Tag: कांग्रेस १४ औं महाधिवेशन

  • सभापतिपछि चासो पदाधिकारीकोः क्रस प्यानल नतिजाको आशा

    सभापतिपछि चासो पदाधिकारीकोः क्रस प्यानल नतिजाको आशा

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिको छिनोफानो भएसँगै अब सबैको ध्यान पदाधिकारीतर्फ केन्द्रित भएको छ । कांग्रेसका १४ पदाधिकारी तथा १३४ केन्द्रीय सदस्यका लागि प्रतिनिधिहरुले दुई दिन अगाडि नै ट्यांकीमा भोट खसालिसकेको भए पनि गणना भने आज बेलुकीबाट सुरु हुँदैछ ।

    सभापतिको पहिलो चरणको चुनाव र पदाधिकारीको चुनाव एकैसाथ भएको थियो । तर, पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि सभापति निर्वाचन दोस्रो चरणमा भयो । पदाधिकारीको मतगणनामा भने त्यस्तो झमेला हुनेछैन ।

    कांग्रेसमा पदाधिकारीको दौड पनि उत्तिकै रोमाञ्चक देखिन्छ । देउवाले सभापतिमा सहज जित हात पारे पनि पदाधिकारी र केन्द्रीय सदस्यमा सिंगै उनको प्यानल निर्वाचित हुन सक्ने स्थिति छैन । शेरबहादुर देउवा र शेखर कोइरालाले सिंगै प्यानल खडा गरेर चुनाव लडेका थिए भने प्रकाशमान सिंह र विमलेन्द्र निधिले उपसभापति र महामन्त्रीमा मात्रै आफ्ना उम्मेदवार उठाएका थिए ।

    कांग्रेसमा २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचनमार्फत छानिँदैछन् । यसमा मिश्रित नतिजा आउन सक्ने अनुमान गरिएको छ ।

    उपसभापतिमा देउवाको प्यानलबाट विजय गच्छेदार र पूर्णबहादुर खड्का उम्मेदवार छन् । उनीहरु कांग्रेसका पुराना हस्तीहरु हुन् । कांग्रेस छोडेर मधेस केन्द्रित पार्टीमा लागेका गच्छदारले पुनरागमन गरेर मनोनित उपसभापति बनेका थिए । खड्का भने १३ औं महाधिवेशनपछि महामन्त्री मनोनित भएका थिए । उनी देउवाका पुराना विश्वासपात्र हुन् ।

    यता, शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा खडा डा. चन्द्र भण्डारी र धनराज गुरुङ । उनीहरु दुवै पार्टीमा राम्रो छवि भएका नेता हुन् । अर्कोतर्फ कोइराला परिवारकी हस्ती सुजाता कोइरालाले पारिवारिक विद्रोह गर्दै प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा लडेकी छन् । उनी पनि बलियो दावेदार मानिन्छन् । यसप्रकार पार्टीका दुई उपसभापतिमा ५ नेताहरुको टकराव हुने देखिन्छ ।

    महामन्त्रीको प्रतिस्पर्धा अझै रोचक छ । कांग्रेसका तीन प्रभावशाली युवा नेताहरु फरक–फरक गुटबाट महामन्त्रीमा भिड्दैछन् । संस्थापन समूहले कृष्ण सिटौलाको सिफारिसमा प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएको छ । यस्तै, विश्वप्रकाशले शर्माले संस्थापन समूहबाट टिकट नपाएपछि प्रकाशमानको समूह रोजे । अर्का लोकप्रिय युवा नेता गगन थापा शेखर कोइरालाको प्यानलबाट उठेका छन् ।

    यस्तै, देउवा प्यानलबाट डा. प्रकाशशरण महत र शेखर प्यानलका डा. मिनेन्द्र रिजाल पनि उत्तिकै बलिया दावेदार हुन् । यसरी महामन्त्रीमा पनि पाँच जनाबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ ।

    कांग्रेसको निर्वाचनलाई लिएर फ्याक्ट्स रिसर्च एन्ड एनालाइसीसले गरेको एक्जिट पोललाई विश्वास गर्ने हो भने महामन्त्रीको दौडमा गगन र विश्वप्रकाश अरुभन्दा अगाडि छन् । यही एक्जिट पोलले सभापतिमा गरेको प्रक्षेपण निकै हदसम्म सही सावित भएकाले पदाधिकारीको प्रक्षेपणलाई पनि नजरअन्दाज गर्न सकिन्न ।

    सर्वेक्षणअनुसार महामन्त्रीमा गगन ४५ प्रतिशत मतका साथ पहिलो र विश्वप्रकाश २९ मतका साथ दोस्रो स्थानमा आउने छन् । प्रदीप, प्रकाशरण र मिनेन्द्र क्रमश तेस्रो, चौथो र पाचौं हुने प्रक्षेपण गरिएको छ ।

    महाधिवेशनमा सहभागी २१४८ प्रतिनिधिहरुमाथि सो सर्वेक्षण गरिएको फ्याक्ट्स नेपालको दावी छ ।

  • प्यानलमा नअटाएपछि मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी, देउवालाई निःशर्त सघाउने

    प्यानलमा नअटाएपछि मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी, देउवालाई निःशर्त सघाउने

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको केन्द्रीय सदस्यका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिएका छन् ।

    आफ्नो असहमतिमै उम्मेदवारी दर्ता गराइएको भन्दै फिर्ताका लागि उनले कांग्रेसको निर्वाचन समितिमा निवेदन दिएका हुन् ।

    विश्वकर्माले शेरबहादुर देउवाको प्यानलबाट पदाधिकारीमा लड्न चाहेका थिए । महामन्त्री वा सहमहामन्त्रीका आकांक्षी रहेका उनी देउवाको प्यानलमा अटाउन सकेनन् ।

    ‘हिजो साथीभाइहरुले नाम राखिदिएका रहेछन् । हाइकमाण्डको सल्लाहमा हो कि के हो !’ उनले नेपाल प्रेससँग भने, ‘एउटा फर्म त हस्ताक्षर गरेर बिहानै पठाएको थिएँ । तर पछि नगर्नु भन्दा पनि नाम हालिदिएछन् । नाम आएको देखेपछि फिर्ता लिन निवेदन दिएको हुँ ।’

    आफूले एउटै पदमा तीन कार्यकाल काम नगर्ने मान्यताका साथ पदाधिकारीमा जान चाहेको विश्वकर्माको भनाइ छ । ‘मैले पदाधिकारीमा चाहेको थिएँ, तर प्यानलमा अटाउन सकिनँ,’ त्यसैले बाहिरै बस्ने निर्णय लिएँ,’ उनले भने ।

    आफूलाई अरु प्यानलबाट पनि अफर आएको तर आफूले देउवाको साथ नछाड्नले विश्वकर्माले बताए ।

    ‘मलाई विश्वजीसँगै महामन्त्री लड्ने प्रस्ताव पनि आएको थियो,’ उनले सुनाए, ‘तर शेरबहादुर दाइप्रतिको विश्वास र भरोसा तोड्दिन । दाइको पनि यो अन्तिम कार्यकालमा मेरो कुनै पनि क्रियाकलापबाट उहाँको चित्त नदुखाेस भन्ने चाहन्छु ।’

    अब आफू सभापति देउवालाई जिताउनमा केन्द्रित हुने विश्वकर्माले बताए ।

  • देउवा भर्सेस शेखरः लिगेसी र छविको टकराव

    देउवा भर्सेस शेखरः लिगेसी र छविको टकराव

    काठमाडौं । नेपाली कांग्रेसको भावि सभापतिका लागि ६ जना उम्मेदवार खडा भएका छन् । सतहमा हेर्दा हालका सभापति शेरबहादुर देउवा र संस्थापनइतरका उम्मेदवार शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

    सभापतिका लागि कांग्रेसका चर्चित हस्तीहरु देउवा, कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् । यस्तै, ‘लो प्रोफाइल’का नेताहरु कल्याण गुरुङ र युवराज न्यौपानेको पनि सभापतिमा उम्मदवारी परेको छ, यद्यपि उनीहरु ‘रेस’मा पछाडि छन् ।

    पाँचपटक देशको प्रधानमन्त्री समेत भइसकेका देउवाको कांग्रेसमा आफ्नै लिगेसी छ । आमजनतामा ‘ग्ल्यामर’ भएका नेता होइनन् देउवा, तर कांग्रेसभित्र तल्लो पंक्तिसम्म उनले बलियो जरा गाढेका छन् । त्यसैले उनको बिरासतलाई हल्लाउन अन्य प्रतिस्पर्धीलाई सहज छैन । सुदूरपश्चिमलाई आफ्नो राजनीतिको मुख्य धरातल बनाएका देउवाले अहिलेसम्म कुनै पनि संसदीय चुनाव हारेका छैनन् ।

    विपक्षीहरुका लागि देउवाका आलोचनाका पक्ष अनगिन्ती छन् । विचार-सिद्धान्तमा खासै रुची नराख्ने, भाषणमा कमजोर, विलासी जीवनशैली, अनेकन विवाद र काण्डमा मुछिएको, कांग्रेसलाई दिशाहीन र कमजोर बनाएको आदि आदि । उनको सवल पक्ष भनको रणनीतिक चातूर्यता र निर्णय क्षमता हो । यही सवलताले गर्दा उनले कांग्रेसमा समकालीन नेताहरुलाई उछिनेर पटक-पटक प्रधानमन्त्री अनि पार्टी सभापति बने । अहिले पनि प्रधानमन्त्री पदमा छन् । यसले पनि उनको पक्षमा चुनावी माहोल बलियो छ ।

    यसपालीको चुनावमा देउवाका लागि थप अनकुलता भनेको कृष्ण सिटौलाको समर्थन हो । अघिल्लो महाधिवेशनमा सभापतिकै प्रत्याशी रहेका सिटौलाको गुट देउवामा समाहित भएको छ । यद्यपि, यस गुटका प्रभावशाली नेता गगन थापा उछिट्टएर संस्थापनइतर क्याम्पमा पुगेका छन् ।

    देउवाले उभ्याएको प्यानल हेर्दा प्राय पार्टीका पुराना अनुहारहरु हावी छन् । महामन्त्रीमा भने उनले जुनियर नेता प्रदीप पौडेललाई समेटेका छन् । सिटौलाको समर्थन लिने क्रममा उनले महामन्त्री पदमा आफ्नो गुटमा विश्वप्रकाश शर्मालाई हुत्याएर प्रदीपलाई अघि सारेका हुन् । प्रदीपको उम्मेदवारीलाई लिएर देउवाको समूहमा असन्तोष नरहेको होइन, तर कसैले पनि खुलेर विरोध गरेनन् ।

    देउवाका अर्का महामन्त्रीमा डा. प्रकाशशरण महत छन् । हालका सहमहामन्त्री महतको महामन्त्रीमा दावेदारी स्वभाविक थियो । उनी औसत क्षमताका नेताका रुपमा चिनिन्छन् ।

    उपसभापति पदमा देउवाले पार्टी आफ्ना पुराना सहयोगी पूर्णबहादुर खड्का र दुई वर्षअघि कांग्रेसमा पुनरागमन गरेका विजय गच्छदारलाई उभ्याएका छन् । देउवाका विश्वासपात्र खड्का धेरैपटक मन्त्री र कांग्रेस महामन्त्री भएर पनि राष्ट्रिय पहिचान बनाउन नसकेका नेता हुन् । यस्तै, गच्छेदार जनमानसमा अलोकप्रिय अनुहार हुन् । यद्यपि, गुट बलियो भएकाले उनीहरुको दावेदारी स्वतः बलियो हुने छ ।

    सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइराला एक प्रकारले ‘अनटेस्टेड’ नेता हुन् । उनी अहिलेसम्म पार्टी वा सरकारको महत्वपूर्ण जिम्मेवारीमा पुगेका छैनन् । नेपाली कांग्रेसमा कोइराला परिवारको अत्यन्तै ठूलो विरासत छ । वीपी कोइरालाका दाजु केशव कोइरालाका छोरा शेखर यसअघिको महाधिवेशनमा सर्वाधिक लोकप्रिय मतका साथ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

    २०४७ सालपछि मात्रै राजनीतिमा सक्रिय भएता पनि पछिल्लो कालखण्डमा उनी कांग्रेसका हस्ती नेताका रुपमा चिनिएका छन् । उनी केन्द्रीय सदस्यबाट एकैचोटि सभापतिको दावेदार बन्दा पनि त्यसलाई अस्वभाविक मानिएको छैन ।

    कोइरालाको बलिया पक्ष भनेको निस्कलंक छवि हो । विपक्षीहरुले उनीमाथि प्रहार गर्न सक्ने गतिलो प्वाइन्ट छैन । यद्यपि, उनको नेतृत्व क्षमतामा भने प्रश्न उठाउने गरिएको छ । बोल्ड निर्णय लिन नसक्ने र संगठनमा मजबुतभएकाले उनले कांग्रेसलाई नयाँ गति दिन नसक्ने आलोचक बताउँछन् ।

    जे भए पनि यसपाली देउवाका कठिन प्रतिस्पर्धीका रुपमा कोइरालालाई हेरिएको छ । रामचन्द्र पौडेलको समर्थनले गर्दा एउटा ब्लकको भोट आउने निश्चित नै छ । साथै, उनले आफ्नो प्यानलमा डा. मिनेन्द्र रिजाल, गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारीजस्ता प्रभावशाली नेताहरुलाई समेटेका छन् । कागजीरुपमा उनको प्यानल बलियो देखिएको छ ।

    सभापति पदका लागि उभिएका प्रकाशमान सिंह र विमलेन्द्र निधी पनि कांग्रेसका खम्बाहरु हुन् । यद्यपि, उनीहरुसँग सशक्त गुट छैन । रामचन्द्र पौडेल र शशांक कोइरालाले शेखरलाई समर्थन गरेकाले सिंहको दावेदारी कमजोर बनेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा वाध्यात्मक अवस्थामा उनको प्यानलबाट महामन्त्री उठेका छन् भने कोइराला परिवारबाट विद्रोह गरेर सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दिएकी छन् ।

    निधिको प्यानलबाट उपसभापति र महामन्त्रीमा उम्मेदवारी परेको छ । यद्यपि, उनीहरु कांग्रेसमा चिनिएका नाम होइनन् । देउवासँगको लामो साझेदारी तोडेर सभापति बन्न कस्सिएका निधि चुनावसम्म आइपुग्दा दौडमा पछि परेका छन् ।

  • महामन्त्रीका सशक्त दाबेदार खाँण, विद्यार्थी र तरुणको अध्यक्षदेखि गृहमन्त्रीसम्म

    महामन्त्रीका सशक्त दाबेदार खाँण, विद्यार्थी र तरुणको अध्यक्षदेखि गृहमन्त्रीसम्म

    रुपन्देही । रुपन्देहीबाट राजनीतिक यात्रा सुरु गरेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पार्टी पदाधिकारीको लागि संस्थापन समूहबाट बलियो दाबेदारका रुपमा अगाडि आएका छन् ।

    जनआन्दोलनको समयमा नेपाल विद्यार्थी संघको अध्यक्ष भएर आन्दोलनमा होमिएका उनी २०५४ सालमा नेपाली कांग्रेसले बहुमत गुमाएपछि तरुण दलको अध्यक्ष बनेर देशव्यापी अभियानमा हिंडेर चर्चामा आएका थिए ।

    उनी निकटका नेता कार्यकर्ताले खाँणको इतिहासलाई जोडेर महामन्त्रीको दाबेदारीको रुपमा प्रचारमा ल्याए पनि आधिकारिक रुपमा संस्थापन समूहले उम्मेदवार टुंगो भने लगाएको छैन ।

    नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका पूर्वअध्यक्ष, नेपाली कांग्रेस निर्वाचन परिचालन समितिको पूर्वसंयोजक र नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकसँगै गृहमन्त्री रहेका नेता खाँणलाई जसरी पनि महामन्त्रीमा बनाउनुपर्ने भन्दै कार्यकर्ताले प्रचार सुरु गरेका छन् ।

    तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई ०५६ सालमा केन्द्रीय समितिमा मनोनित गरेपछि त्यसयता लगातार सोही जिम्मेवारीमा छन् । २२ वर्ष केन्द्रीय समितिमा बसेका खाँण अहिले पार्टीको शक्तिशाली महामन्त्रीमा सशक्त दाबेदारी बनेका हुन् ।

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका दाहिने हातजस्तै भएका खाँण कार्यबाहक प्रधानमन्त्री बन्ने मौका पनि पाइसकेका छन् । नेपाली विद्यार्थी संघबाट राजनीति शुरु गरेका ६० वर्षीय खाँण अहिले समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् ।

    उनी रूपन्देहीको तिलोत्तमा क्षेत्र नं. ३ को मणिग्रामका स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निकटमा रहेका उनी अहिलेको मन्त्रिमण्डलमा गृहमन्त्री छन् । पार्टी सभापति देउवाका विश्वासिला पात्र मानिएका उनी अहिले प्रतिनिधिसभामा प्रमुख सचेतकको जिम्मेवारीमा छन् ।

    विद्यार्थी राजनीतिमार्फत २०३० सालबाट राजनीति प्रारम्भ गरेका खाँण २०७४ को निर्वाचनमा समानुपातिकबाट निर्वाचित भएका थिए । २०६४ मा उनी रुपन्देही क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

    उनले नेविसंघ अध्यक्षको हैसियतले २०४६ को जनआन्दोलनमा विद्यार्थी समूहको नेतृत्व गरेका थिए । राजनीतिक यात्राका क्रममा उनले पञ्चायतकालमा करिब २ वर्ष जेलजीवन बिताएका छन् ।

    यसअघि रक्षा, सिंचाइमन्त्री, शिक्षा राज्यमन्त्री भइसकेका खाँणले त्रिवि स्ववियु सभापति, ०४४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष र ०५५ सालमा तरुण दलको अध्यक्षको जिम्मेदारीसमेत सम्हालिसकेका छन् ।

    ‘जनआन्दोलनमा नेपाल विद्यार्थीको नेतृत्वमा रहेर आन्दोलनको कमाण्ड गरेको हुँ, ०५४ सालमा तरुण दलको अध्यक्ष बनेर आफ्नो निर्वाचन क्षेत्रमा नबसी पार्टी संगठन बनाउन देशव्यापी अभियानमा हिंडेको सिपाही हुँ’, उनी भन्छन्, ‘मलाई देशभरका साथीहरुले जसरी पनि महामन्त्रीमा अगाडि बढ्न दबाब दिनुभएको छ, तर पार्टीले सबै पदमा कसलाई कसलाई पठाउने निर्णय गरेर अगाडि बढ्छ, सभापतिमा अहिलेका सभापति तथा प्रधानमन्त्री दोहोरिनुहुन्छ ।’

    २०४८ को संसदीय निर्वाचनमा रूपन्देही क्षेत्र नं. ३ बाट विजयी खाँण २०५१ मा समेत संसदका उम्मेदवार भए पनि जित्न सकेनन् । ०५६ मा चुनाव नलडी तरुण दलको जिम्मेवारीमा लागेका थिए । उनी त्यो बेला पार्टी केन्द्रीय समितिमा मनोनित भएका थिए ।

    राजनीतिशास्त्रमा एमए गरेका बालकृष्ण चार भाइमध्ये माइला हुन् । उनका जेठा दाजु नेपाल प्रहरीको एसपीबाट रिटायर्ड हुन् । बालकृष्णका साइला भाइ रामकृष्ण नेपाली कांग्रेस रुपन्देहीको सभापति बनेका छन् । बालकृष्णका कान्छा भाइ श्यामकृष्ण व्यवसायी हुन् ।

    देशव्यापीरुपमा आफ्नो बलियो नेटवर्क बनाएका खाँण आफ्नो क्षेत्रमा इतर समूहबाट कमजोरजस्तो देखिएका छन् तर गृहजिल्लामा सहोदर भाइ रामकृष्ण खाँणलाई सभापतिसहित सबै नेतृत्व सर्वसम्मत बनाएका कारण उनको आलोचना गर्नेहरुलाई जवाफबिहीन बनाएका छन् ।

  • कांग्रेस महामन्त्रीमा मिनेन्द्रको दावेदारी

    कांग्रेस महामन्त्रीमा मिनेन्द्रको दावेदारी

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट डा. मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।

    रक्षामन्त्री समेत रहेका रिजालले पार्टीलाई वैचारिक र सांगठनिक दुवै हिसाबले सशक्त बनाउन आफू महामन्त्रीको उम्मेदवार बन्ने बताए ।

    संस्थापनइतर समूह यतिबेला सभापतिको साझा उम्मेदवार बनाउन निरन्तर छलफलमा रहेको छ । सभापतिमा साझा उम्मेदवार चयन हुनासाथ महामन्त्रीका रुपमा आफ्नो उम्मेदवारी स्वतः सार्वजनिक हुने रिजालको भनाई छ ।

    ‘म महामन्त्रीको स्वभाविक उम्मेदवार हुँ । यतिबेला हाम्रो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयत्नमा छौं । साझा उम्मेदवारको टुंगोसँगै महामन्त्रीमा मेरो उम्मेदवारी औपचारिक हुनेछ’, रिजालले भने ।

    पार्टीभित्र आफूले गरेको काम र अनुभवकै आधारमा महामन्त्रीको उम्मेदवार बन्न लागेको बताए । ‘पार्टीका लागि होस वा मुलुकका लागि मैले इमान्दारिताका साथ काम गरेको छु । १४ औं महाधिवेशनमा महामन्त्रीका लागि मेरो उम्मेदवारी रहन्छ’, रिजालले भने ।

    उनले पार्टीलाई एकतावद्ध र विपक्षीसँग खरो उत्रनसक्ने संगठनका रुपमा लैजानुपर्ने बताए ।

  • सभापति छान्दै पौडेल पक्ष, पदाधिकारी छान्दै देउवा पक्ष

    सभापति छान्दै पौडेल पक्ष, पदाधिकारी छान्दै देउवा पक्ष

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन २ दिनमात्रै बाँकी रहँदा सभापति तथा पदाधिकारीका प्रत्याशीहरु समूह व्यवस्थापनमा केन्द्रित भएका छन् ।

    दोस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहका आकांक्षी व्यवस्थापनका लागि आज छलफल गर्दैछन् ।

    देउवा निवास बुढानिलकण्ठमा सुरु भएको संस्थापन पक्षको बैठकमा केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई बोलाइएको छ । बैठकमा संस्थापन पक्षबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका उम्मेदवारहरुबारे छलफल हुने बताइएको छ ।

    त्यस्तै साझा उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक पनि सुरु भएको छ । अनुपम फुडल्याण्डमा सुरु भएको बैठकमा पौडेल पक्षका केन्द्रीय सदस्य, नवनिर्वाचित जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति र प्रदेश सभापति पदका आकांक्षीहरुलाई बोलाइएको छ ।

    बैठकमा पौडेलबाहेक सभापतिका अन्य आकांक्षी भने उपस्थित हुने छैनन् । सो बैठकले सभापतिको साझा उम्मेदवार छान्ने विषयमा राय लिने बताइएको छ ।

  • सहमहामन्त्री लड्ने घोषणा गरेका अमरेश महाधिवेशन प्रतिनिधिमै पराजित

    सहमहामन्त्री लड्ने घोषणा गरेका अमरेश महाधिवेशन प्रतिनिधिमै पराजित

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री लड्ने घोषणा गरेका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

    सर्लाही क्षेत्र नम्बर ४ को मंगलबार सम्पन्न अधिवेशनमा महाधिवेशन प्रतिनिधिको प्रत्याशी रहेका सिंह पराजित भएका हुन् । २ सय ४८ मत ल्याएपनि सिंहको जितका लागि पर्याप्त हुन सकेन ।

    सो क्षेत्रमा सिंहको टिममा रहेका अन्य कसैले पनि महाधिवेशन प्रतिनिधि जित्न सकेनन् । सिंहले लामो समयदेखि आफू मधेशी आरक्षणतर्फ सहमहामन्त्रीको उम्मेदवार बन्ने बताउँदै आएका थिए ।

    सो क्षेत्रका प्रदेश सांसदद्वय उपेन्द्र कुशवाह र वीरेन्द्र सिंह नेता सिंह विरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका थिए । प्रदेश सांसद सिंह प्रदेश २ का मन्त्री पनि हुन् । केहिदिन अगाडी अधिवेशनकै विषयमा विवाद चर्केपछि मन्त्री सिंहका अंगरक्षकले गोली नै चलाएका थिए ।

    लामो समयदेखि विवादित बनेको सो क्षेत्रमा सांसद सिंह र प्रदेश २ का मन्त्री वीरेन्द्र सिंहबीच प्रतिस्पर्धा रहँदै आएको थियो ।

  • कांग्रेस लुम्बिनी प्रदेशको चुनावी प्रक्रिया सुरु, दुवै पक्षको प्यानल तयार

    कांग्रेस लुम्बिनी प्रदेशको चुनावी प्रक्रिया सुरु, दुवै पक्षको प्यानल तयार

    रूपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरतकुमार शाहको नेतृत्वमा प्यानलको घोषणा भएको छ । संस्थापन इतर समूहबाट यसअघि नै प्यानल घाेषणा भइसकेकाे थियाे ।

    निर्वाचनको पूर्वसन्ध्यामा भैरहवामा घोषणा सभाको आयोजना गरी प्यानल सार्वजनिक गरिएको छ । प्यानलमा २ जना उपसभापति पदका लागि कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिने भएका छन् ।

    यस्तै महामन्त्रीमा पनि २ पदको लागि बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझीले उम्मेदवारी दिने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । सहमहामन्त्रीमा १ महिलासहित ३ पदको लागि रुपन्देहीकी सरिता चौधरी बाँकेकी माया पुन र बाकेकै लक्ष्मीनारायण शाहले उम्मेदवारी दिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले जनाए ।

    सदस्य पदको लागि भने अझै छलफलकै क्रममा रहेको सभापति पदका उम्मेदवार भरतकुमार शाहले बताए । उनले बिहीबार रातीसम्ममा सदस्यको नामावली पनि तयार गरिने जनाए ।

    संस्थापन पक्षले अन्तिम समयमा पदाधिकारीको उम्मेदवार टुंगो लगाएको हो । संस्थापन इतर पक्षबाट भने यसअघि नै सबै पदमा उम्मेदवार टुंगो लागिसकेको छ ।

    संस्थापन इतर समूहले सभापतिमा अमरसिंह पुन (रोल्पा), उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही)ले उम्मेद्वारी दिने भएका छन् । यसैगरी २ जना महामन्त्रीहरुमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) ले उम्मेद्वारी दिने भएका छन् । ३ जना सहमहामन्त्रीमा खगराज पाण्डे (दाङ), विष्णु मुस्कान(अर्घाखाँची) र निमा गिरी (प्युठान)ले उम्मेद्वारी दिने निश्चित भएको छ ।

    नेपाली कांग्रेसको १४ औ अधिवेशन अन्तर्गत अहिले बिहान ८ बजेदेखि मनोनयनको कार्यक्रम रहेको छ । प्रदेशमा १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ सहमहामन्त्री गरी ८ जना पदाधिकारीमा चयन हुनेछन् ।

    यस्तै प्रत्यक्ष सदस्यतर्फ जिल्लागत रुपमा १२ जिल्लाबाट १२ महिला सहित २४ जना र खुल्लामा ५ महिलासहित १७ जना चयन हुनेछ्न् । समावेशी सदस्यमा खस आर्यतर्फ ४ महिला सहित ८ जना, आदिवासी जनजातिमा २ महिलासहित ५ जना, मधेशीमा २ महिला सहित ४ जना, दलितमा २ महिलासहित ४ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित २ जना र अल्पसंख्यक वा अपांगमध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति रहनेछन् ।

  • लुम्बिनी प्रदेशमा कांग्रेस संस्थापन समूहले सभापतिबाहेकका उम्मेदवार टुंग्याउन सकेन

    लुम्बिनी प्रदेशमा कांग्रेस संस्थापन समूहले सभापतिबाहेकका उम्मेदवार टुंग्याउन सकेन

    रुपन्देही । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको भैरहवामा शुरू भएको छ । अधिवेशनको कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरे । गृहजिल्ला रुपन्देही भएका उनी यो प्रदेश निर्वाचन समितिका संयोजक पनि हुन् ।

    अधिवेशनमा नेपाली कांग्रेसका नेताहरू डा. चन्द्र भण्डारी, भरतकुमार शाह, प्रमोद यादव, लुम्बिनी प्रदेशका सांसदहरू, महाधिवेशन÷प्रदेश प्रतिनिधि, लुम्बिनी प्रदेश अन्तर्गतका कांग्रेसका निर्वाचित जिल्ला सभापतिहरू, नगर तथा वडा सभापतिहरू सहभागी छन् ।

    महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ । बिहीबार मतदाता नामावली प्रकाशन, शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने कार्यतालिका रहेको प्रदेश निर्वाचन अधिृकत डा. बुद्धबहादुर थापाले बताए । प्रदेशभरका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एक हजार ५८५ ले मतदान गर्नेछन् ।

    प्रदेशको सभापतिमा संस्थापन समूहबाट रुपन्देहीका भरत शाह र संस्थापन इतर समूहबाट रोल्पाका अमर पुनबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरु दुवै पूर्व राज्यमन्त्री हुन् ।

    जिल्ला जिल्लामा संस्थापन र इतर पक्षबीच निर्वाचन भएकाले प्रदेशमा पनि दुवै पक्षका नेताहरु प्यानल बनाएर निर्वाचनमा जाने भएका छन् ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहबाट पदाधिकारीका उम्मेदवार ।

    संस्थापन इतर समूहले सभापतिमा अमरसिंह पुन (रोल्पा), उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही)ले उम्मेद्वारी दिने भएका छन् । यसैगरी २ जना महामन्त्रीहरुमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) ले उम्मेद्वारी दिने भएका छन् । ३ जना सहमहामन्त्रीमा खगराज पाण्डे (दाङ), विष्णु मुस्कान(अर्घाखाँची) र निमा गिरी (प्युठान)ले उम्मेद्वारी दिने निश्चित भएको छ ।

    संस्थापनइतर समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन हिजो सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिएको थियो । यो समूहबाट प्रदेशमा साझा उम्मेदवारी दिने निर्णयसहित लुम्बिनीमा दीपक गिरी र चन्द्र भण्डारीले जिम्मेवारी पाएका थिए ।

    संस्थापन समूहबाट रुपन्देहीका अब्दुल रज्जाक, दाङका डिल्ली चौधरी, बाँकेका सुरेन्द्र हमाल बलिया उम्मेदार हुन् । तर रुपन्देहीबाट भरत शाह सभापतिको उम्मेदार भएपछि भूगोल मिलाउनका लागि पनि रज्जाकले नपाउने निश्चितजस्तै भएको छ । संस्थापनबाट रूपन्देहीका फणिन्द्र शर्मा, गुल्मीका छन्दबहादुर पहराइ, दाङका राजु खनालको नाम आए पनि कसैको टुंगो लागेको छैन ।

  • लुम्बिनीमा पौडेल पक्षको बर्चस्वः ११ मध्ये ९ जिल्लामा नयाँ नेतृत्व (सूचीसहित)

    लुम्बिनीमा पौडेल पक्षको बर्चस्वः ११ मध्ये ९ जिल्लामा नयाँ नेतृत्व (सूचीसहित)

    रुपन्देही । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका ११ जिल्लामा गरेको अधिवेशनबाट ९ जिल्ला सभापति वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका आएका छन् भने दुई जिल्ला सभापति मात्रै संस्थापन अर्थात् देउवा समूहबाट निर्वाचित भएका छन् ।

    रुपन्देही र बर्दियामा मात्रै संस्थापन समूहले आफ्नो पक्षको सभापतिलाई निर्वाचित गर्न सकेको छ । विगतमा देउवा समूहको बलियो प्रभाव रहेको नवलपरासी, दाङ, अर्घाखाँचीमा यसपटक सोही समूहभित्रको आन्तरिक किचलोका कारण पछाडि परेको नेताहरुको आँकलन छ । जिल्ला सभापति जितेको रुपन्देहीमा पनि ५ निर्वाचन क्षेत्र रहेकोमा देउवा पक्षले दुई क्षेत्रीय सभापति मात्रै जितेको छ ।

