Tag: कर्पोरेट प्रेस

  • हेराल्ड कलेजको २०२५ दीक्षान्त समारोह सम्पन्न, ९०० भन्दा बढी दिक्षित

    हेराल्ड कलेजको २०२५ दीक्षान्त समारोह सम्पन्न, ९०० भन्दा बढी दिक्षित

    काठमाडौं । नेपाल – हेराल्ड कलेज काठमाडौंले डिसेम्बर ३, २०२५ मा होटल याक एण्ड यतीमा भव्यरूपमा आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ।  समारोहमा कलेजका कूल ९०३ विद्यार्थीहरू दिक्षित भएका छन् । जसअन्तर्गत ६९७ जना BSc (Hons) Computer Science (BCS) स्नातक , ५२ जना BSc (Hons) International Business Management (BIBM) तथा २०६ जना International Master of Business Administration (IMBA) स्नातकोत्तर (मास्टर्स) तहका विद्यार्थीहरू रहेका छन्।

    यस वर्ष पनि कलेजले इनोभेट नेपाल ग्रुप (ING) द्वारा प्रदान गरिने प्रतिष्ठित पोस्टग्राजुएट स्कॉलरशिप मार्फत उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्परा निरन्तरता दिएको छ। यस वर्षको छात्रवृत्ति ‘हेराल्ड कलेज – BSc (Hons) Computer Science’ का विद्यार्थी सक्षम शर्मालाई प्रदान गरिएको छ, जसले अब इस्लिङ्टन कलेजमा आफ्नो स्नातकोत्तर अध्ययन जारी राख्नेछन्। छात्रवृत्तिसँगै, शर्माले ING अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन्।

    समारोहमा आफ्नो मुख्य सम्बोधन राख्दै इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हेराल्ड कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपालका सरकारी निकायदेखि प्रतिष्ठित निजी क्षेत्रसम्म उत्कृष्ट स्थानमा कार्यरत रहेको उल्लेख गरे। उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट मानिनुका कारण विद्यार्थीहरू सूचना–प्रविधि क्षेत्रमा सक्षम र प्रतिस्पर्धी बन्न सफल भएको बताउँदै, “यही शैक्षिक वातावरणले विद्यार्थीमा स्वअध्ययन र अनुसन्धान गर्ने संस्कृतिलाई अझ सबल बनाएको छ,” भन्ने धारणा व्यक्त गरे।

    दीक्षान्त समारोह विद्यार्थीहरूको शैक्षिक यात्राको एक महत्वपूर्ण मोडका रूपमा मनाइएको कलेजले जनाएको छ। हेराल्ड कलेज काठमाडौंले २०२५ मा उत्तीर्ण भएका सबै दिक्षित विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ।

     

  • सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२५’ बाट सम्मानित

    सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२५’ बाट सम्मानित

    काठमाडौं । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र सुरक्षित बैंकिंङ्ग पहुँच पुर्‍याँउदै आइरहेकोे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ । उक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्वर ३, मा आयोजना गरेको एक कार्यक्रमका बीच सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२५ को अवार्ड प्रदान गरेको छ ।

    बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले संयुक्त रुपमा बैंकको प्रतिनिधित्व गर्दे बैंक अफ द ईयर २०२५ को सम्मान ग्रहण गरेका छन् । यस अघि बैंक अफ द ईयर २०२४ को अवार्ड समेत बैंकले प्राप्त गरिसकेर लगातार दुई पटक विश्वकै प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको छ ।

    समारोहमा करिब १२५ भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरु गरि करिब ४०० जना भन्दा बढीको बाक्लो उपस्थिति रहेको थियो । बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेले बैकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५को अवाड बैंकले प्राप्त गरी लगातार दुई वर्ष विश्वकै प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाँउदा अत्यन्त गौरबान्वित महसुश गरेको र यसबाट आगामी दिनमा अझ जिम्मेवार बनेर उत्कृष्ट ग्राहक मैत्रि आधुनिक बैंकिंङ्ग सेवा सुविधा ग्राहकहरुमाझ ल्याउनको लागि हौंसला मिलेको बताए ।

    त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यस अवार्डको प्राप्ती संम्पूर्ण सरोकारवाला निकायहरुको सहयोग एवं कर्मचारीहरुको अहोरात्र मेहनतबाट संम्भव भएको बताउदै आगामी दिनमा अझ उत्कृष्ट कार्य सहित सुशासन र प्रुडेन्ट बैंकिंङ्ग र हरित बैंकिंङ्गका सेवा सुविधाहरुमा थप बल गर्ने प्रतिवद्दता व्यक्त गरे । नेपालमा सन् २००२ देखि लगातार बैंकहरूले यस अवार्ड प्राप्त गरिरहेका छन् । हाल अस्तित्वमा रहेका ९ वटा बैंकले मात्र यो अवार्ड प्राप्त गरेका छन् ।

    द फाइनान्सियल टाईम्सले बार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसंम्पादन एवं गतिविधिहरुलाई मध्यनजर गर्दै बैंक अफ द ईयरबाट सम्मानित गर्ने गरेको छ र यसै अनुरुप वर्ष २०२५ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको छ । यस अवार्डबाट सम्मानित हुने बैंकहरुको बार्षिक सूची द फाइनान्सियल टाईम्सको म्यागजिन द बैंकर मार्फत प्रकाशित हुने गरेको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • बर्ली होम एप्लायन्सेजको ६ नयाँ गिजर मोडेल सार्वजनिक

    बर्ली होम एप्लायन्सेजको ६ नयाँ गिजर मोडेल सार्वजनिक

    काठमाडौं । गत वर्ष नेपालमा १७ एयर कूलर मोडेलको सफल लॉन्चपछि Burly Home Appliances ले आफ्नो उत्पादन लाइनअप विस्तार गर्दै Elegance र Elecia सिरिजका ६ नयाँ Storage Water Geyser नेपाली बजारमा प्रस्तुत गरेको छ। अत्याधुनिक German Technology, आकर्षक डिजाइन र घरेलु सुरक्षालाई ध्यानमा राखेर तयार गरिएका यी मोडेलहरू अब नेपालमा उपलब्ध छन्।

    नेपालमा Burly उत्पादनहरूको आधिकारिक इम्पोर्टर तथा सोल डिस्ट्रीब्युटर CG Electronics ले नयाँ मोडेलहरूको बिक्री तथा वितरण औपचारिक रूपमा सुरु भएको जनाएको छ।

    कम्पनीका प्रतिनिधिले भने, “नेपालमा एयर कूलरको सफलतापछि हामी अब गिजर श्रेणीमा प्रवेश गरेका छौँ। Elegance र Elecia सिरिजका मोडेलहरू सुरक्षा, दीगो प्रदर्शन र मूल्यका दृष्टिले नेपाली परिवारका लागि उत्कृष्ट विकल्प बन्नेछन्।”

    नयाँ प्रस्तुत  Burly Geyser ले ग्राहकलाई Water Tank मा ७ वर्ष, Heating Element मा २ वर्ष र सम्पूर्ण Product मा २ वर्षको उत्तम वारन्टी सुविधा प्रदान गर्छ र दुई सिरिज अन्तर्गत ६ मोडेलमा उपलब्ध छन्।

     एलेगन्स (Elegance) सिरिज

    आधुनिक डिजाइन, उच्च–गुणस्तर हीटिङ र भरपर्दो निर्माणसहितका तीन मोडेलहरू—Elegance 10 Ltr, Elegance 15 Ltr र Elegance 25 Ltr—मा उपलब्ध छ।

    यसका मुख्य विशेषताहरू:

    • Temperature Control Knob
      • Shock & Water-Proof Design
      • Energy Efficient Operation
      • High Quality Heating Element
      • Enamel-Coated Durable Water Tank
      • German Technology Integrated
      • आकर्षक मिनिमलिस्ट डिजाइन
      • विश्वसनीय “Always at Home” अनुभव

    एलेसिया (Elecia) सिरिज

    प्रीमियम रंगहरूको विकल्पसहित, आधुनिक डिजिटल इन्डिकेटर र अत्याधुनिक सुरक्षा सुविधायुक्त तीन मोडेलहरू—Elecia 25 Black, Elecia 25 Golden र Elecia 15 Golden—मा उपलब्ध छ।

    यसका मुख्य विशेषताहरू:

    • Temperature Control Knob
    • Shock & Water-Proof Body
    • High-Efficiency Heating Element
    • Energy Saving Performance
    • Enamel-Coated Water Tank
    • German Technology आधारित संरचना
    • आधुनिक बाथरूम डिजाइनसँग मिल्ने प्रिमियम फिनिस
    • युजर–फ्रेन्डली फ्रन्ट कन्ट्रोल

    Burly Home Appliances बारे

    Burly Home Appliances एक द्रुत–गति विस्तार भइरहेको अन्तर्राष्ट्रिय ब्रान्ड हो, जसले कूलिङ, हीटिङ, किचेन र होम–कम्फर्ट श्रेणीका उत्पादहरूमा आधुनिक, दीगो र ऊर्जा–दक्ष समाधान प्रदान गर्छ।

    German Technology आधारित डिजाइन, प्रिमियम निर्माण र उपभोक्ता–मैत्री प्रदर्शनका कारण Burly दक्षिण एसियाली बजारमा छिट्टै लोकप्रिय बनेको छ। नेपाल Burly को लागि महत्वपूर्ण बजारका रूपमा स्थापित हुँदै आएको छ, जहाँ उत्पादनहरू CG Electronics मार्फत मात्र उपलब्ध छन्।

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ ।

    हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार सुन्धारास्थित सिभिल मलमा आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा चलचित्र हेरेको हो । चलचित्रमा नेपालको सामाजिक परिवेश र घर-घरको कथा भएकाले सबैको मन छुन सफल भएको कम्पनीले जनाएको छ।

    ‘वार्षिकोत्सवको अवसरमा सबै कर्मचारी एक साथ बसेर चलचित्र हेर्नु आफैँमा सकारात्मक कुरा हो, वर्षौंपछि त्यो अवसर परानले जुराइदिएको हो’,( कम्पनीकी मानव संशाधन व्यवस्थापन विभागकी प्रमुख सृष्टिना मानन्धरले भनिन्, ‘सामूहिक रुपमा चलचित्र हेर्दा आफ्नोपन र पारिवारिक माहोल बनेको लाग्यो, यसले कर्मचारीहरूमा पनि सहयोग र समन्वय गर्ने भावनाको विकासमा सहयोग पुग्छ।’

    चलचित्र हेरेर भावुक बनेपछि कम्पनीकी सहायक कर्मचारी रुपा देउलाले भनिन्, ‘अहिलेको समयमा नेपाली समाजलाई यस्तै सन्देशमूलक चलचित्र चाहिएको छ, आफ्नै घरको कथा भनेकोजस्तै लाग्यो, कलाकारको अभिनय त झनै उत्कृष्ट छ।’ जेनरल सर्भिस डिपार्टमेन्ट लजिस्टिकका सुविन्द्र श्रेष्ठले वरिष्ठ कलाकार नीर शाहको अभिनय र कथाले मन जितेको प्रतिक्रिया दिए ।

    एचइआईको कर्पोरेट शोमा निर्देशक दीपक प्रसाद आचार्य र अभिनेत्री अञ्जना बराइली पनि पुगेका थिए । नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ फिल्म जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको कथामा आधारित छ ।

