Tag: कालोसूची

  • पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी, सात दिने अल्टिमेटम

    पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी, सात दिने अल्टिमेटम

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।

    चार सरकारी निकायले ती कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद कार्यालयले ‘कालोसूचीमा राख्न नपर्ने आधार पेश गर्न’ भनेको हो ।

    यसअघि ३० दिने सूचना जारी गरिए पनि अटेरी गरेपछि पुनः सात दिने अल्टिमेटम दिइएको छ ।

    कालोसूचीमा सिफारिस भएका कम्पनीमा अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौं र शिवराम कन्स्ट्रक्सन प्रालि दोलखा रहेका छन् ।

    सुर्खेतको चौकुने गाउँपालिकाले अमनलाई, सडक डिभिजन दाङले अभिषेक निर्माण सेवालाई र सडक पूर्वाधार विकास कार्यालय पाल्पाले श्रेष्ठ निर्माण सेवालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका हुन् ।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले बीटी निर्माण सेवा र शिवराम कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

    स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी कामकारबाहीका सहभागी हुन नपाउनेगरी निश्चित समयका लागि कालोसूचीमा राख्नेछ ।

  • चार कम्पनी कालोसूचीमा, कुन-कुन परे ?

    चार कम्पनी कालोसूचीमा, कुन-कुन परे ?

    काठमाडौं । सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    खरिद कार्यालयको मंगलबार बसेको बैठकले आजदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा नयाँबानेश्वर काठमाडौंंस्थित भैरव कन्स्ट्रक्शने कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

    यस्तै प्रहरी प्रधान कार्यालयको सिफारिसमा त्रिपुरेश्वरस्थित न्यू लक्ष्मी इण्डस्ष्ट्रिज एण्ड सप्लायर्स, बनेपा नगरपालिका नगर कार्यापालिकाको सिफारिसमा ललितपुरको सापकोटा सप्लायर्स एण्ड निर्माण र शिवालय गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जाजरकोटको सिफारिसमा काठमाडौँ बानेश्वरको लार्ज बास्केट कम्पनीलाई एक/एक वर्षका लागि कालोसूचीमा परेको छ ।

    सार्वजनिक खरिद ऐनका अनुसार कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ ।

  • प्रेस काउन्सिलले ४ अनलाइनलाई राख्यो कालोसूचीमा, एउटा बन्द गराउने निर्णय (सूचीसहित)

    प्रेस काउन्सिलले ४ अनलाइनलाई राख्यो कालोसूचीमा, एउटा बन्द गराउने निर्णय (सूचीसहित)

    काठमाडौं । प्रेस काउन्सील नेपालले पत्रकार आचारसंहिता उल्लंघन गरी पटक-पटक काउन्सीलको निर्देशन अवज्ञा गरेको भन्दै चार न्यूजपोर्टललाई कालोसूचीमा राखेको छ । तीमध्ये एटालाई बन्द गराउन सिफारिस गराउने निर्णय पनि काउन्सीलले गरेको छ ।

    २०७७ साल सानदेखि २०७८ साल असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूजपोर्टलमा इहिमालयटाइम्स डट कम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोशीपाटी डट कम । यीमध्ये इहिमालयटाइम्स डटकम नियमानुसार दर्ता/सूचिकरण नभएकाले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दुरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको काउन्सीलले जनाएको छ ।

    काउन्सीलका अनुसार एक वर्षको अवधिमा ४५० वटा स्वअनुगमन भएका थिए । पछिल्लो दिनमा १३ वटा स्वअनुगमन भएकोमा ८ न्यूजपोर्टललाई ध्यानाकर्षण, ४ वटालाई सचेत, एक सञ्चारकर्मीलाई सचेत र १ सञ्चारविज्ञलाई ध्यानाकर्षण गराइएको काउन्सीलले जनाएको छ ।
    हेर्नुस सूची