    अर्घाखाँचीमा कांग्रेस सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केशव श्रेष्ठसँग संस्थापन पक्षले उम्मेदवार बनाएका यादवप्रसाद घिमिरे निकटतम प्रतिद्वन्द्वीसमेत बन्न सकेनन् । यसले देउवा पक्षीय प्रभावशाली नेताद्वय पुष्पा भुसाल र मानबहादुर विश्वकर्मालाई समेत कमजोर बनाएको छ ।

    कुनै पनि नेताले समर्थन नगरेका पौडेल पक्षीय इन्द्रमणि पौडेलले मत ३५२ मत ल्याउँदा घिमिरेले ३०९ मत मात्र ल्याउन सके । श्रेष्ठ ७३१ मतका साथ विजयी भए ।

    अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि २६ जना चयन हुँदा देउवा पक्षका जम्मा ६ जना र बाँकी २० जना पौडेल पक्षबाट निर्वाचित भएका छन् ।

    रूपन्देही कांग्रेस सभापतिमा संस्थापन पक्षका रामकृष्ण खाँण निर्विरोध भए । गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्णलाई जिताउन नेता भरत शाहकी श्रीमति अनिता शाहलाई उपसभापति बनाइएको छ । शाहले पालिका र क्षेत्रीय अधिवेशनमा अलग्गै समूह बनाएका थिए ।

    जिल्लाका देउवा पक्षीय प्रभावशाली नेता युवराज गिरी र नेविसंघका उपसभापति मुक्ति पौडेल महाधिवेशन प्रतिनिधिमै पराजित बनेका छन् । जिल्लाबाट १२५ महाधिवेशन प्रतिनिधिमा ५०÷५० जस्तै दुवै पक्षका भएकाले सभापति नभएपनि आफ्नो पक्ष बलियो बनिएको पौडेल पक्षको दावी छ ।

    पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी(पश्चिम), प्यूठान, रोल्पा, दाङ र रुकुमपूर्वबाट पौडेल पक्षका सभापति निर्वाचित भएका छन् भने देउवा पक्षका सभापतिमा रुपन्देही र बर्दियाका मात्र रहेका छन् ।

    रुपन्देहीमा गृहमन्त्री भाइ सभापतिमा निर्वाचित, अरु को–को आए ?

    नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्वाचित भएका छन् । उनी गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन । रुपन्देहीको नेतृत्व सर्वसम्मत चयन भएको हो । सहमति अनुसार सभापति पदमा रामकृष्ण खाँणको मात्रै उम्मेद्वारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन ।

    अधिवेशनबाट दुई उपसभापति पदमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे निर्वाचित भएका छन् । उपसभापति पदमा दीर्घराज काफ्लेले उम्मदवारी फिर्ता लिएपछि शाह र घिमिरे निर्बिरोध भएका हुन । शाह सांसद भरत शाहकी श्रीमती हुन ।

    त्यस्तै दुई सचिव पदमन हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा दुई सहसचिव पदमा वालकृष्ण बासुदेव रिमाल र विष्णु थापा निर्वाचित भएका छन् । सचिव पदमा उम्मेदवारी दिएका हरिप्रसाद न्यौपाने र सहसचिवमा उम्मेदवारी दिएका वालकृष्ण पौडेलले उम्मेदवारी फर्ता लिएपछि सचिव र सहसचिव पदमा पनि निर्बिरोध भएको थियो ।

    परासीमा पौडेल पक्षका पोखरेल

    नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापतिमा अर्जुनकुमार पोखरेल विजयी भएका छन् । पोखरेल नेता रामचन्द्र पौडेल समूह निकटका हुन् । पोखरेलले ७ सय ५६ मत पाएका थिए । पोखरेललाई पूर्वसांसदद्वय देवकरण कलवार र बिक्रम खनालको समर्थन थियो ।

    पोखरेलसँग सभापतिमा पराजित मोहनप्रसाद शर्माले ५ सय ६१ मत पाएका थिए । शर्मा सभापति शेरबहादुर देउवा निकट हुन । शर्मालाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल ‘मुन्ना’ को समर्थन थियो ।

    उप–सभापतिमा विक्रमप्रसाद यादव र अनिल गौड निर्वाचित भएका छन् । सचिवमा कुलदीपप्रसाद आचार्य र उमेशचन्द्र यादव विजयी भएका छन् । सहसचिवमा दीपक बराल र सन्तबहादुर गाहा निर्वाचित भएका छन् ।

    नवलपरासी क्षेत्र नं. १ ‘क’को सभापतिमा बेदप्रसाद शर्मा र ‘ख’मा अनुरेश जैसवला निर्वाचित भएका छन् । क्षेत्र नं. २ ‘क’को सभापतिमा यामप्रसाद भुसाल ‘दीपक’ र ‘ख’को सभापतिमा रामचन्द्रप्रसाद केवट निर्वाचित भएका थिए । क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा मुकुलकुमार आचार्य र क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा माधव पाण्डे निर्वाचित भएका छन् ।

    पाल्पामा श्रेष्ठ नेतृत्वकाे नयाँ टिम

    नेपाली कांग्रेस पाल्पाको सभापतिमा ४१ वर्षीय हिमालदत्त श्रेष्ठ विजयी भएका छन् । कुल खसेको १ हजार ३१३ मतामा श्रेष्ठले ८९० मत प्राप्त गर्दै उनले प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मतले पराजित गरेका हुन् ।

    नवनिर्वाचित अध्यक्ष श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् भने बस्याल सभापित शेरबहादुर देउवा समूहका हुन् । समितिको उपसभापतिमा ज्ञानबहादुर गाहा र झपेन्द्र गहिरे निर्वाचित भएका छन् । गाहाले ७७३ र गहिरेले ७५४ मत प्राप्त गरेका छन् । सचिवमा सन्तोषकुमार थापा र सुनिता अधिकारी निर्वाचित भएका छन् । थापाले ८०७ र अधिकारीले ७८५ मत प्राप्त गरेका छन् । सहसचिवमा विष्णुकुमार थापा र हुमिद मिया निर्वाचित भएका छन् ।

    सदस्यहरूमा सुवि विश्वकर्मा, इन्द्रनारायण श्रेष्ठ, वुद्धिप्रकाश रेग्मी, हिमाल मल्ल, टेकबहादुर थापा, बालकृष्ण जिसी, विष्णुप्रसाद पाण्डे, मुक्तिराम बश्याल, पुरुषोत्तम शर्मा अर्याल, मोहनप्रसाद श्रेष्ठ, माधव थापा, दानबहादुर पौडेल र डिलाकुमारी रानाभाट विजयी भएका छन् ।

    यस्तै जयसरा बाह्रघरे, साबित्रा गौतम, सरस्वतीदेवी आचार्य, सुभद्रादेवी शर्मा, कमला कार्की, इन्दिरा भट्टराई, गीता भट्टराई, गिरिजा गैरे, निर्मला पौडेल, लक्ष्मणबहादुर रायमाझी, सूर्यप्रसाद पोखरेल, गीता खनाल, रीता गौतम, अमिरबहादुर राना, कमल राना, गणेशप्रसाद श्रेष्ठ, युवराज चिदी, राजकुमार श्रेष्ठ, इन्दिरा राना, काजल सारु, मिना कुमारी श्रेष्ठ, सन्ध्या बज्रचार्य, टेकबहादुर विक, तारा रसाइली, जगन्नाथ कँडेल, हेमराज गैरे र सीता पंगेनी निर्वाचित भएका छन् ।

    दाङ सभापतिमा डाँगी

    नेपाली कांग्रेस दाङ जिल्लाको सभापतिमा शंकर डाँगी निर्वाचित भएका छन् । जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे र भूपबहादुर डाँगी ३ जना र इतरबाट शंकर डाँगी गरी ४ जना चुनावी मैदानमा उत्रिएका थिए ।

    उम्मेदवारहरु डाँगीले ७ सय ७२, भूपबहादुर डाँगीले ५ सय ४५‚ बस्नेतले ४ सय ७१ र घिमिरेले ३ सय १५ मत पाएका थिए ।

    प्रथम हुने उम्मेदवारले ५१ प्रतिशत ल्याउनुपर्ने भए पनि कसैको नआएपछि सभापतिका लागि पुनः निर्वाचन हुने भनिए पनि भूपबहादुरले समर्थन दिएपछि शंकर डाँगीलाई सभापति घोषणा गरिएको हो ।

    विद्यार्थी राजनीतिबाट प्रवेश गरेका डाँगी तेह्रौं महाधिवेशनमा जिल्ला सचिव भएका थिए । २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका उनी २०५७ सालमा नेविसंघ दाङका जिल्ला अध्यक्ष भएका थिए ।

    यसैगरी उपसभापतिमा गिरिराज सुवेदी ९ सय १३ र कमानसिंह भारती ८ सय ६६ मत पाएर निर्वाचित भए । सचिवमा अर्जुनकुमार योगी १ हजार १ सय ५७ र बालिका लम्साल १ हजार मत पाई निर्वाचित भए । त्यस्तै सहसचिवमा राजु आचार्य १ हजार ५२ मत र सुबोधकुमार डाँगी १ हजार ३४ मा ल्याई विजयी भए । विजयी सुवेदी‚ योगी र आचार्य संस्थापन इतर र भारती‚ लम्साल र डाँगी संस्थापन पक्षका हुन् ।

    गुल्मी कांग्रेसमा पन्थीको नेतृत्व

    नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले १ हजार २७१ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी बेदबहादुर थापाले ३८४ मत प्राप्त गरे । पन्थी वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र थापा सभापित शेरबहादुर देउवा समूहका हुन् ।

    यस्तै उपसभापतिमा अनन्तराम पौडेलले १ हजार १८७ र शिवबहादुर खत्रीले १ हजार ३३ मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा जगदीश भट्टराई र भगतसिंह खड्का विजयी भएका छन् । भट्टराईले ९९१ मत र खड्काले १ हजार २२ मत प्राप्त गरेका छन् ।

    यस्तै सहसचिवमा छवि पाण्डे र धर्मराज पाण्डे नर्वाचित भएका छन् । छविले १ हजार १३३ र धर्मराजले ८५० मत प्राप्त गरेका छन् । सदस्यमा कृष्णप्रसाद पोखरेल, धीरेन्द्र केसी, पदमबहादुर विष्ट, लिलाधर आचार्य र लोकप्रसाद खरेल विजयी भएका छन् ।

    बर्दियामा राठौरसहितको नेतृत्व

    नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणसिंह राठौर विजयी भएका छन् । राठौर देउवापक्षीय हुन । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा संस्थापन पक्षका राठौर ८७० मतसहित निर्वाचित भएका हुन ।

    उनका प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीले ६७८ मत प्राप्त गरे । बर्दियामा १ हजार ६२२ मतदाता संख्या रहेकोमा १ हजार ५७८ मत खसेको थियो ।

    उपसभापतिमा संस्थापन पक्षकै गोविन्दप्रसाद थारु र सोदे विष्ट, सचिवमा जग्गाप्रसाद पाण्डे र मीनराज चौधरी र सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित राठौरले यसअघि पनि बर्दियामा जिल्ला सभापतिको रुपमा नेतृत्व गरिसकेका छन् ।

    प्यूठान सभापतिमा पौडेल पक्षका गिरी

    नेपाली कांग्रेस प्यूठानको सभापतिमा विष्णुकुमार गिरी निर्वाचित भएका छन् । निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले हराउँदै गिरी सभापति बनेका हुन् । गिरी रामचन्द्र पौडेल निकट नेता हुन् ।

    सभापति पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५६६ मत ल्याए भने रिजालले ४९४ मत प्राप्त गरेका थिए । रिजालले यसअघिका सभापति अमर भण्डारीसँग पनि प्रतिस्पर्धा गरेका थिए ।

    २०५५ सालमा नेविसंघबाट राजनीति शुरू गरेका गिरीलाई जिल्लामा नयाँ पुस्ताका नेताका रूपमा लिने गरिन्छ । नौबहिनी गाउँपालिका अध्यक्ष रिजाल पार्टीको पूर्व सचिव हुन् भने गौमुखी गाउँपालिका अध्यक्ष गिरी निवर्तमान समितिको सचिव थिए । जिल्ला कार्यसमितिका सबै सदस्य र महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको छ ।

    जसअनुसार जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, ईश्वरसिंह विष्ट र सचिवमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर, सहसचिवमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएका छन् ।

    रोल्पामा किशोर आचार्यको नेतृत्व

    नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै आचार्य निर्वाचित भएका हुन् ।

    कुल १ हजार ४२ मत खसेकोमा आचार्यले ५ सय २ मत पाए भने खत्रीले ४ सय ४० मत पाएका थिए ।

    सभापतिमा निर्वाचित आचार्य पौडेल पक्षका हुन् । पराजित खत्री देउवानिकट हुन् । खत्री र आचार्य दुवै सदरमुकामबासी हुन् । खत्री रोल्पा नगरपालिका-१० का वडा अध्यक्ष हुन् भने आचार्य निजी व्यवसायीहरुको संस्था उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् । खत्री साविकको धबाङका पूर्वअध्यक्ष समेत हुन् ।

    उपसभापतिमा हरिबहादुर पुन र कविता उपाध्याय, सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा, सहसचिवमा गञ्जबहादुर महरा क्षत्री र सुनीलकुमार वली विजयी भएका छन् ।

    प्रदेश क्षेत्र नम्बर ‘१’ मा पूरै प्यानलमध्ये देउवा पक्षका सभापति दुर्गाबहादुर खड्काले मात्रै विजयी हासिल गरेका छन् भने अन्य पदाधिकारीमा पौडेल पक्षकाले जितेका छन् । प्रदेश निर्वाचन क्षेत्र ‘२’ मा भने पौडेल पक्षको सिंगै प्यानल विजयी बन्यो । सभापतिमा घर्तीगाउँका गोपाल घर्तीमगर विजय बनेका छन् । उनी साविकको घर्तीगाउँ गाविसका अध्यक्ष समेत थिए ।

    अर्घाखाँचीमा पनि पौडेल पक्षका श्रेष्ठ

    नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अर्घाखाँची जिल्ला सभापतिमा केशव श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचनमा श्रेष्ठले ७३१ मत ल्याएर विजयी भएका हुन् । श्रेष्ठ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।

    उनका प्रतिस्पर्धीहरू इन्द्रमणि पौडेलले ३५२ र यादव घिमिरेले ३०९ मत ल्याएका थिए । पार्टी सभापति शेरबहादुर देउवा पक्षले सभापतिमा यादव घिमिरेलाई उम्मेदवार बनाएको थियो ।

    यसअघिका सभापति विष्णुप्रसाद खनाल मुस्कानले पनि सभापतिमा उम्मेदवारी दिएकोमा उनले श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

    कपिलवस्तु सभापतिमा कलाम

    कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा पौडेल पक्षका अब्दुल कलाम विजयी भएका छन् । उनले संस्थापन पक्षका राजेश आचार्यलाई १ सय ९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

    जिल्लामा कुल १ हजार ८१६ मतदातामध्ये १७ सय ६३ मत खसेको थियो । जसमा कलामले ९ सय २८ र आचार्यले ८ सय १९ मत पाएका थिए । कार्यसमितिको ७ जना पदाधिकारी मध्ये ६ जना कलामकै प्यानबाट निर्वाचित भएका छन् । उपसभापतिहरुमा हुमाकान्त खनाल र रजत आचार्य, सचिवमा खोमबहादुर सिंह ठकुरी र प्रेम बहादुर रायमाझी तथा सहसचिवमा बिरेन्द्र शुक्ला र मोहोम्द ओजी अर्सद विजयी भएका छन् । ओजी मात्र आचार्य प्यानलका हुन् ।