  • १३ दिनको रोमाञ्चक रोड ट्रिप: हुन्डाई टक्सनमा काठमाडौं-कन्याकुमारीको सफर

    १३ दिनको रोमाञ्चक रोड ट्रिप: हुन्डाई टक्सनमा काठमाडौं-कन्याकुमारीको सफर

    काठमाडौं । नेपालका लागि हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले काठमाडौंदेखि कन्याकुमारीसम्म र फर्केर आउने एउटा उल्लेखनीय सडक यात्रामा निस्केका तीन जना नेपाली यात्रीहरूको यात्राबारे जानकारी गराउन पाउँदा खुसी व्यक्त गरेको छ। यस टोलीमा अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर विजय कसाजू, र हाल अमेरिकामा बसोबास गर्दै आएका नीरज पोखरेल।

    यो १३ दिने यात्रा मंसिर १७ देखि मंसिर २९ सम्म चल्नेछ। यस अवधिमा करिब ८,००० किलोमिटर को दूरी पार गरिनेछ, जसमा दैनिक ८ देखि १९ घण्टासम्मको लामो यात्रा समावेश छ। यो यात्रामा यात्रीहरूले श्री विजय कसाजूको हुन्डाई टक्सन प्रयोग गर्दैछन्, जुन लामो दूरीको यात्रा क्षमता र आरामका लागि प्रसिद्ध एक प्रिमियम एसयूभी मानिन्छ।

    हुन्डाई टक्सन आफ्नो अल-व्हील ड्राइभ क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, र बलियो बनावटका कारण मिश्रित सडक अवस्थाहरूमा लामो भू-भागको यात्राका लागि उपयुक्त मानिन्छ। टक्सनको भित्री भागमा फराकिलो क्याबिन र लामो समय सडकमा रहँदा यात्रुहरूलाई आराम दिनका लागि भेन्टिलेटेड सिटहरू उपलब्ध छन्। यसका अतिरिक्त, आवश्यक परे आरामका लागि यात्रीहरूले पछाडिको सिटमा क्याराभान शैलीको विश्रामको व्यवस्था पनि बनाएका छन्।

    यस स्तरका सडक यात्राहरूले नेपाली यात्रुहरू बीचको साहसिक भावनालाई उजागर गर्नुका साथै सीमापार पर्यटन, सांस्कृतिक आदानप्रदान, र सडक गतिशीलता चेतनालाई प्रवर्द्धन गर्न मद्दत गर्दछन्। लक्ष्मी इन्टरकन्टिनेन्टलले सम्पूर्ण टोलीलाई सुरक्षित, सहज र स्मरणीय यात्राको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।

  • एनसेल एपले पुर्‍यायो १ करोड डाउनलोड, सुरु गर्यो १० दिने उत्सव

    एनसेल एपले पुर्‍यायो १ करोड डाउनलोड, सुरु गर्यो १० दिने उत्सव

    काठमाडौं । एनसेलका ग्राहकहरु माझ लोकप्रिय रहेको एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोड डाउनलोडको उपलब्धि हाषिल गरेको छ । यो सँगै एनसेल एप नेपालमा सबैभन्दा बढि प्रयोगहुने डिजिटल प्लेटफर्ममध्ये एक रहेको स्थापित भएको छ । ग्राहकको डिजिटल यात्रालाई अझ सहज र आधुनिक बनाउनका लागि तयार पारिएको यो एप प्रयोगकर्ताहरूका लागि भरपर्दो डिजिटल टुलको रूपमा झन् लोकप्रिय बन्दै गइरहेको छ ।

    एनसेल एपमार्फत ग्राहकहरूले कुनै कोड डायल नगरी, एनसेल सेन्टर वा आधिकारिक विक्रेताकोमा नगई सजिलै विभिन्न सेवाहरू लिन सक्छन् । साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन/अफलाइन गेम, सेवा सक्रिय/निष्क्रिय गर्ने सुविधा लगायतका धेरै सेवाहरू उपलब्ध भएकाले यो एप सहज र निर्बाध डिजिटल सेवा अनुभव चाहने ग्राहकहरूको पहिलो रोजाइ बनेको छ ।

    एनसेलले १ करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रमको घोषणा पनि गरेको छ । यस अन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी अल टाइम डेटा पाउन सक्नेछन् । पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहकहरू वा एपमार्फत कुनै न कुनै प्याक खरिद गर्ने ग्राहकहरू १० जीबी डेटा जित्न योग्य हुनेछन् ।

    “एनसेल एपमार्फत १ करोडभन्दा बढी ग्राहकहरू हामीसँग जोडिनु भएकोमा हामी अत्यन्त खुसी छौं । यसले हाम्रो एप ग्राहकहरूको डिजिटल दैनिकीको एक महत्वपूर्ण हिस्सा बनिसकेको स्पष्ट देखाउँछ । ग्राहक सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउँदै, एपले ग्राहकहरुको डिजिटल यात्रालाई सरल बनाउन सहयोग पुर्‍याएको छ र साथै सरकारको ‘डिजिटल नेपाल’ भिजनलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्दै कागजरहित र प्रभावकारी सेवा प्रवाहलाई प्रवद्र्धन गर्दै आएको छ ।

    यो उपलब्धि केवल एउटा संख्या होइनस यसले हामीले ग्राहकहरूप्रति समर्पित हुँदै गरेको कार्य र उनीहरूलाई डिजिटल रूपमा जोड्ने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ । हामीप्रति ग्राहकहरूले देखाउनुभएको विश्वासका लागि हामी हृदयदेखि आभारी छौं,” एनसेलका चीफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले भने ।

    एनसेल एप सहज प्रयोग, क्विक नेभिगेसन र ग्राहक अनुभव उत्कृष्ट बनाउने किसिमले डिजाइन गरिएको छ । यसले ग्राहकहरूलाई आफ्नो सेवाको प्रयोग, सब्सक्रिप्सन, सक्रिय प्याकहरू सहज रूपमा हेर्न र मनपर्ने प्याकहरूको सूची बनाइ राख्न सहयोग गर्दछ, जसले आवश्यक सेवामा छिटो पहुँच सुनिश्चित गर्दछ ।

    यो एनसेल एप विदेशमा रहेका नेपाली कामदार तथा यात्रुहरूका लागि पनि महत्वपूर्ण डिजिटल सोलुसन साबित भएको छ, जसले लामो होस् वा छोटो बसाईका बेलामा ग्राहकहरूलाई रोमिङ्मा पनि सजिलै रिचार्ज गर्न, प्याक किन्न, र आफ्नो एनसेल सिम सहज रूपमा प्रयोग गर्न सहयोग पु याएको छ ग्राहकहरूले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन् ।

  • नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

    नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

    काठमाडौँ । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ ।

    “बैंकको यो सेवा यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगञ्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्रै उपलब्ध थियो, अब भने काठमाडौँ उपत्यकाका १७ सहित २७ शाखामा सेवा विस्तार गर्न लागिएको छ”, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाँइले बताए ।

    बैंकका अनुसार यो सेवा अब उपत्यकाभित्रका तीनधारा, पुतलीसडक, महारागञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, विजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी, जोरपाटीस्थित शाखामा उपलब्ध हुनेछ । साथै उपत्यकाबाहिर इटहरी, वीरगञ्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, विराटनगर र पोखरास्थित बैंकका शाखा कार्यालयमा यो सेवा उपलब्ध हुनेछ ।

    बैंकको डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँचलाई थप सुदृढ बनाउनका लागि सेवा विस्तार गरिएको डिसीइओ बजगाँइले जानकारी दिए । नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले सहज र सुरक्षित ढंगले अन्तर्राष्ट्रिय रुपमा भुक्तानी गर्न सक्नेछन् । जसमा भिसा आवदेन शुल्क, विश्वविद्यालय वा कलेजको आवेदन शुल्क, बीमा तथा एसिसिए भुक्तानीका साथै शैक्षिक तथा व्यापारिक सम्मेलनको पनि भुक्तानी गर्न सकिने बैंकको भनाइ छ । बैंकका अनुसार यो सेवा लिने ग्राहकले छुट्टै अन्तर्राष्ट्रिय कार्ड राख्नु पर्दैन ।

    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

  • सामसङ नेपालको एनपीएल अफर, एआई टीभीमा विशेष छुट

    सामसङ नेपालको एनपीएल अफर, एआई टीभीमा विशेष छुट

    काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (NPL) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम QLED टीभीदेखि HD टीभीसम्मका मोडेलहरूमा ३३% सम्म क्यासब्याक तथा रु ७,००० सम्म एक्सचेन्ज बोनस उपलब्ध छ, जसले ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्दछ।

    यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१, २०२५ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूले नजिकैको सामसङ अधिकृत स्टोरमा गई अफरका विस्तृत विवरण थाहा पाउन सक्छन्।

    ८५ इन्चसम्मका ठूलो स्क्रिन, अत्याधुनिक पिक्चर क्वालिटी, र उन्नत स्मार्ट फिचरहरूसहित, सामसङ टीभीहरूले प्रत्येक खेललाई शानदार स्पष्टता र आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्छन्, जसले घरमै ‘स्टेडियम-जस्तो’ अनुभव प्रदान गर्दछ।

    सामसङका नवीनतम AI टीभी लाइनअप (QLED र UHD) मा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पुर्‍याउने अत्याधुनिक फिचरहरू समावेश छन्:

    • 4K AI Upscaling: जसले जुनसुकै स्रोतको सामग्रीलाई अझ स्पष्ट र धारिलो बनाउँछ।
    • Samsung Knox Security: जसले सुरक्षित, भरपर्दो, र संरक्षित स्मार्ट कनेक्टिभिटी सुनिश्चित गर्छ।

    सामसङले आफ्नो T, A, B, C, D, र F सिरिजका टीभीहरूमा ३ वर्षको फुल वारेन्टी प्रदान गर्दै आएको छ, जसले उत्पादनमा हुनसक्ने कुनै पनि प्रकारका उत्पादनगत समस्यामा प्रयोगकर्तालाई पूर्ण आत्मविश्वास दिन्छ।

    उपलब्ध अफरहरू:

    क्याटेगोरी इन्च छुट (सम्म) एक्सचेन्ज बोनस (सम्म)
    QLED 55” – 85” 19% रु ७,०००
    UHD 43” – 85” 21% रु ४,०००
    FHD 43” 33%  
    HD 32” 21%  

    साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०% ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।

  • लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ सुरु, उद्यम डिजिटलाइजेसनमा केन्द्रित

    लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ सुरु, उद्यम डिजिटलाइजेसनमा केन्द्रित

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण #DigitalDecember2025 सुरु भएकॊ छ । यस संस्करण “इम्पावरिङ्ग एन्टरप्राइजेज” को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ ।

    डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । अघिल्ला वर्षहरूका उपभोक्ता-केन्द्रित अभियानहरूबाट यस वर्ष उद्यम -केन्द्रित डिजिटल रूपान्तरणतर्फ एक महत्वपूर्ण फड्को हो ।

    नेपालको व्यापार प्रणालीमा लक्षित

    डिजिटल डिसेम्बर २०२५ ले घरेलु, साना तथा मझौला उद्यम, कर्पोरेट संघ संस्था तथा प्रतिष्ठान, खुद्रा तथा थोक बिक्रेता, आईटी, वित्त, स्वास्थ्य सेवा, शिक्षा, र आतिथ्य लगायतका सबै क्षेत्रका उद्यमहरूलाई समावेश गर्ने लक्ष्य राखेको छ ।

