Tag: कर्णाली कांग्रेस

  • कर्णाली कांग्रेसकाे सभापतिमा देउवा पक्षका ललितजंग शाही निर्वाचित

    कर्णाली कांग्रेसकाे सभापतिमा देउवा पक्षका ललितजंग शाही निर्वाचित

    सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ललितजंग शाही निर्वाचित भएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरे ।

    ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत ल्याए । अर्का उम्मेदवार माेतीराज बमले जम्मा ७ मत ल्याए । पदाधिकारीमा संस्थापन पक्षकाे प्यानलकै जित भएकाे छ।

  • कर्णाली कांग्रेसको नेतृत्वका लागि ललित र भूपेन्द्र मैदानमा, पदाधिकारीमा उम्मेदवारको टुंगो लागेन

    कर्णाली कांग्रेसको नेतृत्वका लागि ललित र भूपेन्द्र मैदानमा, पदाधिकारीमा उम्मेदवारको टुंगो लागेन

    सुर्खेत । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज हुने प्रदेश अधिवेशनमा कर्णालीका ललितजंग शाही र भुपेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । कर्णाली कांग्रेसको नेतृत्वमा उनीहरुबीच चुनाव हुने निश्चित भए पनि पदाधिकारीमा उम्मेदवारहरुको टुंगो लाग्न सकेको छैन ।

    कर्णालीमा सात सयभन्दा बढी प्रतिनिधिले भोलि मतदान गरेर नेतृत्व चयन गर्नेछन् । कर्णालीमा कांग्रेसको सस्थापन पक्ष हाबी देखिएको छ ।

    प्रदेश सभापतिका उम्मेदवार ललित संस्थापन पक्षका हुन् भने भूपेन्द्र संस्थापनइतर पक्षका हुन् ।