    यसैगरी पालिकाबाट निर्वाचित हुुने २६ सदस्यहरुमा २० कलाम र ६ आचार्य तथा समावेशीतर्फ १८ सदस्यमध्ये १५ कलाम र ३ आचार्य पक्षबाट निर्वाचित भएका छन् । आचार्यलाई संस्थापन पक्षका नेताहरु अभिषेक प्रताप शाह, वीरेन्द्र कनौडिया, दीर्घनारायण पाण्डेय, दीप कुमार उपाध्यायसहित सुधाकर पाण्डेयले साथ दिएका थिए । कलामलाई पार्टी सभापति सुरेन्द्रराज आचार्य, पार्टीको केन्द्रीय सदस्य अतहर कमाल मुसलमान, बैकल्पिक केन्द्रीय सदस्य राजेश सिहको साथ थियो ।

    तत्कालीन सिसवा गाविसको अध्यक्ष हुँदै कलाम पार्टी उपसभापति २ पटक बनेका थिए । उनी महाराजगञ्ज नगरपालिकाको मेयरसमेत रहेका छन् ।

    रुकुमपूर्वमा रोका

    नेपाली कांग्रेसको रूकुमपूर्व जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मत चयन भएका छन् ।

    अधिवेशनमा जिल्ला सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका रोकाको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।

    निर्विरोध निर्वाचित भएका रोका पूर्वसहायक मन्त्रीसमेत हुन् । अधिवेशनले उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाममगर, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसीलाई चयन गरेको छ । त्यस्तै जिल्ला सहसचिवमा धनप्रताप बुढामगर र खड्कबहादुर घर्ती निर्वाचित भएका छन् ।

    बाँकेमा चुनाव हुन बाँकी छ ।

  • १ मतले हारेपछि पुनः मतगणनाको माग गर्दै निवेदन, अन्य पदको मतगणना रोकियो

    १ मतले हारेपछि पुनः मतगणनाको माग गर्दै निवेदन, अन्य पदको मतगणना रोकियो

    सुनसरी । नेपाली कांग्रेस सुनसरी उपसभापतिका उमेदवार गफार अन्सारी मिँया र सचिवका उमेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाको माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन् ।

    जिल्ला उपसभापतिका उम्मेदवार अन्सारी र सचिवका उमेदवार भट्टराईले मतगणनामा धाँधली भएको भन्दै निवेदन दिएका हुन् ।

    संस्थापन पक्षबाट उमेदवार रहेका अन्सारीले १ हजार २९७ मत प्राप्त गरेका थिए भने विजयी हुने संस्थापन इतर प्यानलका पंकजकुमार महतोले १ हजार ३१३ मत प्राप्त गरेका थिए । १६ मतान्तरले पराजित बनेका अन्सारीले धाँधली रूपमा मतगणना भएको भन्दै पुन: गणना गर्न माग गरिएको जानकारी दिए ।

    सचिवमा १ मतले पराजित भट्टराईले आफ्नो पक्ष बलियो हुँदाहुँदै लापरबाही तरिकाले मतगणना गरिएको भन्दै निवेदन दिएको बताए । सचिवमा संस्थापन इतर प्यानलका माधवबहादुर घिसिङले १ हजार २२९ मत प्राप्त गरी विजयी भएका थिए । संस्थापन प्यानलका सचिव पदका उम्मेदवार भट्टराईले १ हजार २२८ मत ल्याएर पराजित भएका थिए ।

    निर्वाचन कार्यालयमा निवेदन परेपछि जिल्ला निर्वाचन समितिले मतगणना स्थगित गरेको छ । सहायक जिल्ला निर्वाचन अधिकृत वेनु सिग्देलले सहमति नहुन्जेल मतगणना स्थगित गरिएको जानकारी दिए ।

    उनले दुई समूहका उमेदवार, जिल्ला नेताको सर्वपक्षीय छलफलबाट निष्कर्ष निकालिने बताए ।

  • चितवन कांग्रेस सभापतिका लागि ६ दाबेदार, पदाधिकारीमा को-को भिड्दैछन् ? (सूचीसहित)

    चितवन कांग्रेस सभापतिका लागि ६ दाबेदार, पदाधिकारीमा को-को भिड्दैछन् ? (सूचीसहित)

    चितवन । नेपाली कांग्रेस चितवनको नेतृत्वमा पुग्न नेताहरुले कसरत तीव्र पारेका छन् । हालसम्म प्यानलगत समूह घोषणा भएको छैन । ७ जना पदाधिकारीमा ३२ जना आकांक्षी देखिएका छन् । सभापतिमा ६ जना, २-२ जना उपसभापति र सचिवमा १०-१० जना, २ सहसचिवमा ६ जना आकांक्षी देखिएका छन् । कैलाश कोइराला, उत्तम जोशी, प्रा. डा. सूर्यकान्त घिमिरे, मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल र विजयशर्मा भुषाल जिल्ला सभापतिको दौडमा छन् ।

    सभापतिका उम्मेदवार वर्तमान कार्यसमितिका उपसभापति कैलाश कोइराला २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा एक्सन कमिटी चितवन सचिव थिए । १३ औं महाधिवेशनमा सचिव पदमा पराजित उनी उपसभापतिमा मनोनित भएका थिए । उनी २ पटक नेविसंघ चितवनका अध्यक्ष हुन् । उनी तत्कालीन पार्टी सभापति सुशील कोइरालाको बागी उम्मेदवार विकास कोइरालाको भाइ हुन् । कैलाश भन्छन्, ‘म निरन्तर राजनीतिमा सक्रिय छु, सभापतिमा उम्मेदवार बन्न ढिलाई गरेको व्यक्ति हुँ, यसपाली सबैको साथ रहने अपेक्षा छ ।’ चितवनको स्थानीय समस्या उजागर गर्दै केन्द्रलाई घच्घच्याउन प्रतिवद्ध भएर लाग्ने बताए ।

    अर्का उम्मेदवार वर्तमान कांग्रेसको जिल्ला सचिव उत्तम जोशी नेविसंघ चितवनको अध्यक्षपछि केन्द्रीय सदस्य पनि बने । क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउने तयारी भएका बेला उनले चर्को विरोध गरेका थिए । जोशी भन्छन्, ‘तीनै तहका आगामी निर्वाचन जिताउन वडातहसम्मकै बलियो संगठन निर्माणमा खट्नेछु ।’ महाधिवेशन प्रतिनिधिमा अत्याधिक मत ल्याएर जितेको बताउँदै उनले आफ्नो जीत निश्चित भइसकेको दावी गर्छन् ।

    अर्का उम्मेदवार कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा.डा. सूर्यकान्त घिमिरे २५ वर्ष शिक्षण पेशामा सक्रिय थिए । जागिरकै शिलशिलामा उनी कैयन पटक जेलजिवन र प्रहरीको धरपकडमा परेका व्यक्ति हुन् । शिक्षण पेशामा आउनुपहिले उनी २०४५ सालमा नेविसंघ चितवनको नेतृत्व सम्हालेका थिए । भरतपुर महानगरको मेयरको उम्मेदवार बन्न रजिष्ट्रारबाटै राजिनामा समेत दिएका थिए । उनी भन्छन्, ‘कांग्रेसको कार्यकर्ताले रुखमै भोट दिने वातावरण बनाउन उभिनेछु, विगत जस्तो गल्ती दोहोरिन दिनेछैन ।’

    अर्का उम्मेदवार राजेश्वर खनाल २०५५ मा नेपाल तरुण दलको जिल्ला सचिव, २०५९ मा जिल्ला अध्यक्ष बनेका थिए । १० वर्ष विद्यार्थी आन्दोलनमा सक्रिय थिए । ०४२, ०४६ र ०५९ मा ८ पटक हिरासतमा परेका थिए । १३ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी दर्ता गरे पनि पछि फिर्ता लिएका थिए । उनी स्कुल र कलेज सञ्चालक पनि हुन् । उनी भन्छन, ‘जनताको बीचमा जाँदा अब कांग्रेसले आफ्नै चुनाव लिएर जानुपर्छ, एक्लै चुनाव जित्नेगरी संगठन बनाउनेछु ।’ उनले आफू सभापतिमा निर्वाचित भएमा ५ वर्ष अन्य कुनै पदमा प्रत्यासी नरहने बताए ।

    अर्का उम्मेदवार मिलनबाबु श्रेष्ठ बागमती प्रदेशका समानुपातिक सांसद हुन् । २०३७ सालमा अमृत साइन्स कलेजको स्ववियु सदस्य, २०४८ मा कांग्रेस चितवनको कोषाध्यक्ष बने । २०४९ र २०५४ सालमा भरतपुरको वडानम्बर ७ को वडाध्यक्षमा निर्वाचित भएर जनप्रतिनिधिको रुपमा काम गरेका थिए । उनी कांग्रेस भरतपुर नगरपालिका सभापति, नगर संयन्त्रमा कांग्रेसको प्रतिनिधिका रुपमा समेत काम गरेका थिए । उनी भन्छन्, ‘पार्टीमा हुकुमी शासन होइन, सामुहिक नेतृत्वको खाँचो छ, त्यसको नेतृत्व लिनेछु ।’ उनले चितवनका ९८ वटै वडालाई कांग्रेसमय बनाउने दाबी गरे ।

    अर्का उम्मेदवार विजयराज शर्मा भूषाल पार्टी सभापति स्वर्गीय सुशील कोइरालालाई २०७० सालमा चितवन क्षेत्र नम्बर ४ को उम्मेदवार बन्दा आफ्नै घरमा राखेर चुनावी अभियानमा खटिएका व्यक्ति हुन् । २०३६ को जनमतसंग्रहमा उनी प्रचारप्रसार विभाग प्रमुख भएर काम गरेका थिए । यस अघिका दुई वटा जिल्ला अधिवेशनमा जिल्ला सभापतिको इच्छा त्यागेका उनले यसपाली सभापतिको दौडमा लागेका छन् । उनी भन्छन्, ‘सभापति म बलियो बन्नलाई होइन, पार्टीलाई बलियो र अनुशासित बनाउनलाई हो ।’

    उपसभापतिका उम्मेदवारहरु के कस्ता छन् ?

    कांग्रेस चितवनको २ जना उपसभापति पदमा १० जना आकांक्षी छन् । उपसभापतिका उम्मेदवार चितवन कांग्रेसका सचिव राजीव न्यौपाने नेविसंघको जिल्ला सचिव र उपाध्यक्ष बनेर काम गरिसकेका व्यक्ति हुन् । विद्यार्थी संगठनको नेतृत्वगर्दै उनी तहगत माथिल्लो पदको जिम्मेवारीमा पुगेका व्यक्ति हुन् ।

    अर्का उम्मेदवार शालिग्राम शर्मा प्रशिक्षण विभागमा रहेर कांग्रेसको सिद्धान्त र इतिहासबारे सिकाउने कांग्रेस चितवनका पुराना नेता हुन् । कृषि बैंकको कार्यरत रहँदा उनी पञ्चायत विरुद्ध लागेको भनेर सजाय पाएका व्यक्ति हुन् । अर्का उम्मेदवार अधिवक्ता उद्धवबहादुर लोहनी काँग्रेस चितवनको जिल्ला समिति सदस्य, प्रवक्ता, कानुनी सल्लाहाकार जस्ता नेतृत्वमा रहेर काम गरिसकेका छन् ।

    उपसभापति पदका अर्का उम्मेदवार राजेन्द्र डोटेल नेविसंघ चितवनको उपाध्यक्ष, रामपुर क्याम्पस इकाइ अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । उपसभापतिकै उम्मेदवार राजन गौतम पारिवारीक पृष्ठभूमि कांग्रेस भएपनि उनी उद्योग–व्यवसायमा बढी सक्रिय बने । उद्योग वाणिज्य संघ चितवनको पूर्वअध्यक्ष हुन् । नेविसंघ बालकुमारी इकाई अध्यक्ष पनि बने । उनी नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग प्रवद्र्धन समितिको सदस्य र चितवन जिल्ला कांग्रेसको उद्योग विभाग सदस्य हुन् ।

    महेश बानियाँ क्षेत्री द्वन्दकालमा वीरेन्द्र क्याम्पसमा २०५६ मा माओवादी कार्यकर्ताबाट कुटिएका व्यक्ति हुन् । २०५३ मा वीरेन्द्र क्याम्पसको स्ववियू उपसभापति, तरुण दल जिल्ला सदस्य, नेविसंघको केन्द्रिय विद्यार्थी विभाग सदस्य, कांग्रेस चितवनको आमन्त्रीत जिल्ला सदस्य भैसकेका छन् । त्यस्तै सुरवीर पोख्रेल २०६७ सालमा जिल्ला कोषाध्यक्ष, ज्ञानेश्वर सामुदायिक वनका पूर्वअध्यक्ष तथा सामुदायिक वन उपभोक्ता महासंघको अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । अर्का उम्मेदवार निर्मलकुमार श्रेष्ठ २०३६ सालमा कम्युनिष्टहरु हमलामा परेर गम्भीर घाइते भएका थिए । १२औं जिल्ला अधिवेशनबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । उनी राष्ट्रिय अपांग महासंघको केन्द्रीय सदस्य पनि हुन् । अर्का उम्मेदवार तरुण दल चितवनको संस्थापक सदस्य भुवन खनाल आन्दोलनकै क्रममा २०६२ चैत २६ मा गोंगबुबाट गिरफ्तारीमा परेका थिए । युवा नेता रघुनाथ भट्टको नाम पनि चर्चामा छ ।

    सचिव र सह-सचिवमा को-को छन् आकांक्षी ?

    कांग्रेस चितवनको सचिवमा १० जना र सहसचिवमा ६ जना आकांक्षी देखिएका छन् । सचिवका आकांक्षीहरुमा कांग्रेस चितवनका सहसचिव सूर्य अर्याल, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष ध्रुव पोखरेल, नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकाल, सञ्चार उद्यमी नवीनराज पौडेल छन् । यस्तै युवा नेता दिपक अधिकारी, तरुण दल चितवनका पूर्वसचिव आनन्दराज राउत, नेविसंघ नेता निर्मलराज पौडेल, कांग्रेसको शिक्षण विभागका प्रशिक्षक भरत दवाडी, कांग्रेस चितवनका साना तथा मझौला उद्योग तथा हस्तकला विषयगत समितिको विषयविज्ञ सूर्यमणि पौडेल, मौरी व्यवसायी शिवप्रसाद शर्माले सचिव पदमा उम्मेदवारी दिँदैछन् ।

    सहसचिवका प्रत्यासीहरुमा ६ जना चर्चामा छन् । वर्तमान सहसचिव राजन कार्की, विद्यार्थी नेतृ विनिता चापागाईं, युवा नेता गोपाल दराई, दिनेश अधिकारी, शैक्षिक परामर्श व्यवसायी तथा त्रिवि नेविसंघ सहसचिव प्रदीपचन्द्र पण्डित, नेविसंघ चितवनका पूर्वउपसभापति भोजराज देवकोटाको नाम चर्चामा छ ।

    उम्मेदवारी दर्ता १५ गते, स्थान अलमलमै

    नेपाली कांग्रेस निर्वाचन अधिकृतको कार्यालय चितवनले जिल्ला अधिवेशन हुने मिति तोकेको छ । कांग्रेस जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलद्वारा जारी सूचनामा स्थगित भएको निर्वाचन कार्यक्रम यही १५ गते बुधबार विहान १० बजेदेखि सुरु हुने उल्लेख छ । उम्मेदवारको मनोनयन दर्ता १५ गते हुने र १९ गते विहान ८ बजेदेखि मतदान हुने उल्लेख छ ।

    तर, मनोनयन दर्ता हुने स्थान र मतदान हुने स्थान भने टुंगो लागेको छैन । सूचनामा अर्को सूचना जारी गरेर जानकारी दिने उल्लेख छ । यसअघि यही १० गते जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम गर्ने तालिका रहे पनि ९ गते सूचना जारी गर्दै स्थगित गरिएको थियो । एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएपछि यातायात र आवास व्यवस्थापनमा कठिनाई हुने भन्दै रोकिएको थियो ।