    यो अभियान उद्यमीहरुलाई डिजिटल बैंकिंगका माध्यमहरूमा सक्रिय बनाउँदै उच्च-मूल्यको नगद तथा चेक कारोबारलाई डिजिटल च्यानलमा रूपान्तरणा गर्ने र API तथा होस्ट-टू-होस्ट कनेक्टिभिटी मार्फत ग्राहकका प्रणालीबाट सिधै भुक्तानी गर्न मिल्ने समाधानहरुका साथै भुक्तानी प्रकृयामा सहजीकरण गर्ने विषयमा केन्द्रित रहने छ।

    यस अन्तर्गत बैंकले निम्नबमोजिमका व्यवसायमैत्री डिजिटल सेवाहरुको प्रवर्द्धन गर्दैछ:

    • इ-कमर्श व्यवसायका लागि निर्बाध भिसा र मास्टरकार्ड मार्फत भुक्तानी प्राप्त गर्ने माध्यम
    • कर्पोरेट संघसंस्थाका कर्मचारीहरूको लागि अन कार्ड – भर्चुअल क्रेडिट कार्ड (ON Card) र भिसा क्रेडिट कार्ड सुविधा
    • व्यवस्थित व्यापारिक कारोबारको लागि कर्पोरेटपे (CorporatePay) तथा राष्ट्रिय भुक्तानी इन्टरफेस (NPI) एकीकरण सेवा
    • रियल टाइम भुक्तानीका अलर्टहरू सहित व्यापारिक भुक्तानी प्राप्तीको लागि लक्ष्मी वाणी (QR भ्वाइस बक्स)

    यसमा सहभागी हुने उद्यमी तथा व्यवसायीहरुले डिसेम्बर महिनाभरी आफ्नो डिजिटल रूपान्तरण यात्रालाई थप लाभदायी बनाउन विशेष अनबोर्डिङ लाभ, छुट्, विशिष्टिकृत तथा अग्राधिकार सेवा  प्राप्त गर्नेछन्।

    नेपालको डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउँदै

    बैंकका डिजिटल च्यानल र रेमिट्यान्स प्रमुख सुमन प्रसाद गेलालका अनुसार डिजिटल डिसेम्बर २०२५ ले नेपालमा उद्यम भुक्तानी नवप्रवर्तनमा अग्रणी भूमिकामा रहने बैंकको प्रतिबद्धतालाई थप बल प्रदान गर्दछ। डिजिटल पूर्वाधारलाइ कुशलतापूर्वक सञ्चालन गर्न व्यवसायहरूलाई सशक्त बनाउँदै थप पारदर्शी, सुरक्षित र उत्पादनमूलक अर्थतन्त्रमा योगदान पुर्‍याइरहेको उनको विश्वास छ ।

    यस पहलले डिजिटल बैंकिङमा लक्ष्मी सनराइज बैंकको नेतृत्वलाई सुदृढ बनाउँदै नेपाललाई डिजिटल मैत्री तथा डिजिटल-सक्षम व्यावसायिक वातावरण निर्माणको वृहत अभियान लाई समर्थन गर्दछ।

  • कुमारी बैंक-नार खोला हाइड्रोबीच वित्तीय व्यवस्थापनमा हस्ताक्षर, जलविद्युत निर्माण सुरु

    कुमारी बैंक-नार खोला हाइड्रोबीच वित्तीय व्यवस्थापनमा हस्ताक्षर, जलविद्युत निर्माण सुरु

    काठमाडौं । कुमारी बैंकको अगुवाइमा सिंगटी हाइड्रोको मुख्य लगानी हुने गरि मनाङ्गमा ६१.११ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानीसम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंगाएका हुन् ।

    मनाङ्ग स्थित नार्पा भूमि र नासोँ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकिकृत गरि ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी नार खोला हाइड्रो इनर्जी प्रा.लि.ले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ ।

    नेपाल विद्युत प्राधिकरणसँग यस अघि नै विद्युत खरिद सम्झौता (पिपिए) भैसकेको उक्त आयोजना, कुमारी बैंकको अगुवाई तथा नेपाल एसबिआई बैंकको सह–अगुवाईमा कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंक सदस्य बैंकको रुपमा लगानी गर्ने गरी वित्तिय व्यवस्थापन टुङ्गिएर सोमबार हस्ताक्षर भएको हो ।

    नार खोला जलविद्युत आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाको हेडरेस टनेल लगभग ८ किलोमिटर रहेको छ । आयोजनाको बाँध तथा हेडवर्कका संरचनाहरु नार्पा भूमि गाउँपालिकामा हुने, उक्त बाँधस्थलबाट नार्पा भुमि र नासोँ गाउँपालिका हुँदै आएको सुरुङमार्ग मार्फत पेनस्टक पाईपको प्रयोग गरि नासोँ गाउँपालिकामा रहको विद्युत गृहमा पानी पठाई बिजुली उत्पादन गरिने छ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङ्गस्थित निर्माणाधीन धारापानी सवस्टेशनमा जोडिने छ ।
    कुल लागत १२ अर्ब ८४ करोड रहेको यस आयोजनामा बैंकको कर्जा ९ अर्ब ६३ करोड र स्वपुजी ३ अर्ब २१ करोड रहेको छ, जस मध्य सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।

  • डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

    डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

    काठमाडौं । बजाजले बहुप्रतिक्षित डोमिनार डे (Dominar Day) सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाईकर्श क्याफे नक्सालमा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले डोमिनार४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाउनेछन् ।

    ‘Dominar Day is on; and your upgrade starts now’ भन्ने सन्देशसहित संचालन भइरहेको यो क्याम्पेनले आफ्नो राइड अपग्रेड गर्न चाहनेहरूलाई विभिन्न आकर्षक अफर र सुविधाहरू उपलब्ध गराइरहेको छ ।

    कार्यक्रमका मुख्य आकर्षणहरूमा सहभागीहरूले Alpha CS ! Armored Riding Jacket /MT Helmet जस्ता सुरक्षित र स्टाइलिश राइडिङ गियर प्राप्त गर्नेछन् । साथै, ‘नागरिकताको भरमा EMI सुविधा मार्फत सरल र झन्झटमुक्त वित्तीय सेवा पाउने व्यवस्थासमेत गरिएको छ । पुराना बाईकको उत्कृष्ट मूल्यांकन (Best Valuation) र खेलप्रेमीहरूको लागि NPL Tickets जस्ता बोनस अवसरहरू पनि प्रदान गरिनेछन् ।

    साथै, सहभागीहरूले Sponsored Weekender Ride जित्ने मौका पाउनेछन् र टेस्ट राइडमा fO8df Dominar Merchandise पनि प्राप्त गर्न सक्नेछन् । आफ्नो डोमिनार भएपनि नयाँ मोडेलमा रुचि राख्ने लगायत सबैका लागि यो कार्यक्रम विशेष अवसर बन्ने विश्वास गरिएको छ । सहभागीहरूले डोमिनार ४०० को दमदार पावर, उत्कृष्ट पर्फमेन्स र आरामदाई अनुभव गर्ने मौका पाउनेछन् ।

    सहभागीहरूले बाइकर्श क्याफे, नक्सालमा पुगेर डोमिनार ४०० को वास्तविक राइड अनुभव गर्नुका साथै उपलब्ध अफरहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । यो कार्यक्रम बाइकर्श क्याफे मा दैनिक रूपमा सञ्चालन हुनेछ ।

    साथै डोमिनार डे (Dominar Day) एक-हप्ता मात्रै सञ्चालन हुने भएकाले छिटो सहभागिता जनाउन बजाज नेपालले सबैलाई आग्रह गरेको छ ।

  • नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा डेढ करोडको सहयोग

    नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा डेढ करोडको सहयोग

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा रु. १ करोड ५० लाखको सहयोग प्रदान गरेको छ । आज मिति २०८२ साल मंसिर १५ गते अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहबीच कम्पनिका संचालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा एक करोड पचास लाख रुपैयाँको चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका छन् ।

    गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो ।

    उक्त हस्तान्तरण समारोह समारोहमा बोल्दै यस कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । जेनजी प्रदर्शन र आन्दोलनको क्रममा सार्वजनिक भौतिक संरचनामा ठूलो क्षति पुगेको र यसको पुननिर्माणमा सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए ।

    आगामी दिनहरूमा पनि यस किसिमको सहयोग प्रदान गर्न कम्पनी तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गरे । नेपाल सरकारले आर्थिक सामाजिक भौतिक रूपान्तरणका लागि सञ्चालनमा ल्याउने विभिन्न कार्यक्रमहरुमा सहयोग गर्न कम्पनी तत्पर रहेको र त्यसका निम्ति पहल गर्दिनका निम्ति समेत आग्रह गरे । माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनालले नेपाल लाइफले प्रदान गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे । नेपालको पूर्वाधार विकासमा यस किसिमको सहयोग टेवा पु¥याउने र आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा रहेको बताए ।

  • शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’ प्रदान

    शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’ प्रदान

    काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ (SAFA) द्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा मेरिट प्रमाणपत्र प्राप्त गर्दै, यो सम्मान प्राप्त गर्ने नेपालको पहिलो बिमा कम्पनी बन्न सफल भएको छ ।

    यो उपलब्धि शिखर इन्स्योरेन्सका लागि मात्र होइन, सम्पूर्ण नेपाली बिमा उद्योगका लागि पनि एउटा उल्लेखनीय माइल स्टोन हो ।

    SAFA द्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जबाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ ।

    यो सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन, वित्तीय अनुशासन, तथा हित धारकसँगको स्पष्ट र पारदर्शी सञ्चारप्रतिको निरन्तर प्रतिबद्धतालाई अझ प्रस्ट रूपमा पुष्टि गर्दछ ।

    कम्पनीले प्रकटीकरण प्रक्रिया सुधार गर्ने, प्रतिवेदनको गुणस्तर उन्नत बनाउने, तथा सर्वसाधारणका लागि उपलब्ध गराइने वित्तीय सूचनालाई अझ विश्वसनीय र व्यवस्थित बनाउने दिशामा गर्दै आएको प्रयासको यो महत्त्वपूर्ण प्रमाण हो ।

    शिखर इन्स्योरेन्स विश्वास गर्दछ कि यो मान्यताले भविष्यमा अझ उच्च स्तरको सुशासन, वित्तीय पारदर्शिता, र उत्तम प्रतिवेदन प्रणालीलाई विस्तार गर्न थप प्रेरणा प्रदान गर्नेछ, जसले समग्र नेपाली बिमा क्षेत्र तथा देशको कर्पोरेट समुदायमा सकारात्मक योगदान पु¥याउनेछ ।

  • सीजी इलेक्सले जाडो र एनपीएल सिजन लक्षित ईएमआई एक्सचेन्ज अफर सार्वजनिक

    सीजी इलेक्सले जाडो र एनपीएल सिजन लक्षित ईएमआई एक्सचेन्ज अफर सार्वजनिक

    काठमाडौं । CG Electronics अन्तर्गतको CG Elex ले जाडो याम र NPL क्रिकेट सिजनलाई लक्षित गर्दै EMI तथा Exchange सुविधा समेटिएको नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, पुराना उपकरण साट्दा उच्च मूल्यांकन (High Valuation) प्राप्त हुनेछ भने नयाँ उपकरण EMI मा खरिद गर्दा दैनिक रु. 45 बाट सुरु हुने किस्ता सुविधा उपलब्ध हुनेछ।

    अफरमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, डिस्वासर, कुकिङ रेनज, चिम्नी लगायतका प्रमुख घरायसी उपकरण समेटिएका छन्। क्रिकेट सिजनलाई ध्यानमा राख्दै 4K Smart TV सहितका विभिन्न मोडेलमा विशेष EMI र Exchange सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ।

    43 इन्चभन्दा ठूला Smart TV खरिद गर्ने ग्राहकले रु. २,२०० मूल्य बराबरको NetTV ९ महिनाको निःशुल्क सब्स्क्रिप्शन प्राप्त गर्नेछन्। समावेश ब्रान्डहरूमा LG, CG Inspiring, CG Meridia, Godrej, TCL, Burly, Kent RO, Midea, Beko, Black+Decker, Elica, Sensei र Crompton रहेका छन्।

    कम्पनीका अनुसार, पुराना उपकरण ल्याएर साट्दा बजार–अनुसारको उच्च मूल्यांकन प्राप्त हुन्छ र सो मूल्यांकन प्रत्यक्ष रूपमा नयाँ उपकरणको खरिदमा समायोजन गरिन्छ।

    ग्राहकहरूले CGelex.com मा गएर आफ्नै पुरानो उपकरणको Valuation स्व–रूपमै अनलाइन चेक गर्न सक्ने सुविधा उपलब्ध छ। वेबसाइटबाटै तुरुन्तै कति मूल्यांकन आउँछ भन्ने थाहा पाइने भएकाले, निर्णय प्रक्रिया अझ छिटो र पारदर्शी हुने कम्पनीले जनाएको छ।

    EMI सुविधालाई एक कदम अझ सहज बनाइएको छ। CG Elex ले Jagadamba Hire Purchase सँगको Tie-up मार्फतनागरिकता भए पुग्छसेवा उपलब्ध गराएको छ, जसअनुसार EMI लिन ग्राहकलाई guarantor को आवश्यक पर्दैन—नागरिकता भए पुग्छ। EMI स्वीकृति छिटो हुने र प्रक्रिया झनै सरल बनाएको कम्पनीको दाबी छ।

    जाडोमा बढी प्रयोग हुने गिजर, हीटर, वासिङ मेसिन लगायतका उपकरणमा पनि EMI सुविधा लागू गरिएको छ। त्यस्तै, डिस्वासर, कुकिङ रेनज, चिम्नी लगायतका किचन उपकरणमा EMI तथा Exchange दुवै सुविधा उपलब्ध छन्।

    देशभरका CG Digital, LG Brand Shop शो–रुम, CG Electronics का अधिकृत डिलर नेटवर्क तथा cgdigital.com.np मार्फत यो अफर उपलब्ध हुनेछ। धेरैजसो मोडेलमा निःशुल्क Delivery तथा निःशुल्क Installation सेवा पनि गराइने जानकारी कम्पनीले दिएको छ।

  • घर निर्माण फेस्ट आयोजना गरिने, विश्वकै ठूलो आकारको इट्टादेखि उल्टो घरसम्म प्रदर्शनीमा राखिने

    घर निर्माण फेस्ट आयोजना गरिने, विश्वकै ठूलो आकारको इट्टादेखि उल्टो घरसम्म प्रदर्शनीमा राखिने

    काठमाडौं । घर निर्माण फाउण्डेसनले घर निर्माण फेस्ट-२०८२ आयोजना गर्ने भएको छ । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा आयोजना हुने यो फेस्ट दोस्रो संस्करण हो ।

    नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाइमा पुऱ्याउने उद्देश्यसहित यो फेस्ट आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

    नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न विभिन्न चुनौती झेलिरहेका छन् । यही कमीकमजोरीलाई सम्बोधन गर्न घर निर्माण फेस्ट आयोजना गर्न लागिएको हो ।

    प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्श मार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पुऱ्याउन सक्नेछन् । दोस्रो संस्करणको घर निर्माण फेस्टलाई हामीले साधारण मेला मात्र नभई व्यवसायमुखी, अवलोकन-केन्द्रित र परिणाममुखी बनाउने तयारी आयोजकको छ ।

    चार दिनसम्म हुने प्रदर्शनीमा हामीले २ सय करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । घर निर्माण सम्बन्धी यस प्रदर्शनीमा ४० हजार बढी दर्शकले निर्माण सम्बन्धी प्रत्यक्ष रूपमा अवलोकन गरी जानकारी लिने अनुमान गरिएको छ ।

    घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारिएको छ । जसलाई ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्डमा समावेश गर्ने तयारी गरिएको छ । यसअघि सन् २००७ जुलाई ४ मा अमेरिकाको टेक्सासस्थित एक कम्पनीले विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा निर्माण गरेको थियो ।

    त्यस्तै दोस्रो आकर्षणका रूपमा “उल्टो घर लाई प्रदर्शनीका क्रममा राखिने छ । जसमा घरको सबै संरचना र डिजाइन उल्टो रूपमा प्रदर्शन गरिनेछ । यस्तै प्रदर्शनीका क्रममा नेपालमा त्यति धेरै प्रयोगमा नआएको ‘डोम हाउस’ को अवधारणा पनि प्रस्तुत गरिनेछ ।

    यस प्रदर्शनीको क्रममा अवलोकनकर्ताहरूले प्रत्यक्ष रूपमा निःशुल्क रूपमा इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगका अनुभवी व्यक्तिहरूसँग अन्तर्क्रिया गर्न पाउनेछन् । अवलोकनकर्ताले आफ्ना घर निर्माणसम्बन्धी जिज्ञासा, निर्माण सामग्रीका छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे विशेषज्ञसँग जानकारी लिन सक्नेछन् ।

  • कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम उद्घाटन

    कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम उद्घाटन

    सिन्धुली । प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले सिन्धुलीको आदर्शनगर, का.न.पा–६ (पुरानो बुधबार हाट) मा अत्याधुनिक शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ । शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित यो शोरूमले सिन्धुली जिल्लामा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

    उद्घाटन समारोहमा शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सका मालिक करिराम शाह, सम्मानित अतिथि तथा स्थानीय शुभेच्छुकहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो । सो कार्यक्रममा कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीको विशेष उपस्थिति तथा रिबन काटेर शोरूमको औपचारिक शुभारम्भ गर्नु समारोहको प्रमुख आकर्षण रह्यो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै डिलर तथा मालिक श्री करिराम शाहले आफ्नो खुशी व्यक्त गर्दै भने, “हामी कजारियासँग साझेदारी गर्न पाउँदा गौरवान्वित छौँ । गुणस्तर र नवप्रवर्तनको पर्याय बनेको यो ब्रान्डका प्रिमियम टाइल तथा विश्वस्तरीय डिजाइनहरू अब सिन्धुलीका ग्राहकहरूले आफ्नै समुदायमै सहज रूपमा पाउनेछन् ।”

    त्यसैगरी, कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले ग्राहक सन्तुष्टि र बजार विस्तारप्रति ब्रान्डको प्रतिबद्धता व्यक्त गर्दै भने, “कजारियाले सधैँ उत्कृष्टता प्रदान गर्ने विश्वास राख्छ। यो नयाँ सिन्धुली शोरूममार्फत हामी हाम्रो उत्कृष्ट टाइलहरूको दायरा ग्राहकहरूसम्म अझ नजिक पुरÞ्याउँदैछौँ । नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेको छ, र हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न उत्साहित छौँ ।”

    आदर्शनगर, सिन्धुलीमा रहेको नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई सहज पहुँच, सुविधा तथा विभिन्न इन्टेरियर आवश्यकताअनुसार छानिएको उत्पादक प्रदर्शन उपलब्ध गराउँछ । यस विकासले नवप्रवर्तन, गुणस्तर र डिजाइनप्रतिको काजारियाको अविचल प्रतिबद्धतालाई सुदृढ गर्दै नेपालका टाइल उद्योगमा ब्रान्डको अग्रणी स्थानलाई झनै मजबुत बनाएको छ ।
    कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।

    नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०x१२० सेमी, ६० x ६० सेमी, १९.५x१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०x४० सेमी) र सिरामिक वाल टाइल्स (३०x६० सेमी, ३०x४५ सेमी) उपलब्ध गराउँछ। यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ । गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ।सिन्धुली शोरूमको उद्घाटनले काजारियाको नेपालका प्रत्येक भौगोलिक क्षेत्रमा उत्कृष्ट, विश्वस्तरीय टाइलहरू सहज रूपमा पहुँचयोग्य बनाउने लक्ष्यतर्फको यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडिदिएको छ ।

  • कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकबीच साझेदारी, बैंकका ग्राहकलाई विषेश छुट

    कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकबीच साझेदारी, बैंकका ग्राहकलाई विषेश छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेड बिच बैंकका ग्राहकहरुलाई क्लिनिक बाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    यस सम्झौता बमोजिम आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबाट प्रदान गरिदै आएको सेवाहरुमा बैंकका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी)मा १००% छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन–ए.बि.पि.यम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५०% छुट साथै डाक्टरको परामर्श शुल्कमा ३०% र प्रयोगशाला परीक्षणमा २५% सम्मको छुट दिने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    विगत २४ वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

  • सिटिजन्स बैंकको १९औं साधारण सभा सम्पन्न, लाभांश पारित

    सिटिजन्स बैंकको १९औं साधारण सभा सम्पन्न, लाभांश पारित

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा काठमाडौंमा सभा सम्पन्न भएको हो ।

    यस अवसरमा आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको एन।एफ।आर।एस बमोजिम तयार गरिएको वासलात, आव २०८१/८२ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।

    सभाले लाभांश समेत पारित गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्तापूँजी १४ अर्ब ७६ करोड ९ लाख १२ हजार ९६६ रुपैयाँको ५ प्रतिशतले  हुने ७३ करोड ८४ लाख ५० हजार ६४८ रुपैयाँ ३० पैसा बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२६३ प्रतिशतले हुने ३ करोड ८८ लाख ६५ हजार ८२३ रुपैयाँ ५९ पैसा सहित जम्मा ७७ करोड ७३ लाख १६ हजार ४७१ रुपैयाँ ८९ पैसा लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

    सिटिजन्स बैंकले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल लाइभ हेर्न पाइने

    एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल लाइभ हेर्न पाइने

    काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक संचालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकहरुले डिशहोम गो एपमार्फत हाल भईरहेका खेलहरुको मजा आफ्नै मोबाइलमा लिन सक्छन् ।

    ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरु सहज रुपमा हेर्न सकुन भन्ने उद्देश्यले एनपीएल प्ले प्याक संचालनमा ल्याइएको एनसेलले जनाएको छ । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा कर सहित रु २९९ पर्ने यो एपीएल प्ले प्याक लिन सक्छन् । प्याकमा खेलको लाइभ मजा लिन डिशहोम गो एपमा सहज पहुँच सुनिश्चिन गरिएको छ ।

    एनपीएल प्ले प्याकमा ग्राहकले २८ दिनका लागि मान्य रहने १ जीबी डेटा बन्डल सेवाका रुपमा पाउँछन् । ग्राहकले एनसेल एप वा एष्ट्रिक्स१२३ह्यास डायल गरी सहजै यी प्याक खरिद गर्न सक्छन् भने मुलुकभर रहेका एनसेलका खुद्रा विक्रेताहरु मार्फत पनि प्याक खरिद गर्न सकिन्छ । प्याक लिएपछि ग्राहकले आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएफमार्फत डिशहोम गो एप लगइन गरी एनपीएलका खेलहरु लाइभ हेर्न पाउछन् ।

