Tag: कांग्रेसको आक्रमण

  • गोरखामा एमाले कार्यकर्तामाथि कांग्रेसको आक्रमण, चारजना घाइते

    गोरखामा एमाले कार्यकर्तामाथि कांग्रेसको आक्रमण, चारजना घाइते

    काठमाडौं । गोरखाको आरुघाट गाउँपालिका– १ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् ।

    सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांग्रेस टोलीले छेकेर आक्रमण गरेको दाबी गरिएको छ ।

    आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर लामा गम्भीर घाइते भएका छन् ।

    ‘दिउँसो धोरतमा कार्यक्रम थियो । त्यहाँबाट फर्किँदा करिब पौने आठ बजे श्यामचेतमा खाजा खान लाग्दा कांङ्ग्रेसका कार्यकर्ता आएर एक्कासी कुटपिट गरेछन्’, स्थानीय वीरबहादुर लामाले भने ।

    कुटपिटबाट घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर छ । ‘विक्रम लामाको एउटा आँखा नै फुटेको छ । अरु साथीहरुका पनि टाउकोमा, शरीरमा घाउहरु धेरै नै छ’, विक्रम गुरुङले भने ।

    आक्रमण गर्ने टोलीले सोमबार दिउँसो पनि कार्यक्रमस्थल जाँदै गर्दा एमालेका कार्यकर्तालाई रोकेर धम्काएको उनी बताउँछन् ।

  • बलेफीका एमाले वडा सदस्य उम्मेदवारमाथि कांग्रेसको आक्रमण

    बलेफीका एमाले वडा सदस्य उम्मेदवारमाथि कांग्रेसको आक्रमण

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ७ का वडा सदस्यका आफ्नो उम्मेदवार लेखबहादुर तामाङमाथि कांग्रेस वडा सभापति नीरबहादुर तामाङ नेतृत्वको समूहले आक्रमण गरेको एमालेले आरोप लगाएको छ ।

    शनिबार राति सभाचौरस्थित आफ्नै घरमा सुतिरहेका तामाङमाथि वडा सभापति तामाङ र शेरबहादुर तामाङले आक्रमण गरेको बलेफी एमालेले जनाएको छ । राति करिब १० बजेतिर घरमै आइ कठालो समाएर कांग्रेस कार्यकर्ताले कुटपिट गरेको बताइएको छ ।

    कुटपिटबाट एमाले उम्मेदवार तामाङ घाइते भएका छन् । उनको आँखा र अनुहारमा चोट लागेको छ ।

  • एमालेको चुनावी प्रचार अभियानमा कांग्रेसको आक्रमण, १० कार्यकर्ता घाइते (तस्बिरहरु)

    एमालेको चुनावी प्रचार अभियानमा कांग्रेसको आक्रमण, १० कार्यकर्ता घाइते (तस्बिरहरु)

    रुपन्देही । पाल्पाको रामपुर नगरपालिका १० सिकोडाँडामा नेकपा एमालेको चुनावी प्रचार अभियान चलिरहँदा कांग्रेस कार्यकर्ता आक्रमण गरेका छन् । आक्रमणबाट चोलाकान्त कुमाल, मनोज उप्रेती , राजु श्रेष्ठ, गोविन्द श्रेष्ठ, कविता अर्याल, वैकुण्ठ खनालसहित १० जना एमाले कार्यकर्ता घाइते भएका छन् ।

    नेकपा एमालेका नगर प्रमुख उपप्रमुखसहितका उम्मेदवारले प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रम गर्दैगर्दा सकोडाँडामा नेपाली काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।

    ‘बिहानैदेखि वडा नम्बर १० को विभिन्न स्थानहुँदै सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाइ, दिदी बहिनीसंग परिचय एवं मत माग्ने काम गरिरहेको बेला नेपाली कांग्रेस पार्टीका चारतारे झण्डासहितका १००–१२० को समूह हतियार खुकुरी भालासमेत लिएर फिल्मी शैलीमा आक्रमण गरे’, सांसद युवराज खनाल भने ।

    कांग्रेस कार्यकर्ताले प्रचार प्रयोग भएको गाडी पनि तोडफोड गरेको एमालेका स्थानीय नेता टंंकनाथ खनालले बताए। उनले रामपुर उद्योग वाणिज्य संघका महासचिव खिमबहादुर केसी र राजु गुरुङको नेतृत्वमा आक्रमण भएको बताए ।