    भरतपुर-४ स्थित संगोल पार्टी प्यालेसमा उम्मेदवारी दर्ता र ११ गते भरतपुर-१० दुरसञ्चार रोडस्थित कवर्डहलमा मतदान हुने स्थान तोकिएको थियो । सहायक निर्वाचन अधिकृत श्रीराम सापकोटाका अनुसार २ हजार ९ सय ४४ जना प्रतिनिधिले नेतृत्व चयनमा सहभागी हुने बताए ।

    वडा सभापति, क्षेत्रीय प्रतिनिधि, हरेक पालिकामा निर्वाचित अपांग प्रतिनिधि, साविकका क्षेत्रीय सभापति र जिल्लाका पूर्वसभापतिहरु, प्रतिनिधिसभा, प्रदेश सभा, राष्ट्रियसभाका उम्मेदवार तथा सांसदले जिल्लाको नेतृत्व चयन गर्नेछन् । सभापति १, उपसभापति, सचिव, सहसचिव २-२ जना सहित ७ जना पदाधिकारी चयन हुनेछन् । खुल्लातर्फ २४ र समावेशीतर्फ १७ जना सहित ४१ सदस्यीय कार्यसमिति चयन हुनेछ ।

    महानगरमा कम्तिमा ३ महिला सहित ७ जना, हरेक नगरपालिकामा कम्तिमा १ महिला सहित ३ जना, गाउँपालिकामा कम्तिमा १ महिला सहित २ जना चयन हुनेछन् । यस्तै खसआर्यमा ३ महिला सहित ७ जना, आदिवासी–जनजातिमाा ३ महिला सहित ६ जना, थारुमा १ महिला सहित २ जना, दलित १ जना, अल्पसंख्यक वा अपांगबाट १ जना चयन हुनेछन् ।

     

  • प्यूठान कांग्रेस सभापतिमा संस्थापन इतर समूहका गिरी निर्वाचित

    प्यूठान कांग्रेस सभापतिमा संस्थापन इतर समूहका गिरी निर्वाचित

    रूपन्देही । नेपाली कांग्रेस प्यूठानको सभापतिमा पौडेल/सिटौला समूहका बिष्णुकुमार गिरी निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरी सभापतिमा विजयी भएका हुन् ।

    सभापति पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५ सय ६६ मत ल्याए भने रिजालले ४ सय ९४ मत प्राप्त गरेका थिए । ९ मत बदर भए। रिजालले यसअघिका सभापति अमर भण्डारीसँग पनि प्रतिस्पर्धा गरेका थिए ।

    २०५५ सालमा नेविसंघबाट राजनीति सुरु गरेका गिरीलाई जिल्लामा नयाँ पुस्ताका सालिन र प्रभावशाली नेताका रुपमा लिने उनका प्रशंसकहरू बताउँछन् ।

    नौबहिनी गाउँपालिका अध्यक्ष रिजाल पार्टीको पूर्व सचिव हुन् भने, गौमुखी गाउँपालिका अध्यक्ष गिरी निवर्तमान समितिको सचिव थिए । जिल्ला कार्यसमितिका सबै सदस्य र महाधिबेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

    जसअनुसार जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, इश्वर सिंह विष्ट र सचिबमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर, सहसचिबमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएका थिए ।

    सभापतिको मतगणना चलिरहेको बेला मंगलबार राती संस्थापन समूहका केही कार्यकर्ताले गणनास्थलमा आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन अश्रुग्यास तथा गोली नै चलाउनुपरेको थियो । सो घटनामा दुई प्रहरीसहित ९ जना घाइते भएका छन् । तीन घाइतेलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि अन्य सुविधासम्पन्न अस्पताल पठाइएको छ ।

  • स्वर्गीय नवीन्द्रपत्नी सपना सक्रिय राजनीतिमा, महाधिवेशन प्रतिनिधिमा निर्वाचित

    स्वर्गीय नवीन्द्रपत्नी सपना सक्रिय राजनीतिमा, महाधिवेशन प्रतिनिधिमा निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी सपना जोशी सक्रिय राजनीतिमा फर्किएकी छिन् ।

    विद्यार्थीकालमा राजनीति गरेपनि लामो समय निश्क्रिय रहेकी जोशी काठमाडौं क्षेत्र नम्बर ८ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् । उनले खुल्ला महिलातर्फ सर्वाधिक मत ल्याइन् ।

    सो क्षेत्रमा २०६४ र २०७० मा नवीन्द्रले संविधानसभा सदस्यको चुनाव जितेका थिए ।

    नवीन्द्रका दाइ राजुराज जोशी पनि सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । उनी कांग्रेसबाट काठमाडौं महानगरको मेयरका प्रत्याशी थिए । राजुराजकी पत्नी शोभा जोशी पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छिन् ।

  • अर्घाखाँची कांग्रेस सभापतिमा पौडेल समूहका श्रेष्ठ विजयी

    अर्घाखाँची कांग्रेस सभापतिमा पौडेल समूहका श्रेष्ठ विजयी

    रूपन्देही । नेपाली कांग्रेस अर्घाखाँचीको सभापति पदमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका केशव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय यादव प्रसाद घिमिरेले सवैभन्दा कम मत प्राप्त गरेका छन् ।

    घिमिरेलाई कांग्रेस नेतृ पुष्पा भुसाल र मानबहादुर बिश्वकर्माले अगाडि सारेका थिए । नेपाली कांग्रेस अर्घाखाँचीको १४ औं अधिवेशनबाट निकटतम प्रतिद्वन्दी ईन्द्रमणि पौडेललाई पराजित गर्दै केशव श्रेष्ठ सभापति पदमा विजयी भएका हुन् ।

    केशव श्रेष्ठले ७३१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरेका छन् । त्यस्तै यादव प्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन् । २७ मत बदर भएको छ । गएराती सम्पन्न निर्वाचनमा कुल १४३८ मतदातामध्ये १४२१ मत खसेको थियो ।

    निवर्तमान सभापतिसमेत रहेका बिष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरेपछि महासमिति सदस्य केशब श्रेष्ठ, महाधिवेशन प्रतिनिधि ईन्द्रमणि पौडेल र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरेबीच सभापति पदमा निर्वाचन भएको थियो ।

  • गृहमन्त्री खाँणलाई गृहजिल्लामा आफ्नै नेताले साथ दिएनन्, भरत शाहले बनाए अलग्गै समूह

    गृहमन्त्री खाँणलाई गृहजिल्लामा आफ्नै नेताले साथ दिएनन्, भरत शाहले बनाए अलग्गै समूह

    रूपन्देही । नेपाली कांग्रेसको संस्थापन समूहको केन्द्रमा बलियो देखिएका नेता बालकृष्ण खाँण गृहजिल्लामा भने कमजोर भएका छन् । आफ्नै समूहमा रहेका नेता भरत शाहले जिल्लामा अलग समूह बनाएपछि उनी थप कमजोर बनेका हुन् । पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा अहिलेसम्म क्षेत्र नम्बर १ मा मात्र उनको समूह विजयी भएको छ ।

    नेपाली कांग्रेसको रुपन्देही क्षेत्र नम्बर १ मा बालकृष्ण खाँण समूहका हिरा केसी निर्वाचित भएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको अधिवेशनबाट केसी पुनः क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्।

    विश्वनाथ यादवसँग भएको प्रतिस्पर्धामा सभापतिमा विजयी केसीले २९६ मत प्राप्त गरेका थिए भने यादवले २१५ मत प्राप्त गरेका थिए । त्यस्तै सचिव पदमा बैजनाथ शाहनी र बिजय गुरुङ तथा सहसचिवमा नरबहादुर थापा (सुरज) र मोहम्मद रजा पठान निर्वाचित भएका छन् । सचिव र सहसचिवमा विजयी उम्मेदवार पनि केसी समुहकै हुन् ।

    जिल्लाको क्षेत्र नम्बर ४ मा पौडेल समूहका र क्षेत्र नम्बर ५ मा भरत शाह समूहका नेताहरू सोमबार नै निर्विरोध भएका थिए ।

    रुपन्देही–५ को सभापतिमा वसिउल्लाह मुसलमान निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रीय अधिवेशनबाट सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्विरोध भएका थिए । यहाँ भरत शाहले नयाँ प्यानल बनाएर बालकृष्ण खाँणसँग बदला लिन खोजेका छन् ।

    केन्द्रमा अन्य समूहमा रहेका नेता पनि यहाँ उनीसँग रहेका छन् । यो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्यसमेत सर्वसम्मत रुपमा चयन भएका छन्।

    रुपन्देही–४ मा वर्तमान क्षेत्रीय सभापति मुकेश यादव पुनः दोहिरिएका छन्। उनी पौडेल समूहका हुन् । गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र नम्बर ३ मा विवादका कारण मतदान नै रोकिएको छ भने क्षेत्र नम्बर २ मा सोमबार मतदान भएको र आज मात्रै गणना हुनेगरी रोकिएको छ ।

    रूपन्देहीमा देउवा समूहमा रहेर पनि नेता भरत शाहले अलग्गै समूह बनाएर बालकृष्ण खाँणलाई कमजोर बनाएका छन् ।

    आफ्नो पुरानो क्षेत्रमा कमजोर बनेपछि खाँणले क्षेत्र नम्बर १ मा आफ्नो कृयाशील सदस्यता सारेका छन् । यो क्षेत्रमा मात्रै उनको समूहको प्यानलले जितेको छ ।

    जिल्लाको नेतृत्वमा आफ्नै भाइ रामकृष्ण खाँणलाई अगाडि सार्नु र उनकै हालिमुहालीका कारण धेरै स्थानीय नेताहरू असन्तुष्ट रहेको जिल्ला नेताहरुको आरोप छ ।

  • देशभरका कार्यकर्तालाई गगनको अपील- आज सही निर्णय गरेमात्रै भोलि पार्टीले गति लिनेछ

    देशभरका कार्यकर्तालाई गगनको अपील- आज सही निर्णय गरेमात्रै भोलि पार्टीले गति लिनेछ

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले देशभरका क्षेत्रीय प्रतिनिधिहरुलाई पार्टीको नवनिर्माणका लागि संकल्प र विवेकसम्मत निर्णय गर्न आह्वान गरेका छन् ।

    देशभर आज हुने क्षेत्रीय अधिवेशनको सन्दर्भमा अपील जारी गर्दै नेता थापाले आज सही निर्णय लिनसके मात्रै महाधिवेशनबाट पार्टीले सही गति लिने बताएका छन् ।

    १४ औं महाधिवेशनमा महामन्त्री पदका आकांक्षी रहेका थापाले गरेको आह्वान यस्तो छ:

  • कालिकोट र जाजरकोटमा कांग्रेस सभापति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

    कालिकोट र जाजरकोटमा कांग्रेस सभापति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

    सुर्खेत । नेपाली कांग्रेस कालिकोट र जाजरकोटले सर्वसम्मत जिल्ला नेतृत्वको टुंगो लगाएका छन् । कालिकोटको जिल्ला सभापतिमा पौडेल पक्षका अम्मबहादुर शाही चयन भएका छन् । प्रदेश निर्वाचन क्षेत्र १ मा नन्दबहादुर सिंह सभापति बन्दा २ मा आनन्द विक्रम शाह सभापतिमा चयन भएका छन् ।

    कालिकोटबाट महाधिवेशन प्रतिनिधिमा हर्षबहादुर बम, कालिबहादुर सहकारी, भुपेन्द्रजंग शाही, मुक्ती प्रसाद न्यौपाने, नारायण भट्टराई सहित २४ जना चयन भएको नेपाली कांग्रेस कालिकोटले जनाएको छ ।

    यस्तै, जाजरकोट कांग्रेसले जिल्ला सभापतिमा बेदराज सिंह, उपसभापतिमा रत्नबहादुर खड्का तथा खड्क विसी, सचिवमा तेज विक्रम शाह र हरिचन्द्र बस्नेत, सहसचिवमा छवि पन्त र खड्का बुढा पजारु सर्वम्मत चयन गरेको छ।

    प्रदेशसभा सभापतिमा १ मा लिला बहादुर शाह र दुइमा जनक शर्मा न्यौपाने चयन भएका छन । यस्तै, महाधिवेशन प्रतिनिधिमा राजीवविक्रम शाह, दीपक जंग शाह, सनत कुमार कार्की, इलमबहादुर शाही, महेन्द्रबहादुर शाहलगायत २४ जना चयन भएका हुन् ।

  • बाँकेमा कांग्रेसको स्थानीय अधिवेशन– चार पालिकामा सर्वसम्मत, चारमा मतदान

    बाँकेमा कांग्रेसको स्थानीय अधिवेशन– चार पालिकामा सर्वसम्मत, चारमा मतदान

    रुपन्देही । ८ वटा स्थानीय तह रहेको बाँकेमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार भएको पालिका अधिवेशनमा चार स्थानीय तहमा सर्वसम्मत् र बाँकी चारवटामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।

    नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा मतदानमार्फत नगर तथा गाउँ कमिटी निर्माण गरिएको हो ।

    बैजनाथ गाउँपालिका सभापतिमा देवबहादुर खत्री (केसी) ६८ प्राप्त गरेर विजयी भएका छन् । निर्वाचन समितिका अनुसार, निकटतम प्रतिस्पर्धी केशर खड्काले ३९ र रामबहादुर बिष्टले २७ मत प्राप्त गरेका थिए ।

    उपसभापतिमा सुरबिक्रम शाहले ८३ र गोपाल थारुले ७० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी दुर्गाबहादुर घिमिरे क्षेत्रीले ५८ र महेन्द्रबहादुर थारुले ५८ मत प्राप्त गरे ।

    सचिवमा टंकबहादुर बुढामगरले ७३ र कृष्णबहादुर कुँवरले ६८ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी महाविर थारुले ६४ र बसन्तकुमार रावतले ५९ मत प्राप्त गरे । सह–सचिवमा रुपा चौधरीले ९७ र पवनकुमार पुनमगरले ९० मत ल्याएर विजयी भएका छन् ।

    प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधिमा २ जना निर्विरोध निर्वाचित भएको मतदान अधिकृत गणेशप्रसाद थारुले जानकारी दिए । बैजनाथमा खसेको कुल १ सय ४९ मत मध्ये शत प्रतिशत खसेको र ८ मत बदर भएको थारुले बताए ।

    नेपालगन्ज उपमहानगरपालिकामा भएको त्रिपक्षीय भिडन्तमा प्रशान्त विष्ट तेस्रोपटक सभापतिमा विजयी भएका छन् । विष्टले २४३ मत ल्याउँदा उमा थापा मगरले ७० र विनोद रिजालले ४१ म्त ल्याए । विष्ट देउवा समूहका हुन् भने उमा र विनोद कोइराला समूहका हुन् । उमा उपमहानगरकी उपमेयर हुन् ।

    उपमहानगरपालिकामा कुल ३ सय ७७ मत खसेको थियो । नेपाली कांग्रेसको नेपालगन्ज नगर उपसभापतिमा धनराज बर्मा र मोहम्मद कमाल अन्सारी निर्वाचित भएका छन् । बर्मा २३७ र अन्सारी १४४ मतका साथ उपसभापतिमा निर्वाचित भएका हुन् । उनीहरु दुबै जना प्रशान्त विष्ट प्यानलबाट उम्मेदवार बनेका थिए ।

    नगर अधिवेशनमा ३८२ मतमध्ये ३७७ मत खसेको थियो । चुनावमा तीन वटा प्यानल प्रतिष्पर्धामा थिए ।

    राप्ती सोनारी गाउँपालिकामा मतदान सम्पन्न भएर शुक्रबार बिहान ८ बजे मत गणना गरिनेछ । राप्ती सोनारीमा रहेका कुल १ सय ७४ मतदाता संख्यामध्ये १ सय ७३ मत खसेको थियो ।

    कोहलपुर नगरपालिकामा साँझसम्म मतदान भएको थियो । कोहलपुरमा कुल ३ सय १४ मतदाता संख्या रहेको छ ।

    जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले पालिका तहको निर्वाचन परिणाम शुक्रवारसम्म आइपुगेमा शनिबारसम्म प्रदेश सभाको उम्मेदवारी मनोनयन गर्न सकिने सम्भावना रहेको बताए ।