    “बन्डल डेटाका साथ एनपीएल दोस्रो संस्करणका खेलहरु हाम्रा ग्राहकहरुले प्याकमार्फत मोबाइलमा प्रत्यक्ष रुपमा हेर्न पाउने व्यवस्था गर्न पाएकोमा हामी निकै खुसी छौ,” एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “डिशहोमसँगको हाम्रो यो साझेदारीले ग्राहकहरुलाई निर्बाध रूपमा एनपीएलका खेलहरु लाइभ खेल हेर्ने सुविधा प्रदान गरेको छ । यसले सबैलाई जोड्ने क्रिकेट खेलको रोमाञ्चकतालाई झन बढाउने छ ।”

    एनसेलले एनपीएलसँग पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणमा पनि ‘पावर्ड वाइ’का रुपमा सहकार्य जारी राखेको छ । यस पटक ‘युनाइटेड वाइ क्रिकेट, कनेक्टेड वाइ एनसेल’ भन्ने नाराका साथ एनसेल एनपीएलमा आवद्ध रहेको छ । एनपीएलका खेलहरुलाई थप रोमाञ्चक बनाउनका लागि एनसेलले एनपीएल फ्यान प्याकहरु पनि सर्वाजनिक गरिसकेको छ ।

    यसैगरी एनसेल फाउन्डेसनले पनि गत वर्ष जस्तै यस वर्ष पनि व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गतको कामलाई जारी राखेको छ । जसमा एनपीएलका खेलमा प्रहार हुने प्रत्येक चौका वापत एनसेलले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ ।

  • टीसीएलले नेपाली क्रिकेट प्रेमीहरूको लागि विशेष साउन्डबार सार्वजनिक गर्यो

    टीसीएलले नेपाली क्रिकेट प्रेमीहरूको लागि विशेष साउन्डबार सार्वजनिक गर्यो

    काठमाडौं विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड TCL ले नेपाली बजारका लागि दुई अत्याधुनिक प्रिमियम साउन्डबार मोडेल S55HQ65H सार्वजनिक गरेको छ। हालको क्रिकेट उत्साहलाई ध्यानमा राख्दै, घरमै बसेर स्टेडियमजस्तै अनुभव दिलाउने उद्देश्यसहित यी मोडेलहरू उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ।

    यी साउन्डबारहरू नेपाली उपभोक्ताहरूको क्रिकेटप्रतिको रुचि र घरायसी मनोरञ्जनको स्तर बढाउने उद्देश्यले बनाइएका हुन्। यी साउन्डबारहरूले हरेक बलको आवाज, दर्शकको उत्साह, र कमेन्ट्री लाई मात्र सुनाउँदैनन्, तर त्यसलाई एउटा सम्पूर्ण अनुभवमा परिणत गर्छन्।

    S55H Soundbar

     S55H ले २.१ च्यानल डोल्बी एटमस र DTS Virtual:X प्रविधिको प्रयोगगरेर स्पष्ट र सिनेमाजस्तो अडियो प्रदान गर्छ। यो मोडेल वायरलेस सबवूफर सहित आउँछ र २२०W को अधिकतम शक्ति दिन्छ, जसले गहिरो बास र भरपूर्ण साउन्ड प्रदर्शन सुनिश्चित गर्छ।

    • Bluetooth 5.3 Low Latency Connectivity ले लाइभ खेल वा कन्टेन्ट हेर्दा आवाजमा हुने ढिलाइलाई कम गर्छ।
    • AI Sonic-Adaptation ले कोठाको आकार र अवस्था अनुसार आवाजलाई स्वतः राम्रो बनाउँछ र उत्तम साउन्डको लागि सन्तुलित आउटपुट दिन्छ।
    • TCL Tutti Choral Technology ले TCL को टिभी र साउन्डबार बीच छिटो जोड्न मदत गर्छ र unified sound output दिन्छ, जसले अडियो क्वालिटीलाई अझ बढी राम्रो र जीवन्त बनाउँछ।

     Q65H Soundbar

     Q65H ले 5.1 Channel Speaker System को मदततले ५८०W को शक्तिशाली आवाज दिन्छ। यसले तपाईंको घरायसी मनोरञ्जन अनुभवलाई नै बदल्न सक्छ।

    • Dolby AtmosDTS:X को मिश्रणले वास्तविक ३D सराउन्ड साउन्डको दृश्य सिर्जना गर्छ, जहाँ आवाजलाई विभिन्न दिशाबाट आउँदै गरेजस्तो अनुभव हुन्छ।
    • Signature RAY·DANZ Technology ले अझ चौडा, प्राकृतिक र जीवन्त साउन्ड स्टेज बनाउँछ र राम्रो साउन्ड सुनिने क्षेत्रलाई बढाउँछ।
    • Wireless Subwoofer सहित आएको यो मोडेल ५५-इन्च भन्दा ठूला टिभीहरूका लागि विशेष रूपमा उपयुक्त हो।
    • HDMI eARC, multiple HDMI inputs, र Bluetooth Wireless Music Connectivity ले यसलाई प्रयोग गर्न अझ सजिलो र लचिलो बनाउँछ।

    मुख्य विशेषताहरू

    • Dolby Atmos
    • Wireless Subwoofer
    • AI Sonic-Adaptation
    • Bluetooth Wireless Connectivity
    • TCL TV Ready Tutti Choral Technology

    TCL का यी साउन्डबारहरू नेपालभरका TCL अधिकृत रिटेल आउटलेटहरू तथा अनलाइन स्टोरमार्फत उपलब्ध छन्। क्रिकेटको यस उत्साहपूर्ण सिजनमा घरमा टिभी हेर्ने अनुभवलाई मजबूत बनाउन  चाहने उपभोक्ताका लागि यो उत्कृष्ट अवसर हो। TCL एक विश्वव्यापी इलेक्ट्रोनिक्स  ब्रान्ड हो, जसले टेलिभिजन, साउन्ड सिस्टम, घरेलु उपकरणहरू लगायतका उत्पादनहरूको डिजाइन, विकास, निर्माण र वितरण गर्दै आएको छ।

  • नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित

    नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित

    काठमाडौँ । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेविट कार्डस्  बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in Consumer Debit Cards Business Principal client), एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ (Excellence in Contactless – Issuing) र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in E– Commerce Acquiring Business Principal Client) विधामा अवार्ड जितेको हो ।

    काठमाडौँस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकलाई ती अवार्ड प्रदान गरियो । विगतमा पनि उक्त विधामा नबिल बैंकको वर्चस्व रहँदै आएको छ ।

    अवार्ड ग्रहणपछि नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईले उक्त उपलब्धिले आफूहरुलाई थप ऊर्जा प्रदान गरेको बताए । उनले उक्त उपलिब्धको श्रेय बैंकका कार्डवाहक ग्राहक, व्यवसायी तथा कर्मचारीलाई जाने बताए ।

    भिसा इन्टरनेशनल कार्र्डप्रदायक कम्पनी हो । भिसाले नेपालमा वार्षिक रुपमा भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ । नेपालका बैंक तथा वित्तीय संस्था, फिनटेक, इ– कमर्स, व्यापार व्यवसायमा भिसा कार्डको प्रयोग हुँदै आएको छ ।

    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

  • नबिल बैंक र नेपाल इन बिजनेशबीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

    नबिल बैंक र नेपाल इन बिजनेशबीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

    काठमाडौँ । नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ ।

    उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय (एफसिडिओ) ले एनआइबी–जिए मार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआइबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउण्ड) अनुदान उपलब्ध गराउनेछ । उक्त अनुदान सहयोगले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यात उन्मुख उद्यमका रुपमा विकास गर्न सहयोग गर्ने जनाइएको छ ।

    नबिल बैंकका सिइओ ज्ञवालीले यसप्रकारका अभियानले साना तथा मझौता उद्यमीहरुको मनोबल बढाउन सहयोग पुग्ने बताए । “यो परियोजना साना तथा मझौला उद्यमको विकास गर्न उद्यमी र नीति निर्मातासँग नजिक रही काम गर्ने उद्देश्यले तयार पारिएको छ”, उनले भने, “परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउन सकिनेछ ।”

    एनआइबी–जिए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा व्यवस्थित र पारदर्शी रुपमा अनुदान व्यवस्थापन गर्न लागेकामा नबिल बैंकप्रति आभार व्यक्त गरे । “यसप्रकारको सहकार्य सोही प्रकृत्तिका अन्य परियोजनामा पनि लागू गर्न सकिन्छ, सरकारले पनि पुँजीगत खर्चको प्रभावकारिता बढाउनका लागि यसप्रकारका ढाँचा अबलम्बन गर्न सक्छ”, उनले भने ।

    साझेदारीअनुसार नबिल बैंकले कार्यक्रमको वित्तीय साझेदारका रुपमा उद्यमीलाई अनुदान वितरण गर्नेछ । बैंकले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी रुपमा वित्तीय व्यवस्थापन गर्ने जनाइएको छ । एनआइबीको उक्त कार्यक्रम अनुदान र प्राविधिक सहायता प्रदान गरी साना तथा मझौला उद्यमलाई सुदृढीकरण गर्दै दिगो र उत्पादनशील रोजगारी सृजनामा केन्द्रित रहेको बैंकको भनाइ छ ।

    एनआइबी–जिए पाँच वर्षे परियोजना हो । परियोजनामा बेलायतको यूके इन्टरनेशनल डेभेलप्मेन्टबाट वित्तीय सहयोग प्राप्त छ भने डिएआई ग्लोबल यूकेले कार्यान्वयन गर्दै आएको छ ।

    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

  • एनपीएल-२ प्रत्यक्ष प्रसारणमा डिसहोम गोको उल्लेखनीय उपलब्धि

    एनपीएल-२ प्रत्यक्ष प्रसारणमा डिसहोम गोको उल्लेखनीय उपलब्धि

    काठमाडौं । एनपीएल सिजन २ को प्रत्यक्ष प्रशारणका लागि ओटीटी अधिकार पाएको डिसहोम गोले उद्घाटनको खेल २ लाखभन्दा बढी दर्शकले हेरेको दाबी गरेको छ ।

    कन्क्युरेन्ट भ्युवर्सिपमार्फत सो तथ्याङ्क पत्ता लागेको डिसहोम गोले जनाएको छ । उद्घाटन दिन केही प्रयोगकर्ताले प्रत्यक्ष प्रसारण हेर्न केही समस्या देखिएपन अहिले पूर्णरुपमा समाधान भइसकेको जनाएको छ ।

    डिसहोम गोका इञ्जिनियर र सहयोगी अन्तर्राष्ट्रिय कम्पनीका विशेषज्ञले निरन्तर काम गरेपछि पहिलो दिनकै धेरै समस्या समाधान भएको कम्पनीको भनाई छ ।

    दोस्रो र तेस्रो दिनका खेलसम्म पुग्दा लगभग सबै प्राविधिक चुनौती समाधान भएको डिसहोम गोले जनाएको छ। आधिकारिक च्यानलमार्फत आएका हजारौं अनुरोधलाई प्रणालीबाट एकैचोटि सक्रिय गरिएको छ। साथै, दोहोरो भुक्तानी भएका प्रयोगकर्ताको रकम फिर्ता प्रक्रिया सुरु भएको छ।

    बुधबारदेखि खल्ती र इसेवा मार्फत एनपीएल सिजन पासको भौचर खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ। यी भौचर नेपालमै मात्र प्रयोग गर्न सकिन्छ।

