काठमाडौं । पछिल्लो समय आपसमा खटपट आएको भनिएको नेपाली कांग्रेसको संस्थापनइतरका शीर्षस्थ नेताहरुको बैठक बस्दैछ । महाधिवेशनमा पार्टी सभापतिका लागि साझा उम्मेदवार तय गर्न केहीबेरमा उक्त समूहको बैठक बस्न लागेको हो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमानसिंह सहभागी हुँदैछन् । बैठकमा सहभागी नेता शेखर कोइराला विराटनगरबाट काठमाडौं आउँदैछन् ।
यसअघि प्रकाशमानसिंह र शशांक कोइरालाबीच भेटवार्ता भएको थियो ।