    डुडुवा गाउँपालिकामा सभापतिसहित सबै पदमा एक÷एक जनाको उम्मेदवारी दर्ता भएपछि निर्विरोध भएको थियो । डुडुवा गाउँपालिका सभापतिमा विजयकुमार यादव निर्विरोध निर्वाचित भएका हुन् ।

    नरैनापुर गाउँपालिकामा निर्विरोध कार्यसमिति पदाधिकारी निर्वाचित भएको छ । नरैनापुर गाउँपालिका सभापतिमा मेराज अहमद खाँ, उपसभापति नितेशसिंह मौर्या र रामबिलाश मौर्य, सचिवमा धर्मेन्द्र यादव र रामचन्द्र यादव, सह–सचिव जगदिशप्रसाद कलवार र मन्नान अहमद अन्सारीसहित ३७ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको भएका हुन् ।

    खजुरा गाउँपालिकामा पनि सभापति सहित कार्यसमिति पदाधिकारी निर्विरोध भएको छ । खजुरा गाउँपालिका सभापतिमा रमेश सिजाली, उपसभापतिमा इरफान अहमद खाँ र भिमबहादुर सुनार, सचिवमा अर्जुनकुमार प्याकुरेल र रामजीप्रसाद पौडेल तथा सहसचिवमा मोहम्मद वकिल खाँ र सरिफ खाँ निर्विरोध निर्वाचित भएका हुन् ।

    जानकी गाउँपालिकामा उपसभापति पदबाहेक अन्य सबैमा निर्विरोध कार्यसमिति पदाधिकारी निर्वाचित भएका थिए । मतदान अधिकृत पवन गुप्ताका अनुसार २ जना उपसभापति पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    सभापति पदमा दयाराम यादव, सचिवमा कुलराज जोशी र टिकानाथ यादव तथा सहसचिवमा रत्नबहादुर थापाक्षेत्री र हमिद अलि हल्वाई निर्विरोध निर्वाचित भएका हुन् ।

    लुम्बिनीका सबै जिल्लामा मतदान भएपनि बाँकेमा क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएको थियो ।

  • कांग्रेस महाधिवेशन‍- आज प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदै

    कांग्रेस महाधिवेशन‍- आज प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदै

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदैछ । वडा र पालिका तहको अधिवेशन भइसकेका जिल्लामा हुने प्रदेशसभा क्षेत्रीय अधिवेशनले कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछ ।

    १४ वटा जिल्लामा भने कांग्रेसको सबै तहको अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेसको विधानमा देशभरका ३ सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेशसभा क्षेत्रीय कार्यसमिति रहने प्रावधान छ ।

    त्यस्तै हरेक प्रदेशसभा क्षेत्रबाट १ सभापति र १५ जना प्रतिनिधि चयन हुने प्रावधान छ । आज चयन हुने प्रतिनिधिहरुले सम्बन्धित प्रदेशको अधिवेशनमा मताधिकार पाउनेछन् ।

    कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेशसभा क्षेत्रीय अधिवेशन , मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन , मंसिर १० गते जिल्ला अधिवेशन तथा १६ र १७ गते प्रदेश अधिवेशन हुँदैछ । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुनेछ ।

  • सुर्खेतका ६ स्थानीय तहमा कांग्रेस संस्थापन पक्षका उम्मेद्वार विजयी, वीरेन्द्रनगरमा आज निर्वाचन हुँदै

    सुर्खेतका ६ स्थानीय तहमा कांग्रेस संस्थापन पक्षका उम्मेद्वार विजयी, वीरेन्द्रनगरमा आज निर्वाचन हुँदै

    सुर्खेत । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका ९ मध्ये ६ वटा पालिकामा भएको निर्वाचनमा संस्थापन समूह एकलौटी विजयी भएको छ । बुधबार निर्वाचन सम्पन्न भएका ६ वटै पालिकामा संस्थापन देउवा समूहका उम्मेदवार विजयी भएका हुन् ।

    वीरेन्द्रनगरमा भने रामचन्द्र पौडेल समूहका कारण निर्वाचन हुन सकेन । वीरेन्द्रनगरमा विहीबार आठ बजेदेखि निर्वाचन हुने भएको छ ।

    सार्वजनिक मत परिणामअनुसार गुर्भाकोटमा हस्त पुन निर्वाचित भएका छन् । यहाँ पौडेल समूहले उम्मेदवारी दिएन । यस्तै उपसभापतिमा लालबहादुर पुन, मधु गुरुङ, सचिवमा बासुदेव शर्मा, प्रेमप्रकाश वली र सहसचिवमा रुपक पौडेल र पुष्पा नेपाली विजयी भएका छन् ।

    लेकवेशीको सभापतिमा उमेश पौडेल विजयी भएका छन् । यहाँ सर्वसम्मत नेतृत्व चयन भएको हो । लेकवेशीमा पनि सम्पूर्ण कार्यसमिति देउवा समूहले जितेको छ ।

    चिंगाड गाउँपालिकामा पनि देउवा समूहका डोरप्रसाद शर्मा विजयी भए । उनले पौडेल समूहका करसिंह रानालाई धेरै मतान्तरले पराजित गरे । शर्माले ६४ मत ल्याउँदा पौडेल समूहका रानाले ३५ मत मात्रै प्राप्त गरे ।

    यस्तै भेरीगंगा नगरपालिकामा देउवा समूहका रामबहादुर सिंह विजयी भएका छन् । सिंहले १९४ मत ल्याउँदा पौडेल समूहका किरणकुमार भाट क्षेत्रीले २२ मत मात्रै प्राप्त गरे । भेरीगंगामा सम्पूर्ण कार्यसमितिमा देउवा समूहले एकलौटी गरेको छ ।

    उपसभापतिमा रेशमबहादुर पुन मगर र प्रतिक्षा विक विजयी भए भने सचिवमा लालसिंह बुढाक्षेत्री र हिरालाल खत्री विजयी भए । यस्तै सहसचिवमा टिमाराम वली र धर्मराज खड्का विजयी भए ।

    बराहताल गाउँपालिकामा देउवा समूहका भीमबहादुर भण्डारी विजयी भए । उनले पौडेल समूहका भुवनसिंह सिजापतीलाई पराजीत गरे । भण्डारीले १०४ मत ल्याउँदा सिजापतीले जम्मा ५० मत मात्रै ल्याए ।

    सिम्ता गाउँपालिकामा पौडेल समूहले निर्वाचनमा प्रतिष्पर्धाका लागि उम्मेदवारसम्म पाएन् । यहाँ देउवा समूहकै दुई जना सभापतिमा प्रतिष्पर्धा गरेका थिए । सिम्तामा वीरेन्द्र रावत विजयी भए भने अशोक केसी पराजित भए । वीरेन्द्रले ११९ मत ल्याउँदा अशोकले २४ मत ल्याएका थिए । यहाँ सम्पूर्ण कार्यसमिति सर्वसम्मत भएको छ ।

  • कांग्रेस महाधिवेशन- नीति न थिति, सोझै मतदान

    कांग्रेस महाधिवेशन- नीति न थिति, सोझै मतदान

    काठमाडौं । ‘केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हुनेछ,’ नेपाली कांग्रेसको विधानको परिच्छेद ६ को दफा १५ मा लेखिएको छ । पार्टीको सर्वोच्च अधिकार सम्पन्न भएपनि यसपटक कांग्रेस महाधिवेशन ‘निरिह’ हुनेछ । किनकि कांग्रेसको नीति वा विधानबारे महाधिवेशनले कुनै निर्णय लिने छैन ।

    विधान र संविधानले दिएको अवधीभन्दा बढी समय सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले गुजारेपछि पार्टीको आधिकारीकता जोगाउन कांग्रेस संघर्षरत छ । यहीकारण महाधिवेशनको सौन्दर्यका रुपमा रहने नीति र विधिको बहस छाडेर कांग्रेस नेतृत्व चयनको प्रतिस्पर्धामा मात्रै केन्द्रित भएको छ ।

    अघिल्लो पटक स्थगन हुँदा कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म अर्थात ५ दिनका लागि तोकिएको थियो । यसपटक मंसिर २४, २५ र २६ गतेका लागि तोकिएको छ । महाधिवेशमा पार्टीको विधान, पार्टीले लिनुपर्ने नीति र कार्यक्रमहरुबारे कुनै छलफल नहुने भएकाले कांग्रेसले महाधिवेशन ३ दिनमै छोट्याएको हो ।

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आव्हान गर्ने समयभित्र पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्ने बाध्यताका कारण कांग्रेस महाधिवेशनमा नयाँ केन्द्रीय समिति चयन बाहेकका कार्यसूची राखिएको छैन ।

    ‘यो महाधिवेशनमा नीति पनि नहुने भो, थिति पनि नहुने भो । लाइनमा उभिने भोट माग्ने, महाधिवेशन सक्किगो’, केन्द्रीय समिति बैठकपछि एक सदस्यले ठट्टा गर्दै भने ।

    विधानकै व्यवस्था अनुसार महाधिवेशन

    विगतमा नीति र नेतृत्व चयनका लागि कांग्रेसको महाधिवेशन हुँदै आएको थियो । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव तथा पार्टीको नीति तथा कार्यक्रम महाधिवेशनबाट पारित हुने प्रचलन थियो ।

    यसपटक भने कांग्रेसले विधानको दफा १७ को उपदफा ५ को लाभ लिँदै नेतृत्व चयनका लागि मात्रै महाधिवेशन गर्न लागेको हो । विधान र नीति पारित गर्न नयाँ केन्द्रीय समितिले अर्को महाधिवेशन गर्ने कांग्रेस नेताहरुले जनाएका छन् ।

    कांग्रेसको विधानमा ‘महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्न र नीति निर्माण तथा विधान पारित गर्न फरक फरक समयमा महाधिवेशन गर्न सकिनेछ । सोका लागि पार्टी केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय लिने’, उल्लेख छ । सोही प्रावधान अनुसार यसपटक महाधिवेशनमा उद्घाटनलगत्तै निर्वाचन गर्न लागिएको हो ।

    २५ गते निर्वाचन हुने

    कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गते उद्घाटन हुनेछ । निर्वाचन समितिले भने मंसिर २१ गतेदेखि नै निर्वाचन कार्यक्रम सुरु गरेको हुन्छ । केन्द्रीय निर्वाचन समितिले मंसिर २१ गते मतदाता नामावली अर्थात महाधिवेशन प्रतिनिधिहरुको सूची सार्वजनिक गर्नेछ । त्यसउपर दावी विरोधका लागि मंसिर २२ गतेसम्मको समय दिएर २३ गते केन्द्रीय समितिको सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता गराइनेछ ।

    मंसिर २४ गते महाधिवेशन उद्घाटन र उम्मेदवारको अन्तिम सूची प्रकाशन गरी मंसिर २५ गते मतदान गराउने गरी काम अगाडि बढाइएको निर्वाचन समितिले जनाएको छ ।

    कांग्रेसको नेतृत्व लिन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, नेता डा. शेखर कोइराला र केन्द्रीय सदस्य कल्याण गुरुङले सभापति पदमा दावी गर्दै आएका छन् ।

  • कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनका लागि विभिन्न समिति बनाइने

    कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनका लागि विभिन्न समिति बनाइने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने १४ औं महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो ।

    बैठकले महाधिवेशनका लागि विभिन्न समिति गठन गर्नेछ । राजनीतिक प्रतिवेदन, मूल व्यवस्थापन , खाना तथा आवास, प्रचार, मञ्च व्यवस्थापन , यातायात व्यवस्थापन लगायतका समिति गठन गर्ने कांग्रेसको तयारी छ ।

    आजको बैठकबाट महाधिवेशनका लागि आवश्यक निर्णयहरु लिने सहमति शनिबारको पदाधिकारी बैठकमा भएको थियो । बैठक दिउँसो २ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

  • सुर्खेतमा कांग्रेसको वडा अधिवेशन शनिबार हुँदै

    सुर्खेतमा कांग्रेसको वडा अधिवेशन शनिबार हुँदै

    सुर्खेत । विवादका कारण लामो समयदेखि रोकिएको नेपाली कांग्रेस सुर्खेतको अधिवेशन कात्तिक २७ गते शनिबार हुने भएको छ ।

    यसअघि क्रियाशील सदस्यताको विवादका कारण रोकिएको अधिवेशन शनिबार हुने कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नेपालप्रेसलाई बताए ।

    ‘जिल्लका ९९ वटै वडामा शनिबार विहान आठ बजेदेखि अधिवेशन सुरु हुनेछ,’ सभापति रेग्मीले भने, ‘कुनै वडामा सर्वसम्मत पनि हुन सक्छ कुनैमा चुनाव पनि हुन सक्छ । तर अधिवेशन सफल गराउँछौं ।’

  • बाँके कांग्रेसको विवाद बढ्दो, केन्द्रबाटै क्रियाशील सदस्य थपिएपछि पार्टी कार्यालयमा तालाबन्दी

    बाँके कांग्रेसको विवाद बढ्दो, केन्द्रबाटै क्रियाशील सदस्य थपिएपछि पार्टी कार्यालयमा तालाबन्दी

    रुपन्देही । जिल्ला पार्टी सभापतिकै योजनामा नेपाली कांग्रेस बाँकेको कार्यालयमा तालाबन्दी भएको छ । सभापति किरण कोइराला समूहलाई संस्थापन पक्षले कमजोर बनाउन आफूखुसी सदस्यता थपेका भन्दै ताला लगाइएको हो । किरण कांग्रेस पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुुशील कोइरालाकी भाइबुहारी हुन् ।

    जिल्ला पार्टी सभापति किरण कोइराला, नेता ज्ञानु केसी, हुर्मत न्यौपाने, पोषण केसी, नेतृ उमा थापामगर लगायतको उपस्थितिमा तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ । यिनीहरु सबै कोइराला समूहका हुन् ।

    ‘सभापति शेरबहादुर देउवाले जिल्लामा आफ्नो पक्ष बलियो बनाउन यसो गरेको प्रष्ट छ, नियम विपरीत सदस्यता बाँडेर अगाडि बढ्न दिदैनांै’, ताला लगाउने समूहका एक सदस्यले नेपाल प्रेससँग भने ।

    क्रियाशील सदस्यता विवादले रोकिएको नेपाली कांग्रेस बाँकेको अधिवेशनको दुई दिनअघि पुनः ताला लागेको हो । ढिलो गरी तोकिएको अधिवेशनका मुखमा केन्द्रबाट अनाधिकृत रुपमा सदस्यता थपिएकाले तालाबन्दी गरिएको जनाइएको छ ।

    ‘सदस्यता नवीकरणका नाममा २३९ जना अनाधिकृत पार्टी सदस्य थपिएको पाइयो,’ युवा नेता पोषण केसीले भने, ‘यही अवस्थामा निर्वाचन हुन सक्दैन, यी सदस्यको छिनोफानो गरेरमात्रै प्रक्रियामा जानुपर्छ भन्ने माग हो ।’

    शुरुदेखि नै विवादमा रहेको निर्वाचन क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवाद बल्झिएपछि असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला लगाएको हो ।

    कांग्रेस महाधिवेशन अन्तर्गत कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन गरिसक्नुपर्ने गरी निर्वाचन अधिकृत बुधवारमात्रै नेपालगन्ज आइपुगेका छन् । यस्तै कात्तिक ३० गते गाउँपालिका÷नगरपालिका तह, मंसिर ३ गते प्रदेश सभा, मंसिर ६ गते क्षेत्र तथा महाधिवेशन र महासमिति सदस्यको निर्वाचन र मंसिर १० गते जिल्ला तहको निर्वाचन गरिसक्नुपर्ने कार्यतालिका छ ।

    जिल्ला पार्टी सचिवालयमा निर्वाचन तयारीमा सक्रिय निर्वाचन समितिका पदाधिकारीहरुलाई बाहिर निकालेर युवा नेता पूर्ण आचार्यसहितका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

    लुम्बिनी प्रदेशका अन्य ११ जिल्लामा यसअघि नै अधिवेशन भइसकेको छ । बाँकेमा नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाकी भाइबुहारी किरण कोइराला अहिले जिल्ला सभापति छन् भने सभापति शेरबहादुर पक्षले जसरी पनि आफ्नो समूह बलियो बनाउन लागिपरेको छ ।