    डिसहोम गोले नेपालको इतिहासमा पहिलोपटक मोबाइल एपमार्फत पूर्ण रूपमा प्रत्यक्ष खेल प्रसारण गर्ने नेपाली कम्पनीको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। यससँगै कम्पनीले राष्ट्रिय सिमाना पार गर्दै विश्वस्तरीय स्ट्रिमिङ प्लेटफर्मको रूपमा अघि बढ्ने लक्ष्य स्पष्ट पारेको छ।

  • सानिमा बैंकले इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने 

    सानिमा बैंकले इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने 

    काठमाडौं । सानिमा बैंकले आफ्नो इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार बैंकले एक सूचना सार्वजनिक गर्दै यही मंसिर १४ गतेदेखि बैंकको इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा बन्द गर्ने जनाएको हो ।

    ‘सानिमा बैंकले प्रदान गर्दै आएको इन्टरनेट बैंकिङ सेवा यही मंसिर १४ गतेदेखि बन्द हुने ब्यहोरा जानकारी गराउँदछौँ’, बैंकको सूचनामा उल्लेख छ ।

    सेवा बन्द हुँदा पर्न सक्ने असुविधाप्रति बैंकले क्षमा याचना गर्दै ग्राहकको निरन्तर सहयोग र समझदारीको अपेक्षा गरेको छ ।

     

  • कुमारी बैंक भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ मा दुई प्रतिष्ठित विधाबाट सम्मानित

    कुमारी बैंक भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ मा दुई प्रतिष्ठित विधाबाट सम्मानित

    काठमाडौं । मंसिर १० मा VISA International द्वारा आयोजित “Leadership Conclave Nepal 2025” सम्मेलनमा कुमारी बैंक लिमिटेडलाई “Excellence in Cross–Border Business” तथा tyf “Excellence in Consumer Credit Cards Business Principal Client”अवार्डहरुले सुसम्मानित गरिएको छ ।

    यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रदान गर्दै विभिन्न अवार्डहरु प्रप्त गर्दै आएको यस बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

    विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्टि सेवा प्रदान गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

  • सिद्धार्थ बैंकले पायो तीन प्रतिष्ठित अवार्ड

    सिद्धार्थ बैंकले पायो तीन प्रतिष्ठित अवार्ड

    काठमाडौं । सिद्धार्थ बैंकले तीन उत्कृष्टता अवार्ड पाएको छ । भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलसँगको एसोसिएसन क्लाइन्टका रूपमा रहेको साझेदारी अन्तर्गत आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको हो ।

    यी अवार्डहरू बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्ट प्रदर्शन, व्यावसायिक साझेदारीप्रतिको प्रतिबद्धता तथा ग्राहक केन्द्रित सेवाको उच्च मूल्याङ्कनको आधारमा प्रदान गरिएको हो । बैंकको डिजिटल भुक्तानी सेवा, कार्ड व्यवसाय एवं व्यावसायिक साझेदारीमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा अवार्ड दिइएको जनाइएको छ ।

    बैंकले ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड’, ‘एक्सिलेन्स इन प्रिपेड कार्ड’ र ‘एक्सिलेन्स इन पिओएस एक्युरिङ’ अवार्ड पाएके हो । ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा पिओएस सेवामा उल्लेखनीय रूपमा बजार बिस्तार गर्दै आएको छ ।

     

  • स्याकार ट्रेडिङ्गद्वारा ‘होन्डा अल न्यु सीआर-भी’ सार्वजनिक

    स्याकार ट्रेडिङ्गद्वारा ‘होन्डा अल न्यु सीआर-भी’ सार्वजनिक

    काठमाडौँ । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. ले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ को बिक्री वितरण औपचारिक रुपमा सुरु गरेको छ ।

    यो नयाँ एसयूभीमा अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सहरूको उत्कृष्ट संयोजन गरिएको छ। यसमा शक्तिशाली १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ । गाडीको इन्टेरियर र सुविधाहरूमा विशेष ध्यान दिइएको छ, जसमा वेलकम सिट, फुल एलइडी लाइट, र पानोरामिक सनरुफ समावेश छन्। साथै, चालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै यसमा प्लाज्मा क्लस्टर प्रविधि प्रयोग गरिएको छ। यसमा १० थान एयर व्याग भएकाले यात्रालाई थप सुरक्षित बनाउँछ ।

    यस गाडीमा २१० एम् एम् ग्राउण्ड क्लिअरेन्स रहेको छ, जसले गर्दा कच्चि बाटोमा पनि यो एउटा राम्रो विकल्प हुन सक्छ । यसमा १०.२ इन्चको टिएफटी टच डिस्प्ले , चालकको सहजताका लागि ड्राइभर मेमोरी सिट र उत्कृष्ट साउन्ड अनुभवका लागि १२ वटा बोस प्रिमियम स्पिकर्स जस्ता ‘प्रिमियम फिचर्स’ हरू रहेका छन् ।

    सुरक्षाको हिसाबले पनि यो गाडी अब्बल छ। यसमा अडास लेभल २ जडान गरिएको छ र जसले यात्रालाई सुरक्षित बनाउँछ। यो गाडी ७ सिटर क्षमतामा उपलब्ध भएकाले ठूलो परिवारका लागि समेत उपयुक्त हुनेछ । यसको शक्तिशाली इन्जिन, सस्पेन्सन र डिजाइनलाई हेर्दा नेपालको बाटोमा ‘पर्फेक्ट राइड’ को लागि यो गाडी एक उत्कृष्ट विकल्प हुन सक्छ ।

    कम्पनीका अनुसार, ग्राहकहरूका लागि विश्वस्तरीय प्रविधि र सुविधायुक्त गाडीहरू भित्र्याउन कम्पनी सधैँ प्रतिबद्ध छ। ‘होन्डा अल न्यु सीआर–भी’ ले नेपालको एसयूभी सेग्मेन्टमा लक्जरी र पर्फर्मेन्सको नयाँ उदाहरण बन्नेछ भन्नेमा कम्पनी पूर्णरुपमा विश्वस्त छ। यो गाडीले नेपाली ग्राहकहरूको यात्राको अनुभवलाई अझै विशेष बनाउनेछ ।”

    कम्पनीका अनुसार ‘होन्डा अल न्यु सीआर–भी’ चार आकर्षक रङहरू— कालो (ब्ल्याक) , सेतो (ह्वाइट), निलो (ब्लु) र सिल्भरमा उपलब्ध हुनेछन्। यो प्रिमियम गाडीको अनुभव लिन र ‘टेस्ट राइड’गर्न चाहने ग्राहक महानुभावहरूले ललितपुरको धोबिघाट स्थित होन्डाको आधिकारिक शोरुममा सम्पर्क गर्न सक्नुहुनेछ ।

  • ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ नारासहित बुढीगंगामा १६ दिने अभियान सुरु

    ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ नारासहित बुढीगंगामा १६ दिने अभियान सुरु

    विराटनगर । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित आज मंसिर ९ गते बुढीगंगा गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको दिवस शुभारम्भ भएको छ ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश र बुढीगंगा गाउँपालिकाको संयुक्त आयोजनामा बुढीगंगा गाउँपालिकामा कोणसभासहित ३४औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको अभियान शुभारम्भ भएको हो ।

    एकआपसमा सेतो रिबन लगाएर आरम्भ भएको कोणसभामा बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले लैङ्गिक हिंसा दण्डनीय भएको र कानुनी उपचारको व्यवस्था भएकोले घर, समाजमा हुने कुनै पनि प्रकारका हिंसा सहेर नबस्न आग्रह गरे ।

    लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउन लैङ्गिक उत्तरदायी बजेट तथा सामाजिक समावेशीमैत्री स्थानीय शासन प्रवद्र्धन गर्न गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष मगरले बताए ।

    इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले लैङ्गिक समानतालाई विकास र समृद्धिका सवालको रुपमा स्थापित नगरेसम्म दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने दावी गरे ।

    लैङ्गिक हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसको ऐतिहासिक पक्षबारे जानकारी दिनुहुँदै प्रदेश संयोजक पोखरेलले हिंसाविरुद्ध व्यापक जनचेतना जगाउन, समस्याको पहिचान गरी समाधान खोज्न र लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।

    मानव अधिकारको अनुगमन, अभिलेखीकरण र प्रसारका साथै इन्सेकले लैङ्गिक हिंसाको सम्बोधनका लागि नीतिगत पैरवी र न्यायका लागि पहलकदमी, सचेतनात्मक कार्यक्रम, संस्थागत जवाफदेहिता अभिवृद्धि तथा सुशासन सुनुश्चितताका लागि सामाजिक परिचालन गर्दै आएको उनले जानकारी दिए ।

    गाउँपालिका उपाध्यक्ष अमृता कुमारी गच्छदारको अध्यक्षता र महिला, बालबालिका शाखा प्रमुख निश्चलता कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलराज थापा मगर, इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बास्कोटालगायत जनप्रतिनिधि, कर्मचारी, महिला स्वयमसेविका, प्रहरी, आमा समूह, शिक्षक, नागरिक समाजको सहभागिता रहेको थियो ।

    सन् १९६० मा डोमिनिकन गणराज्यको तत्कालिन त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका तीन दिदीबहिनीलाई निर्मम तरिकाले गरेको हत्यालाई महिलामाथि हुने हिंसाको रुपमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना विस्तार गर्न नोभेम्बर २५ देखि डिसेम्बर १० का बीचमा पर्ने अन्य महत्वपूर्ण दिवसलाई १६ दिने अभियानअन्तर्गत मनाउने गरिएको छ ।

  • सीजी मेरिडियाको फोके एआई गुगल टीभी सार्वजनिक

    सीजी मेरिडियाको फोके एआई गुगल टीभी सार्वजनिक

    काठमाडौंनेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स कम्पनी CG Electronics अन्तर्गत CG ब्रान्डले आफ्नो प्रिमियम CG Meridia Signature Series अन्तर्गत AI-सक्षम 4K Google TV का तीन मोडेल—65” (65GTVU5), 55” (55GTVU5) 43” (43GTVU5)—नेपाली बजारमा सार्वजनिक गरेको छ।

    कम्पनीका प्रतिनिधि अनुसार, “CG Meridia Signature Series नेपालमा AI Television प्रस्तुत गर्ने पहिलो घरेलु इलेक्ट्रोनिक्स ब्रान्ड हो र  सधैँ उच्च गुणस्तरीय, प्रिमियम र अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउने उद्देश्यमा केन्द्रित छ। हाम्रो नयाँ AI 4K Google TV श्रृंखला नेपाली उपभोक्तालाई विश्वस्तरीय प्राविधिक अनुभव घरेलु मूल्यमा उपलब्ध गराउने र विशेषगरी NPL लाई ध्यानमा राखेर सार्वजनिक गरिएको हो, जहाँ उपभोक्ताले, आफ्नै घरमै बसेर खेलकुदको स्टेडियमजस्तो अनुभव र चलचित्र हेर्दा हलको जस्तो थिएटर अनुभव मज्जाले आफ्नै लिभिङ रुममा प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ ल्याइएको हो। यसले केवल मनोरञ्जन अनुभव सुधार्ने मात्र होइन, घरभित्रको डिजिटल इन्टरएक्शनलाई पनि स्मार्ट, सरल र व्यक्तिगत बनाउनेछ।”

