Tag: कांग्रेस केन्द्रीय समिति बैठक

  • कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बोलाइयो

    कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बोलाइयो

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले भाेलि ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

    बैठकबाट महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिइने जनाइएको छ ।कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । बिहीबारको बैठक वर्तमान कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक हुनेछ ।

  • कार्यालयमा कार्यकर्ताको आन्दोलन, देउवा निवासमा केन्द्रीय समिति बैठक (तस्बिरहरू)

    कार्यालयमा कार्यकर्ताको आन्दोलन, देउवा निवासमा केन्द्रीय समिति बैठक (तस्बिरहरू)

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक जारी छ ।

    सभापति देउवाले पार्टीका आन्तरिक बैठकहरू सरकारी निवास बालुवाटारमा नराख्ने निर्णय गरेका थिए । देउवाको सो निर्णयको प्रशंसा भए पनि पार्टीको केन्द्रीय समिति बैठक आफ्नै घरमा राखेका छन् ।

    सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विभिन्न जिल्लाका नेता कार्यकर्ता क्रियाशील सदस्यता सम्बन्धमा अनसन र धर्नामा रहेकोले बूढानीलकण्ठमा बैठक बस्नुपरेको सभापतिनिकट नेताहरु बताउँछन् ।

    ‘सभापतिको इच्छा सानेपामै बैठक गर्ने थियो तर त्यहाँ आन्दोलन जारी रहेकोले तत्कालका लागि बूढानीलकण्ठमै बैठक बस्न लागेको हो । सुरक्षा प्रशासनको सुझावसमेत होला’, देउवानिकट एक नेताले भने ।

    आजको बैठकले महाधिवेशन सार्ने विषयमा निर्णय गर्ने बताइएको छ । यसअघि हिजो बेलुका भदौमै महाधिवेशन सम्भव नभएको निष्कर्षसहित महाधिवेशन सार्न शीर्ष नेताहरू सहमत भएका थिए । सभापति देउवाले कोजाग्रत पूर्णिमालगत्तै वडा अधिवेशन शुरू गरेर मंसिरमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

    पौडेल पक्षले भने संवैधानिक अवरोध हुनसक्ने भएकोले भदौ २३ भित्रै तल्लो तहको अधिवेशन शुरु गरेर असोजमै महाधिवेशन सक्नुपर्ने अडान राख्दै आएको छ ।

    आजको बैठकमा क्रियाशील सदस्यतालाई अन्तिम रुप दिने, निर्वाचन निर्देशिका जारी गर्ने लगायतका विषयमा पनि छलफल हुनेछ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    

    तस्बिरहरू : सरोज बैजु । 

  • कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ मा

    कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ मा

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक वैशाख ५ गते बस्ने बस्ने भएको छ ।

    आज स्थगित भएको बैठक वैशाख ५ गते आइतबार दिउँसो २ बजे बस्नेगरी बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकमा क्रियाशील सदस्यता वितरण, महाधिवेशन कार्यतालिका हेरफेर र समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ ।

  • कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

    कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।

    नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । स्व जोशीको पार्थिव शरीरलाई मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ ।

    गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पतामा भर्ना गरिएको थियो ।

  • कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक सकियो, भोलि पुन :१ बजे बस्ने

    कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक सकियो, भोलि पुन :१ बजे बस्ने

    काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि पुन :१ बजे बस्ने गरी सकिएको छ ।

    संसद विघटन भएपछि बुधबार पनि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा प्रतिनिधिसभा विघटनबारे छलफलमा केन्द्रीत रहेको थियो ।
    आजको बैठकमा गगन थापा, बलबहादुर केसी, आनन्द ढुंगाना र रामशरण महतले आफनो धारणा राखेका थिए ।

    कांग्रेस नेताहरुले कांग्रेस दुई धारमा नभएको भन्दै संसद विघटनको कदम असंवैधानिक रहेकाले राजनीतिक रुपमा प्रतिवाद गर्छौ भनेर कांग्रेसले सार्वजनिक रुपमै भनिसकेको बताएका छन् । नेताहरुले जसपा र नेकपासंग पनि कांग्रेसले छलफल गरेको बताउँदै यसको विरुद्धमा प्रष्ट रुपमा उभिने समेत बताए ।

    पुस १६ गते मेलमिलाप दिवसको दिन कांग्रेसले संसद विघटनका विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्मा जानकारी दिए ।

    संसद विघटनका विरुद्ध ७७ वटै जिल्लामा प्रर्दशन गरिने समेत कांग्रेसले कार्यक्रम तय गरेको छ ।

    प्रवक्ता शर्माले भने,‘लोकतन्त्र र संविधानको पक्षमा कांग्रेस आफ्नै ब्यानरमा आन्दोलनमा जान्छ ।’ बैठक भोलि पनि जारी रहनेछ ।

  • कांग्रेस केन्द्रीय समिति बैठक भोलि १ बजे बस्ने गरी सकियो

    कांग्रेस केन्द्रीय समिति बैठक भोलि १ बजे बस्ने गरी सकियो

    काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक भोलि पुन: १ बजे बस्ने गरी सकिएको छ ।

    संसद विघटन भएपछि मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा आज सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले अहिलेको स्थितिमा पार्टी संयमित हुँदै जिम्मेवार ढंगमा प्रस्तुत हुने बताएका छन् ।

    त्यस्तै बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समसामयिक विषयमा धारणा राखेका थिए ।

    यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचन मात्रै नभइ दलीय फाइदाभन्दा माथि उठेर संविधान र परिवर्तन जोगाउने गरी कांग्रेसले उपयुक्त निर्णय लिने प्रतिक्रिया दिए ।

    बैठकमा सबै सदस्यले धारणा राख्ने कार्यसूची छ । बैठक केही दिन लम्बिने  बताइएको छ ।

     

     

  • केन्द्रीय समिति बैठकमा देउवाले भनेः कांग्रेस जिम्मेवार र संयमित भएर अघि बढ्छ

    केन्द्रीय समिति बैठकमा देउवाले भनेः कांग्रेस जिम्मेवार र संयमित भएर अघि बढ्छ

    काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले अहिलेको स्थितिमा पार्टी संयमित हुँदै जिम्मेवार ढंगमा प्रस्तुत हुने बताएका छन् ।

    संसद विघटन भएपछि मंगलबार पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा उनले शान्त, संयमित र भद्र ढंगमा प्रस्तुत हुने बताएका हुन् । बैठकमा विषय प्रवेश गर्दै सभापति देउवाले भने, ‘अहिलेको स्थितिमा कांग्रेस जिम्मेवार भएर प्रस्तुत हुन्छ ।’

    त्यस्तै बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समसायिक विषयमा धारणा राखे ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचन मात्रै नभई दलीय फाइदाभन्दा माथि उठेर संविधान र परिवर्तन जोगाउने गरी कांग्रेसले उपयुक्त निर्णय लिने प्रतिक्रिया दिए ।

    बैठकमा सबै सदस्यले धारणा राख्ने कार्यसूची छ । बैठक केही दिन लम्बिने निश्चित छ ।

     

  • कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ मा बस्ने

    कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ मा बस्ने

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।