विक महत्व बोकेको सम्पदाहरू पुनर्निर्माण थालियो ।

    पुरातात्विक सम्पदाहरूलाई पुरानै स्वरूप दिनुपर्ने र त्यसको महत्व मर्न दिननहुने भएकाले प्राधिकरणले पुरातत्व विभागको साथ लिएको थियो । हालसम्म पुनर्निर्माण सम्पन्न भएका चर्चित सम्पदाहरूको सूची यसप्रकार छ :

    रानीपोखरी

    भूकम्पको ५ वर्षपछि रानीपोखरीको पुनर्निर्माण पुरानै स्वरूपमा सम्पन्न भएको छ । यद्यपि पुनर्निर्माणका दौरान विभिन्न विवादहरू सिर्जना भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरीले पूर्णता पाउन ५ वर्ष लाग्यो ।

     

    काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको रानीपोखरीमा कंक्रिट प्रयोग गरेको भन्दै विवाद भएपछि महानगर पछि हटेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएपछि रानीपोखरी मल्लकालीन शैली र सामाग्रीबाटै पुनर्निर्माण भयो । पुनर्निर्माण सम्पन्न भएपछि गत कात्तिक ५ गते राष्ट्रपति भण्डारीले रानीपोखरीको औपचारिक उद्घाटन गरिन् ।

    बौद्धनाथ स्तुपा

    भूकम्पपछि बिनाविवाद सम्पन्न भएको सम्पदामध्ये पहिलो नब्बरमा बौद्धनाथ स्तुपा पर्दछ । भूकम्प गएको वर्ष सर्वसाधरण निजी आवास पुनर्निर्माणमा जुटिरहँदा बौद्धनाथ स्तूपा विकास क्षेत्र समिति भने बौद्धनाथको पुनर्निर्माणमा जुटेको थियो ।

     

    बौद्धनाथ स्तुपा सबैभन्दा पहिले नै पुननिर्माण भयो ।

    धरहरा

    भूकम्पको छैटौं वर्षमा ढलेको धरहरा पनि उठेको छ । धरहराको पुनर्निर्माण सम्पन्न भइसकेकाले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । अहिले नयाँ बनेको धरहरा आधुनिक र भूकम्पप्रतिरोधी रहेको छ ।

     

     

    बाहिरबाट हेर्दा ९ तला देखिए पनि भित्र २२ तला रहेको छ ।

    बसन्तपुर

    पुनर्निर्माण सम्पन्न भएपछि बसन्तपुर क्षेत्रले नयाँ स्वरूप पाएको छ । काठले टेको लगाएर राखिएका बसन्तपुर क्षेत्रमा सम्पदाहरू पुनर्निर्माण भइसकेपछि सर्वसाधारण खुसी देखिन्छन् । बसन्तपुरका केही मन्दिरहरूको पुनर्निर्माण भने अझै जारी छ ।

    काष्ठमण्डप

    काष्ठमण्डपको पुनर्निर्माण यतिबेला अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुनर्निर्माणमा प्रारम्भदेखि नै विवाद देखिएको थियो । ठेकेदारले धोका दिएपछि स्थानीय आफैं पुनर्निर्माणमा जुटका थिए । अहिले पुनर्निर्माणको अन्तिम चरणमा पुगेको काष्ठमण्डपले नयाँ स्वरूप पाउँदैछ ।

    त्रिपुरेश्वर महादेव मन्दिर

    काठमाडौंको त्रिपुरेश्वर मन्दिरको पनि पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । काठमाडौं विश्वविद्यालयको सहयोगमा पुनर्निर्माण हुदै गरेको त्रिपुरेश्वर महादेव मन्दिर पनि केही समयपछि दर्शन गर्नको लागि खुल्ला हुँदैछ ।

    पाटन दरबार

    ललितपुरको पाटन दरबारभित्र रहेको सम्पदाहरूपनि भूकम्पले पूर्ण क्षति पुर्‍याएको थियो । तर, स्थानीयको सक्रियतामा पाटन दरबारभित्र रहेका ऐतिहासिक मन्दिरहरूको पुनर्निर्माण सम्पन्न भएको छ ।

    भक्तपुर दरबार स्क्वायर

    भूकम्पले भक्तपुरका अधिकांश सम्पदाहरूमा क्षति पुयाएको थियो । तर, ढलेका सम्पदाहरू उठाउन भक्तपुरका स्थानीयले तदारुकता देखाउँदा निजी आवासभन्दा पनि पहिले सम्पदा पुनर्निर्माण भएको छ ।

    भक्तपुर दरबार स्क्वायरलगायतका सम्पदाहरू पुनर्निर्माण भइसकेका छन् ।

    तस्वीर : विजय गजमेर

     

  • काष्ठमण्डप पुनःनिर्माण ९० प्रतिशत सकियो, वैशाखमा उद्घाटन हुने

    काष्ठमण्डप पुनःनिर्माण ९० प्रतिशत सकियो, वैशाखमा उद्घाटन हुने

    काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको छ ।

    निर्माणअन्तर्गत अहिले काठ, माटो र झिङ्गटीबाट छानो छाउने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिले जानकारी दिएको छ।

    निर्माणका लागि अहिले दैनिक ३५ कामदार नियमितरूपमा खटिइरहेका छन् । छानोमा प्रयोग भइरहेको माटो अरुभन्दा अलि विशेष किसिमको हुने हुँदा पानीले भिज्दा पनि असर नगर्ने किसिमको भएको समितिको भनाइ छ ।

    पुनःनिर्माणको शुरुको समयमा निर्माणका लागि आवश्यक पर्ने काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि ढिला भएको बताइएको छ । अहिले समस्या नभएकाले सहजरूपमा काम भइरहेको छ ।

    विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम तीन वर्षअघि शुरु गरिएको हो ।

    काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार १० प्रतिशत बाँकी काम सकी आगामी वैशाखमा पुनःनिर्मित काष्ठमण्डप देख्न पाइन्छ ।

    ‘बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो’ भन्ने किम्बदन्ती रहेको छ ।

    सातौँ शताब्दीको काष्ठमण्डप बाटनै नेपालको राजधानीको नाम काठमाडौँ रहन गहेको इतिहासमा उल्लेख छ ।

    पुनःनिर्माणका लागि थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी आवश्यकतानुरूप चरण चरणमा ल्याइएको समितिले जानकारी दिएको छ ।