     मुख्य AI विशेषताहरू

    • AI Skin Detection: मानव अनुहार र छालाको रंग, बनावट र टोन विश्लेषण गरी प्राकृतिक, सफा र जीवनजस्तो देखिने बनाउँछ।
    • AI Motion Clarity: द्रुत गतिका खेलकुद, एक्सन फिल्म र गेमिङ दृश्यहरूमा Motion Blur र Ghosting घटाउँछ, दृश्य स्मूद र स्पष्ट हुन्छ।
    • MEMC (More Frames, More Clear): थप फ्रेम सिर्जना गरी दृश्यलाई स्मूद र स्थिर बनाउँछ, हल्लिएको वा धमिलो दृश्य कम हुन्छ।
    • AI Dialogue Clarity Enhancer: AI अडियो विश्लेषणमार्फत संवादलाई पृष्ठभूमि आवाजबाट अलग गरी स्पष्ट सुनिन्छ।
    • Find My Remote Control: रिमोट हराएमा टिभीको ‘Remote Locator Button’ थिच्दा रिमोटबाट तुरुन्तै बीप/अलार्म ध्वनि आउँछ।
    • अन्य AI क्षमताहरू: AI 4K Upscaling ले कम रिजोल्युसन कन्टेन्टलाई 4K नजिक ल्याउँछ। AI Learning Capability ले प्रयोगकर्ताको हेर्ने बानी अनुसार Personalized अनुभव प्रदान गर्छ। स्वचालित Picture–Audio Calibration ले Brightness, Contrast, Sharpness र Sound Level आफैं समायोजन गर्छ।

    प्राविधिक विवरण (Technical Overview)

    • प्रोसेसर/स्मृति: Quad Core A55 CPU, Mali-G52 GPU, 2GB RAM, 16GB Storage
    • दृश्य गुणस्तर: 4K Ultra HD, HDR10/HLG, Dynamic Contrast, 105% BT.709 Wide Color Spectrum, MEMC
    • ध्वनि: Dolby Digital Plus, 20W/24W Stereo Speakers, Surround Sound
    • स्मार्ट सुविधाहरू: Google TV, Chromecast Built-In, Google Assistant, Kids Mode, Gaming Mode, Remote Locator System
    • कनेक्टिभिटी: Dual Band Wi-Fi, Bluetooth 5.1, HDMI ARC + 3 HDMI Ports, 2 USB Ports, Optical Out, Earphone Jack
    • डिजाइन: Frameless Premium Design, Smooth Motion Technology

    सीजी इलेक्ट्रोनिक्सको परिचय:

    ४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।
    देशभर २० वटा आधुनिक शोरुम र ४० सेवा केन्द्रमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। ग्राहक सुविधाका लागि आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि उपलब्ध छ।

  • एलजी नेपालद्वारा नयाँ एलजी एआई टीभी सार्वजनिक

    एलजी नेपालद्वारा नयाँ एलजी एआई टीभी सार्वजनिक

    काठमाडौं । उपभोक्ता इलेक्ट्रोनिक्सको क्षेत्रमा अग्रणी ब्रान्ड LG Nepal ले नयाँ पुस्ताको LG AI TV नेपालमा सार्वजनिक गरेको छ। “Affectionate Intelligence” को दर्शनमा आधारित र LG को अत्याधुनिक α (Alpha) AI Processor Gen2 द्वारा संचालित यो टिभीले प्रयोगकर्ताको व्यवहार सिक्ने, बुझ्ने र आत्मसाथ गर्ने क्षमता मार्फत व्यक्तिगत अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्य राख्दछ।

    तपाईंलाई बुझ्ने तपाईंका लागि सोच्ने स्मार्ट टिभी

    नयाँ LG AI TV ले real time मै प्रयोगकर्ताको रुचि, हेर्ने बानी र वरपरको वातावरण विश्लेषण गरी इमेज  तथा ध्वनिको गुणस्तर अटोमेटिक रूपमा अनुकूलन गर्छ। दैनिक जीवनका नियमित कामदेखि लिएर मनोरञ्जनको अनुभवसम्म— यो टिभीले प्रत्येक घरमा अझै स्मार्ट, सहज र सहजै अनुकूलित जीवनशैली प्रदान गर्दछ।

    स्मार्ट जीवनका लागि अत्याधुनिक AI फिचरहरू:

    नयाँ LG AI TV  series ले प्रयोगकर्ताको सुविधा, रुचि र व्यक्तिगत अनुभवलाई केन्द्रमा राख्दै निम्न उत्कृष्ट AI मा आधारित विशेषताहरू प्रस्तुत गर्दछ:

    • AI Chatbot – प्राकृतिक संवादमार्फत छिटो सहायता
    • AI Concierge – तपाईंका रुचि अनुसार सामग्री तथा जीवनशैली सुझाव
    • AI Picture Wizard – दृश्यअनुसार अटोमेटिक इमेज अनुकूलन
    • AI Sound Wizard – घरको वातावरण तथा सामग्रीअनुसार ध्वनिको प्रिमियम सेटिङ
    • AI Search – छिटो, इन्टेलिजेन्ट र प्रभावकारी सामग्री खोज प्रणाली
    • AI Voice ID -प्रत्येक प्रयोगकर्तालाई विशेष व्यक्तिगत कमान्ड र प्रोफाइल व्यवस्थापन

     

    यी फिचरहरूले स्मार्ट टिभीको धारणा नै बदल्दै, घरमा empathetic, adaptive र intuitive अनुभव प्रदान गर्दछ।

     

    हरेक नेपाली घरका लागि प्रिमियम विकल्पहरू

    LG AI TV नेपालमा निम्न चार प्रिमियम सिरिजहरूमा उपलब्ध हुनेछः

    • LG OLED evo AI
    • LG QNED AI
    • LG NanoCell AI
    • LG UHD AI

    प्रत्येक मोडेलमा LG को अत्याधुनिक AI क्षमता, बेस्ट डिस्प्ले गुणस्तर र विस्तृत साइज तथा मूल्य series उपलब्ध छन्, जसले हरेक नेपाली परिवारको आवश्यकतालाई पूरा गर्छ।

    मनोरञ्जन प्रविधिमा नयाँ मापदण्ड

    “LG AI TV को आगमनसँगै, हामी नेपालमा इन्टेलिजेन्ट मनोरञ्जन प्रविधिको नयाँ युग आरम्भ गर्दैछौं। यो प्रविधि प्रयोगकर्तालाई बुझ्ने मात्र होइन, उनीहरुसँगै विकसित हुँदै जीवनशैलीमा सार्थक परिवर्तन ल्याउने क्षमतासहित डिजाइन गरिएको छ,”
    भन्नुहुन्छ मुकेश कुमार बैठा, मार्केटिङ ब्राण्ड प्रमुख, एल. जी

    “हामी नेपालमा विश्वस्तरीय नवप्रवर्तन प्रस्तुत गर्न पाउँदा उत्साहित छौं र स्मार्ट, कनेक्टेड लिभिङको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राख्छौँ,” उनले थप्नुभयो ।

    उपलब्धता

    नयाँ LG AI TV series अहिले नेपालभर रहेका सबै आधिकारिक LG शोरूम तथा रिटेल पार्टनरहरूमा उपलब्ध छ। ग्राहकहरूले नजिकको शोरूममा गई प्रत्यक्ष डेमो तथा AI फिचरहरूको अनुभव लिन सक्नेछन्।

    LG Nepal बारेमा

    ४० वर्षदेखि LG Nepal नेपाली उपभोक्तामाझ विश्वासिलो नामको रूपमा स्थापित छ— नवप्रवर्तनशील, भरपर्दो र प्रयोगकर्ता–मैत्री उपकरण तथा इलेक्ट्रोनिक्समार्फत।

    “Life’s Good” भन्ने विश्वाससहित, एलजीले दैनिक जीवनलाई अझ सहज, स्मार्ट र रमाइलो बनाउन निरन्तर अग्रसर रहँदै आएको छ।

     

  • इनड्राइभको प्लेटिनम क्याम्पेन सम्पन्न: विजेतालाई पुरस्कार हस्तान्तरण

    इनड्राइभको प्लेटिनम क्याम्पेन सम्पन्न: विजेतालाई पुरस्कार हस्तान्तरण

    काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । यो अभियानमा ड्राइभर पार्टनर्सबाट उत्साहजनक प्रतिक्रिया र सहभागीता रहेको थियो ।
    क्याम्पेन साप्ताहिक च्यालेन्ज, रोमाञ्चक पुरस्कारहरू, र दुई मेगा ग्रान्ड पुरस्कारहरू मार्फत इनड्राइभका सबैभन्दा प्रतिबद्ध ड्राइभर पार्टनर्सलाई पहिचान गर्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो ।
    विजेताहरु यी हुन्ः
    ● टाटा एक्सप्रेस–टि इभी (-TATA Xpres-T EV) (क्याब ड्राइभर श्रेणी)– हरि पाण्डे
    ● टिभिएस रेडर (TVS Raider) (बाइक (मोटो) राइडर श्रेणी)ः– आकाश तामाङ
    दुबै विजेताहरूलाई तीनवटै च्यालेन्ज विक्समा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने, र भव्य पुरस्कारहरूको लागि योग्य हुन सबै योग्यता मापदण्डहरू पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको थियो । यो घोषणा नोभेम्बर ७ मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानल मार्फत लक्की ड्र मार्फत प्रत्यक्ष प्रसारणमा गरिएको थियो ।

    क्याम्पेनले थप ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कारहरू पनि वितरण गर्याे, जसमा निम्न समावेश छन्ः
    ● वनप्लस नर्ड सिई४ लाइट फाइभजी (OnePlus Nord CE4 Lite 5G) स्मार्टफोनका १५ विजेताहरू
    ● अल्टिमा एटम १९२ (Ultima Atom 192) इयरबडका ३० विजेताहरू
    ● अल्टिमा नोभा प्रो (Ultima Nove Pro) स्मार्टवाचका ३० विजेताहरू
    इनड्राइभ नेपालकी सिनियर ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले विजेताहरूलाई बधाई दिँदै उनीहरूको अमूल्य योगदानको कदर गर्दै भनिन, “हाम्रा ड्राइभर पार्टनर्सहरू नेपालमा इनड्राइभको सफलताको आधार हुन् । यो अभियान उनीहरूको प्रतिबद्धता, व्यावसायिकता र उनीहरूले हरेक दिन खेल्ने महत्वपूर्ण भूमिकालाई मान्यता दिने हाम्रो कदम हो ।

    इनड्राइभमा, हामी छनोटको स्वतन्त्रताको पक्षमा छौं, र हाम्रो निष्पक्ष र पारदर्शी मूल्य निर्धारण मोडेलले चालक र यात्रु दुवैलाई फाइदा पुर्याउने कुरा सुनिश्चित गर्दछ । हामी हाम्रो कम्युनिटी पार्टनर्सलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं । सबै विजेताहरूलाई बधाई छ, र हाम्रो मिशनलाई अगाडि बढाउनुभएकोमा धन्यवाद । हामीले अघिल्लो पटक वाचा गरेझैं, हामी हाम्रा ड्राइभर पार्टनर्सहरूका लागि ठूलो र उत्कृष्ट अभियान लिएर आएका छौं । हाम्रा सबै विजेताहरूलाई बधाई छ, तपाईंको समर्पणले हाम्रो अभियानलाई अगाडि बढाउँछ । हामी हाम्रा चालकहरूलाई स्वतन्त्रता, निष्पक्षता र समर्थनका साथ सशक्त बनाउन प्रतिबद्ध छौं ।”