  • वडा अधिवेशन बाँकी रहेका १३ जिल्लामा कांग्रेसले तोक्यो निर्वाचन अधिकृत (सूचीसहित)

    वडा अधिवेशन बाँकी रहेका १३ जिल्लामा कांग्रेसले तोक्यो निर्वाचन अधिकृत (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन गराउन निर्वाचन अधिकृत तोकेर पठाएको छ । प्रदेश २ का ८सहित बाँके,डोल्पा,कैलाली,सुर्खेत र रसुवामा विवादका कारण वडा अधिवेशन हुन सकेको छैन ।

    कांग्रेसले कात्तिक २७ गते ती जिल्लामा वडा अधिवेशन हुने जनाएको छ । वडा अधिवेशन गराउन जिल्ला निर्वाचन अधिकृतहरु यस प्रकार तोकिएका छन् ।

    सप्तरीःडा. रुद्र शर्मा
    सिरहाः सन्जीव लामा
    धनुषाः अरुण ज्ञवाली
    महोत्तरीः इन्द्र अधिकारी
    सर्लाहीः विनोद कार्की
    रौतटहः दिपकराज गिरी
    पर्साः नरेन्द्र केसी
    बाराः ज्ञानेन्द्रप्रसाद अधिकारी
    कैलाली,टेकप्रसाद सुवेदी
    बाँके,रेवतीरमण भट्टराई
    सुर्खेत,मदन रेग्मी
    रसुवा,सुमन कुमार केसी
    डोल्पा,कुमार श्रेष्ठ

  • कांग्रेसमा चार पुस्ताको प्रतिस्पर्धा- ग्रासरुटबाट ‘अन्डर ट्वान्टी’को दबाब

    कांग्रेसमा चार पुस्ताको प्रतिस्पर्धा- ग्रासरुटबाट ‘अन्डर ट्वान्टी’को दबाब

    काठमाडौं । दैलेखकी १९ वर्षीया स्वस्तिका महत नेपाली कांग्रेसको महाधिवेन प्रक्रिया शुरु भएसँगै सामाजिक सञ्जालमा भाइरल भइन् । दुल्लु नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित भएसँगै उनी राष्ट्रिय मिडियाको न्युजमेकर नै बनिन् ।

    स्वस्तिकापछि कांग्रेसका ‘अन्डर ट्वान्टी’ पुस्ता धमाधम विभिन्न जिल्लाका वडा अधिवेशनहरुमा हस्तक्षेपकारी भूमिकामा देखिन थालेका छन् । यो भनेको कांग्रेसमा युवा पुस्ताको हस्तक्षेप हो कि होइन अलग कुरा हो तर ८० छुन लागेका हजुरबा पुस्ताका लागि दबाब भने अवश्य हो ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । अधिकांश जिल्लामा वडा अधिवेशन सम्पन्न भएसंगै कांग्रेसको आन्तरिक संरचना पनि निर्वाचनमय भएको छ ।

    पालिकादेखि केन्द्रीय समितिका दावेदारसम्म आ-आफ्नो चुनावी प्रचारमा छन् । केन्द्रीय नेतृत्वका लागि शीर्ष नेताहरुबीच जति प्रतिस्पर्धा छ, तल्लो तहको नेतृत्वका लागि पनि तलसम्मै प्रतिस्पर्धा जारी छ । केन्द्रीय सभापतिका लागि साढे ७ दशकको इतिहास बोकेको कांग्रेसभन्दा पाका नेताहरु प्रतिस्पर्धा गर्दैछन् ।

    कांग्रेस नेतृत्वमा दावी गर्नेमा ७५ वर्ष नाघेका वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् । सभापतिमै ७० वर्ष नाघेका गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौलादेखि डा.शेखर कोइरालसम्मले दावी गरेका छन् ।

    ६० नाघेका नेताहरु विमलेन्द्र निधि, डा.शशांक कोइराला र प्रकाशमान सिंहले पनि सभापतिमै दावी गरिरहेका छन् । सभापतिमा दावी गर्नेमध्येका सबैभन्दा कान्छा कल्याण गुरुङ नै ५० वर्ष नाघिसकेका छन् । पदाधिकारीमा दावी गर्ने अधिकांश नेताहरु पनि ५० हाराहारी वा सोभन्दा बढी नै उमेरका छन् ।

    केन्द्रीय नेतृत्वका लागि पाकाहरुको प्रतिस्पर्धा भएपनि कांग्रेसको तल्लो संरचनामा युवाहरुको आकर्षण बढेको छ । विद्यार्थी राजनीतिमा सक्रिय अधिकांश युवाहरु कांग्रेसको स्थानीय अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

    कांग्रेसको नेतृत्व छनोट प्रक्रियामा अत्यन्तै प्रभाव राख्ने क्षेत्रीय प्रतिनिधिको झण्डै ६० प्रतिशत हिस्सा ४० वर्षभन्दा कम उमेरका नेताहरुले ओगटेका छन् । वडा अधिवेशन सम्पन्न भएका ५६ जिल्लाको परिणाम हेर्दा २५ वर्षमुनिकै युवाहरु पनि कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । उनीहरुले पालिका, क्षेत्र र जिल्लाको नेतृत्व प्रत्यक्ष रुपमा छान्नेछन् । त्यस्तै केन्द्रीय नेतृत्वका लागि मताधिकार पाउने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्न वा छान्न ती युवा क्षेत्रीय प्रतिनिधिहरु निर्णायक हुनेछन् ।

    हजुरबा पुस्तालाई वानप्रस्थानको दबाब- आचार्य

    देशकै पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसलाई ‘वृद्धहरुको पार्टी’ भनेर आलोचना गर्ने गरिएको पाइन्छ । यद्यपि तल्लो तहको अधिवेशनले कांग्रेसमा युवाहरु आकर्षण यथावत रहेको स्पष्ट पार्छ । मतदाता मात्रै नभएर युवाहरु आफै नेतृत्वमा आउन थालेका छन् । यसबाट कांग्रेसको ‘ग्रास रुट’मा युवाहरुको पकड बढेको देखिन्छ ।

    कांग्रेसको तल्लो संरचनामा युवा वर्चस्व हुनुले पार्टीको रुपान्तरणमा मद्दत पुग्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको दावी छ । २०४६ सालपछि राज्यसत्ता र पार्टीसत्तामा प्रभाव राख्ने नेताहरुप्रति कांग्रेसमा आकर्षण घट्दै गएको आचार्य बताउँछन् ।

    ‘पछिल्लो ३ दशक जसले पार्टी र देश हाँके उनीहरुप्रति आम कांग्रेसीको भरोसा टुटेको छ । त्यसैले पार्टी सभापतिमा जति नै पाका नेताहरुले दावी गरेपनि तल्लो तहबाट नातिपुस्ताले दवाव बढाएको छ’, आचार्यले नेपाल प्रेसससंग भने ।

    सभापतिमा दावी गरेका केही नेताहरुले अर्को महाधिवेशनमा युवा नेताहरुलाई रोक्न नसकिने धारणा सार्वजनिक रुपमै राखिसकेका छन् । यहीकारण १४ औं महाधिवेशन कांग्रेसको पहिलो र दोस्रो पुस्ताका लागि ‘अन्तिम लडाइँ’ हुनसक्छन् ।

    ‘कांग्रेसका लागि १४ औं महाधिवेशन धेरै नै युगान्तकारी हुनेवाला छ । कांग्रेसको आजसम्मको विशेषता र सरंचना नै फेरिने वाला छ । यो परिवर्तनका लागि प्रसव पीडाजत्तिकै संघर्ष कांग्रेसमा भइरहेको छ । हजुरवुवा पुस्ताले वानप्रस्थान लिने र नाति पुस्ताले पार्टी चलाउने स्थिति बन्दै गरेको छ’, आचार्यले भने ।

    सभापतिमा पाका, महामन्त्रीमा युवा

    कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको मुख्य प्रतिस्पर्धा पाका नेताहरुबीच नै हुने देखिन्छ । यद्यपि कांग्रेसमा सभापतिपछि निर्णायक मानिने महामन्त्रीमा युवा पुस्ताको प्रतिस्पर्धा निश्चित छ । सभापतिमा देउवा, पौडेल, निधि, सिंह, कोइराला र सिटौलाको प्रतिस्पर्धा भएपनि महामन्त्रीमा गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, एनपी साउद, गुरुराज घिमिरेहरुको टक्कर कडा हुने देखिन्छ ।

    महामन्त्रीमा दावी गर्नेहरु अधिकांश कांग्रेसको आन्तरिक संरचनामा तेस्रो पुस्तामा पर्ने नेताहरु छन् । सबैभन्दा चेपुवामा परेको दोस्रो पुस्ताले यहीपटक नेतृत्व हासिल गर्नुपर्ने वा बाटो छोड्नुपर्ने दवाव छ । ‘युवाहरुले महामन्त्री ताकेका छन् , बुढाहरुले सभापति ताकेका छन् । जो नेताहरु बीचको हुनुहुन्छ उहाँहरुले यसपटक नेतृत्वमा रहनुभएन भने अर्कोपटक अझ गार्हो पर्ने देखिन्छ’,कांग्रेसकै एक नेताको भनाई छ ।

    के भन्छन् कांग्रेसका ‘योङ लिडर’ ?

    कांग्रेसको वडा अधिवेशनबाट निर्वाचित वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधीमा युवाहरुको वर्चस्व छ । तीमध्ये पनि २५ वर्ष मुनिका युवा नेताहरुले अघिल्लो पुस्तालाई अझ दबाब बढाइरहेका छन् । १८ देखि २५ वर्ष उमेरसमूहका क्षेत्रीय प्रतिनिधिहरुले आफ्नो पालिका, क्षेत्र र जिल्लामात्रै होइन कांग्रेसको केन्द्रीय नेतृत्व हेरफेरमै हस्तक्षेप गर्ने महत्वाकांक्षा राखेका छन् ।

    सोलुखुम्बुको नेचा सल्यानकी २१ वर्षीया पूजा फुँयाल आफ्नो वडाबाट सर्वाधिक मतसहित कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइन् । भक्तपुरको सानोठिमी क्याम्पसमा नेविसंघको राजनीति गर्ने फुयाँल पार्टीमा पनि योगदान गर्न कस्सिएकी छिन् । लोकतान्त्रिक पार्टी कांग्रेसप्रति युवा र महिलाको मात्रै नभएर समाजका हरेक क्षेत्रका मानिसको आकर्षण बढाउनुपर्ने पूजाको भनाई छ ।

    उमेरले मात्रै नभएर सोच र क्षमताले नयाँपन दिन सक्नेहरु वडादेखि केन्द्रसम्म स्थापित हुनुपर्ने उनी बताउँछिन् । ‘कांग्रेसलाई बुढापाकाको मात्रै पार्टी हो भन्ने सोच अब हट्न थालेको छ । युवाहरुले पनि कांग्रेसमा अवसर पाउन थालेका छन् । अवसर पाएकाहरुले काम पनि गरेर देखाउनुपर्छ । म पदका लागि मात्रै नभएर परिवर्तनका लागि कांग्रेसमा सक्रिय हुन चाहन्छु’, पूजाले नेपाल प्रेससँग भनिन् ।

    बागलुङ गल्कोटकी सगुन कडेंल पनि सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि बनेकी छिन् । विगतमा महिला र युवालाई कांग्रेसको राजनीतिमा गरिने असहयोग यसपटक कम भएको उनले महसुस गरेकी छिन् । पार्टीमा सक्रिय सबै उमेर समूहका नेता कार्यकर्ताबीच हार्दिकता कायम गरेर मात्रै कांग्रेसलाई बलियो बनाउन सकिने उनी बताउँछिन् ।

    ‘कांग्रेस सबैको पार्टी हो भन्ने भावना विकास गराउनुपर्छ । कसैलाई पनि निषेध नगरी जाने हो भने कांग्रेसको संगठन पनि बन्छ, जनताले पनि विश्वास गर्छन्’, कडेंलले भनिन् ।

    कास्कीको माछापुच्छ्रे गाउँपालिकाकी १९ वर्षीया दीपिका भण्डारी पनि कांग्रेस क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भइन् । नेविसंघमा सक्रिय भण्डारी पार्टीमा पाएको भूमिकाबाट सन्तुष्ट छिन् । कांग्रेसमा पाका र युवाको सहकार्य हुनुपर्ने भण्डारी बताउँछिन् । ‘कांग्रेसमा युवा पुस्ता र पुरानो पुस्ताको बीचमा समन्वय गर्ने, इतिहास र वर्तमान बुझेर भविष्यका लागि खटिन सक्ने नेतृत्व चाहिन्छ’, भण्डारीले नेपाल प्रेससँग भनिन् ।

    नेपाली कांग्रेससँगै वैचारिक सामिप्यता राख्ने युवाहरुको संस्था युथ कांग्रेस हाँकिरहेका सचिन तिमल्सेना पार्टीको तल्लो तहमा युवाहरुको नेतृत्व स्थापित हुनुले उत्साह बढेको बताउँछन् । यद्यपि क्षेत्रीय प्रतिनिधिमा निर्वाचन वा सर्वसम्मतबाट निर्वाचित युवाहरु महाधिवेशन प्रतिनिधि बन्न अझै चुनौती पार गर्नुपर्ने उनको भनाई छ ।

    ‘सहमति र चुनावबाट क्षेत्रीय प्रतिनिधिमा बुहमत युवाहरु आएका छौं तर त्योभन्दा माथिल्लो तहमा जान अझै बाधा पर्न सक्छ । क्षेत्रीय अधिवेशनमा उमेरकै कारण धेरै युवाहरुलाई रोक्ने प्रयासपनि हुनसक्छ । हामी सचेत भएर पार्टीको सबै तहमा स्थापित हुनेगरी अगाडि बढ्नुपर्नेछ’, तिमल्सेनाले नेपाल प्रेससँग भने ।

    उनले पार्टीको हरेक तहमा निर्वाचित युवाले आम नागरिकमा पार्टीप्रति भरोसा बढाउने काम गर्नुपर्नेमा जोड दिए । ‘पहिलो कुरा पार्टीका संरचनाहरुमा बढीभन्दा बढी युवाले जित्नुपर्‍याे । त्यसपछि पार्टी बाहिरका युवालाई पनि आकर्षित गर्नेगरी काम गर्नुपर्‍याे’,उनले भने ।

    कांग्रेसको स्थानीय अधिवेशनबाट निर्वाचित सबैजसो युवा नेताहरु पार्टी संगठन चुस्त र प्रतिस्पर्धीसामु बलियो बनेको हेर्न चाहन्छन् । कतै सर्वसहमतिबाट त कतै निर्वाचनबाट तल्लो तहको अधिवेशनमा उदाएका कांग्रेसका ‘योङ लिडर’ हरु केन्द्रमा पनि आफ्नो पुस्ताको मनोभावना बुझ्ने नेतृत्व चाहन्छन् । तर पुरानो पार्टी भएकाले सबै तहमा एकैसाथ पुस्ता हस्तान्तरण नहुने उनीहरुले बुझेका छन् । त्यसैले कांग्रेसको ‘नाति पुस्ता’ पार्टीभित्र ‘हजुरवुवा पुस्ता’सँग सहकार्य र स्वच्छ प्रतिस्पर्धाकै पक्षमा देखिन्छ ।

    याे पनि पढ्नुस्
    कांग्रेसकी कान्छी सभापति भन्छिन् : बुबाको सपना पूरा गर्न राजनीतिमा आएँ, अबको लक्ष्य जनप्रतिनिधि

  • कांग्रेस संस्थापनइतर समूहको बैठक बस्दै

    कांग्रेस संस्थापनइतर समूहको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको जारी अधिवेशन प्रक्रियाबारे धारणा तय गर्न संस्थापनइतर समूहको बैठक आज बस्दैछ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी कार्यालय सानेपामा २ बजे बस्ने गरी बैठक बोलाएका छन् ।

    बैठकमा डडेल्धुरामा बलपूर्वक वडा अधिवेशन गरिएको, २० जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक नगरिएको लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

    बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह , कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु लगायत उपस्थित हुने जनाइएको छ ।

    पौडेल पक्षले डडेल्धुरामा गरिएको वडा अधिवेशन वहिष्कार गरेको थियो ।

  • कांग्रेस सिन्धुपाल्चोकः नेतृत्वका लागि दुवै पक्षको आ-आफ्नै दाउ, को-को छन् आकांक्षी ?

