Tag: कांग्रेस सभापति

  • प्यूठान कांग्रेस सभापतिमा संस्थापन इतर समूहका गिरी निर्वाचित

    प्यूठान कांग्रेस सभापतिमा संस्थापन इतर समूहका गिरी निर्वाचित

    रूपन्देही । नेपाली कांग्रेस प्यूठानको सभापतिमा पौडेल/सिटौला समूहका बिष्णुकुमार गिरी निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरी सभापतिमा विजयी भएका हुन् ।

    सभापति पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५ सय ६६ मत ल्याए भने रिजालले ४ सय ९४ मत प्राप्त गरेका थिए । ९ मत बदर भए। रिजालले यसअघिका सभापति अमर भण्डारीसँग पनि प्रतिस्पर्धा गरेका थिए ।

    २०५५ सालमा नेविसंघबाट राजनीति सुरु गरेका गिरीलाई जिल्लामा नयाँ पुस्ताका सालिन र प्रभावशाली नेताका रुपमा लिने उनका प्रशंसकहरू बताउँछन् ।

    नौबहिनी गाउँपालिका अध्यक्ष रिजाल पार्टीको पूर्व सचिव हुन् भने, गौमुखी गाउँपालिका अध्यक्ष गिरी निवर्तमान समितिको सचिव थिए । जिल्ला कार्यसमितिका सबै सदस्य र महाधिबेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

    जसअनुसार जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, इश्वर सिंह विष्ट र सचिबमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर, सहसचिबमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएका थिए ।

    सभापतिको मतगणना चलिरहेको बेला मंगलबार राती संस्थापन समूहका केही कार्यकर्ताले गणनास्थलमा आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन अश्रुग्यास तथा गोली नै चलाउनुपरेको थियो । सो घटनामा दुई प्रहरीसहित ९ जना घाइते भएका छन् । तीन घाइतेलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि अन्य सुविधासम्पन्न अस्पताल पठाइएको छ ।

  • भरसक मै सभापति बन्छु: शशांक कोइराला (भिडिओ)

    भरसक मै सभापति बन्छु: शशांक कोइराला (भिडिओ)

    चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तिहारपछि संस्थापन इतर समूहबाट एकमात्रै सभापतिको उम्मेदवार तय हुने दावी गरेका छन् ।

    भरतपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले संस्थापन इतर समूह मिलेर चुनावमा जाने जिकिर गरे ।

    ‘रामचन्द्र, शेखर, प्रकाशमान र म बीच वार्ता चलिरहेको छ’, उनले भने, ‘भरसक म नै हुने प्रयास छ ।’

    उनले महाधिवेशनको कार्यतालिका प्रभावित नहुने बताए । ‘क्रियाशिल सदस्यता विवाद भएका १३ जिल्लामा तिहारपछि सुचारु हुनेछ, केन्द्रीय महाधिवेशनको मिति सर्दैन’, उनले भने, ‘महाधिवेशन एकैपटक हुनुपर्थ्यो, तर जिल्लाको एकैपटक धेरै कारणले हुन सकेन ।’

    मन्त्रीपरिषदले पूर्णता पाएकाले सरकारले पूर्ण कार्याकाल पूरा गर्ने बताए । उनले सरकार राम्ररी चल्ने विश्वाससेत व्यक्त गरे ।

  • सभापति भेला आज सकिँदै, पौडेलले सम्बोधन गर्ने

    सभापति भेला आज सकिँदै, पौडेलले सम्बोधन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका जिल्ला सभापतिहरूको भेला आज सकिँदैछ । भेलाको समापन समारोहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्नेछन् ।

    क्रियाशील सदस्यतामा जारी अन्योल अन्त्य गरी १४ औं महाधिवेशन सुनिश्चित गर्न भन्दै संस्थापनइतर समूहका ४७ जना जिल्ला सभापतिहरू भेलामा सहभागी छन् । भेलाको निष्कर्ष आजै सार्वजनिक गर्ने तयारी रहेको छ ।

    ठमेलको होटल यात्रीमा आज साढे २ बजेपछि वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरूसमेत उपस्थित हुने जनाइएको छ ।

  • देउवालाई बधाई थाप्न भ्याइनभ्याइ, निवासमा नेता-कार्यकर्ताको घुइँचो (तस्बिरहरू)

    देउवालाई बधाई थाप्न भ्याइनभ्याइ, निवासमा नेता-कार्यकर्ताको घुइँचो (तस्बिरहरू)

    काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्तिको पर्खाइमा रहेका शेरबहादुर देउवालाई बधाई दिन कांग्रेसका नेता-कार्यकर्ता बूढानीलकण्ठस्थित उनको निवासमा भीड लागेका छन् । आज सपथग्रहणको तयारीमा रहेका देउवालाई बिहानैदेखि निवासमा बधाई थाप्न भ्याइनभ्याइ छ ।

    पार्टीका केन्द्रीय सदस्य, केही सांसदहरू तथा अन्य कार्यकर्ता देउवा निवासमा आएका छन् । उनीहरूले खादासहित देउवालाई बधाई दिएका थिए । कोभिडका कारण देउवाले खादा गलामा लगाएनन् । प्रफुल्लित मुद्रामा उनले नमस्कार गर्दै सबैलाई धन्यवाद दिइरहेका छन् ।

    देउवा मन्त्रिपरिषद् विस्तारका सम्वन्धमा केही नेताहरूसँग छलफल पनि गरिरहेका छन् । देउवा निवासमा अहिले बालकृष्ण खाँड, मिनेन्द्र रिजाललगायतका नेताको उपस्थिति छ ।