    इनड्राइभमा, ड्राइभर पार्टनर्सहरु हाम्रो समुदायको जग हुन, र हामी उनीहरूसँगै उभिएर, उनीहरूको प्रयासलाई मान्यता दिएर, र निष्पक्षता र छनोट गर्न सकिने प्लेटफर्मको सुनिश्चितता गरेर बढ्दै जानेछौं ।

  • मेटलाइफ नेपालद्वारा इलामका बाढी तथा पहिरो पीडितहरूलाई सहयोग प्रदान

    मेटलाइफ नेपालद्वारा इलामका बाढी तथा पहिरो पीडितहरूलाई सहयोग प्रदान

    इलाम । केहि महिना अघि इलाम जिल्लामा आएको विनाशकारी बाढी र पहिरो पछि, मेटलाइफ नेपालले ५०० लिटरको पानी जलाशय ट्याङ्की वितरण गरेर प्रभावित परिवारहरूलाई सहयोग गर्न इलामको सुनगाभा विकास संस्थासँग सहकार्य गरेको छ ।

    २०८२ असोज १८ र १९ मा भएको भारी वर्षाले जिल्लाभरि व्यापक विनाश ल्याएको थियो — पुलहरू बगायो, घरहरूमा क्षति र्पुयायो र आवश्यक सेवाहरूमा पहुँच काटियो । धेरै घरपरिवारहरू सफा पानीको स्थिर स्रोतबाट बञ्चित भए, जसले गर्दा विस्थापन र पुनर्लाभको कठिनाइ भएको छ ।

    सुरक्षित र भरपर्दो पानी भण्डारणको तत्काल आवश्यकतालाई पहिचान गर्दै, मेटलाइफ नेपालले सुनगाभासँग साझेदारी गरी दुर्गम क्षेत्रका केही सबैभन्दा प्रभावित परिवारहरूलाई टिकाउ जलाशय ट्याङ्कीहरू प्रदान गरेको छ । यस पहल मार्फत, ३३८ विस्थापित घरपरिवारमध्ये ८० भन्दा बढी परिवारहरूले अब पुनर्निर्माण चरणमा उनीहरूको दैनिक आवश्यकताहरू पूरा गर्न र सरसफाइ कायम राख्न मद्दत गर्न सुरक्षित पानी भण्डारणमा पहुँच पाउनेछन् ।

    निष्पक्ष र पारदर्शी लाभार्थी छनोट सुनिश्चित गर्न स्थानीय वडा कार्यालयहरू र विपद् प्रतिक्रिया समितिहरूसँगको निकट समन्वयमा वितरण प्रक्रिया सञ्चालन भइरहेको छ । सुनगाभाका स्थानीय स्वयंसेवकहरू र प्राविधिक टोलीले प्रत्येक परिवारले सुरक्षित र समयमै ट्याङ्कीहरू प्राप्त गर्ने कुरा सुनिश्चित गर्न वितरण, कागजात र अनुगमनको निरीक्षण गर्नेछन् ।

    यस पहलको बारेमा बोल्दै, मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने “स्वच्छ पानीमा पहुँच केवल बाँच्नको बारेमा मात्र होइन– यो मर्यादा र आशाको बारेमा हो । इलामका परिवारहरूलाई उनीहरूको कल्याण सुनिश्चित गर्ने आवश्यक स्रोतहरू प्रदान गर्दै उनीहरूको जीवन पुनर्निर्माण गर्न मद्दत गर्न हामी सुनगाभा विकास संस्थासँग साझेदारी गर्न पाउँदा आभारी छौं ।”

  • क्रम्प्टनका नयाँ गिजर सार्वजनिक

    क्रम्प्टनका नयाँ गिजर सार्वजनिक

    काठमाडौं । जाडो याम सुरु हुँदै गर्दा घर–परिवारलाई न्यानो, सुरक्षित र भरपर्दो तातोपानी उपलब्ध गराउने उद्देश्यले Crompton ब्रान्डले नेपाली बजारका लागि नयाँ Storage Water Geyser मोडेलहरू सार्वजनिक गरेको छ। नेपालमा Crompton उत्पादहरूको आधिकारिक वितरक CG Electronics ले नयाँ मोडेलहरूको बिक्री तथा वितरण सुरु भएको जानकारी दिएको छ।

    Crompton का गिजरहरू दिगोपन, स्थिर Heating Performance र सुरक्षित Heating System का कारण नेपाली घरपरिवारबीच पहिलेदेखि नै लोकप्रिय छन्। यस वर्ष बजारमा आएको ‘Acenza Plus’ (ASWH-6115/6125)‘Solarium Care’ (ASWH-3915/3925) श्रृंखलाले उपभोक्तालाई अझ परिष्कृत र भरपर्दो Heating Experience प्रदान गर्ने कम्पनीको दाबी छ।

    जाडोमा सुरक्षित र भरपर्दो तातोपानी अनुभव

    कम्पनीका अनुसार, नयाँ मोडेलहरू Storage Heating Technology मा आधारित छन्, जसले चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने क्षमता प्रदान गर्छ।
    Aczenia Plus Series आधुनिक घरका लागि प्रिमियम Heating Performance उपलब्ध गराउँछ भने Solarium Care Series ले दैनिक प्रयोगका लागि सहज, सुरक्षित र दिगो Hot Water Solution प्रदान गर्छ।

    नयाँ मोडेलका प्रमुख विशेषताहरू

    Crompton का दुवै नयाँ मोडेलमा उपभोक्ता आवश्यकतालाई ध्यानमा राख्दै निम्न उच्चस्तरीय विशेषताहरू सामूहिक रूपमा समावेश गरिएको छ:

    • Robust Glassline Coating – Hard Water Condition मा पनि ट्यांकलाई दिगो र सुरक्षित राख्ने।
    • LED Water Temperature Notification – पानी तत्ने क्रममा तापक्रम परिवर्तन तुरुन्त बुझ्न सहयोग गर्ने LED सूचक।
    • Anti-Scale Technology – ट्यांकभित्र जम्ने खनिज तह रोक्दै दीर्घकालीन प्रदर्शन कायम राख्ने।
    • 3 Bathing Modes – Hygiene, Baby Care र Hair Care Mode; परिवारका सबै सदस्यका लागि अनुकूल र सहज।

    Acenza Plus Series : Smart Energy Management Technology समावेश गरिएको छ, जसले ऊर्जा खपतलाई अनुकूल बनाइ Heating Performance अझ कुशल बनाउँछ। आधुनिक घरका लागि दिगो, स्मार्ट र प्रिमियम Heating Solutionका रूपमा यो मोडेल प्रस्तुत गरिएको छ।

    Solarium Care Series : 5-Star Energy Rating समावेश गरिएको छ, जसले विद्युत् खपत कम गर्दै ऊर्जा–दक्ष तथा लागत–मैत्री Heating Experience प्रदान गर्छ। दैनिक प्रयोगका लागि स्थिरता, सुरक्षा र भरपर्दोपन खोज्ने उपभोक्ताका लागि यो मोडेल उपयुक्त मानिन्छ।

    देशभरका CG Digital शो–रूमहरू, CG Electronics डिलर नेटवर्क, तथा प्रमुख E-commerce प्लेटफर्महरूमा नयाँ Crompton गिजरहरूको बिक्री सुरु गरिएको छ। CG Electronics ले After-sales Service, Installation Support, तथा Spare Parts उपलब्धतालाई प्राथमिकतामा राख्दै सहज र छिटो ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ ।

  • नेपाल रेमिटरर्स एशोसिएसन र मलेशियन एशोसिएसन अफ मनी सर्भिसेसबीच साझेदारी

    नेपाल रेमिटरर्स एशोसिएसन र मलेशियन एशोसिएसन अफ मनी सर्भिसेसबीच साझेदारी

    काठमाडौँ । नेपाल रेमिटरर्स एशोसिएसन (NRA) ले मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेस (MAMSB) सँग औपचारिक रूपमा साझेदारी गरेको छ । दुवै संघहरूले मनी सर्भिसेस बिजनेस (MSB) क्षेत्रलाई सुदृढ बनाउन, सहकार्य विस्तार गर्न, र वृद्धि प्रोत्साहन गर्न संयुक्त रूपमा काम गर्ने सहमति जनाएको छ । यो साझेदारीले ज्ञान आदान–प्रदान, सीमा–पार सहयोग, र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्ने दिशामा केन्द्रित हुनेछ ।

    सम्झौता हस्ताक्षर समारोहका क्रममा, MAMSB का अध्यक्ष दातो’ श्री जाजाखान बिन कादेर गनी र ल्च्ब् का अध्यक्ष श्री रितेश मित्तलले नियामक अनुपालन सुधार, नवप्रवर्तन प्रवद्र्धन, तथा डिजिटल रूपान्तरण, अवैध सञ्चालकहरूको नियन्त्रण, र उपभोक्ता संरक्षण जस्ता साझा चुनौतीहरू समाधान गर्ने विषयमा विचार–विमर्श गरे ।

    यस अवसरमा NRA का अध्यक्ष रितेश मित्तलका अनुसार “यो साझेदारी नेपालका रेमिटेन्स उद्योगका लागि ऐतिहासिक उपलब्धि हो । MAMSB सँगको सहकार्यले क्षेत्रीय सम्बन्ध मजबुत बनाउने, ज्ञान आदान–प्रदान गर्ने, र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ । अन्ततः यसले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरू तथा नेपालको समग्र अर्थतन्त्रलाई लाभ पु¥याउनेछ ।”

    MAMSB का अध्यक्ष दातो’ जाजाखान बिन कादेर गनीले भने “हामी नेपाल रेमिटर्स एशोसिएसनसँग सहकार्य गर्न पाउँदा खुशी छौँ । यो साझेदारीले प्रविधि, दक्षता विकास, र अन्तर्राष्ट्रिय मापदण्डको पालना मार्फत मनी सर्भिसेस क्षेत्रलाई सुदृढ बनाउने हाम्रो साझा प्रतिबद्धता झल्काउँछ” ।
    यो सहकार्यले दुवै संस्थाबीच सीप विकास, नीतिगत संवाद, र क्षेत्रीय समन्वयका नयाँ द्वारहरू खोल्नेछ । साथै, यसले विश्वभरका लाखौँ वैदेशिक श्रमिक र उनीहरूका परिवारका लागि अझ सुरक्षित, छिटो र किफायती रेमिटेन्स सेवाहरू उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम स्थापित गर्नेछ ।

  • सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित ‘सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट’  सञ्चालनमा

    सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित ‘सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट’  सञ्चालनमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” संचालनमा ल्याएको छ । आज मिति २०८२ साल मंसिर ८ गतेका दिन बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका माझ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” को प्रारम्भ गरेका छन् ।

    सार्वजनिक गरिएको यस बचत खाताले युवाहरू विशेषगरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

    यस बचत खाताका विशेषताहरुमा न्यूनतम रु १०० मा नै खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । साथै, युवाग्राहकको कारोवारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन तथा सि–आश्वा रेजिष्ट्रेशन जस्ता महत्वपूर्ण सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ ।

    डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र रु ५०० मा उपलब्ध हुने विशेष बन्डल्ड सुविधा समेत राखेको छ, जसले युवाग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधको पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

    ग्राहकले ट्राभल कार्ड इश्यू चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्ड मार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पाउनेछन् । यस बचत खाता प्रयोगकर्ताहरूलाई पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुनेछ ।

    “विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता शुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।