    कांग्रेस सिन्धुपाल्चोकः नेतृत्वका लागि दुवै पक्षको आ-आफ्नै दाउ, को-को छन् आकांक्षी ?

    दुई समूहबीच तीव्र विवाद भएको सिन्धुपाल्चोक कांग्रेसमा नयाँ नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । अझैसम्म क्रियाशील सदस्यता विवाद नटुंगिएको सिन्धुपाल्चोकमा पूर्वसभापति एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत र जिल्ला सभापति विकास लामाले दुई समूहको नेतृत्व गरेका छन् ।

    कांग्रेस सिन्धुपाल्चोकमा १३औ जिल्ला अधिवेशन देखि नै संस्थापन र इतर पक्षबीच विवाद थियो । पछिल्लो समय उक्त विवाद झन् बढेको छ । यहाँ पूर्व जिल्लासभापति समेत रहेका बस्नेत र लामाले केन्द्रमा बेग्लाबेल्लै क्रियाशील सदस्यको सूची बुझाएका थिए ।

    क्रियाशील सदस्य विवादकै कारण केही समयअघि कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले सदस्य छानबिन समितिका सदस्यलाई हात हालेको आरोप लागेपछि कांग्रेस केन्द्रले अर्को छानबिन समिति समेत गठन गरेको थियो । जिल्ला सभापति विकास लामा क्रियाशील सदस्यको सूची सार्वजनिक हुनुपर्ने मागसहित पार्टी मुख्यालयमा धर्नासमेत बसेका थिए ।

    विवादबीच पनि आगामी नेतृत्वका लागि आकांक्षीहरुले तीव्र ‘लबिङ’ सुरु गरेका छन् । नेतृत्व सर्वसम्मत चयन गर्न नेताहरु लागे पनि सहमतिको सम्भाबना भने न्यून छ । ‘हामी सर्वसम्मत रुपमा नेतृत्वसँगै पदाधिकारी टुंगो लागाउन छलफलामा छौं’ जिल्ला सभापतिका आकांक्षी समेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष एवम गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले भने ।

    उम्मेदवार छान्न दुवै पक्षलाई सकस

    कांग्रेस सिन्धुपाल्चोकमा संस्थापन र संस्थापनइतर पक्षबीच जिल्ला नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।

    संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवा पक्षको नेतृत्व केन्द्रीय सदस्य समेत रहेका मोहनबहादुर बस्नेतले गरिरहेका छन् भने संस्थापन इतर पक्षबाट जिल्ला सभापति विकास लामालगायतका नेताहरुले गरिरहेका छन् ।

    जिल्लामा तेस्रो पक्ष नेता कृष्ण सिटौलाको प्रभाव न्यून छ । यद्यपि, त्यस पक्षको नेतृत्व नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले गरिरहेका छन् । यहाँ संस्थापन पक्षविरुद्ध अरु समूह एक भएर अधिवेशनमा जाने तयारी भइरहेको कांग्रेसका नेताले बताएका छन् ।

    अघिल्लो जिल्ला अधिवेशनमा रामचन्द्र पौडेल समूहबाट भुपेन्द्रबहादुर थापा र विकास लामा तथा देउवा पक्षबाट हरिशरण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा थिए । पहिलो चुनावमा नै कुनै पनि उमेदवारहरुले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा भएको निर्वाचनमा भुपेन्द्र थापाले समेत विकास लामालाई समर्थन गरेका थिए ।

    १४ औं अधिवेशनमा तीनै अनुहारले दोहोरिने रहर गरेका छन् । यसपालि केही नयाँ अनुहारसमेत जिल्ला नेतृत्वको दौडमा छन् ।

    संस्थापनइतर पक्षका सबैको समर्थन पाए भूपेन्द्र थापा पनि उम्मेदवार हुने तयारीमा छन् । तर संस्थापन पक्ष(बस्नेत) समूहले भने थापालाई वडामा नै हराउने प्रयास गरेको कांग्रेस नेताको दाबी छ ।

    संस्थापनइतर पक्षबाट वर्तमान सभापति विकास लामाले नै दोहोर्याउन खोजेका छन् । तर उनको लागि पनि अहिलेको समय प्रतिकुल रहेको उनी निकटका नेताहरुले बताउँदै आएका छन् ।

    ‘अहिले नेतृत्वमा रहेको व्यक्ति चुनावमा गएर पराजित भए भने राम्रो सन्देश जाँदैन, त्यसैले हामी अरुलाई नै सभापति बनाउनु पर्छ भन्ने अभियानमा छौं’, संस्थापनइतर पक्षका एक जिल्ला नेताले भने ।

    इन्द्रावती गाउँपालिकाका अध्यक्ष एवम गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङ अहिले संस्थापनइतर पक्षबाट सभापतिका लागि कडा दाबेदारका रुपमा हेरिएका छन् ।

    जिल्लाभर कार्यकर्ताहरुसँग राम्रो पहुँच भएका लामाले आफ्नो टिमभित्र एकजना मात्रै उमेदवार बनाएर मैदानमा आउनका लागि लबिङ गरिरहेका छन् । ‘हामी छलफलमा नै छौं, क्रियाशील सदस्य सार्वजनिक भएको छैन, यो सार्वजनिक भएपछि मात्रै नेतृत्वको विषयमा बहस हुन्छ’, तामाङले भने ।

    यो समूहबाट पूर्व जिल्ला सचिव कृष्ण न्यौपाने, आइतमान तामाङ पनि सभापतिका आकांक्षी हुन् । क्षेत्रीय सभापति तामाङलाई योपटक पुन क्षेत्रीय सभापतिमा नै राख्ने योजना पनि उक्त समूहको रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

    संस्थापन पक्षबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कसलाई अघि सार्छन् प्रष्ट छैन । अघिल्लो पटक आफूले उठाएका उम्मेदवार पराजित भएपछि उनी यसपटक जित्ने उम्मेदवारको खोजीमा छन् । यद्यपि, उनलाई अघिल्लो अधिवेशनमा पराजित हरिशरण श्रेष्ठलाई नै उम्मेदवार बनाउनुपर्ने दबाब बढेको बुझिएको छ । श्रेष्ठले भने फेरि उम्मेदवार हुने नहुनेबारे मुख खोलेका छैनन् ।

    देउवा समूहबाट यो पटक प्रेमध्वज लामाले बाजी मार्ने सम्भावना बढी रहेको स्रोतको दाबी छ । त्रिभुवन विश्वविद्यालयका प्रध्यापक समेत रहेका लामाले पनि मुख भने खोलेका छैनन् । तर बस्नेतले अघि सार्ने उम्मेदवार श्रेष्ठ र लामामध्ये एक हुने स्रोतको दाबी छ । संस्थापनइतर पक्षबाट तामाङ समुदायबाट उम्मेदवार हुँदा आफ्नो टिमबाट पनि तामाङ नै उम्मेदवार बनाउने गृहकार्य बस्नेतले गरेका छन् ।

    सिन्धुपाल्चोकमा क्षेत्र नम्बर एक बाट करिब ८ हजार ५ सय र दुईबाट पनि ७ हजार ५ सय क्रियाशील सदस्यको सूची केन्द्रमा पठाइएको छ । सदस्यको आधारमा न्यूनतम १६ देखि बढीमा ३६ जनासम्म प्रतिनिधिहरु वडाबाट निर्वाचित भएर क्षेत्र र केन्द्रमा आउने छन् ।

    क्षेत्र नम्बर एकबाट बाह्रविसेको १ र ६, लिसंखुपारको ७ बाट सबैभन्दा बढी प्रतिनिधि आउनेछन् । जहाँबाट ३६ जना प्रतिनिधि आउने कांग्रेसले जानाएको छ ।

    क्षेत्र नम्बर १ को सभापतिमा भने वर्तमान सभापति बालकृष्ण बस्नेतलाई नै संस्थापन पक्षबाट अघि बढाउने तयारी भएको छ । २ मा भने अहिलेसम्म क्षेत्रीय सभापतिको लागि कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् ।

  • कांग्रेसको पौडेल पक्षका नेताहरु चाक्सीबारीमा

    कांग्रेसको पौडेल पक्षका नेताहरु चाक्सीबारीमा

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् । पौडेलले बोलाएको बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सुरु भएको छ ।

    बैठकमा वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री सिंहसँगै महामन्त्री डा. शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा।मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, जीवन परियारलगायत उपस्थित छन् ।

    क्रियाशील सदस्यताबारे भएको सहमति, जिल्ला सभापतिहरुले राखेका माग लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

  • कांग्रेस क्रियाशील सदस्यता विवाद आज टुंग्याइँदै

    कांग्रेस क्रियाशील सदस्यता विवाद आज टुंग्याइँदै

    काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी बाँकी विवाद आजै टुंगो लगाइने भएको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला , डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले आज साँझ ५ बजेभित्रमा प्रतिवेदन बुझाउने जनाएको छ ।

    समितिले अधिकांश विवादबारे सहमति जुटाएपनि बारा, सप्तरी र रौतहटका विषयमा सहमति बनिसकेको छैन । ती जिल्लामा पुरानै सदस्यताबाट अधिवेशन गराउने वा प्रक्रिया पुगेबाहेकका सदस्यतालाई मात्रै स्थगन गर्ने भन्नेमा सहमति जुटेको छैन । समितिका सदस्यहरु अहिले आन्तरिक छलफलमा छन् ।

    अपराह्न १ बजेपछि बालुवाटारमा समितिको बैठक बस्नेछ । सोही बैठकबाट अन्तिम टुंगो लगाएर ५ बजे प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने बताइएको छ ।

    आज सहमति जुट्न नसके समितिका नेताहरुले आफ्नो रायसहितकै प्रतिवेदन बुझाउने भएका छन् । ‘आज ५ बजेसम्म बाँकी विवाद टुंग्याउन प्रयास गर्छौ । सहमति बन्यो भने बन्यो बनेन भनेपनि आ–आफ्नो रायसहितको प्रतिवेदन बुझाउँछौ’, समितिका एक नेताले भने ।

    कांग्रेसको वडा अधिवेशन भदौ १८ गते हुँदैछ । क्रियाशील सदस्यता नटुंगिए पनि निर्वाचन समितिले अन्य तयारी थालिसकेको छ । क्रियाशील टुंगिनासाथ सबै जिल्लामा क्रियाशील सूची, निर्वाचन निर्देशिका र अन्य आवश्यक कागजातसहित प्रतिनिधि र निर्वाचन संयोजकहरु खटिनेछन् ।

    पहाडी जिल्लाहरुमा आवश्यक परे हेलिकप्टरबाटै आवश्यक सामाग्री ढुवानी गर्ने कांग्रेसको तयारी छ ।

  • क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग

    काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

    वडा अधिवेशनसन आइसक्दा पनि क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक नहुनु आपत्तिजनक रहेको भन्दै उनीहरुले सोमबारसम्म सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

    यस्तो माग गर्ने अधिकांश सभापतिहरु संस्थापन इतर समूह निकट रहेका छन् ।

    जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सम्बन्धमा भएका कामबारे जिल्ला सभापतिहरुलाई गुमराहमा राख्ने प्रयास भएको आरोप लगाएका छन् ।

    त्यस्तै उनीहरुले ७७ वटै जिल्लाका सभापतिहरुको निर्वाचित हुने व्यवस्था समान हुनुपर्ने माग समेत राखेका छन् । कांग्रेसले निर्वाचन निर्देशिकामार्फत एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधिले नै जिल्ला सभापतिमा उम्मेदवारी दिनसक्ने प्रबन्ध गर्दैछ ।

    त्यस्तो व्यवस्थाले कांग्रेसमा दुई खाले सभापति चयन हुने भन्दै उनीहरुले विरोध गरेका हुन् । ‘जिल्ला सभापति बन्न चाहिने योग्यता सबैतिर समान हुनुपर्यो । कतै महाधिवेशन प्रतिनिधिले मात्रै लड्न पाउने कतै क्षेत्रीय प्रतिनिधिले नै लड्न पाउने व्यवस्था गरियो भने हामीलाई मान्य हुँदैन’, काभ्रे कांग्रेसका सभापति मधु आचार्यले भने ।

    कांग्रेसले केन्द्रीय समितिको बैठकबाट क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरिसकेको छ । त्यसमा समाधान हुन बाँकी विषयमा कृष्णप्रसाद सिटौला, डा।मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले काम गरिरहेको छ ।

    सो कार्यदललाई भदौ ३ सम्मको समय दिइएको भए पनि अहिलेसम्म क्रियाशील विवाद टुंगो लगाउन सकेको छैन । कांग्रेसले भदौ १८ मा देशभर वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार कांग्रेस महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुनेछ ।

  • कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिकाबारे ठोस निर्णय हुने

    कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिकाबारे ठोस निर्णय हुने

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । भदौ १६ देखि १९ गतेसम्म हुने भनिएकाे १४ औं महाधिवेशन अनिश्चित भएका बेला बस्न लागेको पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन लगायतका विषयमा छलफल हुनेछ ।

    बुधबारको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनलाई पूर्णता दिनका लागि १ दिनको समय प्रदान गरेको थियो । आजको बैठकले महाधिवेशनबारे महत्वपूर्ण निर्णय लिने बताइएको छ ।

    आजको बैठकमा मन्त्रिपरिषद विस्तारबारे पनि छलफल हुनेछ । सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डा टुंगिए आजैको पदाधिकारी बैठकबाट थप मन्त्रीको नाम टुंगो लगाउने प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको तयारी छ ।

    दिउँसो २ बजेपछि सभापति निवास बुढानिलकण्ठमा बस्ने बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी तथा सिनियर केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।

  • बारा र सप्तरीको थाँती राखेर क्रियाशील छानबिनको प्रतिवेदन बुझाइने

    बारा र सप्तरीको थाँती राखेर क्रियाशील छानबिनको प्रतिवेदन बुझाइने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज प्रतिवेदन बुझाउँदैछ । १० बजेपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने बैठकमै समितिले प्रतिवेदन बुझाउन लागेको हो ।

    समितिले बारा र सप्तरी जिल्लाको नयाँ क्रियाशील सदस्यता विवाद टुंग्याउन नसकेकोले केन्द्रीय समितिलाई नै जिम्मा लगाउने निर्णय गरेको छ ।

    नवीकरणतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंग्याइएको छ । सर्लाही क्षेत्र नम्बर २ र धनुषा ४ को विवाद पनि समितिले टुंग्याएको छैन ।

    समितिका सदस्य जीवन परियारले अधिकाशं काम टुंग्याएर प्रतिवेदन बुझाउन लागिएको र थोरै मात्र बाँकी रहेको बताए । बाँकी कामबारे केन्द्रीय समितिले निर्णय गरे अनुसार हुनेछ ।

    आज बस्ने कांग्रेस पदाधिकारी बैठकले समितिको प्रतिवेदन बुझ्नेबाहेक महाधिवेशन कार्यतालिका संशोधन, केन्द्रीय समितिको बैठक आह्वान र सरकार विस्तारबारे छलफल गर्ने बताइएको छ ।

  • कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा शुरु

    कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा शुरु

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढालीकण्ठमा सुरु भएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको उपस्थिति छ ।

    प्रधानमन्त्री नियुक्त भएलगत्तै शेरबहादुर देउवाले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा बोलएका थिए । पार्टीको बैठक प्रधानमन्त्री निवासमा नराख्न नेताहरुले नै सुझाव दिएपछि सभापतिको निवासमा राखिएको हो ।

    बैठकमा आसन्न महाधिवेशनको कार्यतालिका संशोधन, निर्वाचन निर्देशिकालगायतका विषयमा छलफल हुने बताइएको छ ।