Tag: कांग्रेस पार्टी कार्यालय

  • सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै सानेपामा जिल्ला सभापतिहरूको धर्ना (तस्बिरहरू)

    सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै सानेपामा जिल्ला सभापतिहरूको धर्ना (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना शुरू गरेका छन् । क्रियाशील सदस्यताको सूची सार्वजनिकलगायतका माग राखेर संस्थापनइतर पक्षका जिल्ला सभापतिहरू आन्दोलित भएका हुन् ।

    जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिकामा सबै जिल्ला र तहमा एकरूपता आउने व्यवस्था गर्नसमेत माग गरेका छन् । एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनुनर्पे व्यवस्था हटाउन उनीहरूको माग छ ।

    नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले क्रियाशील सदस्यताको सूचीमा हुने त्रुटी विधान र मापदण्डबमोजिम छानविन गरेरमात्रै अन्तिम रूप दिइनुपर्ने माग समेत राखिएको बताए ।

    ‘हाम्रा ३ वटा माग छन्- क्रियाशील सदस्यता सूची सार्वजनिक गर्ने, सूचीमा भएका कमजोरी विधिसम्मत ढंगले टुंग्याउने र निर्वाचनका लागि सबैतिर समान व्यवस्था हुनुपर्ने । यी माग पूरा नभए आन्दोलन अझ चर्किन्छ’, केसीले नेपाल प्रेससँग भने ।

    हेर्नुस् जिल्ला सभापतिहरूको धर्नाका थप तस्बिरहरू :



      
    

    तस्बिरहरू : सरोज बैजु ।